शल्यक्रिया कक्ष

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष सञ्चालनमा आएको छ । सरकार र अस्पतालको संयुक्त लगानीमा निर्मित अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त उपकरणसहितको अत्याधुनिक शल्यक्रिया कक्ष शुक्रबारबाट सञ्चालनमा आएको हो । अस्पतालले एकैपटक ८ वटा मोडुलर अप्रेसन कक्ष सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिए ।...