४ हजार २ सय गर्भवतीलाई निःशुल्क झुल

स्वास्थ्य कार्यालय चितवनले गर्भमा रहेको बच्चा र आमालाई मलेरियाबाट सुरक्षित राख्न झुल वितरण कार्यलाई निरन्तरता दिएको छ । सन् २०२५ सम्ममा मलेरिया उन्मूलन जिल्ला घोषणा गर्ने गरी नेपाल सरकारले झुल वितरण गरेको हो । गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालयले ४ हजार २ सय ७५ वटा झुल वितरण गरेको स्वास्थ्य कार्यालयका कीटनियन्त्रक राम केसीले जानकारी दिए ।

सरकारी स्वास्थ्यसंस्थामा परीक्षण गराएर गर्भको यकिन भएपछि गर्भवतीलाई स्वास्थ्य कार्यालयले झुल दिने गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाको सिफारिस र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाएपछि गर्भवती महिलाले झुल पाउने कीट नियन्त्रक केसीले जानकारी दिए । तर, भाडामा बस्नेको हकमा घरबेटीको सिफारिस पनि आवश्यक पर्ने उनले जानकारी दिए ।

सन् २०१२ देखि झुल विरतण गरिरहेको कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा ४ हजार ५ सय ९१ वटा झुल वितरण गरेको थियो । चितवनका ३४ वटा स्वास्थ्यसंस्थामार्फत झुल विरतण हुँदै आएको छ । ७ वटा नगर स्वास्थ्यकेन्द्र, एउटा सहरी स्वास्थ्यकेन्द्र, २५ वटा स्वास्थ्य प्रवर्धन केन्द्रले झुल वितरणको जिम्मा पाएका हुन् । यी संस्थामा गर्भपरीक्षण गर्न आएसँगै महिलाले झुल प्राप्त गर्ने केसीले जानकारी दिए ।

‘खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेका लार्भाहरू तुरुन्तै मर्दछन्,’ उनले भने, ‘गाउँको पोखरी, दह तथा नालाहरूमा लामखुट्टेका लार्भा खाने माछा पाल्ने हो भने औलो रोगबाट बच्न सकिन्छ ।’

नेपाल सरकारले सन् २०२५ सम्ममा मलेरिया उन्मूलन गर्ने लक्ष्य लिएको छ । जिल्लामा पछिल्ला वर्षमा मेलेरियाका बिरामी घट्दै गएका छन् । हाल चितवनमा १० जनामा मलेरिया रोग देखापरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ जनामा मलेरिया देखापरेको केसीले जानकारी दिए । रोजगारीका लागि विदेश गएका व्यक्तिमा मलेरिया रोग देखापरेको उनले बताए ।

एनोफिलिस जातको औलो परजीवीबाट संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले यसबाट बच्न कीटनाशक औषधियुक्त झुल, पूरा बाहुला भएको लुगा र शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्नुपर्ने उनले बताए । ‘खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेका लार्भाहरू तुरुन्तै मर्दछन्,’ उनले भने, ‘गाउँको पोखरी, दह तथा नालाहरूमा लामखुट्टेका लार्भा खाने माछा पाल्ने हो भने औलो रोगबाट बच्न सकिन्छ ।’ घर–गोठमा कीटनाशक औषधि छर्कनुपर्ने र छर्केको कम्तीमा ३ महिनासम्म लिपपोत गर्न नहुने उनले जानकारी दिए ।

समयमा उपचार नपाएमा औलो रोगबाट मुत्युसमेत हुने गर्दछ । मस्तिष्कज्वोरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा असर पुगी टाउको दुख्ने, बान्ता आउने, बेहोस हुने समस्या आएमा औलो रोग लाग्न सक्ने केसीले बताए । ‘जाडोमा पसिना आउनु, ज्वरो केही समय बिराएर वा नियमित आउनु र रक्तअल्पता देखिनु पनि औलोका लक्षण हुन्’ उनले भने, ‘रोगले लामो समयसम्म ग्रस्त पारेमा फियो बढ्छ र उपचार नगरेमा फियोको आकार निकै वृद्धि हुन्छ ।’

ज्वरो आएमा रगत परीक्षणबाट औलो रोग लागेको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्ने उनले बताए । औलो रोगको उपचार सरकारले निःशुल्क गर्दै आएको छ । स्वास्थ्य कार्यालयले औलो रोग देखापरेमा एसएमएस प्रक्रियाबाट रिपोर्ट गर्ने गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बालबालिकालाई रोगै नलागी औषधि खुवाउँदै सरकार

भरतपुरस्थित स्वास्थ्य कार्यालय चितवनले रोग नलागेका बालबालिकालाई पनि औषधि खुवाउने गरेको छ । कार्यालयले सर्नेखालको क्षयरोग लागेका अभिभावक भएको घरमा जन्मिएका बालबालिकालाई ६ महिनासम्म नियमित आइसोनायजिड नामक औषधि खुवाउने गरेको हो ।

स्वास्थ्य कार्यालय चितवनका क्षयरोग तथा कुष्ठरोग अधिकृत जयराम दवाडीका अनुसार परिवारका सदस्यलाई सर्नेखालको क्षयरोग लागेको खण्डमा परिवारका बालबालिकालाई सम्भावित संक्रमणबाट जोगाउन औषधि खुवाउन थालिएको हो । चितवन जिल्लामा त्यस्ता परिवारका बालबालिकालाई आइसोनायजिड नामक औषधि ६ महिनासम्म नियमित खुवाउने गरिएको उनले बताए ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा सयजना बालबालिकालाई रोगै नलागी औषधि खुवाउँदा ६६ जनालाई जीवनभर क्षयरोग नलाग्ने देखिएको उनले बताए । चितवनमा गत वर्षको असार महिनाबाट यसरी रोगै नलागेका बालबालिकालाई औषधि खुवाउन थालिएको हो । त्यसयता हालसम्म चितवनका १ सय ५० बालबालिकालाई आइसोनायजिड औषधि सेवन गराइएको तथ्यांक छ । पाँच वर्षसम्मका बालबालिकालाई वजनअनुसार कम्तीमा आधा चक्कीदेखि बढीमा तीन चक्कीसम्म औषधि खुवाइन्छ ।

आर्थिक वर्ष ०७४/७५ मा चितवनमा क्षयरोगसम्बन्धी बिरामीको संख्या १ हजार ७० भएको तथ्यांकले देखाएको छ । गर्मी मौसममा त्यसमध्ये ३ प्रतिशत बालबालिकामा यो समस्या देखिएको क्षयरोग तथा कुष्ठरोग अधिकृत दवाडीले बताए । क्षयरोगको संक्रमण बढी देखिने गरेको उनको भनाइ छ । ‘सर्नेखालको क्षयरोगका बिरामी छन् भने एकजनाबाटै १० जनासम्मलाई सर्न सक्छ,’ उनले भने, ‘रोग लागेका र नलागेका दुवै व्यक्ति सतर्क रहनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा सयजना बालबालिकालाई रोगै नलागी औषधि खुवाउँदा ६६ जनालाई जीवनभर क्षयरोग नलाग्ने देखिएको उनले बताए । चितवनमा गत वर्षको असार महिनाबाट यसरी रोगै नलागेका बालबालिकालाई औषधि खुवाउन थालिएको हो । त्यसयता हालसम्म चितवनका १ सय ५० बालबालिकालाई आइसोनायजिड औषधि सेवन गराइएको तथ्यांक छ । पाँच वर्षसम्मका बालबालिकालाई वजनअनुसार कम्तीमा आधा चक्कीदेखि बढीमा तीन चक्कीसम्म औषधि खुवाइन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा बर्सेनि ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन् । यस्तै, पुरानासमेत गरी वार्षिक क्षयरोगका बिरामी ६० हजार रहने अनुमान गरिएको प्रदेश ३ स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक मोहम्मद दाउदले बताए । उनका अनुसार करिब १३ हजार बिरामी क्षयरोग लागे पनि स्वास्थ्यसंस्थासम्म नआइपुगेको अनुमान गरिएको छ ।

‘विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा नयाँ तथा पुराना क्षयरोगका बिरामीको आकलनबाट क्षयरोग पत्ता लगाई उपचारमा ल्याउनुपर्ने संख्या करिब २८ हजार देखिन्छ,’ स्वास्थ्य निर्देशक दाउदले भने, ‘नेपालमा यो संख्यालाई तत्काल कम गर्नका लागि तीनै तहको सरकारसामु उत्तिकै चुनौती छ ।’

नेपालमा क्षयरोगलाई कम गर्नका लागि सरकारसँगसँगै सरोकारवाला निकाय तथा संघसंस्थाको सहयोग र सक्रिय नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । यति हुँदाहुँदै पनि सरकारले गरेको प्रयासमा ९१ प्रतिशत सफलता प्राप्त भएको उनले दाबी गरे । औषधिप्रतिरोधी क्षयरोगको २० महिने झन्झटिलो उपचार अवधिलाई घटाएर ९ देखि १२ महिनासम्ममा झारेकाले पहिलेको तुलनामा केही सहज भएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा क्षयरोग संक्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला छन् । मानिसमा आँखाले देख्न नसकिने सूक्ष्म ब्याक्टेरियाबाट क्षयरोग लाग्छ । प्रायः उत्पादनशील उमेर समूहका र एचआइभी, मधुमेहजस्ता रोगको संक्रमण देखिएका, वृद्धवृद्धा, कारागारका कैदीबन्दी, सडकमै बस्ने र सुत्नेहरूलाई क्षयरोगको संक्रमणको सम्भावना धेरै हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै