सर्प

झापामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा बाह्रदशी गाउँपालिका १ भागडुब्बाका ५५ वर्षीय मानबहादुर थापा रहेको झापा प्रहरीले जनाएको छ। थापालाई शनिबार दिउँसो साढे १ बजेतिर घरको कोठामा कालो गोमन सर्पले डसेको थियो। उनको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो।