होम डेलिभरी

बाँकेको डुडुवा गाउँपालिकामा स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन आमासमूहलाई सक्रिय रूपमा परिचालन गरिने भएको छ । गाउँपालिकाअन्तर्गत संस्थागत सुत्केरीलाई प्रभावकारी बनाउन प्रोटोकलअनुसार नियमित गर्भवती जाँच गराउन प्रोत्साहन गर्ने, खोपसेवा, स्वास्थ्यशिक्षा, परिवारनियोजनजस्ता विभिन्न सेवालाई प्रभावकारी बनाउन आमासमूहलाई परिचालन गरिने भएको हो । गाउँपालिकामा ५९ वटा आमासमूह क्रियाशील छन् । गाउँपालिकाले २०७८ सम्म...