सम्पादकीय

कोरोना भाइरस (कोभिड-१९) परीक्षण तथा उपचार सामग्री खरिद ठेक्का काण्ड उठानदेखि अन्त्यसम्मको सरकारी रवैयाबाट सभ्य समाजलाई सबै हिसाबले घाइते पार्ने विषरस निस्केका छन्, अझै निस्केलान्। र, ती कोभिड–१९ जस्तै विनाशकारी छन्। समाज नैतिकता, अनुशासन र निष्ठामा चल्नुपर्छ भन्ने धारणाको चीरहरण गर्ने अभ्यासलाई भाइरस अर्थात् विषाणुकै दर्जा दिए फरक पर्दैन।...