सिभिल बैंक

सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीलाई ‘क्युआर कोड’ वितरण गरेको छ। क्युआर कोड वितरण कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढी प्रमुख सुवासचन्द्र घिमिरे, बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर चन्द, सिभिलका सुदूरपश्चिम प्रदेश प्रमुख दीपक जोशी, शाखा प्रबन्धक सञ्जोग भट्ट, व्यवसायीलगायतको उपस्थिति थियो।...