क्याल्सियमको बढी सेवनले पनि ग्यास्ट्रिक हुन्छ

मेरो पेट पोल्छ । तीनपटक इन्डोस्कोपी, चारपटक अल्ट्रासाउन्ड गरिसकेँ, केही देखिन्न । के खाँदा र नखाँदा निको होला ?
– गणेश पोखरेल

पेट पोल्ने एउटा कारण ग्यास्ट्रिक भए पनि अन्य धेरै कारणले पेट पोल्ने गर्छ । अल्ट्रासाउन्ड र इन्डोक्कोपी कहाँ, कोबाट गराएको भन्ने कुरामा पनि भर पर्छ । यस्तो अवस्थामा तपाईंले एकपटक ग्यास्ट्रो इन्टेरोलोजिस्टसँग परामर्श गर्नु राम्रो हुन्छ । विशेषज्ञले नहेरी परीक्षणले मात्र सबै देखिन्छ भन्न सकिन्न । यस्तो अवस्थामा तपाईं पेट पोले पनि ब्रुफिन, ब्रुसेटजस्ता पेनकिलर नखानुस् । चुरोट, रक्सी, तारेको, पोलेको खानेकुरा पनि खान भएन । सामान्यतः पेट पोल्ने, दुख्ने र फुल्ने अवस्थामा ग्यास्ट्रिक भएको आशंका गर्न सकिने भए पनि सबै ग्यास्ट्रिकमा अल्सर भए पनि दुख्छ नै भन्ने हुँदैन । ग्यास्ट्रिकको सबैभन्दा प्रमुख कारण पेटमा हेलिकोब्याक्टर पाइलोरी नामका कीटाणुको संक्रमण हो । त्यसबाहेक दुखाइ कम गराउनका लागि निम्स, ब्रुफिन, ब्रुसेट, सिटामोल एनएसएआइडी समूहका औषधिको सेवनले पनि ग्यास्ट्रिक गराउँछ । तीबाहेक मादकपदार्थ, सूर्तीजन्य पदार्थको सेवन, तनाव, परसनल हाइजिन, आइरन तथा क्याल्सियमको बढी सेवनले पनि ग्यास्ट्रिक हुन्छ ।

म ६० वर्षको भएँ । २ वर्षदेखि घाँटी पोल्छ । डाक्टरले ग्यास्ट्रिक भएको भनेपछि नियमित औषधि खाइरहेको छु । सुक्खा खान छोडिदिएँ । तर पनि पोलिरहन्छ, किन होला ?

-सुजन राई

घाँटी पोल्ने प्रमुख कारण ग्यास्ट्रिक नै हो । औषधि कस्तो खाइरहनुभएको छ, झोल औषधि खाएको भए ट्याबलेट खानुपर्छ । आवश्यक भएमा डोज बढाउन पनि पर्न सक्छ । पहिला निको भए–नभएको यकिन गरेर अरु कारण खोज्नतिर लाग्नुपर्छ ।

म ३६ वर्षको भएँ । तीन–चार वर्षदेखि छाती पोल्छ । डाक्टरले एसिडको मात्रा बढेको छ भने । अहिले ओमिप्राजोल १० एमजी औषधि प्रयोग गर्छु । एसिड घटाउन के–के गर्नुपर्छ ?
-मीन शर्मा

तपाईंलाई ग्यास्ट्रिकको समस्या बढी भएर छाती पोलेको हुन सक्छ । तर, छाती पोल्नुको कारण ग्यास्ट्रिक मात्रै नहुन सक्छ, मुटुको कारणले पनि छाती पोल्छ । परीक्षणबाट ग्यास्ट्रिक नै पुष्टि भएको भए पहिले त्यसलाई निको पार्नुपर्छ । औषधिले ग्यास्ट्रिक घटाउँछ, तर तपाईंले लिइरहेको औषधिको डोज नपुगेर निको नभएको हो कि ! १० मिलिग्रामबाट बढाएर २० मिलिग्राम पु¥याउनुस् । त्यसपछि पनि कम नभए अन्य परीक्षण आवश्यक पर्छ ।

म ३३ वर्षको भएँ । पेटको दाहिनेपट्टि कलेजोको सीधा घरी–घरी दुख्छ । युएसजी, एब्डोमिन, सिटी, इन्डोस्कोपी, ल्याब टेस्ट र लिपिडप्रोफाइल पनि गरिसकेँ । परीक्षणका क्रममा ग्यास्ट्रिक फ्याटी लिभर, पाइलोरी पोजेटिभ देखियो । पेट कराउँछ । खाना रुच्छ तर पच्दैन । दाहिनेतर्फको भाग केही मोटो देखिन्छ । डाक्टर समस्या छैन भन्छन्, तर दुख्न छोड्दैन ।

-सञ्जय श्रेष्ठ

एचपाइलोरी देखिसकेको हो भने पहिला त त्यसको उपचार भयो–भएन, त्यसका लागि एन्टिबायोटिक्स नै खानुपर्छ । पेटमा पाइलोरी नामक ब्याक्टेरिया पुगेपछि जीवनभर यो ब्याक्टेरिया रहने र ग्यास्ट्रिकको समस्या पनि रहिरहने सम्भावना हुन्छ । एकपटकको एन्टिबायोटिक्सले पनि यसलाई मार्न सक्दैन । आफ्नै प्रतिरोधी संयन्त्र बनाउने र एसिडमा पनि बाँच्न सक्ने भएकाले यो ब्याक्टेरियालाई धेरै प्रकारका एन्टिबायोटिक्स एकैपटक खाएमा मात्रै मार्न सकिन्छ । यो भाइरस पेटभित्र भएपछि अल्सर र क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । मुख बार्नु भएको छ कि छैन । फ्याटी लिभर भएमा बोसोयुक्त खाना, रक्सी खान भएन । चुरोट खानुहुन्छ भने छोडिहाल्नुपर्यो ।

मलाई पेट दुख्छ । केही दिनअघि अस्पताल गएको थिएँ । रगत जाँच्दा एच पाइलोरी पोजेटिभ देखियो र १० दिनको औषधि दिए । औषधि खाइरहँदा पनि निको भएको छैन ।
-ध्रुव गौतम

एचपाइलोरीको उपचार पहिला गर्नुपर्छ । त्यसको उपचारपछि पनि निको भएन भने पेट दुख्नुका अन्य कारण खोज्नुपर्छ । ग्यास्ट्रिकबाहेक पेट दुख्ने धेरै कारणमा मिर्गौला, पित्तथैली र नलीमा पत्थरी, प्यानक्रियाजटाइटिस हुन सक्छन् । इन्टेस्टाइनलको पत्थरीको क्षयरोगले पनि पेट दुख्न सक्छ । यी कुराहरूको राम्ररी परीक्षण गराएर कारण खोजी उपचार थाल्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डरलाग्दा सपनाबाट कसरी छुटकारा पाउने ?

सवाल:  ३५ वर्षे महिला हुँ । म नियमितजसो डरलाग्दा सपना देख्छु । मेरा सपना उस्तैखालका हुन्छन् । यसले निद्रामा समेत असर पर्ने गरेको छ । राम्रो निद्रा नपरेजस्तो हुनाले दिनभर फ्रेस पनि हुन्न । यसको कारण र उपचार के होला ?

प्रमिता बस्याल

समाधान

डा. सरोज वझा
मनोचिकित्सक, त्रिवि शिक्षण अस्पताल

सपना मान्छेको जीवनको आधारभूत कुरा हो । जो मान्छेलाई राम्रो निद्रा लाग्छ, उसलाई सपनाको ख्यालै हुँदैन । वैज्ञानिक हिसाबले हेर्दा निद्रा चार चरणमा ग्रुज्रिन्छ । प्रत्येक चरण ९० मिनेटको चक्र हुन्छ । एक रातमा हामीले यस्ता चारदेखि ६ वटा चक्र पार गर्छौैं । जो गहिरो निद्रामा जान्छ, उसले सपना देख्छ, तर सम्झिँदैन ।

मस्तिष्कका क्रियाकलापको अध्ययन गर्दा निद्रामा सपना सबैका आउँछन् । जसको निद्रा खलबलिन्छ, उसले मात्र सपना सम्झिन्छ । त्यसैले यो कल्पनाबाहिरको कुरा हो । सपनाबाट मुक्ति पाउनका लागि निद्रा खलबल्याउने कुराहरूलाई नियन्त्रण गर्नुपर्छ ।

मस्तिष्कका क्रियाकलापको अध्ययन गर्दा निद्रामा सपना सबैका आउँछन् । जसको निद्रा खलबलिन्छ, उसले मात्र सपना सम्झिन्छ । त्यसैले यो कल्पनाबाहिरको कुरा हो । सपनाबाट मुक्ति पाउनका लागि निद्रा खलबल्याउने कुराहरूलाई नियन्त्रण गर्नुपर्छ ।

सामान्यतः नियमित व्यायाम, सुत्नुअघि हलुका खाना, तनावको सकारात्मक व्यवस्थापन गहिरो निद्राका उपाय हुन् । अर्को मुख्य कुरा, सपनालाई परम्परागत ढंगले अथ्र्याउनुहुन्न ।
यदि पाँच वर्षमुनिका बालबालिका नियमितजसो सपना देख्ने, एक्कासि डराउने, आत्तिने, चिच्याउने गर्छन् भने यो ‘नाइट टेरर’ हो । यस्तो समयमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । वयष्कका हकमा जीवनशैली व्यवस्थापन गर्दा पनि नियमित सपना देख्ने र निद्रा खलबलिने समस्या दोहोरिरह्यो भने, चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मुटुका समस्यामा पनि हातखुट्टा सुन्निन्छ

डा. रबिनबहादुर बस्नेत वरिष्ट युरोलोजिस्ट, वीर अस्पताल

म ३१ वर्षको भएँ । हाल जापनमा छु । मेरा दुई छोरी छन् । मेरो उचाइ ५.३ फिट, तौल ६१ केजी छ । मलाई रातको समयमा छिनछिनमा पिसाब लाग्ने समस्या छ । पिसाबथैली पोल्छ, तर, कामको समयमा पोलेको महसुस हुँदैन । जब सुत्नेवेला भयो, पिसाबथैली पोलेको महसुस हुन्छ । के कारणले होला ? जान्न पाए आभारी हुनेथिएँ । पहिले अलिक धेरै पानी पिउँथेँ । अहिले दिनको ८–९ गिलाससम्म पिउँछु ।

उत्तम गुरुङ
हाल, जापान

 

 

 

उत्तमजी,
तपाईंको उमेरअनुसार समस्या सुन्दा धेरै कुरामा विचार गर्नुपर्ने देखिन्छ । यस्तो समस्यामा सबैभन्दा पहिला तपाईंले मुटुको जाँच गराउनुपर्ने हुन्छ । मुटुकै समस्या हो भने तपाईंको हातखुट्टा पनि सुन्निएको हुनुपर्छ । मुटुका कारण यस्तो लक्षण देखिँदा हातखुट्टा सुन्निन्छ ।
मुटुको जाँच गर्दा केही देखिएन भने मिर्गौलासम्बन्धी जाँच पनि गर्नु आवश्यक हुन्छ । मिर्गौलाको समस्याले पनि यस्तो समस्या हुन्छ । अर्कोतिर पिसाबमा हुने संक्रमणका कारण पनि यस्तो लक्षण देखिन सक्छ । पिसाबको समेत जाँच गर्दा कुनै समस्या देखिएन भने तपाईंले मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ ।

वयष्क वा वृद्ध अवस्थाका पुरुषमा यस्ता लक्षण देखिँदा हामी प्रोस्टेडको जाँच गराउँछौँ । प्रोस्टेडमा यस्तो लक्षण देखिन्छ । पटक–पटक पिसाब लाग्नु, पिसाब ननिख्रिएको भान हुनु प्रोस्टेडका लक्षण हुन् । तर, प्रोस्टेडमा यस्तो लक्षण राति मात्र देखिने भन्ने हुन्न, दिउँसो पनि देखिन्छ । तर, ३१ वर्षकै उमेरमा प्रोस्ट्रेड ग्रन्थिको समस्या हुन्न । त्यसकारण तपाईंले अन्य विषयको जाँच गराउनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

ग्यास्ट्रिकले रिँगटा लाग्दैन, तर तनाव लिएर ग्यास्ट्रिक हुन सक्छ

मेरो उमेर ४० वर्ष, मेरो ब्लड प्रेसर पहिलेदेखि लो थियो, अहिले ठिक छ । हाल ग्यास्ट्रिक पनि छ । अलि बल पर्ने काम गर्दा सामान्यभन्दा बढी पसिना आउँछ, कमजोर महसुस हुन्छ । गर्मीको दिनमा त बेहोस भएर लड्छु जस्तो हुन्छ । ग्यास्ट्रिकको समस्याले पनि रिँगटा लागेजस्तो हुन्छ भन्ने सुनेको छु । मैले के गर्नुपर्ला ? : प्रश्न

सुदन, कलैया–७, बारा

डा. जगदीशप्रसाद अग्रवाल
वरिष्ठ न्युरोलोजिस्ट,
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

सामान्य अवस्थामा लो ब्रल्ड प्रेसर समस्या हुँदैन । सेप्टिसेमिया वा अन्य विशेष अवस्थामा मात्रै यो रोग हो । कम रक्तचाप पनि मानिसलाई नर्मल हुन्छ । पसिना आउने र कमजोर महसुस हुने कारण हर्मोनको गडबडी हुन सक्छ । थाइराइडको जाँच गरेर हेर्दा राम्रो हुन्छ । त्यसबाहेक मानसिक तनावले पनि यस्तो हुन्छ । ग्यास्ट्रिकले रिँगटा लाग्दैन, तर तनाव लिएर ग्यास्ट्रिक हुन सक्छ । तपाईंमा क्लिनिकल समस्या केही नभए पनि नियमित योग, व्यायाम गर्ने, अनिदो नबस्ने र चिन्ताको कारण पत्ता लगाएर कम गर्नुभए पनि धेरै फाइदा हुन सक्छ । हर्मोनको जाँचबाट पनि समस्या नदेखिएमा मनोचिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कपाल झर्ने कारण

सवाल : म कपाल झर्ने समस्याले पीडित छु । १९ वर्ष भएँ, घरमा विवाह गर्ने कुरा पनि चलिरहेको छ । कपाल झरेकै कारणले मलाई निकै तनाव भइरहेको छ । अझै टाउकोअगाडिको भाग (तालु)मा अझै बढी उखेलेजसरी नै झरिरहेको छ । अन्य जाँच गर्दा केही समस्या देखिन्न । सुरुमा एकपटक रजस्वला भएपछि २ वर्षसम्म रोकिएर पुनः सुरु भएको थियो । यो त कारण हैन ?

सम्झना
कीर्तिपुर

डा. अनुपमा कार्की छाला तथा यौनरोग विशेषज्ञ, वीर अस्पताल

समाधान : डा. अनुपमा कार्की वीर अस्पताल

कपाल झर्ने धेरै कारण हुन्छन्, बाह्य र भित्री कारण । भित्री कारणमा हर्मोन एउटा प्रमुख हो । त्यसबाहेक हेयर ड्राई गर्दा केमिकलको प्रयोग भएको थियो भने पनि कपाल झर्न सक्छ । थाइराइड हर्मोनमा गडबडी भएको छ भने कपालमा पातलोपना आउँछ । रगतमा आइरन, हेमोग्लोबिनको कमी भए पनि कपाल झर्छ । त्यसैगरी, नियमित रूपमा तातोपानीले नुहाउनाले पनि कपाल झर्न सक्छ । तपाईंले प्रस्टसँग भन्नुभएको छैन तर कुनै ठूलो शल्यक्रिया गर्नुभएको थियो वा बढी तनाव लिएको कारणले पनि कपाल झर्न सक्छ ।

कपाल झर्नबाट बचाउन यसको राम्ररी स्याहार गर्नुपर्छ । कपालको चिल्लोपनलाई जोगाइराख्न समय–समयमा तेल लगाइरहनुपर्छ । कपाललाई धेरै मैलो बनाएर राख्नु हुन्न । राम्रो स्याम्पुको प्रयोग गर्नुपर्छ । तपाईंको समस्या बनाएको सुन्दा यो प्याट्रन हेयर लसजस्तो देखिन्छ । यसमा विचार गर्नुपर्ने कुरा भनेको महिलामा पनि एकदमै न्यून मात्रामा पुरुषमा हुने एन्ड्रोजेन नामक हर्मोन हुन्छ । यो हर्मोन बढी सेन्सेटिभ भयो भने लामो कपाल पुरुषकै जस्तो सानो–सानो हुन्छ र लामो कपाल झर्दै जान्छ । निधारको माथि सिउँदोतर्फ कपाल झर्दै जान्छ । यो हर्मोनकै कारण भएको रहेछ भने कपाल झर्न रोक्न सकिन्न ।

यसबाहेक कपाल झर्ने साझा कारण भनेको चायाको समस्या हो । अर्को कारण कपाल ठाउँठाउँमा चक्का–चक्का बनेर पनि झर्छ । तपाईंले तत्कालै एकजना यौन तथा चर्म रोग विशेषज्ञसँग भेटेर जाँच तथा परामर्शबाट अघि बढ्नुपर्छ । तपाईंले शंका गर्नुभएजस्तो महिनावारीसँग सम्बन्धित कारणले भने कपाल झर्दैन ।
सवालमा healthpostn@gmail.com  मा पठाउनुहोला ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कम्प्युटरमा धेरै बस्नेलाई रिँगटा

म ५ फिट १० इन्च अग्लो छु, मेरो तौल ९५ केजी छ । उमेर ३४ वर्ष भएँ, पछिल्ला दिनमा टाउको दुख्छ, रिँगटा लाग्छ र बारम्बार पिसाब फेर्न मन लागिरहने समस्याले पीडित छु । किन यस्तो भएको होला ?

डा. जगदीशप्रसाद अग्रवाल वरिष्ठ न्युरोफिजिसियन, त्रिवि शिक्षण अस्पताल

सन्तोष पौडेल
वालिङ, स्याङ्जा

तपाईंको उमेर र उचाइको अनुपातमा तपाईंको तौल झन्डै २० केजी बढी छ । मोटोपन नसर्ने रोगको घर हो । तपाईंका लक्षणहरू सुन्दा तपाईंले तत्कालै अन्य शारीरिक परीक्षणहरू गर्नुपर्ने देखिन्छ । अर्कोतिर पानी बढी पिएर हो वा नपिईकनै बढी पिसाब जानुपरेको हो । पानी नपिईकनै बढी पिसाब जानुपर्छ, थोरैथोरै हुन्छ र ननिख्रिएजस्तो हुन्छ भने त्यो मधुमेह वा अन्य मिर्गौलासम्बन्धी समस्याले पनि हुन सक्छ ।
तपाईंको रक्तचाप, कोलेस्टेरोलदेखि मिर्गौलाको अवस्था थाहा पाउने गरी चिकित्सकको सल्लाहमा सबै जाँच गराउनुपर्छ । जहाँसम्म रिँगटा लाग्ने कुरा छ, त्यो उच्च रक्तचापसँग सम्बन्धित हुन सक्छ । कम्प्युटरमा बसिरहने मानिसमा घाँटीका हाड खिइएको अवस्थामा पनि रिँगटा लाग्न सक्छ ।
तपाईंका सम्पूर्ण लक्षण सुन्दा पिसाबसम्बन्धी समस्या नभए, यस्तो लक्षण ब्रेनमा हुने एकप्रकारको खराबीले पनि हुन सक्छ । तपाईंमा देखिएका लक्षण ब्रेनभित्रको हर्मोन ग्रान्थिमा समस्या आउँदा हुने लक्षणसँग केही मेल खान्छन् । कसैलाई एसिएलर्जीले पनि समस्या निम्त्याउँछ । एकपटक राम्रोसँग परीक्षण गराएपछि कारण पत्ता लाग्छ ।
तपाईंका पनि कुनै स्वास्थ्य समस्या छन् र चिकित्सकसँग परामर्श लिन चाहनुहुन्छ भने– healthpostn@gmail.com मा पठाउनुहोला ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

पिसाब चुहिने समस्या

म पिसाब चुहिने समस्याले पीडित छु । यतिसम्म कि सुतेको समयमा पनि कतिवेला खुस्किन्छ, थाहै पाउँदिनँ । अघिपछि पनि पिसाब ननिख्रिएजस्तो हुन्छ । के कारणले यस्तो हुन्छ ?
दीपिका
४२ वर्ष, गौर

तपाईंको उमेर र लक्षणका आधारमा तपाईंलाई आङ खस्ने समस्या भएको हो कि भन्न सकिन्छ । तपाईंले विगतमा चर्को भारी बोक्नुपरे–नपरेको, बच्चाबच्ची के–कति भएको भन्ने कुराले पनि यसमा अर्थ राख्छ । अहिले आङ खसेको महसुस भइनसकेको भए पनि प्रारम्भिक अवस्था भएकाले यस्ता लक्षण देखिएका हुन सक्छन् । त्यसबाहेक पिसाबथैली तल झरेको, बच्चा पाएको भए पाउनेक्रममा बल गर्दा पिसाबनली तल झरेकाले पनि यस्तो भएको हुन सक्छ । पिसाबनली र पेटको सन्तुलन बिग्रिएर पनि पिसाब चुहिने समस्या हुन सक्छ । यस्तो अवस्थामा स्त्रीरोग विशेषज्ञसँग परामर्श एवं विभिन्न जाँच गरेर मात्रै यकिन गर्न सकिन्छ । मेरुदण्डको समस्या र डाइबेटिजले पनि यस्तो हुन सक्छ । पुरुषमा चाहिँ पिसाब चुहिने कारण अधिकांश अवस्थामा प्रोस्ट्रेड ग्रान्थिको समस्याले हुन्छ । संक्रमण र पिसाबथैलीको पत्थरीले पनि पिसाब चुहिने समस्या हुन सक्छ ।

तपाईंका पनि कुनै स्वास्थ्य समस्या छन् र चिकित्सकसँग परामर्श लिन चाहनुहुन्छ भने– healthpostn@gmail.com मा पठाउनुहोला ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै