संखुवासभा जिल्ला अस्पताल

संखुवासभा जिल्ला अस्पतालले आइसियू सञ्चालनको लागि कर्मचारीको माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै सेवा करारमा नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट माग रहेको हो। कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका लागि मासिक रू ३ लाख तलब सहित आवासको सुविधा रहेको अस्पतालले जनाएको छ। सूचना जारी भएको १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने छ।