सामाजिक सुरक्षा योजना

नेपाल सरकारले सोमबार शुभारम्भ गरेको सामाजिक सुरक्षा योजनामा स्वास्थ्यले प्राथमिकता पाएको छ । मुख्यतः चार स्किममार्फत योगदानकर्तालाई सुविधा उपलब्ध गराउने गरी तयार गरिएको योजनाका दुईवटा स्किम स्वास्थ्यकेन्द्रित छन् । ‘औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा’ स्किमअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोगपरीक्षण, उपचार र औषधिबापतको...