स्वास्थ्य इकाई

पाल्पाको तिनाउ गाउँपालिका–६ पाटन गाउँकी रमा अर्गाली दुई वर्षअघि रिब्दिकोट गाउँपालिकाले सञ्चालन गरेको गाउँघर क्लिनिकमा भेटिएकी थिइन्। छोराको नियमित स्वास्थ्य जाँच गर्न घण्टौं हिँडेर रिब्दीकोट गाउँपालिकाको ढुस्टुङ पुगेकी उनले त्यतिबेला भनेकी थिइन् घण्टौं हिडेर आएँ, काखको छोरो बोकेर घर पुग्दा रात पर्छ। उनका अनुसार त्यतिबेला गाउँमा स्वास्थ्य संस्था थिएनन्।...