स्वास्थ्यकर्मीमा संक्रमण दर बढ्दो, भन्छन्– पिपिई नहुँदा संक्रमण सर्‍यो

बिरामीको सेवामा अहाेरात्र खटिरहेका स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण दर दिनानुदिन बढिरहेको छ।

नेपालमा हालसम्म २० स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। अधिकांश स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्रीको अभावका कारण र अस्पतालमा रहेका बिरामीबाट कोरोना संक्रमण सरेको हुनसक्ने अनुमान लगाएका छन्। लडाइँमा गएका सिपाही हतियारविहीन भएर लड्नुपर्ने अवस्था रहे जस्तै पिपिईविना फिल्डमा खटिनुपरेकाले आफूहरूमा संक्रमण बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

बाँके खजुरा गाउँपालिकाकी स्वास्थ्य शाखाकी संयोजक नर्सलाई जेठ ८ मा कोरोना संक्रमण पुष्टि भयो। भारतमा संक्रमण बढेसँगै नेपालीहरू त्यहाँ आउने क्रम बढ्दै गयो। नर्सको दैनिक कार्यतालिका भारतबाट आएर क्वारेन्टाइनमा रहेका मानिसको स्वास्थ्य परीक्षण रहेको थियो। यसबीचमा उनलाई पनि संक्रमण देखियो।

लडाइँमा गएका सिपाही हतियारविहीन भएर लड्नुपर्ने अवस्था रहे जस्तै पिपिईविना फिल्डमा खटिनुपरेकाले आफूहरूमा संक्रमण बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

भारतबाट आएका आएका नागरिकको स्वास्थ्य परीक्षण, क्वारेन्टाइनमा रहेकाको चेकजाँचका साथै समुदायमा पनि गइरहनुपर्ने भएकाले त्यतैबाट सरेको आशंका उनको छ। ‘क्वारेन्टाइन रहेका मानिसको स्वास्थ्य परीक्षण गर्दा सामान्य खाले माक्स, पन्जा जस्ता मात्र स्वास्थ्य सामग्री प्रयोग गरियो,’ उनले भनिन्, ‘सायद सुरक्षित सामग्री प्रयोग गर्न सकिएको भए कोरोना सर्ने थिएन कि?’

हाल उनी सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।

त्यस्तै, धनुकटा अस्पतालको बहिरंगकी विभाग कार्यरत नर्स शिला सुब्बालाई जेठ ४ मा कोरोना संक्रमणको पुष्टि भयो। अस्पतालमा आएका बिरामीबाट संक्रमण सरेको हुनसक्ने अट्कल काट्छिन् सुब्बा। बहिरंग विभागबाट दिने सेवाको व्यवस्थापनमा उनी बढी सक्रिय रहेकी थिइन्। बिरामीको हेरचाह, प्रसूति, गर्भपतन, शल्यक्रिया जस्ता सेवामा प्रत्यक्ष संलग्न हुँदै आएकी थिइन्।

कुनै जिल्ला बाहिर नगएको र अस्पतालमा ड्युटी र क्वाटरमा बस्ने भएका कारण संक्रमण अस्पतालबाट फैलिएको उनको तर्क छ। ‘अस्पतालमा साधारणतः १०–५ को ड्युटी गरिन्थ्यो। अस्पतालमा आएका सबै बिरामीको प्रत्यक्ष निगरानी गर्ने मेरो नै जिम्मवारी थियो,’ उनले हेल्थपोस्टसँग भनिन्, ‘अस्पतालमा जुन बेला पनि सुरक्षा साम्रगीको पर्याप्त हुँदैन थियो।’

सुरक्षित सामग्रीको प्रयोग नगर्दा पनि संक्रमण सरेको हुनसक्ने आँकलन छ उनको । उनलाई कोरोना पुष्टि भएसँगै अस्पतालमा रहेका अन्य कर्मचारीमा पनि परीक्षण गरिएको थियो। त्यसमा ६ जनालाई संक्रमण देखिएको थियो।

धनकुटा अस्पतालका संक्रमित स्वास्थ्यकर्मी गणेश बुढाथोकी पनि सुरक्षित रूपमा पिपिई नहुँदा संक्रमण सरेको हुनसक्ने बताउँछन्। ‘अस्पतालमा बिरामीको हेरचाह गर्दा सामान्य पिपिई, सर्जिकल माक्सको प्रयोग गर्ने गरिन्थो,’ उनले भने, ‘संक्रमण हुने सक्ने आधार आकस्मिक कक्षमा आएका बिरामीबाट हुनुपर्छ।’

बुढाथोकीसहित हाल अन्य स्वास्थ्यकर्मी, सुरक्षाकमी कोसी कोभिड अस्पतालमा उपचाररत छन्।

वैशाख ३० मा पहिलो पटक कपिलवस्तुकी एक नर्समा कोरोना संक्रमण देखिएको पुष्टि भयो। तर, तौलिहवा अस्पतालकी नर्समा संक्रमण कसरी सर्यो भन्ने कुरामा उनी अनविज्ञ नै रहेकी छन्।

धनकुटा अस्पतालका संक्रमित स्वास्थ्यकर्मी गणेश बुढाथोकी पनि सुरक्षित रूपमा पिपिई नहुँदा संक्रमण सरेको हुनसक्ने बताउँछन्। ‘अस्पतालमा बिरामीको हेरचाह गर्दा सामान्य पिपिई, सर्जिकल माक्सको प्रयोग गर्ने गरिन्थो,’ उनले भने, ‘संक्रमण हुने सक्ने आधार आकस्मिक कक्षमा आएका बिरामीबाट हुनुपर्छ।’

अस्पतालमा कोरोना शंकास्पद बिरामी नहेरेको र क्वारेन्टाइनमा रहेका मानिसमा टाढा भएको अवस्थामा पनि कोरोना संक्रमण कसरी हुन पुगेको परिहान हुन नसकेको उनको भनाइ छ ।

कोरोना संक्रमण देखिएपछि घरपरिवार र हस्पिटलका १ सय ११ जनाको स्वाब संकलन गरी परीक्षण गरियो। तर, कसैमा पनि संक्रमण फेला परेन। कोरोना संक्रमितको ८० प्रतिशत लक्षण नदिने हुँदा अस्पतालका रहेका बिरामीको हेरचाह गर्दा सरेको हुनसक्ने उनको पनि आशंका छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित परासन स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्ट पनि पिपिई र गुणस्तरबिनाको मास्क लगाएर क्वारेन्टाइन र सीमानाकामा स्बाब नमुना संकलन गर्दा संक्रमण सरेको अनुमान लगाउँछन्।

व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), एन–९५ मास्कबिना सर्वसाधारणको स्वास्थ्यका परीक्षणमा खटिँदा संक्रमण सरेको अनुमान ती स्वास्थ्यकर्मीको छ। ‘हजारौंको भिडमा आवश्यक स्वास्थ्य उपकरणबिना खटिनु परेकाले नै कोरोना संक्रमण सर्यो,’ उनले हेल्थपोस्टसँग भने, ‘बिना कुनै स्वास्थ्य सामग्री लगाएर सिमानामा खटिँदा नै कोरोना स¥यो कि भन्ने लागेको थियो । सही रहेछ, स्वास्थ्य उपकरण भएको भए कोरोनाले छँुदैनथ्यो कि।’

कोरोनाको संक्रमण हुनसक्ने आशंकामा उनले जेठ १७ स्वास्थ्य परीक्षण गराएका थिए। २० गते रिपोर्ट आउँदा पोजेटिभ देखियो थियो। उनी हाल सेती अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचारत छन्।

संक्रमण बढ्नुमा कोरोनाको हब अस्पतालमा मात्र स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको व्यवस्था भएको र अन्य स्वास्थ्य संस्थामा सुरक्षा सामग्री अभावका कारणले संक्रमण दर बढ्दै गएको नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माको तर्क छ।

सरकारले स्वास्थ्य संस्था तथा खोप कार्यक्रममा स्वास्थ्यकर्मीलाई पिपिई, माक्स, पन्जा जस्ता सामग्री नदिइकन काम लगाएको र स्वास्थ्य संस्थामा पहिचान नै नभएका व्यक्तिको उपचारमा खटिँदा संक्रमण बढेको शर्मा अनुमान गर्छन्।

जिल्ला अस्पतालमा काम गर्ने नर्सले सुरक्षित सुरक्षा सामग्रीको प्रयोग गर्न नपाएका कारण पनि संक्रमणको दर बढेको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राईको भनाइ छ। बिरामीको हेरचाहमा बढी समयसम्म सँगै हुने भएकाले जनशक्तिमध्ये पनि नर्समा बढी जोखिम हुने र संक्रमण बढेको उनको तर्क छ।

स्वास्थ्यकर्मीलाई बढें सँगै थप संक्रमण हुन नदिनेका लागि विभिन्न स्वास्थ्य संगठनले कोरोना नियन्त्रण तथा रोकथामका लागि तालिम दिँदै आएका छन्।

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्यकर्मीलाई अनलाइनमार्फत संक्रमण रोकथामका लागि अनलाइन तालिम सुरु गरेको छ। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले फ्रन्टलाइनर नर्सलाई संक्रमण रोकथामसम्बन्धी भर्चुअल तालिम दिन थालेको छ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी ७ स्वास्थ्यकर्मी, ९ नर्स र ४ चिकित्सक कोरोना भाइरसबाट संक्रमित भएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सकमाथि आक्रमण भएको विरोधमा रौतहटका स्वास्थ्यकर्मी आन्दोलित, कामकाज ठप्प

स्वास्थ्यकर्मीमाथि आक्रमण हुनथालेपछि रौतहटका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। आक्रमण गर्नेमाथि कारबाही र शान्ति सुरक्षाको माग गर्दै रौतहट राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।

राजपुर नगरपालिकाको बैरिया क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी खुर्शीद आलममाथि बुधबार आक्रमण भएको थियो। पिसिआर रिपोर्टमा ढिलाइ र निगेटिभ रिपोर्ट आएकाहरूलाई आरडिटी गरेको भन्दै क्वारेन्टाइमा रहेकाहरूले स्वास्थ्यकर्मी खुर्शीदमाथि आक्रमण गरेका थिए।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको आक्रमणबाट खुर्शीदको टाउकोमा गम्भीर चोट लागेको छ।

जोखिम मोलेर क्वारेन्टाइनमा खटिएकामाथि आक्रमण भएको विरोधमा राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरू कामकाज ठप्प पारेर आन्दोलनमा उतरेका छन्। स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएपछि राजपुर नगरपालिकाअन्तर्गत रहेका क्वारेन्टाइनहरूमा स्वास्थ्य सेवा बन्द भएको छ।

नगरक्षेत्र अन्तर्गतका सबै क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्य उपचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूको सेवासमेत बन्द भएको बताइएको छ।

राजपुर नगर क्षेत्रमा क्वारेन्टाइनहरूमा अहिले दुई हजारभन्दा बढी मानिस रहेको बताइएको छ।

स्वास्थ्यकर्मी संघ रौतहटका अध्यक्ष इसराजुल खानले पटकपटक गरी रौतहटको २/४ स्थानमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइसकेको भन्दै यस्तै अवस्था रहे काम गर्न नसकिने बताए।

‘जोखिम मोलेर कोरोना महामारीबीच स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन्, बुधबार ज्यान जाने गरी आक्रमण भएको छ,’  हेल्थपोस्टसँग कुरा गर्दै खानले भने, ‘हाम्रो मनोबल खसेको छ, काम गर्ने मनस्थितिमा हामी छैनौं।’

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा विहिबार राजपुर नगरपालिकाक स्वास्थ्यकर्मीहरु हड्तालमा उतरेको भन्दै उनले आन्दोलनको थप कार्यक्रमबारे छलफल भइरहेको जानकारी दिए।

पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कुटिएका स्वास्थ्यकर्मीको अस्पताल शैय्याबाट आग्रह- ‘हामीलाई जोगाउनुस्, आफ्नो जीवन बचाउनुस्’

राजधानीको ट्रमा सेन्टरको बेड नम्बर ५१८ मा टाउकोमा सेतो पट्टि बाँधेको अवस्थामा एक स्वास्थ्यकर्मी छट्पटारहेका छन्।

आज दुई दिन भयो उनी त्यसरी ट्रमाको सो बेडमा छट्पटाउन थालेको।

ती स्वास्थ्यकर्मी हुन् डोटीको शिखर नगरपालिका- ९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवर

छट्पटाउनुको कारण हो टाउको अगाडि पट्टिको भागमा गहिरो चोट लाग्नु।

चार दिनअगाडि आइतबार बेलुका ‘कोरोना फैलिने’ भन्दै शिखर नगरपालिका- ७ लाटामाडौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा उनीमाथि आक्रमण भएको थियो।

तीन जनाको समूहको आक्रमणबाट उनको टाउकोमा गहिरो चोट लागेको छ।

जति उनलाई चोटको दुखाइ भइरहेको छ त्योभन्दा बढी जनताको सेवा गर्दागर्दै अनाहकमा कुटाइ खानुपर्दा मन दुखेको छ।

कुँडिएको मनसहित निरास छन्। र, त अस्पतालको शैय्याबाटै भनिरहेका छन्, ‘स्वास्थ्यकर्मी बचाउनुस्, आफ्नो जीवन बचाउनुस्।’

उनलाई बोल्न निकै गाह्रो भइरहेको छ। केही भन्न परे दाइको सहारा लिन्छन्।

उनी मात्र होइन। उनीसँगै आएका उनका दाइ चेतन कुँवरको छटपटी पनि कम छैन।

कोरोनाले सबैमा एउटा खाले त्रास छ। राजधानीमा उनीहरूका चिनेजानेका मान्छे पनि कोही छैनन्।

दुई भाइ अस्पतालको बेडमा हुन्छन्। चिकित्सकले भनेअनुसार नै काम गरिरहेका हुन्छन्।

चिकित्सकको सेवा देखेर खुसी भएका उनका दाइले हेल्थपोस्टसँगको कुराकानीमा पिसिआर परीक्षणका लागि भाइको स्वाब पठाइएकाले रिपोर्ट आएपछि अप्रेसन गर्ने डाक्टरले बताएको सुनाए।

पीडित कुँवरले अब आगामी दिनमा जनतको स्वास्थ्य उपचारमा खटिने कसैले पनि आफ्नो जस्तो नियति भोग्न नपरोस् भन्ने चाहेको बताए। त्यसैले आफूले अस्पतालको बेडबाटै डाक्टर बचाउनुस्, आफ्नो पनि जीवन बचाउनुस् भन्ने आग्रह गरिरहेको बताए।

आफ्नो जीवन नै जोखिममा राखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण रोकिनु पर्ने उनको भनाइ छ। ‘यस्ता गतिविधिले स्वास्थ्यकर्मीमो निकै मनोबल खस्किन्छ। हामीले सेवा गर्ने भनेको नै जनताका लागि हो। उहाँहरूबाट नै दुर्व्यवहार हुन्छ भने हामीले कसरी काम गर्ने,’ उनले भने।

‘मेरो जस्तै नियति र पीडा आगामी दिनमा कसैले खेप्न नपरोस्,’ उनी भन्छन्।

भाइलाई कोराना सार्न आएको भन्दै नाम थाहा नभएका र अनुहारले चिनिएका तीन जनाले ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेको कुँवरको गुनासो छ। उनी दोषीलाई कडा कारबाही गर्न माग गर्छन्।

ट्रमा सेन्टरका अनुसार उनलाई फ्रन्टल बोन डिप्ररेस्ड फ्याक्टर भएको छ। ‘त्यो भनेको उनको अगाडि पट्टिको हड्डी फुटेको भन्ने हो,’ अस्पतालले भन्यो।

उता आफ्नो पालिकामा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै शिखर नगगरपालिकाका मेयर सीताराम जोशीले पनि दोषी उम्किन नपाउने बताएका छन्। उनले प्रहरी प्रशासनलाई पूरा सहयोग गर्ने जनाए।

आक्रमण गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा शिखर नगरपालिका-७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लोहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिएका छन्।

कोरोना फैलिने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही होस् : स्वास्थ्यकर्मी संघ

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मी कुटिने घटना भएको डोटी शिखरका मेयर भन्छन्- ‘दोषी उम्किन पाउँदैन’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोरोना सार्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना भएको डोटीको शिखर नगरपालिकाका मेयर सीताराम जोशीले घटना गम्भीर भएको भन्दै दोषीहरू उम्किन नपाउने बताएका छन् । उनले हेल्थपोस्टसँग कुरा गर्दै त्यसका लागि आफूले प्रहरी प्रशासनलाई पूरा सहयोग गर्ने बताए।

उनले आफूले घटनाबारे सबै विवरण लिने र उपचारलगायतका कानूनी कारबाहीका लागि पनि समन्वय गरिरहेको जानकारी दिए। स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा अधिकांश दोषी उम्किने गरेको सन्दर्भमा मेयर जोशीकै यस्तो भनाइ आएको हो।

‘लाटामाडौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्य चौकी जाँदै गरेको अवस्थामा उनीमाथि ओभरट्याक गरेर आक्रमण गरेको सुन्नमा आएको छ’, मेयर जोशीले भने, ‘ज्यानै लिनेगरी हमला हुनु दुखद् हो। घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ।’

आफूले धनगढीबाट एम्बुलेन्सको व्यवस्थाका लागि पहल गरेर सोमबार बेलुका घाइते अहेबलाई काठमाडौं पठाइएको मेयर जोशीले बताए।

‘भारतबाट १८ सय जना नगरपालिकामा आएका छन्। उनीहरूको व्यवस्थापन नै हाम्रो प्रमुख चुनौती भएको समयमा यस्तो घटना हुनु दुखद् हो’, उनले भने, ‘म क्वारेन्टाइनको व्यवस्थापनमा व्यस्त थिएँ। त्यसैले पीडितलाई पूरै सहयोग गर्न पाइनँ। तर, आफूले सकेको सहयोग गरेँ।’

नगरपालिकामा हिजो मात्रै एक जनामा कोरोना पुष्टि भएकाले व्यवस्थापनमै रहेको समयमा कोरोनासँगको लडाइँका योद्धामाथि नै आक्रमण हुनु दुखद् भएको मेयर जोशीको भनाइ छ।

कोरोना फैलिने भन्दै डोटीको शिखर नगरपालिका-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि आइतबार राति निर्घात कुटपिट भयो।

शिखर नगरपालिका-७ लाटामाडौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्य चौकी जाँदै गरेको अवस्थामा उनीमाथि तीन जनाको समूहले आक्रमण गर्यो। बेलुका ७ बजेतिर भएको आक्रमणमा परि अहेब कुँवरको टाउकामा गम्भीर चोट लाग्यो।

गम्भीर चोट लागेका कुँवरलाई परिवारले तत्काल डडेलधुरा लग्यो। त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरियो। त्यहाँ पनि उपचार सम्भव नहुने देखिएपछि उनलाई सोमबार राति एम्बुलेन्समा काठमाडौं ल्याइयो। यतिबेला उनको राजधानीको ट्रामा सेन्टरमा उपचार भइरहेको छ।

कोरोना फैलिने भन्दै मान्छेको जीवन रक्षामा जुटेका स्वास्थ्यकर्मीमाथी नै आक्रमण हुनु दुखद् रहेको भन्दै यतिबेला चौतर्फी विरोध भइरहेको छ।

प्रहरीले उनीमाथि आक्रमण गर्ने शिखर नगरपालिका–७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लोहारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार उनीहरू प्रहरी हिरासतमा छन्।

मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गर्दै एक्कासि ढुङ्गामुढा प्रहार गरेको खबर प्राप्त भएको डोटीका पत्रकार पवन महराले हेल्थपोस्टलाई जानकारी दिए।

यता ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालका अनुसार उनलाई आज बिहान अस्पतालमा पुर्याइएको थियो। अहिले उनको उपचार भइरहेको छ।

फ्रन्टल बोन डिप्रेस्ड फ्याक्चर भएका उनको सबै रिपोर्ट आइसकेपछि भोलि अप्रेसन गर्ने वा नगर्ने बारे तय हुने छ। उनका अनुसार टाउकोको अगाडिपट्टिको हड्डी फुटेको छ।

कोरोना फैलाउने भन्दै कुटिएका अहेबको टाउकोमा चोट, ट्रमा भन्छ– हड्डी फुटेको छ

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना फैलाउने भन्दै कुटिएका अहेबको टाउकोमा चोट, ट्रमा भन्छ– हड्डी फुटेको छ

कोरोना फ‍ैलाएकाे भन्दै डोटीमा कुटिएका स्वास्थ्यकर्मीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। शिखर नगरपालिका-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि तीन जनाको समूहले आइतबार आक्रमण गरेकाे थियाे।

टाउकोमा गहिरो चोट लागेकाले डडेलधुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको थियो। ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालका अनुसार उनलाई आज बिहान अस्पतालमा पुर्याइएको थियो। अहिले उनको उपचार भइरहेको छ।

फ्रन्टल बोन डिप्रेस्ड फ्याक्चर भएको प्रवक्ता भेटवालले बताए। अहिले न्युरो स्पाइनको पाँचौं तलामा रहेको ५१८ नम्बर बेडमा उनको उपचार भइरहेको छ।

टाउकाको चोट भएकाले अस्पतालले एक लाखबराबरको सहुलियत कार्ड बनाइदिने प्रवक्ता भेटवालले बताए। उक्त रकम बेड शुल्क, औषधी र अप्रेसन नै गर्न परे त्यसमा खर्च गर्न सकिने उनले जानकारी दिए।

अप्रेसन गर्न पर्ने नपर्ने बारे सबै जाँच सकिएपछि भोलि मात्रै थाहा हुने उनले बताए। उनका अनुसार टाउकोको अगाडिपट्टिको हड्डी फुटेको छ।

शिखर नगरपालिका- ७ लाटामाडौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा उनीमाथि आक्रमण भएको थियो।

आइतबार साँझ ७ बजे शिखर नगरपालिका-७ को बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा स्वास्थ्यकर्मी हिँड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गर्दै एक्कासि ढुंगामुढा प्रहार गरेको खबर प्राप्त भएको डोटीका पत्रकार पवन महराले हेल्थपोस्टलाई जानकारी दिए।

आक्रमण गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा शिखर नगरपालिका-७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लाेहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना फैलिने भन्दै डोटीमा स्वास्थ्यकर्मी कुटिए, ट्रमा सेन्टरमा उपचार हुँदै

कोरोना फ‍ैलिने भन्दै डोटीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। शिखर नगरपालिका-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहमा रहेका युवाले आइतबार आक्रमण गरेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए।

शिखर नगरपालिका- ७ लाटामाडौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा उनीमाथि आक्रमण भएको हो। आक्रमणबाट अहेव कुवँरको टाउँमा गम्भीर चोट लागेको छ।

आइतबार साँझ ७ बजे शिखर नगरपालिका-७ को बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा स्वास्थ्यकर्मी हिँड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गर्दै एक्कासि ढुङ्गामुढा प्रहार गरेको खबर प्राप्त भएको डोटीका पत्रकार पवन महराले हेल्थपोस्टलाई जानकारी दिए।

पक्राउ पर्नेमा शिखर नगरपालिका- ७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

पत्रकार महराका अनुसार आफन्त घाइते अहेव कुँवरको उपचारको दौडधुपमा रहेकाले घटना तीन दिन ढिलोगरी बाहिरिएको हो।

गम्भीर घाइते भएका कुँवरलाई डडेलधुरा अस्पताल पठाएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको थियो। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

आक्रमण गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा शिखर नगरपालिका- ७ बोगटाका नवीन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई तिलताली प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेकाे छ।

शिखर नगरपालिका- ७ का वडाध्यक्ष नरबहादुर बलायरसँग बुझ्न खोज्दा उनले आफूले रक्सी खाएर विवाद भएको  सुनेको र  घटनाबारे बुझ्न त्यसतर्फ गइरहेको बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहरमा स्वास्थ्य जनशक्ति, नर्स र स्वास्थ्यकर्मी मात्रै १३ संक्रमित

नेपालमा कोरोना संक्रमण र अस्पताल भर्नादर वृद्धिसँगै निगरानी तथा परीक्षणमा संलग्न स्वास्थ्यकर्मीमा पनि जोखिम थपिँदै गएको छ।

विशेषगरी अस्पताल र क्वारेन्टाइनस्थलमा खटिएका स्वास्थ्यकर्मी बढी कोरोना संक्रमित भएका छन्।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी ७ स्वास्थ्यकर्मी, ६ नर्स र २ चिकित्सक कोरोना भाइरसबाट संक्रमित भएका छन्। कुल १५ मध्ये ५ ले मात्रै हालसम्म संक्रमण जितेका छन्।

प्रदेशका आधारमा सबैभन्दा प्रदेश ५ र २ मा ५/५ स्वास्थ्यकर्मी संक्रमित छन् भने प्रदेश १ मा चार र वागमतीमा २ जना छन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी संक्रमित छैनन्।

नेपालका कोरोना संक्रमित कुल संख्या भने १ हजार ५ सय ७२ र मृत्यु हुनेको संख्या ८ पुगेको छ।

संक्रमणको दर बढ्दै जाँदा स्वास्थ्यकर्मीमा संक्रमण पनि बढ्छ। यो दर कम गर्न नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले समेत उपचारमा संलग्न हुने जनशक्तिले कुन प्रकारको सेवा अपनाउँदा कस्तो खालका व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने भन्ने यकिन मापदण्ड बनाइएको छ।

तर दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीहरू सामान्य मास्क, ग्लोब्सको समेत अभाव झेलिरहेका छन्। ठूलो अस्पताल चिकित्सकहरू समेत पर्याप्त पिपिईको अभावमा जोखिम र त्रासमै सेवारत छन्।

प्रदेश १ : नर्स २, स्वास्थ्यकर्मी २

प्रदेश १ मा नर्स २, स्वास्थ्यकर्मी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनकुटा अस्पतालमा कार्यरत नर्समा सुरुमा ४ जेठमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। ६ जेठमा उनकै सहकर्मी एक नर्ससहित दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो। उनीहरू सबै कोसी कोभिड अस्पतालमा उपचाररत छन्।

संक्रमणको दर बढ्दै जाँदा स्वास्थ्यकर्मीमा संक्रमण पनि बढ्छ। यो दर कम गर्न नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले समेत उपचारमा संलग्न हुने जनशक्तिले कुन प्रकारको सेवा अपनाउँदा कस्तो खालका व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने भन्ने यकिन मापदण्ड बनाइएको छ। तर दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीहरू सामान्य मास्क, ग्लोब्सको समेत अभाव झेलिरहेका छन्। ठूलो अस्पताल चिकित्सकहरू समेत पर्याप्त पिपिईको अभावमा जोखिम र त्रासमै सेवारत छन्।

प्रदेश २ : चिकित्सक १, नर्स १, स्वास्थ्यकर्मी २

प्रदेश २ मा एक चिकित्सक, एक नर्स, दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जेठ ३ गते सप्तरीमा कार्यरत नेपाली सेनाका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो। उनी हाल संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।नारायणी अस्पतालको आसोलेसन वार्डमा कार्यरत नर्सलाई वैशाख ३१ मा संक्रमण देखिएको थियो। उनी पनि निको भएर घर फर्किसकेकी छन्।

जेठ १५ मा सप्तरीको प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मी र बारा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई जेठ १३ मा संक्रमण देखिएको थियो।

वागमती प्रदेश : चिकित्सक १, नर्स १

जेठ ६ मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक जनस्वास्थ्य चिकित्सकमा पनि संक्रमण देखिएको थियो। त्यसैगरी वैशाख ३१ मा सुनसरीबाट फर्केकी भक्तपुरको एक निजी अस्पतालमा कार्यरत नर्समा संक्रमण पुष्टि भएको थियो। संक्रमित दुवैले काेराेना जितेका छन्।

प्रदेश ५ : नर्स २, स्वास्थ्यकर्मी ३

वैशाख ३० मा तौलिहवा अस्पतालमा ३४ वर्षीया नर्समा संक्रमण देखिएको थियो। उनी हाल निको भएर घर फर्किएकी छन्। त्यसैगरी जेठ ८ मा खजुरा गाउँपालिकाकी स्टाफ नर्समा कोरोना संक्रमण देखिएको थियो। खजुरा, गाउँपालिका वडा–३ की ४२ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो।

लुम्बिनी अस्पतालका एक स्वास्थ्यकर्मीलाई गत साता संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। दाङमा जेठ १८ मा दुई स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।

देउखुरीको गढवा गाउँपालिका–६ मा रहेको बाल जनता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो। उनीहरूमध्य लमही नगरपालिका–१ का ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका–८ निवासी ३६ वर्षीय पुरुष रहेको गढवा गाउँपलिकाले जनाएको छ।

बढ्दो जोखिम, थपिँदो त्रास

स्वास्थ्यकर्मीको बढ्दै संक्रमण जाँदा आगामी दिनमा दिनमा जनशक्ति अभाव हुने अवस्था निम्तिन सक्ने सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे बताउँछन्।

फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीका लागि पर्याप्त रूपमा सुरक्षा सामग्री नहुनु तथा परीक्षणको दायरा कम हुनुले संक्रमण बढाइरहेको उनको तर्क छ।
‘स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै जाँदा भोलि जनशक्ति अभाव हुने देखिन्छ,’ उनले भने।

स्वास्थ्य संस्था, सरसफाई र खोप कार्यक्रममार्फत संक्रमण बढेको अध्यक्ष शर्मा बताउँछन्। ‘सरकारले स्वास्थ्य संस्था, तथा खोप कार्यक्रममा स्वास्थ्यकर्मीलाई पिपिई, माक्स, पन्जा जस्ता सामग्री नदिइकन काम लगाइएको छ,’ शर्माले भने, ‘स्वास्थ्य संस्थामा परिचान नै नभएका व्यक्तिको उपचारमा खटिँदा संक्रमण बढेको छ।’

डा. पाण्डेका अनुसार अहिले स्वास्थ्य सेवामा १ हजार २ सय ६६ सरकारी चिकित्सकको दरबन्दी छ। उनी भन्छन्, ‘एकजना संक्रमित व्यक्तिसँग संलग्न हुँदा सयौं चिकित्सकहरू क्वारेन्टाइनमा जानुपर्ने हुन्छ।’

संक्रमणको बढ्दो रुप हेर्दा सरकारले विकल्पका लागि तयारी अवस्थामा अन्य चिकित्सकलाई राख्नुपर्ने डा. पाण्डे बताउँछन्।

बिरामीको हेरचाहमा बढी समयसम्म सँगै हुने भएकाले जनशक्तिमध्ये पनि नर्समा बढी जोखिम हुने र संक्रमण देखिएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राईको भनाइ छ। धेरै संक्रमित नर्स बिरामी उपचारमा संलग्न हुँदा संक्रमण सरेको डा. राई बताउँछिन्। ‘८० प्रतिशतमा कोरोना संक्रमण देखिएको छैन,’ राईले भनिन्, ‘बिरामीलाई केयर गर्दा संक्रमण देखिएको छ।’

जिल्ला अस्पतालमा काम गर्ने नर्सले सुरक्षित सुरक्षा सामग्रीको प्रयोग गर्न नपाएका कारण पनि संक्रमणको दर बढेको उनी बताउँछिन्।

विभिन्न समयमा नर्सिङ संघले पिपिईजस्ता सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै आएको छ।

कोरोनाको हब अस्पतालमा मात्र स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको व्यवस्था भएको र अन्य स्वास्थ्य संस्थामा सुरक्षा सामग्री अभावका कारणले संक्रमणको दर बढ्दै गएको नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले बताए।

स्वास्थ्य संस्था, सरसफाई र खोप कार्यक्रममार्फत संक्रमण बढेको अध्यक्ष शर्मा बताउँछन्। ‘सरकारले स्वास्थ्य संस्था, तथा खोप कार्यक्रममा स्वास्थ्यकर्मीलाई पिपिई, माक्स, पन्जा जस्ता सामग्री नदिइकन काम लगाइएको छ,’ शर्माले भने, ‘स्वास्थ्य संस्थामा पहिचान नै नभएका व्यक्तिको उपचारमा खटिँदा संक्रमण बढेको छ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

समुदायका स्वास्थ्यकर्मी : कोरोना संक्रमण व्यवस्थापनमा वरदान साबित हुन्छन्

चीन तथा एसियाका अधिकांश क्षेत्र, युरोप तथा अस्ट्रेलियालाई थिलोथिलो पार्दै संसारको गरिब मुलुकतर्फ कोरोना भाइरसको गति बढिरहेको छ।

सबैले यी राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण दर अति नै उच्च हुने प्रक्षेपण गरिरहेका छन्। मानिसको बाक्लो बस्ती, गरिबी, सरसफाइ तथा स्वच्छताको सीमित सुविधा र जीवनयापनका लागि काममा फर्कनुपर्ने बाध्यताले सामाजिक दूरी तथा एकान्तवासको विधि लगभग असम्भव प्रायः तुल्याएको छ।

यद्यपि यी राष्ट्रहरूबाट सफलताको कथा कोरिने र सबै मुलुकका लागि लागू हुनसक्ने खालको समाधान हुने अपेक्षा गरिएको छ। त्यस्तो क्षेत्रबाट जहाँका मानिस र प्रणाली समुदायस्तरको प्राथमिक स्वास्थ्य सेवाबाट पनि वञ्चित रहेका छन्।

कोभिड–१९ को सम्भाव्य जोखिमबाट सशंकित हुँदै रुवान्डादेखि पाकिस्तानका स्वास्थ्य मन्त्रालयहरूले आफ्नो मुलुकमा कोरोना भाइरसको पहिलो ‘केस’ दर्ज हुनुअगावै महामारीविरुद्ध सचेत एवं सतर्क योजना अघि सारिसकेका थिए।

कोरोना भाइरसका बिरामीको मात्र उपचारका लागि अस्पतालहरूको व्यवस्थापन गरे भने यात्राबाट फर्केका तथा सामान्य लक्षण देखिएका मानिसलाई राख्नका क्वारेन्टाइनको प्रबन्ध मिलाए । परीक्षण औजार (टेस्ट किट) तथा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतको आवश्यक सामाग्रीको खरिदसम्बन्धी प्रस्तावनाको विकासलाई दु्रत गराएर त्यससम्बन्धी प्रक्रियालाई गति दिएका थिए।

तर सुरुदेखिकै सावधानीयुक्त कदमका बाबजुद असुविधा सामना नगरेको भने पक्कै होइन।

डाक्टर तथा नर्सहरूको तुलनामा यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मीहरू तालिम प्रदान गर्ने र पारिश्रमिक दिने दृष्टिकोणले कम खर्चिला मात्रै छैनन्, उनीहरू दिगो पनि हुन्छन्।

अत्यावश्यक आर्थिक स्रोत, आपूर्ति प्रणालीका साथसाथै आवश्यकीय सामग्रीको अभाव देखियो भने अन्तर्राष्ट्रियस्तरमा डरलाग्दो रूपमा बढिरहेको संक्रमणको दरले अझ तीव्र विषमताको सिर्जना ग-यो।

भारतमा आफूहरू संक्रमित हुने डरका कारण छिमेकीहरूले डाक्टरहरूलाई समाजबाट बहिस्कृत गरे। पाकिस्तानमा व्यक्तिगत सुरक्षा सामग्रीको मागसहित धर्नामा बसेका स्वास्थ्यकर्मीलाई हिरासतमा समेत लिइएको थियो ।

उता बंगलादेशमा कर्मचारीहरू कोभिड–१९ को डरका कारण कार्यस्थलबाट टाढा रहँदा कयौं क्लिनिक तथा अस्पतालहरूमा ताला लाग्यो। अधिक संख्याका स्वास्थ्यकर्मीहरू अनुपस्थित भएकै कारण बंगलादेशी सरकारले उनीहरूको तलब वृद्धिसहित जीवन बीमाको घोषणा गरेर काममा फर्कन प्रलोभन देखायो। यस्तो सुविधा अस्वीकार गर्ने स्वास्थ्यकर्मीलाई स्थायी रूपमा कामबाट हटाइनुका साथसाथै प्रेसमार्फत उनीहरूको निन्दासमेत गरिएको थियो।

गरिब राष्ट्रमात्र हैन कुनै पनि मुलुकले आफ्ना स्वास्थ्यकर्मीहरूको अमूल्य जीवनलाई जोखिममा पार्ने वा कामबाट हटाउने दुष्प्रयास गर्न सक्दैन। उनीहरूलाई जोखिममा पार्दै परिणामस्वरुप बिरामीहरूलाई संक्रमणको खतरामा राख्नुको सट्टा सरकारले वैकल्पिक उपाय खोज्न जरुरी छ।

यस सवालमा अगुवाको भूमिका प्रदर्शित गर्नमा रुवान्डा सफल देखियो। अति गम्भीर रूपमा थलिएका बाहेक कोभिड–१९ को शंकास्पद बिरामीलाई स्वास्थ्य केन्द्रमा जानबाट रोक लगाउने, स्वास्थ्यकर्मी र संक्रमित बिरामीबीचको सम्पर्क न्युनीकरण गर्ने र समुदायभित्रैको निवारण र स्याहारमाथि जोड दिनेलगायतका उपायलाई रुवान्डा सरकारले नवीन पद्धतिभित्र समावेश गरायो।

यी पद्धतिहरू स्रोत अभावका कारण आइसियू र भेन्टिलेटर त परको कुरा शैय्याको पनि पर्याप्त व्यवस्था गर्न नसकेका राष्ट्रमात्रै नभएर जुनसुकै राष्ट्रहरूको हकमा पनि सान्दर्भिक देखिन्छ।

झट्ट हेर्दा कठिन देखिने यस दिशातर्फ अग्रसर हुन खासै कठिन भने छैन। अधिकांश कमजोर र गरिब मुलुकको स्वास्थ्य प्रणाली प्रारम्भिक स्वास्थ्य स्याहारको मान्यता वरपर घुमेको हुन्छ, जसले समुदायस्तरमै स्वास्थ्य सेवाको वितरण, रोगको निवारण, पहिचान तथा परीक्षण र बिरामीको स्याहारलगायतको ढाँचा समाहित गरेको हुन्छ। अत्यावश्यक तथा गम्भीर रूपमा थलिएका बिरामीहरूले मात्र अस्पतालमा प्रवेश पाउनुपर्छ भन्ने नै यस मान्यताको समग्र औचित्य हुन्छ।

वास्तवमै समुदायमा आधारित स्वास्थ्यकर्मीहरू हालको कोभिड–१९ को प्रतिकार्यमा अधिक रूपमा संलग्न छन्। परीक्षण औजार (टेस्ट किट) को अभावमा रोग पहिचानको आधार सिर्जना गर्न यस्ता स्वास्थ्यकर्मीले जाँचसूचीका (चेकलिस्ट) को प्रयोग गर्ने गरेका छन्।

यो मान्यता सार्थक विज्ञान र स्वास्थ्य कर्मचारीसहित न्युन रूपमा उपलब्ध स्रोतको अधिकतम प्रयोगको धारणामाथि निर्भर छ।

कोरोना भाइरसको लक्षणसहितका अधिकांस बिरामी नागरिकलाई सकेसम्म आफ्नै घर नजिक स्याहार गर्न सकिन्छ र गरिनुपर्छ भन्ने हो। यो व्यवस्था बिरामीहरू स्वयं, उनीहरूको गोजी (पैसा) र उनीहरूको समयको हितमा रहेको छ भने बिरामीहरूलाई स्वास्थ्य सेवा केन्द्रभन्दा पर राख्दा अन्यमा भाइरसको संक्रमण सम्भावना पनि कम हुनजान्छ।

शुभ समाचार के हो भने दशकौंसम्मको लगानीपछि धेरै स्रोतविहीन राष्ट्रहरूले समुदायमा आधारित स्वास्थ्यकर्मीको असंख्य समूह निर्माणमा सफलता हात पारेका छन्। यी कार्यकर्ताहरूले घरदैलोमा सेवा दिन्छन् भने आºनो समुदायलाई राम्रोसँग बुझेका हुन्छन्।

संक्रामक रोगहरूको निवारणका साथै सामान्य लक्षणको व्यवस्थापनमा उनीहरू तालिमप्राप्त छन्। जसले गर्दा पहिल्यैदेखि व्यवस्थापन गर्दै आएको संक्रामक रोगको सूचीमा अर्को एक रोग ‘कोभिड–१९’ थपिँदा उनीहरूको कामको कुशल सम्पादनमा खासै भिन्नता देखिएको छैन। अझ बढी त के भने यस्ता राष्ट्रहरूमा प्रति एक डाक्टरको स्थानमा सयौंको संख्यामा यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मी तैनाथ रहेका हुन्छन्।

डाक्टर तथा नर्सहरूको तुलनामा यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मीहरू तालिम प्रदान गर्ने र पारिश्रमिक दिने दृष्टिकोणले कम खर्चिला मात्रै छैनन्, उनीहरू दिगो पनि हुन्छन्।

आफ्नो समुदायको सदस्यका रूपमा उनीहरू सुलभ, विश्वसनीय तथा भरपर्दा हुन्छन्, जुन महामारीको समयका अत्यन्तै महत्वपूर्ण पक्ष हुने गर्छ।

वास्तवमै समुदायमा आधारित स्वास्थ्यकर्मीहरू हालको कोभिड–१९ को प्रतिकार्यमा अधिक रूपमा संलग्न छन्। परीक्षण औजार (टेस्ट किट) को अभावमा रोग पहिचानको आधार सिर्जना गर्न यस्ता स्वास्थ्यकर्मीले जाँचसूचीका (चेकलिस्ट) को प्रयोग गर्ने गरेका छन्।

केही निकायहरूले समुदायमा आधारित स्वास्थ्यकर्मीको रोग पहिचान, अनुगमन र बिरामीको सम्पर्कको निगरानी एवं पहिचान कार्यलाई सहज बनाउन मोबाइल एपको समेत विकास गरेका छन्।

समुदायमा आधारित स्वास्थ्यकर्मीले त्यस समुदायको अगुवासँग मिलेर काम गरेको खण्डमा धेरै उपलब्धि हासिल गर्न सक्दछ। प्रकोपपछिको समयमा लगभग असम्भव मानिएको सफलताहरू यस्तो सहकार्यका कारण हासिल भएका असंख्य उदाहरण छन्। यस्ता सफलताहरू प्रकोप, महामारी, बाढी तथा आँधीको दुर्घटनामा बारम्बार नाम लिइने बंगलादेशबाहेकको देशमा पनि मिलेका छन्।

समुदायमा आधारित स्वास्थ्यकर्मीहरूले जनचेतनाको विकास तथा द्विविधाको निवारण, एकान्त क्षेत्र वा स्थान (आइसोलेसन कक्ष) को प्रबन्ध, साबुनपानी, निर्मलीकरण सामग्री (डिस्इन्फेक्टेन्ट), औषधी र खानाको वितरणसहित बिरामी तथा जोखिममा रहेका नागरिकका लागि सहायता सेवाका साथै शवको उचित एवं सुरक्षित व्यवस्थापनसहित कोभिड–१९ तत्परता प्रणालीको स्थापना गर्न सक्छन्।

समुदायमा आधारित स्वास्थ्यकर्मीले पहिल्यैदेखि नै नवप्रवद्र्धनात्मक कार्य संचालन गरिरहेका छन्। युगान्डादेखि अफगानिस्तानसम्म संसारका विभिन्न गरिब क्षेत्रहरूमा समुदायमा आधारित स्वास्थ्यकर्मीले मेगाफोन, फोन र अन्य मानिसको सहायताद्वारा सेवा सम्पन्न गर्दै सामाजिक दूरीको पालनाका लागि विभिन्न उपाय तथा विकल्पको विकास तथा प्रयोग गरिरहेका छन्। केही समयोजनासहित कोभिड–१९ सम्बन्धी आवश्यकताको परिपूर्ति गर्दै यिनीहरूले स्वास्थ्य सेवा निरन्तर सुचारु गर्ने क्षमता राख्छन्।

यस्ता समुदायमा आधारित स्वास्थ्यकर्मीले कहिले फोन त कहिले इन्टरनेट र कहिलेकाहीं टेलिमेडिसिनद्वारा अन्य स्वास्थ्यकर्मीको पृष्ठ सहायता हासिल गरिरहेका हुन्छन्। यस्ता स्वास्थ्यकर्मीले संक्रमणको शंका भएका बिरामीमध्ये को–को गम्भीर रूपमा थला परेका छन् भनेर अस्पताललाई जानकारी दिन सक्छन् । सोहीअनुसार ती बिरामीलाई स्विकार गर्ने वा नगर्ने भनेर ती अस्पतालले सहज निर्णय लिन सक्दछ।

हुन त सिद्धान्त र व्यवहारबीचको भिन्नताबारे प्रशस्त उदाहरणहरू आउँदो केही महिनाभित्र देख्न सक्छांै। यति भनिरहँदा के चाहिँ पक्का हो भने कोभिड–१९ विरुद्धको लडाइँमा अस्पतालभन्दा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूको प्रयोगलाई प्राथमिकता दिँदा निश्चय नै धेरै सफलता हासिल गर्न सकिनेछ।

यस्ता निर्णयलाई गरिबहरूका लागि दोस्रो उत्कृष्ट समाधानको रूपमा लिइनु हुँदैन किनकि उनीहरू उत्कृष्ट निवारण, नियन्त्रण र स्याहारका लागि भरपर्दा प्रतिनिधिहरू हुन्।
सबैले अरुको छरपस्ट एवं उच्च–मूल्यको सीमित र अझ कहिलेकाहीं अप्रमाणित तथा असक्षम स्वस्थ्योपचारको नक्कल गर्नुभन्दा स्थानीय क्षमतासहितको परिलक्षित र प्रमाणित उपचारको विधिमा जोड दिनु हितकर देखिन्छ।

अनुवादित सामग्री

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यो महामारीका बेला स्वास्थ्यकर्मीले एकअर्कालाई कसरी सघाउन सक्छन्?

आफू छेवैको पलङमा लम्पसार लडिरहेकी एक महिला बिरामीलाई हेरिरहँदा डाक्टर हाला सार्बी शान्त रहने प्रयासमा छिन्।

एक आकस्मिक स्वास्थ्य चिकित्सकको रूपमा नजिकै आइरहेको मृत्युले सामान्यतः उनको भावनामा ज्वारभाटा पैदा गराउँदैन। तर यसपल्ट आँखाबाट झरिरहेका आँसुलाई उनले रोक्न सकिनन्।

डाक्टर सार्बी ती महिलाको मृत्युमा शोकाकुल बनिन्। तर अस्पतालको कक्षभित्र उनलाई सान्त्वना दिन कोहीले प्रवेश गर्न पाउँदैनन्। तसर्थ, लगभग अचेत अवस्थामा उनी र उनका स्वास्थ्यकर्मीहरूले समूह एकै लहरमा उभिएर पन्जा लगाएका हातहरू जोड्दै मृतक बिरामीको आत्माशान्तिका लागि मौन प्रार्थना गरे।

यस वर्ष कोभिड–१९ ले संसारलाई त्रसित नबनाउनु अघिसम्म डाक्टर सार्बी जतिसुकै कठिन व्यावसायिक उत्तरदायित्व निर्वाह गर्न पनि पूर्ण रूपमा तयार थिइन्। न त उनले कहिल्यै आफ्नो काम आफू र परिवारका लागि जोखिम भएको महसुस नै गरेकी थिइन्। तर, अचेल लस एन्जल्सबाहिरका दुईटा अस्पतालमा बिरामीको सेवामा खटिइरहँदा उनले यस विश्व महामारीले खनेको चरम प्रतिकूल बाटो पछ्याइरहेकी छन्।

‘हामी केको विरुद्ध उभिइरहेका छौं भन्ने विषयमा अझै अन्जान छौं,’ पाँच बच्चा र श्रीमानसँगै बसोबास गर्ने उनी भन्छिन्।

‘यदि म मरिहालें भने मेरो सन्तानको के होला?,’ हरेक पटक अस्पताल जाँदा उनको मनमा यही कुराले डेरा जमाउने गर्छ आजकल। यो डर एवं अनिश्चिततालाई उनले केही हदसम्म निजी फेसबुक ग्रुपमार्फत कम गर्न सफल भएकी छन्। जसलाई उनले जीवन रक्षाका लागि हरदम खटिरहेका आफूजस्तै अन्य स्वास्थ्य स्याहारकर्ताहरूलाई सहायता गर्न र आवश्यक जानकारी आदान प्रदान गर्न सुरु गरेकी थिइन्।

स्वास्थ्य सेवाको काम र परिवारको भूमिका निर्वाह गरिरहेका महिला स्वास्थ्यकर्मीका लागि सन् २०१४ मा डा. सार्बीले स्थापना गरेको ‘फिजिसियन मम्स ग्रुप’ नामक अनलाइन मञ्चको कोभिड–१९ सम्बन्धी उपशाखाले संसारभरका ३७ हजारभन्दा बढी सदस्य कमाइसकेको छ। यस ऐक्यवद्धताले उनलाई शक्तिमात्र प्रदान गरेको छैन, बरु यही भर्चुअल चौतारीमा रहेर सदस्यहरूले उपचार, वैज्ञानिक लेख तथा सुरुवाती अध्ययनहरूलाई एकअर्काका लागि साझा गरिरहेका छन्।

यस वर्ष कोभिड–१९ ले संसारलाई त्रसित नबनाउनु अघिसम्म डाक्टर सार्बी जतिसुकै कठिन व्यावसायिक उत्तरदायित्व निर्वाह गर्न पनि पूर्ण रूपमा तयार थिइन्। न त उनले कहिल्यै आफ्नो काम आफू र परिवारका लागि जोखिम भएको महसुस नै गरेकी थिइन्। तर, अचेल लस एन्जल्सबाहिरका दुईटा अस्पतालमा बिरामीको सेवामा खटिइरहँदा उनले यस विश्व महामारीले खनेको चरम प्रतिकूल बाटो पछ्याइरहेकी छन्।

‘हामी रोगले थलिएका बिरामीको सेवामा दौडिरहन्छौं र अन्य मानिसले पनि सोही काम गरिरहेको देख्दा शक्ति एवं हौसलाको संचार हुन्छ,’ उनी भन्छिन्, ‘यस अनलाइन समूहले हामीलाई हाम्रो कर्तव्य एवं उद्देश्य सम्झाइरहन्छ जसका कारण हामी आफूलाई कहिल्यै एक्लो महसुस गर्दैनौं।’

न्यूयोर्कस्थित एक अस्पतालको आकस्मिक कक्षमा कोरोना भाइरसका बिरामीको उपचारमा तैनाथ डाक्टर लोर्ना ब्रिन अन्ततः आफै संक्रमित बनिन्। गत महिना उनको आत्महत्याको घटनाले कोभिड–१९ को कारण मृतकको बढ्दो संख्या, सुरक्षा सामग्रीका साथसाथै प्रमाणित औषधोपचारको अभावका बीच डाक्टर, नर्स तथा अन्य स्वास्थ्य स्याहारकर्ताहरूमाथि हालको महामारीले पारेको मानसिक एवं भावनात्मक दबाबलाई उजागर ग-यो।

यसले स्वास्थ्यकर्मीलाई सामाजिक सन्जालमार्फत आफ्नो अवस्थाको जानकारी दिन, कर्तव्यप्रति पुनः प्रतिबद्ध हुन र आफूभित्रको बोझ न्यूनिकरण गर्न सहकर्मीहरूको सहायताको महत्व सार्वजनिक गर्न बाटो खोलेको छ।

वेलनेस एक्सपर्टहरूले स्वास्थ्यकर्मीको गुप्त संघर्षलाई समाधान गर्न हालको प्रकोपले उनीहरूको मानसिक स्वास्थ्यको आवश्यकता सम्बोधन गर्न र संकटको समयमा पनि सामान्य अवस्थामा झैं आफ्नो व्यावसायिक कर्तव्यपालनका लागि उनीहरूको मनोवैज्ञानिक तथा आन्तरिक प्रतिरोधी क्षमतालाई बल पु-याउने अवसर दिएको बताएका छन्।

‘नयाँ चिजहरूको अभ्यास थाल्नुपर्ने बेला आएको छ,’ युनिभर्सिटी अफ वासिङ्टन मेडिसिनमा पिअर सपोर्ट कार्यक्रम व्यवस्थापक डाक्टर एनी ब्राउनिङ भन्छिन्, ‘हालको कठिन परिस्थिति व्यवस्थापन गर्न र आफ्ना सहकर्मीलाई भयग्रस्त अवस्थामा यत्तिकै नछोड्न हामीले के गर्नुपर्छ भनेर प्रश्न गर्ने बेला आइसकेको छ।’

एक नयाँ प्रयोग

सहकर्मीहरूद्वारा वञ्चितीकरण तथा आफ्नो करियर एवं मेडिकल लाइसेन्समा पर्नसक्ने सम्भाव्य प्रभावका कारण स्वास्थ्यकर्मीहरूले आफ्नो मानसिक स्वास्थ्यबारे मौनता कायम गरिरहेका छन्। चिकित्सकहरूको स्व–स्याहारप्रतिको बेवास्थाले उनीहरूमा भविष्यमा पोस्ट–ट्रमाटिक स्ट्रेस डिस्अर्डरलगायतको विकराल प्रभाव निम्त्याउन सक्ने अनुसन्धानहरूले देखाएको छ। जसका कारण स्वास्थ्यकर्मीहरूको आत्महत्या दर राष्ट्रिय औसतभन्दा बढी हुने गर्छ।

क्यानडा, चीन र अन्य मुलुकहरूमा भएका अध्ययनहरूले कोरोना भाइरसका बिरामीको उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीमा एन्जाइटी (डर एवं चिन्ता रोग) तथा डिप्रेसनको दर अधिक रहेको देखाएको छ। अमेरिकामा अप्रिलको मध्यताका ९ हजार ३ सय स्वास्थ्यकर्मीमा कोभिड–१९ पुष्टि हुँदा त्यहाँको स्वास्थ्यसेवा सञ्जालहरूले ध्यान तथा निद्रा लगाउन सघाउने मोबाइल एपको प्रयोग, हेल्पलाइन तथा अनलाइन परामर्शलगायतको सहयोग रणनीति बनाएका थिए भने केही अस्पतालहरूले आनन्ददायक बत्ती र संगीतसहितको रिचार्ज (पुनर्ताजगी) कक्षको स्थापनासमेत गरे।

अमेरिकन मेडिकल एसोसिएसनले स्वास्थ्यकर्ताहरूको सहयोगका लागि पिअर सपोर्ट (सहकर्मीको सहायता) लाई अत्यावश्यक मानेको छ।

युनिभर्सिटी अफ वासिङटन मेडिसिनले जनवरी महिनामा अमेरिकाको सियाटलमा पहिलो कोरोना भाइरसको ‘केस’ देखिनुभन्दा केही दिनअघि नै यससम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ।

न्यूयोर्कस्थित एक अस्पतालको आकस्मिक कक्षमा कोरोना भाइरसका बिरामीको उपचारमा तैनाथ डाक्टर लोर्ना ब्रिन अन्ततः आफै संक्रमित बनिन्। गत महिना उनको आत्महत्याको घटनाले कोभिड–१९ को कारण मृतकको बढ्दो संख्या, सुरक्षा सामग्रीका साथसाथै प्रमाणित औषधोपचारको अभावका बीच डाक्टर, नर्स तथा अन्य स्वास्थ्य स्याहारकर्ताहरूमाथि हालको महामारीले पारेको मानसिक एवं भावनात्मक दबाबलाई उजागर ग-यो।

पिअर मोडल (सहकर्मीको सहायता विधि) मा आधारित यस कार्यक्रमले स्वास्थ्यकर्मीहरूको मौनता भंग गर्न अनौपचारिक तथा गोप्य निजी संवादमा जोड दिएको छ भने सहयोग माग्न हिच्किचाउने आममान्यताको विरुद्धमा यस कार्यक्रमलक्षित छ।

पिअर स्पेसलिस्टको रूपमा स्वयंसेवीको भूमिका निभाएका स्वास्थ्यकर्मीले तनाव, भावनात्मक थकान तथा दिक्दारी लगायतको लक्षण पहिचान गर्नका लागि तालिम पाउँछन्। उनीहरूले शारीरिक व्यायाम, खाना पकाउने, बगैंचाको काम गर्नेदेखि लिएर सहयोग पुस्तकको अध्ययन गर्ने हुँदै स्वास्थ्यसम्बन्धी परामर्शसम्मको विधि प्रयोगद्वारा आफ्ना सहकर्मीलाई सहायता गर्ने सिकाइ हासिल गर्दछन्।

‘यस कार्यक्रमले स्वास्थ्य स्याहारकर्ताहरूलाई अन्य स्वास्थ्यकर्मीहरूसँग कुराकानी गर्न र एकअर्काका लागि सहयोगी बन्न चाहन्छन् वा चाहन्नन् भनेर निर्णय गर्न सहयोग गर्छ,’ डा. ब्राउनिङ भन्छन्, ‘यसले उनीहरूमा खुलापनको विकास गर्दछ।’

हालको संकटको समयमा कयौं स्वास्थ्यकर्मीले निरीह महसुस गरिरहेका कारण अन्य स्वास्थ्य सेवा केन्द्रहरूले सो कार्यक्रमको अवलम्बन गर्नुपर्ने उनको धारणा छ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको पिअर सपोर्ट कार्यक्रम निर्देशक डाक्टर किरण गुप्ताले सहकर्मीसँग गर्ने खुला कुराकानीले स्वास्थ्यकर्मीको दबिएर रहेको चिन्ता वा अनिश्चितताको भावना बाहिर ल्याएर उनीहरूमा भावनात्मक सन्तुलन विकास गर्न सहयोग गर्ने बताए।

‘कठिन परिस्थितिको सामना गरेको बेला पर्याप्त सहयोग नपाएको खण्डमा स्वास्थ्यकर्मीले शिथिल महसुस गर्छन्,’ उनी भन्छन्, ‘हामीले यसैलाई निरोध गर्न खोजेका हौं।’
अस्पतालले यो कार्यक्रम तीन वर्षअघि सुरु गरेको थियो भने हाल लकडाउनको समयमा यसलाई जुम भिडियो च्याटमार्फत विभिन्न व्यक्तिगत तथा सामूहिक सत्रमा विभाजित गरी सञ्चालन गरिरहेको छ।

यो कार्यक्रमअन्तर्गत मानसिक स्वास्थ्यसम्बन्धी वेबनार डाक्टर रिमा बोउजरामका लागि निकै लाभदायी बनेको छ। मृत्युशैय्यामा छट्पटाइरहेका बिरामीको अन्तिम समयमा सेवा गर्नका लागि आफन्तलाई भेट्न अस्पतालहरूले रोक लगाएको कारण स्वास्थ्यकर्मीले नै सो भूमिका निभाइरहेका छन्। यसबाहेक पिअर सपोर्टरको रूपमा डाक्टर बोउजरामले लिएको तालिमले उनलाई आफ्ना सहकर्मीहरूको मनोदशाबारे सोध्न, उनीहरूको आवेग तथा दिक्दारीयुक्त कथाहरू सुन्न र कष्टपूर्ण समयमा उनीहरूलाई सन्त्वना दिन सक्षम बनाएको छ।

‘सघन उपचारकक्षमा हामीले हाम्रो अनुभव वा भावनाबारे गफगाफ गर्न नमिलेता पनि हामी हाम्रा सहकर्मीको साथमा छौं भनेर सुनिश्चित गरिरहेका हुन्छौं,’ उनी भन्छिन्।

मास्कभित्रका मुहारहरू

‘फ्रन्टलाइन कोभिड–१९’ नामक इन्स्टाग्राम पेजमा विश्व महामारीको समयमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरूको कथा साझा गर्ने गरिएको छ। युनिभर्सिटी अफ वासिङटन मेडिसिनका डाक्टर जेसिका लु र सान्ड्रा ट्रुअङले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्न र उनीहरूको दैनिक जीवनको तीतो यथार्थबारे आमनागरिकलाई जानकारी दिन यस परियोजना सञ्चालन गरेका हुन्।

हालैको एक दृश्यात्मक पोस्टले १२ घण्टाको सिफ्टको समाप्तिपछि एटलान्टाका एक सघन उपचार कक्षमा कार्यरत नर्सको मिश्रित भावना कैद गरेको छ। ‘हालको संकटको समयमा नर्सको रूपमा कसैको जीवनमा सकारात्मक प्रभाव ल्याउन पाउनु गर्वको महसुस भएको छ,’ गाबिनुमानले फोटोको क्याप्सनमा लेखेकी छन्, ‘तर म थकित छु र भविष्यको बारेमा दुःखी अनिचिन्तित पनि छु।’

उनको विवरणले मास्कभित्रको लुकेर मुहारको मनोभाव र स्वास्थ्यकर्मीले बोकेको अदृश्यबोझलाई पर्दाफास गरेको छ। डाक्टर लुले कोरोना भाइरस संक्रमण हुनुपूर्व स्वस्थ रहेकी एक बिरामीको उपचारको क्रममा मृत्यु भएको घटना बारम्बार सम्झिरहन्छिन्।

‘उनको नजिक हुनखनपाउँदा र उनलाई फेरि देख्न नपाउँदा छुट्टै किसिमले गाह्रो महसुस भइरहेको छ,’ उनी भन्छिन्।

व्यवहारजन्य स्वास्थ्य अनुसन्धानकर्ताले प्रकोपको क्रममा स्वास्थ्यकर्मीले सामना गर्नुपरेको भावनात्मक खिन्नता महिनौं वा वषौंसम्म रहिरहन सक्ने चेतावनी दिएका छन्।

‘मोरल इन्जुरी अफ हेल्थ केयर’ नामक गैरनाफामूलक संस्थामा सहसंस्थापक एवं मनोरोग चिकित्सक डा. विन्डी डिनले यस्तो भावनात्मक खिन्नताबाट आफ्ना स्वास्थ्यकर्मीलाई जोगाउन तथा उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यको रक्षा गर्न अस्पताल तथा उनीहरूको सन्जालले ठूलो स्रोत छुट्याउनुपर्ने बताए।

‘स्वास्थ्य स्याहार केन्द्रहरूले आफ्नो कर्मचारीको भावना सम्बोधन गर्नुपर्दछ,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मीलाई निको नपार्दासम्म बिरामीलाई निको पार्न सकिन्न।’

हालको विश्व महामारीले स्वास्थ्य सेवा प्रणालीभित्रको कयौं कमीकमजोरीलाई उदांगो बनाएको छ भने स्वास्थ्यकर्मीले यस संकटले ती कमीकमजोरी सच्चाउने अवसर प्रदान गरेको बताएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणबाट जोगाउन यसरी काम गर्दैछन् अस्पतालहरू

नेपालमा कोरोनाको कहर बढ्दै जाँदा अग्रमोर्चामा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन्। १० दिनमात्रै देशभरका २ चिकित्सक, ६ नर्स र ३ स्वास्थ्यकर्मी संक्रमितको पुष्टि भइसकेको छ।

अस्पतालहरूले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन थालेका छन्। नेपालमा १० दिनयता संक्रमण दर ह्वातै बढेको छ। संक्रमण बढ्दै गएसँगै कोरोना रोकथाम तथा नियन्त्रण सलंग्न हुने स्वास्थ्यकर्मी पनि संक्रिमत हुन पुगेका हुन्।

अधिकांस कोरोना संक्रमित लक्षणविहीन अर्थात सामान्य अवस्थामा नै रहेका छन्। कोरोना संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगिन अस्पतालहरूले कसरी काम गरिरहेका छन्।

कोसी ‘कोभिड १९’ अस्पताल : संक्रमण स्वास्थ्यकर्मी नै अन्य संक्रमितको हेरचाहमा

व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बिना कोसी ‘कोभिड १९’ अस्पतालले कुनै पनि व्यक्तिलाई प्रवेश गर्न दिएको छैन। प्रत्येक आइसोलेसन कक्षमा सिसी क्यामरा जडान गरिएको छ।

चौबिसै घण्टा स्वास्थ्यकर्मी सिसी क्यामराबाट बिरामीको निगरानी गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्र बताउँछिन्। ‘स्वास्थ्यकर्मीले छुट्टै बाहिरी कक्षबाट सिसी क्यामराबाट निगरानी गरिरहनुभएको हुन्छ,’ डा. मिश्रले भनिन्, ‘केही समस्या आइहालेमा एकजना स्वास्थ्यकर्मी पिपिई लगाएर तयारी अवस्थामा रहनुहुन्छ।’

स्वास्थ्यकर्मीको ड्युटी लिस्ट बनाएर, दैनिक कस्ले कतिचोटि राउन्ड गर्ने व्यवस्था मिलाइएको छ। सकेसम्म संक्रमित व्यक्तिबाट स्वास्थ्यकर्मीलाई संक्रमण नसरोस् भनेर सामजिक दूरी अपनाउने गरिएको डा. मिश्रको भनाइ छ। संक्रमित बिरामीलाई केही समस्या भने सम्पर्कमा आउनका लागि फोनको व्यवस्था गरिएको छ। समय–समयमा स्वास्थ्यकर्मी र संक्रमित व्यक्तिबीच सम्पर्क भइरहन्छ।

अस्पतालहरूले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन थालेका छन्। नेपालमा १० दिनयता संक्रमण दर ह्वातै बढेको छ। संक्रमण बढ्दै गएसँगै कोरोना रोकथाम तथा नियन्त्रण सलंग्न हुने स्वास्थ्यकर्मी पनि संक्रिमत हुन पुगेका हुन्।

धरान अस्पतालका संक्रमित चार स्वास्थ्यकर्मी अहिले कोसीमा उपचारतरत छन्। २ नर्स र २ पारामेडिक्सले अन्य संक्रमित व्यक्तिको समेत हेरचाह गरिरहेका छन्। केही संक्रमित व्यक्तिलाई आइबी एन्टिबायोटिक दिनुपर्ने अवस्था रहेको डा. मिश्रले बताइन्। तर, अन्य स्वास्थ्यकर्मीलाई थप जोखिममा पर्न दिँदैनन् संक्रमित स्वास्थ्यकर्मीले। औषधी कति दिने, कुन बेलामा दिने सबै संक्रमित स्वास्थ्यकर्मीले हेरचाह गरिरहेका हुन्छन्।

‘स्वास्थ्यकर्मीले भन्ने गरेका छन्, सामान्य कामको लागि तपाईहरू किन जोखिममा पर्न चाहनुहुन्छ। केही समस्या परेमा हामी बोलाउँछौं,’ डा. मिश्रले भनिन्, ‘उहाँहरूले आफंै संक्रमित भएर पनि अन्य बिरामीको हेरचाह गरिरहनुभएको छ।’

टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल : रोबर्टबाट संक्रमितलाई खाना र औषधी

स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भनेर पूर्ण सावधानी अपनाएर काम गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी बताउँछन्।

नेपालमा अन्य अस्पतालहरूमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएता पनि टेकु अस्पतालमा सावधाधी अपनाएकै कारण अस्पतालमा रहेका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ नभएको भण्डारीको भनाइ छ।

संक्रमित बिरामीलाई निगरानीका लागि सिसी क्यामरा जडान गरिएको छ। हाल अस्पतालमा ३० वडा आइसोलेसन बेड छन्। त्यसमध्ये स्पेसल ५ आइसोलेसन बेड छन्। जसमा १ आइसोलेसन कक्षमा १ बाथरुमको व्यवस्था गरिएको छ।

रोबर्ट प्रविधिबाट संक्रमित व्यक्तिलाई खाना र औषधीको पुर्याउने काम हुन्छ। ‘हामी चाहन्छौं, संक्रमित बिरामीसँग स्वास्थ्यकर्मीको सम्पर्क कम होस्,’ डा. भण्डारीले भने, ‘ संक्रमणको जोखिमबाट बच्न विभिन्न उपाय अबलम्ब गर्ने गरेका छौं।’

संक्रमित बिरामीमा एक्लोपन महसुस नहोस् भनेर चिकित्सकले अनलाइनमार्फत साइकोलोजी काउन्सिल पनि दिने काम भइरहेको छ।

समय–समयमा स्वास्थ्यकर्मी र संक्रमितबीचमा फोनबाट सम्पर्क भइरहने डा. भण्डारीले बताए। ‘संक्रमित बिरामीलाई एक्लो महसुस हुन नदिनका लागि वाईफाईको व्यवस्था गरेका छौं,’ डा. भण्डारीले भने, ‘सामाजिक सञ्जालबाट संक्रमितले आफ्नो परिवारसँग कुराकानी गर्ने गरेका छन्।’

संक्रमित बिरामीमा एक्लोपन महसुस नहोस् भनेर चिकित्सकले अनलाइनमार्फत साइकोलोजी काउन्सिल पनि दिने काम भइरहेको छ।

डा. भण्डारीका अनुसार अस्पतालले प्रत्येक बिरामीलाई विपी सेट र अक्सिजनको मात्रा नाप्ने मेसिन दिएको छ। संक्रमणलाई कसरी प्रयोग गर्ने भनेर सिकाएका छौं। जसले गर्दा स्वास्थ्यकर्मीले स–साना कामका लागि संक्रमितको प्रत्यक्ष सम्पर्कमा जानुपर्दैन । बिरामीले यस्ता स–सना काम गर्दा स्वास्थ्यकर्मीलाई थप जोखिम हुँदैन।

नारायणी अस्पताल : संक्रमित आफैंले रक्तचाप, ज्वरो नाप्छन्

अन्य अस्पतालको जस्तै नारायणी अस्पतालमा पनि संक्रमित बिरामीहरू चौबिसै घण्टा नै सिसिटिभीको निगरानी हुने गरेका छन्।

अस्पतालले संक्रमित बिरामीको उपचारका लागि केही प्रोटोकल तय गरेको छ। हाल नारायणी अस्पतालमा ७२ जना र नारायणीकै मातहातमा रहेको गण्डक अस्पतालमा ३२ जना संक्रमितको उपचार भइरहेको छ।

आइसोलेसन वार्डमा बिरामीलाई राख्नका लागि आल्मुनियमले पाटेसन गरिएको छ। संक्रमित बिरामीसँग स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्क कम गर्नेका लागि विभिन्न प्रविधिको प्रयोग भइरहेको अस्पतालका मेसु डा. मदन उपाध्याय बताउँछन्।

उनका अनुसार बिरामीको श्वासप्रश्वास तथा मुटुको धड्कन जाँच्नका लागि त्यही पाटेसनको बाहिरबाट स्टेथस्कोपको व्यवस्थापन गरिएको छ।

‘चिकित्सक तथा नर्स बाहिरबाटै एयरपिस राखेर भित्र रहेका बिरामीलाई माइकको आधारमा स्टेथस्कोप कहाँ राख्ने भनेर बुझाउँछौं र उहाँहरूले आफैंले चेकजाँच गर्नुहुन्छ,’ डा. उपाध्यायले भने, ‘यस्तो प्रविधिको कारणले बिरामीको स्वास्थ्यजाँच पनि सहज रूपमा भयो भने बिरामीसँग दूरी पनि कायम रहन सक्छ।’

सबै संक्रमित बिरामीलाई डिजिटल फारम भर्न दिने गरिएको छ। जसमा बिरामी आफैंले दैनिक ज्वरोमापन विवरण भर्ने गरेका छन्।

संक्रमित बिरामीहरूको पनि फोनको माध्यमबाट स्वास्थ्यकर्मीसँग सम्पर्क हुने गरेको छ।

‘कोरोनामा सम्पर्क दूरी जतिसक्दो कम गर्न पायौं, त्यति नै राम्रो हुन्छ। एकमात्र स्वास्थ्यकर्मीमा पोजेटिभ केस देखियो भने हामीले पूरै अस्पताललाई बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,’ डा. उपाध्यायले भने, ‘बिरामीको हेर्ने स्वास्थ्यकर्मीका लागि यस्ता सुरक्षाकवज व्यवस्था गरेका हौं।’

बुटबल धागो कारखाना ‘कोभिड १९’ अस्पताल : फोनमार्फत संक्रमितलाई सल्लाह

बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा ३६ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ। अस्पतालमा ३६ आइसोलेसन बेड छ, सबै संक्रमितले भरिएका छन्। उक्त अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालको जनशक्तिले काम गरिरहेको छ।

संक्रमित सबैको अवस्था सामान्य रहेको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताए। अन्य अस्पतालको जस्तै, अस्थायी कोरोना अस्पतालमा सिसी क्यामरामार्फत बिरामीको निगरानी गरिएको हुन्छ।

‘स्वास्थ्यकर्मीलाई बिरामीसँग प्रत्यक्ष सम्पर्क कम गर्नेका लागि अस्पतालले प्रत्येक बिरामीलाई विपी सेट र अक्सिजनको मात्रा नाप्ने मेसिन दिएको छ,’ डा. थापाले भने, ‘उहाँहरू (संक्रमित बिरामी) ले फोनमार्फत हामीलाई रिपोर्ट उपलब्ध गराउनुहुन्छ, जसले गर्दा स्वास्थ्यकर्मीको जोखिम केही हदसम्म भए पनि कम हुन्छ।’

बिरामीको हेरचाहमा एक साताका लागि २० जना स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ। एक साताको ड्युटी सकेपछि दुई सातालाई क्वारेन्टाइनमा जाने गरेको डा. थापाले बताए।

कुनै बिरामी आइसियुमा राख्नुपरेको अवस्थामा जनशक्ति अभाव हुने उनको भनाइ छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आवाज र आवासविहीन स्वास्थ्यकर्मीको मनका कुरा

न आवास न आवाज। पढ्न सुरु गरेको दिन मलाई थाहा थिएन आवासीयको अर्थ। विस्तारै थाहा भयो आवासीय भनेको अस्पताल परिसरभित्र आवासमा बस्ने व्यवस्था भई बिरामीको उपचारमा मात्रै तल्लीन हुनेलाई भनिन्छ। आवासको खड्को वर्षौंदेखि महसुस भए पनि हालको विषम परिस्थितिमा उदाङ्गो भएको छ।

मेरो १० वर्ष अगाडि सुरु भएको मेडिकल शिक्षाको यात्रा त अझै सकिएको छैन। प्रवेश गर्नु नै कतै भूल त थिएन भनेर महसुस नगर्ने सायद कमै होलान्। किन अतिरञ्जित गरियो त यो पेसालाई ? जब बिनासुविधा काममा खटिनुपर्छ। दुर्गममा पिल्सिनुपर्छ। त्यसको विश्लेषणको जिम्मा नेपाली अभिभावकलाई नै छोड्छु। जतिसुकै आकर्षक बजेट नीति नियम ल्याउन खोजिए पनि कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मीलाई भने कहिल्यै समेटिएन।

उदारता कहिल्यै महसुस भएको छैन। यी कुरा सुनेपछि छिमेकीको बारीको अनाज राम्रो देखिन्छ भनेर तर्क गर्न सक्लान्। तर वास्तविकतामा यो पेसामा उचित सम्मान कत्ति हुन सकेको छैन। न त सुविधामा न सुरक्षामा।

अस्पतालले आवास उपलब्ध नगराउनाले अहिले डेरामा बसिरहेका अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रुचाउन छाडिसके घर मालिकले। अरु बेला डाक्टरसँग नजिक हुन मन गर्नेहरू अहिले टाढा हुन खोज्छन्। तर्किएर हिँड्न खोज्छन्।

वर्तमानको कुरामा हाल व्यापक आगो सल्के जस्तै सल्किरहेको कोभिड १९ को सम्बन्धमा अर्को चुनौती थपिएको छ। त्यही आवासको। आवासको व्यवस्था बेवास्ता गरिँदै आएको त पक्कै हो। नभए बीसौं वर्षसम्म पनि पर्याप्त आवास नबन्नु कदापि जायज मान्न सकिन्न। अस्पतालले आवास उपलब्ध नगराउनाले अहिले डेरामा बसिरहेका अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रुचाउन छाडिसके घर मालिकले। अरु बेला डाक्टरसँग नजिक हुन मन गर्नेहरू अहिले टाढा हुन खोज्छन्। तर्किएर हिँड्न खोज्छन्।

रातारात हामी चिकित्सक छुन नहुने समाजका प्राणीमा परिणत भइसकेका छौं। मान्छेहरू कहिल्यै बिरामी नै होइन्न कि भन्ने जस्तो व्यवहार गर्छन्। मान्नुस् कोरोनाबाहेक धेरै रोगहरू छन्। जसलाई उपचार गर्न मजबुत स्वास्थ्य प्रणाली त चाहिन्छ नै। आज सुरक्षित छु भनेर भोलि रोग लाग्दैन भन्न सकिन्न।

आखिर दोष कसको ? सूक्ष्म विश्लेषण गर्दा यो देशमा दोष खोज्दै जाने हो भने सबै दोषी नै साबित हुन्छन् होला। अस्पताल प्रशासनदेखि मन्त्रालयसम्म। घरमालिकले अस्पतालमा कार्यरत कर्मचारी सम्भावित कोरोना संक्रमित हुनसक्ने भनेर सोच्नुलाई गलत त कसरी भन्न सकिएला र ?

आफ्नो र आफ्नो परिवारको सुरक्षा खोज्नु हरेक प्राणीको नैसर्गिक अधिकार हो। तर अविवेकी तरिकाले घर नै छोडेर जान भन्नू मानवता पतन हुनुको नमुना हो। सुरक्षा अपनाउन कठिन हुने घरमा यो समस्या अवश्य उत्पन्न हुन्छ। बिनाकारण कसलाई पो कोभिड १९ निम्त्याउनु छ र घरमा। के, व्यवस्था मिलाउन सक्छ त सरकारले यी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ? कार्यस्थलमा उस्तै डर र डेरा जान उस्तै समस्या। दुवैतिरको चपेटामा स्वास्थ्यकर्मी कसरी उच्च आत्मबलका साथ काम गर्न सक्छन् त ?

एउटा प्रश्न भने पहिलेदेखि नै धेरैले सोध्ने गर्नुहुन्छ– ‘बाबु, क्वाटरमा बस्नुहुन्छ हो।’ मन चसक्क हुन्छ। उत्तर साधारण हुन्छ। हैन हजुर, डेरामा।

हाम्रो देशमा मान्छे कोरोनाले मरे पनि जे कुराले मरे पनि डाक्टरको लापरबाही भन्न छोड्दैनन्। जताबाट पनि पीडित र लान्छाना लगाउने त चिकित्सकलाई नै हो। यो कतै हाम्रै देशमा मात्रै हुने कुरा त हैन नि ? सिस्टमको सबै कमजोरी अन्त्यमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा नै ठोकिन्छ। निकै सजिलो छ चिकित्सकलाई फुटबल बनाउन। कोभिडले गर्दा मृत्यु हुन नै पर्खिनु त बुद्धिमानी त कदापि हैन। कुनै घर भाडामा लिएर हुन्छ कि होटल भाडामा लिएर हुन्छ।

आवासको समाधान त अत्यावश्यक हो। डेरामा बस्ने स्वास्थ्यकर्मीलाई प्रश्न सोध्नुभन्दा सरकारलाई सोध्नु उत्तम होला नि। रहरले कसैको घरमा बसेको त हैन नि? कमजोर व्यवस्थापन नै मुख्य समस्या हो। पैसाको कमीभन्दा पनि असल नियतको खडेरी हो। यो समय स्वास्थ्य फाँटमा अभूतपूर्व काम गरेर देखाउने मौका हो। जनताको वाहवाही पाउने प्रवल सम्भावना भएको बेला हो। तर यो आवाज नभएको र आवास नभएको चिकित्सकको कुरो कसले सुन्ने ? यस्ता आवाज र आवासविहीन स्वास्थ्यकर्मीको हकमा छिटो सम्बोधन हुनेछ भन्ने आस त गर्ने होला नि। भर पर्ने कि नपर्ने त ?

एउटा प्रश्न भने पहिलेदेखि नै धेरैले सोध्ने गर्नुहुन्छ– ‘बाबु, क्वाटरमा बस्नुहुन्छ हो।’ मन चसक्क हुन्छ। उत्तर साधारण हुन्छ। हैन हजुर, डेरामा।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मी उच्च जोखिममा छन् भन्ने महसुस भयो : धनकुटा अस्पताल प्रमुख

जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले अस्पताल सिल अवस्थामा छ।

आइतबार अस्पतालका दुई नर्स र प्यारामेडिकलका दुई स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण रहेको पुष्टि भएपछि धनकुटामा सन्त्रास फैलिएको छ।

अस्पताल सिल गरी सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिएपछि सर्वसाधारण चिन्तित बनेका छन्।
स्वास्थ्यकर्मी नै जोखिममा रहेकाले सबैको स्वास्थ्य परीक्षण नगरिएसम्म कोरोना भाइरसको त्रास ताथ डर कम नहुने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्माले बताए।

कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भए पनि स्वास्थ्यकर्मीको अवस्था भने सामान्य रहेको डा. विश्वकर्माले जानकारी गराए।

‘स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जोखिम सबैलाई उत्तिकै रहेछ भन्ने महसुस भएको छ आफू पनि बचौं अरुलाई पनि बचाउ भन्दाभन्दै भएन,’ प्रमुख विश्वकर्माले भने, ‘स्वास्थ्यकर्मी नै स्वस्थ रहेनन् भने काम गर्न सकिँदैन । स्वास्थ्यकर्मी उच्च जोखिममा छन्, मास टेस्टिङ नभएसम्म सुरक्षित महसुस गर्ने अवस्था छैन।’

अस्पताल सिल गरिएपछि अस्पतालमा नयाँ बिरामी आएका छैनन्। संक्रमण देखिएका चार जना स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोसी अस्पताल पठाइएको छ।

कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भए पनि स्वास्थ्यकर्मीको अवस्था भने सामान्य रहेको डा. विश्वकर्माले जानकारी गराए।

आफ्ना सहकर्मी र साथीभाइमा भाइरसको संक्रमण देखिएपछि डा. विश्वकर्मा स्वयं अस्पताल परिसरभित्र आइसोलेसनमा बसेका छन्।

सँगै काम गरिरहेका स्वास्थ्यकर्मीमा भाइरस संक्रमण पोजेटिभ देखिएपछि आफूहरू जोखिम रहेछु भन्ने महसुस अन्य स्वास्थ्यकर्मीले पनि गरेका छन्।

‘स्वास्थ्यकर्मीलाई कत्तिको जोखिम रहेछ भन्ने कुरा बुझेको छ। । भाइरसले स्वास्थ्यकर्मी तथा सर्वसाधारण कसैलाई छोड्दैन रहेछ,’ डा. विश्वकर्मा भन्छन्, ‘अरुलाई भन्दा स्वास्थ्यकर्मीलाई झन् गाह्रो रहेछ।’

धनकुटामा अहिले चार स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ।

त्यसमा चार स्वास्थ्यकर्मी, एकजना स्वास्थ्यकर्मीका परिवार र दुई प्रहरी रहेका छन्।

स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिएपछि अस्पतालमा कार्यरत ६३ स्वास्थ्यकर्मी सहित अन्य २२ गरी ८५ जनाको स्वाब परीक्षण गरिएको छ।

धनकुटामा बुधबार थप एक जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। संक्रमित अहिले धनकुटा अस्पतालको आइसोलेसनमा छन्। अस्पताल प्रमुख विश्वकर्माका अनुसार उनलाई आज बिहीबार विराटनगर पठाउने तयारी भइरहेको छ।

धनकुटामा अहिले चार स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमित स्वास्थ्यकर्मी तथा अन्य सर्वसाधारणको कन्ट्याक्ट ट्रेसिङ भइ नसकेकाले स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने कुरा बाहिर आउन सकेको छैन।
डा. विश्वकर्माले भने, ‘स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण बाहिरबाट आएको भनेर सहजै अनुमान लगाउन सकिन्छ।’

लकडाउन तथा क्वारेन्टाइनको नियम पालना राम्ररी नहँुदा कोरोना भाइरसको संक्रमण फैलिएको उनको ठम्याइ छ।

‘क्वारेन्टाइन र लकडाउनको पालना नहुँदा यो अवस्था आएको हो, सबैको स्वास्थ्य परीक्षण नगरिएसम्म भाइरसको जोखिम कम हुँदैन,’ उनले भने।

स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिँदा अस्पताल सिल गरिएको हुँदा अस्पतालका सबै सेवा बन्द भई थप समस्या भएको भन्दै विश्वकर्माले केन्द्र सरकारको निर्देशनअनुसार काम गरी वैकल्पिक अस्पतालको व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए। ‘अस्पताल सिल गरिएपछि सबैलाई समस्या भएको छ, यो समस्या समाधानका लागि वैकल्पिक अस्पतालको व्यवस्था गरी बाहिरबाट स्वास्थ्यकर्मी मगाएर पनि सेवा दिन्छौं,’ अस्पताल प्रमुख विश्वकर्माले भने।

स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिएपछि काममा फर्किन मनोवैज्ञानिक रूपमा गाह्रो तथा समस्या हुने हुँदा त्यसका लागि उनीहरूलाई प्रेरणा र उत्साह दिनु आवश्यक रहेको उनले बताए।

अस्पतालमा कार्यरत ६३ स्वास्थ्यकर्मीमध्ये संक्रमित चारैलाई कोसी अञ्चल अस्पताल पठाइएको छ भने बाँकी धनकुटा जिल्ला अस्पतालको परिसरभित्र क्वारेन्टाइनमा बसेका छन्। ‘क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीको एक चरणको स्वास्थ्य परीक्षण भएर दोस्रो चरणको लागि तयारी भइरहेको छ, स्वास्थ्यकर्मीको क्वारेन्टाइनको फेज सकिएपछि नयाँ ढंगले अस्पताल सञ्चालन गर्छौं,’ उनले भने।

धनकुटा जिल्ला अस्पतालले अहिले ५ आइसोलेसन बेड सञ्चालनमा ल्याएको छ। अस्पतालमा जम्मा १५ बेडमात्र छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालभित्र थप सुरक्षा सतर्कता अपनाइएको प्रमुख विश्वकर्माले जानकारी दिए।

स्वास्थ्य जनशक्तिमाथि चुलिँदो संकट : नेपालमा दुई चिकित्सक, पाँच नर्स र तीन स्वास्थ्यकर्मीमा कोरोना

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले ख्याल गर्नुपर्ने स-साना कुरा

 

हालको कोरोना विश्वमहामारीबाट आफू र आफ्नालाई जोगाउन तपाईँलाई एन९५ माष्कभन्दा पनि साबुन पानी सहितको सामान्य ज्ञान वा चेतनाको खाँचो रहेको छ ।

सफा नगरिएको हातले मुख छुने, माष्कलाई तल सारेर खाना खाने तथा अघिल्लो भागमा च्यापेर माष्कलाई यताउता मिलाउने लगायतको कार्य गर्ने तपाईँको पनि बानी छ भने तपाईँ सायद संक्रमित भैसक्नु भएको छ ।

कोरोना भाइरसबाट तपाईँ आफू र आफ्नालाई सुरक्षित राख्न तल उल्लेखित सुझावहरुलाई पछ्याउनु होस् :
१. सबैभन्दा पहिला तपाईँले के बुझ्न जरुरी छ भने नजिकको दूरीमा यस भाइरस हावामार्फत संचारित हुन्छ । यस जानकारीको आधारमा तपाईँको हरेक कदममा सावधानीसहित सुधार आउन जरुरी छ ।

२. तपाईँ आरामका साथ बस्नुहोस् अनि पत्रपत्रिकामा छापिएका मृत्युको संख्यालाई राम्रोसँग बुझ्नुहोस् ।

संक्रमितमध्ये अधिकांशमा यस भाइरसले लक्षण नदेखाउन सक्छ । कल्पना गरौं कि यस भाइरसलाई १०० जना ब्यक्तिहरुको नाकमा छर्किइएको छ ।

करिब ६० जनामा भाइरसको लक्षण कहिल्यै देखा नपर्न सक्छ भने बाँकी ४० मध्येका २० जना अस्पताल भर्ना हुनुपर्ने गरी सिकिस्तरुपमा थलो पर्दछन् । भने यसरी भर्ना भएका २० मध्येको एक जनाको मृत्यु हुनसक्छ । अस्पतालले ‘केश फेटालिटी रेट’ (घटना मृत्यु दर) लाई पाँच जनामा एक अर्थात पाँच प्रतिशत भनेर जानकारी दिन्छ ।

के नबिर्सनुस् भने भाइरस छरिएका १०० मध्ये २० जनामात्र स्वास्थ्य परिक्षण गर्न अस्पताल पुगका छन् । यहाँ संक्रमितहरुको मृत्युको बास्तविक जोखिम अर्थात ‘इन्फेक्सन फेटालिटी रेट’ १०० जनामा एकमात्र हुन्छ । ‘एसिम्टोमेटिक इन्फेक्स रेट’ अर्थात लक्षण नदेखिएको ब्यक्तिहरुमा संक्रमणको मात्रा बारे कसैलाई थाहा नहुने हुनाले यसबारेको तथ्यांक पत्ता लगाउन निकै कठिन हुन्छ । तर हालको कोरोना संक्रमणको लागि सो तत्यांक आँकलन गरिएको छ, जुन गणितज्ञहरुका अनुसार ०.५ प्रतिशत मात्रै रहेको छ ।

स्वास्थ्य सेवा कार्यकर्ता वा स्वास्थ्यकर्मी भएको कारण के तपाईँ अन्य सामान्य मानिसको तुलनामा भाइरस संक्रमण वा जटिल समस्याको उच्च जोखिममा हुनुहुन्छ ? सायद हुुनुहुन्न ।

३. स्वास्थ्य सेवा कार्यकर्ता वा स्वास्थ्यकर्मी भएको कारण के तपाईँ अन्य सामान्य मानिसको तुलनामा भाइरस संक्रमण वा जटिल समस्याको उच्च जोखिममा हुनुहुन्छ ? सायद हुुनुहुन्न ।

सबै जटिल समस्याहरु तपाईँको शरिरभित्र प्रवेश गरेको भाइरसको संख्याभन्दा पनि तपाईँको उमेरमाथि निर्भर रहन्छ । कोरोना भाइरसको लक्षण देखाएका तथा नदेखाएका संक्रमितहरुको ‘स्वाब’ परिक्षण गर्दा उनीहरुको शरिरभित्र प्रवेश भएका भाइरसको संख्यामा खासै ठूलो भिन्नता पाइएको छैन ।

४ खोक्दा वा हाछिँउ गर्दा मुख वा नाकबाट निस्कने -याल, खकार वा सिँगानबाट विभिन्न प्रकारका कणहरु बाहिर निस्कन्छन् जसमध्ये सबैभन्दा ठूलो छिटाको आकार ५–१० माइक्रोमिटरभन्दा ठूलो हुन्छन् र तौलको कारण यो कण ३–६ फिटभन्दा टाढा पुग्न सक्दैन । यस्तो खालको संचारलाई ‘ड्रपलेट ट्रान्समिशसन’ (छिटाको संचार) भनिन्छ । यस्ता साना छिटाहरु हावामा लामो समयसम्म रहन्छन् ।
अब डरलाई पन्छाउनुहोस् अनि रक्षात्मक उपायबारे शान्त तथा स्पष्टरुपमा सोच्नुहोस् ।

फोन गर्दा वा उठाउँदा, साथीहरुसँग बोल्दा वा ओपिडीबाट बाहिर निष्कँदा लगाइरहेको माष्कलाई तल झार्ने काम नगर्नुहोस् । माष्कको प्रयोग गर्दा शास फेर्न कठिनाइ भयो भन्ने काम पनि नगर्नुहोस् (गाह्रो हुन्छ तर सम्झौता गर्नुपर्छ) ।

५. सबैभन्दा पहिला कुन अवस्थामा कस्तो माष्कको प्रयोग गर्ने भन्नेबारे स्पष्ट हुनुहोस् ।

अस्पतालको ओपिडीमा कार्यरत रहँदा वा बिरामीहरुको निगरानीमा वरपर टहल्दा सर्जिकल माष्कको प्रयोग गर्नुहोस् । त्यसैगरी, बिरामीहरुबाट ¥याल वा सिँगानको छिटा निष्कने उपचारको विधी संचालनमा संलग्न हुँदा वा नजिकै रहँदा एन९५ माष्क लगाउनुहोस् र आफ्नो शरिरबाट निष्कने छिटाको संचारलाई रोक्न समुदायमा भने सामान्य कपडाको माष्कको प्रयोग नै पर्याप्त हुन्छ । आफूसँग भएको श्रोतलाई प्रभावकारीरुपमा बुद्धिमताका साथ उपयोग गर्नुहोस् । अझ संकटको अवस्थामा तपाईँलाई यिनीहरुको आवश्यकता आवश्यक हुनसक्छ ।
सर्जिकल माष्कको प्रभावकारीतालाई अवमूल्यन नगर्नुहोस् । यि माष्कहरु इन्ट्युमेशन (मुखमाट नली छिराएर गरिने उपचार विधी) को लागि पनि प्रभावकारी पाइएको छ ।

७. फोन गर्दा वा उठाउँदा, साथीहरुसँग बोल्दा वा ओपिडीबाट बाहिर निष्कँदा लगाइरहेको माष्कलाई तल झार्ने काम नगर्नुहोस् । माष्कको प्रयोग गर्दा शास फेर्न कठिनाइ भयो भन्ने काम पनि नगर्नुहोस् (गाह्रो हुन्छ तर सम्झौता गर्नुपर्छ) ।

८. चिया पिउन वा अन्य कामका लागि माष्क खोल्न परेको अवस्थामा माष्कको तल्लो धागोमा समातेर निकाल्नुस् । माष्कको अगाडीको भागमा कहिल्यै नछुनुहोस् । माष्क फुकालेर अगाडीको भाग तलपट्टि पारी टिसु पेपरले छोपेर ड्रयरभित्र राख्नुहोस् । माष्क खोलेपछि वा फेरी लगाएपछि हातलाई राम्रोसँग सफा गर्नुहोस् ।

९. आफू र आफ्नो वरपरका सबैले माष्कको प्रयोग गरेको सुनिश्चित गर्नुहोस् । यदि तपाईँसँग कुरा गर्न तपाईँको नजिकको ब्यक्तिले माष्कलाई तल सारे (आरामको लामो साससहित) भने उनले अबको पाँच मिनेटभित्र हावामा तीन हजार कणहरु निकाल्न तैयार छन् भनेर बुझ्नुपर्छ । त्यसैले उनले त्यसो गर्नुअघि तपाईँ त्यहाँबाट हिँड्नु नै बुद्धिमानी हुन्छ ।

१०. नाक वा मुखलाई खुल्ला राखेर माष्कको प्रयोग गरिरहेका ब्यक्तिहरुको नजिक नजानुहोस् । उनीहरुसँग टाढैबाट संचार गर्नुहोस् ।

११. क्याण्टिन वा सामूहिक खाना खाने मेसमा नजानुहोस् । या त आफ्नो लागि छुट्टै खानेकुरा मगाउनुहोस् या आफ्नो लागि घरैबाट खाना बोकेर जानुहोस् र कोठामा अलग्गै बसेर खानुहोस् । आफ्ना नर्स वा अन्य स्वास्थ्यकर्मी साथीहरुलाई पनि कोठामा अलग्गै बसेर खानको लागि आग्रह गर्नुहोस् । खाना चपाउँदा कसैसँग पनि नबोल्नुहोस् ।

तपाईँले पनि सहकर्मीहरुको अवस्थामाथि ध्यान दिइ आवश्यक प्रतिक्रिया दिनु होस् । उनीहरु संक्रमित नहुनु भनेको तपाईँ पनि सुरक्षित रहनु हो ।

१२. हरेक बिरामीको स्याहारपछि हातको सरसफाइ तथा स्वच्छता कायम गर्नुहोस् । सहकर्मीहरुलाई आफूमाथि निगरानी राख्न अनुरोध गर्नुहोस् । भने तपाईँले पनि सहकर्मीहरुको अवस्थामाथि ध्यान दिइ आवश्यक प्रतिक्रिया दिनु होस् । उनीहरु संक्रमित नहुनु भनेको तपाईँ पनि सुरक्षित रहनु हो ।

१३. ओपिडी कक्षभित्र हावालाई बाहिर फ्याँक्ने किसिमको पंखा लगाउनु होस् भने कोठाभित्र हावाको भित्रीबाहिरी बहावलाई कायम राख्नुहोस् । एसीको तापक्रमलाई तपाईँले सहनसक्नेसम्मको उच्च राख्नुहोस् । शौचालयमा पनि हावालाई बाहिर फ्याँक्ने किसिमको पंखा लगाउनुहोस् ।

१४. कोरोना आँखाबाट शरिरभित्र छिर्ने हुनाले अस्पताल पुग्नासाथ आँखामा भिजर (आँखा छोप्ने यन्त्र) तथा फेश सिल्ड (अनुहार ढाक्ने यन्त्र) को प्रयोग गर्नुहोस् । आफ्ना
सहकर्मीहरुसँग कुरा गर्दा पनि यि यन्त्रहरु ननिकाल्नुहोस् ।

१५. सकेसम्म लिफ्टको प्रयोग नगरी भर्याङ चढ्नुहोस् । यदि लिफ्टको प्रयोग गर्नुपरेमा सामाजिक दूरीको पालना गर्दै भित्तातिर फर्कनुहोस् ।

१६. बिरामी, आफन्त तथा कुरुवाहरुलाई माष्कको प्रयोग गर्न सधै कर गर्नुहोस् ।

(भारत केरलास्थित जिमकेयर हस्पिकटलका संक्रामकरोग विशेषज्ञ डा. राकेश टि पराकदाभाथुले तयार पाएर चिकित्सा समुदायमा सर्कुलर गरिएको सामग्रको अनुवाद)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उचित आवास, भत्ता र सुरक्षा व्यवस्था गर’ : एनएमए

कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथाममा रहेका स्वास्थ्यकर्मीको मनोबल नघटाउनका लागि नेपाल चिकित्सक संघले सरकार समक्ष माग गरेको छ।

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई घरधनीले घरमा आउन नदिने, घर बाहिर बस्न दबाब दिने, दुर्व्यहार गर्ने जस्ता क्रियाकलाप दिनानुदिन बढिरहेको भन्दै संघले यस्ता क्रियाकलाप नगर्न सबैमा आग्रह गरेको छ

सोमबार विज्ञप्ती जारी गर्दै संघले यस्तो अमानवीय क्रियाकलपले गर्दा स्वास्थ्यकर्मीको मनोवल घट्ने भएका कारण मानवीय घर्म निवार्ह गर्न घरधनी तथा सरोकारवाला निकाएलाई आग्रह गरेको हो।

ज्यान जोखिममा राखी निरन्तर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थाको नजिकै बैकल्पिक व्यवस्थापन गर्न संघले सरकार समक्ष माग राखेको छ।

‘एकान्तवासमा बस्ने, खानपनिको उचित व्यवस्थापन गर्ने र नीजहरूमा क्षेमता वृद्धिका लागि तालिम, सरकारले घोषणा गरे बमोजिम भत्ता र सेवा सुविधा अविलम्ब उपलब्ध गराइयोस्, विज्ञप्तीमा भनिएको छ, ‘महामारीसँग जुध्नका लागि सबै क्षेत्रबाट समन्वयात्मक र सहयोगको भूमिका निवार्ह गरियोस्।’

त्यसैगरी, महामारीका बेला देखिएको स्वास्थ्य समस्याको दीर्धकालीन समधान लागि स्वास्थ्य सेवा ऐनले व्यवस्था गरेबमोजिम स्वास्थ्य मन्त्रालयको नेतृत्वदायी भूमिकामा चिकित्सकलाई ल्याउन संघले माग गरेको छ।

‘हाल स्वास्थ्य सचिवको दरबन्दिसमेत खाली रहेको छ। कोरोना भाइरसको रोकथाम र व्यवस्थापन लागि स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा हासिल गरेका चिकित्सककै नेतृत्व हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगरौं : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस ( कोभिड १९)को उपचारमा सलंग्न रहेका स्वास्थ्यकर्मीको मनोबल गिराउने क्रियाकलाप नगराउनको लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई डेरामा बस्न नदिने तथा समुदायले असहयोग गर्ने जस्ता गुनासो आएपछि मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्नेको लागि आग्रह गरेको हो ।

उपचारमा सलंग्न सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । ‘कोरोनाको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी पहिलो पंक्तिका योद्दा हुन्, डा. देवकोटाले भने,‘ घरमा बस्ने नदिने तथा असहयोग गर्ने कार्य गर्नु अवान्छनीय हुन्छ ।’

देशमा स्वास्थयकर्मीको कमी रहेको भन्दै यस्तो न्युनसंख्या भएको अवस्थामा पनि स्वास्थ्यकर्मीहरुबाट सकेसम्म धेरै स्वास्थ्य सेवा लिनुपर्नेमा मनोबल घटाउने कुरा राम्रो नभएको डा. देवकोटाले बताए ।

‘कोरोना रोकथाम तथा नियन्त्रणमा अगंपक्तिमा खटिने स्वास्थ्यकर्मीलाई असहयोग गर्छौ भने आफैलाई असहयोग गरिरहेका छौ, उनले भने, ‘ यो कुरा हामी सबैले बुझ्न जरुरी छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘कोभिड १९’ को उपचारमा सलंग्न स्वास्थ्यकर्मी व्यवस्थापन सम्बन्धी कार्यविधि तयार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ( कोभिड १९) को उपचारमा प्रत्यक्ष रुपमा सलंग्न रहेका स्वास्थ्यकर्मीको व्यवस्थापनको लागि कार्यविधि तयार गरेको छ ।

कोरोना संक्रमित र सम्भावित संक्रमित राख्ने अस्पताल कार्यरत रहने सबै स्वास्थ्यकर्मीहरुलाई व्यवस्थापनको लागि उक्त कार्यविधि ल्याएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

‘कोरोना संक्रमित तथा सम्भावित अस्पतालमा काम गर्ने व्यक्ति थप जोखिममा रहन सक्ने सम्भावना हुन्छ, डा. देवकोटाले भने,‘ थप जोखिम कसरी व्यवस्थापन गर्ने भन्ने उदेश्यले कार्यविधि तयार गरिएको हो ।’

कार्यविधिले अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी लगायतका कर्मचारीको व्यवस्थापनमा सहज हुने छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मीको हौसलामा स्वास्थ्य सेवा विभागमा दीप प्रज्वलन

कोभिड १९ रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला बढाउँन प्रधानमन्त्रीले गरेको आह्वानअनुसार स्वास्थ्य सेवा विभागले साँझ दीप प्रज्वलन गरेको छ ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसहित, महाशाखाका निर्देशकहरु समेत उपस्थित भएर विहीबार दीप प्रज्वलन गरिएको हो ।
बुद्ध जयन्तीको अवसरमा कोभिड १९ रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हौसला, संक्रमितको स्वास्थ्य लाभको कामना र मृतकको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न सरकारले आम नागरिकसँग समेत आह्वान गरेको थियो ।

विभागका महानिर्देशक श्रेष्ठले मन्त्रालय र विभागसहित सिंगो स्वास्थ्य संरचना कोरोना नियन्त्रणका लागि अहोरात्र खटिएको भन्दै यो काममा हौसला, नैतिक समर्थन र साथका लागि यो कार्यक्रम गरिएको बताए ।

‘शान्तिका प्रतिक भगवान गौतमबुद्धको जन्मजयन्तीको दिन पारेर स्वास्थ्यकर्मीको स्वास्थ्य लाभसहित उपचारका साथै कोरोना रोकथाममा खटिएका सबैमा सम्मान छ, महानिर्देशक श्रेष्ठले भने,‘ उहाँको हौसलाका लागि सरकार सधै तत्पर र दत्तचित्त छ ।’

सो अवसरमा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, उपचारात्मक सेवा महाशाखाका प्रमुख डा.तारानाथ पोख्रेल, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे, विभागका जनस्वास्थ्य निरीक्षक मदनकुमार वलीले समेत दीप प्रज्वलन गरेका थिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मीलाई विभेदीकरण गर्न निर्णय मान्य हुँदैन : नेपाल चिकित्सक संघ

एकै प्रकृतिको सेवा प्रवाहमा रहेका स्वास्थ्यकर्मीलाई सेवा–सुविधामा विभेद गर्ने निर्णय प्रति नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

सोमबार विज्ञप्ती निकाल्दै संघले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको तलव सुविधालाई नै कट्टा गर्न, एकै प्रकृतिका सेवा प्रवाहमा समेत विभेदीकरण गर्नेगरी सार्वजानिक भएका निर्णय मान्य नभएको जनाएको हो ।

कोरोनाको महामारीमा दत्तचित भएर स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गरेका छन्, विज्ञप्तीमा भनिएको छ,‘स्वास्थ्यकर्मीको सेवा कट्टी गर्ने , अनुमति वेगर राहतकोषमा रकम जम्मा गर्न दबाब सिर्जन गर्ने, स्वास्थ्यकर्मी तथा चिकित्सकमाझ विभेदीकरण गर्न कार्य कदापी न्यायोचित हुन सक्दैन ।’

स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल गिराउने अस्वाभाविक र विभेदीकरण गर्ने निर्णयहरु मान्य नहुने बताएको छ । यस्ता निर्णयहरु कार्यान्यवन नगराउन सरकारल समक्ष संघले माग गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, कस्तो काम कति भत्ता?

सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको छ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले उपचारमा संलग्न जनशक्तिले जोखिम भत्ता पाउने बाटोसमेत खुला गरिदिएको हाे।

उपचार जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई ५०, ७५ र १ सय प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिसकेको छ।

सरकारले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन गरेको निर्णय सह्रानीय भएको नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक भट्ट बताउँछन्। ‘जोखिम भत्ता कार्यविधिले स्वास्थ्यकर्मीलाई हौसला दिएको छ,’ भट्टले भने, ‘यसले स्वास्थ्यकर्मीको मनोबल उच्च हुने देखिन्छ।’

चैत अन्तिम साता कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई संघले सरकारसमक्ष जोखिम भत्ता पाउनुपर्ने माग राखेको थियो।

मन्त्रिपरिषदले उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ स्वीकृत गरेसँगै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता पाउने बाटो खुलेको छ।

कोरोना उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवा प्रदायक, स्वास्थ्यकर्मीलाई जोखिमका आधारमा भत्ता प्राप्त हुनेछ। त्यसका लागि मन्त्रालयले कार्यविधिसमेत बनाइसकेकाे छ।

त्यसैगरी, एम्बुलेन्स चालक तथा सहायक, इलेक्ट्रिसियन तथा प्लम्बर, सुरक्षाकर्मी, कार्यालय सहयोगी, सरसफाइमा संलग्न कर्मचारी, प्रशासनिक तथा अन्य कर्मचारीलाई जोखिम भत्ता पाउने कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन कार्यविधिमा उल्लेख गरिएको छ ।

कसको जोखिम भत्ता कति ?

१. संक्रमणको आशंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलबको स्केलको सय प्रतिशत।

२. संक्रमणको आशंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको ७५ प्रतिशत।

३. प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको नमुना प्याकिङ तथा ओसारपसारमा संलग्न तथा आइसोलेसनमा राखिएका र संक्रमण पुष्टि भई उपचारत बिरामीको ओसारपसारमा संलग्न सवारीसाधनमा कार्यरत जनशक्तिलाई दोहोरो नपर्ने गरी नेपाल सरकारले तोकेको सुरु तलब स्केलको ५० प्रतिशत।

४. कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालामा कार्यरत जनशक्तिमध्येको प्रत्यक्ष रूपमा परीक्षण तथा प्रमाणीकरणमा संलग्न जनशक्तिलाई दोहोरो नपर्ने गरी नेपाल सरकारले तोकेको सुरु तलब स्केलको ज्सञ य प्रतिशत।

५. कोभिड-१९ का बिरामीसँग सम्पर्कमा आएकाको खोजी र परीक्षणमा खटिएका स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता।

६. महामारी अवधिभर स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारीलाई (जहाँ सेवाग्राही कोरोना वा जुनसुकै स्वास्थ्य समस्याको उपचार वा परामर्श लिन सक्छन्) ५० प्रतिशत।

७. कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको ५० प्रतिशत।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत जनशक्तिको पुस २८ र अन्यको हकमा चैत ९ देखि कोरोना संक्रमण नियन्त्रण भइसकेको वा जोखिम नरहेको निर्णय भएकाे मितिसम्म जोखिम भत्ता उपलब्ध हुने मन्त्रालयले जनाएको छ।

जोखिम भत्ता प्राप्त गर्न पुर्‍याउनुपर्ने प्रक्रिया

१. उपचारमा खटाएको प्रमाण वा खटिएको स्थानमा कार्य गरेको प्रमाणित हाजिरी

२. क्वारेन्टाइनको हकमा क्वारेन्टाइनमा बसेका व्यक्तिको अभिलेख।

३. फिभर (ज्वरो) क्लिनिकका हकमा फिभर क्लिनिक सञ्चालन गरेको प्रमाण तथा फिभर क्लिनिकमा चेकजाँच गरेका व्यक्तिको विवरण।

४. उपचारमा संलग्न जनशक्तिका हकमा सुरु परीक्षण गरेका, आइसोलेसनमा राखेका तथा संक्रमणको पुष्टि भएर उपचार गरेका बिरामीको विवरण।

५. इमेजिङ सेवा प्रदायकका हकमा कोभिड-१९ का शंकाष्पद तथा पुष्टि भएका बिरामीलाई इमेजिङ सेवा प्रदान गरेको विवरण।

६. प्रयोगशाला परीक्षणमा संलग्न जनशक्तिका हकमा नमुना संकलन गरिएका तथा प्रयोगशाला परीक्षण गरिएका व्यक्तिको विवरण।

नोट : मन्त्रीपरिषद्ले निर्णय गर्ने समयमा ६ नम्बर बुँदा हटाएर निर्णय भएको

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिकित्सक संघको अनुगमन, ‘सरकारले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउँदैछ’

नेपाल चिकित्सक संघले कोरोना भाइरस(कोभिड–१९)को उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल खस्किदैं गएको बताएको छ।  र, उसले सरकारबाटै स्वास्थ्यकर्मीको मनोबल गिराउने काम भइरहेको निश्कर्ष निकालेको छ।

कोरोना उपचारका लागि छुट्याइएका केही अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुसँगको कुराकानी र अनुगमनका क्रममा यस्तो पाइएको संघले जनाएको छ। आइतबार संघले दुईवटा अस्पताल पाटन र सिभिल अस्पतालमा अनुगमन गरेको थियो।

‘पाटन तथा सिविल अस्पतालमा पुगेर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुको अवस्थाको बारेमा बुझेका थियौं’ संघका सदस्य डा. रितेश थापाले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल खस्किदैं गएको पाइयो।’

सरकारले ‘कोभिड १९’ उपचारको लागि छुट्याएको अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या के छन् भनेर अनुगमन गरेको उनको भनाई छ ।

‘पाटन अस्पतालमा पीपिई तथा माक्सको समेत व्यवस्था नभएको पायौँ’ डा. थापाले भने,‘सिविल अस्पतालमा चिकित्सकलाई एन९५ माक्स छैन, साधारण मास्कबाट काम चालाइरहेका छन्।’

अस्पतालबाट कुनै स्वास्थ्य साम्रागी उपलब्ध नगराएको र स्वास्थ्यकर्मी आफैंले व्यवस्थापन गरिरहेको उनले बताए। सबै अस्पतालमा रहेका चिकित्सकका समस्या के के छन्, बुझेर सरकार समक्ष आवाज पुर्याउने डा. थापाले बताए ।

पिपिई नहुँदा कोरोनाका बिरामी हेर्न खटिने स्वास्थ्यकर्मीबाटै संक्रमण फैलिने खतरा रहेको चिकित्सकको भनाई छ। विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम आवश्यकता पुरा गर्ने स्वास्थ्यकर्मीका माग गरिरहेका छन् ।

नेपालमा कोरोना संक्रमित ९ जना पुगिसकेको अवस्था छ । तर, सरकारले उपचारमा उच्च पार्ने निर्णय अहिले सम्म लिन सकेको छैन । मनोबल नै गिर्नेगरी पेसागत लाइसेन्स खारेज गर्ने धम्की दिएको डा. थापा बताउँछन् ।

निजि तथा सरकारी अस्पताबाट प्रदान गरिने कोभिड–१९ को उपचारलगायत अन्य स्वास्थ्यसेवा सञ्चालनमा बाधा पुर्याउने चिकित्सकलगायतका स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने र सरकारी सेवाका लागि अयोग्य ठहर गर्ने सरकारले निर्णय गरेको छ।

चिकित्सकहरु कति सुरक्षित छन् भनेर विभिन्न अस्पतालमा गएर अनुगमन गर्ने कार्य सुरु गरेको संघका महासचिव डा. बद्री रिजालले बताए । ‘स्वास्थ्यकर्मी तथा चिकित्सक मनोबल बढाउनको लागि अनुगमन कार्य सुरु गरेको छौ,‘ डा. रिजालले भने, ‘संघ स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षाको लागि हरकदम आवाज उठाउन तयार छ ।’

‘उपचारमा खटिएका चिकित्सकहरुलाई आवश्यक सुरक्षा सामग्री पनि नदिने अनि लाइसेन्स खारेज गर्छाैं भनेर धम्कीको भाषा बोलेर सरकारले स्वास्थ्यकर्मीको मनोबल कमजोर पारिरहेको छ’ डा. रिजालले भने, ‘यो महामारीको बेला स्वास्थ्यकर्मीहरुलाई तर्साएर होइन, सुरक्षित हुने उपाय खोज्नुपर्छ र सरकार पनि त्यस्तो वातावरण बनाउन लाग्नुपर्छ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पिपिईको दुरुपयोग भयो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को दुरुपयोग गरेको बताएको छ । मगंलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा. खेम काकीले अनावश्यक रुपमा पिपिईको दुरुपयोग भएको बताए ।

‘समाजिक सञ्जालमा अचम्मको फोटो देखियो । एउटा स्याम्पल लिँदा ७ जनाले पिपिई लगाउनुभएको छ,’ पत्रकार सम्मेलनमा डा. काकीले भने, ‘अहिले हामीले पिपिई असाध्यै दु:ख गरेर अस्पतालमा पठाएका छौं ।यो खालको प्रवृति भयो भने साँच्चै माहामारी भयो भने हामी सँग पिपिईको अभाव हुन सक्छ ।’

उनले कस्तो बेलामा कुन उपकरणको प्रयोग गर्ने बारेमा चाहिँ गाइड लाइनको अनुसार प्रयोग गर्ने आग्रह गरे ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै