जन्डिसका कारण बालबालिकाको लिभर फेल

जन्डिस रोग होइन, रोगको लक्षण हो । जन्डिस हुनेबित्तिकै खाना बार्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ । जन्डिस भएका वेला बालबालिकालाई खाना रुचिरहेको हुँदैन । त्यसमाथि आमा–बुबाले खल्लो खाना, बेसार नभएको, नुन–जिरा नभएको खाना दिँदा त्यसै पनि खानामा रुचि घटेर जान्छ । जन्डिस भएको अवस्थामा बालबालिकालाई उल्टी तथा वाकवाकी हुने लक्षण देखापर्छन् । धेरैजसो बच्चामा हुने हेपाटाइटिस ‘ए’ र ‘ई’ कीटाणुयुक्त पानीका माध्यमले हुने गर्छ । जन्डिस हुँदा धेरैजसो मानिसले महिनौँसम्म खाना बार्ने गरेका छन्, जुन आवश्यक छैन । जन्डिस भएका बिरामीलाई नर्मल खाना खुवाउने गर्नुपर्छ । कुनै विशेष अवस्थामा मात्र चिकित्सकको सल्लाहअनुसार खानामा थपघट गर्नुपर्ने आवश्यकता हुन्छ ।

भर्खरै जन्मिएको शिशुदेखि १५ वर्षसम्मका बालबालिकामा जन्डिस हुने धेरै कारण छन् । भर्खरै जन्मिएको बच्चालाई २४ घण्टापछि जन्डिस देखियो, बत्तीमा राखियो र कम हुँदै गयो भने त्यसलाई नर्मल जन्डिस भनिन्छ । बच्चा जन्मिएपछि शरीरमा आरबिसी (रातो रक्तकोषिका) अलि छिटो–छिटो मर्ने गर्दछ । अन्य मानिसमा पनि मरेर नयाँ कोष बन्ने प्रक्रिया चलिरन्छ, तर बच्चामा भने कोष छिटो–छिटो मरेपछि नयाँ कोषिका बन्नेक्रममा जन्डिस देखिने गर्छ । यस्तो जन्डिस नर्मल घाममा राखेर पनि जान्छ । बालबालिकाको शरीरमा जन्डिसको मात्रा कति छ भनेर हेर्नका लागि रगत परीक्षण गरेर घाममा राखेर घट्ने हो कि, बत्तीमा राखेर घट्ने हो भनेर छुट्याउनुपर्छ । यो नर्मल जन्डिस हो र यसले लिभरलाई असर गर्दैन ।

बालबालिकामा अर्को प्रकारको जन्डिस पनि देखिन्छ, जसमा तुरुन्तै ६० देखि ९० दिनभित्र अप्रेसन गरिसक्नुपर्ने हुन्छ । यो जन्डिस जन्मजात हुने गर्छ । बालबालिकामा पित्तथैलीबाट सानो आन्द्रामा जाने नलीहरू, जसले पित्तलाई फाल्ने गर्छन्, त्यो नै खुम्चिएर बनेको हुँदैन, जसका कारण यो जन्डिस हुने गर्छ ।

बालबालिकामा अर्को प्रकारको जन्डिस पनि देखिन्छ, जसमा तुरुन्तै ६० देखि ९० दिनभित्र अप्रेसन गरिसक्नुपर्ने हुन्छ । यो जन्डिस जन्मजात हुने गर्छ । बालबालिकामा पित्तथैलीबाट सानो आन्द्रामा जाने नलीहरू, जसले पित्तलाई फाल्ने गर्छन्, त्यो नै खुम्चिएर बनेको हुँदैन, जसका कारण यो जन्डिस हुने गर्छ । यसरी नली नै नबन्ने अवस्थालाई चिकित्सकीय भाषामा बिलेरी अट्रेजिया भनिन्छ । यस्तो अवस्थामा पित्त पित्तथैलीमा नभएर लिभरमा बस्छ र पित्त लिभरमा बस्दा–बस्दा लिभर डामेज भइसकेको हुन्छ । यस्तो अवस्थाका बालबालिकाको ६० देखि ९० दिनभित्र अप्रेसन गर्नु जरुरी हुन्छ । यस्तो जन्डिस भएका बालबालिकामा आमाबुबाले याद गर्ने भनेको दिसाको रङ हो । यसप्रकारको जन्डिस भएको बालबालिकाको दिसाको रङ सेतो हुने गर्छ । आमाबुबा तथा घरपरिवारका अन्य सदस्यले नर्मलखालको जन्डिस हो, घाममा राखेर निको हुन्छ भनेर कुर्ने अनि निको नभएपछि मात्र अस्पताल जाने गर्नाले यस्तो जन्डिस भएका बालबालिका ढिलो मात्र अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आइपुग्दा अप्रेसन गर्नुपर्ने समय नाघिसकेको हुन्छ । यस्तो अवस्थामा बच्चामा लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण)बाहेक उपचारको अन्य केही विकल्प रहँदैन ।

अर्को जन्डिस हुने Wilson disease कारण हो  यो जन्डिस भएका बालबालिकामा जन्मजातै शरीरमा कपरको मात्रा बढ्दै जान्छ । धेरैजसो बालबालिका ८–९ वर्षको हुँदादेखि १५ वर्षको उमेरसम्म यो समस्या देखापर्छ । यस्तो कपरतत्त्व शरीरले फाल्न नसकेर लिभरमा जम्मा हुने गर्छ ।

जन्डिसले टाउकोमा असर गरेको अवस्थामा मात्र खाना बार्नुपर्छ । नर्मल जन्डिस भएको अवस्थामा कत्ति पनि खाना बार्नुपर्दैन । जुनसुकै किसिमको जन्डिसमा अनावश्यक रूपमा खाना बार्नाले बिरामीको स्वास्थ्यमा झन् नकारात्मक असर पर्न सक्छ ।

हेपाटाइटिस ‘ए’ भएका बच्चामा सामान्यतया वाकवाकी लाग्ने हुन्छ । यसमा डाक्टरलाई देखाएपछि घरमै आराम गर्दा ठिक हुने गर्छ । हेपाटाइटिस ‘ए’ भएका केही बच्चा भने लिभर फेल भएको अवस्थामा अस्पताल आइपुग्ने गर्छन् । लिभर फेल भइसकेको अवस्थामा आएका बच्चालाई आइसियूमा राखेर हेर्नुपर्ने हुन्छ ।

जन्डिसले टाउकोमा असर गरेको अवस्थामा मात्र खाना बार्नुपर्छ । नर्मल जन्डिस भएको अवस्थामा कत्ति पनि खाना बार्नुपर्दैन । जुनसुकै किसिमको जन्डिसमा अनावश्यक रूपमा खाना बार्नाले बिरामीको स्वास्थ्यमा झन् नकारात्मक असर पर्न सक्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

लिभर क्यान्सरको प्रमुख कारक हेपाटाइटिस सीबाट कसरी बच्ने ? लिनुहोस्, रोगबारे समग्र जानकारी

हेपाटाइटिस सी कलेजो (लिभर) को गम्भीर संक्रमण हो, जसको लक्षण सुरुवातमा निकै सामान्य हुन्छन् । आइतबार नेपालसहित विश्वभर विश्व हेपाटाइटिस दिवस मनाइरहँदा हामीमध्ये धेरै हेपाटाइटिस सी भाइरसको संक्रमणका कारण, लक्षण, जोखिम र यसबाट बच्ने उपायबारे अनभिज्ञ हुन सक्छौँ । तसर्थ, यसरोगबारे पर्याप्त जानकारी समेटिएको सामग्री प्रस्तुत गर्नु वाञ्छनीय छ ।

परिचय
हेपाटाइटिस सी एक प्रकारको कलेजोको संक्रमण (लिभर इन्फेक्सन) हो, जुन हेपाटाइटिस सी नामक भाइरसका कारणले फैलिन्छ । सुरुवाती अवस्थामा यस रोगका लक्षण ज्यादै सामान्य हुन्छन्, जसका कारण मानिस यसमा ध्यान दिँदैनन् । प्रतिवर्ष २८ जुलाईलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ, ताकि यस गम्भीर तथा घातक रोगबारे जागरुक गर्न सकियोस् ।

हेपाटाइटिस सीबारे जानकारी हुनु अत्यन्त जरुरी छ, किनकि लामो समयसम्म नजरअन्दाज गर्नाले यो रोग लिभर क्यान्सरको कारण बन्न सक्छ । लिभर क्यान्सरमा ज्यादातर हेपाटाइटिस सी नै कारण बन्ने गरेको छ । संक्रमित रगतको प्रयोगले हेपाटाइटिस सी एक व्यक्तिबाट अर्को व्यक्तिमा निकै तेज गतिले फैलन सक्छ ।

कसरी फैलिन्छ हेपाटाइटिस सी भाइरस ?
हेपाटाइटिस सीको भाइरस रगतको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रवेश गर्छ । सामान्य रूपमा प्रयोग गरिएको सुई (इन्जेक्सन) लाई दोहोर्याएर प्रयोग गर्नाले तथा संक्रमित व्यक्तिको रेजर प्रयोग गर्नाले यो भाइरस अर्को व्यक्तिमा फैलिन सक्छ । यसका अलावा गर्भवती महिलाका शिशुमा यो भाइरस फैलिने सम्भावना हुन्छ । पुरुषमा महिलाको तुलनामा यसका लक्षण ज्यादा देखिने गर्छ, किनकि, महिलामा एस्ट्रोजन नामक हर्मोन हुन्छ, जसले लिभरको रक्षा गर्छ ।

हेपाटाइटिस सीका लक्षण
– वाकवाकी लाग्नु,
– उल्टी हुनु,
– भोक कम लाग्नु वा खान मन नलाग्नु,
– ज्वरो आउनु,
– पेटभन्दा माथि दाहिने भागमा दुखाइ वा पीडा हुनु,
– जन्डिस हुनु वा शरीरमा पहेँलोपन देखिनु,
– पिसाबको रङ गाढा पहेँलो हुनु,
– केही रोगीमा दिसाको रङ पहेँलो हुनु,
– रोगको गम्भीर अवस्थामा एक्युट लिभर फेल हुन सक्छ ।

हेपाटाइटिस सीको खतरा बढाउने कारक
यी कारणले हेपाटाइटिस सी हुने खतरा बढ्छ :
– संक्रमित व्यक्तिलाई प्रयोग गरेको सुई (निडल) अन्य कुनै व्यक्तिमा प्रयोग गर्नु,
– संक्रमित इन्जेक्सनले ड्रग्स लिनु,
– संक्रमित व्यक्तिको रगतको सम्पर्कमा आउनु,
– संक्रमित व्यक्तिको रगत विनापरीक्षण अन्य व्यक्तिलाई चढाउनु,
– ट्याटु खोपाउनु,
– संक्रमित व्यक्तिको टुथब्रस वा रेजरको प्रयोग गर्नु,
– असुरक्षित यौनसम्पर्क गर्नु ।

हेपाटाइटिस सी भाइरसबाट बच्ने उपाय
– हेपाटाइटिस सीको संक्रमण लामो समयसम्म लुकेर रहन सक्छ, अर्थात्, हेपाटाइटिस सीको संक्रमणको निकै वर्षपछि मात्र यसको उपचारको आवश्यकता पर्न सक्छ । यस अवधिमा संक्रमित व्यक्तिले यस्ता उपायको अवलम्बन गर्न सक्छन्, जसबाट लिभरलाई नोक्सानी पुग्नबाट बचाउन सकियोस् । यी उपायमध्ये मदिराजन्य पदार्थको सेवान बन्द गर्नु प्रमुख उपाय हो । हेपाटाइटिस सी संक्रमित व्यक्तिले अल्कोहलयुक्त पेयपदार्थको सेवन बिलकुलै बन्द गर्नुपर्छ, या त ज्यादै कम गर्नुपर्छ ।
– सुईको माध्यमबाट औषधि लिने जो–कोही व्यक्तिले हेपाटाइटिस सी संक्रमणको जाँच गराउनुपर्छ ।

हेपाटाइटिस सीको उपचार
– हेपाटाइटिस सीले ग्रस्त बिरामीको उपचार एन्टिभायरल औषधिको माध्यमबाट गरिन्छ । यस रोगमा ओरल एन्टिभायरल औषधि पनि दिने गरिन्छ, जसले रगतबाट हेपाटाइटिस सी भाइरसलाई हटाउँछन् ।
– औषधिको प्रयोगपछि लिभरसिरोसिस र लिभर क्यान्सर हुने जोखिम कम हुन्छ । तर, हेपाटाइटिस सीका कारण हुने लिभरको रोग गम्भीर अवस्थामा पुगेमा लिभर ट्रान्सप्लान्टबाहेक उपचारको अन्य विकल्प बाँकी रहँदैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै