के सेक्सको लत पनि समस्या हो?

अमेरिकी लेखक मार्क ट्वेनको एक कथन प्रचलित छ, ‘चुरोट छोड्न सजिलो छ, जुन काम मैले सयौं पटक गरे ।’ यद्यपि निकै सजिलो पनि छैन जति भन्न सजिलो छ । तर, पछि उनको मृत्यु फोक्सोको क्यान्सरबाट भएको थियो । एकतर्फ समाजले निकोटीन, रक्सी र ड्रग्स जस्ता नसालु पदार्थको लतलाई स्वीकारेको छ । हामीले यी पदार्थबाट हुने हानीलाई पनि स्वीकार गरेका छौं । तर, सेक्सको लतको कुरा गर्दा विशेषज्ञहरूको नै राय बाझिने गरेको छ ।

सेक्स विरामी होइन । तर, यसको विषयमा थुप्रैले चिकित्सकीय परामर्श लिएका छन् । जसको कुनै डाटा नै छैन । पोर्न र सेक्सको लतबाट ग्रसित मान्छेको मद्दतका लागि विकसीत गरिएको वेभसाइटले ब्रिटेनमा २१ सय मान्छेमाथी सर्वे गरेको थियो । यीनिहरूले २०१३ साल पछि वेभसाइटमा सहयोगका लागि सम्पर्क गरेका थिए । यसरी सहयोग माग्नेमा ९१ प्रतिशत पुरुष छन् । जसमा दश जनाले मात्र आफ्नो समस्याका बारेमा चिकित्सकसँग परामर्श लिएको बताएका थिए ।

विशेषज्ञको राय

सेक्सको लत २०१३ को ‘डाइग्नोस्टिक एन्ड स्ट्याटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअडर्स’ (डिएसएम) मा समावेश गर्ने बताइएको थियो । तर, प्रमाणको अभावमा सामिल गरिएको थिएन । डिएसएम अमेरीका र ब्रिटेनमा एक अहम डाइग्नोस्टिक टुल हो । तर, अब कम्पल्सिव सेक्शुअल बिहेवियर (बाध्यकारी यौन व्यवहार) लाई विश्व स्वास्थ्य संगठनका तर्फबाट जारी हुने ‘म्यानुअल इन्टरनेशनल क्लासीफिकेशन अफ डिसीज’ (आइसीडी) मा शामिल गर्ने कुरामा बिचार गरिँदै छ ।

नयाँ प्रमाण सामु आएपछि तास खेल्ने लत र बढी खानेको तललाई पनि २०१३ मा बिरामीको रुपमा स्वीकार गरिएको थियो । पहिले तासलाई बाध्यकारी व्यवहार पनि मानिएको थियो । थेरापिस्टका अनुसार सेक्सको लत यस्तै लतमा सामिल हुन सक्छ ।

दिमागले के सोचिरहेको हुन्छ ?

एक शोधका अनुसार सेक्सको तलको शिकार भएका मान्छेले पोर्न फिल्म हेर्दा उसको दिमागमा पनि यस्तै गतिविधि खेलिरहेका हुन्छन् । जस्तो कुनै नसाको लत भएको मान्छेको दिमागमा नसाकै बारेमा सोचिरहेका हुन्छन् । कुनै व्यक्तिमा सेक्सको लत छ छैन भनेर यस कुरामा निर्भर गर्छकी तपाईले कुन कुरालाई तलको रुपमा लिनु भएको छ । ओपन युनिभर्सिटीमा एमेरिटस प्रोफेसर डा. फ्रेडरिक टोएट्स भन्छन्, ‘यदि त्यस्तो कुनै चीज छ जुन शारिरीक रुपमा निर्भर छ । जसलाई छोड्दा शरीरमा चोट पुग्छ । तब सेक्स लत हुन सक्दैन ।’

डा. टोएट्स भन्छन्, ‘कुनै पनि लतका दुई पहिचान हुन्छन् आनन्द या रिवार्डको चाहना । यस व्यवहारको आसपास संघर्ष हुनु । विशेषज्ञका अनुसार प्रतिफलको चाहना नै लतलाई बाध्यकारी व्यवहारबाट अलग गर्न सक्छ । तर, दुबैमा निकै समान्ता छ ।

प्रोफेसर टोएट्स भन्छन्, ‘लतका शिकार भएका मान्छेमा अल्पकालिन फाइदा देखिन्छ तर, यसले दिर्घकालिन असर ज्यादा पार्ने सम्भावना हुन्छ । यसका विपरीत बाध्यकारी व्यवहार (ओब्सेसिव कम्पल्सिव डिसअडर्स) बाट प्रभावित मान्छे यस्तो व्यवहार पनि गर्छन् जसबाट उनीहरूलाई कुनै आनन्द प्राप्त हुँदैन ।’ आनन्दको चाहना हामी सबैमा हुन्छ ।

मनोवैज्ञानिक डा. हैरियट गौराड मान्छिन् की कुनै व्यवहार तब तल बन्न पुग्छ जब त्यो तिब्र हुँदै आफ्नो आसपासका व्यक्तिलाई असर गर्न पग्छ । उनले तास खेल्नु र अधिक खानुलाई पनि लतको बिरामी मानिएको बताइन् ।

डा. अबिगेल सान मेडिकल साइकोलोजिस्ट हुन् । उनी सेक्स सम्बन्धी व्यवहारको पनि लत हुने कुरालाई मान्छन् । तर, जो मान्छे मनको नियन्त्रण भन्दा बाहिर हुने समस्याको सामना गरिरहेका छन् उनका लागि सेक्स कुनै अरु लुकेको समस्याका कारण हुनसक्छ । जस्तो चिन्ता र आघातबाट मुक्ति पाउनका लागि सेक्सको साहरा लिँदा यो लत बन्न सक्छ ।

के सेक्सको लत मिठो कल्पना हो ?
धेरै मान्छेले सेक्सको लतलाई एक वास्तविक विरामीको रुपमा स्वीकार गर्दैनन् । ‘द मिथ अफ सेक्स एडिक्शन’ किताब लेख्ने सेक्स थेरापिस्ट डेविट लेख्छन्, ‘आम रुपमा सेक्सको लत मानिने व्यवहार मुड र कुन्ठासँग जोडिएका समस्याको उपचार नगर्नेमा हुने लक्षण हो ।’

उनी भन्छन्, ‘सेक्स या हस्तमैथुनलाई दारु वा ड्रग्सको जस्तो नसाको लिनु सहिनहोला । दारुको लत भएका मान्छे यसलाई छोड्दा मर्न पनि सक्छन् । सेक्सको लतको धारणा स्वस्थ यौन सम्बन्ध कस्तो छ यससँग जोडिएको नैतिक मूल्यमा आधारीत हुन्छ ।’

यदि तपाई थेरापिस्टको धारणा भन्दा धेरै र फरक ढंगबाट सेक्स गर्दै हुनुहुन्छ भने तपाई थेरापिस्टको नजरमा सेक्सको तलको शिकार हुन सक्नु हुन्छ ।
इन्टरनेश्नल क्लासिफिकेशन अफ डिसिजको अघिल्लो अंकमा कम्पल्सिव सेक्शुअल बिहेवियरलाई सामिल गर्दै लेखेको शोधपत्रमा शोधकर्ताको एक समूहले यो तलबाट बच्नु पर्ने तर्क अघि सारेको छ । उनीहरूका अनुसार ‘सेक्समा अत्याधिक रुची राख्नु वा व्यवहार देखाउनु यौन इच्छाका बारेमा नैतिक निर्णय या सेक्सको इच्छा अस्वीकार गर्ने कुरामा कुनै इजलास गर्नु आवश्यक छैन ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘सेक्स’ नचाहने केटीको कथा

हँसिलो अनुहार, पुष्ट जिउडाल भएकी एक स्टाइलिस केटी सन्ध्या !

उनले आफ्नो उमेर ४० वर्ष भनिरहँदा, कसैले पत्याउँदैनन् ।

‘तपाई त मुस्किलले ३० वर्षको जस्तो देखिनुहुन्छ ! ४० वर्षको जस्तो त कुनै कोणबाट पनि लाग्दैन । यसको राज के हो ?’

‘न ब्वाइफेन्ड छ न श्रीमान नै । न परिवार छ न तनाव’ सन्ध्या हाँस्दै जवाफ दिन्छिन् ।

सन्ध्या एक नामी कम्पनीमा मार्केटरको रुपमा कार्यरत छिन् । उनी दिल्लीको एनसीआरमा एक फ्ल्याट भाडामा लिएर बसेकी छिन् ।

उनी एसेक्सुअल(अलैंगिक) महिला हुन् । उनलाई यौन चाहना नै छैन । त्यसैले उनको विवाह भएको छैन । र, परिवारको विषयमा पनि उनको धारणा फरक छ ।

एसेक्शुअल त्यस्ता व्यक्तिलाई भनिन्छ जो आमा मानिसले जस्तो पुरुष वा महिलाप्रति यौन आकर्षण महसुस गर्दैनन् । यो एक तरिकाको यौन झुकाव (सेक्शुअल ओरिएन्टेशन) हो ।

पहिचान सधै परिवार भन्दा माथि’
सन्ध्या चाहँदैनन् कि उनको पहिचान परिवारको संरचना भित्र हराओस्् ।

उनी परिवारमा पति–पत्नी र बालबच्चा हुनुपर्छ भन्ने कुरालाई जरुरीको रुपमा लिँदैनन् । उनी भन्छिन्, ‘परिवारका लागि प्रत्यक व्यक्तिको आफ्नो फरक–फरक परिभाषा हुनसक्छ ।’

सन्ध्या सम्झिन्छिन्, ‘२३–२४ वर्षको उमेरमा म भित्र केही फरक भएको आभास हुन थाल्यो । मेरो उमेरका सबै केटीका व्वायफ्रेन्ड बन्न थालेका थिए । उनीहरू केटाहरूसँग डेटिङमा गइरहेका हुन्थे । तर, ममा त्यस्तो कुनै परिवर्तन आएको थिएन ।

सन्ध्यालाई केटा मनै नपर्ने होइन । उनलाई केटा मन पनि पर्थे ।

‘त्यो समयमा एउटा केटा मलाई पनि निकै मन परेको थियो । मलाई उसको साथ निकै आत्मिय लाग्थ्यो । नजिक हुँदै गर्दा उसको चन्चलता बढ्न थाल्यो । यो स्वभाविकै पनि हो । जब कुरा सेक्ससम्म पुग्यो मलाई एकदम असहज महशुस भयो । मलाई यस्तो लाग्यो कि यो कुरा मेरो शरीरले स्वीकार नै गर्न सक्दैन । जस्तो कि मलाई सेक्सको आवश्यकता नै छैन’, उनले भनिन् ।

सन्ध्यालाई सेक्ससँग डर पनि थिएन । नत उनलाई सेक्स बिना जीवनमा कुनै कुराको कमी नै महशुस हुन्थ्यो ।

कसरी पहिचान गरिन आफ्नो सेक्सुआलिटी ?

उनी भन्छिन्, ‘म सम्बन्धमा रमाइलो त महशुस गर्थे । तर, मलाई यौन आकर्षण भने अलिकति पनि थिएन । जुन केटालाई म मन पराउँथे उसको हात समातेर हिँड्न निकै मन पथ्र्यो । उससँग अंकमाल गर्न, कुरा गर्न निकै आनन्द लाग्थ्यो । तर, सेक्सका कुरामा भने मलाई दिक्क लाग्थ्यो । मेरो शरीर कुनै प्रतिक्रिया नै जनाउँदैनथे ।’

सन्ध्यालाई यस्तो समस्या पटक–पटक हुन्थ्यो । उनले आफ्नो समस्याका बारेमा साथीहरूलाई भन्दा सबैले उनलाई डाक्टरसँग भेट्न सुझाव दिन्थे । तर, सन्ध्याले डाक्टरलाई भेट्नु भन्दा पहिले आफैले यसबारेमा पढ्ने र बुझ्ने कोसिस गरिन् । यस बारे जानकारी दिन उनी सामाजिक सञ्जाल र विभिन्न बेभ साइटमा सक्रिय भइन् । उनी केही एसेक्शुअलिटी ग्रुपमा पनि जोडिइन् ।

सन्ध्या भन्छिन्, ‘सुरुमा मलाई लागेको थियो की मलाई सुरुमा कुनै गम्भीर समस्या थियो । आफ्नो सम्बन्ध टुट्नुको दोषी आफैलाई मान्न थालेकी थिए । तर, जसैगरी म एसेक्शुअलिटीका बारेमा पढ्न थाले र बुझ्न थाले मैले आफैले आफैलाई स्वीकार गर्न थाले । विस्तारै मैले बुझे मलाई न कुनै रोग छ । म न कुनै असाधारण महिला हुँ । सामाजिक सञ्जालका माध्यमबाट मेरो अन्य एसेक्शुअल व्यक्तिहरूसँग पनि चिनजान हुन पुग्यो । यसरी नै म आफ्नो शरीर र सेक्शुअलिटीका बारेमा पुरै सहज हुन पुगें ।’

के यसपछि उनले आफ्नो लागि पार्टनर नै खोजिनन् ?

यसको जवाफ दिँदै सन्ध्या भन्छिन्, ‘म कुनै पुरुषको निकट भए कुनै न कुनै बेला उसले मबाट सेक्सको अपेक्षा गर्न सक्छ । जुन स्वभाविक पनि हो । मैले आफू भित्रको समस्या बुझि सकेकी थिए । जसप्रति म सजक थिए । मलाई कुनै एसेक्शुअल केटा पनि मेरो पार्टनर बन्न सक्छ भन्ने बिचार नपलाएको पनि होइन । त्यसैले मैले कुनै पार्टनर खोज्ने वा डेट गर्न नै छोडिदिए ।’

कस्तो परिवार चाहन्छिन् सन्ध्या ?

के एसेक्शुअल कम्युनिटीबाट उनलाई कोही साथी मिलेन । जससँग उनी जीवन बिताउन चाहिन्छन् ? यस बारेमा सन्ध्या भन्छिन्, ‘सामाजिक सञ्जालमा त थुप्रै भेटिए । तर, वास्तविक जीवनमा कोही पनि भेटिए ।

थुप्रै मान्छेमा यो समस्या हुने भए पनि कतिपयले आफू भित्रको समस्या नै नबुझ्ने उनको बुझाइ छ । उनले यदि एसेक्शुअल कम्युनिटीमा राम्रो केटा भेटिए उसको बारेमा सोच्न सकिने बताइन् ।

एसेक्शुअल महिलाका लागि परिवार के हो ?

यसको जवाफमा सन्ध्या भन्छिन्, ‘अहिले त सिंगल नै छु । आगामी दिनमा पनि म सिंगल नै रहनेछु । हाल मेरा साथी, मेरो बिल्डिङमा वस्ने केटीहरू नै मेरो परिवार हो । हामी अलग–अलग रुममा बस्छौ र हाम्रो एकै कमन किचेन छ । हामी भेटघाट गर्छौं, एक अर्कोको सुख दुःमा साथ दिन्छौ । मेरो लागि यही परिवार हो । म मेरो परिवार म माथी हावी होस् र मेरो खुशीको तुसारापात होस् भन्ने चाहन्न ।

सन्ध्या यदि मन मिल्ने साथी पाए उसको साथमा रहन सक्छिन् तर, उक्त सम्बन्धको पनि आफ्नो दायर हुनेछ ।

आमा बन्ने र बच्चाका बारेमा सन्ध्या भन्छिन्, ‘मलाई अर्का कै बच्चा मन पर्छन् । म आफ्ना बच्चा बनाउन चाहदैन । मलाई लाग्दैन कि बच्चाको चाहना नराख्दैमा कुनै महिलालाई कमजोर बनाउँछ ।’

उनी भन्छिन्, ‘मान्छे मलाई प्राय सोध्छन्, बच्चा भएन भने तपाईको बृद्धावस्थामा कसले हेरविचार गर्ला ? मलाई थाहा छ म एक्लै रहँु र मैले आफ्नो ख्याल आफै गर्न सकुँ । मैले आफ्नो ख्याल आफै राख्नु छ । त्यसैले म सधै आफ्नो फिटनेस बारे ध्यान दिइरहेकी हुन्छु ।

बिहे नगर्दा केही बिग्रने होइन

‘मेरो सानो बहिनीको पनि बिहे भइसकेको छ । त्यसैले बिहेको दवाव अझ बढी छ । अहिले मैले मान्छेको दवावलाई सुन्नै छोडिसके । म एक्लै हुँदा पूरै आत्मनिर्भर भएको महशुस गर्छु । म एक्लै लन्च र डिनरका लागि जाने गर्छु । सपिङ्ग पनि एक्लै गर्छु । बिरामी हुँदा पनि म अस्पताल एक्लै जाने गर्छु । मलाई बिहे जीवनको सबै भन्दा महत्वपूर्ण कुरा हो भन्ने लाग्दैन । मेरो बिचारमा जीवनको सबै भन्दा ठूला कुरा भनेको मानसिक शान्ति हो’, उनी भन्छिन् ।

उनको अफिस र बाहिरी दुनियाँमा मान्छेको रबैया कस्तो हुन्छ ?
यस बारेमा सन्ध्या भन्छिन्, ‘मान्छेलाई विश्वासै लाग्दैन की म ४० वर्षको उमेरसम्म पनि एक्लै छु । उनीहरू सोचिरहेका हुन्छन् यसले झुटा बोलिरहेकी छे । उनीहरू मेरो थुप्रैसँग सम्बन्ध होला या मलाई कुनै रोग लागेको होला सोचिरहेका होलान् । मान्छे मेरो बारेमा अनेकन कुरा गरिरहेका हुन्छन् । तर, म तिनीहरूको कुरामा ध्यानै दिइरहेकी हुँदैन । मेरो साथीहरू एकदमै राम्रा छन् । तर, उनीहरू एसेक्शुअलको बारेमा बुझ्छन् नत यो कुरालाई स्वीकार नै गर्छन् । उनीहरू मेरो बारेमा चिन्ता गर्छन् र बेला–बेला मलाई डाक्टरकोमा जाने सल्लाह दिइरहेका हुनछन् । म डाक्टरकोमा जाँदैन । किनकी मलाई थाहा छ मलाई कुनै रोग नै लागेको छैन ।’

समाजमा एक वर्ग यस्तो छ जुन समलिंगी वा एसेक्शुअल सम्बन्धलाई मान्यता दिँदा परिवारको इज्जत नै जान्छ । यस बारेमा सन्ध्या भन्छिन्, ‘निकै सामान्य भाषामा सम्झाउने कोशिश गर्छु । कुनै पनि बगैचामा एकै रंगका फूल हुँदैनन् । कुनै रातो रंगा हुन्छन्, कुनै पहेलो रंगका हुन्छन् र कुनै जानी । त्यसैले त्यो बगैचा सुन्दर लागि रहेको हुन्छ । यसैगरी अलग–अलग मान्छेका कारण नै हाम्रो सृष्टि सुन्दर हुन्छ ।’ उनी संसारमा कुनै मान्छेले बिहे नगर्दैमा केही नबिर्गिने मान्यता राख्छिन् ।

(बिबिसीबाट भावानुवाद गरिएको)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै