पित्तथैलीको शल्यक्रिया : धेरैमा मध्यमखालको, तर जटिलता आउँदा ज्यानसमेत जान सक्ने

पित्तथैलीको शल्यक्रिया किन ?
पछिल्लो समयमा पित्तथैलीमा रहेको ढुंगाका निम्ति गरिने शल्यक्रिया कोलेसिस्टेक्टोमी गर्ने संख्या बढ्दै गएको छ । मुख्य रूपमा कोलेसिस्टेक्टोमी शल्यक्रिया पित्तथैलीमा रहेको ढुंगा (गल स्टोन) का निम्ति गरिन्छ । यसबाहेक कहिलेकाहीँ पित्तथैलीमा पलाउने सानो मासु (गल ब्लाडर पोलिस) का निम्ति पनि गरिन्छ ।

पित्तथैलीको शल्यक्रिया जनरल सर्जन अथवा ग्यास्ट्रोइन्टेस्टाइनल सर्जनले गर्ने गर्छन् । यो शल्यक्रिया धेरैमा जटिलखालको नहुने भए पनि कहिलेकाहीँ भने अवस्था हेरी जटिलता आउन सक्छन् । पित्तथैलीको क्यान्सरका निम्ति गरिने शल्यक्रिया भने पित्तथैलीका लागि गरिने शल्यक्रियाभन्दा पूर्ण रूपमा भिन्न हो ।

शिक्षण अस्पतालमा मात्रै दैनिक दुईदेखि तीनवटा पित्तथैलीको शल्यक्रिया गरिन्छ । यो हिसाबले शिक्षण अस्पतालमा मात्रै वार्षिक रूपमा ४ सयदेखि ५ सयको हाराहारीमा कोलेसिस्टेक्टोमी शल्यक्रिया गरिन्छ । देशका अन्य ठूला सरकारी अस्पताल, प्राइभेट अस्पताल तथा ठूला मेडिकल कलेज सबैतिरको शल्यक्रियाको संख्या जाड्ने हो भने यो शल्यक्रिया हजारौँको संख्यामा गरिन्छ ।

पित्तथैलीको शल्यक्रिया (कोलेसिस्टेक्टोमी) कसरी गरिन्छ ?
१५ देखि २० वर्षअघिसम्म पित्तथैलीको शल्यक्रिया चिरेर गर्ने गरिन्थो, जसलाई ओपन कोलेसिस्टेक्टोमी भनिन्छ । तर, समयसँगै ल्याप्रोस्कोपी प्रविधिको विकास भयो र प्रयोग हुन थाल्यो । हाल देशमा ठूला सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा पित्तथैलीको शल्यक्रिया धेरै प्रतिशत ल्याप्रोस्कोपिक विधिबाट हुन्छ, जसलाई ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी भनिन्छ । तर, सबै ठाउँमा ल्याप्रोस्कोपीको सेवा नपुगेको अवस्था छ । कतिपय ठाँउमा शल्यक्रिया गर्न सक्ने सर्जन भए तापनि ल्याप्रोस्कोपिक प्रविधि नभएका कारण चिरफार विधिबाटै शल्यक्रिया हुने गरेको छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गराउँदा घाउ सानो हुनेदेखि बिरामीलाई २ देखि ३ दिनभित्रै घर पठाउन मिल्ने सम्भावना रहन्छ । कतिपय अवस्थामा ओपन कोलेसिस्टेक्टोमी गर्नुपर्ने अवस्था आउँछ । चिरेर शल्यक्रिया गर्दा सर्जनको हातले नै धेरै कुरा गर्ने हँुदा ल्याप्रोस्कोपिक विधिभन्दा काम गर्न केही हदसम्म सजिलो हुन्छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा रगतका नलीबाट रगत बग्न सक्ने, छुट्याउनेक्रममा कलेजोबाट रगत बग्न सक्ने सम्भावना रहन्छ । धेरैजसो अवस्थामा रगत बग्ने समस्यालाई तुरुन्तै नियन्त्रण गर्न सकिन्छ ।

पित्तथैलीको शल्यक्रिया गर्दा के–कस्ता समस्या आउन सक्छन् ?
धेरैजसो अवस्थामा पित्तथैलीको शल्यक्रिया मध्यमखालको शल्यक्रिया मानिन्छ, जसमा त्यस्तो कुनै ठूलो समस्या देखिँदैन । शल्यक्रिया गरेको २–३ दिनको बीचमा ९५ प्रतिशत बिरामी घर फर्किन सक्छन् । शरीरका अन्य कुनै भाग जस्तै मुटु, छातीमा समस्या वा अन्य कुनै समस्या पहिलेदेखि नै बिरामीमा रहेको अवस्थामा मात्रै अस्पताल बसाइ लामो हुन सक्छ । तर, पित्तथैलीको शल्यक्रिया गर्दा केही प्रतिशत बिरामीमा भने शल्यक्रियाका कारण समस्या आउन सक्छन् । पित्तथैलीको शल्यक्रियाका ल्याप्रोस्कोपी र चिरफार विधिमध्ये ल्याप्रोस्कोपिक विधिका धेरै फाइदा भए पनि यसमा चिरफार विधिभन्दा समस्या आउन सक्ने सम्भावना केही हदसम्म बढी हुन्छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा रगतका नलीबाट रगत बग्न सक्ने, छुट्याउनेक्रममा कलेजोबाट रगत बग्न सक्ने सम्भावना रहन्छ । धेरैजसो अवस्थामा रगत बग्ने समस्यालाई तुरुन्तै नियन्त्रण गर्न सकिन्छ । तर, कहिलेकाहीँ रगत बग्ने समस्या जटिल हुन सक्छ । त्यस्तै, कहिलेकाहीँ पित्तथैली, पित्तनली, अन्य नसा तथा आन्द्रामा गुजमुजिएर बसेको अवस्थामा हुन सक्छन् । यस्तो अवस्थामा पित्तथैली छुट्याउनेक्रममा रगत बग्ने, पित्तनलीमा चोट लाग्ने, काटिने तथा आन्द्रामा चोट लाग्ने सम्भावना हुन्छ । यीबाहेक सामान्य समस्याका रूपमा शल्यक्रिया गरेको घाउ पाक्ने, धेरै रगत बग्ने वा शरीरका अन्य कुनै भागमा इन्फेक्सन हुने सम्भावना रहन्छ ।

कस्तो अवस्थामा जटिलता आउन सक्छ ?
शरीरमा पित्तथैलीको रोगको स्थिति खराब रहेको अवस्थामा जटिलता आउन सक्ने सम्भावना हुन्छ । पित्तथैली एकदमै सुन्निएर बसेको, टाँसिएको वा भित्रको संरचना नै राम्रोसँग नदेखिएको अवस्थामा जटिलता आउन सक्छ । केही प्रतिशत मानिसमा सबैमा हुने बनावट (नर्मल यानाटोमी) नहुन सक्छ । यसको अर्थ रगतका नसा तथा पित्तनलीहरू ती मानिसमा भिन्न तरिकाले बनेका हुन्छन् । एउटा बाटोबाट आउनुपर्ने रगतका नसा तथा नलीहरू सधैँभन्दा भिन्न तरिकाले आउन सक्छन् । यस्तो अवस्थामा सधैँ सबै सर्जनले नदेखेको हुन सक्छन् । यस्तो अवस्थामा शल्यक्रियाका क्रममा नसा तथा नलीहरूमा चोट लागी जटिलता आउन सक्ने सम्भावना रहन्छ ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा हुनै समस्या आइपरेमा वा शंका लागेमा तुरुन्तै चिरेर गर्ने तथा आफूभन्दा अनुभवी सर्जनको सल्लाह, सुझाब र सहयोग लिई समस्या र परिस्थितिको सामना गर्नुपर्छ र कुन अवस्थामा ठूला अस्पतालमा रेफर गर्ने जानकारी हुनुपर्छ ।

कुन अवस्थामा बिरामीको मृत्यु हुन सक्छ ?
सधैँ गरिने पित्तथैलीको शल्यक्रिया अर्थात् कोलेसिस्टेक्टोमीका कारण बिरामीको मृत्यु नै हुने सम्भावना धेरै नै कम हुन्छ, तर सम्भावना भने सधैँ नै रहन्छ । बिरामीको शल्यक्रियाका क्रममा वा शल्यक्रियापछि रगत बगेको समस्या नियन्त्रण गर्न सकिएन भने बिरामीको मृत्यु पनि हुन सक्छ । त्यस्तै, पित्तनली काटिएको, चुँडिएको वा आन्द्रा प्वाल पर्न गई पेटमा संक्रमण भएमा जटिलता आएर बिरामीको मृत्यु हुन सक्छ । यसबाहेक यदि बिरामीमा पहिलेदेखि नै शरीरमा अन्य जटिल समस्या जस्तै, मुटुरोग, फोक्सोको रोग वा अन्य कुनै जटिल रोग भएको अवस्थामा पनि बिरामीको मृत्यु हुन सक्छ ।

पित्तथैलीको शल्यक्रिया गर्दा आउने समस्या कसरी घटाउन सकिन्छ ?
पित्तथैलीको शल्यक्रिया जस्तोसुकै अनुभवी सर्जनले गरे पनि समस्या आउन सक्छ । धेरैजसो अवस्थामा शल्यक्रिया गर्नुअघि नै बिरामीमा समस्या आउन सक्छन्, असहज हुन सक्छ, चिरेर गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना हुन्छ भन्ने कुराहरू अनुमान लगाउन सकिन्छ । पेटको अल्ट्रासाउन्ड वा बिरामीका लक्षणहरू सोधेर केही हदसम्म भए पनि समस्या आउन सक्ने अनुमान लगाउन सकिन्छ । त्यस्तो अनुमान गरिएको बिरामीको शल्यक्रिया अनुभवी सर्जनले अथवा अनुभवी सर्जनको निगरानीमा गरेमा समस्या आउन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ । यस्तै, समस्या आइहालेको खण्डमा पनि त्यसको तुरुन्तै सही व्यवस्थापन गर्न सकिन्छ र पछि हुने जटिलता कम गर्न सकिन्छ ।

प्रविधिको आवश्यक मात्रामा विकास नभएका अस्पतालमा यी शल्यक्रिया कम संख्यामा गरिन्छ । यस्ता अस्पतालमा सर्जनले यो शल्यक्रिया गर्न खोजेमा सजिलोखालका केसहरू छानेर गरेमा जोखिम कम गर्न सकिन्छ । त्यस्तै, ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेक्रममा हुनै समस्या आइपरेमा वा शंका लागेमा तुरुन्तै चिरेर गर्ने तथा आफूभन्दा अनुभवी सर्जनको सल्लाह, सुझाब र सहयोग लिई समस्या र परिस्थितिको सामना गर्नुपर्छ र कुन अवस्थामा ठूला अस्पतालमा रेफर गर्ने जानकारी हुनुपर्छ । यस्तो गरेमा ठूला शल्यक्रिया गर्दा जटिलता आए पनि त्यसको समाधान गर्न सकिने सम्भावना रहन्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

युवा चिकित्सकको सुरक्षित एनेस्थेसिया अभियान, भन्छन्– शल्यक्रियालाई कुनै कुराले रोक्दैन, पछि पनि दुख्दैन

अप्रेसन (शल्यक्रिया) कसैको रहरको विषय हुँदैहोइन । शल्यक्रिया अवधिभर त बेहोस बनाइन्छ, तर होसमा आएपछि… । धेरै बिरामी र आफन्तको चिन्ता, शल्यक्रियापछि होसमा फर्किएला–नफर्किएला, घाउ निको हुन कति समय लाग्ला र घाउ कति दुख्ला ?

उपकरण, विधि र प्रविधिले निरन्तर फड्को मारिरहेको चिकित्साविज्ञानमा शल्यक्रियाका क्रममा हुने जोखिम र शल्यक्रियापछि हुने दुखाइको व्यवस्थापनका लागि नेपालका युवा एनेस्थेसिओलोजिस्टले एउटा अभियान नै छेडेका छन् । नेपालको सन्दर्भमा बेहोस बनाउने वा दुखाइको व्यवस्थापन गर्ने नवीनम प्रविधि ‘अल्ट्रासाउन्ड गाइडेड रिजलन एनेस्थेसिया’बारे चेतना र प्रयोग बढाउन युवा एनेस्थेसिओलोजिस्टहरूले यस्तो प्रयत्न गरेका हुन् ।

विकासित देशहरूका सन्दर्भमा नौलो नभए पनि एनेस्थेसियालाई भिन्न ढंगले सोच्ने र अपनाउने यो अभियान तीन वर्षदेखि अगाडि बढिरहेको छ । निजामती कर्मचारी अस्पतालमा कार्यरत युवा एनेस्थेसिओलोजिस्ट डा. अनुजजंग रायमाझीसहित केही युवा चिकित्सकले सन् २०१६ मा आफूले जानेको यो सुरक्षित एनेस्थेसियाको सीप अन्य चिकित्सकलाई सिकाउँदै सर्जन र बिरामी पक्षलाई समेत सचेत गराउन सुरुवात गरेका थिए । डा. रायमाझीसहित डा. संयुक्तराज आचार्य, डा. नवीन्द्र विष्ट, डा. पवनकुमार हमाल, डा. प्रज्वल भट्टराई, डा. सुवास पौडेल डा. दिप्तेश अर्याल, डा. रुपेश यादव र डा. ललितजंग राजवंशी सुरुदेखि नै सरिक छन् ।

सुरक्षित एनेस्थेसियाबारे चेतनासँगै माग बढ्दै गएको र वीर, ट्रमा, टिचिङ, निजामती कर्मचारी अस्पताल, कान्ति, केएमसी, नोबलसँगै उपत्यकाबहिर भरतपुर, विराटनगर, धरानका चिकित्सकले पनि अभ्यास सुरु गरिसकेको हाल ट्रमामा कार्यरत डा. हमालले जानकारी दिए ।

अभियानअन्तर्गत सातवटा वर्कसपमार्फत १ सय ५० भन्दा बढी एनेस्थेसिओलोजिस्ट र जिपीलाई यो सीप सिकाइसकेका छन् । ‘यो सीप सिकाउन चार तहका तालिमका पाठ्यक्रम बनाएर आवश्यकता र मागका आधारमा तालिन गर्दै आएका छौँ’ डा. रायमाझीले भने । दुई वर्षको अवधिमा मात्रै उनीहरूले ७ वटा वर्कसप गरिसकेका छन् । जसमध्ये २ भरतपुर र विराटनगरमा गरिएको थियो ।

उनीहरूले युरान फाउन्डेसन नामक संस्था नै बनाएर गतिविधि गरिरहेको युवा एनेस्थेसिओलोजिस्ट डा. पवन हमालले बताए । यसका लागि उनीहरूले आफ्नै
पहलमा चार लेबलको पाठ्यक्रमसमेत विकास गरेका छन् । प्रारम्भिक लेबलदेखि चौथो तहसम्ममा दीर्घकालीन रूपमा दुखाइको व्यवस्थापन कसरी गर्ने भन्ने सीप समाविष्ट छ ।

सुरक्षित एनेस्थेसियाबारे चेतनासँगै माग बढ्दै गएको र वीर, ट्रमा, टिचिङ, निजामती कर्मचारी अस्पताल, कान्ति, केएमसी, नोबलसँगै उपत्यकाबहिर भरतपुर, विराटनगर, धरानका चिकित्सकले पनि अभ्यास सुरु गरिसकेको हाल ट्रमामा कार्यरत डा. हमालले जानकारी दिए ।

अल्ट्रासाउन्ड गाइडेड रिजनल एनेस्थेसिया प्रयोगले जोखिम कमसँगै संक्रमणदरमा कमी र खर्च र बिरामीलाई सहजसमेत भएका कारण बिस्तारै लोकप्रिय बन्दै गएको अनुभव उनीहरूको छ ।

शल्यक्रिया चरणमा पूरै बेहोस बनाउँदा जोखिम हुने, अन्य रोग वा उमेर समूहका बिरामीदेखि दीर्घकालका दुखाइको व्यवस्थापनमा उपयोगी भएका कारण यो सीपकको लोकप्रियता बढ्दै गएको छ । सामान्य रूपमा हेर्दा यस्तो विशिष्ट सीप सिकेका व्यक्तिले आकर्षणका हिसालले रोजाइको जनशक्ति भएर बस्ने विकल्प थियो । तर, चिकित्सकहरू सीमित व्यक्तिमा मात्रै यो सीप भएर पैसा मात्रै कमाउने तिर भन्दा सुरक्षित एनेस्थेसियाका लागि यो सीप फैलाउन लागिपरेको निजामती अस्पतालका एनेस्थेसिओलोजिस्ट डा. अनुजजंग रायमाझीले बताए ।

एनेस्थेसिया विकसित देशका सन्दर्भमा लामो समयदेखि अभ्यासमा आए पनि नेपालमा यसका सन्दर्भमा अझै शल्यचिकित्सकहरूमै जानकारीको कमी भएको भनाइ चिकित्सकहरूको छ । डा. रायमाझीका अनुसार यो विधि शल्यक्रियामा एनेस्थेसियासँगै दीर्घखालका दुखाइमा पनि प्रभावकारी साबित भएको छ ।

अस्पतालहरूमा भइरहेका जनशक्तिले सामान्य अतिरिक्त तालिम लिने सुरुवातमा कम्तिमा २० देखि ३० लाखको उपकरण भएमा ‘अल्ट्रासाउन्ड गाइडेड रिजलन एनेस्थेसिया’ सम्भव हुन्छ । मुटुको रगत फाल्ने क्षमता १०-१५ प्रतिशत मात्रै भएको बिरामीमा समेत शल्यक्रिया सफल भइरहेको चिकित्सकहरू बताउँछन् ।

‘जोखिमसँगै लामो समय लाग्ने शल्यक्रियामा पनि बिरामीलाई जनरल एनेस्थेसिया दिए शल्यक्रिया टेबुलमै मृत्यु हुनसक्छ ’ डा. रायमाझीले भने, ‘त्यस्तो अवस्थामा पनि ज्यान जोगाएर शल्यक्रिया सफल बनाउन सकिन्छ ।’

जनरल एनेस्थेसियामा फोक्सो, मुटु, मिर्गौला कमजोर भएको अवस्थामा ती अंगलाई औाषधि दिँदा जोखिम धेरै हुन्छ । ‘यो पद्धति हो, यसमा नसाबाट अल्ट्रासाउन्डले हेर्दै एक्युरेटसँग दिइन्छ,’ अगुवा डा. रायमाझीले भने, ‘जसले जोखिम घटाउँछ’

अहिले पनि आम बिरामी र कतिपय चिकित्सकहरूको पनि बुझाइ भनेको एनेस्थेसिया भनेको बेहोस गराउनु मात्रै हो । तर, बेहोस गराउँदा मुटु, छाती, मिर्गौला र अन्य महत्वपूर्ण प्रणालीलाई नर्मल फिजियोलोजी राखेर पछि आफ्नै काममा फर्काउने चुनौती एनेस्थेसिओलोजिस्टले वहन गरेका हुन्छन् । ‘बेहोस आफैँमा एउटा पद्धति हो । मुटु, फोक्सो कसरी सञ्चालन गर्ने ?’ डा. रायमाझी भन्छन् ।
सामान्यतः अहिले एनेस्थेसियामा पूरै बेहोस गराउने, स्पाइनल एनेस्थेसिया, ब्लक एनेस्थेसिया र लोकल प्रचलनमा छन् ।

अल्ट्रासाउन्ड गाइडेड रिजनल एनेस्थेसियामा भने शल्यक्रियाका समयमा यी परम्परागत एनेस्थेसियाका तरिकाहरूले बेहोस गराउँदा बढी जोखिम हुन सक्ने उमेर समूह उच्च रक्तचाप, फोक्सो, मिर्गौला, क्यान्सरजस्ता मधुमेहका समस्या भएका बिरामीलाई आवश्यक ठाउँमा र आवश्यक मात्रामा मात्रै दिएर शल्यक्रियालाई सहज बनाइन्छ ।

जनरल एनेस्थेसियामा फोक्सो, मुटु, मिर्गौला कमजोर भएको अवस्थामा ती अंगलाई औषधि दिँदा जोखिम धेरै हुन्छ । ‘यो पद्धति हो, यसमा नसाबाट अल्ट्रासाउन्डले हेर्दै एक्युरेटसँग दिइन्छ,’ अगुवा डा. रायमाझीले भने, ‘जसले जोखिम घटाउँछ’

यो विधिबाट एनेस्थेसिया दिँदा अन्य रोगको जोखिमका कारण बेहोस अवस्थाबाट ब्युँताउनै कठिन भएकालाई मात्रै होइन, शल्यक्रियाका समयमा हुन सक्ने संक्रमण, निमोनियाको जोखिम, औषधिको असर कम, आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने अवधिसमेत निकै कम भएको छ, जसका कारण जोखिमसँगै खर्चसमेत कम लाग्ने डा. रायमाझी बताउँछन् । ‘जनरल प्रविधिबाट एनेस्थेसिया दिँदा लामो समय बेहोस हुँदा जटिलता आउन सक्छन्, त्यसलाई यो पद्धतिले घटाउँछ,’ उनले भने ।

समयमै होसमा फर्किने हुँदा तत्काल हिँडाइ सुरु हुन्छ र जसले गर्दा पेट र रक्तप्रणालीसम्बन्धी रिकभरी पनि छिट्टै हुन्छ ।

दीर्घकालीन रुपमा हुने दुखाईको राम्रो निदानका लागि पेन मेडिसिनकै रूपमा पनि अल्ट्रासाउन्ड गाइडेड रिजलन एनेस्थेसियाको प्रयोग भइरहेको र त्यसले कठिनखालका दुखाइको पनि सहजै व्यवस्थापन गर्न सकिने डा. रायमाझी बताउँछन् । ‘क्यान्सरका दुखाइ, ढाडको दुखाइ, घुँडाको दुखाई र अन्य धेरै दुखाइमा यो विधिबाट व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै