स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव

मुलुकले ४ महिनादेखि डेंगुको महामारी खेपिरहेको छ । डेंगु नियन्त्रणमा सुरुका ३ महिनाको प्रयासमा निराशा हात लागेपछि नियन्त्रणको पाटो सरकारको काबुमा नरहेको तर उपचार भने गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गर्यो । देशका ५६ भन्दा बढी जिल्ला डेंगुले आक्रान्त भइरहँदा सरकारको यो लाचारी कत्ति पनि सुहाउँदो थिएन...