लकडाउन नगर्ने ट्रम्पको घोषणा महँगो साबित, अमेरिकामा एकै दिन १३ हजार संक्रमित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या ६८ हजार ४ सय ७२ पुगेको छ। बुधबार एकै दिन १३ हजार ३ सय ५५ जना नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितको संख्या ६८ हजारभन्दा माथि पुगेको हो।

बिहीबार बिहानसम्ममा अमेरिकामा एक हजार २७ जनाको मृत्यु भइसकेको छ। एक हजार ४ सय ५२ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जानकारी दिएका छन्।

कोरोना भाइरसको संक्रमण भएकामध्ये ३ सय ९२ जना उपचारपछि घर फर्किएका छन्। कोरोनाको संक्रमण बढे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा लकडाउन नगर्ने घोषणा गरेका थिए।

अमेरिका लकडाउन गर्नका लागि होइन भन्ने ट्रम्पको अभिव्यक्ति महँगो सावित हुन सक्ने धारणा विपक्षी पार्टीका नेता तथा विश्लेषकहरुले राखिरहेका छन्।

चीनको वुहानबाट शुरू भएको वैश्विक महामारी कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्ममा ४ लाख ७१ हजार ७ सय ४ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ।

२१ हजार २ सय ९७ जनाले ज्यान गुमाएका छन्। एक लाख १४ हजार ६ सय ९६ जनाले स्वास्थ्यलाभ गरेर घर फर्किएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पर्यटनमन्त्री र चिनियाँ राजदूतबीच भेट, कोरोना संक्रमण नियन्त्रणबारे छलफल

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री मन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

भेटमा कोरोना भाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपाय र पूर्वतयारीको बारेमा कुराकानी भएको हो।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिएकी छिन्।

यान्छीले कोरोना भाइरसको सङ्क्रमित ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन्।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै राजदूत यान्छीले यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको सम्पूर्ण सहयोग रहने बताइन्। उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व शर्तकता र तयारीको प्रशंसा गरिन्।

चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उने बताइन्।

भेटमा मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको उल्लेख गर्दै खुशी व्यक्त गरे। उनले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपालले सबै तयारी गरीरहेको जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाज, अस्पतालहरुमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था लगायतका विषयमा सरकारले गरिरहेको तयारीका विषयमा पनि मन्त्री भट्टराईले जानकारी दिएका छन्।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका निम्ति सरकारले भीडभाड हुने कार्यक्रम, सार्वजनिकस्थलहरुमा भेला नगर्न सचेत गराएको उनले बताए। कोरोना भाइरसको बारेमा सञ्चारमाध्यमबाट सचेतानामूलक सूचनाहरु पनि प्रवाह गरिएको जानकारी भट्टराईले दिए।

भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्याय लगायत मातहतका निकायका प्रमुखहरुको उपस्थिति थियो। भेटमा नेपालस्थित चिनियाँ राजदूताबासका उच्च अधिकारी सहभागी थिए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै