सम्भव छ सेतो दुबीको उपचार

प्रत्येक मानिसको शरीरमा कुनै न कुनै किसिमको रङ हुन्छ । शरीरमा रङ बन्ने प्रक्रिया हुन्छ । आमाको पेटमा हुँदा एक किसिमको कोष बन्छ, जसलाई मेलानोसाइट नामले चिनिन्छ । यसले मेलालिन बनाउँछ । यो एक किसिमको केमिकल हो, जसले छालालाई पूरै शरीरमा रङ दिन्छ । यो रङ जसको शरीरमा बढी हुन्छ, उसको छाला कालो हुन्छ । र, जसको छालामा कम हुन्छ, त्यस्तो छालालाई गोरो भन्ने गरिन्छ । हामी नेपालीको छाला न धेरै कालो, न धेरै गोरो हुन्छ । यस्तो मध्यमखालको छालालाई गहुँगोरो भनिन्छ ।

कुनै पनि व्यक्तिको छालामा रङको समस्या बढी र कम हुन सक्छ । बढी भएमा कालो दाग भनिन्छ भने कम भएमा त्यसलाई सेतो दाग भनिन्छ । बोलीचालीको भाषामा त्यसलाई सेतो दुबी भनिन्छ । यदि संसारको तथ्यांक हेर्ने हो भने सेतो दुबी हुने व्यक्ति ०.५ देखि २ प्रतिशत छन् ।
नेपालको तथ्यांकअनुसार सोतो दुबी दिनप्रतिदिन बढ्दोक्रममा छ । हाम्रो क्लिनिकको तथ्यांकअनुसार ६ देखि ८ प्रतिशतले बिरामीको चाप बढिरहेको छ ।

के हो सेतो दुबी ?
सेतो दुबी एक प्रकारको छालामा हुने समस्या हो, जुन शरीरमा छालालाई रङ दिने कोषहरूको कमी भएर देखापर्छ । हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ । त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम गर्ने गर्दछ र छालालाई रङ दिने कोषहरूलाई नष्ट गर्दछ । यो समस्या जुनसुकै उमेरमा पनि आउन सक्ने भए पनि साधारणतया दुई उमेर समूहमा बढी हुन सक्छ । १० देखि २० वर्ष र ४० देखि ५० वर्ष उमेरसमूहका व्यक्तिमा बढी देखापर्छ । साधारणतया सेतो दुबीलाई रोग नै मानिँदैन । यो दुख्दैन, पोल्दैन, अरूले के भन्ला भन्ने मात्रै हो ।

शरीरको कुन अंगमा बढी देखापर्छ ?
सेतो दुबी प्रायः धेरै चलिरहने शरिरका अंगहरूमा देखापर्छ । जस्तै, आँखा, ओठ, कम्मर, कुइनो, घुँडा । यो अरुलाई सर्ने व्यथा होइन, तर आफ्नै शरीरमा भने फैलिन सक्छ । शरीरको अवस्थाअनुसार तनाव, थाइराइड, सुगर आदि छ सेतो दुबी बढ्न सक्छ ।

सेतो दुबी आएपछि के गर्न हुन्छ, के हुँदैन ?
सेतो दुबी हुने व्यक्तिले चोटपटक लाग्ने काम गर्नैहुँदैन । त्यसैगरी, टाइट कपडा र जुत्ताहरू लगाउन हुँदैन । घाममा बस्नु फाइदाजनक मानिन्छ, तर नरमखालको घाममा मात्र बस्नुपर्छ । बिहान ५ बजेदेखि ११ बजेसम्मको घाम र दिउँसो २ देखि ५ बजेबीचको घाममा बस्नु राम्रो मानिन्छ । तर, ११ देखि २ बजेसम्मको घामले छालालाई असर गर्ने गर्छ । सेतो दुबी भएका व्यक्तिले जाँड, रक्सी र चुरोटबाहेक अन्य जुनसुकै खानेकुरा खान सक्छन् ।

सेतो दुबीको उपचार सम्भव छ ?
सेतो दुबीको उपचारका दुई तरिका हुन्छ । एउटा औषधि सेवन गरेर तथा लगाएर घाममा बसेर उपचार गर्न सकिन्छ । अर्को मेसिनमा सेक्ने गरिन्छ, जसलाई फोटोथेरापी भनिन्छ । यो प्रविधि सुरक्षित छ, गर्भवती महिला तथा भर्खरै जन्मेको बच्चालाई समेत दिन मिल्छ । यस प्रविधिबाट पनि निको नभएको खण्डमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘सरुवारोग होइन सेतो दुबी , उपचारले ठिक हुन्छ’

अनुहार तथा शरीरका कुनै पनि भागमा सेतो दाग भएमा मानिसलाई हीनताबोध हुने गरेको छ । आफ्नो सौन्दर्य बिग्रिएका कारण कसैले केही भन्छ वा कसैले नराम्रो दृष्टिकोणबाट पो हेरिरहेको छ कि भनेर दुबी भएका जोकोहीलाई लाग्न सक्छ ।
तर, दुबी आएकै कारण हीनताबोध भइरहेको छ भने त्यो त्यागिदिनुभए हुन्छ, किनकि, यसको समधान छ । आज २५ जुन, अर्थात् विश्व दुबी दिवस । मंगलबार विश्व दुबी दिवसका अवसरमा क्युटिस केयरले आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा छालारोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले दुबी सरुवारोग नभएको जानकारी दिँदै उचित उपचार गरेको खण्डमा निको हुने बताए ।

नेपालमा दुबीपीडितको यकिन तथ्यांक नभए पनि चिकित्सकका अनुसार कुल जनसंख्याको २ प्रतिशतमा सेतो दुबी भएको आकलन गरिएको छ । ‘धेरै नेपाली सेतो दुबीबाट प्रभावित छन्, छालारोग विशेषज्ञ डा. कर्ण भन्छन्, ‘सेतो दुबी रोग होइन, यसले स्वास्थ्यमा कुनै नोक्सान पुर्याउँदैन । यसको एउटै मात्र बेफाइदा हेर्दा नराम्रो देखिनु हो ।’

के कारण हुन्छ सेतो दुबी ?
सेतो दुबी एक प्रकारको छालामा हुने समस्या हो, जुन शरीरमा छाललाई रङ दिने कोषहरूको कमीका कारण देखापर्ने गर्छ । कहिलेकाहीँ शरीरमा रोगसँग लड्ने क्षमता बढी भएर त्यसले आफ्नै शरीरविरुद्ध काम गर्ने गर्छ र छालालाई रङ दिने कोषलाई नष्ट गर्दछ । डा. कर्ण भन्छन्, ‘सेतो दुबी अटो इम्युनिटी डिसअर्डर हो, जुन शरीरको रोगप्रतिरोधक क्षमताले उल्टो असर गर्दाको परिणाम हो ।’

डा. कर्णका अनुसार मानव शरीरमा मेलोनोसाइटसँगै मेक्रोफेजेज कोषिकासमेत सक्रिय रहेका हुन्छन्, जसले स्वाभाविक रूपले प्रतिरोधक क्षमता प्रदान गर्छन् । तर, कहिलेकाहीँ शरीरमा यस्तो स्थिति उत्पन्न हुन्छ, जसमा मेक्रोफेजेज कोषिका र मेलानोसाइट कोषिकाबीच बेमेल हुने गर्दछ । यस्तो हुँदा मेलानोसाइट कोषिकाको प्रतिरोधक क्षमता कम हुन्छ र निष्क्रिय हुन पुग्दछ । यसका कारण शरीरका सम्पूर्ण भागमा सेतो दुबी फैलिने कर्ण बताउँछन् ।

कार्यक्रममा सेतो दुबीबाट ग्रस्त राजेन्द्र बस्नेतले शारीरिक पीडा नभए पनि समाजले अपहेलनापूर्ण व्यवहार देखाएको गुनासो गरे । बस्नेतले भने, ‘रोग नभए पनि समाजले हामीप्रति हेर्ने दृष्टिकोण फरक छ ।’

सेतो दुबी प्रायः शरीरका धेरै चलिरहने अंगहरू, आँखा, ओठ, कम्मर, कुइनो, घुँडामा बढी देखापर्छ । ‘सेतो दुबी सर्ने रोग होइन, तर आफ्नै शरीरमा भने फैलिन सक्छ,’ डा. कर्णले भने, ‘सेतो दुबीमा न दाग चिलाउने गर्दछ, न त दुख्छ नै ।’ सेतो दुबी भएको मानिसले बढी तनाव लिने गर्दा दुबी बढ्ने चिकित्सक बताउँछन् । बढी तनावले प्रतिरोधात्मक क्षमतामा घढबढ गराउँछ, जसका कारण दुबी बढ्नमा मद्दत पुग्दछ ।

सेतो दुबी प्रायः शरीरका धेरै चलिरहने अंगहरू, आँखा, ओठ, कम्मर, कुइनो, घुँडामा बढी देखापर्छ । ‘सेतो दुबी सर्ने रोग होइन, तर आफ्नै शरीरमा भने फैलिन सक्छ,’ डा. कर्णले भने, ‘सेतो दुबीमा न दाग चिलाउने गर्दछ, न त दुख्छ नै ।’ सेतो दुबी भएको मानिसले बढी तनाव लिने गर्दा दुबी बढ्ने चिकित्सक बताउँछन् । बढी तनावले प्रतिरोधात्मक क्षमतामा घढबढ गराउँछ, जसका कारण दुबी बढ्नमा मद्दत पुग्दछ ।

नेपालमै सबै उपचार उपलब्ध
नेपालमा सेतो दुबीका सबैखाले उपचार उपलब्ध छन् । सामान्यतः यसको उपचार औषधिको माध्यमबाट गरिन्छ भने फोटोथेरापीबाट पनि दुबी हटाउन सकिन्छ । डा. कर्ण भन्छन्, ‘औषधि तथा फोटोथेरापीले पनि उपचार सम्भव नभएको खण्डमा सर्जरीमार्फत उपचार गरिन्छ ।’

सेतो दुबी भएकाले के गर्न हुन्छ, के हुँदैन ?
सेतो दुबी हुने व्यक्तिले चोटपटक लाग्ने काम गर्नुहुँदैन भने टाइट कपडा तथा जुत्ता पनि लगाउनुहुँदैन । चिकित्सकका अनुसार सेतो दुबी भएका मानिसले घाममा बस्नु फाइदाजनक मानिन्छ । तर, ११ देखि २ बजेको घामले छालालाई असर गर्ने हुँदा केही सजगता अपनाउनुपर्ने सुझाब चिकित्सकको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै