शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल (टेकु)ले रात्रिकालीन फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालको सेवा प्रवाहलाई थप व्यस्थित र प्रभावकारी बनाउन सेवा विस्तार गरिएको निर्देशक डा. अनुप बाँस्तोलाले बताए। यसअघि अस्पताल हाताभित्रका फार्मेसी सेवा बन्द हुँदा औषधि लिन अन्य ठाउँ धाउनुपरेको थियो। ‘बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल भित्रका रहेका फार्मेसी...