हाेली

विगतजस्तो यो वर्ष सहरमा होलीको रौनक देखिएन। विश्वभरि फैलिएको कोरोनाको त्रासले यसवर्षको होलीमा मानिस बाहिर निस्किएनन्। सहरमा फाट्टफुट्ट होलीको जमघटहरुमात्रै देखिए। सरकारले भीडभाड जम्मा पारेर होली नखेल्न आह्वान गरेको थियो। भाइरस फैलिन नदिनका लागि धेरैजसो भेला तथा सभा, सम्मलेनहरू पनि स्थगित गरिएका छन्।