स्तनपान नगराउँदा शिशुमा यस्ता गम्भीर जोखिम

आमाको दूध बालबालिकाका लागि अमृतसमान हो । यसले बालबालिकाको जीवनरक्षामा ठूलो भूमिका खेलेको हुन्छ । बिगौती दूधमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक तत्वहरू हुन्छन् । यसले पर्याप्त मात्रामा पचाउन सक्ने पोषकतत्वहरू प्रदान गर्ने भएकाले बच्चाको पाचनप्रणालीलाई बजबुत गराउन मद्दत गर्छ ।

बिगौती दूधमा प्रोटिन, भिटामिन ए र अन्य सूक्ष्म पोषकतत्व पर्याप्त मात्रामा पाइन्छन्, जसले बालबालिकाको वृद्धि–विकासमा मद्दत पुग्छ ।

जन्मेको ६ महिनासम्म नियमित स्तनपान गरेको शिशुमा भन्दा स्तनपान नगरेको शिशुमा मृत्युको सम्भावना १४ गुणा बढी हुन्छ । जन्मेको १ घण्टाभित्र स्तनपान नगराउँदा शिशुको मृत्यु हुने सम्भावना ३ गुणा बढी हुन्छ । अन्य दूधमा रोगप्रतिरोधात्मक क्षमता हुँदैन, साथै पचाउन पनि गाह्रो हुन्छ ।

स्तनपान नगराउँदाका जोखिम
१. नियमित स्तनपान नगराएको शिशुमा मृत्युको जोखिम उच्च हुन्छ । जन्मेको ६ महिनासम्म नियमित स्तनपान गरेको शिशुमा भन्दा स्तनपान नगरेको शिशुमा मृत्युको सम्भावना १४ गुणा बढी हुन्छ ।

२. जन्मेको १ घण्टाभित्र स्तनपान नगराउँदा शिशुको मृत्यु हुने सम्भावना ३ गुणा बढी हुन्छ ।

३. अन्य दूधमा रोगप्रतिरोधात्मक क्षमता हुँदैन, साथै पचाउन पनि गाह्रो हुन्छ ।

४. स्तनपान नगराएको शिशुमा पटक–पटक पखाला लाग्ने, बिरामी भइरहने र सिकिस्त बिरामी हुनेजस्ता समस्या निम्तिन्छन् । ६ महिनाभन्दा कम उमेरका शिशुलाई खुवाउने दूधमा प्रदूषित पानी, पाउडर दूध तथा अन्य खानेकुरा पर्न जानाले जोखिम बढाउँछ । यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा कमी ल्याउँछ । यस्ता आहारले वृद्धिमा कमी, कम तौल हुनु, पुड्कोपन, ख्याउटेपनलगायत समस्या निम्त्याउने खतरा हुन्छ ।

५. आमाको दूध नखुवाउनाले साना बालबालिकामा न्यून पोषण हुने जोखिम बढी हुन्छ ।

६. स्तनपान नगराउँदा आमा र शिशुबीच सामीप्यमा कमी आउनुका साथै बालबालिकाले असुरक्षित महसुस गर्छन् ।

७. स्तनपान नगराउनाले बच्चामा बौद्धिक क्षमतामा कमी, विद्यालयमा सिक्ने क्षमतामा कमी, सिकाएको कुरा बुझ्ने क्षमतामा कमी र दिमागको विकासमा कमी आउँछ ।

८. स्तनपान नगराउनाले बच्चामा पछि गएर मुटुरोग, मधुमेह, क्यान्सर, दमजस्ता रोगको जोखिम उच्च हुनुका साथै दाँतसम्बन्धी समस्याहरू देखापर्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

घट्दै छ स्तनपान, व्यस्तता, आधुनिकता र गलत मान्यताले बच्चा जोखिममा

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयको तथ्यांकले स्तनपान गराउने आमाको संख्या घट्दै गएका कारण सो लक्ष्य प्राप्तिमा चुनौतीको ठूलो पहाड खडा भएको देखिएको छ ।
प्रतिवर्ष १ देखि ७ अगस्टसम्म विश्वभर स्तनपान सप्ताह मनाइन्छ । यसवर्ष ‘आमा–बाबुको समक्षता, स्तनपानको सफतला’ भन्ने नाराका साथ नेपालमा पनि बिहीबारदेखि स्तनपान सप्ताह  मनाउन सुरु भएको छ ।

स्वास्थ्यसेवा विभागको परिवारकल्याण महाशाखाको सन् २०११ को तथ्यांकलाई हेर्ने हो भने ६९.९ प्रतिशत आमाले स्तनपान गराउने गरेकोमा सन् २०१६ मा आइपुग्दा सो संख्या घटेर ६६.१ मा आइपुगेको छ । यो संख्या २०२० मा वृद्धि भएर आउँछ वा घट्छ, त्यो भने हेर्न बाँकी नै छ । यद्यपि, ९० प्रतिशत पुर्याउने दिगो विकासको लक्ष्य र त्यसका लागि चलाइएका नीति तथा कार्यक्रमको तालमेल नमिलेको भने विगतको उल्टो गतिमा हिँडिरहेको तथ्यांकले नै स्पष्ट पार्छ ।

देशको स्तनपानको दर ५५%, तर काठमाडौंको ४१% मात्र
सन् २०१६ को तथ्यांकअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने नेपाली आमा ५५ प्रतिशत मात्र छन् । काठमाडौं उपत्यकाभित्रका अस्पतालमा स्तनपानको अवस्था हेर्ने हो भने दयनीय नै देखिन्छ । अध्ययनका अनुसार मुलुकको उपचारको केन्द्र, अस्पतालै अस्पतालले भरिएको काठमाडौंमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर केवल ४१ प्रतिशत मात्र छ ।

केही घण्टा मात्र ढिलो स्तनपान गराउनाले पनि शिशुको जीवन जोखिममा पार्न सक्छ । आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ । बिगौती दूध एकदमै पोसिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’का रूपमा पनि लिइन्छ ।

महिला काममा व्यस्त हुँदा तथा आधुनिक बन्दा पूर्ण स्तनपानमा असर
शिक्षित महिला बढी मात्रामा घरबाहिर काम गर्ने जाने हुँदा पर्याप्त मात्रामा बालबालिकालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गएको पोषण विशेषज्ञ उत्तम आचार्य बताउँछन् ।  ‘सरकारले महिलालाई ९८ दिन सुत्केरी बिदा दिँदै आएको छ, जुन पर्याप्त छैन,’ आचार्य भन्छन्, ‘जबसम्म आमालाई ६ महिनासम्म बिदा दिने प्रावधान हुँदैन, तबसम्म स्तनपानको दर बढ्दैन ।’

विभागको सन् २०१६ को तथ्यांकका आधारमा उमेरअनुसार हेर्ने हो भने ०–१ वर्षसम्मका ७९.६ प्रतिशत शिशुले स्तनपानको अवसर पाउने गरेका छन् । २ देखि ३ वर्षसम्मका ७२.२ प्रतिशत र ४ देखि ५ वर्षसम्मका ४०.९ प्रतिशत बालबालिकाले स्तनपान गर्ने गरेका छन् । त्यसैगरी, ६ देख ८ वर्षसम्मका ६ प्रतिशत बालबालिकाले स्तनपानको अवसर पाउने गरेको तथ्यांकले देखाएको छ । कामको दबाब नहुने महिलाले पनि आफ्ना बच्चालाई आवश्यक स्तनपान गराउने गरेका छैनन् । आधुनिक जीवनशैलीको अनुसरण, स्तनपानले सौन्दर्य घटाउने मान्यतालगायत कारणले महिलाले आफ्ना सन्तानलाई स्तनपानको साटो अन्य दूध तथा खाद्यान्न खुवाउने गरेका छन् ।

सामाजिक मूल्यमान्यता पनि स्तनपानमा बाधक
सर्वेक्षणमा स्तनपान गराउनुअघि १० जनामध्ये तीनजना शिशुलाई घ्यु, मह, चिनी चटाउने गरेको पाइएको छ । शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापन गने अन्य दूध खुवाइने गरेको पाइन्छ । बच्चा जन्मिएलगत्तै समाजिक मूल्य–मान्यताअनुसार घ्यु, मह, चिनी खुवाउने प्रचलनका कारण पनि स्तनपानको दरमा असर गरिरहेको अचार्य बताउँछन् ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री–वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । यससम्बन्धी ऐन २०४९ र नियमावली २०५१ लागू नै छ । तर, दूधको प्रतिस्थापमा बिक्री हुने गरेका पाउडर दूधलगायत भने अझैसम्म पनि प्रतिबन्धित हुन सकेका छैनन् । ‘पूर्ण स्तनपानको महत्त्व अझै पनि बुझेको अवस्था छैन,’ अचार्य भन्छन्, ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विक्री–वितरण बढिरहेको छ, जसले बच्चाको पोषण स्थितिमा नकारात्मक प्रभाव पारिहेको छ ।’

जुन बच्चाले स्तनपान गरेका हुँदैनन्, त्यस्ता बच्चालाई संक्रामक रोग लाग्ने बढी सम्भावना हुन्छ ।’ राम्रोसँग स्तनपान नगराएको बच्चालाई निमोनिया, झाडापखाला, कुपोषणलगायत समस्या निम्तिने हुन्छन् । बच्चा २ वर्षको हुँदा ८० प्रतिशतसम्म दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सकियो, त्यति नै मानसिक विकास हुने आचार्य बताउँछन् ।

९ प्रतिशत आमाले मात्र शिशुलाई राख्छन् जन्मेलगत्तै छातीमा

यसैगरी, शिशु जन्मनेबित्तिकै आमाको नांगो छातीमा टाँसेर राख्ने दर केवल ९ प्रतिशत छ । यसले शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवर्धन गर्न सहयोग पुर्याउने अचार्य बताउँछन् ।

आमाको दूध शिशुको पहिलो खोप
केही घण्टा मात्र ढिलो स्तनपान गराउनाले पनि शिशुको जीवन जोखिममा पार्न सक्छ । आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ । बिगौती दूध एकदमै पोसिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’का रूपमा पनि लिइन्छ । बच्चाको प्राचनप्रणाली धेरै कमजोर रहेको हुन्छ, जसका कारण बच्चाले आमाको दूधबाहेक अन्य वस्तु पचाउन सक्दैन । स्तनपानमा पचाउन सक्ने हिसाबले चाहिने पोषणतत्व प्राप्त हुने अचार्य बताउँछन् ।

‘स्तनपान गराउन सकिएन भने बच्चालाई चाहिने पोषणतत्त्व अन्य वस्तुबाट पुग्दैन । अन्य वस्तु खुवाएको खण्डमा बच्चाले पचाउन सक्दैन, खाए पनि पोषणतत्त्वहरू शरीरले लिन सक्दैन,’ अचार्य भन्छन्, ‘जुन बच्चाले स्तनपान गरेका हुँदैनन्, त्यस्ता बच्चालाई संक्रामक रोग लाग्ने बढी सम्भावना हुन्छ ।’ राम्रोसँग स्तनपान नगराएको बच्चालाई निमोनिया, झाडापखाला, कुपोषणलगायत समस्या निम्तिने हुन्छन् । बच्चा २ वर्षको हुँदा ८० प्रतिशतसम्म दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सकियो, त्यति नै मानसिक विकास हुने आचार्य बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै