यी हुन् शक्रकीट बढाउने खानेकुरा

स्वस्थ सन्तान प्रत्येक दम्पत्तिको चाहना हुन्छ। स्वस्थ बच्चा जन्माउनका लागि आमाको स्वास्थ्य राम्रो हुनु निकै महत्त्वपूर्ण हुन्छ। गर्भमा भ्रूण बन्नेदेखि शिशु तयार हुँदासम्म आमाको स्वास्थ्य राम्रो हुन आवश्यक हुन्छ।

गर्भमा शिशुको बृद्धिविकास हुनका लागि पुरुषको शुक्रकिट र महिलाको डिम्बबीच मिलन हुने गर्छ। त्यसैले महिलाको स्वस्थ्य गर्भधारणका लागि पुरुषको स्वास्थ्यले पनि अहम् भूमिका खेलेको हुन्छ। पुरुषमा शुक्रकिटको संख्या र गुणत्वमा ठिक हुनुपर्छ। यदि शुक्रकिटको संख्यामा ठिक भएन भने शिशुमा असर पर्छ। त्यसैले चिकित्सकले पुरुषलाई फर्टिलिटी र स्पर्म गुणत्व बढाउने खानेकुरा खान सुझाव दिइरहेका हुन्छन्।

पालुङ्गो

पालुङ्गोमा ‘फलिक एसिड’ (उर्बरता बृद्धि गर्ने) बढी हुन्छ। यसले पुरुषमा स्पर्मको क्वालिटी बढाउँछ। सधै खानामा पालुङ्गोको साग वा जुस पिउँदा फर्टिलिटी बढ्छ।

अनार

टर्कीमा गरिएको अध्ययन अनुसार अनारको जुस स्पर्मको संख्या बढाउँछ। सधैँ एक गिलास अनारको जुस पिउँदा फर्टिलिटी बढ्छ।

जिङ्कयुक्त फुड

पुरुषमा स्पर्म बढाउनका लागि जिङ्कयुक्त फुड सहयोग गर्छ। थुप्रै अध्ययनले फोलेट र जिङ्कको संयोजनले स्पर्म बढाउन सहयोग गर्छ। त्यसैले आफ्नो खानामा रातो मासु, घुङ्गी, गङ्गटा र झिङ्गे माछा जस्ता खानेकुरा सामिल गर्नु उपयुक्त हुन्छ।

ओमेगा–३ युक्त फुड

ओमेगा–३ फुड खाँदा भरपुर मात्रामा स्पर्मको संख्या बढ्छ। त्यसैले आफ्नो खानामा दही, पेयपदार्थ, तोरीको तेल, अमलाको तोल, काजु जस्ता खानेकुरा सामेल गर्नुपर्छ।

ओखर

ओखर ओमेगा–३ फ्याट एसिडबाट भरपुर हुन्छ। जसले स्पर्मको संख्या बढाउन मद्दत गर्छ। दिनहुँ ७५ ग्राम ओखर खाँदा स्पर्मको संख्या बढ्नुका साथै आकार पनि बढ्छ।

लसुन

लसुनमा पाइने एलिसिनमा अर्गानमा रक्तसञ्चार बढाउँछ। सधै बिहान ३–४ पोटा लसुन खाँदा सीमने भोलुम बढ्छ।

डार्क चक्लेट

डार्क चक्लेट पुरुष र महिला दुवैको स्वास्थ्यका लागि राम्रो मानिन्छ।

त्यसैगरी, स्ट्रबेरी, गान्टे मुला र रातोगोभीमा एन्टिअक्सिडेन्ट पाइन्छ। जसले शरीरमा अणुको निर्माण गर्दछ। हानिकारक यौगिकबाट कोशिका क्षतिग्रस्त हुनबाट जोगाउँछ। यस्ता खाद्यपदार्थ शुक्रकिट बढाउन र विकास गर्न उपयुक्त हुन्छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के मानिसको मृत्युपछि पनि शुक्रकीटले काम गर्छ ?

एक अध्ययनमा प्राप्त प्रमाणका आधारमा वैज्ञानिकहरूको टिमले मानिसको मृत्युपछि पनि शुक्रकीटले काम गर्ने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरूले मानिसको प्राण गएको ४८ घण्टासम्म शुक्रकीटलाई गर्भधारणमा प्रयोग गर्न सकिने अध्ययनबाट पुष्टि गरेका हुन् ।

‘मानिसको मृत्यु भएको ४८ घण्टासम्म निकालिएको शुक्रकीट (स्पर्म) बाट स्वस्थ शिशु जन्मिन सक्ने रहेछ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

जर्नल अफ मेडिकल एथिक्समा प्रकाशित सो प्रतिवेदनअनुसार मानिसको जीवन समाप्त भइसकेपछि ती व्यक्तिबाट शुक्रकीट निकालेर ‘स्पर्म बैंक’मा जम्मा गर्न सकिनेछ । यो विधिलाई ‘नैतिक रूपमा’ स्वीकार गर्न सकिएमा स्पर्म बैंकमा शुक्रकीटको मात्रा बढाउन सकिन्छ ।
‘निधनपछि पुरुषलाई शुक्राणु दान गर्न अनुमति दिनुपर्छ,’ जर्नलमा जोड दिइएको छ ।

यो कदम केही देशका लागि महत्त्वपूर्ण मानिएको छ । ‘स्पर्म डोनेसन’ सम्बन्धमा कडा कानुन भएका कारण ती देशका स्पर्म बैंकमा शुक्रकीटको मात्रा घटिरहेको छ । त्यस्ता देशका लागि यो अवधारणा सहयोगी बन्ने जर्नलको निष्कर्ष छ ।

बिबिसीका अनुसार मृत्यु भएको ४८ घण्टाभित्र दुई तरिकाले शुक्राणु निकाल्न सकिने वैज्ञानिकहरूले ठहर्याएका छन् । अध्ययनमा सर्जरीमार्फत शुक्राणु निकाल्न र सुरक्षित रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।

यो अध्ययनमा ब्रिटेनको लेस्टर विश्वविद्यालयका डा. नाथन हड्सन र मेनचेस्टरस्थित एक सरकारी अस्पतालका डा. जोसुआ पार्कर सामेल थिए । ‘यसलाई अंगदानकै रूपमा सम्झिन सकिनेछ,’ हड्सन र पार्करले भनेका छन् ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै