प्रहरीले नै उजुरी दर्ता गर्न नमानेपछि न्याय माग्न म कहाँ जाऊँ ?

मृतक बालिकाका बाबु रामप्रवेश

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुरोगको उपचारका क्रममा बिरामीसित नमिल्ने समूहको रगत चढाइँदा सर्लाहकी ५ वर्षीया बालिका आकृति साहको मुत्यु भएको १० दिन पुगिसकेको छ । मुटुसम्बन्धी समस्या भएकी साहको १७ वैशाखमा केन्द्रले ओपन हार्ट सजरी गरेको थियो ।
अस्पतालको लापरबाहीका कारण बालिकाको ज्यान गएपछि परिवारले छोरीको शव जिम्मा लिन मानेनन् । ‘१० दिनसम्म न्यायका लागि धेरै ठाउँ चहारिसकेँ, तर प्रहरीसमेत उजुरी लिन मान्दैन,’ मृतक बालिकाका बुबा रामप्रवेश साहले रिपोर्टर्स क्लबमा पत्रकारमार्फत भने, ‘अब म न्याय माग्न कहाँ जाऊँ ?’

छोरीको उपचारमा अस्पतालबाट गम्भीर लापरबाही भएको भन्दै उनी रिपोर्टको फाइल बोकेर दिनहुँ महानगरीय प्रहरी परिसर, टेकु र चक्रपथ प्रहरी बिट, महाराजन्ज पुग्छन् । ‘न्याय माग्न जाँदा उल्टै प्रहरीको थर्काइ खानुपरेको छ, रिपोर्टबाट डाक्टरको नाम हटाएर ल्याएमा मात्र रिपोर्ट लिने बताउँछन्,’ साहको गुनासो छ, ‘डाक्टरविरुद्ध नै हालेको उजुरीमा डाक्टरको नाम हटाएपछि कसरी न्याय पाइएला ?’
रामप्रवेश भावुक मुद्रामा थप्छन्, ‘छोरीको शव टिचिङ अस्पताल राखिएको भनिएको छ, तर यत्रो दिनसम्म पनि देख्न पाएको छैन ।’

‘गलत औषधोपचार गरेको तथा नमिल्ने रगत दिएकाले अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको सुनिँदै आएको छ,’ वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भन्छन्, ‘नागरिकको उपचार गर्न बसेका चिकित्सक तथा कर्मचारीको लापरबाहीले कसैको ज्यान जान्छ भने उनीहरूले उन्मुक्ति पाउने अवस्था कानुनले गरेको छैन ।’

छोरीको अप्रेसन गर्दा २ पोका रगत अस्पतालसँगै भएको र थप २ पोकाका लागि ‘ए पोजेटिभ’ ब्लड ग्रुप भएको मानिस बोलाउन अस्पतालले भनेको उनले जानकारी दिए । ‘अस्पतालले भनेबमोजिम नै काम गरियो,’ रामप्रवेश भन्छन्, ‘छोरीसँगै अन्य ६ जनाको अप्रेसन गरेका बिरामीको २४ घण्टाभित्र होस आइसकेको थियो । तर, ४८ घण्टासम्म पनि छोरीको होस किन नआएको भनेर डाक्टरसँग सोध्दा बच्चाको धेरै प्वाल रहेकाले होस आएन ढिलो भएको कारण देखाइएको थियो ।’

अप्रसनको पाँचौँ दिन गएर छोरीलाई हेर्दा नाक, मुख र आँखबाट रगत आएको देखेको उनी बताउँछन् । ‘मैले शंका गरिहालेँ, छोरी अब यो संसारमा छैन, तर डाक्टरले होसमा ल्याउन रगत धेरै चढाएका कारण यस्तो भएको भनेर सबै ठिक हुने वचन दिइरहेका थिए,’ गहभरि आँसुसहित उनी भन्छन्, ‘२३ गते बिहान ३ बजे छोरीको मृत्यु भएको अस्पतालले खबर दियो, लाश बुझेर घर जान अस्पतालका डाक्टरले भनेका थिए, १० दिन भइसक्दा पनि अस्पतालले कुनै तथ्य कुरा बाहिर ल्याएको छैन, उल्टै झुटो रिपोर्ट तयार गरिरहेको छ ।’

लापरबाही ठहर भए फौजदारी मुद्दा ऐनअन्तर्गत कारबाही हुन्छ : अधिवक्ता भण्डारी
‘गलत औषधोपचार गरेको तथा नमिल्ने रगत दिएकाले अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको सुनिँदै आएको छ,’ वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भन्छन्, ‘नागरिकको उपचार गर्न बसेका चिकित्सक तथा कर्मचारीको लापरबाहीले कसैको ज्यान जान्छ भने उनीहरूले उन्मुक्ति पाउने अवस्था कानुनले गरेको छैन ।’ जहाँ कुनै व्यक्तिको अपस्पतालमा उपचार गर्दा उपचारमा संलग्न चिकित्सक, अस्पताल र त्यहाँ कार्यरत कर्मचारीले लापरबाही गरेकै कारणले कसैको ज्यान जान्छ र उपचार गलत भएको ठहर हुन्छ भने यस्ता व्यक्ति तथा संस्थाविरुद्ध फौजदारी मुद्दा चल्ने र ठूलो क्षतिपूर्ति तिर्नुपर्ने अधिवक्ता भण्डारी बताउँछन् ।

‘लापबाहीपूर्ण व्यवहारले मृतकको जाहेरी दरखास्त प्रहरीले लिएको छैन भन्ने आएको छ । हामी चाहन्छौँ, यो देशमा कानुनभन्दा माथि कोही पनि छैन, कुनै व्यक्तिका वा संस्थाका कारण बिरामीको मुत्यु भएको छ भने फौजदारी मुद्दा ऐनअन्तर्गत कारबाही चल्छ,’ उनले भने, ‘तुरुन्तै दोषीविरुद्धको जाहरी सम्बन्धित निकायले लिनुपर्छ र अनुसन्धानको क्रम अगाडि बढाउनुपर्छ ।’

‘मन्जुरीनामामा सुरुमा १ देखि २.५ प्रतिशत मुत्युको सम्भावना रहेको लेखिएको थियो । बच्चाको मुत्यु भएपश्चात् हातले मिलाएर २० देखि ३५ प्रतिशत रहेको लेखिएको छ,’ यादव भन्छन्, ‘रिपोर्ट सबैमा टिपेक्स लगाएर झुटो रिपोर्ट खडा गरिएको छ ।

मिर्गौला फेलको झुटो रिर्पोट देखाएर अस्पताल पन्छिँदै :मृतकका आफन्त
मृतक बालिकाको अप्रेसन गर्नुपूर्व रिपोर्टअनुसार दुवै मिर्गौला नर्मल देखिएको पीडित पक्षको भनाइ छ । ‘अप्रेसनपूर्व रिपोर्टले नर्मल देखाएका दुवै मिर्गौला अप्रेसनपश्चात् फेल भएको रिपोर्ट आएको छ । मिर्गौलाको भागमा चिरफार गरिएको छ,’ रामप्रवेशका मित सुरेन्द्र यादव भन्छन्, ‘अस्पताल मिर्गौला फेल भएको रिपोर्ट देखाएर पन्छिन खोजेको छ, मुटुको अप्रेसन गर्नुपर्नेमा मिर्गौलाको भाग चिरिएको छ ।’
न्यायको माग गर्दा अस्पताल प्रशासनले छानबिनपछि सत्य–तथ्य बाहिर ल्याउने भन्दै ३ दिनको समय मागेकोमा पछि वास्तै नगरेको पीडितका आफन्तको भनाइ छ । ‘इन्साफ दिन गुहार गर्दा अस्पतालल प्रशासनले ३ दिनको समय मागेको थियो, छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्छौं भनी आश्वासन दिएको थियो,’ सुरेन्द्र भन्छन्, ‘अप्रेसन पनि डाक्टरले गर्ने, छानबिन समितिमा पनि उनै डाक्टर रहने, मान्छे पनि आफैँ मार्ने, अनि कसरी न्याय पाउन सकिन्छ ? अस्पतालले सानो प्राविधिक गल्ती देखाएर उम्कने कोसिस गरेको छ ।’

अस्पतालले मन्जुरीनामामा समेत अप्रेसनपूर्वको व्यहोरामा बालिकाको मृत्युपश्चात् सच्याएर कैफियत गरिएको पीडितको आरोप छ । ‘मन्जुरीनामामा सुरुमा १ देखि २.५ प्रतिशत मुत्युको सम्भावना रहेको लेखिएको थियो । बच्चाको मुत्यु भएपश्चात् हातले मिलाएर २० देखि ३५ प्रतिशत रहेको लेखिएको छ,’ यादव भन्छन्, ‘रिपोर्ट सबैमा टिपेक्स लगाएर झुटो रिपोर्ट खडा गरिएको छ । यस्तो प्रशासनबाट कस्तो न्याय पाउने खोइ ?’ निर्मला पन्तको घटनाजस्तै आलटाल गरेर यो घटनालाई पनि दबाउन खोजिएको हो कि भन्ने शंका पीडित पक्षलाई छ ।

अस्पताल प्रशासन भन्छ : मेडिकल काउन्सिलले जिम्मा लिएको छ
अस्पतालले घटनाबारे छानबिनका लागि डा. जेजुनाथ पोखरेलको अध्यक्षतामा छानबिन समिति बनाई समितिको जिम्मा दिएको थियो । तर, मृतकका आफन्तले मेडिकल काउन्सिलमा रिपोर्ट दिएपछि काउन्सिलले अस्पतालका सबै रिपोर्ट लिएर गएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासन प्रमुख दीपेन्द्र खड्का भन्छन्, ‘सबै छानबिनको जिम्मा मेडिकल काउन्सिलले लिएको छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गंगालाल अस्पतालमै गलत समूहको रगत चढाउँदा बालिकाको गयो ज्यान

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रियाका क्रममा गलत रगत चढाउँदा गम्भीर एक बालिकाको अनाहकमा ज्यान गएको छ ।
गंगालाल ह्दयरोग केन्द्रमा उपचाररत सर्लाही सिसौटियाकी आकृति कुमारीको रगत समूह ओ पोजेटिभ भएपनि अस्पतालमा ए पोजेटिभ रगत चढाइएपछि ज्यान गएको हो ।गलत रगत चढाएपछि मिर्गौलालगायतका अंगमा मुख्य समस्य उत्पन्न भएको थियो । अस्पतालका अनुसार सोमबार बिहान ४ बजे बालिकाको आज बिहान मृत्यु भएको भएको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीलाई फरक रगत चढाएर मृत्यु भएपछि अस्पताल प्रशासनले उक्त विषयमा छानबिन अगाडि बढाएको छ ।
अस्पताल प्रशासन प्रमुख गलत ब्लड चढाइएको विषयमा छानबिन टोली गठन गरेको जानकारी दिए । ‘बास्तवमा घटना हेलचक्र्याईले नै भएको रहेछ भने दोसीमाथि कारवाही हुन्छ,’ उनले भने ।

गत बैशाख १३ गते अस्पताल भर्ना गरिएको उनको १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया पनि रगत चढाउँदा गलत परेको थियो ।
फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन् बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो । शल्यक्रियाअघि क्रियटिनिन् शून्य दशमलव ३ एमजिडिएल थियो ।

मृतक बालिकाका आफन्तले रगत चढाउने क्रममा अस्पतालले लापरबाही गरेको आरोप लगाइरहेका छन् । उनीहरुले लापरबाही गर्नेलाई कारबाहीको माग गरेका छन् । ५ वर्षीया आकृतिको मुटुको भाल्वको समस्या देखिएपछि शल्यक्रिया भएको थियो ।

गत बैशाख १३ गते अस्पताल भर्ना गरिएको उनको १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया पनि रगत चढाउँदा गलत परेको थियो ।
फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन् बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो । शल्यक्रियाअघि क्रियटिनिन् शून्य दशमलव ३ एमजिडिएल थियो ।

शल्यक्रियाअघि ३ लाख १३ हजार प्लेटलेट रहेकी ती बालिकाको शल्यक्रियापछि ७ हजारमा झरेको थियो ।
ब्लड ग्रप शरीरमा फरक भएपछि छिटो रियाक्सन भई मिर्गौलाले काम गर्न छाडेर जटिलता उत्पन्न भई बिरामीको मृत्यु हुने गर्छ ।
मृतक बालिकाको आफन्त भने अस्पतालको लापबाहीले ज्यान गएको भन्दै शब उठाउनसमेत इन्कार गरिरहेका छन् । दोसीमाथि कारवाही गर्नुपर्ने र क्षतिपुर्ति दिनुपर्ने उनीहरुको माग छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सिनियरले मिठो बोले जुनियर नर्सले पनि सिक्ने हो

नर्सको सेवाबाट सन्तुष्ट हुनेको संख्या धेरै छ । तर, कतिपयको सोचाइ नर्सहरू संवेदनशील हुँदैनन् भन्ने पनि छ, जुन सत्य होइन । यदि अस्पतालमा कुनै बिरामीको मृत्यु भएमा त्यो घटनाले नर्सलाई घर पुगिसकेपछि पनि सुत्न दिँदैन । युवा तथा बालक बिरामीको मृत्यु भएका त झन् रुनै आउँछ । कसैले घरको कमाउने सदस्य नै गुमाएको घटनाले कसलाई पो विह्वल नबनाउला र ! नर्सको प्रयास सधैँ बिरामीले राम्रो सेवा पाऊन् भन्ने नै हुन्छ । हामीले बिरामीलाई बचाउन र राम्रो स्वास्थ्य दिन यथाशक्य प्रयास गरिरहेकै हुन्छौँ ।

कतिपय बिरामीका आफन्तलाई मेरो बिरामीलाई डाक्टर तथा नर्सले नहेरेकै कारण मृत्यु भएको हो कि भन्ने लाग्न सक्छ । तर, त्यस्तो हुँदैन । बिरामीको हेरचाह गर्नु नर्सको ड्युटी मात्र होइन, धर्म हो । विशेषगरी आइसियूमा रहेका बिरामी, जहाँ बिरामीका कुरुवालाई बस्न दिने व्यवस्था छैन, त्यस्तो अवस्थामा बिरामीका आफन्तबाट नर्सले हेरचाह राम्रोसँग नगरेको गुनासा आउने गरेका छन् । तर, यो बुझाइको कमी मात्र हो । बिरामीको हेरचाहका लागि एक नर्सले आफूले सकेजति प्रयास गरेकै हुन्छ ।

नर्स पनि मान्छे हो । उनीहरूमा मानवीय संवेग हुन्छ भन्ने कुराको मनन बिरामीका कुरुवाले नगरेको पाइन्छ । बिरामी तथा उनीहरूका कुरुवाको हेराइ नर्सप्रति सम्मानजनक नहुँदा कतिपय अवस्थामा दुईबीच सामान्य भनाभनको अवस्था रहने गर्छ ।

आइसियूलगायत अन्य युनिटमा काम गर्ने नर्सले पनि पूर्ण मिहिनेतसाथ काम गरिरहेका हुन्छन् । बिरामीका कुरुवालाई नर्सका कतिपय व्यक्तिगत गतिविधिले पनि कतिपय अवस्थामा छोइरहेको हुन्छ । नर्सहरू व्यक्तिगत कारणले हाँस्दा पनि त्यसले बिरामीका आफन्तलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । बिरामी तथा आफू पीडामा भएका कारण नर्सले हाँसेको, खाएका कारणले पनि रिस उठ्ने गरेको पाइन्छ ।

नर्स पनि मान्छे हो । उनीहरूमा मानवीय संवेग हुन्छ भन्ने कुराको मनन बिरामीका कुरुवाले नगरेको पाइन्छ । बिरामी तथा उनीहरूका कुरुवाको हेराइ नर्सप्रति सम्मानजनक नहुँदा कतिपय अवस्थामा दुईबीच सामान्य भनाभनको अवस्था रहने गर्छ । बिरामी तथा उनीहरूका कुरुवाले नर्सको काममा विश्वास नगर्दा पनि भनाभनको अवस्था निम्तिने गरेको छ ।

कुरुवा तथा आफन्त र कतिपय अवस्थामा बिरामी स्वयम्ले पनि अस्पतलका सामान्य नियममा नबसिदिँदा र उपचारको काममै बाधा सिर्जना हुने गरी वा अस्पतालको वातावरण खलबल्याउने गरी गतिविधि गरिदिँदा सानातिना कुरामा पनि विवाद सिर्जना हुने गरेका छन् । उदाहरणका लागि बिरामीका आफन्त जतिवेला पनि बिरामीलाई भेट्न चाहन्छन् । त्यसमा नर्सले नियमानुसार नियन्त्रण गर्न खोज्दा पनि नर्स तथा बिरामीबीचको सम्बन्ध कतिपय अवस्थामा नराम्रो हुन पुग्छ । जथाभावी र जतिवेला पनि बिरामीलाई भेट्न खोज्दा बिरामीलाई नै विभिन्न प्रकारका संक्रमण हुने खतराका कारण नर्सले धेरै घुइँचो बनाउन चाहँदैनन् र मिल्दैन पनि ।

नर्सहरूलाई पनि अस्पताल प्रशासन तथा उनीहरूका सिनियरको दबाब हुन्छ भन्ने बुझ्नु जरुरी छ । घरी–घरी आउने कुरुवालाई नर्सले पटक–पटक सम्झाइरहन सक्दैनन् । बिहानको राउन्डमा आउने नर्स तथा डाक्टरले बिरामीको विशेष कुरुवालाई सूचना दिने भए पनि पछाडि आएका कुरुवालाई जानकारी नदिएको पनि हुन सक्छ । जतिपटक नयाँ कुरुवा आउँछन्, उनीहरूलाई सूचना दिनैपर्छ भन्ने भावना बिरामी कुरुवाको हुने कारण पनि नर्स तथा बिरामीबीच मनमुटावको स्थिति आउने गरेको हो ।

नर्सले गर्ने बिरामीको हेरचाह सबैखाले बिरामीका लागि उस्तै–उस्तै नै हुन् । तर, मुटुको समस्या ज्यादै संवेदनशील भएका कारण मुटुरोगीको हेरचाह गर्नु ज्यादै गाह्रो कुरा हो । उनीहरूका लागि विशेष प्रकारको हेरचाह आवश्यक हुन्छ ।
सिनियर नर्सको व्यवहार नै जुनियरका लागि सिकाइ हो । त्यसकारण विशेषगरी सिनियर नर्सलाई म भन्न चाहन्छु– बिरामीसँग मिठो बोल्ने बानी बसालौँ । त्यसैगरी, सेवाग्राहीमा पनि नर्सिङ पेसालाई सम्मानजनक रूपमा हेरिदिन आग्रह गर्छु ।

धेरै समयसम्म कुनै पनि बिरामी अस्पताल भर्ना भएर बस्दा नर्सले उसलाई खाना खुवाइदिने, कपाल कोरिदिने, ब्रस गराइदिनेलगायत सबै काम गर्नुपर्ने हुन्छ । तर, कुनै वेला भएको एउटा सानो गल्तीलाई इस्यु बनाएर जब बिरामीले ‘नर्स यस्ता हुन्छन्’ भन्छन्, त्यतिवेला ज्यादै नमज्जा लाग्छ ।

धेरै समयसम्म कुनै पनि बिरामी अस्पताल भर्ना भएर बस्दा नर्सले उसलाई खाना खुवाइदिने, कपाल कोरिदिने, ब्रस गराइदिनेलगायत सबै काम गर्नुपर्ने हुन्छ । तर, कुनै वेला भएको एउटा सानो गल्तीलाई इस्यु बनाएर जब बिरामीले ‘नर्स यस्ता हुन्छन्’ भन्छन्, त्यतिवेला ज्यादै नमज्जा लाग्छ । महिनौँ गरिएको हेरचाहलाई एकैछिनमा बिरामीले बिर्सिदिन्छ ।

हालसम्म नर्सिङ पेसाको मेरो करिब तीन दशकको अनुभवमा त्यति अप्रिय घटना भएको मलाई याद छैन । मैले भारतबाट नर्सिङ अध्ययन सम्पन्न गरेकी हुँ । मेरो जन्म नै उतै भए पनि विवाह भने नेपालमा भएका कारण मेरो कर्मथलो नेपाल बन्न पुग्यो । सुरुका एक–दुई वर्ष विभिन्न प्रोजेक्टमा काम गरेपश्चात् म वि.सं. ०५६ देखि नै गंगालाल अस्पतालमा कार्यरत छु ।
नर्सिङ पेसालाई सबैले सम्मानजनक रूपमा हेर्ने दिन नेपालमा छिट्टै आओस् भन्ने मेरो चाहना छ । जसरी सेवाग्राहीले नर्सले विनम्रतापूर्वक बोलून् भन्ने चाहना राखेका हुन्छन्, नर्सले पनि त्यस्तै चाहना सेवाग्राहीसँग राखेका हुन्छन् । सेवाग्राहीले नर्सका वेदना र बाध्यतालाई पनि बुझून् भन्ने चाहना हाम्रो हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गंगालालले भित्र्यायो अत्याधुनिक ६४० स्लाइस सिटी स्क्यान, नेपालमै सबैभन्दा सस्तोमा सेवा 

अत्याधुनिक क्याथल्याब सेवा

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले नेपालमा पहिलोपटक ६४० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन भित्र्याएको छ । केन्द्रले स्थापनाको २३औँ वार्षिकोत्सवका अवसरमा उच्च क्षमताको सिटी स्क्यान प्रविधि तथा अत्याधुनिक क्याथल्याब सेवा विस्तार गरेको हो ।

अस्पतालका निर्देशक डा. ज्योतीन्द्र शर्माका अनुसार यति उच्च क्षमताको सिटी स्क्यान प्रविधि यसअघि नेपालमा उपलब्ध थिएन । केन्द्रले भर्खरै भित्र्याएको उक्त अत्याधुनिक ६४० स्लाइस सिटी स्क्यान प्रविधिको विकास तोसिवा मेडिकल सिस्टम नामक जापनिज कम्पनीले गरेको हो । यो प्रविधिबाट ० दशमलव ३५ सेकेन्डमा मुटुलगायत शरीरका सम्पूर्ण अंगको अवस्थाबारे थाहा पाउन सकिने डा. शर्मा बताउँछन् ।

लागत १८ करोड, गगनले छुट्याएका थिए बजेट
अस्पतालले उक्त सिटी स्क्यान उपकरण खरिदका लागि करिब १८ करोड रूपैयाँ खर्च गरेको निर्देशक शर्मा बताउँछन् । डा. शर्माका अनुसार पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आफ्नो कार्यकालमा अत्याधुनिक सिटी स्क्यान प्रविधि खरिदका लागि बजेट विनियोजन गरेका थिए । २०७३ मै बजेट विनियोजन भए पनि खरिदको लामो प्रक्रिया पूरा गर्नुपर्दा २ वर्षपछि मात्र मेसिन भित्रिएको हो । क्याथल्याब खरिद भने अस्पतालले आफ्नो नियमित बजेटबाट गरेको डा. शर्माले जानकारी दिए ।

कस्तो हुन्छ ६४० स्लाइस सिटीको सेवा ?
अत्याधुनिक ६४० स्लाइस सिटी स्क्यान प्रविधिबाट ० दशमलव ३५ सेकेन्डमा मुटुलगायत शरीरका सम्पूर्ण अंगको अवस्थाबारे थाहा पाउन सकिन्छ । यसको प्रयोगले डाक्टरले दिने सेवाको गुणस्तर बढ्ने निर्देशक शर्मा बताउँछन् । यो प्रविधिको सहायताले इकोकार्डियोग्रामले पत्ता लगाउन नसकेका मुटुका एकदमै जटिल प्रकारका समस्या पत्ता लगाउन सकिन्छ । शरीरका बिग्रिएका विभिन्न भागको अवस्थाबारे विस्तृत जानकारीका लागि यो प्रविधि महत्वपूर्ण छ ।स बैभन्दा अत्याधुनिक यो सिटीको सेवा शुल्क पनि नेपालकै सबैभन्दा सस्तो हुने डा. शर्माले बताए ।
पेडियाट्रिक सिटीका लागि यो प्रविधि विशेष महत्वको छ । यसको प्रयोगले जन्मजात रूपमा हुने मुटुरोगबारे जानकारी पाउन सहज हुने डा. शर्मा बताउँछन् । यो प्रविधिको सहायताबाट मुटुको चाल नघटाईकनै मुटुका नलीहरूको एन्जियोग्राम गर्न सकिन्छ । यसले एक्स रेको रेडियसनको समय कम गराउँछ । कुनै सिटी गर्नका लागि १ सेकेन्डको समय लाग्थ्यो भने यसले झन्डै आधा सेकेन्डमै गर्छ । यस प्रविधिबाट दिनमा करिब २५–३० वटासम्म सिटी स्क्यान गराउन सकिने अस्पतालले जनाएको छ । अस्पतालमा यस्तो प्रविधि भित्रिएसँगै मुलुकभरबाट रेफरका केसहरू थपिने निर्देशक शर्माको अनुमान छ ।
त्यसैगरी अत्याधुनिक क्याथल्याब भित्रिएसँगै अस्पतालले दिँदै आएको सेवामा सहजता आउने डा. शर्माको दाबी छ । उक्त क्याथल्याबको क्लियारिटी राम्रो भएको उनी बताउँछन् । यसको प्रयोगले बिरामीले उपचार पाउने तरिकामा समेत सहजता आउने उनको दाबी छ ।

गंगालालले मनायो २३औँ वार्षिकोत्सव
काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार स्थापनाको २३औँ वार्षिकोत्सव मनाएको छ । विं.सं. २०५२ मा ९ बेड तथा सीमित जनशक्ति र स्रोत–साधनबाट सञ्चालन सुरु भएको विशिष्टीकृत अस्पतालले हाल २ सय बेडमार्फत मुटुरोगको उपचार सेवा दिँदै आएको छ ।

वार्षिकोत्सव समारोहमा केन्द्रका निर्देशक डा. ज्योतीन्द्र शर्माले अस्पतालले स्थापनाकालदेखि नै हृदयरोगको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय भएको बताए । नेपालमा दिनप्रतिदिन बढ्दै गएको हृदयरोगको पहिचान, रोकथाम तथा नियन्त्रणमा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।
अस्पतालले हाल मुटुरोगको क्षेत्रमा उत्कृष्ट विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । सीमित स्रोत–साधनबाट सुरु भएको अस्पताल हाल वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा अत्याधुनिक औजारहरूले सुसज्जित राष्ट्रियस्तरको अस्पतालका रूपमा स्थापित हुन सफल भएको शर्माले बताए ।
अस्पताल स्थापनाकालदेखिका सञ्चालक समितिहरू, स्वास्थ्य मन्त्रालय, केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारी, नेपाल सरकारका सरोकारवाला निकायहरूको निरन्तर सहयोग र आमजनता तथा बिरामीहरूको अटुट विश्वास एवम् सद्भावका कारण नै अस्पताल आजको स्वरूपमा आउन सफल भएको शर्माको भनाइ थियो ।

विं.सं. २०५५ मा अस्पतालले बहिरंग सेवाको थालनी गरेको थियो । हालसम्म अस्पतालले करिब १७ लाख बिरामीलाई बहिरंग सेवा दिइसकेको छ । हालसम्म अस्पतालले २२ हजार बिरामीको मुटुको शल्यक्रिया गरेको अस्पतालको तथ्यांक छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णमा धन्यवाद दिए । नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दै जाँदा अस्पतालको भूमिका तथा जिम्मेवारी थप महत्वपूर्ण हुँदै जाने मन्त्री यादवको भनाइ थियो ।
मुटुरोगको उपचार महँगो हुँदै गएको अवस्थामा कतिपय विपन्न बिरामीले उपचारमा पहुँच नभएकै कारण अकालमै ज्यान गुमाउनुपरेको मन्त्री यादवले बताए । त्यसका लागि नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम उत्कृष्ट विकल्प भएको समेत उनले बताए ।

कार्यक्रममा स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले हृदयरोग केन्द्रले हालसम्म हासिल गरेको उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत उपलब्धि भएको बताइन् । ९ बेडबाट सेवा सुरु गरेको अस्पताललाई अत्याधुनिक प्रविधिसम्पन्न बनाउनमा अस्पतालका कर्मचारीको मिहिनेत नै महत्वपूर्ण रहेको डा. चौधरीको भनाइ थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै