डा. बास्तोलाको सुझाब : डेंगुका बिरामीको उपचारमा एन्टिबायोटिक र पेनकिलरको प्रयोग नगर्नुहोस्

डाक्टर : कहाँबाट आउनुभयो ? के भयो ?
बिरामी : यहीँ डल्लुबाट । एक साता भयो, ज्वरो आएको छ, आँखाको नानी दुख्छ, शरीर पूरै करकरी दुख्छ, टाउको फुल्टाजसरी दुखिरहन्छ ।’
डाक्टर : औषधिको प्रयोग गर्नुभएको छ ?
बिरामी : छ, डाक्टर सा’ब । यही हो औषधि मेडिकलबाट दिनुभएको, खाइरहेको छु, तर सन्चो भएन ।
डाक्टर : ओहो ! एन्टिबायोटिक, पेनकिलर पो खानुभएको रहेछ ! तपाईंलाई डेंगु भएको हो । आँखाका नानी दुख्नु, शरीर दुख्नु, टाउको बेसरी दुख्नु डेंगुका लक्षण हुन् । डेंगु हुँदा एन्टिबायोटिक, पेनकिलर खानुपर्दैन । बस, घरमा बसेर झोलिलो कुरा र सिटामोल खानुहोस्, बिस्तारै सन्चो हुँदै जान्छ ।

सोमबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले उपचारका लागि आएका एक बिरामीसित गरेको संवाद हो यो ।

श्रीमान्लाई ज्वरो आएपछि गत साता काठमाडौंको स्वयम्भूनजिक डल्लु बस्ने रीता भुजेलले घरनजिकैको एक मेडिकलमा जाँच गराइन् । क्लिनिकमा स्वास्थ्य परीक्षण गराएपछि त्यहाँ उनलाई झोलाभरि एन्टिबोयोटिक, पेनकिलरजस्ता औषधि दिएर पठाए । मेडिकलमा दिइएको एन्टिबोयोटिक, पेनकिलर खाएपछि पनि ठिक नभएर उनी सोमबार बिहानै श्रीमान्लाई टेकु अस्पताल आएकी थिइन् ।

डेंगु संक्रमित बिरामी यति पुगे, यतिको मृत्यु भयो भनेर गनेर मात्र बस्यौँ । यसको रोकथामका लागि व्यवहार परिवर्तन हुनु आवश्यक रहेको डा. बास्तोलाको बुझाइ छ । उनका अनुसार लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने जानकारी आममानिसमा हुनु जरुरी छ ।

यी मात्र होइनन्, ज्वरो आउँदा एन्टिबायोटिक खाएर ठिक नभएपछि डेंगुको आशंकामा टेकु अस्पताल आउने बिरामी सयौँको संख्यामा छन् । देशभर डेंगुले महामारीको रूप लिइरहँदा उपचारसमेत कतै अलमलिन पुगेको छ । बिरामीमा मात्र होइन, स्वास्थ्यकर्मीमा समेत डेंगुरोग र त्यसको उपचारबारे चेतनामा कहीँ–कतै कमी भएझैँ देखिएको छ, जसका कारण सर्वसाधारण बिरामी सामान्य प्यारासिटामोल झोलिलो पदार्थको सेवन गरेर आराम गरेमा निको हुने डेंगुका लागि अनावश्यक एन्टिबायोटिक र पेनकिलरको सेवनबाट शरीरलाई थप हानि पुर्याउन बाध्य छन् ।

डेंगुमा एन्टिबायोटिक, पेनकिलर तथा फ्लेक्सन सेवनले आन्द्रामा असर
डेंगु संक्रमितले एन्टिबोयोटिक खानुपर्दैन, तर धेरै क्लिनिक तथा मेडिकलमा परीक्षण गराएका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी तथा फार्मेसी सञ्चालक स्वयंले पनि एन्टिबोयोटिक, पेनकिलरजस्ता अनाश्वयक औषधि सेवन गराइरहेको डा. बास्तोला बताउँछन् । ‘सामान्यतया डेंगु भएका बिरामीलाई प्रशस्त पानी पिएर आराम गर्दा सामान्य प्यारासिटामोलको सेवनले नै रोग ठिक हुन्छ,’ बास्तोला भन्छन्, ‘डेंगु लागेका बिरामीले फ्लेक्सन, एन्टिबोयोटिक, पेनकिलर सेवन नगर्नु नै बुद्धिमानी हुन्छ, किनकि फ्लेक्सन खाँदा आन्द्रा सुन्निने, रगतमा प्लेटलेट कम भएका वेला रगत बग्न सक्नेजस्ता जोखिम निम्तिन सक्छन् ।’

९३ प्रतिशतमा अनावश्यक एन्टिबायोटिकको प्रयोग
‘डेंगुमा एन्टिबायोटिक चलाउने विभिन्न आधार हुन्छन्– वृद्ध अवस्थाको बिरामी छ, डेंगुका लक्षण भयानक रूपमा देखिएका छन्, ७ दिनभन्दा बढी ज्वरो आएको छ, सोडियम घटेर गएको छ, डेंगुका साधारणभन्दा जटिलखालका लक्षण देखिएका छन् भने त्यस्तो अवस्थामा मात्र एन्टिबायोटिक्स चलाउनुपर्ने हुन्छ,’ डा. बास्तोला भन्छन्, ‘तर, डेंगु ज्वरो आएका प्रत्येक बिरामीलाई चिकित्सकले अनावश्यक रूपमा एन्टिबायोटिक चलाएको पाइन्छ । हामीले ९३ प्रतिशतलाई अनावश्यक रूपमा एन्टिबायोटिक चलाइरहेको अनुसन्धानले देखाएको छ ।’

डेंगु ज्वरो सामान्य ज्वरो हो । यसमा दुखाइ धेरै हुने गर्छ । यसको व्यवस्थापन सामान्य झोल कुरा तथा सिटामोल खाएर गर्न सकिन्छ । डेंगु हुँदा देखिने समान्य लक्षणमा ज्वरो आउने, आँखाको नानी दुख्ने, शरीरमा स–साना डाबर आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, पेटमा गडबडी हुने गर्छन् । केही व्यक्तिमा भने जटिलखाले लक्षणसमेत देखिने गर्छन् ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग अहिले ५६ भन्दा बढी जिल्लामा फैलिएको छ । एकपटक लामखुट्टे संक्रमित भएपछि त्यसबाट संक्रमित भएका लामखुट्टेले टोक्दा डेंगुका बिरामी बढ्दै गएको डा. बास्तोलाको भनाइ छ ।  विशेषगरी, डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । प्रायः वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

डेंगुका सामान्य तथा जटिल लक्षण
डेंगु ज्वरो सामान्य ज्वरो हो । यसमा दुखाइ धेरै हुने गर्छ । यसको व्यवस्थापन सामान्य झोल कुरा तथा सिटामोल खाएर गर्न सकिन्छ । डेंगु हुँदा देखिने समान्य लक्षणमा ज्वरो आउने, आँखाको नानी दुख्ने, शरीरमा स–साना डाबर आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, पेटमा गडबडी हुने गर्छन् । केही व्यक्तिमा भने जटिलखाले लक्षणसमेत देखिने गर्छन् । यदि बिरामीलाई उल्टी हुने, गिजाबाट रगत आउने, श्वासप्रश्वासमा समस्या हुने, कालो रङको दिसा आउने, उल्टी हुँदा रगत देखिने, बिरामी मूच्र्छा हुने भयो भने चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यसंस्थामा भर्ना हुनेपर्ने डा. बास्तोला बताउँछन् ।

बच्ने उपाय : व्यवहार परिवर्तन
डेंगु संक्रमित बिरामी यति पुगे, यतिको मृत्यु भयो भनेर गनेर मात्र बस्यौँ । यसको रोकथामका लागि व्यवहार परिवर्तन हुनु आवश्यक रहेको डा. बास्तोलाको बुझाइ छ । उनका अनुसार लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने जानकारी आममानिसमा हुनु जरुरी छ । ‘बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्यालढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ,’ डा. बास्तोला भन्छन्, ‘तर, हामी डेंगुका केस कति आए भनेर दौडिरहेका छौँ, डेंगु सार्ने लामखुट्टेको अन्त्यका लागि कमै मात्र लागेका छौँ । खोइ ‘खोज र नष्ट गर’ अभियानलाई व्यवहारमा उतारेको ? त्यसबारे जनमानसमा पर्याप्त सूचना दिनु जरुरी छ ।’

लामखुट्टेको लार्भा यस्तो हुन्छ, त्यसलाई यसरी खोजेर नष्ट गर्नुपर्छ भन्ने जानकारी दिनुपर्ने डा. बास्तोला बताउँछन् । ‘खोज र नष्ट गर अभियानलाई महाअभियानका रूपमा निरन्तर चलाउनुपर्छ,’ बास्तोला भन्छन्, ‘जसरी वाग्मतीबाट फोहोर निकालेर सफा गरियो, त्यसैगरी घर–घरबाट डेंगुका लार्भाको वासस्थान खोजेर नष्ट गर्नु जरुरी छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु परीक्षणका लागि टेकु अस्पतालले मन्त्रालयसँग माग्यो १ करोड ३५ लाख

डेंगुका बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालको खर्च बढ्दै गएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले स्वास्थ्य मन्त्रालयसित बजेट माग गरेको छ । डेंगु परीक्षण गराउने बिरामी अत्यधिक बढ्दै गएपछि वार्षिक बजेटको सीमा नाघेका कारण अस्पतालले १ करोड ३५ लाख अतिरिक्त बजेट माग गरेको हो । अस्पतालमा डेंगु पहिचान गर्ने किट र रगत परीक्षण गर्ने मेसिन थप गर्न रकम माग गरिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडा बताउँछन् ।

परीक्षण शुल्क रु. ५००, प्रतिकिट अस्पतालले तिर्नुपर्छ रु. ९५०
अस्पतालले डेंगु परीक्षणबापत प्रतिव्यक्ति ५ सय रुपैयाँ लिने गरेको छ । ‘डेंगु परीक्षण किट अस्पतालले टेन्डरमार्फत प्रतिकिट ९ सय २० रुपैयाँमा ल्याउने गरेको छ,’ खतिवडा भन्छन्, ‘तर, बिरामीको सहुलियतका लागि अस्पतालले ५ सयमा परीक्षण गर्दै आएको छ ।’

निःशुल्क सेवा दिने हो भने वार्षिक बजेट १ महिनामै सकिन्छ : अस्पताल प्रशासन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले १७ भदौमा टेकुस्थित शुक्रराज ट्र«पिकल तथा सरुवारोग अस्पतालको निरीक्षणका क्रममा डेंगुको परीक्षण तथा उपचारका लागि आउने बिरामीसँग शुल्क नलिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । तर, २ हप्ता बितिसक्दा पनि राज्यमन्त्री यादवले दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन । सरकारका विभागीय मन्त्रीले दिएको निर्देशन कार्यान्वयन हुन नसक्नुको कारणबारेको प्रश्नमा अस्पताल प्रशासन विद्यमान बजेटमा निःशुल्क परीक्षण सम्भव नभएको बताउँछ । दैनिक ६ सयभन्दा बढीको परीक्षण हुने र त्यसको व्ययभार अस्पतालले थग्न नसक्ने अस्पतालको भनाइ छ ।

‘दैनिकजसो ८ सयभन्दा बढी बिरामी डेंगु परीक्षण गर्न आउँछन्, उनीहरू सबैमा डेंगु परीक्षण गर्ने हो भने दैनिक ७–८ लाख खर्च हुन्छ,’ सूचना अधिकारी खतिवडा भन्छन्, ‘परीक्षण निःशुल्क गर्न थालियो भने अस्पतालको वार्षिक बजेट १ महिनामै सकिन्छ ।’

अस्पताललाई निःशुल्क परीक्षण सेवा दिनेबारे कुनै लिखित पत्र नआएको र राज्यमन्त्री स्वयंले नै निःशुल्क गर्न नसकिने जानकारी दिएको खतिवडा बताउँछन् । निःशुल्क सेवा दिनका लागि सरकारले त्यहीअनुरूप बजेट उपलब्ध गराउनुपर्ने खतिवडाको भनाइ छ । यसरी हेर्दा राज्यमन्त्रीले लोकप्रियताका लागि मिडियासामु निःशुल्क परीक्षण गराउन निर्देशन दिएको तर भित्री रूपमा अस्पताललाई सशुल्क गर्न भनेको बुझिन्छ । उनले साधन–स्रोत उपलब्ध गराउनतर्फ कुनै पहल नै नगरी निःशुल्क परीक्षण गराउने कुरा मात्र गरेका थिए ।

डेंगु संक्रमण बढ्दै, बिदाको दिन पनि साबिककै सेवा
डेंगुका बिरामी लगातार बढेपछि अस्पतालले सार्वजनिक बिदाको दिन पनि ओपिडी सेवा सञ्चालन गर्न थालेको छ । अस्पतालमा हाल दैनिक आठ सयभन्दा बढी ज्वरोका बिरामी आउने गरेका छन् । बिरामीको चाप अत्यधिक बढेका कारण भिड व्यवस्थापन गर्न अस्पतालले ‘क्यास काउन्टर’ दोब्बर बनाएको छ । २ वटा काउन्टरबाट सेवा दिँदै आएको अस्पतालमा अहिले ४ वटा काउन्टर सञ्चालनमा छन् ।

परीक्षण गराएका मध्ये झन्डै आधामा डेंगु संक्रमण
टेकु अस्पतालमा डेंगु परीक्षण गराएका मध्ये ४७.३४ प्रतिशतमा संक्रमण भेटिएको छ । अस्पतालको तथ्यांकअनुसार १ देखि २८ भदौसम्म ६ हजार २ सय ३१ जनाले डेंगु परीक्षण गराएका छन्, जसमध्ये २ हजार ९ सय ५० जनामा डेंगु प्रमाणित भएको छ । विभिन्न अनुसन्धानले डेंगु समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइसम्मको स्थानमा फैलिन सक्ने देखाएका छन् । यसबाट अझै पनि पहाडी जिल्लाहरूमा डेंगुको संक्रमण बढ्दै जाने निश्चितप्रायः देखिन्छ ।

डेंगु नियन्त्रणको एक मात्र विकल्पका रूपमा ‘खोज तथा नष्ट गर’ अभियानलाई महाअभियानको रूपमा लाग्नुपर्ने विज्ञहरूले बताएका छन् । अभियानअन्तर्गत व्यक्ति–यक्तिले लार्भा खोज्ने र नष्ट गर्ने काम थालेमा मात्र डेंगुमाथि नियन्त्रण पाउन सम्भव छ ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

राजधानीमा डेंगुको भयावह रूप, टेकु अस्पतालमा बिहीबार मात्र १११ मा संक्रमण, १४ स्वास्थ्यकर्मी संक्रमित

सरकारले काबुबाहिर गएको घोषणा गरेको डेंगु पछिल्लो समय राजधानीमा अस्वाभाविक रूपमा फैलिएको छ । काठमाडौंमा डेंगुले यति तीव्र गतिमा प्रकोपको रूप धारण गरेको छ कि एकै दिन सयौँ बिरामी संक्रमित हुन थालेका छन् भने उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत उल्लेख्य मात्रामा संक्रमण भेटिन थालेको छ । सर्वसाधारण मात्र नभएर चिकित्सकदेखि मन्त्रीसम्म डेंगुको चपेटामा आउनुले रोगको संक्रमणले भयावह रूप धारण गरेको प्रस्ट्याउँछ ।

टेकुस्थित मुलुककै एक मात्र केन्द्रीय सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा बिहीबार मात्रै डेंगुको आशंकामा ओपिडी जाँच गराएका २ सय ४७ जनामध्ये १ सय ११ जनामा संक्रमण भेटिएको छ । अस्पतालमा उपचारमा संलग्न चिकित्सक तथा कर्मचारी पनि भारी मात्रामा डेंगुको चपेटामा आएका छन् । हालसम्म टेकु अस्पतालका १४ जना स्वास्थ्यकर्मीमा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले जनाकारी दिए ।

‘अस्पतालमा दैनिकजसो ३ सयको हाराहरीमा बिरामी डेंगुको आशंकामा परीक्षणका लागि आइरहेका छन्,’ खतिवडाले भने, ‘त्यसमध्ये आधाभन्दा बढीमा डेंगुको संक्रमण पाइएको छ ।’अस्पतालमा हाल २४ जना डेंगु संक्रमितको भर्ना गरेर उपचार गरिराखिएको छ । बिरामी चाप एक्कासि बढेसँगै बेड अभाव भएकाले तुरुन्त थप २० बेड सञ्चालनमा ल्याउन लागेको खतिवडाले बताए ।

 पछिल्लो साता राजधानी काठमाडौंसहित प्रदेश ३ मा डेंगुको फैलावट सबैभन्दा बढी देखिएको छ । साउनयता १७ भदौसम्म प्रदेश ३ मा मात्र करिब १ हजार १ सयमा डेंगुको संक्रमण पाइएको छ । तीव्र गतिमा फैलिरहेको डेंगुको पछिल्लो २ दिनको संख्यासमेत जोड्ने हो भने यो संख्या १ हजार ५ सयको हाराहारीमा पुगेको अनुमान छ ।

अस्पतालमा उपचारमा संलग्न ३ वरिष्ठ चिकित्सकमा डेंगुको संक्रमण भएको छ भने अन्य ११ जना कर्मचारी, सहयोगी, पारामेडिकलमा समेत डेंगु संक्रमण भएको अस्पतालले जनाएको छ । सर्वसाधारणमा डेंगुको संक्रमण अस्वाभाविक रूपमा बढिरहँदा उपचारमा संलग्न चिकित्सकसमेत संक्रमित बनेपछि उपचारमा थप जटिलता सिर्जना भएको छ । उता नेपाल सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल डेंगु संक्रमणका कारण बुधबारदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् । उनको छोरामा पनि डेंगुको संक्रमण भेटिएको जनाइएको छ ।

डेंगु संक्रमित बिरामीलाई उपचाररत अवस्थामै टोकी लामखुट्टे संक्रमित भएर स्वास्थ्यकर्मीलाई समेत टोक्नाले डेंगुको संक्रमण स्वास्थ्यकर्मीमा फैलिएको हुन सक्ने अनुमान अस्पतालका वरिष्ठ चिकित्सक शेरबाहुदर पुन लगाउँछन् । पुन भन्छन्, ‘संक्रमण बढ्दै जाँदा म पनि जोखिममा परेको हुन सक्छु ।’

स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको १७ भदौसम्मको डेंगु संक्रमितको तथ्यांकले पछिल्लो एक सातामा काठमाडौंमा ४ गुणाले डेंगु संक्रमितको संख्या बढेको देखाएको थियो । त्यसपछिका २ दिनमै काठमाडौंमा डेंगुको संक्रमण कैयौँ गुणा बढेको अस्पतालका तथ्यांकले देखाएको छ । कतिपय निजी अस्पतालका बेड पनि डेंगु संक्रमितले खच्चाखच भरिएको पाइएको छ ।

टेकुस्थित मुलुककै एक मात्र केन्द्रीय सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा बिहीबार मात्रै डेंगुको आशंकामा ओपिडी जाँच गराएका २ सय ४७ जनामध्ये १ सय ११ जनामा संक्रमण भेटिएको छ ।

वैशाख अन्तिम सातादेखि सुनसरीबाट फैलिएको डेंगु बाट हालसम्म देशभर ७ हजारभन्दा बढी प्रभावित भइसकेका छन् । यस अर्थिक वर्षको डेढ महिनाको अवधिमा मात्र करिब ३ हजार डेंगुका बिरामी थपिएको महाशाखाको तथ्यांक छ । पछिल्लो साता राजधानी काठमाडौंसहित प्रदेश ३ मा डेंगुको फैलावट सबैभन्दा बढी देखिएको छ । साउनयता १७ भदौसम्म प्रदेश ३ मा मात्र करिब १ हजार १ सयमा डेंगुको संक्रमण पाइएको छ । तीव्र गतिमा फैलिरहेको डेंगुको पछिल्लो २ दिनको संख्यासमेत जोड्ने हो भने यो संख्या १ हजार ५ सयको हाराहारीमा पुगेको अनुमान छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

८५ वर्षको टेकु अस्पतालले बल्ल पाउने भयो भेन्टिलेटर

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले दुईवटा भेन्टिलेटर खरिद गर्ने भएको छ । अस्पतालले भेन्टिलेटर खरिदका लागि टेन्डर आह्वान गरेको टेन्डरमा सबैभन्दा कम मूल्यमा तोकिएको मापदण्डअनुसारको मेसिन उपलब्ध गराउन बोलपत्र दर्ता गर्ने कम्पनीलाई छनोट गरी सम्झौताका लागि सार्वजनिक आह्वान गरेको छ ।

भेन्टिलेटर खरिद प्रक्रिया सम्झौताको चरणमा पुगिसकेकाले केही दिनमै सम्झौता हुने र त्यसको करिब एक महिनामा भेन्टिलेटर अस्पताल आइपुग्ने अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए । टेन्डर पार्ने कम्पनीले सम्झौता गरेको बढीमा ३५ दिनभित्र उपकरण उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको उनले जानकारी दिए । उनका अनुसार अस्पतालले गरेको टेन्डरमा तीन–चार कम्पनीले मात्र रीतपूर्वक बोलपत्र दर्ता गराएका थिए ।

अस्पताललाई चारवटा भेन्टिलेटरको आवश्यकता भए पनि नेपाल सरकारले सीमित बजेट उपलब्ध गराएकाले तत्कालका लागि २ वटा मात्र खरिद गर्न लागिएको अस्पतालले जनाएको छ । उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको ५० लाख रकम आवश्यक उपकरण खरिदका लागि पर्याप्त नभएको अस्पतालका निर्देशक वासुदेव पाण्डे बताउँछन् ।

अस्पताललाई चारवटा भेन्टिलेटरको आवश्यकता भए पनि नेपाल सरकारले सीमित बजेट उपलब्ध गराएकाले तत्कालका लागि २ वटा मात्र खरिद गर्न लागिएको अस्पतालले जनाएको छ । उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको ५० लाख रकम आवश्यक उपकरण खरिदका लागि पर्याप्त नभएको अस्पतालका निर्देशक वासुदेव पाण्डे बताउँछन् ।

अस्पतालमा ४ वटा आइसियू बेड सञ्चालनमा छन् । तर, सरकारले दिएको पैसाले मुस्किलले २ वटा मात्र भेन्टिलेटर खरिद गर्न पुग्ने डा. पाण्डेको भनाइ छ । बाँकी २ वटाका लागि जाइकालगायत विभिन्न संस्थासित सहयोगका लागि अनुरोध गरिरहेको उनले बताए । ‘सकेसम्म ४ वटै भेन्टिलेटर किन्ने प्रयास गरेका हौँ,’ निर्देशक पाण्डेले भने, ‘तत्कालका लागि भने उपलब्ध बजेटबाट २ वटा भेन्टिलेटरका लागि सम्झौता गर्न लागेका हौँ ।’

राम्रो भेन्टिलेटर नभएका कारण अस्पतालले बिरामीलाई पूर्ण रुपमा आइसियूसेवा दिन सकेको छैन । हाल अस्पतालमा एभिएन इन्फ्लुएन्जा कन्ट्रोल प्रोजेक्ट नामक एक संस्थाले धेरै अघि दिएको पोर्टेबल भेन्टिलेटरले काम चलाउँदै आएको छ ।

उक्त भेन्टिलेटरले दैनिक अधिकतम ६ घण्टाभन्दा बढी समय काम नगर्ने भएकाले अस्पतालले २४सै घण्टा काम गर्ने नयाँ भेन्टिलेटर अरिद प्रक्रिया अघि बढाएको निर्देशक पाण्डेले बताए । ‘राम्रो भेन्टिलेटर किन्ने हो भने त सरकारले दिएको ५० लाख रुपैयाँले एउटै पनि आउँदैन,’ डा. पाण्डेले भने, ‘त्यसैले मध्यम गुणस्तरका दुईवटा भेन्टिलेटर किन्न लागेका हौँ ।’

बिरामीको उमेर र अवस्थाअनुसार फरक–फरक प्रकारका भेन्टिलेटर अवश्यक हुने अस्पतालका सूचना अधिकारी खतिवडा बताउँछन् । ‘हामीकहाँ भने सबै उमेरका बिरामी आउने भएकाले ‘प्रेट्रियाट्रिक टु एडल्ट’ खरिद गर्न लागेका छौँ,’ खतिवडाले भने, ‘यो बच्चादेखि वृद्धसम्म सबै उमेरका बिरामीका लागि प्रयोग गर्न मिल्ने भेन्टिलेटर हो ।’

बिरामीको उमेर र अवस्थाअनुसार फरक–फरक प्रकारका भेन्टिलेटर अवश्यक हुने अस्पतालका सूचना अधिकारी खतिवडा बताउँछन् । ‘हामीकहाँ भने सबै उमेरका बिरामी आउने भएकाले ‘प्रेट्रियाट्रिक टु एडल्ट’ खरिद गर्न लागेका छौँ,’ खतिवडाले भने, ‘यो बच्चादेखि वृद्धसम्म सबै उमेरका बिरामीका लागि प्रयोग गर्न मिल्ने भेन्टिलेटर हो ।’

गुस्तरीय भेन्टिलेटरको अभावमा मुलुकको एक मात्र सरुवारोग अस्पतालमा उपचारका लागि आउने सिरियस बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अस्पतालको छ । पौने शताब्दी पार गरिसकेको मुलुकको एक मात्र सरुवारोग अस्पतालले अहिलेसम्म आवश्यक गुणस्तरको भेन्टिलेटर खरिद गर्न नसेकै कारण बिरामीलाई सेवा दिन नसक्नु विडम्बनाको विषय हो । अस्पतालले उपकरण अभावमा आफूले उपचारसेवा दिन नसकेका प्रायः बिरामीलाई पाटन अस्पतालमा रेफर गर्ने गरेको छ ।

सिरियस बिरामीलाई उपकरण अभावकै कारण रेफर गर्नुपर्दा कतिपय अवस्थामा उपचारमा ढिलाइका कारण बिरामीको ज्यानैसमेत जाने गरेको नमिठो अनुभव निर्देशक डा. पाण्डेको छ । त्यसमा पनि कतिपय सरुवारोगका बिरामीको टेकुमै मात्र उपचार हुने र कतिपय बिरामी अन्यत्र जान नमान्ने गरेको डा. पाण्डे बताउँछन् । ‘टेकु अस्पताल एचआइभी फ्रेन्डली अस्पताल भएको कारणले पनि होला, एचआइभीका बिरामी प्रायः रेफर भएर अन्यत्र जान मान्दैनन्,’ उनले भने, ‘भेन्टिलेटर खरिदपश्चात् अस्पतालमा आएका बिरामीलाई उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहँदैन ।’

देशभरका अस्पतालले सरुवारोगका बिरामीलाई शुक्रराज अस्पतालमा रेफर गरेर पठाउने गरेका छन् । तर, पर्याप्त उपकरण अभावका कारण अस्पतालले बिरामीको विश्वास जित्न नसकेको पाण्डे स्विकार्छन् ।

याे पनि पढ्नुहाेस् ।

८५ वर्षको टेकु अस्पताल आइसियूमा बल्ल वामे सर्दै

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चेतना अभावमा फक्रिन पाइनन् १९ वर्षीया फुर्लाकुमारी

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसन वार्डमा पल्टिरहेकी थिइन्, १९ वर्षीया किशोरी फुर्लाकुमारी चौधरी ।
उनलाई देख्नेबित्तिकै अन्य बिरामीभन्दा फरक एउटा दृश्य देखिन्थ्यो– उनी बोल्न सक्थिन्, हेर्न सक्थिन्, उनका दुवै हात बाँधिएका थिए ।
उनलाई प्राणघातक रोग रेबिज लागेको थियो । यस्ता बिरामीले देखाउने अस्वाभाविक व्यवहारका कारण अरूमा रोग नसरोस् भनेर बेडमा सुताउँदासमेत उनका हात बाँधिएका हुन् ।

यस संवाददातासामु उनले सोमबार एउटा प्रश्न तेस्र्याएकी थिइन्– म कहिले निको हुन्छु ? कहिले घर जान पाउँछु ?’ उनको यो प्रश्न मैले अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेसम्म पुर्याएँ । ‘उनलाई बचाउन सकिन्न, २४ घण्टा पनि बाँच्न मुस्किल छ,’ पाण्डेको यो लाचार जवाफले म स्तब्ध, निःशब्द भएँ ।

त्यसको केही घण्टामै अर्थात् सोमबार साँझै उनले आफ्ना सबै अनुत्तरित प्रश्नलाई विश्राम दिइन् र आँखा चिम्लिइन्, सदाका लागि ।
सोमबारै दोलखाका एक पुरुष यस्तै लक्षण लिएर अस्पतालमा आइपुगे । फुर्लाकुमारीलाई निकालेर सोही बेडमा दोलखाका ३५ वर्षे युवालाई राखिएको छ । उनको पनि प्रश्न उस्तै छ र उस्तै छ डाक्टरको जवाफ ।

पर्सा गढीमाईका विपन्न चौधरी परिवारका सदस्यमा कुकुरले टोक्दा खोप लगाउनुपर्छ भन्ने सामान्य चेतना नहुनु नै १९ वर्षे लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमै फुर्लाकुमारीले ज्यान गुमाउनुपर्ने कारण बन्यो । फगत चेतनाअभावले किशोरावस्थामै एउटा फूल फक्रिन नपाई निमोठियो ।

कुकुर वा स्यालजस्ता जनावरको टोकाइबाट सर्ने यो प्राणघातक रोगबारे जनचेतनाको अभावका कारण सहजै बच्ने विधि भएर पनि ठूलो संख्यामा ज्यान गुमाउनेक्रम रोकिएको छैन ।
……….

पर्सा गढीमाईका विपन्न चौधरी परिवारका सदस्यमा कुकुरले टोक्दा खोप लगाउनुपर्छ भन्ने सामान्य चेतना नहुनु नै १९ वर्षे लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमै फुर्लाकुमारीले ज्यान गुमाउनुपर्ने कारण बन्यो । फगत चेतनाअभावले किशोरावस्थामै एउटा फूल फक्रिन नपाई निमोठियो ।

रेबिज संक्रमित कुकुर, स्याललगायत जनावराको टोकाइबाट लाग्ने यो रोगबाट बच्ने एक मात्रै विकल्प भनेको टोक्नासाथ सकेसम्म छिटो रेबिजविरुद्धको खोप लगाउनु नै हो । यतिसम्म कि, चौधरीले परिवारले एन्टिरेबिन भ्याक्सिन त के, टिटानसको सुई पनि लगाउनुपर्छ भन्ने कुरा तेस्रो दिन मात्रै थाहा पायो ।
३ महिनाअघि खेतीबारीको काम गर्दै गर्दा उनलाई भुस्याहा कुकुरेले टोकेको थियो । परिवारले घाउ धोईपाखालीसम्म गरेनन् । घाउ ठूलो नभएकाले निको भइहाल्ला भन्ने भयो । घटनाको ३ दिनपछि छिमेकीले टिटानस खोप दिनुपर्छ भनेपछि उनीहरूले मेडिकलमा गएर टिटानसको खोप लगाएका थिए ।

३ महिनापछि (एक साताअघि) अचानक अनौठा लक्षण देखिन थाले । उनमा ढाड दुख्ने, पानीसँग डराउने, मानिसहरू बोलेको सुन्दा पनि डराउनेजस्ता लक्षणहरू देखिन थाले । छिमेकीले यस्तो लक्षण त रेबिजको हुन्छ भनेपछि नै परिवारले रोगबारेमा सुन्यो ।
टिटानस खोप लगाएपछि त्यसले नै निको हुन्छ भनी छिमेकीले भनेकै कारण उनले टिटानस खोप लगाएकी थिइन् ।

एक साताअघि पानीदेखि डराएर भाग्न थालेपछि छिमेकीले उनलाई रेबिज लागेको आशंका गरेकै आधारमा उनलाई परिवारले वीरगन्जस्थित स्वास्थ्यसंस्थामा पुर्याएको थियो । वीरगन्जबाट उनीहरू आइतबार राति १० बजे मात्र टेकू अस्पताल आइपुगेका थिए ।
एक साताअघि अस्वाभाविक लक्षण देखिएपछि परिवारले धामी–झाँक्री गरेको उनका दाजु बताउँछन् । खोप लगाए बाँचिन्छ भन्ने चेतना नभएकै कारण यो बाटो रोजेको परिवारका सदस्यहरूको भनाइ छ ।

विश्वमा हरेक वर्ष ५९ हजार व्यक्तिको मृत्यु रेबिजका कारण हुन्छ । विश्वभरमा कुल रेबिजरोगको ९५ प्रतिशत एसिया र अफ्रिका महादेशमा भेटिने गरेको छ । भारत रेबिजका कारण बढी मृत्यु हुनेमा अग्रस्थानमा पर्छ ।

चिकित्सकहरूका अनुसार रेबिजरोग तथा यसबारे पर्याप्त मात्रामा जनचेतना जगाउन नसक्दा धेरै नेपाली अकाल मृत्युवरण गर्न बाध्य छन् । कतिपयले भने जनचेतना भए पनि रोगलाई बेवास्ता गर्दा ज्यान गुमाउनुपरेको छ ।
विश्वमा हरेक वर्ष ५९ हजार व्यक्तिको मृत्यु रेबिजका कारण हुन्छ । विश्वभरमा कुल रेबिजरोगको ९५ प्रतिशत एसिया र अफ्रिका महादेशमा भेटिने गरेको छ । भारत रेबिजका कारण बढी मृत्यु हुनेमा अग्रस्थानमा पर्छ ।

नेपालमा रेबिजको अवस्था
विशेषगरी, नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको समस्या बढी देखिएको छ । पहाडको तुलनामा तराईमा स्याल तथा ब्वाँसोको टोकाइका कारण रेबिजको संक्रमण भई मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा छ । यस्तै, एकचौथाइ जनसंख्या मध्यम जोखिममा छ । महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्ष (०७४÷७५)मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो भने २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेको तथ्यांक विभागसित छ । त्यसमध्ये २८ हजार ५ सय १४ जनालाई रेबिजरोग लाग्न सक्ने आशंका गरिएको भए पनि २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कसरी हुन्छ रेबिज ?
रेबिजले लाइसा नामक स्नायुमा प्रभाव पार्ने गर्छ । यसको कारक हो– आरएनए भाइरस । उक्त भाइरस र्यालको माध्यमबाट मानिसको शरीरमा पुग्ने गर्छ । उक्त भाइरस शरीरबाट मस्तिष्कसम्म पुगेपछि ज्वरो आउने, बिरामी पानीदेखि डराउने, घाउ भएको ठाउँमा दुख्नेजस्ता समस्या देखापर्छन् ।

लक्षण
– रेबिज लागेको बिरामी हावा र पानीदेखि डराउने गर्छन् ।
– जनावरले टोकेको ठाउँमा चिलाएको अनुभव हुन्छ, झमझम गर्छ ।
– पानी पिउन असहज महसुस हुन्छ ।
– कोही–कोही उत्तेजित हुन्छन् ।

उपचार
रेबिज लागेपछि मुटु तथा कलेजोको रोगको जस्तो यसको उपचार सम्भव छैन । रोग लागिसकेपछि मर्नुबाहेक अन्य विकल्प छैन । विदेशतिर रेबिज लागेका ५–७ जना बिरामी बाँचेका समाचारहरू आए सुनिए पनि नेपालमा भने हालसम्म सफलता मिलेको छैन ।

रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्मका शून्य प्रतिशतमा ल्याउने विश्वव्यापी लक्ष्य रहेकोमा नेपाल सरकारले पनि त्यसमा प्रतिबद्धता जनाइसकेको छ ।

रोकथाम
रेबिजको उपचार हालसम्म पत्ता नलागेकाले रोग लागेपछि बिरामीको मृत्यु अवश्यंभावी छ । यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनावरबाट उक्त रोगको भाइस मानिससम्म आउन नदिनु नै हो । यसका लागि घरपालुवा जनावरलाई पशुचिकित्सकको सल्लाहअनुसार वेलावेलामा खोप लगाउनुपर्छ । रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्मका शून्य प्रतिशतमा ल्याउने विश्वव्यापी लक्ष्य रहेकोमा नेपाल सरकारले पनि त्यसमा प्रतिबद्धता जनाइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार कुनै पनि जनावरले टोकेपश्चात् रेबिजविरुद्धको सुई लगाउनुपर्छ भन्ने ज्ञान भए पनि घरपालुवा जनावरले टोकेका कारण रोग लाग्दैन भन्ने भ्रम जनमानसमा पाइन्छ । हेलचक्य्राइँका कारण रेबिजबाट ज्यान गुमाउनेको संख्या धेरै रहेको डा. पुन बताउँछन् । टेकु अस्पतालमा रेबिज लागेर आउने अधिकांश बिरामीले रेबिजबारे ज्ञान हुँदाहुँदै पनि बेवास्ता गरेका कारण ज्यान गुमाउने गरेको उनको अनुभव छ । उनका अनुसार रेबिजलाई सामान्य रूपमा लिएर बेवास्ता गर्नुहुँदैन । यदि रेबिजको सुई लगाएकै जनावरले टोकेमा पनि बेवास्ता नगरी नजिकको स्वास्थ्यसंस्थामा गई रेबिजको सुई लगाउन उनको सुझाब छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै