Hospital

धुलिखेल अस्पतालले पाँच सय रुपैयामै कोरोनाको पिसिआर परीक्षण गर्ने भएको छ। अस्पतालका अनुसार जेठ १५ गतेसम्मको अवधिमा व्यक्त्तिगत रुपमा आफै पिसिआर गर्न चाहनेका लागि ५ सय रुपैयाँ लाग्नेछ। त्यस्तै आर्थिक क्षमता निकै कमजोर भएको स्वघोषणा गर्ने व्यक्तिलाई नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।