स्वास्थ्यचौकी

धनुषाको शहीदनगरको एक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले कोरोनाविरुद्धको खोप निजी मेडिकल पसललाई विक्री गरेको पाइएको छ। बिहीबार नगरपालिकाको अनुगमनका क्रममा शहीदनगर–३ मा रहेको यदुकुहाका प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले नजिकैको मेडिकलमा कोरोनाविरुद्धको खोप बेचेको पाइएको नगरप्रमुख उदय बरबरियाले जानकारी दिए। ‘हामीकहाँ केही दिन अगाडी गुनासो आएको थियो। शहीनगर नगरपालिकाको सुशासन समितिको...