स्वास्थ्य सामग्री र जनशक्ति अभावले आफैं बिरामी छौं : मे.सु. सेती प्रादेशिक अस्पताल

अहिले कोरोना संक्रमणले सुदूरपश्चिम प्रदेश निकै जोखिमपूर्ण छ। धनगढीमा लकडाउनको कडा कार्यान्वयन गरिएको छ। मान्छेहरूलाई घर बाहिर निस्किन दिइएको छैन। के कोरोना रोकथामका लागि त्यत्ति मात्रै प्रयाप्त छ?

कोरोनासँग लड्ने सिपाही चिकित्सक हुन्। देशभर चिकित्सकीय सामग्री र जनशक्ति अभाव रहेको गुनासो व्यापक छ।

सामग्रीबिनै र थोरै जनशक्ति उपचारमा खटिरहेको छ। सुदूरपश्चिमको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा दिनहुँ सयौं बिरामीको उपचार हु्न्छ। सरकारले पनि त्यही अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ। सेतीमा चार जना कोरोना संक्रमितको उपचार पनि भइरहेको छ। यस्तो बेला त्यहाँका चिकित्सकले कसरी काम गरिरहेका छन्? अस्पतालले संक्रमितको उपचारका लागि कस्तो व्यवस्था मिलाएको छ? सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयसँग हेल्थपोस्ट नेपालका लागि यज्ञराज जोशीले गरेको कुराकानीः

सेती प्रादेशिक अस्पतालमा कोरोनाका बिरामीको अवस्था कस्तो छ र उपचार कसरी भइरहेको छ?

हामीलाई कोरोनाको उपचार गर्ने अस्पताल तोकिएको छ। सरकारको त्यही निर्देशन बमोजिम हामीले २४ बेडको कोरोना उपचार कक्ष निर्माण गरेका छौं। र, त्यहीँ राखेर कोरोना संक्रमितको उपचार गरिरहेका छौं। कोरोना कक्ष छुट्टै छ। अन्य व्यवस्थापन अलग्गै बनाएका छौं। त्यहाँ हामी २४ जना बिरामीको उपचार गर्न सक्छौं।

दुई चार दिनभित्रै पाँच बेडको आइसियु पनि तयार गरेर सञ्चालन गर्ने गरी काम भइरहेको छ। अहिले पाँच जना बिरामीको उपचार भइरहेको छ। जसमा चार जना पोजेटिभ छन् भने एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरूको उपचारका लागि डाक्टर नर्सहरूको ‘ए’, ‘बी’, ‘सी’ गरी तीन जनाको टोली बनाएर सेवा प्रदान भइरहेको छ।

एक हप्ता एउटा टोली, अर्को हप्ता अर्को टोलीले गरेर चिकित्सकहरूले डब्लुएचओले दिएको सिद्धान्त अनुसार नै काम गरिरहेका छन्। त्यसरी उपचारमा संलग्न चिकित्सकहरूलाई अलग्गै होटेलमा बस्ने व्यवस्था गरिएको छ।

पिपिई पनि सुरू–सुरूमा निकै कम थियो। अहिले विस्तारै आपूर्ति हुँदैछ। अहिलेसम्म त जसोतसो सेवा दिइरहेका छौं। तर, भोलि बिरामीको संख्या बढ्यो भने पिपिईलगायत स्वास्थ्यकर्मीको समस्या हुन्छ होला।

एउटा टोलीमा कति जनाको टोली खटिएको छ?

सबै ६३ जना हुनुहुन्छ। उहाँहरूले तीन सिफ्ट बनाएर काम गरिरहनु भएको छ।

कोरोनासँग लड्न अस्पतालको थप तयारी के छ?

हामीले अस्पतालको क्षमताले भ्याएसम्मको काम गरिरहेका छौं। हामीले सक्ने भनेको पनि यति नै हो। यो भन्दा बढी संक्रमण देखिए प्रदेश सरकार र संघीय सरकार लगायत सम्बन्धित निकायले समन्वय गरेर थप तयारी गर्नुपर्छ। किनकि, यो अस्पतालको मात्र नभएर समग्र देशकै चिन्ताको विषय हो। यो भन्दा धेरै बिरामी आए भने अस्पताको स्रोत-साधनले भ्याउन सक्ने अवस्था हुँदैन। त्यो प्रदेश सरकारले जिम्मा लिनुपर्ने हुन्छ।

पुरानो मौजुदा मेनपावरले पचास बेडको अस्पतालमा २ सय ४० बेड चलाइरहेको अवस्था थियो। १२-१५ जना विशेषज्ञको कमी पहिलादेखि नै थियो। कोरोनाको महामारी आइसकेपछि त झन् थप जनशक्ति चाहियो भनेर हामीले प्रदेश सरकारलाई मौखिक रुपमा पनि आग्रह गरेका थियौं।

आइसियु र भेन्टिलेटरको अवस्था कस्तो छ?

हामीसँग पहिलेदेखि पाँच बेडको आइसियु र एउटा भेन्टिलेटर थियो। त्यहाँ कोरोनाका बिरामीलाई लगेर राख्न मिल्दैन। त्यसो गर्दा अरुमा पनि संक्रमण सर्ने जोखिम हुन्छ। मैले अघि भनेजस्तै हामी अर्को आइसियु निर्माण गरिरहेका छौं। त्यो दुई-तीन दिनमै तयार हुन्छ होला।

त्यसो भए अरुमा संक्रमण नफैलियोस् भनेर अस्पतालले बलियो प्रवन्ध मिलाएको छ?

साधारण अस्पतालमा कोरोनाका बिरामीलाई हेर भनेर सरकारले भन्नु उपयुक्त हुँदैन थियो। तर, पनि यहाँको रिसोर्स निकै कम भएकाले अर्को ठाउँमा तुरुन्त व्यवस्थापन गर्न नसकेबाट पनि हामीले व्यवस्थापन गरेका छौं। नेपालमा देखिएकामध्ये आधा बिरामी नै यतै देखिएको अवस्था छ। हामीले सकेसम्मको राम्रो सुरक्षा व्यवस्था अपनाएका छौं।

भरतपुरमा अलग्गै कोरोना अस्पताल भनेर खोलिएको छ। त्यस्तो गर्‍यो भने त्यहाँ काम गर्ने मेनपावर अलग्गै हुन्छ र उनीहरूसँग पब्लिक कनेक्सन पनि हुँदैन। अहिले यता त नर्मल सेवा पनि प्रभावित भइरहेको छ। प्रदेश सरकारले त्यसमा ध्यान दिनुपर्छ।

तपाईंहरूलाई प्रदेश सरकार र संघीय सरकारबाट कस्तो सहयोग प्राप्त भइरहेको छ?

यो प्रदेश मातहत गइसकेको अस्पताल भएकाले प्रदेश सरकारले सहयोग गरिरहेको छ। तर, यो ठूलो महामारी भएकाले उपकरण, पिपिईदेखि जनशक्तिसम्ममा संघीय सरकारले हेर्नुपर्छ। जनशक्तिका लागि प्रदेश सरकार र हामीले मागेर पनि पाइरहेका छौं। बजेट लगायतका कुरा प्रदेश सरकारले हेर्ने हो।

जनशक्तिका लागि प्रदेश सरकारले के भनिरहेको छ?

पुरानो मौजुदा मेनपावरले पचास बेडको अस्पतालमा २ सय ४० बेड चलाइरहेको अवस्था थियो। १२-१५ जना विशेषज्ञको कमी पहिलादेखि नै थियो। कोरोनाको महामारी आइसकेपछि त झन् थप जनशक्ति चाहियो भनेर हामीले प्रदेश सरकारलाई मौखिक रुपमा पनि आग्रह गरेका थियौं। चार जना संक्रमित आइसकेपछि हामीलाई बेहोस् पार्ने डाक्टर तीन जना, फिजिसियन पाँच जना मेडिकल अफिसर दस जना, तीस जना स्टाफ नर्स हामीलाई चाहिन्छ भनेर प्रदेश सरकारलाई पत्रचार गरिसकेका छौं। प्रदेश सरकारले माथि समन्वय गरिरहेको होला भन्ने हाम्रो विश्वास हो।

त्यसो भए अहिलेसम्म केन्द्रबाट चिकित्सक आएको अवस्था छैन?

हो। अहिले केन्द्रबाट कुनै पनि मेनपावर आएको छैन। प्रदेशबाट पनि कुनै आएको छैन। अस्पताल आफैंले करारमा, ज्यालादारीमा लिएका कर्मचारी मात्रै हुन्। दरबन्दीका केही चिकित्सकहरू पहिलेदेखि नै कार्यरत हुनुहुन्छ।

चार जना संक्रमितको उपचार भइरहेको अस्पतालमा थप जनशक्ति पठाउने लगायत अन्य कुरामा सरकार गम्भीर बन्नु पर्ने होत्यो देखिएन हैन?

चार जना देखिसकेको अवस्थामा केन्द्र सरकारबाट नै सम्बोधन हुनुपर्ने हो। यसले महामारीको रुप लेला, समाजमा फैलिएला होला, त्यसैले यसलाई रोक्नका लागि माथिबाट मेनपावर पठाउनुपर्छ भनेर फटाफट पठाइहाल्नुपर्थ्यो। हाम्रोतर्फबाट हामी गरिरहेका छौं। योभन्दा बढी हाम्रो गर्न सक्ने अवस्था नै छैन।

अस्पतालमा कति दरबन्दी छदरबन्दी अनुसारका चिकित्सकको अवस्था कस्तो छ?

नर्सिङ जनशक्ति अभाव छैन। अहिले जनशक्तिको संख्या ठ्याक्कै कुनमा कति भन्न नसके पनि अन्य क्षेत्रमा ५० प्रतिशतभन्दा कम छ। साधारणतर्फको एउटा हुन्छ, विकास समितिको हुन्छ, कार्यक्रमतर्फका हुन्छन्, ज्यालादारीका हुन्छन्, करारमा हुन्छन्। यी सबै क्षेत्रमा ५० प्रतिशत भन्दा कम नै छ जनशक्ति। अरुले काम गरिरहेको अवस्था भए पनि चिकित्सकको अपर्याप्तता भने निकै छ।

हामी यत्रो जनरल बेड चलाइरहेको छौं। सुत्केरी नै दैनिक २०-२२ जना हुन्छन्। दिनकै चार-पाँच जना सुत्केरीको अप्रेसन हुन्छ। इमरनेन्सी अप्रेसन अरू पनि हुन्छन्। यसले केही हदसम्म थुप्रै खालका सेवाहरू प्रभावित हुने भए। कोरोनाका बिरामी यहाँ राखेका छन् भनेर बिरामी आउन डराउँछन्। उपचारै नपाएर मृत्यु हुने जोखिम पनि बढ्ने भयो। कोरोनाभन्दा पनि जनरल केसबाट मान्छेहरू मरिरहेका घटना बाहिरिरहेका छन्।

चिकित्सको अपर्याप्तता पहिले नै भएको अवस्थामा अहिले अस्पतालमा अत्यन्त क्रिटिकल केस आउँदा उपचारमा झनै समस्या थपिएको होला नि हैन?

हो। हामी अहिले झनै समस्या खेपिरहेका छौं। यसै अस्पतालाई कोरोनाको उपचारका लागि तोकिएपछि बिरामीहरू आउन डराइरहेका छन्। अन्यत्र जाँदा पनि उनीहरूले अहिले राम्रो उपचार पाइरहेको अवस्था छैन। किनकि, उनीहरूसँग पनि पिपिई लगायत अत्यावश्यक सामग्री छैन।

हामी यत्रो जनरल बेड चलाइरहेको छौं। सुत्केरी नै दैनिक २०-२२ जना हुन्छन्। दिनकै चार-पाँच जना सुत्केरीको अप्रेसन हुन्छ। इमरनेन्सी अप्रेसन अरू पनि हुन्छन्। यसले केही हदसम्म थुप्रै खालका सेवाहरू प्रभावित हुने भए। कोरोनाका बिरामी यहाँ राखेका छन् भनेर बिरामी आउन डराउँछन्। उपचारै नपाएर मृत्यु हुने जोखिम पनि बढ्ने भयो। कोरोनाभन्दा पनि जनरल केसबाट मान्छेहरू मरिरहेका घटना बाहिरिरहेका छन्।

अस्पतालमा अक्सिजनको उत्पादन र पर्याप्तताको अवस्था कस्तो छ?

अक्सिजनको पर्याप्तता एकदम राम्रो छ। हामीले अक्सिजन प्लान्ट राखेको एक दुई महिना भइसक्यो। बेड-बेडमा अक्सिजन जोड्न लगाएर कोरोनाको बिरामीलाई पूर्ति गरेका छौं। लकडाउनको बेलामा पनि मेन्टिनेन्सका मान्छेलाई बोलाएर हात जोडेर १६ ठाउँमा जोड्न लगाएका छौं। आइसियु बेडमा पनि अक्सिजनका पाइप जोडेर आपूर्तिको व्यवस्था मिलाएका छौं।

कोरोनाका बिरामीलाई बस्ने ठाउँमा वाइफाइको व्यवस्था, सिसिटिभी क्यामेरा, तातोपानीको व्यवस्था, मोबाइल चार्जरको व्यवस्था, तुथपेस्ट र साना–साना साबुनका प्याकेट दिनेलगायत अत्यावश्यक वस्तु पनि अस्पतालले प्रदान गरिरहेको छ। होटेलवालालाई ठेक्का दिएर बिहान-बेलुका खाना शि:शुल्क खुवाउने व्यवस्था पनि हामीले गरिरहेका छौं।

प्रयोगशालामा जनशक्तिको अवस्था कस्तो छ?

पहिलेदेखि नै जनशक्तिको अवस्था कमजोर थियो। अहिले सरकारले पिसिआर मेसिन पठाइदिएको छ। पिसिआर मेसिनबाट दिनमा आठ-दस जना भन्दाबढीको परीक्षण गर्न सकिने अवस्था छैन। केही नहुनु भन्दा हुनु ठिक हो भन्ने हो। यसले समग्र सुदूपश्चिम भ्याउने कुरै भएन। सेतीलाई मात्रै परीक्षण गर्नलाई पनि पुगिरहेको छैन। भर्खरै कृषि मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्य मन्त्रालयले एउटा मेसिन पशुपन्छी प्रयोगशालामा राखेको छ। त्यो चाँडै सञ्चालनमा आउँछ होला। त्यो सञ्चालनमा आयो भने अलि सहज होला। त्यो हाम्रो अन्तर्गतभन्दा पनि भेटनरी र कृषिले गर्छ होला।

अनि आइसियुका लागि स्पेशल व्यवस्था के छ?

एक जना मात्रै बेहोस् गर्ने डाक्टर हुनुहुन्छ। अन्य तीन जना फिजिसियन हुन्। उहाँहरूले पनि पुरानै वार्डमा काम गर्नुपर्‍यो। पुरानै आइसियुमा काम गर्नुपर्‍यो। मेडिकल वार्डमा काम गर्नुपर्‍यो। बृद्धबृद्धा वार्डमा काम गर्नुपर्‍यो। डिउटीमा २४सैं घन्टा बस्नु पर्‍यो। कुनै क्रिटिकल केस आउँछ। बोलाउनु पर्छ।

एक जनाले उता पनि हेर्दा यता पनि हेर्दा थप जोमिख बढ्यो नि हैन?

यसले एकदमै जोखिम हुन्छ। मेनपावर हामीले पनि कहाँबाट ल्याउने? कसैलाई तलब दिन्छु भन्दा पनि यो क्षेत्रमा आउँदैनन्। केन्द्रबाटै सरकारले एउटा रोटेशनजस्तो गरेर त्यहाँ भएका चिकित्सक साथीहरूलाई दुई-तीन महिनाका लागि पठाउन सक्छ। तीन-तीन महिना केन्द्रबाट आउनै पर्ने बाध्यकारी नियम बनाइदियो र तपाईंले यसरी सेवा गरेबापत यो सेवा पाउने भन्ने खालको केही बनायो भने सबै सहज रुपमा आउने थिए। तिमी सेतीमा वा पश्चिममा जाउ भन्यो भने कोही आउनेवाला छैनन्।

यो क्रिटिकल समय हो। भारतबाट यो क्षेत्रमा थुप्रै मान्छे आएका छन् र उनीहरूको परीक्षण हुन सकिरहेको छैन। सरकारले त यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु पर्थ्यो नि हैन?

एकदमै हो। हामीहरूमो भनाइ पनि यही नै हो। नौ जिल्लाको आशाको केन्द्र भनेकै सेती अस्पताल हो। कसैलाई कोरोनाका शंका लाग्नेवित्तिकै डाक्टरसाप पठाइदिउँ भनेर उताबाट यता धपाउने मात्र काम भइरहेको छ। अहिले जनशक्ति र सामग्री अभावमा जटिल केसलाई मात्र   हेर्न सक्ने अवस्था छ। यसरी सामान्य बिरामीहरू थुप्रै दिँदा उपचार गर्न झन कठिन भएको छ।

बाहिर चिकित्सकले उपचार गरेर भनेर हामीलाई गाली गर्ने। भित्र जनशक्ति र सामग्रीको अभावले के गर्ने भन्ने हाम्रो आफ्नै समस्या छ। हाम्रो विचारमा टिकापुरलाई, महाकालीलाई राम्रो बनाई त्यहाँ पनि उपचारको व्यवस्था मिलाउनु पर्‍यो। पहाडी क्षेत्रका लागि डडेल्धुराबीचमा छ। त्यहाँ पनि राम्रो सेवा सुविधा थपिदिनुपर्‍यो। केन्द्र सरकारले गरिदियो भने खासै गाह्रो छैन जस्तो लाग्छ।

हतियारबिना कोरोनाको महामारीसँग लडिरहेका चिकित्सकहरूको मनोबल बढाउन पर्नेमा सरकारले त्यो गर्न सकिरहेको छैन?

मनोबल बढाउने कुरा त परै जावस्। सरकारले झनै सुरक्षाकर्मी र चिकित्सकको तलब काट्ने भन्ने समाचार सुनिएको छ। जीवनको बाँजी लगाएर दिनरात नभनी सेवा खटिरहेकाहरूका लागि आत्मबल बढ्ने कार्यक्रम ल्याउनुपर्नेमा यसले मनोबल बढ्ने होइन, घट्दै गइरहेको छ।

यतिबेला सबैले मिलेर कोरोना महामारीसँग लड्ने हो। सरकारले पनि हामीलाईं आवश्यक पर्ने सामग्री प्रदान गर्नुका साथै मनोबल बढाउने काम गरिदियो भने राम्रो हुन्थ्यो। स्वास्थ्य क्षेत्र मा होमियो भने काम त नगर्ने भन्ने हुँदैन।

कोरोना संक्रमित चारै जनाको अवस्था कस्तो छ?

सबैको अवस्था सामान्य नै छ।

अनि पिपिई लगायत अत्यावश्यक वस्तुको अवस्था नि?

सुरू–सुरूमा निकै गाह्रो थियो। अहिले तीन चार दिन तीन चार दिनलाई पुग्ने सामान मौज्दात छ। अहिले बिरामीलाई हेर्न जाँदा पनि नभई नहुनेले लगाएर जानेर बचत गर्ने गरेका छौं। यसमा चाहिँ हामी कसैलाई दोष दिँदैनौं। यत्तिको भयो भने काम चल्छ।

अन्त्यमा केही भन्नु छ?

यतिबेला सबैले मिलेर कोरोना महामारीसँग लड्ने हो। सरकारले पनि हामीलाईं आवश्यक पर्ने सामग्री प्रदान गर्नुका साथै मनोबल बढाउने काम गरिदियो भने राम्रो हुन्थ्यो। स्वास्थ्य क्षेत्र मा होमियो भने काम त नगर्ने भन्ने हुँदैन। नकारात्मक टिका टिप्पणी गर्नेभन्दा पनि सकरात्मक सोचको विकास गरेर अगाडि बढ्नुपर्छ। जनताहरूले पनि सरकारले दिएको निर्देशन पालना गर्नुपर्‍यो। बिरामी हुँदा कोरोनाको शंका लागे अस्पताल आउने गर्नुपर्‍यो।

हामीलाई बरु स्थानीयबाट सहयोग भएको छ। काम गरेर घर जानु भएन। बाई चान्स उहाँहरूलाई संक्रमण भइरहेको र नदेखिएको अवस्था भयो भने परिवारको अन्य मानिसमा पनि सर्ने जोखिम हुन्छ। घरमा सर्‍यो भने समुदाय र टोलमा सर्ने जोखिम हुन्छ। यहाँको उद्योग वाणिज्य संघ नगरपालिकासँग अनुरोध गरेर हामीले हाम्रा चिकित्सक, स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था गरिदिनुस् भने पछि उहाँहरूले १४ बेड साथी होटेलमा पैसा नलाग्ने गरिदिनु भएको छ। १४ दिन डाक्टरहरू त्यहाँ बस्नु हुन्छ। यहाँको डिउटी पनि सकिन्छ। सञ्चो भएपछि घर जानुहुन्छ।

एउटा सरुवा रोगको अस्पताल प्रत्येक प्रदेशमा चाहिन्छ। यसमा सरकारले ध्यान दिनुपर्छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कैलाली-कञ्चनपुरमा आजैदेखि ‘र्‍यापिड टेस्ट’ सुरु हुँदै

कैलाली र कञ्चनपुर जिल्लामा आजैदेखि ‘र्‍यापिड टेस्ट’ को तयारी गरिएको छ। त्यसका लागि काठमाडौंबाट संघीय सरकारले ६ जना स्वास्थ्यकर्मीको टोली यहाँ पठाएको छ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ४ जना कोरोना संक्रमित भेटिएपछि सरकारले यहाँ ¥यापिड टेस्ट गर्ने निर्णय गरेको हो। प्रदेश सरकारलाई यो टेस्टमा सघाउनका लागि स्वास्थ्यकर्मी तथा प्राविधिक गरी ६ जनाको टोली सोमबार नै धनगढी आइपुगेको थियो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुन ठाउँबाट कसरी र्‍यापिड टेष्ट गर्ने भन्ने विषयमा अहिले प्रदेश सरकार, स्वास्थय निर्देशनालय र काठमाण्ठौं बाट आएको ६ जनाको स्वास्थ्य टोली संग छलफल भइरहेको छ।

स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले छलफलको निर्णय अनुसार प्राविधिक टोली संगै प्रदेशबाट थप स्वास्थ्यकर्मीको टोली समेत परिचालन गर्न सकिने बताए।

‘अहिले र्‍यापिड टेष्टका लागि कसरी जाने र कति जनाको टोलीले काम गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’ निर्देशक अवस्थीले भने–‘छलफल पछि आजदैखि ¥यापिड टेष्ट सुरु गर्ने तयारीमा छौं।’

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ६ जना प्राविधिकको टोली धनगढी पुगिसकेको बताउँदै आजैदेखि टेष्ट सुरु हुने सम्भावना बढि रहेको बताए।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो ।

सुरुमा कैलालीमा दुबईबाट आएका ३१ वर्षीय युवकमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । पछिल्लो पटक युवककी भाउजु र भारतबाट आएका कैलाली तथा कञ्चनपुरका १-१ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

सुदूरपश्चिमबाट मात्रै ४ जनामा कोरोना पोजेटिभ देखिएसंगै सुदूरपश्चिमलाई रेड जोनमा राखिएको छ । र्‍यापिड टेष्ट कैलाली कञ्चनपुरका क्वारेण्टाइनमा रहेका सवै नागरिकमा गरिने जनाइएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२२ जिल्लाका ६ सय बढीकाे भीडमा थिए धनगढीका संक्रमित, भारतबाट लाखौं भित्रिए सूदूरपश्चिम

गत चैत ११ गते धनगढीकाे गाैरीफन्टा नाकामा आइपुगेका नेपाली। लकडाउन भइसकेपछि आइपुगेका उनीहरुले त्यहाँ नाराबाजी गरेका थिए। त्यही भीडमा रहेका मुम्बईबाट आएका धनगढीका २१ वर्षीय एकजना पुरुषलाई काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। तस्विर : माेहन जाेशी/हेल्थपाेस्ट नेपाल

शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएका धनगढीका २१ वर्षीय एकजना पुरुष नेपाल फर्किँदा केही दिनसम्म सयौंको भीडमा सँगै रहेको खुलेको छ।

उनी चैत ११ गते मुम्बइ हुँदै कैलालीको गौरीफन्टा नाकामा आइपुगेका थिए। अघिल्लो दिन सरकारले लकडाउन गरिसकेको थियो।
त्यसपछि त्यहाँ आइपुगेका पाँच सयभन्दा बढी मानिसको भीडमै उनी ति संक्रमित युवा पनि थिए। नेपालतर्फ छिर्न नदिइएपछि त्यहाँ नाराबाजीसमेत भएको थियो।

एकै पठक ठूलो संख्यामा नेपाल भित्रिन खोजेपछि स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्ने भन्दै उनीहरूलाई रोक लगाइएको थियो। त्यसपछि धनगढीसँगै जोडिएको कन्चनपुरको पुनर्वास नगरपालिका( १० डोकेबजारस्थित शिवमन्दीरमा उनीहरूलाई राखिएको थियो।

अहिले संक्रमण पुष्टि भएका ती २१ वर्षीय पुरुष भारतको सबैभन्दा धेरै संक्रमित देखिएको महाराष्ट्र(मुम्बइ)बाट आएका थिए। नाकाबाट छिर्न नपाएपछि सयौंको भीडमा उनले पनि नाराबाजी गरेका थिए।

केही दिनपछि उनीहरुलाई सम्बन्धित स्थानीय सरकारले नै क्वारेन्टाइनमा राख्ने सहमति गर्दै घर पठाइएको थियो।

त्यो भीडमा सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं. ५का करिब २२ जिल्लाका नेपाली थिए। अब उनीहरु सबैलाई कसरी खोज्ने भन्ने अर्काे चुनौती बढेको छ।

भारतबाट गौरीफन्टा नाका पुगे सयौं नागरिक : कता राख्ने अलमलमा स्थानीय प्रशासन, सकसमा युवा

कैलाली २ जना र कञ्चनपुरका एकजना गरी शनिबार थप ३ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार पुष्टि भएका मध्ये एकजना महिला छन्। उनी केही दिनअघि कतारबाट आएका एकजना पुरुष संक्रमितका परिवारकी सदस्य(भाउजु) हुन्।

धनगढी उपमहानरपालिका ५का ३४ वर्षीय ती पुरुषलाई केही दिनअघि संक्रमण पुष्टि भएको थियो। उनी कतारबाट काठमाडौं र त्यसपछि बसमा नेपालगन्ज हुँदै धनगढी पुगेका थिए।

शनिबार संक्रमण पुष्टि भएकी यी महिलालाई भने कोरोनाका लक्षण केही पनि देखिएको थिएन। संक्रमितका परिवारको समेत सबैको नमुना परीक्षण गर्दा उनमा पुष्टि भएको हो।

‘कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखापर्छ’ सेती प्रादेशिक अस्पताल धनगढीका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीले भने ‘ती महिलामा कोरोना भाईरसको कुनै पनि लक्षण देखिएको थिएन, तर संक्रमितकै परिवारकी सदस्य भएका कारण नमूना संकलन गरिएको थियो र अहिले पोजेटिभ देखियो।’

त्यस्तै अर्का संक्रमित कञ्चनपुरका ४१ वर्षीय पुरुष भारतको उत्तराखण्डबाट फर्किएका थिए। नेपाल फर्किएपछि क्वारेन्टाइनमै रहेका उनलाई पनि भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित थप तीनै जनाको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार सबैको अवस्था सामान्य छ।

महाकालीमा हाम फालेरै ७० जना सुदूरपश्चिम पुगे

यसैबीच भारतको धार्चुला स्थित क्वारेन्टाईनमा राखिएका नेपाली एक पछि अर्को गर्दै महाकालीमा हाम फालेर सुदूरपश्चिमको दार्चुला हुँदै नेपाल प्रबेश गरिरहेका छन् ।

भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि महाकाली नदी पारी ४ दिन सम्म अलपत्र परेका थिए।

लकडाउनका कारण प्रशासनले महाकाली नदीमाथिको झोलुंगे पुल बन्द गरेसंगै धार्चुला क्वारेण्टाइनमा बसेका बैतडीको डिलाशैनी गाउँपालिका–१ कोटपेट्टराका ४८ वर्षे ईन्द्रराज खत्री महाकालीमा नदीमा पौडेर दार्चुला प्रवेश गरेका थिए । उनि महाकाली नदीमा पौडेर धार्चुलबाट दार्चुला प्रवेश गर्ने पहिलो व्यक्ति थिए ।

त्यस यता भने लगातार नदीमा हामफालेर नेपाल प्रवेस गर्नेको संख्या बढ्नथालेको हो । त्यस यता शुक्रबार बेलुका सम्म ७० जना महाकाली नदि पार गरी दार्चुला पुगेका छन् । सीमामा नाराबाजी पछि जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भारतको धार्चुलामै ५ सय ६३ जनालाई क्वारेन्टाईनमा राखिएको थियो ।

कोभिड–१९ को सम्भावित संक्रमणका कारण जिल्लाको प्रमुख नाका सदरमुकामको झोलुंगे पुल भएर प्रवेश निषेध गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

हामीले भारतमै रहेको क्वारेण्टाईनमा बस्न त्यहा रहेका सवै नेपालीलाई आग्रह गरेका छौं’ प्रमुख जिल्लाच अधिकारी पौडेलले भने–‘केही मानिस महाँकालीमा पौडिखेलेर आउन थालेका छन्, उनिहरुलाई स्थानीय तहमै क्वारेण्टाइनमा राख्निे प्रबन्ध मिलाईका छौं ।’ भारतमा कवारेन्टाईनमा राखेपनि ब्यबस्थापन राम्रो नभएपछि उनीहरु ज्यानको बाजी थापेर महाकालीको भेलमा पौडेर स्वदेश फर्किरहेका हुन् ।

नदीमा पौडिएर घर आउनु रहर नभएर बाध्यता भएको उनीहरूको भनाइ छ । दार्चुलाको ब्यास गाउँपालिका ३ का भूपेन्द्रसिंह धामीले क्वारेन्टाईनमा नेपालीलाई भेडाको बथान जस्तै राखिएको बताए । उनले भने–‘न खाना को ठेगान छ, न उपचार नै, उल्टै रोग लाग्ने सम्भावना छ, कसरी बस्ने भनेर आफ्नै देश आयौं ।’

क्वारेण्टाइनको नाममा धारचुल्लाका नेपाललिाई हल, कोठा र ग्यालरीमा ठेलमठेल हुने गरी सुताइएको बैतडीको पुचौंडी नगरपालिकाका देवबहादुर ऐरले बताए । यसरी सवैलाई एकैठाँउमा ठेलमेल गरेर खाख्दा संक्रमणको जोखिम उच्च रहेको भन्दै उनले ज्यान जोगाउन महाकाली नदीमा हामफालेर स्वदेश फर्केको बताए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लकडाउनपछि १७ जना महाकालीमा पौडेर, १६ जना ट्युबबाट र ३७ जना साँघुरो महाकालीमा हाम फालेर स्वदेश आएका छन् । यी सबैलाई नियन्त्रणमा लिई सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाइएको छ।

जोखिम मोलेर महाकाली तरेर स्वदेश भित्रिनेहरूमा दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा जिल्लाका छन्। भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र कान्जी हाउसमा नेपालीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । शिविरबाट भाग्दै नेपालीले सीमा पार गरिरहेका छन् ।

यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी पोैडेलले भने भारतियले राम्रो ब्यबस्थापन गर्ने सहमति भएको बताए । सुदूरपश्चिम क्षेत्रका संघिय सांसद, प्रदेश सभा सदस्य लगायत यस क्षेत्रका नेताहरु भने राज्यले सीमा पारी रहेका नेपालीहरुलाई तत्काल नेपाल ल्याई नैपालमै कवारेन्टाईनमा राख्नु पर्ने माग गरिरहेका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

धनगढीमा उपचाररत एकलाई कोरोना भाइरस संक्रमण पुष्टि, दुबईबाट फर्किएका थिए

काठमाडौंबाहिर पनि एकजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. विकास देवकोटाका अनुसार केही दिनअघि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका उनको नमुना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो।

३४ वर्षीय ति संक्रमित केहीदिन अघि दुबइबाट फर्किएका थिए। हालको स्वास्थ्य अवस्था सामान्य छ। यी संक्रमित पुरुष यसअघि संक्रमित देखिएकाहरुसँगै आएका हुन् वा छुट्टै आएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको डा. देवकोटाले बताए।

याेसँगै नेपालमा भाइरस संक्रमित ४ जना पुगेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतबाट फर्केका दुईजना सेती आइसोलेसनमा

भारतबाट सुदूरपश्चिम हुँदै नैपाल प्रवेस गरेका दुईजनालाई कोरोनाको आसंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएको छ।

दक्षिण भारत र दिल्लीबाट आएका उनीहरूलाई चेकजाँचपछि आइसोलेनमा भर्ना गरिएको अस्पतालको इर्मजेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले बताए। दुवैजनाको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको डा जोशीले बताए।

यसअघि पनि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ४ जनाको नमूना संकलन गरिको थियो। ती चारै जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सेती अस्पतालमा कमिसन विवादका बीच किनिएको अक्सिजन प्लान्ट जडान नै नभई थन्कियो

सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौँदेखि थन्किएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयको १ करोड ७४ लाख बजेटमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौँदेखि थन्किएको हो । सुरुमा महिनौँसम्म आपूर्तिकर्ताले अन्यत्रै थन्क्याएको अक्सिजन उत्पादन गर्ने मेसिन अर्थात् अक्सिजन जेनेरेटर प्लान्ट अहिले सेती प्रादेशिक अस्पतालमा थन्क्याइएको छ ।

कमिसनको चलखेलमा धनगढीको डिबी मेडिसिनलाई टेन्डर दिन खोजिएको भन्दै सुरुवातदेखि नै खरिद प्रक्रिया विवादित बनेको थियो । अहिले उपकरण खरिद गरेको महिनौँ बितिसक्दासमेत सञ्चालनका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
अस्पतालले उपकरण एउटा कोठामा राखिएको बताएको छ । तर, आपूर्तिकर्ताको भने उपकरण जडान भइसकेको दाबी छ । धनगढी आएका आपूर्तिकर्ता कम्पनीका इन्जिनियर सुशीलकुमार सिंहले अक्सिजन प्लान्ट जडान भइसकेको बताए ।

यता अस्पतालका मेसु डा. हेमराज पाण्डेयले भने उपकरण एउटा कोठामा राखिएको बताए । अहिले अक्सिजन प्लान्ट सञ्चालनका लागि मन्त्रालयसँग कुनै समन्वय हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जडानका क्रममा भोल्टेजको समस्या देखिएको बताउँदै छिट्टै जडान गरेर सञ्चालनमा ल्याउने तयारी रहेको बताए ।

अक्सिजन प्लान्ट खरिदका लागि गत आर्थिक वर्षदेखि नै प्रक्रिया सुरु भए पनि आफूले चाहेको आपूर्तिकर्तामार्फत खरिद गर्ने चलखेल भएको भन्दै सर्वोच्च अदालतमा उजुरी परेको थियो । सर्वोच्चको मुद्दा किनारा नलागे पनि उपकरण खरिद गर्दै लामो समयदेखि थन्क्याइएको हो ।

सेती अस्पतालले अक्सिजन प्लान्ट नहुँदा सिलिन्डर खरिदमै बर्सेनि ५० देखि ६० लाख खर्च गर्दै आएको छ । अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको चाप अत्यधिक भएका वेला एक दिनमै २५ देखि ३० हजारसम्मको अक्सिजन आवश्यक पर्ने गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सेती प्रादेशिक अस्पतालमा अनियमितताको आशंका, मेसु पाण्डेविरुद्ध अख्तियारमा उजुरी

सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा करोडौं रकम अनियमिता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेविरुद्ध अनियमितताको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जनाएको छ । पाण्डेले अस्पतालमा आवास, कर्मचारी भर्ना, अस्पतालको हाता भित्रै फार्मेसी सञ्चालन गर्न दिदाँ अनियमितता गरेको भन्दै उजुरी परको हो ।

श्रोतका अनुसार पाण्डेले अस्पतालमा रहेको सरकारी आवासमा ताला लगाएर आफू निजी घरमा बस्दै आएको र २ महिना पहिले अवकाश प्राप्त डाक्टर तथा सरुवा भइसकेका डाक्टरलाई समेत निवास उपलब्ध गराएको आरोप छ । जसले गर्दा हाल कार्यरत डाक्टरहरू भाडामा बस्दै आएका छन् ।

अस्पताल प्रशासनले मन्त्रालयको निर्देशन पालनामा चासो नदिएको भनाई छ । यता अस्पताल प्रशासनले भने विगतमा रहेको विकास समितिको सम्झौताले फार्मेसी हटाउन समस्या भएको जनाएको छ । पाण्डेले एकलौटी ढंङ्गले चिकित्सक भर्ना गरेको, आमा सुरक्षा कार्यक्रममा अनियमितता गरेका, स्टाफ नर्स भर्ना गर्दा खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा आफ्नी भाईबुहारी र एक जना अरू गरी २ जना स्टाफ नर्सलाई गोप्य रूपमा भर्ना गरिएको उजुरीमा उल्लेख छ ।

पाण्डेले नयाँ खानेपानी योजनाका लागि ३० लाखको टेन्डर आह्वान गरी खानेपनी सुचारु नभए पनि रकम भने भुक्तानी गरिसकेको, अस्पतालको रंगरोगन तथा मर्मतका नाममा करोडौं रकम हिनामिना गरेको भन्दै उजुरी परेको हो ।
कतिपयले पछिल्लो उजुरीलाई अस्पतालको जिम्मेवारी हेरफेर गर्न विषयसँग समेत जोडेर हेरेका छन् । पाण्डे निकट एक चिकित्सकले राम्रो काम गरिरहेका चिकित्सकलाई हटाउँनकै लागि चलखेल भइरहेको र त्यसकै लागि अख्तियारमा उजुरी हालेको आरोप लगाएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उपचारका क्रममा मृत्युले सेती अस्पतालमा तनाव, सर्वपक्षीय छलफलपछि पीडित पक्ष शव उठाउन राजी

 

पेट दुखेर अस्पताल भर्ना भएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालको वातावरण तनावग्रस्त बन्यो । कैलालीको गौरीगंगा नगरपालिका–६ का ४० वर्षीय गगनसिंह कुँवरको उपचारका क्रममा मृत्यु भएपछि गए राति मृतकका आफन्तले विरोध जनाएका हुन् ।

बुधबार बिहान ११ बजे पेट दुखेपछि सेती अस्पतालमा भर्ना भएका कुँवरलाई बेलुकी ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसको केहीबेरमा २५–३० जनाको संख्यामा आएका मृतकका आफन्तले उपचारमा डाक्टरले लापरबाही गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

अस्पताल र मृतकका अफन्तबीच सहमति खोज्न बिहीबार बिहान ८ बजे सर्वपक्षीय बैठक बसेको छ । अस्पतालको पहलमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अधिकारीहरू, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा चिकित्सकहरू, प्रशासनका प्रतिनिधि तथा मृतकका आफन्तबीच छलफल भएको हो ।

पीडित पक्षले मृतकका छोराछोरीलाई पढाइ खर्च दिनुपर्ने र उपचार निःशुल्क हुनुपर्ने, उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्नेलगायत माग राखेको छ । छलफलमा पीडितको मागप्रति अस्पताल साकारात्मक देखिएपछि मृतकका आफन्त शव उठाउन राजी भएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सेती अस्पतालभित्रका निजी फार्मेसी हटाउन अस्पतालको अटेरी

सेती प्रादेशिक अस्पतालभित्रका निजी फार्मेसी हटाउन सञ्चालकहरूले अटेरी गरेका छन् । प्रदेश सरकारले पटक–पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनले निजी फार्मेसी हटाउन पहल नगरेको हो ।

१ जेठमा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अस्पतालभित्रका निजी फार्मेसी हटाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । त्यसको पालना नभएपछि २५ भदौमा मन्त्रालयले पुनः पत्राचार गरेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी झंकरबहादुर विष्टले बताए । तर, हालसम्म अस्पतालबाट निजी फार्मेसी हटेका छैनन् ।

सर्वोच्च अदालतले समेत सरकारी अस्पतालको हाताभित्र निजी फार्मेसी राख्न नपाउने आदेश जारी गरेको छ । तर, सेती प्रादेशिक अस्पतालमा निजी केही फार्मेसीका ढोका, झ्याल अस्पतालभित्र पर्छन् भने २ वटा फार्मेसी अस्पतालभित्रै छन् ।

अस्पताल प्रशासनले मन्त्रालयको निर्देशन पालनामा चासो नदिएको विष्टको भनाइ छ । तर, विगतमा रहेको विकास समितिको सम्झौताअनुसार सञ्चालन भइरहेकाले फार्मेसी हटाउन समस्या भएको अस्पताल प्रशासनले बताउँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले अहिले नयाँ व्यवस्थापन समितिको अगुवाइमा २८ असोजदेखि लागू हुने गरी ३५ दिने सूचना जारी भइसकेको बताए ।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको रेफरल अस्पताल हो । प्रदेशका सबै जिल्लाका बिरामी यहाँ उपचारका लागि आउने गर्छन् । सरकारी स्वामित्वको अस्पतालभित्रै सञ्चालन भइरहेका निजी फार्मेसीका कारण अस्पताल र बिरामी दुवैलाई घाटा भइरहेको छ । एकातिर अस्पताललाई हुने आम्दानी निजी सञ्चालकको गोजीमा गइरहेको छ भने अर्कोतर्फ बिरामी महँगो मूल्यमा औषधि किन्न बाध्य छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै