डुबानपछि तराईमा सर्पले लियो ७ को ज्यान, सर्पदंशका बिरामी ३४३, २२ स्वास्थ्यसंस्था डुबानमा

असारको अन्तिम सातादेखि भएको अविरल वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले निम्त्याएको डुबानको असर प्रभावित क्षेत्रका स्थानीयले भोगिरहेका छन् । आइतबारदेखि फेरि वर्षा हुन सुरु भएका कारण बाढी–पहिरोले देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । हालसम्म बाढी–पहिरोका कारण १ सय १ जनाले ज्यान गुमाइसकेका छन् । बाढी–पहिरोमा परेका २९ जना बेपता छन् भने ४३ जना घाइतेकोे उपचार भइरहेको सरकारी तथ्यांक छ । यसका अतिरिक्त बाढीकै कारण पूर्वी तराईमा यत्रतत्र निस्किएका सर्पको टोकाइबाट ७ जनाको ज्यान गइसकेको छ भने सयौँ उपचाररत छन् ।

पहाडमा पहिरोले आहत पुर्याइरहँदा तराईमा बाढी र डुबानले जीवन कष्टकर बनिरहेको छ । डुबानपछि बाहिर निस्किएका सर्पको टोकाइले तराईवासीको ज्यान जानेक्रम बढेको छ । पहाडी जिल्ला गुल्मीमा मंगलबार बिहान गएको पहिरोले पुरिएर दर्जनौँ ज्यान गुमेको छ भने पूर्वी तराईको सिरहा जिल्लामा डुबानपछि सर्पदंशबाट ५ जनाको ज्यान गइसकेको छ ।

डुबानपछि सर्पदंशले लियो ७ ज्यान, सिरहामा मात्र ५ को मृत्यु
दुई साताको अवधिमा डुबानमा परेका तराईका जिल्लाहरूमा पानीजन्य रोगको संक्रमण बढ्नुका साथै सर्पदंशले बिस्तारै महामारीको रूप लिँदै गएको छ । पछिल्लो एक सातामा सिराहामा मात्र ५ जनाको मृत्यु भएको छ भने रौतहट र जनकपुरमा १–१ जनाको ज्यान गइसकेको छ ।

डुबानमा परेलगत्तै प्रभावित क्षेत्रमा पानीजन्य रोगहरूको संक्रमणसँगै सर्पको बिगबिगी फैलने जोखिम विज्ञहरूले औँल्याउँदै आएका छन् । डुबानमा परेका क्षेत्रमा सर्प बस्ने जमिनमुनिको भागमा पानी जमेपछि सर्पहरू बाहिर निस्कने भएका कारण सर्पको टोकाइको जोखिम बढ्ने गर्छ । यस अवधिमा पानीजन्य संक्रामक रोगको महामारीको अवस्था नरहे पनि अधिकांश ठाउँमा झाडापखाला, ज्वरो तथा सर्पदंर्शका बिरामी बढिरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपत्कालीन तथा विपद्व्यवस्थानका एकाइ (एचइओसी)का प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।

सर्पदंशका ३४३ बिरामी अस्पतालमा
पछिल्लो एक सातामा मात्रै तराईका ६ अस्पतालमा सर्पको टोकाइका कारण उपचार गर्न आउनेको संख्या ३ सय ४३ पुगेको एचइओसीले जानकारी दिएको छ । एचइओसीले दिएको तथ्यांकअनुसार २७ असारदेखि २ साउनसम्म गौर अस्पताल रौतहट, नारायणी अस्पताल वीरगन्ज, सगरमाथा अस्पताल सप्तरी, जनकपुर अस्पताल, कलैया अस्पताल बारा र सिरहा अस्पतालमा गरी ३ सय ४३ सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन् ।

२२ स्वास्थ्यसंस्था डुबानमा
बाढीप्रभावित तराईका तीन जिल्लाका २२ वटा स्वास्थ्यसंस्था डुबानमा परेका छन् । रौतहटमा ८, सर्लाहीमा ११ र महोत्तरीमा ३ वटा स्वास्थ्यसंस्था डुबानमा परेका हुन् । ‘पुनः वर्षा सुरु भएपछि सिरहाका ५ वटा पालिका पूर्ण रूपमा प्रभावित भएका छन्, ‘जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्रप्रसाद यादव भन्छन्, ‘जसका कारण सर्पदंशको समस्या बढ्दै गएको छ, एक सतामा १ सयजनाभन्दा बढी सर्पदंशका बिरामी अस्पताल आएका छन् । तीमध्ये ५ जनाको मृत्यु भइसकेको छ ।’

सर्पको टोकाइपछि अझै पनि अस्पताल जानुको साटो झारफुकमा लाग्ने प्रवृत्तिले ज्यानको जोखिम बढेको डा. यादवको भनाइ छ । ‘धेरै मानिस अझै पनि सर्पले टोकेपछि झारफुकमै लाग्ने गर्छन्,’ उनी भन्छन्, ‘अन्तिम अवस्थामा अस्पताल आउने गर्दा मृत्युको मुखबाट बचाउन सकिँदैन ।’

सर्पले टोकेपछि के गर्न हुन्छ, के हुँदैन ? : डा. पुन

तराई डुबानमा परेका क्षेत्रमा सर्प बस्ने जमिनमुनिको भागमा पानी जमेपछि सर्पहरू बाहिर निस्कने भएका कारण सर्पको टोकाइको जोखिम बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन बताउँछन् । ‘तराईमा पाइने सर्पहरू धेरै विषालु हुन्छन्, जसको टोकाइमा उपचार गर्न सकिएन भने मानिसको तत्काल मुत्यु पनि हुने गर्छ,’ डा. पुन भन्छन्, ‘नेपालमा बर्सेनि हजारौँ मानिसको सर्पले टोकेकै कारण मुत्यु हुने गरेको तथ्यांक छ । ठूलो संख्यामा बिरामीको स्वास्थ्यसंस्थामा पुग्न नपाई मृत्यु हुने गरेको छ ।’

डा. पुनका अनुसार सर्पले टोक्नेबित्तिकै कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन । कपडाले बाँध्नाले रगत आपूर्ति गरिरहेका अन्य सेलहरू मर्न जान्छन् । सेल मरेपछि हात तथा खुट्टा कालो भएर मृतप्रायः हुन्छन् । किनभने, त्यहाँका कोषिका मरिसकेका हुन्छन् र काम नलाग्ने भएर काटेर फाल्नुपर्ने अवस्था आउँछ ।

लक्षण
– सर्पले टोकेको ठाउँ सुन्निने,
– टोकेको भाग दुख्ने,
– घाउमा पानीका फोका जम्ने,
– इन्फेक्सन हुन सक्ने समस्या आउने,
– सास फर्न गाह्रो हुने,
– पसिना आउने तथा र्याल काट्ने ।

सर्पले टोक्नेबित्तिकै कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन । कपडाले बाँध्नाले रगत आपूर्ति गरिरहेका अन्य सेलहरू मर्न जान्छन् । सेल मरेपछि हात तथा खुट्टा कालो भएर मृतप्रायः हुन्छन् । किनभने, त्यहाँका कोषिका मरिसकेका हुन्छन् र काम नलाग्ने भएर काटेर फाल्नुपर्ने अवस्था आउँछ ।
सर्पले टोकेपछि स्वास्थ्यसंस्थासम्म नपुग्दासम्म प्राथमिक उपचारको पद्धति अपनाउनुपर्छ ।

प्राथमिक उपचार र सजगता
– टोकेको भागलाई धेरै चलाउनुहुँदैन । शरीर धेरै चलाएको खण्डमा विष चाँडै फैलन सक्ने हुन्छ ।
– कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन ।
– विषालु सर्पले टोकेको ठाउँमा काट्ने तथा चुस्ने गर्नुहुँदैन ।
– सामान्यतया बिरामीलाई सुताउनुपर्छ ।
– टोकेको ठाउँवरिपरि हल्का ब्यान्डेजले बाँध्न सकिन्छ ।
– शरीरमा भएका गरगहना फुकालिदिनुपर्छ ।

सामान्यतया बेलुका हिड्ँदा बत्ती लिएर, जुत्ता लगाएर, लठ्ठी लिएर हिँड्ने गर्नुपर्छ । तर, तराईमा सर्पहरू घरभित्र पनि लुकेर बसेका हुन्छन् । त्यसकारण घरभित्र छिरेपछि जुत्ता, ड्रम, भाँडाकुँडाका सामानहरू अनिवार्य रूपमा हेरेर झ्याल–ढोका लागाएर मात्र सुत्नुपर्छ ।

सर्पले टोकेको अवस्थामा प्राथमिक उपचार गर्दैगर्दा स्वास्थ्यसंस्था लैजाने प्रयास पनि गर्नुपर्छ । हाम्रो गाउँघरमा प्रयोग हुने मोटरसाइकल, स्कुटर आदिको सहायताले नजिकै रहेको स्वास्थ्यसंस्था तथा सर्पदंशको उपचारमा केन्द्रमा पुर्याउनुपर्छ । तराईको हकमा विषालु सर्पले टोक्ने भएको हुँदा सकेसम्म सर्पदंशको भ्याक्सिन पाउने स्वास्थ्यसंस्थामा छिटो पुर्याउनुपर्छ ।

तराईको भागमा पाइने करेट, कोभ्रा सर्प अत्यधिक विषालु हुन्छन्, जसमा मानिसको मुटु र स्नायुप्रणालीमा सीधै हान्नेखालको विष हुन्छ ।

विषालु सर्पले टोकेको ठाउँमा काट्ने तथा चुस्ने गर्नुहुँदैन । स्वास्थ्यसंस्था पुर्याउन ढिला गरेको अवस्थामा टोकेको ठाउँबाट रक्तस्राव भई बिरामीको तत्काल मृत्यु पनि हुन सक्छ । सामान्यतया बेलुका हिड्ँदा बत्ती लिएर, जुत्ता लगाएर, लठ्ठी लिएर हिँड्ने गर्नुपर्छ । तर, तराईमा सर्पहरू घरभित्र पनि लुकेर बसेका हुन्छन् । त्यसकारण घरभित्र छिरेपछि जुत्ता, ड्रम, भाँडाकुँडाका सामानहरू अनिवार्य रूपमा हेरेर झ्याल–ढोका लागाएर मात्र सुत्नुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बाढीका कारण तराईमा सर्पदंशको बिगबिगी, एक सातामा २ को मुत्यु, २६३ अस्पतालमा

असारको अन्तिम सातादेखि भएको अविरल वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले निम्त्याएको डुबानको असर प्रभावित क्षेत्रका स्थानीयले भोगिरहेका छन् । दुई साताको अवधिमा डुबानमा परेका तराईका जिल्लाहरूमा पानीजन्य रोगको संक्रमण बढ्नुका साथै सर्पदंशको बिगबिगी बढ्दै गएको छ । पछिल्लो एक सातामा सर्पको टोकाइका कारण २ जनाको मृत्यु भइसकेको छ भने २ सय ६३ जना अस्पताल पुगेका छन् ।

डुबानमा परेलगत्तै प्रभावित क्षेत्रमा पानीजन्य रोगहरूको संक्रमणसँगै सर्पको बिगबिगी फैलने जोखिम रहेको विज्ञहरूले बताइसकेका थिए । डुबानमा परेलगत्तै हेल्थपोस्टनेपालले प्रभावित क्षेत्रमा सर्पदंशको बिगबिगी हुन सक्ने खतरा औँल्याउँदै बच्ने उपायबारे चेतनामूलक समाचार सम्प्रेषण गरेको थियो । डुबानमा परेका क्षेत्रमा सर्प बस्ने जमिनमुनिको भागमा पानी जमेपछि सर्पहरू बाहिर निस्कने भएका कारण सर्पको टोकाइको जोखिम बढ्ने विज्ञहरू बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाले बाढी–पहिरोको जोखिम बढाएकाले सतर्क रहन आग्रह गरेको छ । यस अवधिमा महामारीको अवस्था नरहे पनि अधिकांश ठाउँमा झाडापखाला, ज्वरो तथा सर्पदंर्शका बिरामी बढिरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपत्कालीन तथा विपद्व्यवस्थापन एकाइ (एचइओसी)का प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।

एक सातामा सर्पले २ को ज्यान लियो, २ सय ६३ लाई अस्पताल पुर्यायो
पछिल्लो एक सातामा मात्रै तराईका ५ अस्पतालमा सर्पको टोकाइका कारण उपचार गर्न आउनेको संख्या २ सय ६३ पुगेको छ भने २ जनाको मृत्यु भएको आपत्कालीन तथा विपद्व्यवस्थापन एकाइले जानकारी दिएको छ ।
हालसम्म बाढी–पहिरोका कारण ९० जनाले ज्यान गुमाउनुपरेको छ भने अझै २९ जना बेपता छन् । ४३ जना घाइतेकोे उपचार भइरहेको छ । एचइओसीले दिएको तथ्यांकअनुसार २७ असारदेखि २ साउनसम्म गौर अस्पताल रौतहट, नारायणी अस्पताल वीरगन्ज, सगरमाथा अस्पताल सप्तरी, जनकपुर अस्पताल, कलैया अस्पताल बारामा सर्पको टोकाइपछि २ सय ६३ जना उपचार गराउन पुगेका छन् ।

गौर अस्पताल रौतहट
सर्पको टोकाइपछि ४६ जना बिरामी गौर अस्पताल पुगेका छन्, जसमध्ये ३ जनालाई विषालु र ४३ जनालाई सामान्य सर्पले डसेको छ । एकजनाको भने मुत्यु भएको छ ।

कलैया अस्पताल बारा
कलैया अस्पतालमा उपचारका लागि आउने सर्पको टोकाइका बिरामीको संख्या ३६ पुगेको छ । यसमध्ये ६ जनालाई विषालु सर्पले तथा ३० जनालाई कम विषयुक्त सर्पले टोकेको बताइएको छ ।

नारायणी अस्पताल
नारायाणी अस्पतालमा सर्पले डसेका कारण ९८ जना बिरामी उपचारका लागि आएका छन् । उनीहरूमध्ये एकजनालाई विषालु तथा ९७ जनालाई कम विषालु सर्पले टोकेको पाइएको छ ।

सगरमाथा अस्पताल
सगरमाथा अस्पतालमा ४१ जना सर्पको टोकाइका कारण उपचारका लागि पुगेका छन्, जसमध्ये २ जनालाई विषालु सर्पले तथा ३९ जनालाई कम विषालु सर्पले टोकेको बताइएको छ ।

जनकपुर अञ्चल अस्पताल
सर्पले टोकेका ४२ जना बिरामी जनकपुर अस्पताल पुगेका छन्, जसमध्ये ३ जनालाई विषालु तथा ३९ जनालाई कम विषालुसर्पले टोकेको पाइएको छ । एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सर्पको टोकाइपछि लागाइने भ्याक्सिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेश २ लाई १ हजार १ सय एन्टिस्नेक भेनम पठाएको छ । स्वास्थ्य निर्देशनालयमातहातबाट ७ वटा जिल्लालाई १–१ सय र सिराहामा २ सयवटा भ्याक्सिन वितरण गरेको र अन्य २ सय भ्याक्सिन बाँकी रहेको (एचइओसी)ले जानकारी दिएको छ ।

बाढीका कारण पानीजन्य रोगहरू टाइफाइड, जन्डिसको संक्रमणको जोखिम : डा. पुन
बाढीग्रस्त क्षेत्रमा दूषित पानीका कारण पानीजन्य रोगहरूको संक्रमणको सम्भावना बढ्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् । संक्रमणबाट बच्न पानी उमालेर पिउनुपर्ने सुझाब उनको छ । डा. पुनले भने, ‘पानीजन्य रोगका कारण टाइफाइड तथा जन्डिसको संक्रमण बढी हुने गर्छ । यस्ता रोगबाट बच्चपानीमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

बाढी कारण झाडापखाला, आउँ, हैजा, टाइफाइड, जिन्डिस, फुड प्वाइजनिङलगायत रोग फैलिन सक्ने खतरा रहेको डा. पुनको भनाइ छ । ‘यस्तो वेलामा सरुवारोगको जाखिम उच्च हुने गर्छ र कीटजन्य रोग पनि देखा पर्न सक्छ,’ डा. पुनले भने ।

बच्ने उपाय
– शुद्ध पानी मात्रै पिउने, पानी धमिलो भएमा पियुस हालेर वा उमालेर मात्र पिउने ।
– शौचालयमा मात्र दिसा–पिसाब गर्ने ।
– खाना खानुअगाडि साबुनपानीले राम्ररी हात धुने ।
– भिड तथा हुलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने ।
– सर्पदंशको टोकाइबाट जोगिन रातमा हिँड्दा टर्चलाइटको प्रयोग गर्ने ।
– टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुनेलगायत विभिन्न रोगको लक्षण देखिए वा संक्रमण देखिए तुरुन्तै नजिकैको स्वास्थ्यचौकीमा गएर जँचाइहाल्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सर्पदंशबाट कसरी बच्ने ? प्राथमिक उपचार के हुन्छ ?

विशेषगरी असार, साउन, भदौ, असोज महिनामा सर्प जमिन बाहिर निस्कने गर्छन् । सर्पको टोकाइबाट तराई क्षेत्र बढी प्रभावित छ । तराईमा पाइने सर्पहरू धेरै विषालु हुन्छन्, जसको टोकाइमा उपचार गर्न सकिएन भने मानिसको तत्काल मुत्यु पनि हुने गर्छ । पहाडमा पाइने सर्प विषालु हुने भए पनि तक्कालै ज्यानै लिनेखालका हुँदैनन् । रगत खराब गर्ने, तन्तु तथा सेललाई बिग्रर्ने सर्प पाइन्छन्, जसलाई हर्रो तथा आदो भनेर स्थानीयले चिन्ने गरेका छन् ।
नेपालमा बर्सेनि हजारौँ मानिसको सर्पले टोकेकै कारण मुत्यु हुने गरेको तथ्यांक छ । ठूलो संख्यामा बिरामीको स्वास्थ्यसंस्थामा पुग्न नपाई मृत्यु हुने गरेको छ ।
पहाडिया सर्प सामान्यता असारबाट देखिन सुरु गर्छन् भने तराईमा जेठ महिनादेखि देखिन्छन् । तराईमा छिटो गर्मी हुने भएकाले पनि छिटो सर्प देखिन थाल्छन् । सर्पको टोकाइका बिरामी अस्पतालमा बिस्तारै बढ्दै गएका छन् ।

सर्पले टोक्नेबित्तिकै कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन । कपडाले बाँध्नाले रगत आपूर्ति गरिरहेका अन्य सेलहरू मर्न जान्छन् । सेल मरेपछि हात तथा खुट्टा कालो भएर मृतप्रायः हुन्छन् । किनभने, त्यहाँका कोषिका मरिसकेका हुन्छन् र काम नलाग्ने भएर काटेर फाल्नुपर्ने अवस्था आउँछ ।

टेकु अस्पतालमा हेर्ने हो भने दैनिक सर्पको टोकाइका दर्जनौँ बिरामी आउने गरेका छन् । त्यसमध्ये महिनामा भर्ना भएर बस्नेको संख्या ८५–९० जना रहेको तथ्यांकले देखाउँदै आएको छ । सर्पहरूले आफू असुरक्षित महसुुस नहोउन्जेल मानिस वा जनवारलाई आक्रमण गर्दैनन् । मानिसले सर्पलाई हान्ने तथा खुट्टाले खुक्चिँदा सर्पले टोक्ने गर्छन् ।

लक्षण
– सर्पले टोकेको ठाउँ सुन्निने,
– टोकेको भाग दुख्ने,
– घाउमा पानीका फोका जम्ने,
– इन्फेक्सन हुन सक्ने समस्या आउने,
– सास फर्न गाह्रो हुने,
– पसिना आउने तथा र्याल काट्ने ।

सर्पले टोकेको बिरामी आउनेबित्तिकै अस्पतालमा पहिलो चरणमा रगतको स्याम्पल परीक्षण गरिन्छ ।
सर्पले टोक्नेबित्तिकै कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन । कपडाले बाँध्नाले रगत आपूर्ति गरिरहेका अन्य सेलहरू मर्न जान्छन् । सेल मरेपछि हात तथा खुट्टा कालो भएर मृतप्रायः हुन्छन् । किनभने, त्यहाँका कोषिका मरिसकेका हुन्छन् र काम नलाग्ने भएर काटेर फाल्नुपर्ने अवस्था आउँछ ।
सर्पले टोकेपछि स्वास्थ्यसंस्थासम्म नपुग्दासम्म प्राथमिक उपचारको पद्धति अपनाउनुपर्छ ।

प्राथमिक उपचार र सजगता
– टोकेको भागलाई धेरै चलाउनुहुँदैन । शरीर धेरै चलाएको खण्डमा विष चाँडै फैलन सक्ने हुन्छ ।
– कडाखालको रबर तथा कपडाले बाँध्ने काम गर्नुहुँदैन ।
– विषालु सर्पले टोकेको ठाउँमा काट्ने तथा चुस्ने गर्नुहुँदैन ।
– सामान्यतया बिरामीलाई सुताउनुपर्छ ।
– टोकेको ठाउँवरिपरि हल्का ब्यान्डेजले बाँध्न सकिन्छ ।
– शरीरमा भएका गरगहना फुकालिदिनुपर्छ ।
– सर्पले टोकेपछि मानिस साइकोलोजिकल्ली आत्तिने गर्छन् । तर, सर्पले टोके पनि सबै सर्पले विष निकाल्ने गर्दैनन् । झन्डै एकतिहाइ सर्पले विष निकाल्दैनन् । टोकेको भए पनि विष निकालेका हुँदैनन् । यो कुरा बिरामीलाई थाहा भएको खण्डमा मनोवैज्ञानिक असर केही कम हुन जान्छ ।

सामान्यतया बेलुका हिड्ँदा बत्ती लिएर, जुत्ता लगाएर, लठ्ठी लिएर हिँड्ने गर्नुपर्छ । तर, तराईमा सर्पहरू घरभित्र पनि लुकेर बसेका हुन्छन् । त्यसकारण घरभित्र छिरेपछि जुत्ता, ड्रम, भाँडाकुँडाका सामानहरू अनिवार्य रूपमा हेरेर झ्याल–ढोका लागाएर मात्र सुत्नुपर्छ ।

सर्पले टोकेको अवस्थामा प्राथमिक उपचार गर्दैगर्दा स्वास्थ्यसंस्था लैजाने प्रयास पनि गर्नुपर्छ । हाम्रो गाउँघरमा प्रयोग हुने मोटरसाइकल, स्कुटर आदिको सहायताले नजिकै रहेको स्वास्थ्यसंस्था तथा सर्पदंशको उपचारमा केन्द्रमा पुर्याउनुपर्छ । तराईको हकमा विषालु सर्पले टोक्ने भएको हुँदा सकेसम्म सर्पदंशको भ्याक्सिन पाउने स्वास्थ्यसंस्थामा छिटो पुर्याउनुपर्छ ।
तराईको भागमा पाइने करेट, कोभ्रा सर्प अत्यधिक विषालु हुन्छन्, जसमा मानिसको मुटु र स्नायुप्रणालीमा सीधै हान्नेखालको विष हुन्छ ।

विषालु सर्पले टोकेको ठाउँमा काट्ने तथा चुस्ने गर्नुहुँदैन । स्वास्थ्यसंस्था पुर्याउन ढिला गरेको अवस्थामा टोकेको ठाउँबाट रक्तस्राव भई बिरामीको तत्काल मृत्यु पनि हुन सक्छ । सामान्यतया बेलुका हिड्ँदा बत्ती लिएर, जुत्ता लगाएर, लठ्ठी लिएर हिँड्ने गर्नुपर्छ । तर, तराईमा सर्पहरू घरभित्र पनि लुकेर बसेका हुन्छन् । त्यसकारण घरभित्र छिरेपछि जुत्ता, ड्रम, भाँडाकुँडाका सामानहरू अनिवार्य रूपमा हेरेर झ्याल–ढोका लागाएर मात्र सुत्नुपर्छ ।

पहाडतिर घाँस–दाउरा गर्न जाँदा धेरै मात्रामा सर्पले टोक्ने गर्छन् । त्यस्तो वेलामा पनि विशेष सजगता अपनाउनुपर्छ । विभिन्न अध्ययन–अनुसन्धानले झन्डै ६० प्रतिशत महिला सर्पको टोकाइमा पर्ने गरेका छन् । यसको प्रमुख कारण महिला बढी मात्रामा खेतीपातीमा सक्रिय रहने भएकाले टोकाइको दर बढेको अनुमान लगाउन सकिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जन्मदिन मनाएर सुतेका दिदीभाइले सर्पको टोकाइपछि बिहानी देख्न पाएनन्

रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुरका राजेन्द्र सुवेदी र राधा सुवेदीका दुई छोराछोरीको सर्पको टोकाइका कारण ज्यान गएको छ । ज्यान जानेमा १२ वर्षकी दिदी सुम्मिता सुवेदी र ६ वर्षका भाइ सौगात सुवेदी छन् । सुवेदी दम्पतीका दुई सन्तानका रूपमा सुस्मिता र सौगात थिए ।

शनिबार राति भाइ सौगातको जन्मदिन पारिवारिक वातावरणमा रमाइलो गरी मनाएर खानपिन गरी सुतेको परिवारमाथि अकस्मात् वज्रपात भएको हो । राति घरको कोठामा सुतिरहेका सुस्मिता र सौगातलाई सर्पले टोकेको थियो । छोराछोरी बिहान नउठेपछि उठाउन जाँदा सुस्मिता र सौगातको मुखबाट फिँज आइरहेको देखेको परिवारको भनाइ उद्धृत गर्दै एक छिमेकीले बताए । त्यसपश्चात् उनीहरूलाई बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुर्याउँदा दिदी अस्मितालाई अस्पतालले मृत्यु भइसकेको बताएको थियो भने भाइको अवस्था चिन्ताजनक देखिएपछि आइसियुमा राखी उपचार गराइएको थियो । उनको पनि आइतबार राति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दिदीको मृत्यु र भाइ के कारणले बिरामी परेको हो भन्नेबारे अन्योल भएपछि आइतबार दिउँसो घरको कोठामा खोजतलास गर्दा कोठाको कुनामा गोमन साँप भेटिएको थियो । तत्पश्चात् उनीहरूलाई सर्पले टोकेको खुलेको थियो । दिदीभाइ घरको कोठाको खाटमा र बाबुआमा भुइँमा सुतेको बताइएको छ ।

मृतक दिदीभाइ शान्ति नमुना माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी हुन् । सुस्मिता कक्षा ४ र सौगात कक्षा १ मा अध्यनरत रहेको र उनीहरू विद्यालयका जेहेन्दार विद्यार्थी भएको विद्यालयका शिक्षक कृष्ण केसीले बताए । दुवैको एकैसाथ भएको मृत्युले विद्यालयमा शोक परेको भन्दै सोमबार शोकबिदा दिइएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै