सबै पालिकामा आइसोलेसन बेड तयार गर्न सुदूरपश्चिम सरकारको निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारले ८८ वटै स्थानीय पालिकाहरूलाई आइसोलेशन बेड तयार पार्न निर्देशन दिएको छ।

कोरोना संक्रमण दिनहुँ बढिरहेको भन्दै प्रदेश सरकारले थप सुरक्षा तयारीका लागि आइसोलेशन बेड तयार गर्न निर्देशन दिएको हो। एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कम्तिमा ५० बेडको आइसोलेशन बेड तयार पार्न भनेको छ।

अहिलेसम्म स्थानीय तहले गरेको काम सन्तोषजनक रहेकोभन्दै प्रदेश सरकारले खुशी व्यक्त गरेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले सुदूरपश्चिममा सुविधा सम्पन्न ट्रमा सेन्टर र एक सय शैय्याको रोग अन्वेषण केन्द्र स्थापना गरिने बताइन्।

यस्तै नीति तथा कार्यक्रममा प्रदेशसँग जोडिएका सबै अन्तराष्ट्रिय सीमा नाकामा उपकरण युक्त स्वास्थ्य केन्द्र निर्माण गरिने उल्लेख छ। ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।

प्रदेशका ९ वटै जिल्ला अस्पतालको स्तराेन्नति गरी प्रयाप्त जनशक्ति उपलब्ध गराइने बजेटमा समेटिएको छ। सिकल सेल एनेमिया रोगको उपचार पद्धति थप व्यवस्थित गरिने उनको भनाई छ। प्रकृतिक चिकित्सा प्रणालीको संरक्षण गर्दै नागरिकलाई आयुर्वेदिक औषधीको प्रयोगमा हौसला प्रदान गरिने प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुदूरपश्चिममा थप १८ जनामा कोरोना संक्रमण, कुल संक्रमित ४३ पुगे

सुदूरपश्चिम प्रदेशमा १८ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

सोमबार सुदूरपश्चिममा पुष्टि भएका १८ संक्रमितमध्ये कैलालीका १४, बैतडीका १, अछामका १, डोटीका १ र कञ्चनपुरमा १ जना रहे सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

कैलालीका संक्रमितमध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ। संक्रमितमध्ये ५ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पहिला आफैं बाेलायाे, अहिले सरकार ‘हरायाे’

सुदूरपश्चिम प्रदेश सरकारका जिम्मेवार निकायबाटै भारतमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन फोनमार्फत गरिएको आग्रहपछि हजारौं नेपाली सीमामा आइपुग्दा सरकार भने बेखबर बनेको छ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका स्वकीय–सचिव प्रेम कुँवर प्रख्यातले फोनमार्फत भारतमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन सार्वजनिक आह्वान गरेका थिए।

जेठ ५ (मे १८) कुँवरलाई भारत केरलाबाट एक युवकले फोन गरेका थिए। उनलाई कुँवरले सुदूरपश्चिमेलीलाई सरकारले नाका खोलिसकेको र दुई दिनमा सयौंलाई प्रवेश गराइसकेको जानकारी दिए।

उनले अरु नेपालीलाई आउन आह्वान गरेका थिए। त्यसपछि सुदूरपश्चिमका विभिन्न सीमानाका हुँदै दैनिक ६ हजार बढी नेपाली स्वदेश भित्रिइरहेका छन्।

यसरी भित्रिने नेपालीको स्वास्थ्य परीक्षणसमेत नगरी घर पठाइन थालिएको छ। धमाधम भारतबाट नेपाली आउन थालेपछि परीक्षण किट अभाव हुँदा सीमामा आउने नेपालीलाई बिना चेकजाँच घर पठाइएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी गराए।

‘भारतमा कति नेपाली छन्, कति स्वदेश आउने हुन् भन्ने तथ्यांक कुनै निकायसँग छैन,’ डा. अवस्थीले भने, ‘यस्तो अलमलका कारण किट मगाउन र माग गर्न समस्या भएको छ, अब आउने सबै नेपालीलाई स्वास्थ्य चेकजाँचबिना घर पठाउनुपर्ने बाध्यता छ ।’

घर गएका नेपालीलाई स्वास्थ्यमा समस्या आएमात्रै कोरोनाको परीक्षण गर्ने योजना बनाइएको डा. अवस्थीले बताए। ‘सरकारले समयमै भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल गरेको भए हामी त्यहीअनुसार रणनीति बनाउने थियौं,’ उनले भने, ‘तर भारतमा कोरोनाको संक्रमण उच्च भएका वेला सरकारले नेपालीलाई ल्याउने योजना बनाएर समग्र प्रदेशलाई नै ठूलो जोखिममा पारेको छ।’

आफूहरू दिल्लीबाट दु:खका साथ आएको बताउँदै कञ्चनपुर झलारी नगरपालिका–८ बनकट्टीका हरि विष्टले सीमामा भने प्रदेश सरकारको उपस्थिति नदेखेको बताए। ‘मुख्यमन्त्रीका स्वकीय–सचिवले गरेको फोन अडियो सुनेर हामी नेपाल आयौं,’ उनले भने, ‘तर सीमामा सरकारको उपस्थिति भेटेनौं । उद्दारको त कुरै छाडौं।’

भारतमा रहेका नेपालीमाझ मुख्यमन्त्रीका स्वकीय–सचिवले बोलेको फोन अडियो पुगेको बताउँदै बझाङका नवराज जोशीले अडियोकै आधारमा लाखौं नेपाली स्वदेश फर्कने तयारीमा रहेको जानकारी गराए । ‘यतिबेला भारतमा स्वकीय सचिव कुँवरको त्यो अडियो भाइरल भएको छ,’ उनले भने, ‘भाइरल भएको अडियोको बाहिर भने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीको तस्बिर राखिएको छ।’

प्रमुख स्वकीय–सचिव ओली भने नाका खोल्ने निर्णय संघीय सरकारमातहत रहेको र प्रदेश सरकारले भारतमा रहेका नेपालीलाई भित्रिन आह्वान नगरेको बताउँछन्। उनले फोनको अडियो फैलाएर कसैले अफवाह फैलाउन खोजेको आरोप लगाए ।

उनले भारतबाट आउने नेपाली नागरिकलाई प्रदेश सरकारले धनगढीमा खाना खुवाएर सम्बन्धित स्थानमा पठाउने गरेको पनि बताए।

केरलामा रहेका सुदूरपश्चिमेली र मुख्यमन्त्रीका स्वकीय–सचिव प्रख्यातबीच भएको संवादको अंश :

भारतबाट : हेलो। हजुर सर। मुख्यमन्त्री त्रिलोचन भट्ट सर बोल्नुभएको हो?

प्रख्यात : होइन म उहाँको स्वकीय म प्रख्यात बोलेको।

भारतबाट : प्रदेश नम्बर ७ मा के छ सर, यहाँ त साह्रै समस्या छ, म केरलाबाट हो।

प्रख्यात : आउने भनिसक्यो नेपाल सरकारले, आउनुपर्यो नि, हजुर।

भारतबाट : आउने त हो, तर कसरी आउने। यहाँ त गाडी चालु भएको छैन। नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नुपर्यो नि?

प्रख्यात : भारत सरकारसँग समन्वय गरी आउने मान्छे आएका छन्। सबै गाडी रिजर्भ गरेर आउँदैछन्। तपाईहरू पनि गाडी रिजर्भ गरेर आउनुहोस्।

भारतबाट : बम्बई, बेंग्लोरबाट पनि आउँदैछन् सर?

प्रख्यात : बम्बईबाट मेरो आफ्नै गाउँको ६०–७० जना आउँदैछन्।

भारतबाट : बोर्डर त खुला हुन्छ त?

प्रख्यात : खुला त हुँदैन तर मिलाएर पठाउँछौं।

भारतबाट : नेपालीहरूलाई आउने व्यवस्था कसरी हुन्छ ? प्रदेश सरकारले व्यवस्था गर्छ कि?

प्रख्यात : हुँदैन, त्यहाँ कति नेपाली छन्, १० लाख नेपाली छन्। त्यति मान्छेलाई प्रदेश सरकारले भाडा दिएर ल्याउन सक्दैन। त्यहाँबाट तपाईहरू सबै आफैंले मिलाएर आउनुपर्यो।

भारतबाट : हामी मिलाएर आउँला ? आफ्नै पैसाले आउँला ? यहाँ साथीहरू आएर क्वारेन्टाइनमा बस्न चाहन्छौं भन्दैछन्।

प्रख्यात : आउनुहोस्। आइहाल्नुस्। तपाईहरूले मिडिया हेरी हाल्नु भा‘छ। विदेशमा रहेका दाजुभाइलाई स्वदेश आउने भनिसकेको छ। त्यताबाट सबै साथीहरू गु्रप मिलाएर आउनुहोस्। यताबाट हामी पहल गरौंला।

भारतबाट : ह्वस सर, धन्यवाद।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

४० दिनपछि सुदूरपश्चिममा नयाँ संक्रमित

सुदूरपश्चिम प्रदेशमा ४० दिनसम्म कुनै व्यक्तिमा कोरोना संक्रमण नदेखिएपछि अवस्था सामान्य बन्दै गएको थियो। तर, शुक्रबार एकै पटक पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ।

एकै पटक पाँच जनामा कोरोना संक्रमण देखा परेपछि सुदूरपपिश्चमको जनजीवज पुनः त्रसित बनेको छ। अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहान ५ देखि ८ बजेसम्म किराना पसल, डेरी तथा तरकारी पसल खुलाउने निर्णय गरेको थियो।

४०औं दिनमा पुनः संक्रमित देखिएसँगै प्रशासनले सो निर्णय खारेज गर्ने तयारी गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले थप बिरामी देखापरे पछि अब कसरी जाने भन्ने बारेमा छलफल भइरहेको बताए।

यसै गरी बैतडीको कारागारमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखा परेपछि कारागार सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। लकडाउनलाई कडाइ गर्दै आमनागरिकलाई सचेत बनाइने तयारी भइरहेको उनले बताए।

डडेलधुरामा पनि कोरोनाका पहिलो संक्रमित देखिएसँगै जिल्ला भर लकडाउनलाई कडाइ गरिने तयारी गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रमुख दधिराम न्याैपानेले बताए। उनले खाद्यान्न अति आवश्यक सामाग्री खोल्ने निर्णय भने यथावत रहने बताए। बैतडीका संक्रमित वैशाख १५ गते थुनामा परेका थिए।

बैतडी जिल्लामा फेला परेेेका पहिलो कोरोना संक्रमित युवक वैशाख १५ गते थुनामा परेका थिए। कर्तव्यज्यान मुद्दामा पक्राउ परेका शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवक चैत ६ गते भारतबाट फर्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहररुी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले थुनामा रहेका युवकका कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको बताए। संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी गरिएको उनले बताए। कैलालीका संक्रमित भारत, इटहरी र बाँकेबाट आएका थिए।

४० दिनपछि कैलालीमा पुनः तीन जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो। उनीहरू इटहरी, बाँके र भारतबाट लुकिछिपी फर्केका थिए।

जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले दिएको जानकारी अनुसार वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए। उनी भारतको महाराष्ट्रबाट फर्किएका थिए। वडा नम्वर ७ का दुई संक्रमितमध्ये एक इटहरी र एक बाँकेबाट फर्किएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

अर्का संंक युवक बाँकेको जानकी गाउँपालिका ३ बाट जेठ ३ गते कैलाली पुगेका उनले बताए। उनीहरू तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई जना संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको हो।

डडेल्धुरामा स्क्रब टाइफस निको भएका बिरामीमा कोरोना

डडेल्धुराका संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामी भएको खुलेको छ। जिल्लाको परशुराम नगरपालिका–१० का २८ वर्षीय कोरोना संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामी रहेको डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदीश विष्टले बताए। ती युवकमा स्क्रव टाइफस देखाए पछि अस्पतामा भर्ना भएका थिए। ती युवकमा उपचारपछि घर फर्के पछि कोरोना संक्रमण देखिएको उनले बताए।

सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण पुष्टि

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोनासँगको लडाइँमा सुदूरपश्चिम ‘भाग्यमानी’ हो?

नेपालमा पहिलो पटक माघ ९ गते कोरोना संक्रमित भेटिए। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट आएका २२ वर्षीय युवक टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराएर माघमै डिस्चार्ज भए। त्यसपछि एक महिनासम्म नेपालमा कोरोना संक्रमित फेला परेनन्।

ठ्याक्कै एक महिनापछि चैत १० गते फ्रान्सबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमानमा आएकी १९ वर्षिया युवतिमा कोरोनाको संक्रमण देखियो। उनी चैत ४ गते नेपाल आएकी थिइन्।

त्यसपछि नेपालमा क्रमिक रुपमा कोरोना संक्रमितको संख्या थपिँदै गयो। र, कोरोना जोखिमको हट स्पटको रुपमा सुदूरपश्चिम प्रदेश बन्न पुग्यो। किनकी सुरुआति दिनमा सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित भेटिए। नेपालको चौथो संक्रमित धनगढीका ३४ वर्षिय पुरुषमा चैत १४ मा कोरोना पोजेटिभ देखियो।

चैत २२ मा एकै दिन तीन जना संक्रमित थपिए। बैशाख १ गते फेरि एक महिलामा कोरोना पोजेटिभ देखियो। चैत १४ गतेदेखि बैशाख १ गतेसम्म यसरी सुदूरमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भयो।

यसरी एकपछि अर्को गर्दै संक्रमित थपिन थालेपछि सुदूपश्चिम प्रदेश उच्च जोखिमा देखियो। अर्को कुरा सुदूरपश्चिमबाटै नेपाल कोरोना संक्रमण दोस्रो फेजमा पुग्यो।
चैत १४ मा कारोनामा पुष्टि भएका नेपालका चौथो संक्रमितकी भाउजुमा चैत २२ मा कोरोना पुष्टि भएसँगै नेपाल दोस्रो फेजमा गयो। समुदायमा कोरोना संक्रमण फैलिएपछि यसले अब भयावह रुप लिन्छ भनेर आकलन हुन थालेको थियो।

आठ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको समयमा सुदूरपश्चिमका मात्रै चार संक्रमित उपचार रत थिए। बैशाख १ गते यता सुदूरपश्चिममा कुनै संक्रमित देखिएका छैनन्। उच्च सतर्कताका साथ अगाडि बढेको सुदूरपश्चिमले संक्रमित भएका मध्ये चार जना निको भएर घर फर्किसकेकाले आफूलाई भाग्यमानी सावित गर्दै अगाडि बढिरहेको छ।

स्वास्थ्य सुविधाबाट निकै पछाडि रहेको, प्रयाप्त चिकित्सक, आइसुलेसन, भेन्टिलेटरलगायतका सुविधा एकदमै कम भएको प्रदेशमा कोरोनाले भयावह रुप लिएको भए नियन्त्रण गर्न निकै गाह्रो हुने आकलन गरिएको थियो। स्वयम् प्रदेश सरकार पनि यसप्रति चिन्तित थियो।

अब थप केही दिनसम्म कुनै केस नदेखिए हामी खुशी हुँदै जानुपर्छ। तर, परिक्षणको दायरालाई भने बढाउनुपर्छ’, उनले भने, ‘समाजमा कुनै एक जनामा पनि लुकेर रहेको छ भने त्यसले फेरी महामारीको रुप लिने जोखिम हुन्छ। त्यसैले अब समुदाय स्तरमै पुगेर परिक्षण गरिनुपर्छ।

सुरुमा कुनै तयारी नगरेर सेती प्रादेशिक अस्पतालाई कोरोनाको उपचारका लागि तोकेको प्रदेशले अहिले त कैलाली र कञ्चनपुरमा कोरोना अस्पताल पनि निर्माण गरिरहेको छ। भारतबाट ठूलो संख्यामा मानिसको आवागमन हुने भएकाले पनि प्रदेश सरकार निकै चिन्तित थियो।

अब मनोबल बढेको छ, जोखिमलाई नियन्त्रण गर्न सक्छौं : सामाजिक विकास मन्त्री
भारतबाट आएका मानिसबाट भयावह अस्था सिर्जना हुने आकलन गरेको प्रदेश सरसकारले सबै स्थानीय निकायलाई बाहिरबाट आउने सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न निर्देशन दियो। स्थानीय निकायले पनि लकडाउनपछि आएका सबै नागरिकलाई क्वारेन्टाइनमा राखे। उनीहरूको स्वास्थ्य परिक्षण गरियो। १४ दिन क्वारेन्टाइनमा बिताए।

कोरोना पोजेटिभ देखिएकाहरू अस्पताल पुगे। क्वारेन्टाइनमा १४ दिन विताएकाहरू घर फर्किए। विस्तारै प्रदेशको अवस्था सामान्य बन्दै गयो। कुनै बेला देशकै रेडजोनमा रहेको प्रदेशमा अवस्था सामान्य बन्दै गएपछि प्रदेश सरकार हौसिएको छ।

सबैको साथ र सहयोगले सम्भावित जोखिमलाई नियन्त्रणमा ल्याउन सकिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदिले बताए। उनले पछिल्लो समय प्रदेश सरकार भारतको सीमावर्ति क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याउने कार्यमा जुटिरहेको उनको भनाई छ।

‘अहिले नयाँ संक्रमित नदेखिएको अवस्थामा हामी हौसिएका छौं। अब कुनै केस देखिए हामी सहजै हेन्डलिङ् गर्न सक्छौं। पछिल्लो समय केन्द्र सरकारबाट पनि राम्रो सहयोग भइरहेको छ’, उनले भने।

शुक्रबार मात्रै सुदूरपश्चिमका बैतडि नाकाबाट १२ सय ८८ जना र दार्चुला नाकाबाट १८ सय ९६ जना नेपालीलाई नेपाल ल्याइएको उनले जानकारी दिए। उनका अनुसार त्यसरी आएका नागरिकलाई १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गरेर मात्रै घर पठाउने नितीका साथ अगाडि बढिरहेको छ। प्रदेश सरकारले सबै स्थानीय निकायलाई सोही निर्देशन दिएको मन्त्री सुवेदीले बताए।

उनले अहिले प्रदेश सरकारले कोरोना अस्पताल निर्माण गरिरहेको र त्यसका लागि आवस्यक चिकित्सकीय सामग्रीको जोहो पनि गरेर राखेको बताए। ‘अहिले नयाँ संक्रमित नदेखिएको अवस्थामा हामी हौसिएका छौं। अब कुनै केस देखिए हामी सहजै हेन्डलिङ् गर्न सक्छौं। पछिल्लो समय केन्द्र सरकारबाट पनि राम्रो सहयोग भइरहेको छ’, उनले भने।

अझै ढुक्क हुने अवस्था छैन: चिकित्सक

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारको मोर्चा सम्हालेका डा. जगदिश जोशी पछिल्लो समय सुदूरपश्चिमको अवस्था सामान्य बन्दै गए पनि ढुक्क हुने अवस्था नरहेको बताउँछन्। उनले भारतलगायत अन्य देशबाट आएका सबै नागरिकको स्वास्थ्य परिक्षण गरिनुपर्ने बताए।

‘अब थप केही दिनसम्म कुनै केस नदेखिए हामी खुशी हुँदै जानुपर्छ। तर, परिक्षणको दायरालाई भने बढाउनुपर्छ’, उनले भने, ‘समाजमा कुनै एक जनामा पनि लुकेर रहेको छ भने त्यसले फेरी महामारीको रुप लिने जोखिम हुन्छ। त्यसैले अब समुदाय स्तरमै पुगेर परिक्षण गरिनुपर्छ।’

सुरुआति दिनमा पिपिईलगायत स्वास्थ्य सामग्री र चिकित्सकको समस्या खेप्नु परे पनि पछिल्लो समय अवस्था सामान्य बन्दै गएको उनको भनाई छ। सुरुमा मनोबैज्ञानिक त्रासदेखि अन्य समस्या खेप्नु परेपनि अहिले स्थिति सहज बन्दै गएको जोशीले बताए।

यस्तो छ पत्रकारको अनुभव

बरिष्ठ पत्रकार दिलबहादुर छल्यालका अनुसार कोरोना संक्रमित देखिएपछि सुरुआति दिनमा सुदूरपश्चिमा उच्च जोखिमका साथै त्रास थियो। करिव डेढ लाखको हाराहारीमा भारतबाट मान्छे आए पनि सबै क्वारेन्टाइनमा नबसेकाले बढी जोखिम रहेको उनको अनुभाव छ।

उनले धनगढीबाटै देश दोस्रो फेजमा जाँदा झन त्यहाँको अवस्था जरजर बनेको बताए। उनले सुरुमा ८ जनाको अस्पतालमा उपचार भइरहेको अवस्थामा चार जना सुदूरपश्चिममै रहेकाले सबैमा एकखाले त्रास रहे पनि अहिले अवस्था सामान्य बन्दै गएको बताए।

सुरुमा त पत्रकारहरूले पनि जोखिम नै मोलेर समाचार संकलन गरे। ‘धेरैको स्वास्थ्य परिक्षण गरिएको थिएन। ठूलो संख्यामा भारतबाट मान्छे आएका थिए। समाचार संकलन गर्नै पर्ने हुन्थ्यो’, उनले भने, ‘यस्तो बेलामा जोखिम मोलेरै समाचार संकलन गरियो। कोमापो संक्रमण छ भनेर मनमा एक खाले त्रास भइरहन्थ्यो।’

सुरुमा सुरक्षा सामग्री बिनै पत्रकारले समाचार संकलनमा खट्नुपरेको उनको अनुभाव छ। आफूले पनि सुरुमा माक्स, गल्ब र सेनिटाइजर बिनै रिपोटिङ् गरेको उनले बताए। बजारमा किन्दा नपाइने र प्रदेश सरकारले उपलब्ध नगराएकाले आफूहरूले रिक्स मोलेरै समाचार संकलन गरेको छत्याल बताउँछन्। ‘सरकारले लकडाउन जारी गरिसकेको अवस्थामा हजारौंको संख्यामा भारतबाट आएका नेपालीले गौरिफन्टामा नाराबाजी गरे। त्यस्तो अवस्थामा पनि हामीले अग्रमोर्चामै उभिएर समाचार संकलन गर्‌यौं’, उनले भने।

आफूहरूसँग सावधानीका सामग्री अभावले घरबाट निस्किदा सधै डरलाग्ने गरेको उनले बताए। उनले धेरै जनामा संक्रमण देखिए त्यहाँ अस्पताल र चिकित्सकको अभावले उपचार नै सम्भव नहुने भएकाले पनि सुरुमा निकै डर रहेको बताए। तर, अब विस्तारै अवस्था सामान्य बन्दै गएको छत्यालले बताए। उनले अब नाकामा कडाई गरेर सावधानी अपनाउन सकिने अवस्था रहेको बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२ सय ३८ नेपाली महाकालीमा हामफालेरै घर पुगे

लकडाउनका कारण घर फर्किन नपाएपछि सुदूरपश्चिम नाकाबाट २ सय ३८ जना नेपाली महाकालीमा हाम फालेरै घर पुगेका छन्।

दुवैतिर लकडाउन भइसकेपछि सिमानामा आइपुगेका उनीहरूलाई भारततिरकै क्वारेन्टाइनमा राखिएको थियो। दुवै देशबीच अलपत्र नागरिकलाई आ-आफ्नो भूमिमै क्वारेन्टाइनको व्यवस्था गर्ने सहमति भएको थियो।

तर, भारततिरको क्वारेन्टाइनमा खाने, बस्ने सुविधा राम्रो नभएको भन्दै नेपाली भने महाकालीमा हाम फालेर गाउँ पुगेका छन्।

क्वारेन्टाइनबाट भागे पनि सडकमार्गबाट प्रशासनले आउन रोक लगाएको छ। त्यसैले उनीहरु नदीमै हाम फालेर गाउँ पुगे।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुला संगै जोडिएको भारतको धार्चुलामा राखिएका नेपालीहरुले खान बस्न राम्रो व्यवस्था नभएको र थप बसे अन्य रोगको त्रास बढेको भन्दै महाकाली नदीमा पौडी खेल्दै नेपाल भित्रिरहेको दार्चुला व्यास गाउँपालिकाका जगतराम महतोले बताए ।

‘गर्मी बढिरहेको छ, खाने बस्ने राम्रो व्यवस्था छैन। कोरोना भन्दा पनि अरु रोग लाग्ला भन्ने डर छ।’

अहिलेसम्म महाकाली तरेर भारतबाट २ सय ३८ जना नेपाली नेपाल प्रवेश गरेका छन्। एक महिना यता पटक-पटक गरी दुई सय ४ जना र आईतबार ३४ जना महाकाली नदी पार गरेर नेपाल प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

आईतबार मात्र दार्चुलाको व्यासबाट महाकाली नदी पार गरेर ३४ जना नेपाली आएको महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले बताए। यसरी ज्यानै जोखिममा राखेर महाकाली नदी तरेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको मेयर भट्टले जानकारी दिए।

यसका अलावा केही नेपाली महाकालीमा सञ्चालित ट्युबमार्फत एक हजार भारतीय रुपैयाँ तिरेर समेत नेपाल आइरहेका मेयर भट्टले बताए।
‘जो संग भाडा तिर्नसक्ने पैसा छ उनीहरु ट्यूबमा आएका छन्,’ मेयर भट्टले भने–‘पौडिन जान्ने पौडी खेलेर आए, तर पैसा पनि नभएका र पौडी पनि नजान्ने क्वारेन्टाइनमै बसेका छन्।’

भलाघाटको क्वारेन्टानमा रहेका दीर्घराज जोशीले नेपाली मजदुरलाई व्यवस्थित गरेको भन्दै भारत सरकारले मन्दिरका धर्मशाला र विद्यालयका कोठाहरुमा हुलेर राखेको बताए।

‘बाहिर सामाजिक दूरी कायम गरेर राखेका छौं भनेको छ,’ उनले भने–‘तर वास्तविक समस्या कसैलाई जानकारी छैन, न सामाजिक दूरी कायम गर्ने काम भएको छ, न त खाने, सुत्ने व्यवस्था नै राम्रो।’

उनका अनुसार त्यहाँ अब कोरोनाको भन्दा पनि अरु रोग लाग्ने डर छ। ‘गर्मी बढिरहेको छ, खाने बस्ने राम्रो व्यवस्था छैन। कोरोना भन्दा पनि अरु रोग लाग्ला भन्ने डर छ’ उनले भने।

सीमामा रहेका नेपाली मजदुरलाई बसोबासको प्रबन्ध मिलाउन भारतको स्थानीय प्रशासनलाई अनुरोध गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

‘बाहिर समाजिक दूरी कायम गरेर राखेका छौं भनेको छ,’ उनले भने–‘तर वास्तविक समस्या कसैलाई जानकारी छैन, न सामाजिक दूरी कायम गर्ने काम भएको छ, न त खाने, सुत्ने व्यवस्था नै राम्रो ।’

भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम नरोकिएका कारण त्यहाँका नेपालीको राम्रो व्यवस्थापन गर्न आफुहरुले आग्रह गरेको उनले बताए।

गर्मीको समयमा धेरै जना एकै ठाउँमा बस्दा छाला सम्बन्धी रोग, झाडापखाला र अन्य सरुवा रोगको संक्रमण हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। उनले गर्मीको समयमा सरुवा रोगको बढी जोखिम हुने हुँदा बसाइलाई व्यवस्थित बनाउन सुझाव दिन्छन्।

अझै दुई हजार सीमामा अलपत्र

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरि दुई हजार भन्दा बढी नेपालीहरु अझै सीमा क्षेत्रमा अलपत्र छन्। सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्य कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलासँग जोडिएका सीमा क्षेत्रमा दुइ हजार ३८ नेपालीहरु अलपत्र अवस्थामा रहेका छन्।

दार्चुला जिल्लाको पारि भारतीय क्षेत्रका चार वटा स्थानमा आठ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले बताए।

यसअघि बैशाख १४ गते भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको भएपनि सरकारले थप ७ दिन रोक्ने निर्णय गरेको थियो।

सहायक प्रजिअ कुँवरले भने–‘सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीहरुले आफनो क्षेत्रका मानिस लिन बसहरु पठाएका थिए। तर, भित्र्याउने अनुमति नपाएपछि सीमा पारीका नेपाली त्यतै छन।’

त्यस्तै बैतडी क्षेत्र अन्तर्गत पर्ने भारतीय सीमाका विभिन्न १५ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले क्वारेन्टीनमा आठ सय ३७ जनालाई राखिएको जानकारी दिए।

कञ्चनपुरसँग सीमा जोडिएको टनकपुर, खटीमा, बनबासा लगायतका विभिन्न भारतीय सीमा क्षेत्रमा दुई सय ५१ नेपालीलाई क्वारेन्टीनमा राखिएको छ। कार्यालयले ती सबै नेपालीहरुको अवस्था सामान्य रहेको जनाएको छ। यस्तै कैलालीसँग सीमाना जोडिएको लखिमपुर खिरीमा एक सय २० नेपालीलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गाउँपालिकाले  ‘पोलिस्टर’ कपडाकाे मास्क बाँडेको भन्दै दार्चुलामा स्थानीयद्वारा लिन अस्वीकार

सुदूरपश्चिमको दार्चुलास्थित मार्मा गाउँपालिकाले गुणस्तरहीन कपडाबाट मास्क बनाएर वितरण गरेको भन्दै सर्वसाधारणले लिन अस्विकार गरेका छन्। भारत र चीनसँग सिमाना जोडिएका कारण दार्चुला कोरोना भाइरस संक्रमणमा अन्य जिल्लाभन्दा बढी जोखिममा छ।

जोखिमका हुँदाहुँदै गाउँपालिकाले मास्क सिलाइमा लापरबाही गरी गुणस्तरहीन कपडाको मास्क वितरण गरेको भन्दै सर्वसाधारणले मास्क लिन अस्विकार गरेका हुन्।

मास्क सिलाएको कपडा गुणस्तरहीन भएका कारण सर्वसाधारणले लिन अस्वीकार गरेको गाउँपालिकाकी उपाध्यक्ष बागमती ठगुन्नाले बताइन्।

‘मास्क सिलाउने जिम्मेवारी हामीले गाउँपालिकाका स्वास्थ्य प्रमुखलाई दिएका थियौं, तर उहाँले गुणस्तरहीन पोलिस्टर कपडाको मास्क सिलाउन लगाउनुभएछ,’ उपाध्यक्ष ठगुन्नाले भनिन्, ‘पेटिकोट सिलाउने कपडाको मास्क सिलाएको भन्दै सर्वसाधारणले लगाउन मानेन् र मास्क फिर्ता गरेका छन्।’

गाउँपालिकाले मास्क सिलाउने जिम्मेवारी स्वास्थ्य प्रमुख चक्रसिंह धामीलाई दिएको थियो। तर, उनले नै सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड हुने गरी सामान्य  कपडाको मास्क सिलाएर वितरण गरेको गाउँपालिकाले जनाएको छ।

उपाध्यक्ष ठगुन्नाले मास्कको कपडा गुणस्तरहीन भएकाले सर्वसाधारणले लिन नमानेको बताइरहँदा पनि स्वास्थ्य प्रमुख धामीले भने मास्कको गुणस्तरमा कुनै सम्झौता नगरिएको दाबी गरेका छ्न्।

‘कोरोना संक्रमण महामारीबीच हतारमा मास्क सिलाउनुपर्ने भयो। बजारमा खोजेको जस्तो कपडा पाइएन। तै पनि सिलाएको मास्क राम्रै छ,’ स्वास्थ्य प्रमुख धामीले भने,  ‘मास्क जस्तो कपडाको पनि हुन्छ। लकडाउनको कारण बाँड्न नसकेका हौं। केही दिनमा वितरण गर्छौं।

गाउँपालिकाले कोरोना संक्रमणबाट बच्न र सर्वसाधारणको सुरक्षाका लागि भन्दै ६ हजारथान भन्दा बढी मास्क सिलाउने निर्णय गरेको थियो। प्रतिमास्क १० रुपैयाँका दरले सिलाउन दिएकोमा अहिले टेलरमै थन्किएको छ। सर्वसाधारणले मास्क गुणस्तरहीन भएको भन्दै लगाउन अस्विकार गरेपछि मास्क टेलरमै थन्किएको हो।

वडा कार्यालय तथा सर्वसाधारणले मास्क लिन नमानेका कारण दोस्रोपटक राम्रो कपडाको मास्क सिलाएर वितरण गर्ने उपाध्यक्ष ठगुन्नाले जानकारी दिएकी छिन।

गाउँपालिकाले मास्कमा गुणस्तरहीन कपडा किन प्रयोग गरेको भनी सोध्दा स्वास्थ्य प्रमुख धामीले राम्रो कपडा नपाएकाले जुन उपलब्ध भयो, त्यही कपाडको सिलाउनुपरेको भन्ने जवाफ दिएका छन्।

‘तर, मास्क कसैले पनि लिन मानिरहेका छैनन्,’ उपाध्यक्ष ठगुन्नाले भनिन्।

स्वास्थ्य प्रमुख धामीले पब्लिनको राम्रै कपडाको मास्क सिलाएको दाबी गरे पनि गाउँपालिकाकी उपाध्यक्ष ठगुन्नाले पोलिस्टरको मामुली कपडाको मास्क सिलाएको आरोप लगाइन्।

गाउँपालिकाको १ नम्बर वडाले मास्क वितरण गर्न लगेको भए पनि गुणस्तरहीन भन्दै सर्वसाधारणले लिन अस्विकार गरे। केही बालबालिकाले मात्रै मास्क लिएका छन्।

गाउँपालिकाले सिलाएका मास्कको कपडा गुणस्तरहीन भएको भन्दै सर्वसाधारणले लिन नमानेको वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र बोहराले जानकारी दिए।

‘ मास्कको कपडा गुणस्तरहीन त छँदै थियो, त्यसमाथि साइज पनि सानो भयो। केही बालबालिकाबाहेक अन्यलाई हुने मास्क नै छैनन्,’ बोहराले भने, ‘ ठूलाले प्रयोग गर्‍यो भने यसको डोरी एउटा कानबाटअर्को कानसम्म पुग्दै पुग्दैन। त्यही भएर सबै मास्क गाउँपालिकालाई नै फिर्ता पठायौं।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘खास डर भारतबाट लुकी-लुकी छिर्नेहरूकाे हो’

कैलारी गाउँपालिका भारतसँग सीमावर्ती छ। खुला सीमा र निर्वाध आउजाउको अवस्थाले कोरोना लडाइँमा होमिएको कैलारीलाई दबाबमा राखेको छ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरी नाका सबैतिर सिल गरिएका त भन्छन्, तर चोर बाटोको डर चाहिँ लुकाउन सक्दैनन्।

यही वैशाख ५ गते भित्तरियाको जंगल हुँदै पाँच नेपाली छिरे, नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइयो। उनीहरु छिमेकी गाउँ गौरीगंगाका हुन्।

कैलारी गाउँपालिकामा अहिलेसम्म विदेशबाट आएकाको संख्या १ सय २८ छ। जसमध्ये दुईजना कतार र बाँकी सबै भारतबाट आएका हुन्। लकडाउनभन्दा पहिले नै आएकालाई गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको अध्यक्ष चौधरीले बताए।

गाउँपालिकाले लकडाउनपछि आएका १० जनालाई क्वारेन्टाइनमा राखेकोमा सबैको र्‍यापिड टेस्ट गर्दा नेगेटिभ आएपछि घर पठाइएको छ। अहिले जिल्लाभन्दा बाहिरबाट आएका, केही समयका लागि भारत गएका र भारतीय नागरिकको सम्पर्कमा रहेका ५३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। गाउँपालिकाले दिपेन्द्र माध्यामिक विद्यालयमा एउटा क्वारेन्टाइन निर्माण गरेको छ।

‘हामीले विद्यालयका कोठाहरू प्रयोग गरेका छौं। जसमा नागरिकहरूलाई सुरक्षित साथ राखिएको छ’, उनले भने, ‘सबैका लागि एउटा मेस चलाएर खाना खुवाउने व्यवस्था मिलाइएको छ। एक जनाले मेस चलाएर खाना खुवाउने जिम्मेवारी लिनुभएको छ।’ त्यसमा गाउँपालिकाबाहेक अन्य स्थानीयसंघ–संस्थाले पनि सहयोग गरिरहेको बताए।

उनले विभिन्न संघ संस्थासँग सहयोग मागेर चिकित्सकहरूलाई पिपिई लगायतका चिकित्सकीय सामग्री पनि उपलब्ध गराइएको बताए। पहिले समस्या भए पनि अहिले सामानको खासै समस्या नरहेको र आवश्यक सामग्री ल्याइरहेको बताए।

उनले गाउँपालिकामा कुनै डाक्टर नभए पनि गाउँपालिकासँग उपलब्ध स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा रहेकाहरूको रेखदेख गरिरहेको बताए। उनले दुई जना स्वास्थ्यकर्मीका त्यहाँ दिनहुँ खटिरहेको बताए। उनले क्वारेन्टाइनमा रहेकाहरूको दुई÷दुई दिनमा रिपोर्ट लिने कार्य गरिरहेको जानकारी दिए।

उनले विभिन्न संघ संस्थासँग सहयोग मागेर चिकित्सकहरूलाई पिपिई लगायतका चिकित्सकीय सामग्री पनि उपलब्ध गराइएको बताए। पहिले समस्या भए पनि अहिले सामानको खासै समस्या नरहेको र आवश्यक सामग्री ल्याइरहेको बताए।

गाउँतिर लकडाउनको पूर्ण पालना नभएको सुनिन्छ भन्ने प्रश्नमा अध्यक्ष चौधरीले भने– ‘हो अहिले पहिले जत्तिको लकडाउन कार्यान्वयन भएको छैन। किनकी यो ग्रामिण क्षेत्र हो र यहाँ खेतिपातीगर्ने किसानको बसोवास छ। यो गहुँबाली भित्र्याउने सिजन भएकाले पनि अलिअलि चहलपहल भएको हो। तर, त्यसरी चहलपहल भए पनि सामाजिक दूरी कायम गर्दै किसानहरू खेतवारीमा जान्छन्।’

प्रदेश सरकारले पनि राम्रै सहयोग गरिरहेको उनको भनाई छ। क्वारेन्टाइन व्यवस्थापनका लागि प्रदेश सरकारलले तीन लाख दिएकोमा अहिले विपन्न परिवारका लागि खाद्यान्नउपलब्ध गराउन २१ लाख १०हजार सहयोग प्राप्त भएको चौधरीले बताए।

अहिले मान्छे पैदलै भए पनि आइरहेकाले यसतर्फ प्रदेश र केन्द्र सरकार सजग हुनुपर्ने चौधरीको भनाई छ। उनले गाउँपालिकाले हिड्दै चिसापानी, बर्दियाको राजापुरलगायतका क्षेत्रसम्म पुगेका आइपुगेका गाउँलेको उद्दार गरेर क्वारेन्टाइनमा राखिएको बताए।

विपन्न परिवाको सहयोगका लागि गाउँपालिकाले प्रदेश सरकार र केन्द्र सरकाले मापदण्ड बनाउनुभन्दा अगाडिदेखि नै आफै मापदण्ड बनाएर काम गरिरहेको उनको भनाई छ। उनले विपन्न परिवारलाई फारम भर्न लगाएर वडाअध्यक्षको सिफारिसमा सहयोग गर्ने गरेको बताए।उनले अहिलेसम्म ११ सय ५७ जनालाई राहतप्रदान गरिएको बताए।

अहिले पनिगाउँपालिकाका विपन्न मान्छे रोजगारीको शिलशिलामा काठमाडौं लगायतका स्थानमा रहेको र उनीहरू गाउँ फर्किन चाहिरहेकाले केन्द र्र प्रदेश सरकारले सहयोग गरे उनीहरुलाई ल्याएर उचित व्यवस्थापनका साथ क्वारेन्टाइनमा राख्न तयार रहेको बताए। उनले आफूलाई थुप्रैले फोन गरिरहेकाले पनि आफ्ना गाउँपालिकाका नागरिकको चिन्ता लाग्ने गरेको बताए।

अहिले मान्छे पैदलै भए पनि आइरहेकाले यसतर्फ प्रदेश र केन्द्र सरकार सजग हुनुपर्ने चौधरीको भनाई छ। उनले गाउँपालिकाले हिड्दै चिसापानी, बर्दियाको राजापुरलगायतका क्षेत्रसम्म पुगेका आइपुगेका गाउँलेको उद्दार गरेर क्वारेन्टाइनमा राखिएको बताए।

तर, उनलाई गाउँपालिकाका केही व्यक्तिले वेमौसपमी राजनीति गर्न खोजेकाकमा भने चित्तदुखेको छ। ‘यस्तो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्छ। यस्तो बेला कोही सत्तापक्ष र प्रतिपक्ष हुँदैन। यो सबैको साझा लडाई हो’, उनले भने। उनले यो महामारी भएकाले धनी, गरिव, सत्तापक्ष, प्रतिपक्ष, पुलिस्, डाक्टर केही नभनी सबै एक भएर लड्नुपर्ने बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दुईवटा मेसिन भए पनि सुदूरपश्चिममा पिसिआरबाट परीक्षण सुस्त

सुदूरपश्चिम प्रदेशमा दुई वटा पिसिआर मेसिन छ। तर, परीक्षणको गति भने निकै सुस्त।

पाँचजना कोरोनाका बिरामी देखिएपछि सेती प्रादेशिक अस्पताल र जिल्ला पशु कार्यालय कैलालीमा दुईवटा मेसिनसहित ल्याब स्थापना गरिएका छन्। दुई मेसिनमध्ये एउटामा दैनिक ९० वटासम्म परीक्षण गर्न सकिन्छ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार पछिल्लो पाँच दिनमा धनगढी प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरी सुदूरपश्चिम प्रदेशका एक सय ४९ जनाको मात्रै पिसीआर परीक्षण गरिएको छ ।

परीक्षणका लागि नमूना संकलन नै नहुँदा प्रदेशका शंकास्पद र संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरुको परीक्षण अझै सुस्त गतिमा भईरहेको हो । र्‍यापिड टेस्टले तिव्रता पाएपनि धनगढीमै दुई वटा प्रयोगशाला हुँदा समेत पिसीआर बिधिबाट निकै कमको मात्रै परीक्षण भएको छ ।

परीक्षणका लागि नमूना नै संकलन नहुँदा समस्या भएको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले बताए ।

थ्रोट स्वाबको पर्याप्त नमूना नै प्रयोगशालामा नपुगेको बताउँदै उनले भने–‘हामीले प्रयोगशाला स्थापना भएको दिनदेखि नै क्षमता अनुसार परीक्षण गर्न सकेका छैनौँ, त्यस्को मुख्य कारण हामीसँग पर्याप्त मात्रामा स्याम्पल नै नहुनु हो ।’

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने -यापिड टेष्टको प्रयोग बढाइएका कारण पिसिआर परिक्षण सुस्त बनेको बताए ।

स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्लो पाँच दिनमा एक सय २९ जनाको मात्रै नमूना संकलन भएको छ । प्रदेशमा थ्रोट स्वाब नै पर्याप्त संकलन नभएपछि कर्णाली प्रदेशबाट समेत ९९ वटा थ्रोट स्वाब ल्याएर धनगढी प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले भने थ्रोट स्वाब संकलनका लागि अहिले ‘भिटिएम’ अभाव रहेको बताईन् । ‘थ्रोट स्वाबलाई परीक्षण गर्दा सम्म निश्चित तापक्रममा राख्नका लागि भिटिएम आवश्यक हुन्छ’ उनले भनिन्–‘अहिले भिटिएमको देशभरि नै अभाव छ, त्यसैले पर्याप्त थ्रोट स्वाब संकलन गर्न नसकिएको हो ।’

सेती प्रादेशिक अस्पताका इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले पनि प्रयाप्त नमूना संकलन नहुँदा ल्याबको क्षमता अनुसार परिक्षण गर्न नसकिएको बताए । पर्याप्त नमूना संकलन नहुँदा एउटा मेसिन प्रयोग बिहीन बनेको उनले बताए । उनका अनुसार हाल पशु कार्यालय धनगढीमा राखिएको मेसिन नमूना नभएकै कारण प्रयोग बिहीन बनेको छ । ‘सेती प्रादेशिक अस्पतालमा राखिएको मेसिनमा दैनिक ९० परिक्षण गर्न सकिन्छ’ उनले भने– ‘पशु कार्यालयमा खाखिएको मेसिनले पनि सोही अनुसार परिक्षण गर्न सक्छ,‘तर नमूना नहुँदा एउटा मेसिन प्रयोग बिहीन बनेको हो ।’

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने -यापिड टेष्टको प्रयोग बढाइएका कारण पिसिआर परिक्षण सुस्त बनेको बताए ।

केही समय सम्म ‘भिटिएम’ अभाब भएका कारण परिक्षण रोकिएपनि अहिले सो समस्या समेत समाधान भइसकेको उनले बताए र्‍यापिड टेष्टमा पोजेटिभ केस आएका व्यक्तिको मात्रै पिसिआर पद्धतिमा परिक्षण गर्ने गरिएको छ’ महाशाखा प्रमुख कार्कीले भने–‘र्‍यापिड टेष्टमै पोजेटिभ केस आउने क्रम न्यून छ ।’ उनले पिसिआर पद्धतिबाट सवै जिल्लामा परिक्षण गर्न भने संभव नभएको बताए । सवै जिल्लामा पिसिआर पद्धतिबाट कोरोना परिक्षण गर्न हेलिकोप्टरबाट मेसिन ओसार्नु पर्नेहुन्छ’ उनले भने–‘अनि जनशक्ति पनि ओसार्नु पर्दछ, त्यसो गर्न ठुलो धनराशी आवश्यक पर्दछ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘एउटै पिपिई स्यानिटाइजर दलेर पटकपटक लगाउँछौं’

त्रिवेणी नगरपालिकाको स्वास्थ्यचौकी बाजुराकी ल्याब असिस्टेन्ट हुन् पुष्पा साउद। हरेक दिन घरबाट निस्कँदा उनलाई एउटै डरले सताउँछ ‘ल्याबमा गरिएका परीक्षणमा कोरोना पोजिटिभ देखियो भने?’

‘जब म घरबाट निस्किन्छु अनि मनमा अनेक तर्कना आउँछन, कतै आफैंलाई संक्रमण भयो भने के गर्ने सोच्छु,’ साउद भन्छिन्ड, ‘डर त हुन्छ नि। यहाँ न पिपिई छ न थर्मल गन।’

त्यसै त स्वास्थ्य सेवामा पछाडि रहेको सुदूरपश्चिम त्यसैमा पनि दुर्गम अनि पहाडी जिल्ला बाजुरा। ‘पिपिई अभावले स्वास्थ्य परिक्षण गर्न तथा सर्वसाधारणको नजिक पर्न पनि डर लाग्छ,’ उनी भन्छिन्, ‘एकपटक प्रयोग गरेको पिपिई स्यानिटाइजर दलेर फेरि लगाउँछौं।’

स्वास्थ्य सामग्री नभएपछि भारतबाट भित्रिएका धेरै सर्वसाधारणको स्वास्थ्य परीक्षण पनि गर्न नसकिएको उनले बताइन्।

सरकारले त्रिवेणी नगरपालिकालाई दिएको १ सय ४० किट सकिइसक्यो। अरू कहिले आउने थाहा छैन। स्वास्थ्यचौकीमा अब एउटै थर्मोमिटरमात्रै छ, अरू केही छैन।

स्वास्थ्य सामग्री अभावले स्वास्थ्यकर्मीलाई झन् जोखिम भएको भन्दै उनले डराइडराइ काम गर्नुपरिरहेको बताइन्।

‘केही छैन भनेर काम नगर्नु पनि भएन नि,’ उनी भन्छिन्, ‘हाम्रो काम नै यही हो धर्म कसरी हार्नु।’ नगरपालिकाकै वडा नम्बर ९ मा एकजनालाई र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएको थियो। तर, पछि पिसिआरमा नेगेटिभ आयो।

‘केही छैन भनेर काम नगर्नु पनि भएन नि,’ उनी भन्छिन्, ‘हाम्रो काम नै यही हो धर्म कसरी हार्नु।’ नगरपालिकाकै वडा नम्बर ९ मा एकजनालाई र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएको थियो। तर, पछि पिसिआरमा नेगेटिभ आयो।

‘सुरुमा पोजिटिभ देखिँदा त सबैजना झस्किएका थियौं,’ उनले भनिन्, ‘तर पिसिआरमा नेगेटिभ भयो अनि मन शान्त भयो।’

डर कामको होइन। स्वास्थ्य सामग्री नहुँदा आफैंलाई संक्रमण हुने डर बढेको हो।

ुकाम गर्नु हाम्रो कर्तव्य र दायित्व हो, यसबाट उम्किनु र भाग्नु पनि त भएन, आफू बचौं र अरूलाई पनि बचाऔं भनेर लागिरहेका छौं,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मी नै सुरक्षित नभए थप जटिल समस्या आउँछ।’

उनका अनुसार स्वास्थ्यकर्मीमात्रै होइनन् आममानिस सबैमा त्रास छाएको छ। ‘संक्रमण नै होला भन्ने त होइन तर अन्य ठाउँको संक्रमणका कुराले यता पनि डर छ,’ उनले भनिन्, ‘भाइरसभन्दा पनि यस्तै डरले मानिस बिरामी पर्लान् भन्ने अर्को डर छ।’

सुदूरपश्चिममा अहिलेसम्म पाँचजनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। जसमध्ये तीनजना उपचारपछि घर फर्किसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कैलालीका अर्का कोरोना संक्रमित पनि निको भए

कोरोना भाइरस संक्रमित सुदूरपश्चिमका एक युवक ३० दिनको उपचारपछि निको भएर घर फर्केका छन्।

धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षे युवकको लगातार दुईपटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका इमरजेन्सी विभाग प्रमुख जगदीश जोशीले बताए।

दुबईबाट आएका उनलाई गत चैत १४ गते कोरोना पुष्टि भएको थियो। यसअघि उनको तीनपटक परीक्षण गर्दासम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अब सेतीमा तीनजना संक्रमितको उपचार भइरहेको छ।

नेपालमा उपचारपछि चारजना संक्रमित निको भएर घर फर्किसकेका छन्। यसअघि काठमाडौंकी १९ वर्षीया युवती र बाग्लुङकी ६५ वर्षीया संक्रमित पनि निको भएर घर फर्किसकेका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सेती अस्पताल भगवान भरोसामा, प्रदेश सरकार विकल्पविहीन

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना उपचारका लागि तोक्यो। अहिले २४ बेडको कोरोना उपचार कक्ष निर्माण भएको छ। पाँचजना कोरोना संक्रमितको अस्पतालमा उपचार पनि भइरहेको छ।

तर, प्रदेश सरकारले कोरोनाका बिरामीको उपचारका लागि तोकेसँगै प्रादेशिक अस्पतालमा अन्य बिरामीको संख्या भने ह्वात्तै घटेको छ। २ सय ४० बेड चलाइरहेको अस्पतालमा अन्य समयमा बिरामीको चाप निकै हुन्थ्यो।

कतिपय अवस्थामा त बेड पाउनका लागि समय नै कुर्न पर्थ्यो। तर, अहिले दिनमा जम्मा १०/१५ जना बिरामी मात्रै आउने गरेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए।

प्रदेश सरकारले बलियो तयारी नगर्दा यहाँ कोरोनका बिरामीले राम्रो उपचार पाउने अवस्था छ, न अन्यले। कोरोनाका बिरामीका लागि अस्पतालमा आइसियु र भेन्टिलेटर छैन। अन्य बिरामी कारोना संक्रमितको उपचार हुन्छ भन्दै डरले अस्पताल नै आउँदैनन्। अस्पतालको प्रसूति सेवासमेत प्रभावित भएको प्रवक्ता जोशीले बताए।

बन्द प्रसुती सेवा

अस्पतालमा दैनिक २०/२२ जना प्रसूति सेवाका लागि आउँथे। उनीहरूमध्ये चार/पाँच जनाको त अप्रेसन नै गर्नुपर्थ्यो। तर, अहिले अस्पतालमा प्रसूति सेवा बन्द गरिएको छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले वैशाख १ गतेदेखि प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द गर्ने निर्णय गरिसकेको छ।

सरकारले प्रसूति सेवाका लागि नवजीवन अस्पताललाई तोको छ। सेती अस्पतालमा ३० जना भन्दा बढी स्वास्थ्यकर्मी प्रसूति सेवामा खटिन्थे। त्यहाँ सुविधा सम्पन्न अप्रेसन थिएटर, भेन्टिलेटर, आइसियुको सुविधा थियो।

तर, नवजीवन अस्पतालको क्षमताले सेतीले दिँदै आएको सेवा थेग्न सक्ने छैन। किनकि उसँग त्यति पूर्वाधार नै छैन। स्वास्थ्यकर्मीको संख्या पनि सीमित छ।

आइसियु , भेन्टिलेटर छैन

सेती अस्पतालले कोरोना संक्रमितको उपचारका लागि पाँच बेडसहितको आइसियु तथा भेन्टिलेटर निर्माण गरिरहेको भए पनि त्यो सम्पन्न नभएको अस्पतालका प्रवक्ता जोशीले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. हेमराज पाण्डेयका अनुसार अस्पतालले ६३ जना चिकित्सकको टोली कोरोना संक्रमितको उपचारमा खटाइएकाले अन्य बिरामीको उपचारका लागि जनशक्तिको पनि अभाव छ।

‘अस्पतालमा भएको ठूलो जनशक्ति कोरोना संक्रमितको उपचारमा खटिएको छ,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकहरूलाई साथी होटेलमा राखिएको छ। कोरोनाको उपचारमा संलग्न चिकित्सकहरूले अन्य बिरामीलाई हेर्ने कुरा भएन। त्यसैले अहिले अस्पतालले चिकित्सकको अभाव पनि खेपिरहेको छ।’

छुट्टै अस्पतालमा ध्यान खै?

अन्य प्रदेशमा कोरोना संक्रमितका लागि छुट्टै अस्पताल निर्माण गरिएको भए पनि सुदूरपश्चिममा एउटै अस्पतालमा उपचार हुन थालेपछि क्रस इन्फेक्सनको जोखिम बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ। अस्पतालका प्रवक्ता जोशीका अनुसार एउटै अस्पतालमा त्यसरी उपचार गर्दा इटाली लगायतका देशको जस्तो भयावह अवस्था आउन सक्ने जोखिम हुन्छ। तर, अलग्गै उपचार गर्दा त्यहाँ काम गर्ने जनशक्ति पनि अलग्गै हुने र उनीहरूसँग पब्लिक कनेक्सन पनि नहुने भएकाले जोखिम कम हुन्छ।

‘कोरोना संक्रमितका लागि कुनै अस्थायी अस्पतालको व्यवस्था गर्नसके राम्रो हुने थियो। प्रदेश सरकारसँग पनि त्यस विषयमा हामी औपचारिक अनौपचारिक रुपमा छलफल गरिहेका छौं। यस विषयमा सामाजिक विकास मन्त्रीलगायत सरोकारवाला निकायसँग छलफल भएको थियो। उहाँहरूले सहयोग गर्छु भने पनि कुनै ठोस कदम चालेको देखिँदैन,’ डा. जोशीले भने।

सुदूरपश्चिमका सबै ठाउँबाट बिरामीहरू आउने एक मात्र ठूलो भएकाले पनि यहाँ कोरोनाका विरामीको उपचार गर्नु उपयुक्त नभएको बताइएको छ। पटक–पटक प्रदेश सरकारलगायत सम्बन्धित निकायमा चिकित्सकको उपलब्धताका लागि आग्रह गरिए पनि अहिलेसम्म कुनै चिकित्सक अन्यत्रबाट नआएको जोशीको भनाइ छ। यो समाचार तयार पार्दा केन्द्रबाट ३३ जना चिकित्सकको टोली आउने जानकारी प्राप्त भएको उनले बताए।

अस्पतालमा पहिलेदेखि पाँच बेडको आइसियु र एउटा भेन्टिलेटर छ। तर, त्यहाँ कोरोनाका बिरामीको उपचार गर्न नमिल्ने भएकाले कोरोना संक्रमितले पनि सास्ती खेप्नु परिरहेको छ। यसमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा कुनै ठोस् कदम चाल्न सकेको छैन।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले पनि आफूहरूले यस विषयमा कुरा गरिरहेको भए पनि प्रदेश सरकारले अग्रसरता नदेखाएको बताए। उनले आफूहरूले मात्रै त्यसको व्यवस्थापन गर्न सक्ने अवस्था नरहेकाले प्रदेश सरकारले भूमिका खेले आफूहरू साथमै रहेको बताए।

उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्ट पनि अहिले प्रादेशिक अस्पताल भन्दाबाहिर छुट्टै अस्पताल निर्माण गरेर कोरोना संक्रमितको उपचार गर्नुपर्नेमा सक्रिय छिन्। उनले आफूहरूले प्रदेश प्रमुख त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्रीसँग उक्त विषयमा कुरा गरिरहेको बताइन्।

उनले अस्पतालले प्रसूति सेवालाई नवजिवन अस्पतालमा सार्नु गलत भएको बताइन्। आमा र बच्चाको स्वास्थ्य जोडिएकाले सरकार गम्भीर हुनुपर्ने उनी बताउँछिन्।

‘बच्चाको मुटुको धड्कन कस्तो छ भन्ने कुराको तालिम सेती अस्पतालका केही डाक्टरले लिएका छन्। कुनै क्रिटिकल केस् हुँदा आमा र बच्चा दुबै स्वाथ्य जोखिममा हुन्छ। यसमा पनि सरकारले पुनः विचार गर्नुपर्छ,’ उनले भनिन्।

कुन हुन सक्छ ठाउँ?

कोरोनाका लागि गेटा मेडिकल कलेजलाई तयार गर्नुपर्ने उनको भनाइ छ। त्यहाँ थोरै तयारी गरे राम्रो पूर्वाधार निर्माण गर्न सकिने उपमेयर भट्टले बताइन्। जिल्ला समन्वय समितिको सभाहलमा पनि कोरोनाको अस्पताल बनाउन खोजिएकाले जहाँ भए पनि चाडो निर्माण गर्नुपर्ने उनको सुझाव छ।

अधिकांश जनताको भरोसाको केन्द्र सेती अस्पतालाई प्रदेश सरकारले चैत्र १५ बाट कोरोनाको उपचारका लागि जिम्मेवारी तोके पनि न बलियो व्यवस्थापन गर्न सकेको छ, न अन्त अस्थायी अस्पताल नै निर्माण गर्न सकेको छ। यो सिंगो प्रदेशको एक मात्र सुविधासम्पन्न अस्पताल हो। यहाँ विशेषज्ञसहितको सेवा भएकाले धेरैको भरोसाको केन्द्र पनि हो यो।

तर, यसै अस्पतालाई कोरोनाको उपचारका लागि तोकेपछि अन्य बिरामी बिचल्लीमा परेका हुन्। निजी अस्पतालहरूले सामान्य रोगका बिरामीलाई पनि नहेरिरहेको गुनासो बढिरहेको समयमा यसले झनै सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था लथालिंग पारिदिएको छ।

यस्तो विषम् परिस्थितिमा अहिले पनि प्रदेश सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन। चौतर्फी विरोध र दबाबका बीच सरकार के गर्ने, के नगर्ने भन्ने अन्यौलमा रहेजस्तो देखिन्छ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अन्य विकल्प नभएकाले सुरूमा सेती प्रादेशिक अस्पताललाई नै कोरोना रोगको उपचारका लागि छुट्याइएको बताए। उनले सेतीमा रहेका अन्य बिरामीलाई बरु अन्यत्र व्यवस्थापन गरिने तर कोरोनाको लागि तत्काल अन्यत्र अस्पताल निर्माण गर्न सकिने अवस्था रहेको बताए।

सेतीबाहेक अन्यत्र पनि बनाउन सकिन्थ्यो नि? भन्ने जिज्ञासामा मन्त्री सुवेदीले भने, ‘अन्य क्षेत्रमा बनाउन सकिने कुरो भएन। सरकारी अस्पतालमा नबनाई निजी अस्पतालमा बनाउने कुरो भएन र उनीहरूले बनाउन दिने कुरो पनि भएन।’ उनले सेती अस्पताललाई नै कोरोना उपचारका लागि विकास गर्न लागेको बताए।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बझाङको खप्तड छान्ना गाउँपालिका, जहाँ एउटा एम्बुलेन्ससम्म छैन

बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री नभएको गुनासो गरेका छन्।

कोरोना भाइरस महामारीको संक्रमण फैलिरहेका बेला सर्वसाधारणको स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने थर्मल गन, पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पिपिई) लगायतका स्वास्थ्य सामग्रीको अभाव रहेको बताएका हुन्।

‘कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको भए पनि गाउँपालिकासँग स्वास्थ्य परीक्षणका लागि उपकरण नै छैन,’ अध्यक्ष रोकायले भने, ‘स्वास्थ्य सामग्रीको अभाव भएकाले सोधपुछ गरेर लक्षण रहे नरहेको जानकारी लिनु परेको छ।’

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि गाउँपालिकाले महामारी नियन्त्रणका लागि विभिन्न स्कुलहरूमा क्वारेन्टाइनको निर्माण गरेको छ।

भारतबाट आउने सर्वसाधारणका लागि क्वारेन्टाइनको निर्माण गरिएको भए पनि गाउँपालिकाको क्वारेन्टाइनमा जम्मा दुई जना छन्।

स्वास्थ्य सामग्री बिना कोरोना भाइरसको परिक्षण गर्न नसकिने भन्दै थर्मोमिटर बोकी घर-घर गएर स्वास्थ्य परीक्षण गर्नु परिरहेको गाउँपालिकाले जानकारी दिएको छ।

स्वास्थ्य सामग्रीको अभावले स्वास्थ्यकर्मी उच्च जोखिममा रहेको बताउँदै बिना उपकरण स्वास्थ्य परीक्षण गर्नु खतरा रहेको अध्यक्षले बताए।

महामारी नियन्त्रणका लागि भन्दै गाउँपालिकाले तमैल र थामलेक नाकामा हेल्थ डेस्क राखी स्वास्थ्य परीक्षण गरिरहेको छ।

परीक्षण तथा नियन्त्रण गर्ने अन्य विकल्प नभएपछि गाउँपालिकाले साबुन, मास्क वितरण गरेको बताएको छ।

‘परीक्षणका लागि स्वास्थ्य सामग्रीको अभाव भएपछि प्रत्येक वडालाई मास्क र साबुन वितरण गरेका छौं, भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले सक्ने जति काम गरिरहेको छ,’ रोकायाले भने, ‘गाउँपालिकामा एउटा एम्बुलेन्स पनि छैन।’

गाउँपालिकाका कोही बिरामी परे सदरमुकाम धाउनुपर्ने बाध्यता अझै कायम छ। एम्बुलेन्स नहुँदा जिप खोज्न धाउनु पर्ने बाध्यता खप्तड छान्ना गाउँपालिकाको छ।

लकडाउन हुनुभन्दा पहिले आएका र क्वारेन्टाइनमा रहेका दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले बताएको छ।

गाउँपालिकाले विपन्न ज्यालादारी गरी गुजरा गर्नेहरूको तथ्यांक संकलन गरी राहात वितरण गर्ने योजना बनाइरहेको बताउँदै अध्यक्ष रोकायाले लकडाउनको समय लम्बिरहे गाउँमा खाद्यान्न अभाव हुने बताए।

‘गाउँमा उब्जनी कम हुने भएकाले अधिकांशले बाहिरको आयातित खाध्यान्नबाट गुजरा गर्छन्, लकडाउनको समय बढ्दै गए गाउँमा समस्या हुने देखिएको छ,’ उनले भने।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गाउँपालिकाले १५ लाखको राहात कोष स्थापना गरेको छ।

यो गाउँपालिकाभित्र अहिले ७ स्वास्थ्यचौकी र १ बर्थिङ सेन्टर छन्।

कोरोना नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाले स्वयंसेविका खटाएर जनचेतना फैलाउने काम गरिरहेको रोकायले बताए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना वार्डमा एक साता डिउटी गरेकी नर्स भन्छिन्- डरलाई जितेर उपचारमा खटिनुपर्छ

सेती प्रादेशिक अस्पतालमा एक हप्तासम्म हरेक दिन १२ घन्टे डिउटी गरेकी नर्स मानमती ओली अहिले क्वारेन्टाइनमा बसेकी छिन्।

अस्पतालले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अहिले ६४ जना स्वास्थ्यकर्मी छन्। जसमध्ये सातजना नर्स छन्, उनीहरूले कोरोना वार्डमा एक हप्ता काम गरेका थिए।

क्वारेन्टाइनमा एक कोठा दुई-दुईजना स्वास्थ्यकर्मी राखिएको छ।

क्वारेन्टाइनमा दिन बिताउन सामजिक सञ्जालको प्रयोग गर्ने, भाइरसको विश्व तथ्यांक हेर्ने र घरपरिवारका सदस्य तथा साथीभाइलाई भिडियो कल गर्ने गरेको उनी बताउँछिन्।

‘क्वारेन्टाइनमा दिन बिताउन घरपरिवार तथा साथीभाइलाई भिडियो कल गर्छौं,’ उनी भन्छिन्, ‘कोरोना भाइरसले विश्वमा पारेको असर प्रभाव तथा भाइरसँग सम्बन्धित नयाँ अपडेट हेर्ने गरेकी छु।’

कोरोना भाइरसको महामारीमा काम गर्ने स्वास्थ्यकर्मीले बलियो मानसिकता बनाएर काम गर्नुपर्ने उनी बताउँछिन्। स्वास्थ्यकर्मीले डरलाई जितेर आत्मविश्वासले काम गर्नुपर्ने बताउँछिन्।

नेपालमा १६ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। एक जना उपचारपछि घर फर्किसकेका छन्। संक्रमण देखिएकामध्ये ५ जना सुदूरपश्चिमका छन्।

‘१४ दिन क्वारेन्टाइनमा बस्छौं, भाइरस संक्रमणको कुनै लक्षण नदेखिए घर जान्छौं,’ नर्स ओलीले भनिन्।

कोरोना भाइरस (कोभिड-१९) कक्षमा पुग्दा ओलीको मनमा अनेकन तर्कनाहरू आउँथे। केही हुन्न सोचेर अघि बढ्ने प्रयास गर्दागर्दै पनि नानाथरी कुराले दिमाग खेल्थे।

कतै आफूलाई पनि भाइरसको संक्रमण सरिहाल्छ कि भनेर आत्तिन्थिन्।

तर, पेशा नै त्यही भएकाले हामी अघि नसरे को सर्छ? जिम्मेवारी सम्झेर हिम्मत बटुल्थिन्।

‘हाम्रो त कर्तव्य नै बिरामीको उपचार गर्ने हो, हामीले दायित्वबाट पन्छिनु भएन,’ ओली भन्छिन्, ‘ज्यानको माया सबैलाई हुन्छ तर हाम्रो धर्म-कर्म दायित्व यही हो।’

एक हप्ता वार्डमा काम गर्दा ओली कतिबेला खुसी हुन्थिन्, कतिबेला डराउँथिन् पनि। बिरामीसँग कुरा गर्दा, उनीहरूको स्वास्थ्यमा सुधार आएको देख्दा आफू र पेशाप्रति गर्व महसुस गर्थिन्। ‘विदेशतिर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले नै संक्रमणको कारण ज्यान गुमाउनु परेको सुन्दा मन पोल्थ्यो,’ उनी भन्छिन्।

सुरूमा घरपरिवारलाई सम्झाउन गाह्रो भएको थियो ओलीलाई। महामारीको डर-त्रास हरेकको मनमा छ। झन् छोरी नै कोरोना संक्रमितको उपचारमा जाने भनेपछि बा-आमाले मन भारी बनाएका थिए।

‘पछि सम्झाइ-बुझाइ गर्दा घरकालाई मनाउन सकेँ। मन दरिलो बनाएर आत्मविश्वासले काम गर्ने हो भनी आमाबालाई सम्झाएँ,’ उनी भन्छिन्, ‘हामी नै पछाडि सरे कसले काम गर्ने? बिरामीको हालत कस्तो होला? भनेर बुझाएँ।’

‘ज्यान-जहान भन्दा कर्तव्य दायित्व महत्त्वपूर्ण छ,’ नर्स ओली भन्छिन्, ‘सकेसम्म आफू पनि बाँच्छौं, अरूलाई पनि बचाउँछौं।’

अस्पतालमा रहँदा उनी घरमा फोन गरिरहन्थिन्। सुदूरपश्चिमको धनगढीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पहिलो डिउटी थियो ओलीको। सुरूको दिन मुटु काँपिरहेको थियो।

‘मनभित्र डर भए पनि काबुमा राखेर काम गरेँ,’ उनी भन्छिन्, ‘अहिले त बानी नै परिसक्यो।’ हरेक काममा दु:ख र संघर्ष गर्नैपर्ने ओली बताउँछिन्।

कोरोना भाइरस संक्रमणको बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई अस्पतालले बाहिरै खाने-बस्ने व्यवस्था गरेको छ। महामारीको समयमा काम गरेको अनुभव जिन्दगीभर सम्झना बनेर रहने उनी बताउँछिन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भारतीय क्वारेन्टाइनका नेपाली भन्छन्- महाकालीमा हामफालौं झैं भइसक्यो!

मन सम्हाल्न सक्दैनन् मुटु भक्कानिएर आउँछ।

दिमागमा अनेक तर्कना खेलिरहन्छ। घरको यादले यति सताउँछ, रातभरि निदाउन सक्दैनन्। सुत्दा कभर्डहलको दलिनमा आँखा ठोक्किन्छन्।

त्यही दलिनतिर हेर्दै टोलाइरहन्छन् अनि लामो सास फेर्छन्।

कभर्डहलभित्र हातखुट्टा तन्काउने ठाउँसम्म छैन। निदाउन प्रयासमा कहिले कोल्टे फेर्छन त कहिले उत्तानो पर्छन्। तैपनि निद्रा लाग्दैन। एकअर्काबाट न्यूनतम एक मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने भनिउको छ तर भएजति सबै एकैठाउँ गुटमुटिएर बस्नुपर्ने बाध्यता छ।

घरपरिवारको माया अनि चिन्ता एकातिर छँदैछ। त्यसमाथि अहिलेसम्म नलागेको कोरोना भाइरस संक्रमण यही भीडमा पो पो सर्ने हो कि भन्ने अर्को चिन्ता।

‘कतिबेला त भागेर महाकालीमा हामफालौं जस्तो लाग्छ, तर आमा, बा अनि श्रीमतीलाई सम्झिन्छु अनि आँट आउँदैन,’ छिमेकी भारत धार्चुलाको क्वारेन्टाइनमा दिन बिताइरहेका दार्चुला मार्मा गाउँपालिकाका रमेश ठगुन्नाले टेलिफोनमा हेल्थपोस्टनेपालसँग दुखेसो पोखे, ‘न ठेकेदारले पैसा दियो, न घर जानै पाइयो।’

छट्पटी हुन्छ अनि बेचैनी बढ्छ। सोच्छन्, क्वारेन्टाइनमा बसेको १४ दिन भइसक्यो। क्वारेन्टाइनमा न्यूनतम १४ दिन बस्नुपर्छ, तर नेपाल र भारतमा लकडाउन गरिएको छ।

‘लकडाउनको समय लम्बिँदै गयो भने के गर्ने, कहाँ जाने? लकडाउनको समय दोस्रोपटक थपिइसक्यो अनि अझै थपिए हाम्रो हालत के होलो?,’ ठगुन्ना आत्तिँदै भन्छन्, ‘यस्तो भीडभाडमा भाइरसको संक्रमण देखिए सबैलाई सर्छ, हामी झन् जोखिममा पर्छौं। हामीले यहाँ कसरी सुरक्षित महसुस गर्ने?’

बेलाबेला घरमा फोन गरेर सम्हालिने प्रयास गर्छ्न उनी। घरपरिवारलाई सम्झाउँछन पनि। ‘म छु नि, आइहाल्छु’ भनेर परिवारलाई सान्त्वना दिन्छन्। तर, क्वारेन्टाइनका दुःख कहिले सकिएला र घर जान पाइएला भन्ने उनको अनुमानमै छैन।

‘अप्रिल १५ तारिख (आगामी वैशाख १८ गते) सम्म क्वारेन्टाइनमा बस्नुपर्छ। त्यसपछी पनि केही समाधान निस्केन भने महाकालीमा हामफाल्छौं। वैशाख १८ पछि यो क्वारेन्टाइनमा कोही पनि नबस्ने भनिसकेका छन्। सबैजना महाकालीमा हामफालेर घर जान्छौं, जान्छांै,’ उनी दृढ छन्।
‘खानाका लागि समस्या नभए पनि बस्न र सुत्न सार्है समस्या छ। एउटै हलमा ३ सय २७ जना बसेका छौं,’ ठगुन्नाले भने, ‘कोचाकोच गरेर सुत्नुपरेको छ।’

भारतको धार्चुलामा सयाैं नेपाली सर्वसाधारण लकडाउनमा परी रुमल्लिएका छन्। त्यही भीडमा छन् ठगुन्ना र अरू धेरै उनीजस्तै। करिब पाँच महिनाअघि काम खोज्न भारत गएका थिए ठगुन्ना। उनी भारतमा सडक मजदुरीको काम गर्छन्। दैनिक ज्यालादारीको काम गरेर परिवार पाल्दै आएका छन्।

भारत सुदूरपश्चिमका अधिकांश सर्वसाधारणको रोजिरोटीको प्रमुख गन्तव्य हो। हातमुख जोड्न हजारौं–लाखांै सुदूरवासी भारत पस्छन्। ठगुन्ना पनि हात मुख जोड्नै भनेर भारत छिरेका थिए। तर, उनलाई यो समय फापेन। घर खर्च नपठाएको धेरै भएको बताउने उनले ठेकेदार पैसा नदिइ गएपछि घरमा खानसमेत समस्या परेको गुनासो गरे।

‘हामीलाई कति पीर छ। कसैले बुझिदिएनन्’ उनी भन्छन्, ‘आमा र श्रीमती फोन गरेर रुन्छन्, के भन्नु? आफू घर पुगेको भए ऋणपान गरेरै भए पनि गुजारा चलाउँथे तर यतै अड्केको छु। हामी नेपाली यहाँ घर न घाटको भएका छौं।’

वेदनाको पोको छ उनको मनमा। गुम्सिएर रहेका छन् भावना। तरंगित हुन्छन् सम्झनाका छाल निरन्तर बगिरहेको महाकालीजस्तै।

नबगोस् पनि किन? कभर्डहलको क्वारेन्टाइनमा डिउटी खटिएका भारतीय प्रहरी अधिकारीले आफूहरुमाथि ज्यादती गरेको उनले गुनासो गरे।
‘अस्तिसम्म एकजना प्रहरी अधिकारीले खुब दुःख दिए। राति मदिरापान गरेर आउँथे अनि सबैलाई कुटपिट गर्नुका साथै गाली गर्थे,’ ठगुन्नाले सन्तोषको सास फेर्दै भने, ‘बिना कसुर कुटपिट र गाली गर्न थालेपछि माथि सिकायत ग¥यौं अनि बल्ल उनलाई क्वारेन्टाइनको डिउटीबाट हटाइयो।’

उनका अनुसार क्वारेन्टाइनमा बसेको आज (शुक्रवार) १३ दिन भएको छ। वैशाख १८ सम्म बस्नुपर्छ। एकातिर क्वारेन्टाइनको भीडमा भाइरस सर्ला भन्ने त्रास छँदैछ भने अर्कोतिर १४ दिन पूरा भए भारत सरकारले राख्छ कि राख्दैन भन्ने चिन्ता छ।

कभर्डहलमा रहेका ३ सय २७ जनामा अहिलेसम्म कसैलाई कोरोना भाइरसको लक्षण नदेखिएको ठगुन्नाले बताए। भारतको धार्चुलामा ६ सयभन्दा बढी नेपाली छन् जो नेपाल आउन छटपटाइरहेको उनले जानकारी दिए।

धार्चुलामा रहेका नेपाली सर्वसाधारणमध्ये पौडी खेल्न आउने जति महाकाली तरेर नेपाल गए। पौडिन नजान्नेजति धार्चुलामै अड्किए। यो ठगुन्नाको मात्रै होइन उनीजस्ता सयौं सर्वसाधारणको समस्या हो जो मातृभूमि आउन चाहन्छन्।

‘क्वारेन्टाइनमा न खाना खाने बेला सामाजिक दुरी कायम गरिएको छ न सुत्ने बेला,’ ठगुन्नाले भने, ‘भएभरका सबै एकै ठाउँ गुजुल्टो परेर बसिरहेका छौं।’

क्वारेन्टाइनमा रहेका नेपालीले भारत सरकारले खानामा कुनै कमी नगरे पनि सामाजिक दुरी कायम गर्नुपर्ने लगायत अन्य कुरामा लापरबाही गरेको गुनासो गरेका छन्। उनीहरूले नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेर नेपाल सरकार गुहारेका छन्।

दुई–तीन दिन भोकै बसेर नेपाल छिर्न प्रयास गरे पनि उनीरूले पानीसमेत पिउन पाएका थिएनन्। अन्ततः केही सीप नचलेपछि भारत सरकारको रोहवरमा रहने गरी उनीहरूलाई भारतमै राख्ने निर्णय गरिएको थियो।

सयाैको संख्यामा रहेका नेपालीलाई भारतको जोलजिबी, धार्चुला र बालुवाकोटमा राखिएको छ।

‘घर जान कहिले पाइएला भन्ने चिन्ताले मर्ने बेला भइसक्यो, यहाँ भने घर पठाउने अत्तोपत्तो छैन,’ १४ दिन क्वारेन्टाइनमा बिताएका ठगुन्नाले कुराको बिट मार्दै भने।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँगै जनताको घरदैलोमै छु : मेयर, परशुराम नगरपालिका

कोरोना महामारीको त्रास विश्वमा फैलिरहेको समयमा सचेत भइसकेका थिए, डडेलधुराको परशुराम नगरपालिकाका मेयर भिमबहादुर साउँद।

सुदूरपश्चिम, भित्रीमधेशमा पर्ने डडेल्धुराको यो नगरपालिकाका केही वडाहरू भारतीय सिमानमा पनि पर्छन्। भारत छिर्ने अर्काे मुख्य नाका धार्चुला जाने एउटा मुख्य बाटो पनि यही हो। महाकाली नदीले भारतसँगको सिमाना छुट्याएको छ।

उनलाई थाहा थियो बिकसित देशको अवस्था भयाबह बनिरहेको छ र कुनै दिन त्यो रापले नेपाललाई पनि पोल्ने छ। रत, उनले सुरुदेखि नै जोहो गरेका थिए कोरोनाविरुद्ध लड्न अत्यावश्यक सामग्रीको।

‘चीन, इटली जस्ता विकसित देशमा कोरोनाले भयावह रुप लिएको अवस्थामा नेपालमा यसले जटिलता थप्छ भन्ने मलाई थाहा थियो’, उनले भने, ‘त्यसैले हामीले भारतसँग सीमाना जोडिएका जील्लाका नाकामा देशमा लकडाउन हुनुभन्दा पहिलेदेखि नै कडाई गरेर सावधानी अपनाएका थियौं।’

परशुराम नगरपालिकामा रोजगारीको लागि भारत जाने मान्छेको ठूलो बसोवास छ। त्यसैले पनि त्यो क्षेत्र कोरोनाको उच्च जोखिममा छ। अहिले आफूहरूले स्थानीय रेडियो मार्फत जनचेतना जगाइरहेको र लकडाउनको कडा कार्यान्वयन गरेको मेयर साउँद बताउँछन्।

प्रहरीको गाडिमा समेत जनचेतना मुलक गीत बजाउँदै नगर क्षेत्रका बासिन्दालाई सचेत बनाइरहेको उनले बताए। उनले नगर क्षेत्रमा विपन्न परिवारको पनि बसोवास रहेकाले सबैको लागत संकलन गरेर राहत प्रदान गरिरहेको जानकारी दिए।

‘नगरपालिकाले विभिन्न फोन नम्बरहरू उपलब्ध गराएको छ। कुनै समस्यामा परेका नागरिकहरूले ति नम्बरमा सम्पर्क गरी जानकारी दिए नगरपालिकाले घर–घरमै सामग्री पुर्‍याउँछ’, उनले भने।

बिहीबार मात्रै नगरपालिकाले एक सय १८ जनाको स्वाव हेलिकोप्टर मार्फत परीक्षणका लागि काठमाडौं पठाएको उनले बताए। ‘धार्चुला नाकामा पनि केही मान्छे अलपत्र परेको भन्ने खबर आइरहेको छ। तिनिहरूलाई सुरक्षित रुपमा नेपाल ल्याएर सेल्फ क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने पनि हाम्रो प्रदेश सरकारसँग माग छ’, उनले भने।

अहिलेको बेला सुरक्षाकर्मी र चिकित्सकको मनोबल सबैले बढाउनु पर्ने मेयर साउद बताउँछन्। मेयर साउद आफै पनि बेला–बेला सुरक्षाकर्मीसँग टोल–टोल पुगेर जनतालाई सचेत गर्न खटिएका छन्। उनी बेला–बेला राहत प्रदान गर्न पनि आफै जाने गरेका छन्।

दुरी कायम गर्दै उनले आफू स्वास्थ्यकर्मीसँगै बेला–बेला क्वारेन्टाइनमा पुगेर चिकित्सक र बिरामीको मनोबल बढाउने कार्यमा सक्रिए रहेको बताए। ‘यो बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउनु पर्ने बेला हो। कसैले पनि उनीहरूको भावनामा ठेस पुग्ने काम गर्नु हुँदैन। हाम्रै लागि भनेर उहाँहरू दिनरात खटिरहनु भएको छ’, उनले भने, ‘जुनसुकै कुराको आवश्यकता परेपनि मलाई भन्नुहोला भनेर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई भनिसकेको छु। म आफूले भ्याएसम्म हरसम्भव् उहाँहरूलाई सहयोग गर्न तयार छु र गरिरहेको पनि छु।’

उनले आफूले लकडाउनको पूर्ण पालना गर्दै आवश्यक दूरी कायम गर्दै प्रहरी र स्वास्थ्यकर्मीसँग ग्राउन्ड लेवलमा खटिएर काम गरिहरेको बताए।

नगरपालिकाले जनताका लागि प्रदान गर्नुपर्ने अभिभावकत्वमा कुनै कमि हुन नदिने बताउँदै उनले कुनै समस्या भए तुरुन्त खबर गर्न आग्रह गरे। अर्को जिल्ला जानै पर्ने निकै समस्यामा परेका नागरिकहरूको पनि उद्धार गरेर आफूहरू सम्बन्धित क्षेत्रमा सुरक्षीत साथ पुर्‍याउने गरेको उनले बताए। प्रहरी र स्थानीय प्रशासनको पत्रको आधारमा त्यस्ता अप्ठ्यारोमा परेकाहरूको उद्धार कार्य जारी रहेको उनको भनाई छ।

त्यहाँ धार्चुला भएर मानिसहरू आउँछन्। अहिले परशुराम नगरपालिकामा दुई वटा क्वारेन्टाइन प्रयोगमा ल्याएका छन्। आवश्यक जोखिमलाई मध्यनगर गर्दै थप सात/आठ स्थानमा क्वारेन्टाइन तयार पारिएको मेयर साउदले बताए।

उनले अहिले चिकित्सकका लागि आवश्यक पर्ने पिपिई लगायत अत्यावश्यक सामग्रीको अभाव नरहेको बताए। उनी सरकारले गरेको लकडाउन एक साता अघिनै गरेको भए अहिलेको भयावह अवस्था नआउने बताउँछन्।

‘भारतसँगका नाकाहरू निकै अगाडि बन्द गर्नु पर्यो। हामीले यहाँका नाका चैत्र ४ गतेबाट नै बन्द गरेका थियौैं’, उनले भने, ‘नगरपालिका भित्रका परिगाउँ र सिजनज्याला गाउँसँग जोडिएका नाकाहरू हामीले चैत्र ४ गतेबाट नै बन्द गरिसकेका थियौं।’

तर, मेयर साउद प्रदेश सरकारका गतिविधिबाट भने सन्तुष्ट छैनन्। उनले प्रदेश सरकारले सबै स्थानीय तहलाई सम्बोधन हुनेखालको कुनै पनि कार्यक्रम ल्याउन नसकेको गुनासो गरे। ‘सबै स्थानीय निकायसँग छलफल गर्नुपर्ने थियाे। किनकी यो सबैको साझा लडाई हो। सरकारले धनगढीमा के गरेको छ, थाहा छैन। धनगढी बाहिर भने केही गरेको छैन। समस्या खेपेर हामी आफै आफ्नो बलबुताले भ्याएसम्म लडिरहेका छौं’, उनले भने।

‘प्रदेश सरकारको सहयोग बिनै हामीले गर्न सक्ने भनेको बाहिरबाट मान्छेलाई आउन नदिने, आएका मान्छेलाई क्वारेन्टाइनमा राख्ने, जनचेतना जगाउने, सुरक्षाकर्मीलाई अत्यावश्यक सामग्रीको प्रवन्ध गर्ने हो। त्यो हामीले गरिरहेका छौं’, उनले भने। उनले आफूहरूसँग भएको स्रोतसाधनले त्यत्तिमात्र गर्नसक्ने जानकारी दिए।

उनी सरकारले पचास वर्षभन्दा माथिका सबै व्यक्तिको स्वास्थ्य परिक्षण गरि जनतालाई राज्य भएको महशुस् गराउनु पर्ने बताउँछन्। संकास्पद व्यक्तिको पनि चाँडो स्वास्थ्य परिक्षण गर्न सके ठूलो जोखिमबाट बच्न सकिने उनको तर्कछ। यसले सरकार, जनप्रतिनिधि र जनताको बिचमा माधुर्यता कामय भइराख्ने मेयर साउदको बुझाई छ।

जनताले पनि यो हाम्रै जीवन रक्षाका लागि गरिएको हो भन्ने बुझेर डकडाउन लगायत सरकारका निर्देशनको पालना गरिदिनुपर्ने मेयर साउदले बताए। विदेशबाट आएकाहरूलाई पनि स्थानीय सरकारको सम्पर्कमा आइसहयोग गर्न उनको आग्रह छ।

‘प्रत्यक स्थानीय तहमा एउटा अस्पताल र प्रत्यक वडामा अत्यावश्यक स्वास्थ्य सामग्री भयो भने हामी बेला–बेलामा देखिने यस्ता महामारीसँग सजिलै लड्न सक्छौं’, उनले भने, ‘सरकारले पनि अहिलेको यो विषम परिस्थितिबाट पाठ सिकेर आगामी दिनमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

सबैभन्दा ठूलो स्वास्थ्य रहेको र भोलि जीवन रहे मात्रै अन्य काम गर्न सकिने बताउँदै उनले सरकारको ध्यान पूर्ण रुपमा जनताको जीवन रक्षामा केन्द्रित हुनुपर्ने बताए। ‘सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको कुरा बाहिरिरहेको छ। जुन निकै लज्जाको विषय हो। केही देशका नागरिकले पैसाको काम रहेनछ भन्दै सडकै रुपैयाँ फालिरहेका तस्बिर पनि बाहिरिएका छन्। त्यसैले सबैभन्दा ठूलो जीवन नै हो। सरकारले पनि त्यो कुरालाई बुझ्न जरुरी छ’, उनले भने।

उनले आफू ग्रउन्ड लेबलमा खटिएर काम गरिरहेको र त्यसरी काम गरिरहेको फोटो जनताले मन पराएर सामाजिक सञ्जालमा हाल्दा नराम्रो टिकाटिप्पणी हुने गरेकोप्रति भने चित्त नबुझेको बताए।

‘म जनताको सेवक हुँ। मैले जनताका समस्याको सम्बोधन गर्नुपर्छ। कसैले एक तस्बिर खिचेर सामाजिक सञ्जालमा हालोस् भनेर म घर–घर पुगेर राहत प्रदान गर्ने लगायतका काम गरिरहेको होइन। तर, कतिपय मान्छेले सहयोग गरिरहेका तस्बिरहरूलाई प्रयोग गरेर अन्तर्गल प्रचार गरिरहनुभएको हुन्छ। जुन गलत हो। यतिवेला पार्टीको झोले कार्यकर्ताभन्दा माथि उठेर समाजको जिम्मेवार नागरिक बनेर प्रस्तुत हुनुपर्छ’, उनले भने।

उनले कसैले मन नपराएर तारिफ गर्न नसकेपनि राम्रा काम गर्दा गर्दै यस्तो विपद्को बेला गलत अपबाह फैलाउनु मानव धर्म विपरित भएको बताए। आफू जनताको प्रतिनिधि भएकाले सबै अभिभावक बन्न खोज्ने पथमा रहेको मेयर साउदको भनाई छ।

उनले अहिले नगरपालिकाको सुरक्षाका लागि केही सैनिक र प्रहरीहरू पनि थपिएर काम गरिरहेको जानकारी दिए।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

न पिपिई, न ज्वरो नाप्ने यन्त्र, क्वारेन्टाइनमा मान्छे राख्नुको मात्रै के अर्थ?

दार्चुला शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले स्वास्थ्य उपकरणबिनाको क्वारेन्टाइन राख्नुको अर्थ नरहेको तीतो पोखेका छन्। यस्तो गम्भीर समस्या हुँदाहुँदै पनि कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि उनको नगरपालिकाले महामारी नियन्त्रणका लागि दुई ठाउँमा क्वारेन्टाइन निर्माण गरेको छ।

क्वारेन्टाइन भए पनि स्वास्थ्य सामग्री अभावले उनीहरूको दैनिक स्वास्थ्य परीक्षण गर्न समस्या भएका कारण मेयर धामीले उपकरणबिना क्वारेन्टाइनको कुनै अर्थ नहुने बताएका हुन्।

‘स्वास्थ्य सामग्रीबिना कसरी भाइरस परीक्षण गर्नु? नगरपालिकामा न त पिपिई छ, न थर्मल गन,’  मेयर धामीले हेल्थपोस्टनेपालसँग भने ‘स्वास्थ्य उपकरणबिना क्वारेन्टाइन राख्नुको कुनै औचित्य छैन।’

उनले स्वास्थ्य सामग्री अभावले स्वास्थयकर्मी उच्च जोखिममा रहेको र उनीहरू उपकरणबिना नै काममा खटिइरहेको बताए।

सुदूरपश्चिमका चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पूरै सुदूर त्रसित बनेको छ। भाइरस संक्रमणको परीक्षण तथा नियन्त्रण गर्ने अन्य विकल्प नभएपछि दार्चुलाको शैल्यशिखर नगरपालिका आफैंले मास्क सिलाएर वितरण गरिरहेको छ।

‘परीक्षणका लागि स्वास्थ्य सामग्रीको अभाव भएपछि प्रत्येक वडालाई मास्क सिलाएर वितरण गर्न भनेका छौ,’ उनले भने, ‘थर्मोमिटरले मात्रै काम गर्नु परिरहेको छ, काम गर्न गाह्रो भएको छ।’

नगरपालिकाले मास्क किन्न खोजे पनि कतै नपाइएको उनले बताए।

किन्न खोज्दा पनि नपाएपछि नगरपालिकाले सुतीको कपडाबाट मास्क सिलाएर बाँडेको हो।

‘क्वारेन्टाइनमा बसेकालाई जाँच गर्दा पनि स्वास्थ्यकर्मीलाई गाह्रो भएको छ। जोखिम मोलेर स्वास्थ्यकर्मी खटिइरहनुभएको छ,’ उनले भने।

खुला सिमाना भएकाले भारत तथा अन्य क्षेत्रबाट आउनेबाट पनि जोखिम थपिएको उनले बताए। नगरपालिकाले दुई ठाउँमा क्वारेन्टाइन निर्माण गरेको छ जसमा गोकुलेश्ववरमा चार र बलाचमा १४ जना छन्।

हालसम्म क्वारेन्टाइनमा रहेका र अन्य कुतै पनि कोरोना भाइरसको लक्षण देखिएको छैन।

नगरपालिकाले गोकुलेश्वरमा ३० र बलाचमा १६ शैय्याको क्वारेन्टाइन निर्माण गरेको छ।

‘भाइरसको महामारी रोकथाम र उपचारका लागि कोष स्थापना गर्न जनप्रतिनिधिको तीन बैठकको भत्ता कटौती र अन्य कर्मचारीको तीन दिनको तलब काट्ने निर्णय गरेका छौ,’ धामीले भने, ‘कोष २५ लाखको हुनेछ जसमा ४ लाख प्रदेश सरकारले सहयोग गरेको छ भने बाँकी २१ लाख नगरपालिकाकै छ।’

नगरपालिकाले उपचारका लागि गोकुलेश्वरमा ४६ क्वारेन्टाइन बेड र चार आइसोलेसन वार्ड निर्माण गरेको छ। सर्वसाधारणको स्वास्थ्य परीक्षणका लागि नगरपालिकाले नगरभित्रका पनेबाज, बगौरा, गोकुलेश्वर, देथला, बलाचलगायतमा हेल्थ डेस्क स्थापना गरेको छ।

त्यस्तै, बैतडीको नाका भएकाले नगरभित्रको कर्कलेमा पनि हेल्थ डेस्क राखिएको छ। भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नगरपालिकाले सबै वडामा स्वयंसेविका खटाएको धामीले बताए।

लकडाउनले समस्यामा परेका विपन्न, गरीब, असहाय तथा दैनिक ज्यालामजदुरी गरेर गुजारा गर्नेको तथ्यांक संकलन गर्ने काम भइरहेको र उनीहरूलाई राहत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्र करिब १ सय स्वास्थ्यकर्मी र दुईथान एम्बुलेन्स छन्। भाइरस महामारी नियन्त्रणका लागि लकडाउन पालना गर्न मेयर धामीले सर्वसाधारणलाई अपिल गरेका छ्न।

‘यो सार्वजनिक स्वास्थ्यको सवाल हो। यसमा सबैको साथ र सहयोगको आवश्यकता छ, सबैले मिलेर महामारीको सामना गर्नुपर्छु,’ धामीले भने।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्वास्थ्य सामग्री र जनशक्ति अभावले आफैं बिरामी छौं : मे.सु. सेती प्रादेशिक अस्पताल

अहिले कोरोना संक्रमणले सुदूरपश्चिम प्रदेश निकै जोखिमपूर्ण छ। धनगढीमा लकडाउनको कडा कार्यान्वयन गरिएको छ। मान्छेहरूलाई घर बाहिर निस्किन दिइएको छैन। के कोरोना रोकथामका लागि त्यत्ति मात्रै प्रयाप्त छ?

कोरोनासँग लड्ने सिपाही चिकित्सक हुन्। देशभर चिकित्सकीय सामग्री र जनशक्ति अभाव रहेको गुनासो व्यापक छ।

सामग्रीबिनै र थोरै जनशक्ति उपचारमा खटिरहेको छ। सुदूरपश्चिमको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा दिनहुँ सयौं बिरामीको उपचार हु्न्छ। सरकारले पनि त्यही अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ। सेतीमा चार जना कोरोना संक्रमितको उपचार पनि भइरहेको छ। यस्तो बेला त्यहाँका चिकित्सकले कसरी काम गरिरहेका छन्? अस्पतालले संक्रमितको उपचारका लागि कस्तो व्यवस्था मिलाएको छ? सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयसँग हेल्थपोस्ट नेपालका लागि यज्ञराज जोशीले गरेको कुराकानीः

सेती प्रादेशिक अस्पतालमा कोरोनाका बिरामीको अवस्था कस्तो छ र उपचार कसरी भइरहेको छ?

हामीलाई कोरोनाको उपचार गर्ने अस्पताल तोकिएको छ। सरकारको त्यही निर्देशन बमोजिम हामीले २४ बेडको कोरोना उपचार कक्ष निर्माण गरेका छौं। र, त्यहीँ राखेर कोरोना संक्रमितको उपचार गरिरहेका छौं। कोरोना कक्ष छुट्टै छ। अन्य व्यवस्थापन अलग्गै बनाएका छौं। त्यहाँ हामी २४ जना बिरामीको उपचार गर्न सक्छौं।

दुई चार दिनभित्रै पाँच बेडको आइसियु पनि तयार गरेर सञ्चालन गर्ने गरी काम भइरहेको छ। अहिले पाँच जना बिरामीको उपचार भइरहेको छ। जसमा चार जना पोजेटिभ छन् भने एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरूको उपचारका लागि डाक्टर नर्सहरूको ‘ए’, ‘बी’, ‘सी’ गरी तीन जनाको टोली बनाएर सेवा प्रदान भइरहेको छ।

एक हप्ता एउटा टोली, अर्को हप्ता अर्को टोलीले गरेर चिकित्सकहरूले डब्लुएचओले दिएको सिद्धान्त अनुसार नै काम गरिरहेका छन्। त्यसरी उपचारमा संलग्न चिकित्सकहरूलाई अलग्गै होटेलमा बस्ने व्यवस्था गरिएको छ।

पिपिई पनि सुरू–सुरूमा निकै कम थियो। अहिले विस्तारै आपूर्ति हुँदैछ। अहिलेसम्म त जसोतसो सेवा दिइरहेका छौं। तर, भोलि बिरामीको संख्या बढ्यो भने पिपिईलगायत स्वास्थ्यकर्मीको समस्या हुन्छ होला।

एउटा टोलीमा कति जनाको टोली खटिएको छ?

सबै ६३ जना हुनुहुन्छ। उहाँहरूले तीन सिफ्ट बनाएर काम गरिरहनु भएको छ।

कोरोनासँग लड्न अस्पतालको थप तयारी के छ?

हामीले अस्पतालको क्षमताले भ्याएसम्मको काम गरिरहेका छौं। हामीले सक्ने भनेको पनि यति नै हो। यो भन्दा बढी संक्रमण देखिए प्रदेश सरकार र संघीय सरकार लगायत सम्बन्धित निकायले समन्वय गरेर थप तयारी गर्नुपर्छ। किनकि, यो अस्पतालको मात्र नभएर समग्र देशकै चिन्ताको विषय हो। यो भन्दा धेरै बिरामी आए भने अस्पताको स्रोत-साधनले भ्याउन सक्ने अवस्था हुँदैन। त्यो प्रदेश सरकारले जिम्मा लिनुपर्ने हुन्छ।

पुरानो मौजुदा मेनपावरले पचास बेडको अस्पतालमा २ सय ४० बेड चलाइरहेको अवस्था थियो। १२-१५ जना विशेषज्ञको कमी पहिलादेखि नै थियो। कोरोनाको महामारी आइसकेपछि त झन् थप जनशक्ति चाहियो भनेर हामीले प्रदेश सरकारलाई मौखिक रुपमा पनि आग्रह गरेका थियौं।

आइसियु र भेन्टिलेटरको अवस्था कस्तो छ?

हामीसँग पहिलेदेखि पाँच बेडको आइसियु र एउटा भेन्टिलेटर थियो। त्यहाँ कोरोनाका बिरामीलाई लगेर राख्न मिल्दैन। त्यसो गर्दा अरुमा पनि संक्रमण सर्ने जोखिम हुन्छ। मैले अघि भनेजस्तै हामी अर्को आइसियु निर्माण गरिरहेका छौं। त्यो दुई-तीन दिनमै तयार हुन्छ होला।

त्यसो भए अरुमा संक्रमण नफैलियोस् भनेर अस्पतालले बलियो प्रवन्ध मिलाएको छ?

साधारण अस्पतालमा कोरोनाका बिरामीलाई हेर भनेर सरकारले भन्नु उपयुक्त हुँदैन थियो। तर, पनि यहाँको रिसोर्स निकै कम भएकाले अर्को ठाउँमा तुरुन्त व्यवस्थापन गर्न नसकेबाट पनि हामीले व्यवस्थापन गरेका छौं। नेपालमा देखिएकामध्ये आधा बिरामी नै यतै देखिएको अवस्था छ। हामीले सकेसम्मको राम्रो सुरक्षा व्यवस्था अपनाएका छौं।

भरतपुरमा अलग्गै कोरोना अस्पताल भनेर खोलिएको छ। त्यस्तो गर्‍यो भने त्यहाँ काम गर्ने मेनपावर अलग्गै हुन्छ र उनीहरूसँग पब्लिक कनेक्सन पनि हुँदैन। अहिले यता त नर्मल सेवा पनि प्रभावित भइरहेको छ। प्रदेश सरकारले त्यसमा ध्यान दिनुपर्छ।

तपाईंहरूलाई प्रदेश सरकार र संघीय सरकारबाट कस्तो सहयोग प्राप्त भइरहेको छ?

यो प्रदेश मातहत गइसकेको अस्पताल भएकाले प्रदेश सरकारले सहयोग गरिरहेको छ। तर, यो ठूलो महामारी भएकाले उपकरण, पिपिईदेखि जनशक्तिसम्ममा संघीय सरकारले हेर्नुपर्छ। जनशक्तिका लागि प्रदेश सरकार र हामीले मागेर पनि पाइरहेका छौं। बजेट लगायतका कुरा प्रदेश सरकारले हेर्ने हो।

जनशक्तिका लागि प्रदेश सरकारले के भनिरहेको छ?

पुरानो मौजुदा मेनपावरले पचास बेडको अस्पतालमा २ सय ४० बेड चलाइरहेको अवस्था थियो। १२-१५ जना विशेषज्ञको कमी पहिलादेखि नै थियो। कोरोनाको महामारी आइसकेपछि त झन् थप जनशक्ति चाहियो भनेर हामीले प्रदेश सरकारलाई मौखिक रुपमा पनि आग्रह गरेका थियौं। चार जना संक्रमित आइसकेपछि हामीलाई बेहोस् पार्ने डाक्टर तीन जना, फिजिसियन पाँच जना मेडिकल अफिसर दस जना, तीस जना स्टाफ नर्स हामीलाई चाहिन्छ भनेर प्रदेश सरकारलाई पत्रचार गरिसकेका छौं। प्रदेश सरकारले माथि समन्वय गरिरहेको होला भन्ने हाम्रो विश्वास हो।

त्यसो भए अहिलेसम्म केन्द्रबाट चिकित्सक आएको अवस्था छैन?

हो। अहिले केन्द्रबाट कुनै पनि मेनपावर आएको छैन। प्रदेशबाट पनि कुनै आएको छैन। अस्पताल आफैंले करारमा, ज्यालादारीमा लिएका कर्मचारी मात्रै हुन्। दरबन्दीका केही चिकित्सकहरू पहिलेदेखि नै कार्यरत हुनुहुन्छ।

चार जना संक्रमितको उपचार भइरहेको अस्पतालमा थप जनशक्ति पठाउने लगायत अन्य कुरामा सरकार गम्भीर बन्नु पर्ने होत्यो देखिएन हैन?

चार जना देखिसकेको अवस्थामा केन्द्र सरकारबाट नै सम्बोधन हुनुपर्ने हो। यसले महामारीको रुप लेला, समाजमा फैलिएला होला, त्यसैले यसलाई रोक्नका लागि माथिबाट मेनपावर पठाउनुपर्छ भनेर फटाफट पठाइहाल्नुपर्थ्यो। हाम्रोतर्फबाट हामी गरिरहेका छौं। योभन्दा बढी हाम्रो गर्न सक्ने अवस्था नै छैन।

अस्पतालमा कति दरबन्दी छदरबन्दी अनुसारका चिकित्सकको अवस्था कस्तो छ?

नर्सिङ जनशक्ति अभाव छैन। अहिले जनशक्तिको संख्या ठ्याक्कै कुनमा कति भन्न नसके पनि अन्य क्षेत्रमा ५० प्रतिशतभन्दा कम छ। साधारणतर्फको एउटा हुन्छ, विकास समितिको हुन्छ, कार्यक्रमतर्फका हुन्छन्, ज्यालादारीका हुन्छन्, करारमा हुन्छन्। यी सबै क्षेत्रमा ५० प्रतिशत भन्दा कम नै छ जनशक्ति। अरुले काम गरिरहेको अवस्था भए पनि चिकित्सकको अपर्याप्तता भने निकै छ।

हामी यत्रो जनरल बेड चलाइरहेको छौं। सुत्केरी नै दैनिक २०-२२ जना हुन्छन्। दिनकै चार-पाँच जना सुत्केरीको अप्रेसन हुन्छ। इमरनेन्सी अप्रेसन अरू पनि हुन्छन्। यसले केही हदसम्म थुप्रै खालका सेवाहरू प्रभावित हुने भए। कोरोनाका बिरामी यहाँ राखेका छन् भनेर बिरामी आउन डराउँछन्। उपचारै नपाएर मृत्यु हुने जोखिम पनि बढ्ने भयो। कोरोनाभन्दा पनि जनरल केसबाट मान्छेहरू मरिरहेका घटना बाहिरिरहेका छन्।

चिकित्सको अपर्याप्तता पहिले नै भएको अवस्थामा अहिले अस्पतालमा अत्यन्त क्रिटिकल केस आउँदा उपचारमा झनै समस्या थपिएको होला नि हैन?

हो। हामी अहिले झनै समस्या खेपिरहेका छौं। यसै अस्पतालाई कोरोनाको उपचारका लागि तोकिएपछि बिरामीहरू आउन डराइरहेका छन्। अन्यत्र जाँदा पनि उनीहरूले अहिले राम्रो उपचार पाइरहेको अवस्था छैन। किनकि, उनीहरूसँग पनि पिपिई लगायत अत्यावश्यक सामग्री छैन।

हामी यत्रो जनरल बेड चलाइरहेको छौं। सुत्केरी नै दैनिक २०-२२ जना हुन्छन्। दिनकै चार-पाँच जना सुत्केरीको अप्रेसन हुन्छ। इमरनेन्सी अप्रेसन अरू पनि हुन्छन्। यसले केही हदसम्म थुप्रै खालका सेवाहरू प्रभावित हुने भए। कोरोनाका बिरामी यहाँ राखेका छन् भनेर बिरामी आउन डराउँछन्। उपचारै नपाएर मृत्यु हुने जोखिम पनि बढ्ने भयो। कोरोनाभन्दा पनि जनरल केसबाट मान्छेहरू मरिरहेका घटना बाहिरिरहेका छन्।

अस्पतालमा अक्सिजनको उत्पादन र पर्याप्तताको अवस्था कस्तो छ?

अक्सिजनको पर्याप्तता एकदम राम्रो छ। हामीले अक्सिजन प्लान्ट राखेको एक दुई महिना भइसक्यो। बेड-बेडमा अक्सिजन जोड्न लगाएर कोरोनाको बिरामीलाई पूर्ति गरेका छौं। लकडाउनको बेलामा पनि मेन्टिनेन्सका मान्छेलाई बोलाएर हात जोडेर १६ ठाउँमा जोड्न लगाएका छौं। आइसियु बेडमा पनि अक्सिजनका पाइप जोडेर आपूर्तिको व्यवस्था मिलाएका छौं।

कोरोनाका बिरामीलाई बस्ने ठाउँमा वाइफाइको व्यवस्था, सिसिटिभी क्यामेरा, तातोपानीको व्यवस्था, मोबाइल चार्जरको व्यवस्था, तुथपेस्ट र साना–साना साबुनका प्याकेट दिनेलगायत अत्यावश्यक वस्तु पनि अस्पतालले प्रदान गरिरहेको छ। होटेलवालालाई ठेक्का दिएर बिहान-बेलुका खाना शि:शुल्क खुवाउने व्यवस्था पनि हामीले गरिरहेका छौं।

प्रयोगशालामा जनशक्तिको अवस्था कस्तो छ?

पहिलेदेखि नै जनशक्तिको अवस्था कमजोर थियो। अहिले सरकारले पिसिआर मेसिन पठाइदिएको छ। पिसिआर मेसिनबाट दिनमा आठ-दस जना भन्दाबढीको परीक्षण गर्न सकिने अवस्था छैन। केही नहुनु भन्दा हुनु ठिक हो भन्ने हो। यसले समग्र सुदूपश्चिम भ्याउने कुरै भएन। सेतीलाई मात्रै परीक्षण गर्नलाई पनि पुगिरहेको छैन। भर्खरै कृषि मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्य मन्त्रालयले एउटा मेसिन पशुपन्छी प्रयोगशालामा राखेको छ। त्यो चाँडै सञ्चालनमा आउँछ होला। त्यो सञ्चालनमा आयो भने अलि सहज होला। त्यो हाम्रो अन्तर्गतभन्दा पनि भेटनरी र कृषिले गर्छ होला।

अनि आइसियुका लागि स्पेशल व्यवस्था के छ?

एक जना मात्रै बेहोस् गर्ने डाक्टर हुनुहुन्छ। अन्य तीन जना फिजिसियन हुन्। उहाँहरूले पनि पुरानै वार्डमा काम गर्नुपर्‍यो। पुरानै आइसियुमा काम गर्नुपर्‍यो। मेडिकल वार्डमा काम गर्नुपर्‍यो। बृद्धबृद्धा वार्डमा काम गर्नुपर्‍यो। डिउटीमा २४सैं घन्टा बस्नु पर्‍यो। कुनै क्रिटिकल केस आउँछ। बोलाउनु पर्छ।

एक जनाले उता पनि हेर्दा यता पनि हेर्दा थप जोमिख बढ्यो नि हैन?

यसले एकदमै जोखिम हुन्छ। मेनपावर हामीले पनि कहाँबाट ल्याउने? कसैलाई तलब दिन्छु भन्दा पनि यो क्षेत्रमा आउँदैनन्। केन्द्रबाटै सरकारले एउटा रोटेशनजस्तो गरेर त्यहाँ भएका चिकित्सक साथीहरूलाई दुई-तीन महिनाका लागि पठाउन सक्छ। तीन-तीन महिना केन्द्रबाट आउनै पर्ने बाध्यकारी नियम बनाइदियो र तपाईंले यसरी सेवा गरेबापत यो सेवा पाउने भन्ने खालको केही बनायो भने सबै सहज रुपमा आउने थिए। तिमी सेतीमा वा पश्चिममा जाउ भन्यो भने कोही आउनेवाला छैनन्।

यो क्रिटिकल समय हो। भारतबाट यो क्षेत्रमा थुप्रै मान्छे आएका छन् र उनीहरूको परीक्षण हुन सकिरहेको छैन। सरकारले त यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु पर्थ्यो नि हैन?

एकदमै हो। हामीहरूमो भनाइ पनि यही नै हो। नौ जिल्लाको आशाको केन्द्र भनेकै सेती अस्पताल हो। कसैलाई कोरोनाका शंका लाग्नेवित्तिकै डाक्टरसाप पठाइदिउँ भनेर उताबाट यता धपाउने मात्र काम भइरहेको छ। अहिले जनशक्ति र सामग्री अभावमा जटिल केसलाई मात्र   हेर्न सक्ने अवस्था छ। यसरी सामान्य बिरामीहरू थुप्रै दिँदा उपचार गर्न झन कठिन भएको छ।

बाहिर चिकित्सकले उपचार गरेर भनेर हामीलाई गाली गर्ने। भित्र जनशक्ति र सामग्रीको अभावले के गर्ने भन्ने हाम्रो आफ्नै समस्या छ। हाम्रो विचारमा टिकापुरलाई, महाकालीलाई राम्रो बनाई त्यहाँ पनि उपचारको व्यवस्था मिलाउनु पर्‍यो। पहाडी क्षेत्रका लागि डडेल्धुराबीचमा छ। त्यहाँ पनि राम्रो सेवा सुविधा थपिदिनुपर्‍यो। केन्द्र सरकारले गरिदियो भने खासै गाह्रो छैन जस्तो लाग्छ।

हतियारबिना कोरोनाको महामारीसँग लडिरहेका चिकित्सकहरूको मनोबल बढाउन पर्नेमा सरकारले त्यो गर्न सकिरहेको छैन?

मनोबल बढाउने कुरा त परै जावस्। सरकारले झनै सुरक्षाकर्मी र चिकित्सकको तलब काट्ने भन्ने समाचार सुनिएको छ। जीवनको बाँजी लगाएर दिनरात नभनी सेवा खटिरहेकाहरूका लागि आत्मबल बढ्ने कार्यक्रम ल्याउनुपर्नेमा यसले मनोबल बढ्ने होइन, घट्दै गइरहेको छ।

यतिबेला सबैले मिलेर कोरोना महामारीसँग लड्ने हो। सरकारले पनि हामीलाईं आवश्यक पर्ने सामग्री प्रदान गर्नुका साथै मनोबल बढाउने काम गरिदियो भने राम्रो हुन्थ्यो। स्वास्थ्य क्षेत्र मा होमियो भने काम त नगर्ने भन्ने हुँदैन।

कोरोना संक्रमित चारै जनाको अवस्था कस्तो छ?

सबैको अवस्था सामान्य नै छ।

अनि पिपिई लगायत अत्यावश्यक वस्तुको अवस्था नि?

सुरू–सुरूमा निकै गाह्रो थियो। अहिले तीन चार दिन तीन चार दिनलाई पुग्ने सामान मौज्दात छ। अहिले बिरामीलाई हेर्न जाँदा पनि नभई नहुनेले लगाएर जानेर बचत गर्ने गरेका छौं। यसमा चाहिँ हामी कसैलाई दोष दिँदैनौं। यत्तिको भयो भने काम चल्छ।

अन्त्यमा केही भन्नु छ?

यतिबेला सबैले मिलेर कोरोना महामारीसँग लड्ने हो। सरकारले पनि हामीलाईं आवश्यक पर्ने सामग्री प्रदान गर्नुका साथै मनोबल बढाउने काम गरिदियो भने राम्रो हुन्थ्यो। स्वास्थ्य क्षेत्र मा होमियो भने काम त नगर्ने भन्ने हुँदैन। नकारात्मक टिका टिप्पणी गर्नेभन्दा पनि सकरात्मक सोचको विकास गरेर अगाडि बढ्नुपर्छ। जनताहरूले पनि सरकारले दिएको निर्देशन पालना गर्नुपर्‍यो। बिरामी हुँदा कोरोनाको शंका लागे अस्पताल आउने गर्नुपर्‍यो।

हामीलाई बरु स्थानीयबाट सहयोग भएको छ। काम गरेर घर जानु भएन। बाई चान्स उहाँहरूलाई संक्रमण भइरहेको र नदेखिएको अवस्था भयो भने परिवारको अन्य मानिसमा पनि सर्ने जोखिम हुन्छ। घरमा सर्‍यो भने समुदाय र टोलमा सर्ने जोखिम हुन्छ। यहाँको उद्योग वाणिज्य संघ नगरपालिकासँग अनुरोध गरेर हामीले हाम्रा चिकित्सक, स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था गरिदिनुस् भने पछि उहाँहरूले १४ बेड साथी होटेलमा पैसा नलाग्ने गरिदिनु भएको छ। १४ दिन डाक्टरहरू त्यहाँ बस्नु हुन्छ। यहाँको डिउटी पनि सकिन्छ। सञ्चो भएपछि घर जानुहुन्छ।

एउटा सरुवा रोगको अस्पताल प्रत्येक प्रदेशमा चाहिन्छ। यसमा सरकारले ध्यान दिनुपर्छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुदूरपश्चिमका स्वास्थ्यकर्मीलाई १५ लाखको बिमा

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई १५ लाख बराबरको बिमा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले संघिय सरकारले ल्याएको स्वास्थ्यकर्मीको बिमा योजनामा प्रदेशका तर्फबाट १५ लाख उपलब्ध गराउने निर्णय गरेको हो। आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले स्वास्थ्यकर्मीका लागि संघिय सरकारले गर्ने बीमामा प्रदेश सरकारले १५ लाख उपलब्ध गराउने निर्णय गरेको बताए ।

यसैगरी बिहीबार बसेको मन्त्री परिषदको बैठकले अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारका लागि हरेक परिवारलाई ३ हजार उपलब्ध गराउने गरी १६ करोड बजेट छुट्याएको छ ।

जुन राहत रकम स्थानीय तह मार्फत परिचालन हुने प्रबक्ता शाहले बताए । उनका अनुसार प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने, ९ वटै जिल्ला प्रसासन कार्यालयलाई ५ लाख र नेपाली सेना, ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागि १५ लाखका दरले ब्यबस्थापनको लागि रकम उपलब्ध गराउने निर्णय गरेको प्रबक्ता शाहले बताए । मन्त्री परिषदको बैठकले प्रदेशमा फाल्गुन मसान्त सम्म तिर्नुपर्ने कर र दस्तुरको अबधि बैसाख मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

‘विदेशबाट आएकालाई नलुकाउनुस्, सबैलाई खतरा हुन्छ’

नेपालका नौजना कोरोना भाइरस संक्रमितमध्ये सुदूरपश्चिममा मात्रै चारजना भेटिएपछि यो प्रदेशलाई अतिसंवेदनशील क्षेत्रका रूपमा हेरिएको छ। तीमध्ये एकजना संक्रमितलाई विदेशबाट आएका संक्रमितबाट भाइरस सरेको पाइएको थियो।

चारैजनाको अहिले धनगढीमा उपचार भइरहेको छ। तर, सुदूपश्चिमका सबै जिल्लालाई एकदमै अलर्टमा राखिएको छ। याे संक्रमणलाई फैलिन नदिनका लागि जारी लकडाउनमा सुदूरपश्चिममा प्रहरी परिचालनकाे रणनीतिका बारेमा सुदूरपश्चिम प्रदेश प्रहरीका निमित्त प्रहरी प्रमुख (एसएसपी) देवबहादुर बोगटीले हेल्थपाेस्ट नेपालसँग कुराकानी गरेका छन्

सुदूरपश्चिम प्रदेशमा चार जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यसको जोखिम नियन्त्रण गर्न नेपाल प्रहरीले कस्तो रणनीति साथ काम गरिरहेको छ?

सर्वप्रथम आफैं सुरक्षित हुनुपर्‍यो। आफू सुरक्षित भएर नागरिकको सुरक्षा गर्ने हो। भारतसँग सम्पर्कको दृष्टिकोणले सुदूरपश्चिम प्रदेश निकै जटिल छ। हामीले अहिले विभिन्न सञ्चारमाध्यम तथा स्थलगत रूपमा सन्देश प्रवाह गरिरहेका छौं। विशेषतः कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि उच्च सावधानी अपनाइरहेका छौं।

कार्यालय वा घरभित्र छिर्नासाथ ग्लोब्स् प्रयोग गर्ने, स्यानिटाइजर र पटक–पटक साबुनपानीले हात धुने गर्नुपर्छ भनेर सचेत गराइरहेका छौं। साथै दूरी कायम गर्नु अर्को मुख्य कार्य हो। हाम्रो ब्यारेक, भान्साहरूमा कोलिन, स्यानिटाइजर, मास्क, साबुनपानीसहित आवश्यक सम्पूर्ण व्यवस्था गरिएको छ। स्वास्थ्य टोली पनि आइराखेको छ।

गड्डाचौकी, दोधारा चाँदनीसहितका नाकाहरूमा खटिने प्रहरीहरूको स्याम्पल लिएर टेस्ट गर्न पठाउँदैछौं। पहिलो चरणमा भारतबाट आएका सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्क भएका प्रहरी कर्मचारीहरूको परीक्षण गरिन्छ। र, हाम्रै आफ्नै स्रोतसाधनलाई परिचालन गरेर पनि सुरक्षित रूपमा काम गर्ने व्यवस्था मिलाइँदैछ।

अनि लकडाउनको प्रभावकारी कार्यान्वयन भएको छ सुदूरपश्चिम प्रदेशमा?

लकडाउन प्रभावकारी कार्यान्वयन गरिएको छ। घरबाट बाहिर ननिस्किनका लागि सचेतना अभियान सञ्चालन गरिँदैछ। लकडाउन उल्लङ्घन गर्नेहरूका सवारीसाधन नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेर पठाउने गरिएको छ, सचेत गराइदिएको छ। समग्र लकडाउनमा जनताको साथ छ। प्रभावकारी भएको छ।

लकडाउनका क्रममा थप जनशक्ति परिचालन गर्नु भएको छ?

कुनै पनि अप्ठ्यारो परिस्थितिमा जिल्ला प्रहरी कार्यालयहरूले थप जनशक्ति माग गर्छन्। गुल्म र गणमा जनशक्ति हुन्छ। डडेल्धुराको पर्शुराम साइडतिर, तातोपानीतिर थप शक्ति पठाइएको छ। सशस्त्र प्रहरी बलसँग पनि हाम्रो समन्वय भइरहेको छ। अहिले महाकाली नदीबाट पौडी खेलेर आउनेहरूमाथि विशेष निगरानी गर्नुपर्ने हुन्छ। त्यसरी आउनेहरूलाई स्वास्थ्य परीक्षण र आवश्यक भएअनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ। क्वारेन्टाइनमा राखेपछि संक्रमण भएको भए पनि फैलिन पाएन। सिमावर्ती जिल्ला तथा बैतडी, डोटी लगायतका जिल्लाहरूमा पनि हामीसँग भएको रिजर्भ शक्ति परिचालन गरिएको छ। भारतसँगका नाकाबाट कसैलाई पनि प्रवेश गर्न दिनु भएन। प्रवेश गरेमा सीमा क्वारेन्टाइनमा पठाउनुपर्‍यो भनेर उच्च सतर्कताका साथ काम गरिरहेका छौँ।

भारतबाट आउने नागरिकहरूलाई क्वारेन्टाइनमा राख्नका लागि प्रदेश र स्थानीय सरकारसँग कसरी समन्वय गरिरहनु भएको छ?

मंगलबार मात्रै पनि मुख्यमन्त्रीज्यूको अध्यक्षतामा बैठक बसेको थियो। हामीले भारतबाट आउनेहरूका सम्बन्धमा आवश्यक पर्ने सामग्रीसहितका विषयमा जाहेर गराएको थियौं। हामीले स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको भूमिका पनि यो कार्यमा महत्त्वपूर्ण हुन्छ। भारतबाट आइसकेपछि ती नागरिकका लागि खान, बस्ने आधारभूत आवश्यकता पूरा गर्नैपर्छ। मान्छे आइसकेपछि सुरक्षा दिने, भाग्न नदिने हाम्रो काम भयो। र, उनीहरूको व्यवस्थापन गर्ने कार्य प्रदेश र स्थानीय सरकारले गर्दै आएका छन्।

नगरपालिका, गाउँपालिका कसको क्षेत्रमा पर्‍यो हेर्ने र स्थानीय सरकारसँग समन्वय गरेर उनीहरूको व्यवस्थापन गरिँदैछ। साथै प्रदेश सरकारसँग पनि आवश्यक समन्वय भइरहेको छ। यही कुरा संघीय सरकारलाई पनि जाहेर गरेका छौँ। जाजरकोट, सुर्खेतसम्मका नागरिक आइराखेका छन्। दार्चुलामा पौडी खेलेरै प्रवेश गरिरहेका छन्। स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारसँगको समन्वयमा उनीहरूलाई व्यवस्थापन गरिएको छ।

प्रदेश नम्बर ५कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकको आवतजावत बढीजसो सुदूरपश्चिमकै जिल्लाहरूबाट हुन्छ। यो क्रममा कोरोनाको जोखिम नियन्त्रण गर्नका लागि प्रहरीले के–कस्ता चुनौतीको सामना गर्नुपरिरहेको छ?

लकडाउन लागू गरिएको छ। नाकाहरू बन्द रहेका छन्। तर, आउने क्रम रोकिएको छैन। छैन। प्रहरीको आँखा छलेर र महाकाली नदीमा पौडिएर नेपाल प्रवेश गर्नेहरू पनि छन्। जताततै खुला सीमा छ। रोक्दा-रोक्दै पनि त्यसरी प्रवेश गर्नेहरू गाउँ जाने र संक्रमण भएमा गाउँमा फैलाउन सक्ने सम्भावना नै प्रमुख चुनौती हो। यो अवस्थालाई दृष्टिगत गरी नेपाल प्रहरीले सबै निकायसँग समन्वय गरिरहेको छ। स्थानीय र प्रदेश सरकारसँग भारतसँग सीमा जोडिएको नाकाहरूमा हामीले विशेष ध्यान दिएका छौं।

यदि कोही व्यक्ति भारतबाट आएमा तत्कालै प्रहरीलाई सूचित गर्न वडा र टोलबासीलाई अनुरोध गरेका छौं। त्यस्ता व्यक्ति संक्रमित हुनसक्ने भएकाले लुकाइछिपाइ नराख्न हामीले अनुरोध गरेका छौं।

प्रहरीको अनुरोधलाई नागरिकस्तरबाट कस्तो सहयोग भइरहेको छ?

नागरिकस्तरबाट प्रहरीलाई सहयोग भइरहेको छ। नागरिकहरू आफ्नो स्वास्थ्यका लागि सचेत हुनुपर्ने बेला हो नि यो। भारतमा धेरै फैलिसक्यो। यहाँ चार जनालाई मात्रै संक्रमण देखिएको छ। उनीहरूको उपचार भइरहेको छ। स्वास्थ्यलाभ हुने क्रममा छ। सुरूमा ‘के होला र!’ भन्ने मानसिकता देखिएको थियो। तर, पछिल्लो समय भारतबाट फर्किएकाहरूको अभिलेख राखेर केही भएमा तुरून्तै क्वारेन्टाइनमा राख्ने गरी तयारी गरेका छौं। जिल्ला–जिल्लामा यही प्रक्रियामा काम भइरहेको छ। अहिलेको अवस्थामा नागरिकपङ्क्तिबाट ज्यादै ठूलो समन्वय भइरहेको छ।

सिमापारि भारतीय क्वारेन्टाइनमा कति नेपालीलाई राखिएको छक्वारेन्टाइनमा रहेकाहरूलाई खाने र बस्ने व्यवस्था कसरी मिलाइएको छ?

नेपालमा कोरोना भाइरसको केस देखिएपछि भारतीय प्रशासनिक अधिकारीहरूमा पनि डर भयो। भारतबाट फर्किंदै गरेका नेपालीलाई त्यहाँकै सरकारले र नेपालमा रहेका भारतीयलाई यतैको सरकारले व्यवस्थापन गर्नेगरी समन्वय भयो। त्यसपछि वनबासा, टनकपुर लगायतका सिमावर्ती क्षेत्रमा व्यवस्थापन गरिएको छ। नेपाल फर्किने क्रममा रहेका नेपालीहरूलाई विद्यालय तथा रङ्गशालाहरूमा राखिएको छ। यहाँ रहेका भारतीय नागरिकलाई हामीले आवश्यक व्यवस्थापन गरेका छौं।

 प्रहरीले आफ्नो सुरक्षाका लागि ध्यान दिनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छसतर्कता कसरी अपनाइरहनु भएको छ?

प्रहरीहरू भित्र मात्रै बसेर हुँदैन। मिटिङ हुन्छ। फिल्डमा जानुपर्छ। विभिन्न स्थानमा रहेका क्वारेन्टाइनहरूमा जानुपर्ने हुन्छ। राहतका कार्यहरू पनि सञ्चालन गर्नुपर्ने हुनसक्छ। प्रहरी साथीहरूको मनोबल बढाउनका लागि म आफैं गएर आफ्नो सुरक्षामा ध्यान दिन र सतर्क रहन भनिएको छु। कोरोनाको जोखिम हुन नदिन आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध गर्ने कार्य पनि भइरहेको छ। कोरोना भाइरसको संक्रमणबाट आफू बच्न अवलम्बन गर्नुपर्ने उपायहरूलाई अपनाएका छौं। नागरिकको सुरक्षा गर्ने सवालमा हामी सधैँ कटिबद्ध रहँदै गर्दा यो महामारीका बेला आफ्नो सुरक्षाका सम्बन्धमा पनि हामी उत्तिकै सतर्क रहेका छौं।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुदूरपश्चिममा पहिलोपटक अनुहारको सफल शल्यक्रिया

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक अनुहारको सफल शल्यक्रिया गरिएको छ । धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले प्रदेशमै पहिलो सफलता हात पारेको हो ।

घाँस–दाउरा गर्ने क्रममा लडेर अनुहारमा चोट बोकेकी मार्मा गाउँपालिका–१ दार्चुलानिवासी ६१ वर्षीया गोवडी महर उपचारका लागि निसर्ग अस्पताल आइपुगेकी थिइन् । उनको उपचारमा शल्यक्रिया अपरिहार्य देखिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरूको टोलीले प्रदेशमै यसअघि नगरिएको शल्यक्रिया गर्ने निर्णय लिएका थिए ।

डा. दीपक ठकुरी, हेमन्त ओझा र लक्ष्मीप्रसाद जोशीलगायतको टोलीले ६ घण्टा लगाएर महरको अनुहारको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । शल्यक्रियामा १० वटा प्लेट प्रयोग गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार महराको शल्यक्रियामा इन्टुबेसन प्रविधिको उपयोग गरिएको हो ।

घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा लडेर महराको अनुहारमा चोट लागेको छोरी कमला ठगुन्नाले जानकारी दिइन् । उपचारपछि महराको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

अल्ट्रासाउन्ड मेसिन खरिद विवादबारे अख्तियारले सामाजिक विकाससचिवसँग बयान लिने

८८ वटा अल्ट्रासाउन्ड मेसिनको खरिदमा मूल्य अभिवृद्धि कर (भ्याट) टेन्डरमा उल्लेख गरिएको रकमभन्दा बढी हुन आउँदासमेत भुक्तानीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भन्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले मन्त्रालयका सचिवलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको हो ।

सचिव तेजराज पाण्डेको सरुवा भइसकेको छ भने नयाँ सचिव शंकरप्रसाद सुवेदी मन्त्रालयमा हाजिर भएका छैनन् । अख्तियारले २८ मंसिर, शनिबारका दिन बयानका लागि उपस्थित हुने बेहोरासहितको पत्र मन्त्रालयमा पठाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार प्रदेश स्वास्थ्य निर्देशनालयले बोलपत्रमा उल्लेख गरिएको रकमभित्रै सबै खरिदप्रक्रिया टुंग्याउनुपर्नेमा भ्याटबापतको रकम बढी दिएको र मन्त्रिपरिषद्मा सोसम्बन्धी प्रस्ताव लगेको विषयमा प्रश्न उठाउँदै बयानका लागि उपस्थित हुन पत्राचार गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशकले अन्य खरिदमा पनि भ्रष्टाचार भएको भन्दै सोही उजुरीमा उल्लेख गरिएको र अल्ट्रासाउन्ड मेसिन खरिदप्रक्रियाबारेको अनुसन्धान सकिएपछि अन्य विषयमा समेत हेरिने उनले जानकारी दिए ।

मन्त्रालयले भ्याटबापतको रकम थपिदिन आफूसित रकम अभाव भएपछि थप रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट निकासा लिएर दिनका लागि मन्त्रिपरिषद्मा सोसम्बन्धी प्रस्ताव गरेको थियो । मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्को २० कात्तिकको बैठकले भ्याटबापतको रकम थप निकासा दिन मिल्ने गरी निर्णय गरेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले सामाजिक विकास मन्त्रालयलाई बयानका लागि बोलाएको पुष्टि गरे । प्रवक्ता विष्टले फाइल अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा भन्न सकिने अवस्था नरहेको बताउँदै सो प्रक्रियामा आवश्यक सबैसित सोधपुछ गरिने बताए ।

प्रदेश स्वास्थ्य निर्देशकले अन्य खरिदमा पनि भ्रष्टाचार भएको भन्दै सोही उजुरीमा उल्लेख गरिएको र अल्ट्रासाउन्ड मेसिन खरिदप्रक्रियाबारेको अनुसन्धान सकिएपछि अन्य विषयमा समेत हेरिने उनले जानकारी दिए ।

अल्ट्रासाउन्ड मेसिन खरिदको टेन्डरअनुसार १२ करोड मूल्यमा प्रदेशभरिका ८८ वटै स्थानीय तहका स्वास्थ्यसंस्थाका लागि ती अल्ट्रासाउन्ड मेसिन खरिद गरिएका हुन् । यो खरिद प्रक्रियामा असन्तुष्ट पक्षले २७ कात्तिकमा अख्तियारमा उजुरी परेको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सुप स्वास्थ्य निर्देशनालयमाथि ५ करोड घोटालाको आरोप, ८८ अल्ट्रासाउन्ड मेसिन खरिदमा चलखेल

सुदूरपश्चिम प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन खरिदमा अनियमितता गरेको सार्वजनिक भएको छ । प्रदेशका ८८ वटा स्थानीय तहमा अल्ट्रासाउन्ड सेवा सञ्चालनार्थ उपकरण खरिद गर्दा अनियमितता भएको आरोप लागेको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ८८ वटा अल्ट्रासाउन्ड मेसिन खरिदका लागि टेन्डर गरेको थियो । सो टेन्डरमा मिलेमतोमा टेन्डर स्वीकृत गरेको आरोप निर्देशनालयमाथि छ । आपूर्तिकर्ता र स्वास्थ्य निर्देशनालयको मिलेमतोमा महँगो मूल्यमा अल्ट्रासाउन्ड उपकरण खरिद गरिँदा झन्डै पाँच करोड रुपैयाँ अतिरिक्त बजेट खर्च भएको देखिएको छ ।

अल्ट्रासाउन्डको एउटा उपकरणका लागि एजी हेल्थ केयर काठमाडौंले बिट रकम ७ हजार डलर राखेर प्रस्ताव पेस गरेको थियो । तर, निर्देशनालयले कमिसनको लोभमा नभएको त्रुटि देखाएर आफ्नो प्रस्ताव अस्वीकृत गरेको एजीको आरोप छ ।
‘मागअनुसारको प्रावधान नमिलेको भन्दै प्राविधिक मूल्यांकनमा उक्त प्रस्तावलाई अस्वीकार गरियो,’ एजी हेल्थ केयरका सञ्चालक पोस्टबहादुर ज्ञवालीले भने, ‘मिलेमतोमा टेन्डर दिने तयारी हुँदा अस्वीकार गरिएको हो, सबै प्रावधान मिलेकै थियो ।’

यता प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भने सार्वजनिक खरिद ऐनअनुसार नै टेन्डर भएको र कुनै अनियमितता नभएको दाबी गर्छन् । अन्य सप्लायर्सले लगाएको आरोपमा कुनै सत्यता नभएको उनले बताए ।

प्रतिउपकरण ७ हजार डलरमा गरिएको प्रस्ताव अस्वीकृत गरेको निर्देशनालयले पछि प्रतिमेसिन झन्डै साढे १२ हजार डलरमा खरिदका लागि बिट रकम राखेको फिलिप्स मेडिकल सिस्टमसँग ठेक्का सम्झौता गरेको थियो । यसले एउटा उपकरण खरिदमा ५ हजार डलर बढी रकम खर्च भएको छ । ठेक्का पारेको फिलिप्स मेडिकल सिस्टमका सञ्चालक विशाल पण्डितले आफ्नो कम्पनीसँग ठेक्का सम्झौता भएपछि मेसिन खरिद गरेर उपलब्ध गराएको बताए ।

यता प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भने सार्वजनिक खरिद ऐनअनुसार नै टेन्डर भएको र कुनै अनियमितता नभएको दाबी गर्छन् । अन्य सप्लायर्सले लगाएको आरोपमा कुनै सत्यता नभएको उनले बताए ।

करिब १२ करोडमा ८८ वटा अल्ट्रासाउन्ड उपकरण खरिद भएकोमा प्रदेश स्वास्थ्य निर्देशनालयले उपकरण खरिद भइसकेपछि थप पौने २ करोड बजेट सामाजिक विकास मन्त्रालयसित माग गरेको छ । १२ करोडको खरिदमा भ्याटबापतको रकम पौने २ करोड आवश्यक भएका मन्त्रालयसित माग गरिएको हो । निर्देशनालयले भ्याटबापतको रकम थप माग गरेर थप अनियमितता गर्न खोजेको समेत आरोप लागेको छ । यता मन्त्रालयका सचिव तेजराज पाण्डेयले भने सोबारे छलफल भइरहेको बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डाक्टरविहीन बन्दै सुदूरपश्चिम प्रदेशका अस्पताल, केन्द्र र प्रदेश ३ मा फालाफाल

लामो समयदेखि अन्योलमा रहेको स्वास्थ्यसेवका कार्मचारीको समायोजन टुंगिने क्रमसँगै नयाँ जटिलता निम्तिन थालेको छ । विशेषज्ञ डिंग्री हाँसिल गरेका मेडिकल अधिकृतदेखि ९औ तहमाथिका सम्पूर्ण चिकित्सकको दरवन्दी संघअन्तर्गत राखेर संघ अन्तर्गतकै अस्पतालमा पदस्थापनमा प्राथमिकता दिँदा प्रदेश अन्तर्गतका अस्पतालहरु रित्तिने अवस्था आएका हो ।

समायोजन–पदस्थापनले निम्त्याउने समस्यको सबैभन्दा ठूलो शिकार सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य उपचारका ठूलो भरोशा बनेको सेती अस्पताल पर्ने अवस्था आएको छ । २ दर्जन दरबन्दी भएरपछि १५ चिकित्सक कार्यरत रहेको अस्पतालमा १२ चिकित्सक एकैपटक अन्यत्रै जाने अवस्था बनेको छ ।
अस्पतालमा मेडिकल सुपेरीटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार विशेषज्ञ दरबन्दीमा रहेका ९ र मेडिकल अधिकृतकै दरबन्दीमा भएपनि विशेषज्ञ डिंग्री भएका र सेवा दिइरहेका थप तीन जना चिकित्सक एकैपटक सेती छाड्दैछन् । ‘पदस्थापनको पत्र मन्त्रालयबाट पठाइसकेको छ रे, आइपुग्न बाँकी छ, आएको ऐनअनुसार नै आएको ती साताभित्र यहाँबाट चिकित्सक गइसक्नुपर्छ,’ उनले भने, ‘त्यसपछि हाम्रो हालत के हुने ?’ ।

संघ अन्तर्गत परेका चिकित्सकले अधिकांश संघ अन्तर्गतकै अस्पातालमा पदस्थापन हुने भएकोले प्रदेश ३ र र केन्द्र सरकारको राजधानीमा चिकित्सक फालाफाल हुने छ भने अन्य प्रदेशमा फेरी चिकित्सकको हाहाकार हुने अवस्था आएको छ ।

समायोजनका क्रममा डा. पाण्डेसहित गाइनोलोजिस्ट डा. खगेन्द्रराज भट्ट र डा. जगदिश जोशीले मात्रै सेती प्रदेश अस्पताल रोजेका छन् । डा. पाण्डेले अस्पतालले प्रदेश सरकारमार्फत् विशेषज्ञका लागि प्रयास गरेपनि चिकित्सक नपाएको भन्दै भरपर्दो वैकल्पिक व्यवस्था नहुँदासम्म संघले प्रदेशका अस्पताललाई वेहाल बनाएर छोड्न नमिल्ने बताए ।

यो अस्पतालले सुदूरपश्चिमा सेतीका १८ लाख र महाकाली अञ्चलका १६ लाख जनसंख्याका लागि प्रमुख रेफरल सेवाको भरोसा बनिरहेको छ । मन्त्रालयबाट स्वीकृत बेड ५० मात्रै भएपछि अस्पतालमा विकाससमिति तथा ७५ बेडको प्रसुती तथा स्त्रीरोग वार्ड सहित झण्डै २ सय ४० वेड सञ्चालनमा छ । दैनिक २५ देखि ३० वडा प्रसुति हुने अस्पतालले ५ सय हाराहारीमा ओपिडी र डेढ सय भन्दा बढीलाई आकस्मिक सेवा पुर्याइरहेको छ । डा. पाण्डेले सेतीसहित वरपरका जिल्लासहित टीकापुर, मालाखेती र महाकाली अस्पतालबाट पनि यसरी नै चिकित्सक अन्यत्र जाने अवस्था आएको सिंगो सुदूर क्षेत्रको स्वास्थ्य सेवा प्रभावित हुने अवस्था आएको बताए ।
स्वास्थ्यमा चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन पदस्थापनमा पटकपटक विवाद उत्पन्न हुँदा समस्या भएको थियो । पछि सरकारी चिकित्सक र चिकित्सकसंघका मागलाई संवोधन गर्दै सरकारले ९, १० र ११ चिकित्सकको दरवन्दी संघ अन्तर्गत राख्ने निर्णय गरेको थियो ।

प्रदेश रोजेका तीबाहेक सेती रहने मध्ये डा. बिसनसिंह बोहरा भदौमा अबकास पाउँदैछन् । डा. अशोक श्रीपाईली, १० औं तहका शेरवहादुर कमर, नवौँ तहका डा. दिनेश सिवाकोटी, नवौँ तहका होमप्रसाद पन्त र नवौँ तहका सुरेन्द्र बस्नेतको भेरी अस्पतालमा पदस्थापन भएको छ । १० औं तहका कपिल गौतमको पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा. प्रमोद जोशीको कान्ती बाल अस्पतालमा पदस्थापन भएको छ ।

महाकाली अस्पतालका पनि २ जनाको प्रदेश बाहिरका अस्पतालमा पदस्थापन भएको छ । महाकालीका डा. शम्भु जोशीको प्रदेशमै पदस्थापन भएपनि नवौं तहका डा. हरिकुमार श्रेष्ठलाई पुल दरबन्दीमा राखिएको छ ।

महाकाली अस्पतालका पनि २ जनाको प्रदेश बाहिरका अस्पतालमा पदस्थापन भएको छ । महाकालीका डा. शम्भु जोशीको प्रदेशमै पदस्थापन भएपनि नवौं तहका डा. हरिकुमार श्रेष्ठलाई पुल दरबन्दीमा राखिएको छ । डा. श्रीकृष्ण भट्टको कान्ती बाल अस्पतालमा पदस्थापन भएको छ । अहिले संघ अन्तर्गत परेको डढेल्धुरा अस्पताल पनि प्रयाप्त विशेषज्ञ छैनन् । संघबाट जुनियारलाई ट्रमा राखेर दशौं तहका बरिष्ठ चिकित्सक डा. बद्री रिजाल सो अस्पतालमा पदस्थापन गरिएको छ ।
नवौं तहका डा. शोभित थापाको पदस्थापन भएपनि उनी असाधारण विदामा छन् त्यसैगरी डा.अमर पौड्याल एक महिने काजमा गएका छन् ।

डा. पाण्डेका अनुसार प्रदेश अन्तर्गतका मालाखेती अस्पताल र टीकापुर अस्पतालमा पनि डाक्टरविहीन हुने अवस्था आएको छ । टीकापुर अस्पतालका डा.नरेन्द्र, डा. शिवराज पनेरु पनि काठमाडौमै पदस्थापन भएको छ । सुदूरपश्चिममा रहेको डडेल्धुरा अस्पताल बाहेक अन्य सबै अस्पताल र स्वास्थ्य चौकीहरु प्रदेश तथा स्थानीय सरकारको मातहतमा राखिएको छ । संघ अन्तर्गत परेका चिकित्सकले अधिकांश संघ अन्तर्गतकै अस्पातालमा पदस्थापन हुने भएकोले प्रदेश ३ र र केन्द्र सरकारको राजधानीमा चिकित्सक फालाफाल हुने छ भने अन्य प्रदेशमा फेरी चिकित्सकको हाहाकार हुने अवस्था आएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै