श्वासप्रश्वासमा समस्या

श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीतालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं ल्याइएको हो। ५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। केही वर्षअघि छातिको अपरेसन गरेकी महरालाई केही दिनयता श्वाप्रश्वासमा समस्या देखिएको थियो।