जाइकाले ८० करोडमा बनाइदिएको वीरको भवन सञ्चालनमा मन्त्रालयको चरम बेवास्ता, पहल गर्न पदाधिकारी असफल

वीर अस्पतालको मुख्य भवनको पछाडि तीनतले अत्याधुनिक सेतो भवन देख्न सकिन्छ । भवनको ढोकाबाट भित्र पस्नासाथ एक किसिमको शीतलता अनुभूत गर्न सकिन्छ । बिरामी कुरुवाका लागि बस्ने फराकिलो ठाउँ, अपांगमैत्री शौचालय, बिजुली ब्याकअप जेनेरेटर, सेन्सरयुक्त धारा, डाक्टर तथा नर्स बस्ने व्यवस्थित कक्ष, सेमिनारका लागि व्यवस्थित हल, वीरको नवनिर्मित भवन कुनै विकसित मुलुकको अस्पतालभन्दा कम देखिँदैन ।

जापान सरकार सहयोग नियोग (जाइका) ले ८० करोडको लागतमा निर्माण गरिदिएर २ महिनाअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरे पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । जनशक्ति र नेपाल सरकारको भगमा परेको उपकरण अभावमा नयाँ भवनमार्फत सेवा सञ्चालनमा ल्याउन नसकिएको वीरका निर्देशक डा. केदार सेन्चुरी बताउँछन् ।

तीनतले भवनमा मुटु, मिर्गौला र ग्यास्ट्रोका विभाग राखिएका छन् । उपकरण नहुँदा नयाँ भवनमा राखिएका दुई विभागका कोठाहरू खाली छन् । मिर्गौला विभागमा डायलाइसिस सेवा चलिरहेकै छ, तर जनशक्ति अभावमा वार्ड भने चल्न सकेको छैन । ०७२ को महाविनासकारी भूकम्पले अस्पतालका भवनहरू जीर्ण भएपछि जाइकाले अत्याधुनिक भवन निर्माण गरी हस्तान्तरण गरिसक्दा पनि नेपाल सरकारले उपकरण र जनशक्ति उपलब्ध नगराउँदा भवन सञ्चालनमा आउन सकेका छैनन् । वीरको नवनिर्मित भवनमा सरकारले आफ्नो भागमा परेका उपकरण तथा जनशक्ति उपलब्ध नगराउँदा भवनमा स्थानान्तरण गरिएका विभागका सेवाहरू बिरामीले पाउन सकेका छैनन् ।

अस्पतालले मुटु, मिर्गौला र ग्यास्ट्रो विभाग सञ्चालनका लागि मन्त्रालयसँग ५१ करोड माग गरेको थियो । तर, मन्त्रालयबाट १ करोड निकासा भयो, त्यो पनि समय घर्काएर । डा. सेन्चुरी भन्छन्, ‘१ करोड पनि आर्थिक वर्षको अन्तिममा आएका कारण हामीले उपकरण किन्न प्रयास गर्दा प्रक्रियागत ढिलाइ भएका कारण फ्रिज हुन पुग्यो ।’

देशकै ठूलो अस्पताल वीरले भूकम्पले भवनमा क्षति पुर्याएपछि पुरानो भवनमा खुम्चिएर सेवा दिनुपर्ने वातावरण बन्यो । भवन निर्माणपश्चात् खुम्चिएका सेवा विस्तार भई बिरामीले गुणस्तरीय सेवा पाउने सबैको आशा थियो । तर, भवन हस्तान्तरण भएको २ महिनासम्म न त सरकारले उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि केही पहल नै गरेको छ, न अस्पतालले नै उपलब्ध जनशक्ति तथा उपकरणको व्यवस्थापनबाट सञ्चालनमा ल्याउनमा चासो नै देखाएको छ ।

 

५१ करोड माग्दा मन्त्रालयले ढिलो गरी दियो १ करोड, त्यो पनि फ्रिज
भूकम्पपछिको पुनर्निर्माणका क्रममा जाइकासित भएको सम्झौतामा भवनको निर्माण र केही उपकरण जाइकाले व्यवस्था गर्ने र विभागका लागि आवश्यक उपकरण स्वास्थ्य मन्त्रालयले खरिद गर्ने उल्लेख थियो । ‘भवन निर्माण र केही उपकरण जाइकाले दिने र बाँकी विभागहरूका लागि आवश्यक पर्ने उपकरण स्वास्थ्य मन्त्रालयले व्यवस्था भन्ने सहमति भएको थियो,’ निर्देशक डा. सेन्चुरी भन्छन्, ‘हस्तान्तरण भएसँगै हामीले भवनको उद्घाटन पनि गर्यौँ, तर सञ्चालनमा ल्याउन सकेनौँ ।’ ९४ बेडको यो भवन सञ्चालनमा आउन सके बिरामीले उपचारका लागि भोगिरहेको सास्ती कम हुने डा. सेन्चुरी बताउँछन् ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पटक–पटक निजी अस्पतालको भन्दा वीरको सेवा गुणस्तरीय र भरपर्दो रहेको बताउँदै आएका छन् । तर, विदेशीले बनाइदिएको भवनमा आफूले कबोलेबमोजिमको उपकरण उपलब्ध नगराएर सेवा सञ्चालनमा ल्याउन नसक्नुले सरकारी अस्पतालको सेवाविस्तार र गुणस्तरअभिवृद्धिमा मन्त्रालयको चासो स्प्रष्ट हुन्छ ।

‘बजेट तथा जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेका छौँ, ‘कि त जनशक्ति पठाइदिनुपर्यो, कि नियुक्ति गर्ने अधिकार दिनुपर्यो,’ डा. सेन्चुरीले भने, ‘नयाँ भवनमा सबै सुविधा छन्, मात्र हामीलाई उपकरण र जनशक्ति अभाव छ ।’

अस्पतालले मुटु, मिर्गौला र ग्यास्ट्रो विभाग सञ्चालनका लागि मन्त्रालयसँग ५१ करोड माग गरेको थियो । तर, मन्त्रालयबाट १ करोड निकासा भयो, त्यो पनि समय घर्काएर । डा. सेन्चुरी भन्छन्, ‘१ करोड पनि आर्थिक वर्षको अन्तिममा आएका कारण हामीले उपकरण किन्न प्रयास गर्दा प्रक्रियागत ढिलाइ भएका कारण फ्रिज हुन पुग्यो ।’

‘मुटु विभागका लागि आवश्यक क्याथल्याब, मोनिटर, इसिजी मेसिन, सिसियू बेड, ओपिडी बेडलगायत उपकरण खरिद गर्न सकिएको छैन । त्यसैगरी, ग्यास्ट्रोका लागि इसबी, इन्डोस्कोपीलगायत मेसिनको अत्यन्तै आवश्यकता छ,’ डा. सेन्चुरी थप्छन्, ‘नर्सिङ स्टाफ र सरसफाइ कर्मचारीको त्यत्तिकै आवश्यकता छ ।’

न जनशक्ति, न नियुक्तिको अधिकार दिन्छ मन्त्रालय
नयाँ भवनमा १ सयको हाराहारीमा नर्सिङ स्टाफ आवश्यक रहेको डा. सेन्चुरी बताउँछन् । ‘बजेट तथा जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेका छौँ, ‘कि त जनशक्ति पठाइदिनुपर्यो, कि नियुक्ति गर्ने अधिकार दिनुपर्यो,’ डा. सेन्चुरीले भने, ‘नयाँ भवनमा सबै सुविधा छन्, मात्र हामीलाई उपकरण र जनशक्ति अभाव छ ।’

मन्त्रालयलाई यस विषयमा पटक–पटक ध्यानाकर्षण गराइरहेको र समस्या समाधानमा पहल भइरहेको डा. सेन्चुरीको भनाइ छ । मन्त्रालयको ढिलासुस्तीका कारण भवनमा रहेका विभागहरू पूर्ण रूपमा सञ्चालनमा आउन अझै महिनौँ कुर्नुपर्ने देखिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सरकारी अस्पतालमा उपकरण खरिद र सञ्चालनमा अनियमितता रोक्न निजीसित पार्टनरसिप : मन्त्री यादव

सरकारी अस्पतालमा उपकरण चाँडै बिग्रिने प्रवृत्तिको अन्त्य नभए निजी पार्टनरसँग सम्झौता गरेर सेवा सुचारु गर्ने उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा मन्त्री यादवले वीर अस्पतालको एमआरआई मेसिनको दुरुपयोग भएको प्रसंग उल्लेख गर्दै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । सरकारी अस्पतालमा उपकरण खरिद महँगोमा हुने गरेको तर सञ्चालन र टिकाउमा भने लापरबाही व्याप्त रहेकोप्रति कटाक्ष गर्दै मन्त्री यादवले अबका दिनमा त्यसो हुन नदिइने बताए ।

‘उपकरण किन्नु ठूलो कुरा होइन, सदुपयोग गर्नु ठूलो कुरा हो, उपकरणको दुरुपयोगजस्तो अलोकप्रिय काम गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ,’ यादवले भने, ‘यस्ता प्रवृत्तिको नियन्त्रण भएन भने हामीले बाध्य भएर अर्को विकल्प खोज्नुपर्ने हुन्छ ।’

सरकारी सेवामा रहेका प्राविधिकले उपकरण चलाउन नसक्ने र बिगार्न मात्रै जान्ने हो भने निजी पार्टनरसिपमा लाने र सरकारले रेट तोकेबमोजिम सेवा प्रदान हुने उनले बताए । ‘कुनै उपकरण सरकारी अस्पतालमा चाहिँ बिग्रिहाल्ने र निजीमा राम्रो छ भनेर पठाउनचाहिँ सक्ने ? यस्तो धन्दा अब म चल्न दिन्नँ,’ मन्त्री यादवले भने, ‘जनताको पसिनाले कर तिरेको पैसाले हाम्रा संस्था सञ्चालन हुने गर्छन्, त्यसको सम्मान गर्न सिकौँ ।’

निजी अस्पतालमा किनेको मेसिन वषौँसम्म चल्ने र उनीहरुले सस्तो दरमा किन्न सक्ने तर सरकारी अस्पतालमा निजीले किन्ने रेटमा किन नसक्नुको कारणबारे मन्त्री यादवले प्रश्न गरे ।

वीरलाई अनुसन्धान सेन्टरका रुपमा विकास
वीरले राम्रो सेवा तथा शिक्षा प्रदान गर्दै आएकाले अब अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने मन्त्री यादवले बताए । ‘स्वास्थ्य क्षेत्रमा जनशक्ति कम भएको भन्दै मन्त्री यादवले अब छिट्टै ओएनएम सर्वे गर्नेतर्फ मन्त्रालय सक्रिय भएको छ,’ मन्त्री यादवले भने, ‘ओएनएम सर्वे २०५० सालमा भएको थियो, त्यसवेलादेखि आजसम्म भएको छैन । ०५० को देशको जनसंख्या जति थियो, अहिले त्यसको दोब्बरभन्दा बढी भएको खण्डमा पनि त्यही जनशक्तिले स्वास्थ्यसेवा प्रदान भइरहेको छ ।’ सरकारले केही दिनमा स्वास्थ्यको समायोजन सक्नेबित्तिकै ओएनएम सर्वे गर्नेतर्फ क्रियाशीलता बढाउने मन्त्री यादवको भनाइ थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

१३०औँ वर्षमा वीर अस्पताल, नागरिक वडापत्र र शौचालय मर्मत उपलब्धि !

मुलुकको सबैभन्दा जेठो र ठूलो अस्पताल वीरले स्थापनाको १३०औँ वार्षिकोत्सव मनाइरहँदा सेवाग्राहीमा मात्र होइन, अस्पतालको व्यवस्थापन तहमा रहेका पदाधिकारीमा समेत कुनै उत्साह देखिएन । अति विपन्न तथा कत्ति पनि उपचार खर्च नहुने नागरिकले समेत गुणस्तरीय उपचारसेवा पाउने विश्वास लिइएको अस्पतालको सेवाप्रवाहको अवस्था सेवाग्राहीको माग र समयको आवश्यकताभन्दा निकै पछाडि देखिएको छ ।

सायदै कुनै अर्थमन्त्री होलान्, जसले वार्षिक बजेट भाषणका क्रममा वीर अस्पतालको नाम नलिएका होऊन् । पछिल्लो समय प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम तथा त्यसलाई कार्यान्वयन गर्न ल्याइने बजेटमा वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने घोषणा गरिन्छ । र, स्वास्थ्यको बजेटको राम्रै हिस्सा वीरका लागि छुट्याइन्छ पनि । यद्यपि, घोषणाअनुरूप अस्पतालको विकासका लागि त्यो पर्याप्त भने छैन ।

छुट्याइएको बजेटको पनि सदुपयोग हुन नसक्दा र घोषित कार्यक्रमहरू कार्यान्वयनमा आउन नसक्दा अस्पतालको सेवाप्रवाहको अवस्था भने सुध्रिन सकेको छैन । अस्पतालका हरेक पाटामा चरम राजनीतीकरण सेवा र सेवाको गुणस्तर विकासका बाधक बन्दै आएका छन् । अस्पतालमा सधैँ नै अत्यावश्यकीय सेवाहरू अपुग नै छन्, जसको प्रत्यक्ष असर विपन्न र निम्न तथा मध्यम आयस्तरका बिरामीको स्वास्थ्यमा परिरहेको छ । साधन–स्रोत अभावमा बिरामीको माग र आवश्यकताअनुसार वीरले सेवा दिन नसक्नु भनेको अधिकतर बिरामीको हकमा उपचारबाट विमुख हुनु हो, जुन नागरिकको संवैधानिक अधिकारको निर्मम हनन हो ।

नागरिक वडापत्र, लिफ्ट जडान, शौचालय मर्मत, क्यास काउन्टर प्रमुख उपलब्धि
आइतबार अस्पतालमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालको वार्षिक उपलब्धि विवरण प्रस्तुत गर्दै गर्दा निर्देशक डा. केदार सेन्चुरी निरीह देखिए । गत आर्थिक वर्षमा अस्पतालमा नागरिक वडापत्र राखेको, न्याम्सको भवनमा लिफ्ट जडान गरेको, शौचालय मर्मत गरेको, क्यास काउन्टर सञ्चालनका लागि नयाँ बैँकसँग सम्झौता गरेको कामलाई नै प्रमुख उपलब्धिका रूपमा सुनाउनुपर्दा देशकै उपचारको केन्द्रको नेतृत्वकर्तालाई पक्कै पनि असहज महसुस भएको हुनुपर्छ ।

यद्यपि, उनले अनगिन्ती बाध्यता, असीमित अवश्यकता र सीमित स्रोत–साधनले बाँधिएका कारण नै अवश्यकताअनुसार सेवा दिन नसकेको अभिव्यक्ति भने दिन छुटाएनन् । आवश्यक संख्यामा बेडको अभाव, मागअनुसार आइसियू बेड अपर्याप्त हुनु, जनशक्ति अपर्याप्त हुनुलगायत कारण सेवाप्रवाहमा विद्यमान सिथिलतामा प्राण भर्न नसकिएको उनको आशय थियो ।

अस्पतालमा सञ्चालनरत सेवालाई व्यवस्थित गर्नसमेत पर्याप्त बजेट नभएको डा. सेन्चुरीको गुनासो छ । आन्तरिक आम्दानी बढ्न नसक्दा यसबाट चलाउनुपर्ने खर्चसमेत धान्न नसकिएको उनले बताए । नवनिर्मित भवनबाट सेवा दिन नर्सिङ स्टाफ अपुग भएको उनले बताए । जनशक्ति अभावकै कारण अस्पतालको फार्मेसी रातिको सिफ्टमा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । यद्यपि, मन्त्रालयका सचिव रामप्रसाद थपलिया भने अब सरकारी अस्पतालमा जनशक्तिको अभाव नहुने दाबी गरिरहेका थिए । १७ वटै सरकारी अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन सर्वेक्षण गर्ने तयारी भइरहेको बताउँदै अब सरकारी अस्पतालले आवश्यक संख्यामा जनशक्ति पाउने उनको आवश्वासन थियो ।

४, २२, ८०१ लाई ओपिडीसेवा, ६, ८७७ शल्यक्रिया
निर्देशक डा. सेन्चुरीका अनुसार अस्पतालले गत वर्ष १४ जना विपन्न नागरिकलाई निःशुल्क मिर्गौलाप्रत्यारोपण सेवा दिएको छ । ८ वटा हेमोडाइलासिस मेसिन थप गरिएको छ भने सर्भर जडान भएको छ । क्यान्सर उपकरण जडानका लागि बंकर निर्माण भइरहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा अस्पतालले ४ लाख २२ हजार ८ सय १ जनालाई ओपिडीसेवा दिएको अस्पतालको तथ्यांक छ । उक्त वर्ष अस्पतालले ४४ हजार ५ सय बिरामीलाई आकस्मिक तथा १३ हजार बिरामीलाई अन्तरंग सेवा दिएको छ । एक वर्षको अवधिमा अस्पतालले ६ हजार ८ सय ७७ शल्यक्रिया गरेको तथ्यांकले देखाएको छ ।

शल्यक्रिया र आइसियूसेवा सबैभन्दा दुर्लभ, पालो नपाउँदा विनाउपचार फर्किनुपर्ने बाध्यता
वीरमा सबैभन्दा बढी बिरामी शल्यक्रिया र आइसियूका लागि पालो नपाएर फर्किन बाध्य छन् । सीमित सेवाका कारण उपचार दिन नसकी बिरामीलाई फर्काउनुपर्ने बाध्यता रहेको चिकित्सक तथा स्वयम् निर्देशक बताउँछन् । अस्पतालको आइसियूमा हाल २० बेड मात्र सञ्चालनमा छन्, जुन बिरामीको चापका दृष्टिले ज्यादै न्यून हो ।

‘यति ठूलो अस्पतालमा जम्मा २३ वटा आइसियू बेड छन्, त्यसमा पनि अहिले २० बेड मात्र सञ्चालनमा छन्,’ निर्देशक डा.सेन्चुरीले भने, ‘कम्तीमा पनि २० बेड आइसियू तत्कालै थप्नुपर्ने अवस्था छ ।’ अढाई सय चिकित्सकसहित एक हजार ५ सय कर्मचारी रहेको अस्पतालमा बेडसंख्या भने जम्मा ४ सय ६० मात्र छ ।

वि.सं. १९४७ मा स्थापना भएको अस्पतालले ०५९ देखि चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रूपमा विशेषज्ञ चिकित्सक जनशक्ति उत्पादन गरिरहेको छ । भूकम्पले पुरानो भवन भत्किएपछि जाइकाको सहयोगमा नवनिर्मित भवनबाट थप १०० शय्या सञ्चालन गर्न जनशक्ति अभाव भएको प्रतिष्ठानकी रजिस्ट्रार प्रमिला देवानले बताइन् । पूर्वाधारकै अभावमा ऐतिहासिक नर्सिङ क्याम्पससमेत भाडाको भवनमा सार्नुपरेको उनको भनाइ छ । साततले सर्जिकल भवन बन्ने तयारीमा रहे पनि त्यसबाट सेवा दिनसमेत जनशक्ति अभाव हुनेमा उनको चिन्ता छ । त्यसका लागि अहिलेदेखि नै जनशक्ति व्यवस्थापनको काम सुरु गर्न थाल्न उनको सुझब छ ।

भक्तपुरमा अस्पताल विस्तारको काम सुरु हुुनै सकेन
भक्तपुरमा वीरको सेवाविस्तारको गुरुयोजना गत आर्थिक वर्षमा सुरु हुनै सकेन । सरकारको नीति तथा कार्यक्रम र बजेटमै घोषणा गरिएको र मन्त्रालयले रणनीतिमा पारेको भवन निर्माणको काम सुरु हुनै नसकेको हो । यसअघि स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले भक्तपुरको निर्माणमा डिपिआरको जिम्मा पाएको चीन सरकारले स्थलगत अध्ययन गरी उक्त स्थानमा अस्पताल निर्माण गर्न उपयुक्त नहुने रिपोर्ट दिएका कारण काम सुरु हुन नसकेको जानकारी दिइसकेकी छिन् । यससँगै अस्पतालको भक्तपुरमा मानसिक, प्रसूति र बालरोगको उपचार सेवासहितको १ हजार ५ सय बेडको अस्पताल र अन्य प्रशासनिक भवन बनाउने गुरुयोजना अन्योलमा परेको छ ।

भागबन्डामा पदाधिकारी नियुक्ति र दर्जनभन्दा बढी ट्रेड युनियनको चेपुवामा अस्पताल
वीर तथा न्याम्सका पदाधिकारी राजनीतिक भागबन्डामा नियुक्त हुँदै आएका छन् । दुईतिहाइको मजबुत सरकार भएका वेला पनि प्रधानमन्त्री र विभागीय मन्त्रीबीच भागबन्डामा कुरा नमिल्दा सिफारिसको ७–८ महिनासम्म पनि प्रतिष्ठानले पदाधिकारी पाउन नसकेको इतिहास ताजै छ । समय घर्काएर गरिएको पदाधिकारी नियुक्तिमा न्याम्सको उपकुलपति र ट्रमा सेन्टरका निर्देशक स्वास्थ्यमन्त्रीको भागमा परेको थियो भने अन्य पदाधिकारीमा प्रधानमन्त्रीको पार्टीले भाग पाएको थियो ।

अस्पतालमा दर्जनभन्दा बढी कर्मचारी तथा चिकित्सक संगठन क्रियाशील छन् ।  अस्पतालमा चिकित्सक र नर्सजस्ता प्राविधिक जनशक्तिको अभाव भइरहँदा अन्य स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी भने राजनीतिक पहुँचका आधारमा आवश्यकभन्दा बढी भर्ती गरिँदै आएको छ । प्रतिष्ठानमा अझै पनि नेपाल सरकार र प्रतिष्ठानअन्तर्गतका दुईथरी कर्मचारी कार्यरत छन्, जसले द्वन्द्व सिर्जना गर्ने गरेको छ । अस्पतालमा चरम राजनीतिक दबाब र ट्रेड युनियनहरूको चेपुवामा परेका पदाधिकारीहरू अस्पतालको हितमा भन्दा पनि उनीहरूकै इसारामा चल्न बाध्य छन् । यसले भएको साधन–स्रोतको समेत उचित परिचालन हुन नसक्दा अस्पतालका सेवाहरू अस्तव्यस्त बन्न पुगेका हुन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने सपनामा चिनियाँ प्रतिवेदन खड्को

दुवाकोटको ५ सय ७० रोपनी जग्गामा र अस्पताल विस्तारको गुरुयोजना कार्यान्वयनमा चिनियाँ टोलीको प्राविधिक प्रतिवेदन ‘खड्को’ बनेर देखिएको छ ।

फराकिलो स्थानमा १ हजार ५ सय शैयाको अस्पतालसहित विभिन्न प्राज्ञिक तथा प्रशासनीक संरचना बनाउँनेगरी वृहत गुरुयोजना बनेको अवस्थामा चिनियाँ टोलीले दुवाकोटको जग्गा नै अनुपयुक्त भएको प्रतिवेदन दिएपछि खट्को आइपरेको हो । चिनियाँ प्रतिवेदनसँगै तोकिएको ठाउँमा वीर गुरुयोजना कार्यन्वयनमा वाधा आइपरेको छ ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अघिल्लो वर्ष नै सरकारले आग्रहपछि अध्ययनका लागि आएको चिनियाँ टोलीले सो स्थानको माटो र बाटोलगायतका कुरा ठूलो अस्पताल संचालनका लागि अनुपयुक्त रहेको प्रतिवेदन दिएको जानकारी दिइन् । ‘हामी आफै बनाउँने कि, अन्यत्र विकल्प खोज्ने भन्ने चलिरहेको छ,’ डा. चौधरीले भनिन्, ।

मन्त्रालयका अधिकारीका अनुसार बहुविशेषज्ञ अस्पताल जनसंख्याका आधारमा पनि पायकको ठाउँ दुवाकोट हुननसक्ने भनाई चिनियाँ पक्षको छ । चिनियाँ पक्षले गत चैतमा परियोजना प्रस्तावित स्थल, वीर अस्पतालको सेवा, आवश्यक संरचना, गुरुयोजनाको समेत अध्ययान गरेको थियो । ‘बाटो पनि राम्रो छैन्, माटो पनि खदिँलो छैन् भन्ने आएको छ,’ वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने, ‘तर पनि हामी आफै भएपनि बनाउँनुपर्छ भन्ने छ,’ ।

डा. चौधरीका अनुसार गत वर्ष नै सरकारले वीर अस्पताल निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन बनाएर काम सुरु गर्न १५ करोड समेत छुट्याएपछि चिनियाँ प्रतिवेदनकै कारण काम अगाडि बढ्न नसकेको बताइन् । ‘यो ठाउँमा, यो अवस्थामा चिनियाँहरुले सकिन्न भने,’ उनले भनिन् । यो वर्ष पनि त्यसका लागि सरकारले ४० करोड विनियोजन गरेको छ ।

सुरुमा सरकारले वृहत संरचनाका लागि एक्लै नसक्ने भन्दै चीन सरकारसँग सहयोग खोजेको थियो । त्यसका लागि सहयोग गर्न तयार भएर चिनियाँ पक्ष अध्यायनका लागि आएको थियो । सरकारले चार वर्षअघि वीर विस्तारका लागि ५७० रोपनी जग्गा दिने निर्णय गरेको थियो । सो जग्गामा अस्पतालसहित, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान भवन, वेसिक साइन्स भवन, आवास, नर्सिङ क्याम्पसलगायतका संरचना बनाउँन गुरुयोजना तयार भएको थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीर, प्रसूति र गंगालालमा नयाँ अत्याधुनिक भवनबाट सेवा, कुनमा कस्तो सुविधा ?

उपत्यकाका प्रमुख ३ सरकारी अस्पतालले नयाँ भवनबाट उपचार सेवा दिने भएका छन् । नेपाल सरकार तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्मित नयाँ अत्याधुनिक प्रविधियुक्त भवनबाट वीर अस्पताल र परोपकार तथा प्रसूतिगृहले शुक्रबार (२७ असार)देखि औपचारिक रूपमा सेवाको शुभारम्भ गर्दै छन् ।

बिरामीको अत्यधिक चाप हुने यी दुवै अस्पतालमा जाइकाको आर्थिक सहयोग र नेपाल सरकारको आन्तरिक व्यवस्थापनमा नयाँ भवन निर्माण सम्पन्न भएका हुन् । बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रले यसअघि नै अत्याधुनिक नयाँ भवनबाट आकस्मिक सेवा सुचारु गरिसकेको छ भने अन्य सेवा पनि नयाँ भवनमा विस्तार गर्ने तयारी छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले नवनिर्मित भवनबाट प्रदान गरिने सेवाको औपचारिक उद्घाटन शुक्रबारदेखि गर्दै छ । ०७२ को महाभूकम्पले अस्पतालको भवनमा क्षति पुर्याएपछि उपचार सेवामा बाधा पुगेको थियो । जाइकाको सहयोगमा नेपाल सरकारले १५ महिनाअघि सुरु गरेको भवन निर्माणकार्य सम्पन्न भई औपचारिक रूपमा शुक्रबारदेखि सेवा सञ्चालन हुन लागेको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले जानकारी दिए ।

‘नयाँ भवनमा अत्याधुनिक सुविधा तथा प्रविधि जडान गरिएका छन् । केही शय्या बढाइएका छन् । अस्पतालले ४ सय १५ शय्या सञ्चालन गर्ने अनुमति पाए पनि त्यसका लागि आवश्यक भवन उपलब्ध थिएन,’ डा. गौतमले भने, ‘नयाँ भवन सञ्चालनमा आएसँगै हामीले अनुमतिअनुसार शय्या सञ्चालन गर्ने भएका छौँ ।’ नयाँ भवनमा एमआइसियू, पोस्ट अवार्ड, लेबर रुम सबै अत्याधुनिक बनाइएको छ । त्यसैगरी, इमर्जेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोस्ट अपरेटिभ वार्डलगायत सेवा उपलब्ध हुने भएका छन् ।

अस्पतालको नयाँ भवन जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिदिएको हो । नयाँ भवन निर्माणको लागि १ अर्ब ३० करोड खर्च भएको निर्देशक डा. गौतमले जानकारी दिए । प्रसूतिगृहको अत्याधुनिक नयाँ भवनमा २४ शय्याको आकस्मिककक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने डेलिभरी रुम, दुईवटा शल्यक्रियाकक्ष, १२ शय्याको आमाका लागि आइसियू, ४० शय्याको बच्चाको आइसियूलगायत १ सय ७० शय्या सञ्चालनमा आएका छन् । यद्यपि, औपचारिक उद्घाटन भने शुक्रबार हुँदै छ ।

गंगालाल राष्ट्रिय हृदय केन्द्र

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सुविधासम्पन्न आकस्मिककक्ष सञ्चालनमा आएको छ । आकस्मिककक्षमा शय्यासंख्या न्यून भएका कारण नयाँ आधुनिक भवन निर्माण गरेको अस्पतालले जनाएको छ । अस्पतालले यसअघि २४ शय्याको आकस्मिककक्षमार्फत बिरामीलाई सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माण गरी विकास गरिएको आकस्मिककक्षमा सुविधासम्पन्न ३८ शय्यामार्फत सेवा सुरु गरिएको छ ।

पुरानो कक्षमा आधारभूत सुविधा मात्र भएको र साँघुरो भएकाले नयाँ कक्ष बनाइएको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिए । नयाँ भवनमा हृदयाघात भएर आउने बिरामीका लागि शल्यक्रियाकक्ष, क्याथल्याब, गम्भीर बिरामीलाई आवश्यक पाइपलाइन अक्सिजनलगायत आधुनिक सुविधा उपलब्ध छन् । ‘आकस्मिककक्षमा बिरामीको तुरुन्तै शल्यक्रिया गर्न मिल्ने गरी क्याथल्याब कोठा, अपरेसन थिएटरको व्यवस्था छ,’ निर्देशक डा. शर्माले जानकारी दिए ।

अस्पतालमा आउने मुटु तथा उच्च रक्तचापका बिरामीका लागि प्रभावकारी सेवा दिन आधुनिक आकस्मिककक्षलगायत अन्य सेवा आवश्यक परेकाले २ वर्षअघि भवन निर्माणकार्य सुरु भएको थियो । नेपाल सरकारको सहयोगमा करिब ४९ करोडको लागतमा नयाँ भवन निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ ।

आकस्मिककक्षले ओगटेका बाहेक तीनतले नयाँ भवनका बाँकी कोठा बहिरंग विभागका लागि प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । बहिरंग विभाग पनि मुटुका बिरामीका लागि सहज हुने गरी निर्माण गरिएको छ । भवनमै आइसियू कोठाहरू, चारवटा क्याथल्याब सेवा, मडुलर अप्रेसन थिएटर, नयाँ आइसियू सेवा सञ्चालनमा रहनेछन् ।

वीर अस्पताल

२०७२ को भूकम्पका कारण क्षतिग्रस्त बन्न पुगेको वीर अस्पतालको नयाँ भवन पनि शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । भूकम्पले अस्पतालका नयाँ आइसियू भवन, मेडिकल रेकर्ड शाखा रहेको भवन र फोहोरमैला व्यवस्थापन केन्द्रको भवनमा क्षति पुर्याएको थियो ।

जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको नयाँ भवनमा ९४ शय्या सञ्चालनमा हुनेछन् । भवनमा कोर्डियोलोजी वार्ड, ग्यास्ट्रोलोजी वार्ड, नेफ्रोलोजी विभाग रहने अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । शल्यक्रियाकक्ष, भेन्टिलेटरसहितको सिसियूकक्षसमेत नयाँ भवनमा रहनेछन् ।

जाइकाको आर्थिक सहयोगमा निर्माण गरिएको भवनमा नेपाल सरकारको आन्तरिक व्यवस्थापनबाट समेत उपकरण खरिद गरिएको डा. सेञ्चुरीले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरको सिटी–स्क्यानबाट विकिरण चुहावटबारे अध्ययन समितिको प्रतिवेदन : हानिकारक विकिरण चुहावट छँदैछैन

मुलुककै ठूलो अस्पताल वीरमा ७ दिनदेखि रेडियोलोजी सेवा ठम्प छ । एक साताअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले गरेको अनुसन्धानको रिपोर्टले सिटी–स्क्यानबाट रेडिएसन चुहावट भएको औँलाएपश्चात् रेडियोलोजी सेवा चल्न नसकेको हो । तर, नास्टको रिपोर्टबारे सत्य–तथ्य पत्ता लगाउन अस्पतालले बनाएको छानबिन समितिको प्रतिवेदनले नास्टको रिपोर्टलाई मिथ्या साबित गरिदिएको छ ।

समितिले बिहीबार अस्पतालका निर्देशकलाई बुझाएको प्रतिवेदनले सिटी–स्क्यानबाट मानव स्वास्थ्यलाई असर पर्ने विकिरण चुहावट नभएको स्पष्ट ठहर गरिदिएको छ । अस्पतालमा कार्यरत वरिष्ठ रेडिएसन विशेषज्ञ डा. कञ्चन अधिकारीसहित चारजना विशेषज्ञ सम्मिलित समितिले अनुसन्धान गरी मानिसलाई असर गर्ने रेडिएसन नभएको रिपोर्ट निर्देशकलाई बुझाएको हो ।

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले हेल्थपोस्टसित कुरा गर्दै भने, ‘समितिले प्रतिवेदन बुझाएको छ । विज्ञसँग बसी हामी छफलफ गर्दै छौँ ।’ नास्टले दिएको रिपोर्ट त्रुटिपूर्ण रहेको डा. सेञ्चुरीले संकेत गरे ।

रेडिएसन चुहावटको वास्तविकताबारे हेल्थपोस्टको जिज्ञासामा समितिका संयोजक डा. अधिकारीले सिटी–स्क्यानबाट मानिसलाई असर गर्ने रेडिएसन चुहावट नभएको प्रमाणित भएको बताए । ‘नास्टले दिएको रिर्पोटमा मेसिनले मेजर गरेको तथ्यांक मात्रै राखिएको छ,’ नास्टको रिपोर्ट अपूर्ण भएकोतर्फ इंगित गर्दै डा. अधिकारीले भने, ‘त्यसको प्रोटेक्सन रिक्वायर्ड किन, कति चाहिन्छ, कति डोजले मानिसलाई हानि गर्छ भन्ने कुरासमेत नास्टको रिर्पोटमा उल्लेख छैन ।’

अस्पतालको सिटी–स्क्यान सेवा अवरुद्ध हुँदा दैनिक ५० देखि ६० जनासम्म बिरामी सेवाबाट वञ्चित भएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार सिटी–स्क्यान सेवा अवरुद्ध हुँदा अस्पतालले दैनिक करिब २ लाख गुमाउँदै आएको छ ।

नास्टले रेडिएसन चुहावटको मात्रासमेत उल्लेख नगरी अपूरो रिपोर्ट दिएको संयोजक डा. अधिकारीको भनाइ छ । ‘रेडिएसन कति चुहावट भएको हो, त्यो पनि रिर्पोटमा सही तथ्यांक आएको छैन,’ डा. अधिकारी भन्छन्, ‘हामीले पारामिटर गर्ने तरिकाअनुसार चेक गर्दा मानिसलाई हानि गर्ने कुनै पनि रेडिएसनको चुहावट छैन ।’

डा. अधिकारीका अनुसार नास्टले अनुसन्धानमा पारामिटरको पनि प्रयोग गरेको छैन, जसको अभावमा तथ्यांक सहीकिसिमको आउँदैन । ‘एकदम कमलाई पनि प्रोटेक्सन रिक्वायर्ड भनेर लेखिदिएको छ, तर प्रोटेक्सन किन चाहियो भनेर उल्लेखै गरेको छैन,’ उनले भने ।
विकिरण चुहावटबारे अनुसन्धानको नेतृत्व गरेका डा. अधिकारी दाबीका साथ भन्छन्, ‘अस्पतालको सिटी–स्क्यानबाट निस्कने विकिरण कुनै नर्मल मानिसलाई पनि असर गर्नेखालको छैन ।’

दैनिक ६० बिरामी सेवाबाट वञ्चित 
नास्टको रिपोर्टलगत्तै सिटी–स्क्यानबाट निस्कने विकिरणले अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी, प्राविधिक, स्वास्थ्यकर्मी, बिरामी र त्यसबरपर पर्ने मानिसको स्वास्थ्यमा असर गर्ने भन्दै अस्पतालका कर्मचारीले सेवा ठम्प पारेका छन् ।

अस्पतालको सिटी–स्क्यान सेवा अवरुद्ध हुँदा दैनिक ५० देखि ६० जनासम्म बिरामी सेवाबाट वञ्चित भएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार सिटी–स्क्यान सेवा अवरुद्ध हुँदा अस्पतालले दैनिक करिब २ लाख गुमाउँदै आएको छ ।

विकिरण चुहावट भएको खण्डमा मानिसको शरीर दुख्ने तथा चिलाउने, कपाल झर्ने, मातियाविन्दु हुने, बाँझोपन हुने र रक्तक्यान्सर भई मुत्युसमेत हुन सक्छ ।

मन्त्रालयबाट गठित समितिको प्रतिवेदन आउन बाँकी

विकिरण चुहावटकै विषयलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सिटी–स्क्यान कक्षमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयले डा. हेमन्त ओझाको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा स्वास्थ्यसेवा विभागकी बायोमेडिकल इन्जिनियर पद्मा मिश्र र पाटन अस्पतालका रेडियोलोजिस्ट, मन्त्रालयका उपसचिव बाबुराम खनाल सदस्य छन् । मन्त्रालयको समितिको भने अनुसन्धान जारी नै रहेकाले उसले दिने प्रतिवेदनका लागि प्रतीक्षा गर्नुपर्नेछ ।

के छ नास्टको रिपोर्टमा ?
नास्टले दिएको रिपोर्टमा सिटी–स्क्यानको ढोकाबाट बिरामीकुरुवा बस्ने स्थानसम्म रेडिएसनको मात्रा १३.९४ माइक्रोसिभल्ट रहेको छ भनी उल्लेख छ । सिटी–स्क्यान टेक्निसियन बस्ने ठाउँमा २.१२ माइक्रोसिभल्ट रहेको र चिकित्सकले रिपोर्टिङ गर्ने स्थानमा १.२ माइक्रोसिभल्ट रहेको रिपोर्टले देखाएको छ । त्यसैगरी, बाहिरी करुवा बस्ने ठाउँमा १ हुनुपर्नेमा ०.२४ माइक्रोसिभल्ट रहेको नास्टको रिपोर्टमा उल्लेख छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

जीवनको महत्त्व बुझाउने त्यो घटना…

वि.सं. ०६४ मा स्टाफ नर्सका रूपमा नर्सिङ पेसामा आबद्ध लक्ष्मी पौडेल हाल वीरको आइसियू १ मा नर्सिङ प्रमुखको जिम्मेवारीमा छिन् । पौडेल ०७१ मा नर्सिङ अधिकृतका रूपमा वीरमा प्रवेश गरेकी हुन् । नर्स भएर काम गर्दाको अनुभव, बिर्सनै नसक्ने घटना तथा वीरको आइसियू वार्डका समस्याबारे उनी आफ्नै शब्दमा यसरी व्यक्त भइन् :

चितवनको श्री हिमालय माध्यमिक विद्यालय चम्पानगरबाट ०६० सालमा एसएलसी दिएँ । एसएलसी दिएपछि म साइन्स पढ्ने हेतुले अर्किड साइन्स कलेज भरतपुरमा भर्ना भएकी थिएँ । तर, पारिवारिक स्थितिका कारण साइन्स विषयको पठाइलाई निरन्तरता दिन नसक्ने भएपछि रुचिको क्षेत्र परिवर्तन गरेँ । सानैदेखि भरतपुर क्यान्सर अस्पतालका नर्सिङ स्टाफले लगाउने गरेको हल्का हरियो रङको सरकारी ड्रेसले मलाई साह्रै आकर्षित गर्थ्यो। तसर्थ, मैले जतिसक्दो छिटो कमाइ हुने माध्यमका रूपमा नर्सिङ पेसा अँगाल्ने निधो गरेँ ।

बिरामीको शरीरमा सुगर लेबल बढिरहेको थियो, जसका कारण मिर्गौला र मस्तिष्कमा समेत असर पुग्ने खतरा थियो । बिरामी यस्तो अवस्थामा पुगेर अस्पताल ल्याउँदा पनि बिरामी र उनका आफन्तलाई बिरामीलाई सुगर छ भन्नेसम्म थाहा रहेनछ ।

जीवनको महत्व बुझाउने त्यो घटना
आइसियूकक्षमा धेरैजसो बिरामी क्रिटिकल अवस्थामै आउने गर्छन् । मेरो मानसपटलमा त्यो घटना आज पनि घुमिरहन्छ । करिब २ वर्षअघिको घटना हो, त्रिशूली घर भएकी अन्दाजी ४० वर्षकी महिला रिँगटा लागेजस्तो हुने, कमजोर हुने भएर घरनजिकैको मेडिकलमा जाँच गराउन पुगेकी रहिछन् । तर, रिपोर्टमा बल्ड सुगरदेखि सबै नर्मल देखिएको रहेछ । केही दिनको अस्पताल बसाइपछि बिरामी घर गएपछि एक्कासि बेहोस भइछिन् । बेहोस भएपछि घरपरिवारले उनलार्य वीर अस्पताल ल्याए । अस्पतालको आइसियूमा ल्याइएपछि थाहा भयो, बिरामीलाई डाइबेटिज केटोएसिडोसिड भएको रहेछ, जुन नराम्रो अवस्था हो । यो रोगमा समयमै उपचार गर्न सकिएन भने बिरामीको मुत्युसमेत हुने खतरा हुन्छ ।

बिरामीको शरीरमा सुगर लेबल बढिरहेको थियो, जसका कारण मिर्गौला र मस्तिष्कमा समेत असर पुग्ने खतरा थियो । बिरामी यस्तो अवस्थामा पुगेर अस्पताल ल्याउँदा पनि बिरामी र उनका आफन्तलाई बिरामीलाई सुगर छ भन्नेसम्म थाहा रहेनछ । बिरामीको उपचारका लागि डाक्टर तथा नर्स रातदिन नभनी काममा लागे । बिरामीको आर्थिक अवस्था एकदमै कमजोर थियो । कमजोर आर्थिक अवस्थाका कारण उनको उपचार निःशुल्क गरिदिन मैले अस्पताल प्रशासनसँग अनुरोध गरेँ ।

११ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरियो, तर बिरामी एसोडोसिसमा गइसकेको अवस्था रहेछ । नर्मलमा ७.३५ देखि ७.४५ हुनुपर्नेमा ६.८ सम्म पुगेको थियो । बिरामीको शरीरमा एसिडको मात्रा धेरै बढिरहेको थियो, जसले गर्दा उनलाई बचाउन सकिएन । त्यतिवेला आइसियूको सम्पूर्ण टिम नै स्तब्ध भएको थियो । बिरामीका ४ जना स–सना बच्चा रहेछन् । बिरामीका श्रीमान् र देवर मुत्युको खबर सुनेर बेहोस नै भए । उनीहरूलाई सम्हाल्न धेरै समय लागेको थियो । यस्ता घटना धेरै घट्छन् । जुनसुकै वेला बिरामीको उपचारमा लागिरहेका हुन्छौँ, तर पनि कतिपय अवस्थामा बिरामीलाई बचाउन नसक्दा मन दुखेर आउँछ ।

वीरको आइसियूमा मैले देखेका समस्या
सरकारी अस्पतालमा जनशक्तिको अभावबारे सबैलाई महसुस नै छ । गाउँ–गाउँका सरकारी अस्पतालमा मात्र नभएर देशकै ठूलो अस्पताल वीरमा समेत त्यही नै समस्या छ । अस्पतलामा दुई किसिमका दरबन्दी छन्, चिकित्साशास्त्र अध्ययन संस्थान (न्याम्स)को समितिअन्तर्गतका दरबन्दी र सरकारकी दरबन्दी । त्यति हुँदाहुँदै पनि काम गर्न धेरै गाह्रो छ । जनशक्ति अभावको प्रभाव आइसियूमा पनि उत्तिकै छ ।

वीरको आइसियू १ मा जनशक्ति एकदमै कम छ, जसका कारण सबै बिरामीलाई चाहेजति र आवश्यकताअनुसार सेवा दिन सकेका छैनौँ । सामान्यतया आइसियूका बिरामीको हकमा एक बिरामीबराबर एक नर्स हुनुपर्ने मापदण्ड छ । अहिलेको समयमा वीरको आइसियू १ मा ६ वटा बेड सञ्चालनमा छन् । तर, रातिको समयमा २ जना नर्सले मात्र पनि ६ जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ । जनशक्ति अभावसँगसँगै केही उपकरण बिग्रिएका छन् भने लामो समयसम्म कुरेर बस्नुपर्ने अवस्था छ । यसले गर्दा कुनै जाँच गराउनका लागि बिरामी आएको खण्डमा तत्कालै उपचार गर्न सकिने अवस्था छैन, बिरामीलाई ‘सकिँदैन’ भनेर फर्काउनुपर्ने बाध्यता छ । बिरामीलाई रोगको प्रकृतिअनुसार राम्रो उपचारसेवा दिनका लणगि हामीसँग निजी अस्पतालको तुलनामा पर्याप्त सामग्री उपलब्ध छैनन् ।

यो अवस्थामा मैले बिलकुलै नांगो हातले उनको सुत्केरी गराएँ । मनमा उनलाई कुनै रोग छ कि भन्ने शंका लागेको थियो, तर पनि आफ्नो धर्म सम्झिएर, भगवान्लाई साथमा लिएर उनलाई सहयोग गरेको थिएँ । सहयोग गरेअनुरूप नै उनको डेलिभरी सफल भयो ।

अनुभव बटुल्न आउने, अनि काम सिकेपछि बिदेसिने प्रवृत्तिले गुणस्तरीय सेवामा समस्या
पछिल्लो समय नर्सिङ पेसामा बिदेसिने चलन निकै बढेको छ । विदेशमा अध्ययन गरेपछि नेपालमा केही समय अनुभवका लागि आउने, अनुभव बटुलेपछि पुनः बाहिर जाने प्रवृत्ति पनि बढेको छ ।

नर्सिङ विषयको अध्ययन सकेपछि अस्पतालमा केही समय अनुभवका लागि आउने अनुभव भएपछि सिकेका नर्स बाहिर जान्छन् र पुनः नयाँ आउने गर्छन् । यसले गर्दा पनि राम्रो सेवा दिनमा समस्या हुने गरेको छ ।

नांगो हातले डेलिभरी गराएको त्यो क्षण…
०६८ मा म हजुरबुबाको घरमा भेटघाटका लागि गएकी थिएँ । त्यसैक्रममा घरअगाडि एकजना २२–२३ वर्षीया महिला डेलिभरी गर्न नसकेर अत्यन्त पीडामा रहिछिन् । मलाई आमाले सहयोग गरिदिन आग्रह गरेपछि त्यहाँ गएँ । त्यो उनको चौथौपटकको डेलिभरी थियो । यसअघि ३ छोरी भएकाले छोरा जन्माउने आशमा थिइन् उनी ।

उनको साथमा श्रीमान् थिएनन्, केवल ३ स–साना नानीहरू थिए । म सहयोगका लागि तम्सिएँ । निकै कमजोर आर्थिक अवस्थाका कारण उनको घरमा कुनै पनि खाले सहयोगी सामग्री थिएनन् ।

त्यो अवस्थामा मैले बिलकुलै नांगो हातले उनको सुत्केरी गराएँ । मनमा उनलाई कुनै रोग छ कि भन्ने शंका लागेको थियो, तर पनि आफ्नो धर्म सम्झिएर, भगवान्लाई साथमा लिएर उनलाई सहयोग गरेको थिएँ । सहयोग गरेअनुरूप नै उनको डेलिभरी सफल भयो । अन्यन्त राम्री छोरीले जन्म लिएका कारण मैले ती बच्चीको नाम पूर्णिमा राखिदिन आग्रह गरेँ । अहिले पनि त्यो क्षण सम्झँदा आनन्द आउँछ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरको युरोलोजीसेवा अब्बल, अन्तर्राष्ट्रियस्तरका उपकरणबाट सेवा, सातामा ४५ शल्यक्रिया

मुलुककै स्वास्थ्योपचारको केन्द्र वीर अस्पतालको युरोलोजी विभागमा अन्तर्राष्ट्रियस्तरका उपकरण उपलब्ध छन् । जनसाधारणको पहुँचको वीरमा अब्बल सेवा उपलब्ध हुँदा युरोलोजीमा सर्वसाधारणले समेत गुणस्तरीय उपचारसेवा पाइरहेका छन् ।

२५ वर्षअघि युरो युनिटका रूपमा स्थापित वीरको युरोलोजी सेवा करिब ३ वर्षदेखि युरो विभागका रूपमा सञ्चालनरत छ । सेवाको गुणस्तर बढेसँगै बिरामीको चाप पनि बढ्न थालेपछि वीरको युरो विभागमा बिरामी उपचारका लागि पालो कुर्नुपर्ने बाध्यता भने छ ।

वीरको युरो विभागबाट सातामा ४ सयको हाराहरीमा बिरामीले ओपिडीसेवा लिँदै आएका छन् । युरोको उपचारका लागि आवश्यक अन्तर्राष्ट्रियस्तरका उपकरण हुँदा वीरले अन्य अस्पतालको तुलनामा ५ गुनाभन्दा कम दरमा युरोलोजीको गुणस्तरीय सेवा दिँदै आएको छ । सुरुमा युरोलोजी सर्जरीको सानो युनिटबाट सुरु भई हाल विभागका रूपमा बिरामीलाई गुणस्तरीय सेवा दिँदै आएको अस्पताल युरो विभाग प्रमुख प्रा.डा. पारसमणि श्रेष्ठले बताए ।

देशका ठूला अस्पतालमध्ये वीर, शिक्षण र अन्य केही अस्पतालमा मात्र युरोलोजी विभाग छन् । वीरमा अन्य अस्पतालमा उपचार सम्भव नभएर ठूलो संख्यामा बिरामी रेफर भएर आउने गरेको डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार वीरमा मिर्गौलामा भएको ढुंगालाई सजिलैसँग फुटाउनका लागि अति उपयोगी मानिने लेजर प्रविधिबाट बिरामीले सेवा पाइरहेका छन् । ‘पहिला–पहिला शरीरको केही भाग चिरफार गरेर बिरामीको शल्यक्रिया गरिन्थ्यो,’ डा. श्रेष्ठ भन्छन्, ‘हाल मिर्गौलाको अप्रेसन गर्दा सानो प्वाल बनाएर ‘ल्याप्रोकोपी’ युरोलोजीको सहायताले गरिरहेका छौँ ।’

पिट्याडिक युरोेलोजी अर्थात् बच्चामा देखिने मिर्गौलाको समस्याको उपचारसमेत वीरमा उपलब्ध छ । यस प्रविधिमार्फत बच्चामा जन्मजात तथा जन्मपछि देखिने मिर्गौलाको समस्याको अप्रेसन तथा उपचार गरिन्छ ।

कस्ता उपकरण उपलब्ध छन् वीरमा ?
अस्पतालमा मिर्गौलाको पत्थरीका बिरामीको चाप अत्यधिक छ । त्यसैगरी, मिर्गौलासम्बन्धी अन्य समस्या भएका बिरामी अस्पतालमा धेरै आउने गरेका छन् ।
डा. श्रेष्ठका अनुसार शल्यक्रियामार्फत पत्थरी निकाल्दा भित्रै बस्ने सम्भावना रहन्थ्यो, तर अहिले आएका लेजर, ल्याप्रोकोपीजस्ता उपकरणले उपचार गर्दा पत्थरी रहने सम्भावना ज्यदै न्यून मात्र रहन्छ ।
त्यसैगरी, आरएआरएस प्रविधिले प्वाल नपारीकन ढुंगा फुटाएर पिसाबबाट निकाल्ने गरिन्छ । बिरामीलाई बेहोस नबनाईकन विभिन्न प्रविधिले ठुल्ठूला ढुंगालाई सानो प्वालबाट निकाल्ने गरिन्छ ।

त्यसैगरी, पिट्याडिक युरोेलोजी अर्थात् बच्चामा देखिने मिर्गौलाको समस्याको उपचारसमेत वीरमा उपलब्ध छ । यस प्रविधिमार्फत बच्चामा जन्मजात तथा जन्मपछि देखिने मिर्गौलाको समस्याको अप्रेसन तथा उपचार गरिन्छ । उनी भन्छन्, ‘युरोथेराको सर्जरीमार्फत पुरुषको मूत्रनली बांगो वा साँघुरो भयो र कुनै कारणले पिसाब नआउने भयो भने अप्रेसन गरी ढुंगा निकालिन्छ । यो अप्रेसन अति संवेदनशील हुन्छ ।

त्यसैगरी, अस्पतालले महिलामा पिसाब चुहिने तथा पिसाब नआउने समस्याको उपचार गर्दै आएको छ । पिसिएनएलले मिर्गौलाभित्रको ढुंगालाई सानो प्वाल बनाएर ‘लेजर’ले फुटाएर निकाल्ने गरिन्छ । इन्डोस्कोपी सर्जरीका रूपमा पनि अप्रेसन गर्ने गरिएको छ । डा. श्रेष्ठ भन्छन्, ‘रोबर्ट एसिटेड ल्याप्रोस्कोपी सर्जरीबाहेक अन्तर्राष्ट्रिय रूपमा जुन उपचार र प्रविधि उपलब्ध छन्, ती सबै वीरमा वीरमा पनि उपलब्ध छन् ।’

इएसएब्लुएलले बाहिरबाट मिर्गौलाभित्र भएको ढुंगालाई फुटाउने काम गर्छ । अस्पतालले प्रमुख रूपमा चिरफार शल्यक्रिया, एन्टोयुरोलोजी सर्जरी, ल्याप्रोस्कोपीलगायत प्रविधिमार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

अन्य अस्पतालमा भन्दा ५ गुना सस्तो उपचार, विपन्नलाई निःशुल्क
वीरको युरो विभागअन्तर्गतको जुनसुकै अप्रेसन गराउँदा बिरामीलाई अन्य अस्पतालको तुलनामा ५ गुना सस्तो पर्छ । ‘अन्य अस्पतालमा २० हजार पर्ने अप्रेसन वीरले ३ हजारमा गर्दै आएको छ,’ डा. श्रेष्ठ भन्छन् । अस्पतालले उपचार खर्च बेहोर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गराउँदै आएको छ ।

नेपालमा युरो प्रमुख कन्सल्टेन्ट चिकित्सक करिब १० जना छन् । वीरमा ३ जना प्रमुख कन्सल्टेन्ट र १ जना कन्सल्टेन्ट कार्यरत छन् । हाल वीरको युरो विभागमा ४ जना कन्सल्टेन्डसहित ६ जना विद्यार्थीले सेवा दिइरहेका छन् ।

हरेक वर्ष दुईजना युरोलोजिस्ट उत्पादन गर्दै
अस्पताल (न्याम्स)ले प्रतिवर्ष दुईजनाका दरले एमसिएच युरोलोजिस्ट (सुपरस्पेसलिस्ट डाक्टर) पनि उत्पादन गर्दै आएको छ । एमसिएच युरोलोजीको उच्च तह हो, जसका लागि जनरल सर्जजीपश्चात् ३ वर्ष थप अध्ययन गर्नुपर्छ । वीरले प्रतिवर्ष २ जना जनरल सर्जरी गरेका डाक्टरलाई ३ वर्षको एमसिएच ट्रेनिङका लागि चयन गर्छ र एमसिएच उत्पादन गर्दै आएको छ ।

युरो विभागमा कन्सल्टेन्ट ४, विद्यार्थी ६
नेपालमा युरो प्रमुख कन्सल्टेन्ट चिकित्सक करिब १० जना छन् । वीरमा ३ जना प्रमुख कन्सल्टेन्ट र १ जना कन्सल्टेन्ट कार्यरत छन् ।
हाल वीरको युरो विभागमा ४ जना कन्सल्टेन्डसहित ६ जना विद्यार्थीले सेवा दिइरहेका छन् । प्रो.डा. पारसमणि, सहप्राध्यापक अनिल श्रेष्ठ, डा. रबिनबहादुर बस्नेत र डा. प्रमोद रेग्मीले वीरमा प्रमुख कन्सल्टेन्ट तथा कन्सल्टेन्ट सेवा दिइरहेका छन् । विभागीय प्रमुख डा. श्रेष्ठका अनुसार कन्सल्टेन्ट डाक्टर प्रर्याप्त भए पनि सहायक रूपमा काम गर्ने जनशक्तिको भने अभाव छ ।

हप्तामा ४५ शल्यक्रिया, २ दिन ओपिडी, ४ दिन शल्यक्रिया
वीरको युरो विभागले हप्ताको २ दिन मात्र ओपिटीसेवा दिँदै आएको छ । हप्तामा ४ सयको हाराहारीका युरो ओपिडीका टिकट विक्री हुने गरेको छ । यसबाहेक अन्य अस्पतालबाट रेफर भई आउनेको संख्या पनि उल्लेख्य छ ।
हप्ताको ४ दिन अप्रेसन हुने गरेको छ । ३ दिन युरोलोजीको अप्रेसन हुन्छ भने १ दिन मिर्गौला प्रत्यारोपण गर्ने गरिएको छ । ३ दिनमा साना–ठूला गरेर लगभग ४५ वटा अप्रेसन हुने गरेको अस्पताले जनाएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरमा बिरामीलाई खुवाउने खानामा समेत अनियमितता, अयोग्य फर्मलाई टेन्डर

अस्पतालमा विरामीलाई खुवाउने खानाको टेन्डरमा अयोग्य कम्पनीलाई परेपछि विवाद उत्पन्न भएको छ । वीर अस्पताल विपन्न जनताले निःशुल्क स्वास्थ्यसेवा पाउने मुलुकको सबैभन्दा ठूलो उपचार केन्द्र हो । वीरमा भर्ना भएका बिरामी र तिनका कुरुवालाई समेत अस्पतालले निःशुल्क भोजन उपलब्ध गराउँदै आएको छ । बिरामीको भोजनका लागि अस्पतालले वार्षिक रूपमा खाद्यान्नको टेन्डर आह्वान गर्छ ।

यहीक्रममा वीर अस्पतालको खरिद एकाइले एक वर्षका लागि बिरामीलाई खाना खुवाउन ८ माघ ०७५ मा रासन सामग्रीको टेन्टर आह्वान गरेको थियो । अस्पतालको आह्वानबमोजिम ९ फागुनसम्ममा तीन सप्लायर्स फर्मले टेन्डर दर्ता गराए, जसमा न्यु सुयोग इन्टरप्राइजेज, न्यु आरके टे«डर्स र महांकाल सप्लायर्स थिए ।

टेन्डर हालेका मध्ये अस्पतालले १ करोड १४ लाख ९३ हजार ५ सय रूपैयाँमा बोलकबोल गर्ने न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर १ वैशाख ०७६ मा स्वीकृत गर्यो, जुन ऐन–नियमअनुसार टेन्टरका लागि योग्यता नपुगेको फर्म भएको कर्मचारीहरु बताउँछन् ।

सबै किसिमका खरिदमा व्यापक घोटाला भएको भन्दै कर्मचारीले अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म दोस्रोपटक उजुरी दिएका छन् ।   अस्पतालका खदिर एकाइका केही कर्मचारीकै मिलेमतोमा बारम्बार खरिद कारोबारमा अनियमितता भएको वीरका कर्मचारीहरूको आरोप छ ।

फर्म अयोग्य भए पनि सस्तोका कारण टेन्डर दिएका हौँ : निर्देशक
अस्पतालले टेन्डर आह्वान गर्दा ‘फर्मको उद्देश्य खाद्यान्न सप्लाई गर्नुपर्ने र कम्तीमा ३ वर्ष कारोबार गरेको हुनुपर्ने’ भनी सर्त राखेको थियो । सार्वजनिक खदिर ऐनअनुसार सबैभन्दा सस्तो मूल्यमा सामान दिन कबोल गर्ने रीतपूर्वक दर्ता भएको योग्य सप्लायरको टेन्डर स्वीकृत गर्नुपर्छ । टेन्डर हालेका फर्ममध्ये न्यु सुयोग इन्टरप्राइजेजको दररेट सस्तो भए पनि टेन्डरका लागि फर्म योग्य नदेखिएपछि उक्त फर्मको बोलपत्र दर्ता नै नहुनुपर्ने वा रद्द हुनुपर्नेमा उल्टै त्यही फर्मको टेन्टर स्वीकृत गरिएको भनाई कर्मचारीहरुको छ ।
अस्पतालका खदिर एकाइका केही कर्मचारीकै मिलेमतोमा बारम्बार खरिद कारोबारमा अनियमितता भएको वीरका कर्मचारीहरूको आरोप छ । खरिदमा अनियमितता भएको भन्दै अस्पतालका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अख्तियारमा समेत उजुरी दर्ता गरेका छन् । कर्मचारीले पहिलोपटक ४ चैतमा उजुरी दर्ता गराएपछि प्रधानमन्त्री कार्यालयले १९ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ताकेता गरेको थियो । सोपश्चात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई खरिद प्रकरणबारे सत्य–तथ्य विवरण पेस गर्न पत्र काटेको थियो ।

वीरको कर्मचारी युनियन परिवारले दुई दिनअघि खरिद अनियमिततामा संलग्नहरुलाई कारबाहीको माग गर्दै पुनः अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म पनि उजुरी दिएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भने फर्मको योग्यता नपुगे पनि सस्तो मूल्यमा टेन्डर हालेका कारण उक्त फर्म स्वीकृत गरेको बताउँछन् । ‘अन्य फर्मको भन्दा धेरै सस्तोमा न्यु सुयोग इन्टरप्राजेजले टेन्डर हालेको थियो,’ निर्देशक सेन्चुरीले हेल्थपोस्टसँग भने, ‘खाद्यान्नको गुणस्तरमा प्रतिबद्धता जाहेर गरेपछि हामीले टेन्डर स्वीकृत गरेका हौँ ।’ गुणस्तरमा केही त्रुटि पाइएको खण्डमा भोलिका दिनमा उक्त फर्मलाई हटाई, अर्को विज्ञापन आह्वान गर्ने उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरमा मुटुसेवा सबैभन्दा चुत्थो, क्याथल्याबविहीन नाम मात्रको मुटुरोग विभाग, खै त विपन्नको विकल्प ?

मुलुककै जेठो, ठूलो र जनसामान्यको पहुँचको अस्पताल वीरमा मुटुरोग विभाग स्थापना भएको ४ दशक बितिसकेको छ । तर, अस्पतालमा मुटु विभागको सेवाप्रवाह राम्रो हुन नसक्दा हजारौँ बिरामी अन्य अस्पतालमा जान बाध्य छन् ।

हरेक दिन मुटुरोग विभागमा ओपिडी सेवाका लागि सरदरमा ६० जना बिरामी आउने गरेको अस्पतालको तथ्यांकले देखाएको छ । तर, अस्पतालमा मुटु विभागका लागि आवश्यक उपकरण नहँुदा बिरामीले उपयुक्त सेवा पाउन सकेका छैनन् । मुटुरोगका बिरामीका लागि अति आवश्यक क्लाथल्याब नहुँदा एन्जिओग्राफी, एन्जिओप्लास्टीलगायत सेवा अस्पतालले दिन सकेको छैन । त्यसैगरी, जटिलखालको मुटुको अप्रेसन अस्पतालमा हुन सकेको छैन । यसले गर्दा ओपिडीसेवाका लागि आएकामध्ये करिब एकतिहाइ बिरामी उपचार सेवा नपाएर अन्यत्र अन्यत्र जान विवश छन् ।

वीरको मुटुरोग विभागको सेवा प्रभावकारी बनाउन सरोकारवाला पक्षले चासो नदेखाएको वीरका मुटुरोग विशेषज्ञहरुको भनाइ छ । वीरका मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल भन्छन्, ‘अस्पतालमा मुटुरोगीको उपचारका लागि उपकरण नहुँदा यहाँ आएका बिरामीलाई अन्यन्त्र पठाउन बाध्य छौँ ।’

समाजको अन्तिम वर्गको समेत पहुँच रहेको मानिने देशकै प्रमुख उपचार केन्द्र वीरको मुटु विभाग सरकारी उपेक्षामा पर्दा हजारौँ सर्वसाधारण उपचारबाट वञ्चित छन्

वीरले मुटुरोगमा ओपिडीसेवा तथा मुटुको भिडियो, इको, इसिजी, हल्टरलगायत साधारण सेवा मात्र प्रदान गर्दै आएको छ । वीरमा मुटुरोगको उपचारका लागि टाढादेखि ठूलो आशा लिएर सर्वसाधारण बिरामी आउने गरेका छन् । तर, अस्पतालले उपचारसेवा दिन नसक्दा बिरामी मर्काका पर्दै आएका छन् ।

मुटुको जटिलकिसिमको रोगको उपचार गर्नुपरेमा वीरमा आएका बिरामीलाई गंगालाल हृदय केन्द्रमा रेफर गर्दै आएको डा. खनाल बताउँछन् ।
‘गंगालाल स्थापना भएपछि सरकारले मुटुरोगका लागि सबै बजेट गंगालालमै विनियोजन गर्दै आएको छ,’ प्रमुख मुटुविशेषज्ञ डा. प्रकाशराज रेक्मी भन्छन्, ‘वीरमा भन्दा मुटुरोगको उपचारका लागि सरकारले गंगालालमै सेवा केन्द्रित गर्ने नीति लिएको छ ।’

डा. रेक्मीका अनुसार वीरमा मुटु विभागको सेवा सीमित मात्र छ, यसलाई बढाउनका लागि न सरकारले सोचेको छ, न त अस्पताल प्रशासनले नै । अस्पतालमा मुटुका बिरामी राख्नका लागि सिसियू बेड छुट्याइएको छैन । अस्पतालमै अचानक कुनै मानिसलाई हृदयाघात भयो भने पनि राख्नका लागि बेड उपलब्ध छैन ।
न सरकारले र न अस्पताल प्रशासनले नै मुटु विभागका लागि कुनै उपकरण व्यवस्था गरिदिएका कारण बिरामीलाई सेवा–सुविधा दिन नसक्दा स्वयम् आफू नै सन्तुष्टका कारण आफूले सेवाबाटै राजीनामा दिएको डा. रेग्मी बताउँछन् ।

‘२ वर्षअघि आएको सिहामको सहयोगले क्याथल्याबका काम चलाएका थियौँ, जसबाट ४० वटा जति एन्जिओग्राफी भए । तर, फुलफुेजको क्याथल्याब नभई एन्जिओग्राफी गर्न सकिएन,’ डा. खनाल भन्छन्, ‘राम्रोखालको क्याथल्याब उपकरणले मुटुका सबै जाँच आफैँ गर्ने गर्छ ।

वीरको मुटु विभागमा हाल मुटुविशेषज्ञ डा. रामकिशोर शाह, डा. हरिहर खनाल, डा. प्रभा चापागाईं कार्यरत छन् भने डा. प्रकाशराज रेग्मीले केही समयअघि राजीनामा दिएका छन् ।

वीरलाई २ वर्षअघि जाइका संस्थाले सामान्यखालको सिहाम दिएको थियो । त्यसलाई क्याथल्याब मानेर केही एन्जिओग्राफीको काम पनि भयो । तर, त्यसले निरन्तरता पाउन भने सकेन । अस्पतालले क्याथल्याबका लागि चाहिने उपकरण उपलब्ध नगराउँदा क्लाथल्याब प्रयोगमा आउन नसकेको मुटु विशेषज्ञहरुको गुनासो छ ।

‘वीरको क्लाथल्याब सञ्चालनमा आएमा ६ हजार शुल्कमा एन्जिओग्राफी हुने थियो, तर मुटुका बिरामीले यो सेवाका लागि अन्य अस्पतालमा २० हजारभन्दा बढी तिर्नुपरिरहेको गुनासो गर्छन्,’ मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल बताउँछन् ।

‘२ वर्षअघि आएको सिहामको सहयोगले क्याथल्याबका काम चलाएका थियौँ, जसबाट ४० वटा जति एन्जिओग्राफी भए । तर, फुलफुेजको क्याथल्याब नभई एन्जिओग्राफी गर्न सकिएन,’ डा. खनाल भन्छन्, ‘राम्रोखालको क्याथल्याब उपकरणले मुटुका सबै जाँच आफैँ गर्ने गर्छ । तर, हामीसँग भएको सिहामको प्रयोगमा यन्त्रको सहायताले डाक्टर आफैँले काम गर्नुपर्ने भयो । त्यसकारण पनि अहिले मुटु विभागले सिहामको प्रयोग गरेको छैन । अहिले लिभर, रेडियोलोजी विभागले सिहामको प्रयोग गरिरहेको छ ।’

गंगालाल, नर्भिक अस्पताल, मेटिसिटी अस्पतालमा अध्याधुनिककिसिमका क्लाथल्याब सञ्चालनमा छन् । जाइकाको सहयोगबाट निर्माण हुँदै गरेको भवन सम्पन्न भएपछि मुटुका बिरामीका लागि छुट्टै शय्या र क्लाथल्याब, मुटुको अप्रेसनकक्ष, सिसियू बेडको व्यवस्था गरिने र त्यसपछि मात्र मुटुको बिरामीले वीरबाट सर्वसुलभ उपचार पाउने आशा राखिएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

न्युरो सर्जरीमा वीरको सेवा देशभरमै अब्बल, निजीमा भन्दा १५ गुना सस्तो, शून्य शुल्कमा पनि हुन्छ उपचार

वीर अस्पतालको न्युरो सर्जिकल वार्डबाट हालै मात्रै डिस्चार्ज भए १४ वर्षीय किशोर केशव तिमल्सिना ।  करिब १ वर्षअघिदेखि उनलाई टाउको दुख्ने, आँखाको नानी दुख्ने, बान्ता हुने, शरीर गल्ने, निद्रा लागिरहनेजस्ता समस्या देखापर्दै गयो । मकवानपुर जिल्ला मनहरि– ७ मा बस्ने केशवले करिब केही समय टाउकोको दुखाइ कम गर्ने औषधि नजिकै रहेको मेडिकलबाट ल्याएर खाइरहे । तर, उनलाई त्यसले निको भएन ।  केही महिनापछि तिलगंगा सामुदायिक अस्पतालमा आँखाशिविर बस्यो । उनी त्यहाँ जाँच गर्न पुगे । तर, त्यहाँ उनको रोग पत्ता लागेन । समय बित्दै जाँदा उनलाई झन् पीडा हुन थाल्यो ।

अहिले उनी ती दिन सम्झँदै भन्छन्, ‘कहीले काहीँ त अब मर्छु जस्तो लाग्थो । टाउकोको पीडा सहन नसकेर रुने गर्थें ।’ दसैँको वेला भएकाले परिवारले दसैँ सकिएपछि मात्र चेकजाँचका लागि काठमाडौं जाने निधो गरे । दसैँ सकिएपछि उनी ५ कात्तिकमा काठमाडौंमा रहेको नेपाल मोडल अस्पतालमा भर्ना भए । चेकजाँचपछि उनको रोग पत्ता लाग्यो । उनको ब्रेनमा ठूलो ट्युमर रहेछ । उपचार गर्दै जाँदा उनको टाउकोमा भएको पानी सुकाउन पेटमा पाइप राखियो । मोडल अस्पतालमा उनको उपचार भयाे । करिब २५ दिन मोडलमा उपचार गर्दा ३ लाखभन्दा बढी खर्च भएको बताउँछन्, उनका आफन्त कमल लामा ।

घर–परिवारसँग भएको पैसा सकियो, तर उनको थप उपचार हुन सकेन । थप उपचारका लागि अस्पतालमा उपकरण नभएको जानकारी गराउँदै मोडल अस्पतालले वीर अस्पतालमा रेफर गर्यो । वीरमा अप्रेसनका लागि केही दिन पालो कुरेर बस्नुपर्ने भयो । केही दिन अस्पतालको बसाइपछि वीरमा टाउकोकाे ट्युमरकाे सफलतापूर्वक निकाले ।

डा. राजीव झा

लामाका अनुसार अप्रेसन खर्च, औषधि, खान–बस्नदेखि लिएर डाक्टरको चार्जसमेत गरेर वीरमा उनको उपचारमा जम्मा एक लाख खर्च हुन आएको छ ।
कमल लामा भन्छन्, ‘निजी अस्पतालभन्दा वीरमा धेरै सस्तो हुनेरहेछ । पहिल्यै यहाँ आएको भए यत्रो खर्च हुने थिएन र रोग पनि समयमै निको हुने थियो ।’

मुलुकको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरमा न्युरो सर्जरीका लागि उपकरण पर्याप्त छन् । तर, न्युरो सर्जन विशेषज्ञको कमीले गर्दा बिरामीले उपचारका लागि केही समय कुर्नुपर्ने बाध्यता छ ।

वीरमा न्युरो सर्जरी सेवा सुरु भएको करिब ६० वर्ष पुगिसकेको बताउँछन्, न्युरो सर्जन प्रमुख डा. राजीव झा । नेपालमा पहिलोपटक ब्रेनको अप्रेसन डा. दिनेशनाथ गंगोलले गरेका थिए । त्यसपछि वि.सं. २०४६ मा डा. उप्रेन्द्र देवकोटाले वीरमा न्युरो सर्जरी युनिटको स्थापना गरे । न्युरो सर्जन झा भन्छन्, ‘वीरमा न्युरो सर्जरीका सबै अप्रेसन देवकोटाबाटै भएका थिए । देवकोटाकै देनबाट आज न्युरो सर्जरी फस्टाइरहेको छ । उनले देखाएको मार्गबाटै अझै राम्रो गुणस्तरीय उपचार सेवा दिने काम भइरहेको छ ।’

निजीमा भन्दा १५ गुना सस्तो, शून्य शुल्कमा पनि हुन्छ उपचार, गुणस्तरमा पनि अगाडि
न्युरो सर्जरीसम्बन्धी उपचार गराउँदा निजी अस्पतालको तुलनामा वीरमा १५ गुनासम्म सस्तो पर्न आउँछ । अस्पतालका अनुसार न्युरोसम्बन्धी अप्रेसन गराएबापत वीरमा बिरामीले ७ हजारसम्म तिर्नुपर्ने हुन्छ । वार्डमा बस्दा प्रतिदिन सय रूपैयाँ र भेन्टिलेटर सेवा लिएबापत ७ सय रूपैयाँ तिर्नुपर्छ । तर, कत्ति पनि पैसा नहुनेका लागि सबैखाले शुल्क मिनाहा गरेर उपचार गराउने व्यवस्थासमेत अस्पतालले गरेको छ ।

‘अस्पतालमा आएका कुनै पनि बिरामीले पैसाकै अभावमा उपचार नपाएर फर्कनुपर्ने अवस्था छैन,’ डा. झा भन्छन्, ‘बिरामीसँग पैसा छैन भने अस्पतालमा लाग्ने सबै चार्ज मिनाहा गरेर पनि उपचार गरेर पठाउने गरेका छौँ ।’
वीरजस्ता अस्पतालमा उपलब्ध सुलभ सेवाकै कारण निम्न तथा मध्यमवर्गीय नेपालीको न्युरो सर्जरीमा पहुँच पुगेको छ । वीरमा सेवा उपलब्ध नहुने हो भने न्युरो सर्जरीसम्बन्धी रोग लागेका सर्वसाधारणले पैसाकै अभावमा मुत्यु कुर्नुबाहेक कुनै विकल्प रहँदैन ।
सस्तो र सुलभ मात्र होइन, गुणस्तरका हिसाबले पनि वीरको न्युरो सर्जरी सेवा नेपालमै अब्बल छ । वीरको सेवा देशका अत्यधिक महँगा निजी अस्पतालको भन्दा कुनै हिसाबले पनि कम छैन । न्युरो सर्जरीका जुनसुकै अन्तर्राष्ट्रियस्तरका प्रविधि र उपकरण वीर र राष्ट्रिय ट्रमा सेन्टरमा उपलब्ध छन् ।

वीरमा न्युरो सर्जरी सेवा सुरु भएको करिब ६० वर्ष पुगिसकेको बताउँछन्, न्युरो सर्जन प्रमुख डा. राजीव झा । नेपालमा पहिलोपटक ब्रेनको अप्रेसन डा. दिनेशनाथ गंगोलले गरेका थिए । त्यसपछि वि.सं. २०४६ मा डा. उप्रेन्द्र देवकोटाले वीरमा न्युरो सर्जरी युनिटको स्थापना गरे ।

वीर अस्पतालमा न्युरो सर्जरीका महत्वपूर्ण उपकरण
इन्ट्राअपसिटी स्क्यान
माइक्रोस्कोप (एन्जिओग्राम)
न्युरो नार्विकेसन स्टिम
इन्ट्रोस्कप
सिटियोट्रक्यासी
न्युरो फिजिओ मोनोटरी

डा. प्रकाश बिष्ट विभागीय प्रमुख न्यूरोसर्जरी विभाग

उपकरण पर्याप्त, तर विशेषज्ञ अभावले समस्या
तर, पर्याप्त मात्रामा उपकरण उपलब्ध भएर पनि विशेषज्ञ न्युरो सर्जनको कमीले बिरामीलाई समयमै उपचार दिन समस्या भइरहेको डा. झाको भनाइ छ । हाल वीर र ट्रमा सेन्टरमा जम्मा ५ जना न्युरो सर्जन उपलब्ध छन् भने न्युरो सर्जरी पढिरहेका ९ जना इन्टर्न चिकित्सक बिरामीको उपचारमा खटिरहेका छन् ।

वीरबाट प्रतिमहिना ७०–८० जनाले न्युरो सर्जरी सेवा लिने गरेका छन्, जसमध्ये १५ देखि २० जना बिरामीले विशेषज्ञ अभावकै कारण पालो कुरेर बस्नुपर्ने बाध्यता छ ।
दक्ष जनशक्ति नभएको कारण उपकरण चलाउनै समस्या भएको न्युरो सर्जन डा. प्रकाश विष्ट बताउँछन् । संसारको टेन्ड्रलाई हेर्ने हो भने एक न्युरो सर्जनले एक वर्षमा १ सय ५० बिरामीको शल्यक्रिया गर्ने गरेका छन् । तर, नेपालमा एक न्युरो सर्जनले एक वर्षमा ३ सयभन्दा बढी बिरामीको शल्यक्रिया गर्नुपरेको डा. विष्टको भनाइ छ । बिरामीको चापलाई हेर्दा तीनजना विशेषज्ञ र तिनलाई सहयोग गर्ने ६ जना डाक्टर अपुग छ ।
देशभर अहिले लगभग ८० जना न्युरो विशेषज्ञ उपलब्ध छन् । त्यसमध्ये वीर र ट्रमामा गरी ३ जना विशेषज्ञ दरबन्दीमा कार्यरत छन् भने २ जनाले वीरको आन्तरिक स्रोतबाट तलब लिएर काम गरिरहेका छन् ।

विगतमा १८–२० घण्टा लाग्ने अप्रेसन ३ घण्टामा
सीप, प्रविधिमा पूर्ण रूपमा परिवर्तन आएका कारण पहिला १८–२० घण्टा लाग्ने अप्रेसन अहिले प्रविधिका माध्यमले ३ घण्टामा सकिने भएको छ । हाल दिनमा ४ वटासम्म बिरामीको अप्रेसन हुने गरेको डा. झा बताउँछन् ।
वीरमा दुर्घटनामा परेका, नसा फुटेका, रगत जमेका बिरामी धेरै आउने गरेका छन् । नसारोगको सर्जरीलाई न्युरो सर्जरी भन्न सकिन्छ । त्यो नसा शरीरको जुनसुकै भागमा, मुख्यतः ब्रेनदेखि दिएर मेरुदण्डसम्म पाइन्छ ।

वीरमा न्युरो सर्जिकल वार्डमा ५० वटा बेड छन् भने आइसियूमा न्युरोका लागि ५ वटा बेड छन् । त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा ४० वटा न्युरो सर्जिकल बेड छन् भने आइसियूमा १२ वटा बेड छन् । साधारण बिरामी (माएलहेडइजुरी) ७० प्रतिशत, मध्यमखाले (मोडेट) बिरामी १८ प्रतिशत, १२ प्रतिशत कोमा गएका अथवा सिबिएर भएका बिरामी थिए ।

विशिष्टीकृत गर्नु आवश्यक
समयको परिवर्तनसँगै न्युरो सर्जरीलाई पनि विशिष्टीकृत गरेर लानुपर्ने डा. झा बताउँछन् । उनका अनुसार न्युरोसर्जरीभित्र पनि रोगको प्रकृतिअनुसार फरक समस्याका लागि फरक विशेषज्ञ उत्पादन र निर्धारण गरिनुपर्छ ।
‘कुनै डाक्टरले न्युरो सर्जरी पढेर आएपछि बच्चाको मात्र न्युरो सर्जरी गरोस्, त्यसैगरी चोट–पटक लागेका बिरामीका लागि छुट्टै डाक्टर होस्, एउटाले नसा फुटेर आएका बिरामी मात्र हेरोस्, जन्मजात रोग भएका बिरामीको अप्रेसन गर्ने छुट्टै डाक्टर होस्,’ उनी भन्छन्, ‘यसो भएमा बिरामीले राम्रो र गुणस्तरीय उपचार पाउँछन् ।’ नेपालमा हालसम्म यस्तो छुट्टाछुट्टै विधा हेर्न न्युरो सर्जनहरू उपलब्ध छैनन् ।

उपचारमा उपकरणको प्रयोग
डा. झाका अनुसार अप्रेसन गर्दागर्दै कति ट्युमर वा रगत बाँकी रहेको छ भनेर हेर्न इन्ट्राअपसिटी स्क्यानले सहयोग पुर्याउँछ । त्यसैगरी, राम्रो माइक्रोस्कोपले बिरामीका नसाहरू देखाउँछ र नसाको अप्रेसन कतिहदसम्म पूरा भयो वा भएन भनी (एन्जिओग्राम) हेर्न सकिन्छ ।
न्युरो नार्बिकेसन स्टिममा टाउकोको माथिल्लो भागबाट हेरेर कुन ठाउँमा ट्युमर छ भनी हेर्न सकिन्छ । जति ठाउँमा देखिएको छ, त्यहाँ मात्र अप्रेसन गरेर बाँकी भए–नभएको हेर्न सकिन्छ ।
इन्ट्रोस्कपको सहायताले टाउकोभित्र रहेको रगत, ट्युमर निकाल्न सकिन्छ । त्यसैगरी, सिटियोट्रक्यासीले अप्रेसन गर्नुपर्ने भागलाई देखाउने गर्छ । न्युरो फिजिओ मोनोटरीले टाउकोदेखि मेरुदण्डको भागमा भएका सबै नसा अप्रेसन गर्दा छोयो भने मेसिन बज्न थाल्छ र अप्रेसन गर्दा संयमता अपनाउनुपर्ने हुन्छ ।

वीर र ट्रमा सेन्टरमा कार्यरत न्युरो विशेषज्ञ
प्रा.डा. प्रकाश विष्ट, न्युरो सर्जन प्रमुख, वीर अस्पताल
प्रा.डा. राजीव झा, न्युरो सर्जन प्रमुख/एकाइ युनिट इन्चार्ज, ट्रमा सेन्टर
डा. निमल खड्का, कलन्सेन्ट्रड न्युरो सर्जन
डा. राजेन्द्र श्रेष्ठ
डा. विकेश खम्बू

वीरमा न्युरो सर्जरीका बिरामीको चाप
वीरको ४ वार्षको तथ्यांकअनुसार न्युरो सर्जरीका सेवाग्राहीको संख्या बिस्तारै बढ्दै गएको छ । ०७१ मा वीरमा ६ हजार २ सय ५६ जनाले ओपिडीमा भर्ना भएर सेवा लिएका थिए । उक्त वर्षमा ६ सय २ जनाले न्युरो सर्जरी गराएका थिए ।
त्यसैगरी, ०७२ मा ५ हजार ३ सय ९४ बिरामीले ओपिडी सेवा लिएकोमा ५ सय १० जनाले अप्रेसन गराएका थिए । ०७३ मा ६ हजार ६ सय ५६ जनाले ओपिडी सेवा लिएका थिए, त्यसमध्ये ३ सय ८४ ले अप्रेसन सेवा लिएका थिए ।

०७४ मा ६ हजार ७ सय ७३ जनाले ओपिडी सेवा लिएकोमा ६ सय २९ जनाले अप्रेसन सेवा लिएका थिए । यो ४ वर्षमा ८ सय ४ बिरामीले न्युरो सर्जरीसम्बन्धी आकस्मिक सेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा पछिल्ला ३ वर्षमा न्युरो सर्जरीको उपचारका क्रममा ४५ जनाको मुत्यु भएको छ भने ३५ जना कोमामा छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पछिल्ला ३ वर्षमा न्युरो सर्जरीका ८ हजार ५ सय २६ बिरामीले ओपिडी सेवा लिएका छन् । त्यसमध्ये १ हजार ७० जनाले भर्ना भएर उपचार गराएका छन् । यसमध्ये ५५ प्रतिशत दुर्घटनामा परेका, ३६ प्रतिशत लडेका, ६ प्रतिशत चोट–पटक लागेका र ३ प्रतिशत अन्य समस्या भएका बिरामी थिए ।
ट्रमामा उपचार गराउने न्युरो सर्जरीका बिरामीमध्ये ३० प्रतिशतको अप्रेसनमार्फत उपचार गरिएको थियो भने ७० प्रतिशत बिरामीको उपचार अप्रेसनविनै सम्भव भएको थियो । पछिल्ला ३ वर्षमा ४५ जनाको उपचारका क्रममा मुत्यु भएको छ भने ३५ जना बिरामी कोमामा पुगेका छन् । यस अवधिमा ९ सय ६५ बिरामीको चामत्कारिक उपचार भएको छ ।

वीरमा न्युरो सर्जिकल वार्डमा ४० वटा बेड छन् भने आइसियूमा न्युरोका लागि ५ वटा बेड छन् । त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा ५० वटा न्युरो सर्जिकल बेड छन् भने आइसियूमा १२ वटा बेड छन् । साधारण बिरामी (माएलहेडइजुरी) ७० प्रतिशत, मध्यमखाले (मोडेट) बिरामी १८ प्रतिशत, १२ प्रतिशत कोमा गएका अथवा सिबिएर भएका बिरामी थिए ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरको आइसियूमा एबिजी मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई सास्ती

अति न्यून आयस्तरका बिरामीले समेत उपचारसेवा पाउने देशको पुरानो र ठूलो अस्पताल वीरको आइसियूकक्षमा एबिजी मेसिन सञ्चालनमा नआउँदा दैनिक दर्जनौँ बिरामीले सास्ती भोग्नुपरिरहेको छ । बिरामीको शरीरमा अक्सिजनको मात्रालगायत रगतका विभिन्न अवस्थाको परीक्षणका लागि प्रयोग गरिने उक्त मेसिनका लागि आवश्यक ‘ब्लड ग्यास एनलाइजर स्याम्पल’ अभावका कारण ४ महिनादेखि मेसिनले सेवा दिन नसक्दा आइसियूका बिरामी रागतको रिपोर्ट लिन अन्यत्र धाउन बाध्य छन् ।

आइसियूजस्तो संवेदनशील कक्षमा आवश्यक सेवा अवरुद्ध भएको यति लामो समय बितिसक्दा पनि अस्पताल प्रशासनले मेसिनका लागि आवश्यक उपकरण खरिद प्रक्रिया सुरु नै गरेको छैन । ‘अस्पताल प्रशासनले आवश्यक इक्युप्मेन्ट उपलब्ध नगराउँदा जेबिसी मेसिन सञ्चालनमा ल्याउन सकेका छैनौँ,’ मेडिकल अफिसर डा. शंकर ठाकुरले भने, ‘एबिजी मेसिनमा चाहिने ‘ब्लड ग्यास एनलाइजर’को स्याम्पल नभएका कारण मेसिन सञ्चालनमा आउन सकेको छैन ।’

सघन उपचार आवश्यक भएका सिरियस बिरामीका लागि एबिजी उपकरणको सेवा अति आवश्यक हुने डा. ठाकुर बताउँछन् । ‘रक्तसञ्चालनमा अक्सिजनको मात्रा कति छ, एबिजी मेसिनले जाँच गर्ने गर्छ, जुन सिरियस बिरामीका लागि अति आवश्यक हुन्छ,’ डा. ठाकुर भन्छन्, ‘मेसिनविनै काम गर्नुपर्दा निकै समस्या भएको छ ।’

डा. ठाकुरका अनुसार आइसियूकक्ष तथा अन्य विभागमा गरी दैनिक २० देखि २५ जनासम्म बिरामीको एबिजी गर्नुपर्ने हुन्छ । ‘अस्पताल प्रशासनलाई पटक–पटक आग्रह गर्दा पनि आजसम्म मेसिन सञ्चालनका लागि आजसम्म कुनै पहल गरेको देखिदैँन,’ उनले भने, ‘अस्पतालमा सेवा उपलब्ध नहुँदा रगत जाँचका लागि त्रिवि शिक्षण अस्पताल, एभरेस्ट अस्पताल, ब्लु क्रस अस्पताल, काठमाडौं मोडेल अस्पताललगायत विभिन्न अस्पतालमा पठाउनुपरेको छ ।’

वीरमा सेवा सुचारु नगरिँदा रगत जाँचका लागि यत्रतत्र चहार्नुपर्ने सास्तीका अतिरिक्त साढे दुई गुनासम्म शुल्क तिर्न बिरामी बाध्य छन् । ‘वीरमा एक हजारमा हुने रगतको जाँचका लागि अन्य अस्पतालले २ हजार ५ सयसम्म लिने गरेका छन्,’ डा. ठाकुर भन्छन्, ‘यसले गर्दा बिरामी थप मर्कामा परेका छन् ।’

के भन्छ अस्पताल प्रशासन ?
अस्पतालका निर्देशक डा. भूपेन्द्र वस्नेतले यथाशक्य प्रयत्न गर्दा पनि सप्लायरले सुरुमा टेन्डर हालेको मूल्यमा उपकरण उपलब्ध गराउन नमानेका कारण मेसिन सुचारु गर्न नसकेको बताए । ‘अहिले टेन्डर भएर खुलिसकेको छ, केही दिनमा आसय सूचना जारी गरेर सामान दिन सूचना जारी हुन्छ,’ उनले भने, ‘केही समयभित्रै एबिजी मेशिन आउँछ भन्ने आशा राखेका छौ ।’ उनले उपकरण ढिलाईको सन्दर्भमा पदाधिकारी नियुक्तीमा ढिलाईको विषयसँग पनि सम्बन्धित भएको बताए ।

के हो एबिजी ?
शरीरको रक्तसञ्चालनमा अक्सिजनको मात्रा जाँच्ने काम एबिजी मेसिनले गर्छ । यसका लागि भित्री नसाबाट रगत लिने गरिन्छ । एसिटोसिस र अक्कोलोसिस छुट्याउने काम एबिजी मेसिनले गर्ने गर्छ ।
‘रगतमा कार्बनडाइअक्साइड धेरै भयो र अक्सिजनको मात्रा कम भयो भने बिरामीको मुटु बन्द हुने अवस्था आउँछ,’ डा. ठाकुर भन्छन्, ‘यसको मात्रा एबिजी मेसिनले छुट्याउने गर्छ ।’ उनका अनुसार रक्तसञ्चार राम्रोसँग नहुँदा रगत नै कालो भएर बिरामीको मुत्युसमेत हुने जोखिम रहन्छ ।
एबिजीमार्फत बिरामीको मुटुको धडकन, प्रेसर, शरीरमा चाहिने अक्सिजनको मात्राबारे थाहा भएपछि बिरामीलाई भेन्टिलेटरमा राखेर थप उपचार गरिन्छ ।
अस्पतालमा नयाँ उपकुलपति, निर्देशक तथा अन्य पदाधिकारीको नियुक्ति हुन नसक्दा आवश्यक उपकरण खरिद तथा मर्मतमा समस्या निम्तिएको अस्पतालका कर्मचारीको आरोप छ । ती कर्मचारीले स्पेसल एक्स रे, मेमोग्राफीजस्ता उपकरण सञ्चालनका लागि आवश्यक इक्युप्मेन्ट अस्पताल प्रशासनले उपलब्ध नगराउँदा हजारौँ बिरामीको उपचारमा समस्या परेको समेत आरोप लगाए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीर अस्पतालको लिफ्ट चुँडिँदा २ को मृत्यु, १ गम्भीर

देशकै ठूलो र पुरानो वीर अस्पतालमा निर्माणधीन सर्जिकल भवनको लिफ्ट चुँडिँदा दुई कामदारको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेको अस्पतालले जनाएको छ ।

बिहीबार साँझ लिफ्ट चुँडिँदा लिफ्ट निर्माणमा खटिएका दुई कामदारको मृत्यु भएको अस्पतालका निमित्तनिर्देशक डा. किरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनजनामध्ये एकको उपचारका लागि अस्पतालपरिसरमै रहेको ट्रमा सेन्टरमा लैजानेक्रममा मृत्यु भएको थियो भने अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । गम्भीर घाइतेभएका अर्का कामदारको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरका न्युरो प्रमुख डा. राजीव झाका अनुसार उनको स्वास्थ्यअवस्था गम्भीर छ । उनको हेड इन्जुरी नरहे पनि फोक्सोको करङ भाँचिएको डा. झाले जानकारी दिए ।

वीरको नयाँ बनिरहेको सर्जिकल भवनको लिफ्ट बिहीबार साँझ एक्कासि चुँडिएको थियो । निर्माणाधीन लिफ्ट के कारणले चुँडियो भन्नेबारे हालसम्म कुनै तथ्य बाहिर आएको छैन । लिफ्ट चुँडिँनुको कारणबारे अनुसन्धान भइरहेको अस्पताल प्रशासनले बताएको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरको पुरानो कोबाल्ट मेसिन नष्ट गर्न भारत असफल, क्यानडा लाने तयारी

वीरमा ४० करोडको ‘टोमोथेरापी’

नेपालकै पुरानो र ठूलो सरकारी अस्पताल वीरले देशमै पहिलोपटक क्यान्सररोगको उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ भित्र्याएको छ । क्यान्सरको उपचारमा अन्य उपकरणको तुलनामा ज्यादै न्यून साइड इफेक्ट गर्ने तर प्रभावकारिताका हिसाबले अब्बल मानिएको अत्याधुनिक उक्त प्रविधि दुई महिनापछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।

क्यान्सरपीडितको करिब ७० प्रतिशतमा आवश्यक पर्ने रेडियोथेरापी उपचारपद्धति नेपालमा हालसम्म कोबाल्ट मेसिनमार्फत दिँदै आइएको छ । चलनचल्तीको यो प्रविधि वीरसहित नेपालका जम्मा पाँचवटा अस्पतालमा उपलब्ध थिए । त्यसमा पनि २७ वर्षअघि जडित वीरको कोबाल्ट मेसिन ३ वर्षदेखि कामै नगर्ने गरी बिग्रिएपछि वीरमा यो सेवा पूर्णतः ठप्प थियो । अवरुद्ध सेवा सञ्चालनका लागि नयाँ अत्याधुनिक प्रविधियुक्त टोमोथेरापी मेसिन ३ महिनाअघि नै ल्याइपुर्याइए पनि पुरानो कोबाल्ट मेसिन विस्थापन, जनशक्ति तथा भौतिक व्यवस्थापनलगायतमा समस्याका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यससँगै उपकरण सञ्चालनार्थ आवश्यक दक्ष जनशक्तिको अभावका कारण सेवाप्रवाहमा समस्या निम्तिने संकेत देखापरेको छ ।

स्वस्थ सेललाई असर नपुर्याई क्यान्सरसेललाई मात्र मार्ने क्षमता
हालसम्म नेपालमा क्यान्सररोगको उपचारमा प्रयोग गरिँदै आएका प्रविधिले क्यान्सरसेललाई मात्र नभई अन्य सेललाई समेत नष्ट गर्ने वा क्षति पुर्याउने हुन्छ । तर, टोमोथेरापीमार्फत उपचार गराउँदा क्यान्सरसेल मात्र नष्ट हुने र अन्य सेललाई असर नगर्ने विज्ञहरूको भनाइ छ । क्यान्सररोगका बिरामीलाई अप्रेसन गर्नुपूर्व नै रेडियोथेरापी दिनुपर्ने हुन्छ, जसले ट्युमरको आकार सानो बनाएर अप्रेसन गर्न सहज बनाउँछ ।

मोथेरापी मेसिन नेपाल आइपुगेको तीन महिना बित्दा पनि ३ वर्षदेखि बिग्रिएर काम नदिएको पुरानो कोबाल्ट मेसिन हटाउन नसक्दा नयाँ मेसिन सञ्चालनमा ल्याउन सकिएको छैन । ‘कोबाल्ट मेसिनमा धेरै विकिरण हुने भएकाले जहाँ पायो त्यहीँ फाल्न मिल्दैन,’ वीरका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले भने ।

३ वर्षदेखि ठप्प रेडियोथेरापी सेवा सुचारु हुँदै, अझै २ महिना लाग्ने
२७ वर्षअघि क्यानडाबाट ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सरको उपचार प्रभावित हुँदै आएको थियो । २ वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीरमा रेडियोथेरापीका लागि अत्याधुनिक मेसिन खरिदका लागि बजेटलगायत आवश्यक व्यवस्था मिलाएका थिए । नयाँ उपकरण आएसँगै देशकै ठूलो र सबै वर्गका नागरिकको पहुँच भएको वीरमा ३ वर्षदेखि पूर्णतः ठप्प भएको रेडियोथेपरी सेवा पुनः सञ्चालनमा आउने भएको छ । यसबाट निम्न आयस्तरका र अति विपन्न क्यान्सरपीडितको पनि उपचारमा पहुँच पुग्नेछ ।
नयाँ ‘टोमोथेरापी’को प्राविधिक परीक्षण तथा उपकरण जडान गर्नुपर्ने भएकाले सञ्चालनमा ल्याउन करिब २ महिना लाग्न सक्ने अस्पतालले जनाएको छ । यसबीचमा अत्याधुनिक मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने अहम् चुनौती अस्पतालसामु छ ।

बिग्रिएको मेसिन विस्थापन गर्न नसक्दा नयाँ सञ्चालनमा ढिलाइ
अमेरिकी ‘इकुरे’ नामक कम्पनीले उत्पादन र विकास गरेको ‘टोमोथेरापी’ उपकरण वीरले ४० करोडमा खरिद गरेको हो । टोमोथेरापी मेसिन नेपाल आइपुगेको तीन महिना बित्दा पनि ३ वर्षदेखि बिग्रिएर काम नदिएको पुरानो कोबाल्ट मेसिन हटाउन नसक्दा नयाँ मेसिन सञ्चालनमा ल्याउन सकिएको छैन । ‘कोबाल्ट मेसिनमा धेरै विकिरण हुने भएकाले जहाँ पायो त्यहीँ फाल्न मिल्दैन,’ वीरका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले भने । हाल नयाँ टोमोथेरापी उपकरण सुरक्षाका लागि नेपाल प्रहरी अस्पताल बलम्बुमा राखिएको छ ।

पुरानो मेसिन नष्ट गर्न भारत असफल, क्यानडा लाने तयारी
वीरले नयाँ मेसिन खरिदको टेन्डर आह्वान गर्दा नै टेन्डर पार्ने कम्पनीले नै पुरानो कोबाल्ट मेसिन नष्टसमेत गर्नुपर्ने सर्तनामा गराएको थियो । तर, मेसिन नष्ट गर्न भारतमा असम्भव भएपछि समस्या सिर्जना भएको हो । पछिल्लो समय उक्त मेसिन क्यानडा लगेर नष्ट गर्ने प्रक्रिया बढाइएको छ । यसका लागि क्यानडाबाट कन्टेनरसहितका जनशक्ति नेपाल आइसकेको अस्पतालले जनाएको छ ।
कोबाल्ट मेसिनमा अत्यधिक विकिरण हुने भएकाले त्यसको मानव स्वास्थ्यमा पर्ने घातक असरबाट जोगाउन सुरक्षित स्थान र अत्याधुनिक प्रविधिको सहायताले मात्र नष्ट गर्न मिल्ने निर्देशक बस्नेत बताउँछन् । ‘अत्याधुनिक ‘टोमोथेरापी’ ल्याउनका लागि टेन्टर पार्ने व्यक्तिले नै पुरानो कोबाल्ट मेसिन विस्थापित गर्नुपर्ने निर्णय भएको थियो,’ उनले भने, ‘तर, पुरानो कोबाल्ट मेसिनमा भएको रेडिएसन नष्ट गर्न भारतमा असफल भएपछि अहिले क्यानडामा लगेर नष्ट गर्न लागिएको छ । यसका लागि क्यानडाबाट कन्टेरनरसहित जनशक्ति नेपाल आइसकेको छ ।’

कहाँ–कहाँ उपलब्ध छ रेडियोथेरापी सेवा ?
नेपालमा हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ । यस्ता उपकरणमार्फत रेडियोथेरापी दिँदा क्यान्सरसेलसँगै अन्य स्वस्थ सेलसमेत मर्ने हुँदा बिरामीमा सिथिलता आउनुका साथै साइड इफेक्ट बढी हुने गरेको छ । तर, वीरमा जडान गर्न लागिएको अत्याधुनिक टोमोथेरापीको साइड इफेक्ट तुलनात्मक रूपमा न्यून रहेकाले उपचारमा ठूलो राहत पुग्ने बताइएको छ । नेपालमा भर्खरै भित्र्याइएको टेमोथेरापी उपकरण छिमेकी मुलुक भारतमा ६–७ वटाको संख्यामा रहेको जानकारहरू बताउँछन् ।

के हो ‘टोमोथेरापी’ ? के फरक छ चलनचल्तीको कोबाल्टभन्दा ?
टोमोथेरापी रेडिएसन प्रविधिबाट क्यान्सररोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । यसको प्रयोग बिरामीको शरीरमा फैलिएका क्यान्सरका सेलहरू मार्न गरिन्छ । यो अत्याधुनिक उपकरणमा क्यान्सरयुक्त सेललाई मात्र रेडिएसन दिने क्षमता हुन्छ । यसको प्रयोगले क्यान्सरसेल नष्ट हुन्छ, तर अरु सेललाई असर गर्दैन । पहिलेका कोबाल्ट मेसिनमार्फत रेडिएसन दिँदा क्यान्सर सेलसँगै अन्य सेललाई पनि असर गर्ने गरेकोमा नयाँ प्रविधिले जोखिम न्यूनीकरण गर्ने विज्ञहरूको भनाइ छ ।

टोमोथेरापी उपकरणमार्फत उपचार गर्दा बिरामीलाई साइडइफेक्ट कम हुन्छ । टोमोथेरापीमार्फत क्यान्सररोगीको ट्युमरमा धेरै र वरिपरि कम डोजको रेडिएसन दिएर क्यान्सरसेललाई मात्र नष्ट गर्न सकिन्छ ।
कोबाल्टमार्फत उपचार गर्दा बिरामीलाई रेडिएसन दिएको २ वर्ष नपुगीकन पुनः दिनुहुँदैन भन्ने थियो । तर, टोमोथेरापीमा रेडिएसन दिएको केही समयपछि आवश्यकताअनुसार पुनः दिन सकिन्छ ।
टोमोथेरापी शल्यट्युमरका लागि बढी उपयोगी हुन्छ । शरीरका सम्पूर्ण भागमा फैलिएका क्यान्सरसेल नष्ट गर्न टोमोथेरापी उपकरण महत्वपूर्ण साबित हुँदै आएको छ ।

टोमोथेरापी उपकरणमार्फत रेडियोथेरापी दिँदा भारतमा ५ लाख रूपैयाँसम्म तिर्नुपर्ने हुन्छ । नेपालमा प्रविधि उपलब्ध नहुँदा भारत पुगेर महँगो शुल्कमा उपचार गराउन बाध्य नेपाली क्यान्सरपीडितले अब भने रहत पाउने भएका छन् ।

एकजनालाई २० मिनेट, दैनिक ५५ जना क्षमता
टोमोथेरापीमार्फत एकजना बिरामीलाई रेडियोथेरापी दिन करिब २० मिनेट लाग्छ । वीरका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्य भन्छन्, ‘टोमोथेरापी उपकरणले एक दिनमा सामान्यता ५५ जनासम्मलाई सेवा उपलब्ध गराउन सकिन्छ ।’

भारतमा ५ लाख, वीरमा करिब १५ हजार मात्र
टोमोथेरापी उपकरणमार्फत रेडियोथेरापी दिँदा भारतमा ५ लाख रूपैयाँसम्म तिर्नुपर्ने हुन्छ । नेपालमा प्रविधि उपलब्ध नहुँदा भारत पुगेर महँगो शुल्कमा उपचार गराउन बाध्य नेपाली क्यान्सरपीडितले अब भने रहत पाउने भएका छन् । वीरमा यो सेवा लिएबापत बिरामीले १० देखि १५ हजार रूपैयाँ मात्र तिरे पुग्ने अस्पतालले जनाएको छ । यद्यपि, सेवा सञ्चालनमा आइनसकेको अवस्थामा अस्पतालले शुल्कको यकिन टुंगो भने लगाइसकेको छैन ।

उपलब्ध जनशक्ति अपुग हुने
वीरको क्यान्सर विभागमा कार्यरत दक्ष जनशक्ति टोमोथेरापी उपकरण चलाउन अपुग हुने देखिएको छ । उपलब्ध जनशक्तिले मात्र मेसिन चलाउँदा मागबमोजिमको सेवा दिन नसकिने विभागले जनाएको छ । ‘अहिले हामीसँग भएको जनशक्तिले टोमोथेरापी उपकरण सञ्चालनमा ल्याउन समस्या हुने देखिन्छ,’ क्यान्सर विभाग प्रमुख डा. आचार्य भन्छन्, ‘त्यसका लागि अस्पताल प्रशासनसँग थप जनशक्तिको माग गरेको छु ।’

हाल वीरको क्यान्सर विभागमा मेडिकल फिजिसियन १, थेरापी टेक्नोलोजिस्ट २ र क्यान्सररोग विशेषज्ञ ४ जना कार्यरत छन् । यसमध्ये टोमोथेरापी सञ्चालनका लागि ४ जना विशेषज्ञ चिकित्सक पर्याप्त भए पनि फिजिसियन ३ जना र टेक्नोलोजिस्ट ८ जना अवश्यक हुने विभागको भनाइ छ । ‘टोमोथेरापी उपकरण चलाउन फिजिसियन थप २ जना, थेरापी टेक्नोलोजिस्ट थप ६ जना आवश्यक पर्छ,’ डा. आचार्यले भने ।

टोमोथेरापी मेसिन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने हुन्छ । यसर्थ, अस्पतालले टोमोथेरापी सञ्चालनका लागि मापदण्डअनुरूपको नयाँ संरचना बनाउन लागेको छ ।

उपकरण अभावले घट्दै थिए बिरामी
कोबाल्ट मेसिन सञ्चालनमा हुँदा वार्षिक १ हजार ३ सयदेखि १ हजार ५ सयसम्म क्यान्सरका बिरामीले भर्ना भएर उपचार गराउने गरेको अस्पतालको तथ्यांकले देखाउँछ । तर, ०७२ मा कोबाल्ट उपकरण बिग्रिएपछि भने उपचार प्रभावित भएका कारण त्यो संख्या घटेर ६ देखि ७ सयमा झरेको विभाग प्रमुख डा. आचार्य बताउँछन् । अधिकांश क्यान्सरपीडितका लागि आवश्यक पर्ने रेडियोथेरापी सेवा नै अवरुद्ध भएपछि बिरामी घट्नु स्वाभाविक हो । अब अन्यत्र अनुपलब्ध अत्याधुनिक प्रविधि जडानपछि वीरमा क्यान्सरका बिरामीको चाप थेगिनसक्नु हुने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।
२७ वर्ष पहिले जडान गरिएको कोबाल्ट मेसिनबाट ८ हजार बिरामीले सेवा लिएका थिए । डा. आचार्य भन्छन्, ‘भर्ना भएका क्यान्सरका बिरामीमध्ये ७० प्रतिशतले रेडियोथेपारीबाट उपचार लिनुपर्ने हुन्छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बिरामीको भरोसा बन्दै वीर अस्पतालको फार्मेसी, औषधिको अंकित मूल्यमा ७०% सम्म छुट

नेपालकै पुरानो र ठूलो केन्द्रीय अस्पताल वीरको मूल भवनको भुइँतलामा विशेषगरी दिउँसोको समयमा खचाखच भिड देख्न सकिन्छ । लाइनमा बसेका प्रायः मानिसको हातमा डाक्टरको प्रेस्क्रिब्सन हुन्छ । उनीहरू अस्पतालको फार्मेसीमा औषधि किन्न पालो पर्खेर बसेका हुन्, जहाँ १५ देखि २० मिनेटसम्म लाइन बस्नुपर्ने बाध्यता छ । हरेक दिन हजारौँको संख्यामा स्वास्थ्योपचारका लागि मुलुककै सस्तो अस्पताल वीर आउने बिरामीले पैसा तिरेर औषधि किन्नका लागि यसरी नै समय र श्रम खर्चिरहेका छन् ।

अस्पतालपरिसरमा अन्य फार्मेसी नभएका भने होइनन् । अस्पतालको गेटबाट बाहिर निस्केलगत्तै लहरै फार्मेसी छन् र त्यहाँ लाइन बस्नुपर्ने अवस्था पनि रहँदैन । तर, अस्पतालको फार्मेसीले दिने छुट र विश्वसनीयताका कारण धेरै बिरामी केहीबेर पर्खेरै भए पनि भित्रै औषधि किन्न रुचाउँछन् ।

सेवाग्राहीको यति धेरै विश्वास र आकर्षण भएको फार्मेसीले उनीहरूलाई नकुराईकन सेवा दिनमा के समस्या छ त ? फामेर्सी प्रमुख मानबहादुर महरा आवश्यक जनशक्तिको अभावले समस्या निम्त्याएको मान्छन् । ‘सेवाग्राहीको चाप धान्न सक्ने पर्याप्त जनशक्ति नभएको हुँदा सेवाग्राहीका लागि केही असर पुुगेको छ,’ उनी भन्छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्न प्रशासनिक र कानुनी अग्रसरता लिएपछि वीरको फार्मेसी ५ माघ ०७३ मा स्थापना भएको थियो । अस्पताल प्रशासनले त्यसलाई विस्तार गर्दै लगेर यो अवस्थामा पु-याएको हो । सुरुमा २ सय प्रकारका औषधि बिक्रीबाट प्रारम्भ गरिएको फार्मेसीले अहिले १ हजार ५ सय प्रकारका औषधि बिक्री गरिरहेको छ ।

अस्पताल भवनमै अ‍ेपिडी र विपन्न वर्गका लागि भनेर २ वटा फार्मेसी सञ्चालनमा छन् । ५ जना जनशक्तिबाट सञ्चालन सुरु गरिएको फार्मेसीमा अहिले १० जनले सेवा दिइरहेका छन् । तर, सेवाग्राहीको बढ्दो आकर्षण धान्न यो जनशक्तिले भ्याइरहेको छैन । फार्मेसीका लागि दरबन्दी भने जम्मा ३ वटा छन् । दरबन्दीका बाहेक नेपाल सरकारको छात्रवृत्तिमा ५ जना र न्याम्समा पढेर आएका २ जनाले फार्मेसीमा सेवा दिइरहेका छन् ।

अंकित मूल्यको ७० प्रतिशतसम्म छुट
वीरको फार्मेसीबाट औषधि खरिद गर्दा सेवाग्राहीले ७० प्रतिशतसम्म छुट पाउने गरेका छन् । ८ रुपैयाँ अंकित मूल्यको पेन्टोप्राजोल ४० एमजी क्याप्सुल फार्मेसीले जम्मा २ रुपैयाँ ४० पैसामा बेच्दै आएको छ । त्यसैगरी, ९ सय १० रुपैयाँ ४० पैसा अंकित मूल्यको इनोक्जापारिन– ६० एमजी इन्जेक्सनलाई वीरका ग्राहकले जम्मा ३ सय ५६ रुपैयाँ ४० पैसा तिर्नुपर्छ, जसमा झन्डै ६१ प्रतिशत छुट समावेश छ ।

विशेषगरी, मुटु, सुगर, हर्मोनल ड्रग्स, दम, एन्टिबायोटिक्स, क्यान्सर, मिर्गौलारोगका औषधि अन्यत्रभन्दा वीरको फार्मेसीमा सस्तोदरमा पाइने महराको दाबी छ । अस्पतालमा बालरोग, गाइनो, मानसिकरोग विभाग नभएकाले यी रोगका औषधि फार्मेसीमा उपलब्ध छैनन् ।

उधारोको समेत व्यवस्था
फार्मेसीले केही निश्चित समूहका ग्राहकका लागि उधारोमा समेत औषधि दिने गरेको छ । आकस्मिक सेवाका लागि आउने बिरामी, भर्ना भएर बसेका बिरामी, विपन्न सेवाअन्तर्गतका बिरामी (हेमोडाइलाइसिस, क्यान्सर, मिर्गौला फेललगायत), स्वास्थ्य बिमाअन्तर्गतका बिरामी, जनयुद्धका घाइते कार्डधारी बिरामीलाई उद्यारोमा औषधि सेवा प्रदान गरिरहेको छ । यसरी उधारोमा दिइएको औषधिको भुक्तानी नेपाल सरकार वा अस्पतालबाट हुने गर्छ ।

यसअन्तर्गत एक बिरामीले अधिकतम ४ लाखसम्मको औषधि उधारो पाउने व्यवस्था छ । मिर्गौला ट्रान्सप्लान्ट गरेका बिरामीले ४ लाख रुपैयाँसम्मको औषधि सेवा पाउने गर्छन् । त्यसैगरी, क्यान्सर र विपन्न वर्गअन्तर्गतका बिरामीले अधिकतम एक लाख रुपैयाँबराबरको औषधि उधारोमा पाउने व्यवस्था छ ।

वीरमा मात्र पाइन्छ हेपाटाइटिस सीको औषधि
हेपाटाइटिस सीको औषधि वीरबाहेक अन्यत्र कहीँ पनि पाइँदैन । तसर्थ, वीरको फार्मेसीमा धेरैजसो हेपाटाइटिस सीको औषधि लिन आउनेको धुइँचो लाग्ने गरेको महरा बताउँछन् । उनका अनुसार यो औषधिका लागि धेरै अस्पतालका कार्ड बोकेर ग्राहकहरू वीरमा लाइन लाग्ने गरेका छन् । त्यसैगरी, नार्कोटिक तथा साइकोटोर्फिक औषधि पनि विशेष सहुलियतका कारण खोज्न आउनेको संख्या धेरै छ ।

रोगका विभागअनुसार फार्मेसीलाई विशिष्टीकृत गरिने
१ सय २९ वर्ष पार गरिसकेको ऐतिहासिक वीर अस्पतालले २ वर्षअघि मात्र आफ्नै फार्मेसी स्थापना गरेको हो । फार्मेसीलाई रोगका विभागअनुसार विशिष्टीकृत गर्ने योजना अस्पतालको छ । यसका लागि कोठाहरू बनिरहेको महरा बताउँछन् । उनका अनुसार डिपार्मेन्टका रूपमा विकास गरेपछि फार्मेसीको छुट्टै युनिट बनाउने लक्ष्य छ । ‘आइपिटी, ओपिडी, इमर्जेन्सीलगायत विभागमा फार्मेसीको विस्तार गर्ने तथा औषधिको साइड इफेट पत्ता लगाउने फर्माको भिगिलेन्स सेन्टरका रूपमा काम गर्ने लक्ष्य छ,’ उनले भने ।

ठाउँ अभावले स्टोरेजमा समस्या
ठाउँ अभावका कारण औषधि स्टोर गर्न समस्या रहेको महराको गुनासो छ । १० दिनका लागि पुग्ने औषधि पनि स्टोर गर्ने ठाउँ छैन । उनका अनुसार बिरामीको चापअनुसार ३ महिनासम्मको औषधि स्टोर गर्ने ठाउँको आवश्यकता छ ।

जनशक्ति अभावले २४ घण्टे सेवामा कठिनाइ

सेवाग्राहीलाई २४ घण्टे सेवा उपलब्ध गराउन थप ८ देखि १० जना आवश्यक रहेको फार्मेसी प्रमुख महरा बताउँछन् । फार्मेसीले नियमानुसार २४सै घण्टा सेवा–सुविधा दिनुपर्ने हुन्छ । ‘जनशक्ति अभावका कारण रातिको समयमा हामीले सेवा दिन सकिरहेका छैनौँ,’ महरा भन्छन्, ‘दिउँसोकै समयमा पनि सेवाग्राहीको चापअनुरूप पर्याप्त जनशक्ति नहुँदा समयमै सेवा दिनमा बाधा पुगेको छ ।’

तर, पछिल्लो समय नेपाल सरकारले फार्मेसीका लागि थप ५ दरबन्दी स्वीकृत गरेकाले अर्को वर्षदेखि भने २४ घण्टे सेवा दिन सकिने महरा बताउँछन् । उनका अनुसार थप दरबन्दीमा पदपूर्तिका लागि लोकसेवामा पठाइसकेको छ । हाल वीरका दुई फार्मेसीमध्ये विपन्न वर्गका लागि छुट्याइएको फार्मेसी बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म र ओपिडी फार्मेसी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ने गरेको छ ।

फार्मेसी सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ‘सिड मनी’मार्फत २५ लाख रुपैयाँ दिएको थियो । उक्त रकमबाट सुरु भएको फार्मेसीले आर्थिक वर्ष ०७४/७५ सम्म ३ करोड रुपैयाँबराबरको कारोबार गरिसकेको छ । सेवाग्राहीलाई आकर्षक छुट दिएर पनि अहिलेसम्म फार्मसी ४३ लाख नाफामा गएको प्रमुख महराले जानकारी दिए ।

औषधि खरिद ऐन र अस्पताल औषधि निर्देशिका ‘२०७२’ बाट औषधि छनोट गर्दा विशेषगरी सम्बिन्धत चिकित्सक, विभाग, युनिट प्रमुखको विश्वसनीयताका आधारमा औषधिको ब्रान्ड छनोट गर्नका लागि ड्रग्स एन्ड थेरापिटिक कमिटीको सिफारिसमा औषधि खरिद गर्नेगरेको महराले बताए ।

फार्मेसीले खरिदमूल्यमा २० प्रतिशत मुनाफा राखी औषधिको अधिकतम खुद्रा मूल्य नबढ्ने गरी औषधि विक्री गर्ने गरेको छ । यति नाफा राख्दा पनि ग्राहकले बाहिरका औषधि पसलमा भन्दा अस्पतालको फार्मेसीमा सस्तो दरमा औषधि पाउने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक सरकारी अस्पतालले आफ्नै फार्मेसी राख्नुपर्ने कानुनी प्रावधान छ । यही प्रावधानअनुसार अस्पतालको डिपर्मेन्टका रूपमा वीरको फार्मेसी सञ्चालनमा छ । निजी फार्मेसीमा भन्दा सस्तो दरमा औषधि उपलब्ध हुने भएकाले अस्पतालको फार्मेर्सीबाट बिरामीले राहत महसुस गर्ने महरा बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बदलिँदै छ वीरलाई हेर्ने सोच, भिआइपी रोजाइमा पर्दै

उपचार खर्च कत्ति पनि नहुनेको समेत उपचार हुने मुलुककै पुरानो र ठूलो केन्द्रीय अस्पताल वीर पछिल्लो समय भिआइपीको समेत आकर्षण बन्दै गएको छ । सरकारी अस्पतालका सेवा, सुविधा र उपचारमाथि सन्देहको दृष्टिले हेर्ने मानसिकतामा बिस्तारै परिवर्तन देखिन थालेको हो ।
प्रतिनिधिसभाअन्तर्गत लेखा समितिका सभापति भरत शाहले भर्खरै वीर अस्पतालको भिआइपीकक्षमा भर्ना भई शल्यक्रियासहितको उपचारसेवा लिएका छन् । मिर्गौलामा रहेको पत्थरीको शल्यक्रियामार्फत उपचार गराउन अघिल्लो आइतबार अस्पतालमा भर्ना भएका उनको सोमबार (भोलिपल्ट) लेजर प्रविधिबाट शल्यक्रिया गरिएको थियो । उनको उपचारमा डा. रविन बस्नेत र अनिल श्रेष्ठ संलग्न थिए । सफल उपचारसँगै उनी घर फर्किसकेका छन् ।

वीरका निर्देशक डा. भूपेन्द्र बस्नेत अस्पतालमा सबै तहतप्का र वर्गका बिरामीको आकर्षण बढ्नुमा उपचारका सबै प्रविधिको उपलब्धता र गुणस्तरीय सेवाप्रवाहलाई कारण मान्छन् । ‘वीर अस्पतालमा उपचारका लागि सबै प्रविधि भएका कारण नै सबैको आकर्षण बढ्दै गएको हो,’ उनी भन्छन्, ‘हामी बिरामीलाई राम्रो र सर्वसुलभ उपचार दिँदै आएका छौँ ।’ उनका अनुसार पछिल्लो समय अस्पतालमा उपचार गराउनेमा सर्वसाधारणको मात्र नभई भिआइपीको समेत विस्वास बढेको छ । अस्पतालमा बेडको व्यवस्थापन तथा सरसरफाइको अवस्था राम्रो भएका कारण पनि बिरामीको आकर्षण बढ्दै गएको निर्देशक डा. बस्नेतको ठम्याइ छ ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य रामकुमारी चौधरीले करिब डेढ महिनाअघि वीरमै भर्ना भएर उपचारसेवा लिएकी छिन् । घुँडाको समस्याबाट पीडित चौधरी १५ मंसिरमा अस्पताल भर्ना हुन आइपुगेकी थिइन् । शल्यक्रियासहितको उपचारपश्चात् चौधरी केही दिनमा डिस्चार्ज भइन् । केही वर्षअघि पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल निमोनिया हुँदा वीरमा भर्ना भएर उपचार गराएका थिए, यूवा नेता गगन थापाले समेत आफ्नी श्रीमतीको पत्थरीको शल्यक्रिया वीरमै गराएका थिए । त्यसैगरी केही महिनाअघि नेकपा नेता लिलामणि पोखरेल पनि दुबै मिर्गौलामा रहेको जटिल पत्थरीको शल्यक्रिया गराएका थिए ।

पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको समयमा स्वास्थ्य मन्त्री गगन थापाले सरकारी अस्पताललाई सुविधा सम्पन्न गर्ने भन्दै वीरले मागजति सहुलियत, उपकरण र रकम उपलब्ध गराएका थिए । उनले छुट्टै स्वतन्त्र प्राविधिक टोली बनाएर विर सुधारको मार्गचित्र बनाएर बजेट उपलब्ध गराएका थिए । त्यसपछिका सरकार एवं मन्त्रीहरुले समेत वीरका लागि आवश्यक बजेटलगायत अन्य सहजिकरणलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन् । तत्कालिन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले समेत धुर्मस सुन्तली फाउन्डेसन्ससँग मिलेर सरसफाई अभियान चलाइन् ।

वीरमा हत्तपत्त प्रयोगमा नआउने भिआइपी र भिभिआइपी क्याबिन समेत छ । वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै ‘भिआइपी क्याबिन’ छ । ढोकाबाट पस्नेबित्तिकै दायाँ र बायाँ दुवैतर्फ करिडोर छन् । दाहिनेतर्फ भिआइपीकक्ष छ, जहाँ सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेज बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन् ।

सरसफाइका कारण अस्पतालप्रति आकर्षण बढ्दै
स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत वैशाखमा वीर अस्पतालको सरसफाइको नेतृत्व खेम्स क्लिनिङ तथा धुर्मुस–सुन्तली फाउन्डेसनले लिएका थिए । त्यसक्रममा ४४ दिन लगाएर अस्पतालमा रङरोगन तथा सरसफाइको काम गरिएको थियो । उक्त सरसफाइमा टुटेफुटेका धारा, दिसापिसाब भरिएर गन्हाउने शौचालय, बत्ती र टेलिफोनका यत्रतत्र छरिएका र लत्रिएका तारको उचित व्यवस्थापन गरिनुका साथै चिम नभएका ठाउँमा बत्ती जडान गरिएको थियो । यससँगै अस्पताल भवनका भित्ताहरू सचित्र सजाइएका थिए । सरसफाइको उक्त कार्यक्रमलाई अहिले पनि अस्पतालले निरन्तरता दिँदै आएको निर्देशक डा. बस्नेत बताउँछन् । भिआइपीहरूको पनि अस्पतालमा आकर्षण बढ्नुमा सरसफाइ पनि प्रमुख कारण भएको डा. बस्नेतको भनाइ छ ।

कुनै समयमा राजपरिवारका सदस्य बिरामी पर्दा प्रयोग गरिने वीर अस्पतालको भिआइपीकक्षमा अहिले मन्त्री, ठूला पदाधिकारी, भिआइपीलगायतले उपचार गराइरहेका छन् । वीरमा ३५ वर्षअघि राजपरिवारका एक सदस्यले शल्यक्रिया गराएका थिए । राजपरिवारका लागि छुट्याइएको भिआइपीकक्ष ०४६ यता प्रयोग भएकै थिएन । देशमा गणतन्त्र आएपश्चात् ०७१ मा भिआइपीकक्षको रङरोगन गरिएको थियो ।  तर, पछिल्लो समय भने बिस्तारै मन्त्रीदेखि लिएर उच्चपदस्थ अधिकारीहरूसमेत वीरको भिआइपीकक्षमा भर्ना भई उपचार गराउन आकर्षित हुन थालेका हुन् ।

कस्तो छ भिआइपीकक्ष ?
वीरमा हत्तपत्त प्रयोगमा नआउने भिआइपी र भिभिआइपी क्याबिन समेत छ । वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै ‘भिआइपी क्याबिन’ छ । ढोकाबाट पस्नेबित्तिकै दायाँ र बायाँ दुवैतर्फ करिडोर छन् । दाहिनेतर्फ भिआइपीकक्ष छ, जहाँ सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेज बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन् ।

बिरामीको स्वास्थ्यअवस्था देखाउने ‘बेडसाइड मनिटर’ जडित छ, जसले बिरामीको हृदयगति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रमलगायत अवस्थाबारे जानकारी दिने गर्छ । त्यसैगरी, कोठामा सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, ‘डिफिब्रिलेटरलगायत आपत्कालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्री छन् । नजिकैको कोठामा इसिजी मेसिन छ । यसका साथै भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्योपचारमा आवश्यक मानिने सबैखाले सेवा र पूर्वाधारले यो कक्षलाई व्यवस्थित गरिएको छ । यहाँ बिरामी भेट्न आउने भिआइपीहरूका लागि विशिष्ट आगन्तुककक्ष, बिरामीको आफन्त बस्ने कक्षसहित सुरक्षाकर्मीको समेत कक्ष छन् । वीरमा भिआइपी वार्डका लागि ६ वटा कोठा छुट्याइएका छन् ।

वीरमा उपचारका लागि आवश्यक सबैजसो सेवा–सुविधा उपलब्ध छन् । सिटी स्क्यान, एमआरआईलगायतका अत्याधुनिक उपकरण वीरमा उपलब्ध छन् ।

भिआइपीहरूले उपचारका लागि विदेश रोजेकाले एकातिर यहाँका स्रोत–साधन त्यसै खेर गइरहेका छन् भने अर्कोतिर राज्यकोषको करोडौँ रूपैयाँ बिदेसिरहेको छ । देशका ठूला नेता तथा उच्च ओहदाका व्यक्तिहरूले राज्यकोषबाट करोडौँ रूपैयाँ उपचार खर्च लिएर बाह्य देश जानुको सट्टा स्वदेशमै उपचार गराएमा एकातिर देशको ढुकुटी रित्तिने थिएन भने अर्कोतर्फ उनीहरूका नाममा ठूलो लगानीमा निर्मित यस्ता कक्षको सदुपयोग हुने थियो । यससम्बन्धमा सम्बन्धित पक्षको ध्यान जानुपर्ने देखिन्छ । वीरबाट पछिल्लो समय वार्षिक साढे ३ लाखभन्दा बढी सर्वसाधारणले ओपिडीसेवा लिँदै आएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरमा माइनर ओटी, आइसियू, भेन्टिलेटर सेवासहितका तीन एम्बुलेन्स

केन्द्रीय अस्पतालले वीरमा गम्भीर बिरामीको जीवनरक्षाका लागि आवश्यक आधारभूत उपकरणसहितका तीनवटा एम्बुलेन्स ल्याएको छ ।
अस्पतालमा पहिलोपटक सरकारी मापदण्डअनुसार ‘क वर्ग’का यस्ता एम्बुलेन्स ल्याइएका हुन् । अस्पतालले खरिद गरेको १२८ स्लाइस सिटीसहित तीनवटा एम्बुलेन्सको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शुक्रबार औपचारिक सुरुवात गरे ।

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार नयाँ एम्बुलेन्समा आइसियूसहित, माइनर ओटी, अत्यावश्यक औषधि, ह्लिलचियर, ट्रली, स्पाइनल बेड, भेन्टिलेटर, कार्डियाक डिफिबिलेटरलगायत सेवा तथा उपकरण जडित छन् ।
गम्भीर अवस्थाका बिरामीको प्रकृतिका आधारमा जीवनदायी सपोर्टसहित अस्पतालसम्म पु-याउन प्रभावकारी हुने यस्ता एम्बुलेन्सले अस्पताल पुर्याउनुपूर्व हुने मृत्युदर घटाउन सघाउ पु-याउने निर्देशक डा. बस्नेतको विश्वास छ ।

 

उपकरणसहितको एम्बुलेन्सभित्रै तालिमप्राप्त स्वास्थ्यकर्मी राखेर अस्पताल ल्याइने र अस्पतालबाट रेफर हुने बिरामीका लागि एम्बुलेन्स प्रयोग हुने अस्पतालले जनाएको छ । मर्सिडिज भेहिकल कम्पनीको सहकार्यकमा फोर्स नामक कम्पनीले एम्बुलेन्सको डिजाइन गरेको हो ।

यसअघि अन्तर्राष्ट्रिय सभा–सम्मेलन तथा भिआइपी, भिभिआइपी भ्रमणमा समेत स्वास्थ्य प्रबन्ध गर्न निजी क्षेत्रका एम्बुलेन्स खोज्नुपर्ने विकल्पसमेत यससँगै अन्त्य भएको छ । सरकारले अघिल्लो आर्थिक वर्षमा उपलब्ध गराएको बजेटबाट प्रतिएम्बुलेन्स ४० लाख रूपैयाँमा खरिद गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा यसअघि ‘ग’ वर्गबराबरको सेवा भएका तीनवटा एम्बुलेन्स मात्रै उपलब्ध थिए । शुक्रबार नै मन्त्री यादवले वीरमा बुधबार जडित नयाँ सिटी स्क्यान मेसिनको समेत उद्घाटन गरे ।
अस्पताल पुगेका मन्त्रीले जाइकाको सहयोगमा नवनिर्मित भवन र सरकारी खर्चमा निर्माणाधीन सर्जिकल ब्लकको अवलोकनसमेत गरेका थिए । उनले मन्त्रालयले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउन आवश्यक अत्याधुनिक उपकरण किन्न मन्त्रालय जतिसुकै वेला तयार रहने बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वीरमा १ सय २८ स्लाइस नयाँ सिटी स्क्यान जडान, निजी अस्पतालमा भन्दा तीनगुणा कम शुल्कमा सेवा

सबैभन्दा ठूलो र पुरानो सरकारी अस्पतालमा वीरमा १ सय २८ स्लाइस अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको छ । खरिद सम्झौता भएको झन्डै ८ वर्षपछि जडान भएको मेसिन बुधबारदेखि सञ्चालनमा आएको छ ।
बढी स्लाइस सिटी स्क्यानबाट निदान गर्दा छिटो हुने भएकोले ‘रेडिएसन एक्पोजर कम’ हुने भएकोले सिटी गर्दा हुने असर पनि कम हुन्छ । अर्कोतिर यसले स्पष्ट आकृति र तुलनात्मक रुपमा धेरै संख्यामा सेवा दिन सकने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।

वि.सं. २०६८ मा अस्पतालले उक्त सिटी स्क्यान मेसिन खदिरका लागि नेदरल्यान्डको फिनिक्स कम्पनीसित खरिद सम्झौता गरेको थियो । आर्थिक कारण तथा खरिद सम्झौता विवाद अदालतसम्म पुगेका कारण सम्झौताको झन्डै ८ वर्षसम्म मेसिन रोकिएको थियो ।
खरिद प्रक्रिया सुरु भएसँगै पदाधिकारी विवादलगायतको कारण खदिर प्रक्रिया रोकिएपछि कम्पनी अदालत गएको थियो । अदालतले किन्नु भन्ने आदेश दिएसँगै तीन महिनाअघि कम्पनीले मेसिन डेलिभरी दिएको थियो ।

विभागीय प्रमुख डा. शर्माका अनुसार  मतिष्कघातलगायत मतिष्कभित्रका अन्य चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुन्छ ।यसअघि अस्पतालमा १६ स्लाइसको मेसिन उपलब्ध भए पनि ट्युब बिग्रिएका कारण सेवा अवरुद्ध रहेको अवस्थामा अत्याधुनिक नयाँ सिटी जडान भएको हो l

रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माका अनुसार नयाँ सिटी स्क्यान बिरामीको नसा ‘एन्जिओग्राम’का लागिसमेत उपयोगी र प्रभावकारी हुन्छ । हालसम्म वीरमा भएका सिटी स्क्यानको तुलनामा यो निकै अत्याधुनिक पनि हो ।
विभागीय प्रमुख डा. शर्माका अनुसार  मतिष्कघातलगायत मतिष्कभित्रका अन्य चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुन्छ ।यसअघि अस्पतालमा १६ स्लाइसको मेसिन उपलब्ध भए पनि ट्युब बिग्रिएका कारण सेवा अवरुद्ध रहेको अवस्थामा अत्याधुनिक नयाँ सिटी जडान भएको हो l

सम्झौता हुँदा ६४ स्लाइसको सिटी स्क्यान मेसिन ल्याउनेगरी सम्झौता भए पनि हाल अस्पतालको विशेष आग्रहमा हाल १ सय २८ स्लाइसको मेसिन ल्याइएको हो । अस्पतालले उक्त मेसिन भित्र्याउन ८ करोड ८४ लाख खर्च गरेको जनाएको छ । फिलिक्स कम्पनीको उक्त मेसिनका लागि आवश्यक सामग्रीहरू ३ महिनाअघि नै अस्पताललाई उपलब्ध गराइसकेको भएपनि सिटी राक्ने स्थान खोजी र अन्य प्रक्रिया लम्बिदाँ समय लागेको थियो ।

अस्पतालका अनुसार सेवाग्राहीले नयाँ मेसिनमार्फत एकपटक सिटी स्क्यान गराएबापत २ हजारदेखि ४ हजारसम्म शुल्क तिनुपर्नेछ । सिटी स्क्यान गराउने अंगअनुसार शुल्कसमेत फरक हुन्छ । यस सेवाबापतको शुल्क निजी अस्तपालमा भन्दा वीरमा तीनगुणासम्म कम पर्ने डा. शर्मा बताउँछन् । नवजडित मेसिनबाट प्रतिदिन ४० देखि ४५ जनासम्म बिरामीलाई सेवा दिन सकिनेछ । नयाँ मेसिनबाट बिरामीलाई छिटो र सर्वसुलभ सेवा उपलब्ध गराउन सकिने उनको भनाइ छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

सर्वोच्चले भन्यो– वीरको सिटी स्क्यान खरिद प्रक्रिया रोक्नुपर्दैन

सर्वोच्च अदालतले ट्रमा सेन्टरका लागि खरिद गर्न लागिएको अत्याधुनिक मेसिन इन्ट्राअपरेटिभ सिटी स्क्यान खरिद प्रक्रिया रद्द गर्नुनपर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाशीध ओमप्रकाश मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलासले बायोमेड इन्टरनेसनल कम्पनीले टेन्डर पाएको अमेरिकन कम्पनी ब्रेन ल्याबको उपकरण खरिद प्रक्रिया रोक्नुनपर्ने आदेश गरेको हो । सोमबारको अदालतको आदेशसँगै लामो समयदेखिको विवाद किनारा लागेको छ ।

न्युरो सर्जरीमा बढी उपयोगी हुने यो सिटी स्क्यानबाट ब्रेन ट्युमरको शल्यक्रिया एकैपटक टुंग्याउन सहज हुन्छ ।
न्युरो सर्जरीमा उपयोगी अत्याधुनिक सिटी वीर अस्पताल र ट्रमा सेन्सरका लागि खरिद गर्न २ कम्पनीले बोलपत्र हालेका थिए । तीमध्ये बायोमेड कम्पनीको २० करोड ४९ लाखमा खरिद गर्ने गरी परेको टेन्डर स्वीकृत भएको थियो ।

जर्मन कम्पनी न्युरोलोजिकाको मेसिन खरिद गर्न हिमालयन मेडिटेड नामक कम्पनीले १५ करोड ९५ लाखमा टेन्डर हालेको थियो । अस्पताल स्रोतका अनुसार हिमालयले ल्याउने प्रस्ताव गरेको कम लागतको उपकरण १४ वटा फिचर टेन्डरको स्पेसिफिकेसनअनुसारको थिएन । अस्पतालका वरिष्ठ न्युरो सर्जनहरूको टोलीले नै लिखित रूपमा सस्तो भए पनि उल्लेखित उपकरणमा कम विशेषता भएको भन्दै खोजेअनुसारको नहुने राय दिएका थिए । सो आधारमा उक्त प्रस्ताव कम्पनी मूल्यांकनबाटै बाहिरिएको थियो ।

पछिल्लोपटक कम्पनीले पहिलो अन्तरिम आदेशका आधारमा सामान खरिद गरी अस्पताल ल्याइसकेपछि अदालतले बोलपत्र रद्द गर्नुनपर्ने आदेश जारी गरेको हो ।

त्यसपछि २ वटा कम्पनीमध्ये सस्तोमा हालेको कम्पनीको उपकरण अस्वीकृत गरी महँगो मूल्यको स्वीकृत गरिएको भन्दै विवाद सुरु भएको थियो । सुरुमा कम्पनीले अस्पतालमा उजुरी गरेको थियो । पछि हिमालयनले सार्वनिक खरिद पुनरावलोकन समितिमा उजुरी गर्यो । समितिले टेन्डर परेको पक्षलाई छलफलमै नबोलाईकनै सम्झौता रद्द गरिदिन वीर अस्पताललाई निर्देशन दिएको थियो ।

पुनरावलोकन समितिले निर्णय गर्दा छलफलमा समेत नबोलाई, नियमविपरीत रद्दको आदेश दिएको भन्दै बायोमेड सर्वोच्च गएको थियो । १९ भदौ ०७४ मा सर्वोच्चका न्यायाधीश गोपाल पराजुलीले पहिलो सुनुवाइमै खरिद प्रक्रिया नरोक्न अन्तरिम आदेश दिएका थिए । सोपछि बायोमेडले उपकरण ल्याउने प्रक्रिया अगाडि बढाएको थियो । तर, ५ कात्तिक ०७४ को दोस्रो सुनुवाइमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलासले पहिलो अन्तरिम आदेश खारेज गरेको थियो ।पछिल्लोपटक कम्पनीले पहिलो अन्तरिम आदेशका आधारमा सामान खरिद गरी अस्पताल ल्याइसकेपछि अदालतले बोलपत्र रद्द गर्नुनपर्ने आदेश जारी गरेको हो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गुरुयोजनाको स्वीकृतिपछि दुवाकोटमा वीरको ओपिडी

दुवाकोटमा वीर अस्पतालको शाखा विस्तार हुने–नहुनेमा आशंका पैदा भइरहँदा अस्पतालले बुधबारदेखि ओपिडी सेवा सुरु गरेको छ । १२ साउनमा वार्षिकोत्सवको अवसर पारेर अस्पताल प्रशासनले यही वर्षदेखि दुवाकोटमा ओपिडी सेवा सुरु गर्ने घोषणा गरेको थियो । सोहीअनुसार सेवा सुरु गरिएको हो ।  सरकारले यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि १५ करोड विनियोजना गरेको छ । अस्पतालले डिपिरआरको काम पनि तत्काल सुरु गर्ने जनाएको छ । सरकारले वीर अस्पतालको विस्तारका लागि भक्तपुरको दुवाकोटमा ५ सय ७० रोपनी जग्गा दिने निर्णय गरेको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेटले सो ठाउँमा १ हजार ५ सय बेडको अस्पतालसहित नर्सिङ कलेज, कर्मचारी आवास, न्याम्सको प्रशासनिक भवन र हेलिप्याडसमेत बनाउने गरी गुरुयोजना स्वीकृत गरिसकेको छ ।

जग्गामा नयाँ भवनसहित सुविधासम्पन्न अस्पताल र न्याम्स अफिस बनाउन गुरुयोजना स्वीकृत भएलगत्तै अस्पतालले बुधबारदेखि ओपिडी सेवा सुरु गरेको हो । नजिकै रहेको परोपकारको भवनलाई नगरपालिकाले रङरोगन गरिदिएपछि वीरबाट निमित्त उपकुलपति डा. सुबोध अधिकारी र निर्देशक डा. भूपेन्द्र बस्नेतसहित गएर सेवा सुरु गरेका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेटले सो ठाउँमा १ हजार ५ सय बेडको अस्पतालसहित नर्सिङ कलेज, कर्मचारी आवास, न्याम्सको प्रशासनिक भवन र हेलिप्याडसमेत बनाउने गरी गुरुयोजना स्वीकृत गरिसकेको छ ।

अस्पतालले नियमित रूपमा सेवा सुरु गर्नका लागि एक मेडिकल अफिसरसहित ७ जनाको टोली खटाइसकेको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । टिममा डाक्टर, स्वास्थ्यकर्मीसहित आवश्यकताका आधारमा प्रत्येक दिन छुट्टाछुट्टै विशेषज्ञसमेत खटाइने डा. बस्नेतले जानकारी दिए । उनका अनुसार ६ महिनाभित्र सोही भवनमा प्रयोगशाला र रेडियोलोजी सेवा सुरु गर्ने बस्नेतले बताए । उनले दुवाकोट ओपिडीबाट रेफर भएका बिरामीलाई वीर अस्पतालमा फास्टट्र्याकबाट सेवा दिनेसमेत जानकारी दिए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डायलाइसिस सेवामा वीरको चामत्कारिक प्रगति

मिर्गौलाको डायलाइसिस सेवामा वीर अस्पतालले संख्यात्मक र गुणात्मक दुवै हिसाबले उल्लेख्य प्रगति गरेको छ । नेपालमा तीन दशकअघि हेमोडायलाइसिस सेवा भित्र्याएको वीरले पछिल्ला दिनमा उपकरण थप गरी २४ घण्टै सेवा विस्तार गरेपछि दैनिक उल्लेख्य संख्याका मिर्गौलापीडितले निःशुल्क डायलाइसिस सेवा पाउँदै आएका छन् । ४ बेडबाट हेमोडायलाइसिस सेवा सुरु गरेको वीरले हाल २० बेडमार्फत अहोरात्र सेवा दिँदै आएको छ ।

अस्पतालबाट ०७२ मा २५ जना नयाँ बिरामीले सेवा पाएकोमा ०७३ मा १ सय ६७ र ०७४ मा ३ सय ६७ नयाँ बिरामीले सेवा पाएको तथ्यांक अस्पतालसित छ । इमर्जेन्सी डायलाइसिसलाई हेर्दा ०७२ मा ६० सेसन नयाँ भएका थिए । २४ घण्टै गरेपछि ०७३ मा ४ सय ९८ र ०७४ मा १ हजार ७ सय ६ सेसन भएका छन् । नियमित डायलाइसिस सेवा ०७२ मा ४ हजार ३ सयले लिएकोमा बढेर ०७३ मा ५ हजार ४ सय पुगेको थियो । ०७४ मा यो संख्या दोब्बरले बढेर ८ हजार ५ सय पुगेको छ ।

नेपाली चिकित्सा क्षेत्रमा विं.सं. २०४५ मा हेमोडायलाइसिस सेवाको पहिचान गरिएलगत्तै वीर अस्पतालमा सेवा विस्तार भएको थियो । सन् २००० सम्ममा यो सेवा २१ वटा अस्पतालमा विस्तार भएको थियो । हाल नेपालका ५३ वटा अस्पतालबाट हेमोडायलाइसिस सेवा प्राप्त गर्न सकिने वीर अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख रजनी हाडा बताउँछिन् ।
सेवा सुरु भएको ३ दशक पुगिसक्दा पनि नेपालमा अझै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सेवा दिन नसकिएको वीर अस्पतालकी नर्सिङ निर्देशक गोमादेवी निरौला बताउँछिन् । नेपालमा डाक्टर पुष्करराज सत्याल, डाक्टर धनञ्जयप्रसाद रिमाल, प्राविधिक गंगालाल श्रेष्ठले हेमोडायलाइसिस सेवाको सुरुवात गरेका थिए ।
हेमोडायलाइसिस तथा अन्य सेवाको क्षेत्रमा गरिएको व्यापक परिवर्तन र सुधारका कारण पछिल्लो समय ‘खस्किँदै वीर अस्पताल’ जस्ता समाचार शीर्षकहरू लोप भएका छन् भने ‘फैरिँदै वा बदलिँदै वीर अस्पताल’ जस्ता समाचार शीर्षकले ठाउँ पाउन थालेका छन् ।

२०७२ सालमा वीरमा जम्मा २५ जना नयाँ विरामीले डायलाइसिसको अवसर पाएकोमा ०७४ मा ३ सय ६७ नयाँ विरामीले अवसर पाए ।२४ घण्टै गरेपछि ०७३ मा ४ सय ९८ र ०७४ मा १ हजार ७ सय ६ सेसन भएका छन् । नियमित डायलाइसिस सेवा ०७२ मा ४ हजार ३ सयले लिएकोमा बढेर ०७३ मा ५ हजार ४ सय पुगेको थियो । ०७४ मा यो संख्या दोब्बरले बढेर ८ हजार ५ सय पुगेको छ ।

नेपाल सरकारले दीर्घरोगपीडितको उपचारका लागि बर्सेनि उल्लेख्य बजेट विनियोजन गर्दै आएको छ । दीर्घरोगीको उपचारार्थ विनियोजित बजेटको आधाभन्दा बढी हिस्सा मिर्गौलारोगपीडितका लागि खर्च हुने गरेको छ । दीर्घरोगपीडितमध्ये करिब एकचौथाइ मात्र मिर्गौलारोगी छन् । यसरी हेर्दा मिर्गौलारोगीले सरकारबाट अन्य दीर्घरोगका बिरामीको तुलनामा झन्डै दोब्बर राहत पाएको देखिन्छ । नेपाल सरकारले दीर्घ रोगीलाई छुट्याएको बजेटको ५३ प्रतिशत रकम मिर्गौलारोगीलाई जाने गरेको छ । मिर्गौलारोगीको संख्या भने दीर्घरोगीको २६ प्रतिशत मात्र छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले ३०औँ राष्ट्रिय हेमोडायलाइसिस वार्षिकोत्सव मनाइरहँदा नेपालमा मिर्गौलारोगीको अवस्था र त्यससम्बन्धी सरकारका विभिन्न कार्यक्रमबारे चर्चा गरिएको छ । मिर्गौैलारोगीको उपचारका लागि नेपाल सरकारले गरेका काम ज्यादै सह्रानीय भएको वीर अस्पतालका निर्देशक भूपेन्द्रकुमार बस्नेत बताउँछन् । उनका अनुसार मिर्गौलारोगपीडितका निम्ति सरकारका प्रयासहरू सन्तोषजनक रहे पनि नेपालमा अझै मापदण्डअनुसारको सेवा प्रदान गर्नमा भने कठिनाइ छ । आवश्यकताअनुसार जनशक्ति उत्पादन हुन नसक्नु तथा उत्पादित जनशक्तिको पनि सही रूपमा उपयोग हुन नसक्नुले पनि नेपालमा मापदण्डअनुसारको स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको निर्देशक बस्नेतको बुझाइ छ ।

मिर्गौला रोगीका लागि सरकारले जति नै पटक डायलाइसिस गराए पनि निःशुल्क सेवा दिइरहेको छ । त्यसका अतिरिक्त सरकारले मिर्गौला प्रत्यारोपणका लागि विभिन्न शीर्षकमा गरी ५ लाख ५० हजार रूपैयाँ उपलब्ध गराउँदै आएको छ । मिर्गौला उपचारमा नेफ्रोलोजिस्ट, सर्जन, ट्रान्सप्लान्ट सर्जन तथा अन्य सहयोगी कर्मचारीको पनि उत्तिकै भूमिका रहन्छ ।

नेपाल सरकारले मिर्गौलापीडितलाई ५ लाख ५० हजारसम्म उपचार खर्च प्रदान गर्दै आएको छ । नेपाल सरकारले दीर्घरोगीलाई दिने अनुदानमा १ अर्ब १५ करोड रूपैयाँ खर्चिसकेको छ भने अझै पनि १ अर्ब ३५ करोडले अपुग भएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रोशनी लक्ष्मी तुईतुई बताउँछिन् । सरकारले दीर्घरोगपीडित बिरामीको संख्या घटाउनका लागि विभिन्न प्रकारका रोकथामका कार्यक्रमहरू ल्याउनुपर्ने तुईतुईको बुझाइ छ । दीर्घरोग रोकथाम र न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी यसको उपचारमा बढ्दै गएको राज्यको व्ययभार कम गर्दै लानुपर्ने उनको धारणा छ । नेपालमा हाल ५३ वटा अस्पतालमा उपलब्ध ४ सय ६८ वटा डायलाइसिस मेसिनमार्फत ४ हजार ७ सय १० बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् ।

मिर्गौला रोगीका लागि सरकारले जति नै पटक डायलाइसिस गराए पनि निःशुल्क सेवा दिइरहेको छ । त्यसका अतिरिक्त सरकारले मिर्गौला प्रत्यारोपणका लागि विभिन्न शीर्षकमा गरी ५ लाख ५० हजार रूपैयाँ उपलब्ध गराउँदै आएको छ ।
मिर्गौला उपचारमा नेफ्रोलोजिस्ट, सर्जन, ट्रान्सप्लान्ट सर्जन तथा अन्य सहयोगी कर्मचारीको पनि उत्तिकै भूमिका रहन्छ । नेपालमा हाल ५० जनाको संख्यामा मिर्गौला विशेषज्ञ छन् । नेपालका विभिन्न अस्पतालमा गरी ०७४ मा ३ सय १८ बिरामीले डयलाइसिस सेवा लिएका थिए । प्रा.डा. ऋषिकुमार काफ्लेका अनुसार नेपाल सरकारले मिर्गौला प्रत्यारोपणपछि खाने औषधि निःशुल्क गराउनु आवश्यक छ ।

नेपाल सरकारले मिर्गौला प्रत्यारोपणपछाडिको औषधि निःशुल्क रूपमा प्रदान गर्नुपर्ने २३ वर्षदेखि वीर अस्पतालमा डायलाइसिस गराइरहेका बिरामी राजु तुलाधर बताउँछन् । सरकारले डायलाइसिस सेवा निःशुल्क प्रदान गरेपछि बाँच्ने अवसर पाएका मिर्गौलापीडितका लागि प्रत्यारोपणपछि र अघि खानुपर्ने औषधि समस्या बनेको उनको भनाइ छ । विगतमा आफूले घरजग्गा बेचेर मिर्गौला उपचार गराउँदै आएका तुलाधर सरकारले पछिल्लो समय मिर्गौलापीडितका लागि गरेका कामहरूलाई ज्यादै सह्रानीय मान्छन् । मिर्गौलापीडितले जीवनभर खानुपर्ने औषधिका लागि सामान्य नेपालीको पहुँच नभएकाले सरकारले डायलाइसिस सेवाजस्तै औषधि पनि निःशुल्क उपलब्ध गराउनुपर्ने उनको तर्क छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२३ वर्षदेखि डायलाइसिसको भर

नेपालमै डायलाइसिस सेवा सुरु भएको तीन दशक भयो । असनका राजु तुलाधर वीर अस्पतालका सबैभन्दा पुराना डायलाइसिस ‘प्यासेन्ट’हुन्, जो २३ वर्षदेखि निरन्तर डायलाइसिस गराइरहेका छन् । यो नै उनको जीवन धान्ने एक मात्र विकल्प हो ।
शरीरको महत्वपूर्ण अंग मिर्गौलाले काम गर्न छाडेपछि दुई मात्रै विकल्प हुन्छन्– प्रत्यारोपण वा आजीवन डायलाइसिस । प्रत्यारोणपछिको जीवन जति सहज हुन्छ, डायलाइसिसको भरमा जीवन धान्न शारीरिक र स्वास्थ्यका दृष्टिले निकै कष्टप्रद मानिन्छ । तर, यी प्रतिकूलतासँग संघर्ष गरेरै जीवनरूपी रथ हाँकिरहेका छन् तुलाधर । त्यति मात्रै होइन, उनी अरूलाई डायलाइसिस उपचार सेवासँगै आफ्नै व्यवसायसमेत अगाडि बढाइरहेका छन् ।

सेवा सुरु गरेको ३० वर्ष पुगेको अवसर पारेर वीर अस्पतालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनी अतिथिका रूपमा बोलाइएका थिए । ५५ वर्षका भए तुलाधर । उनी वीर अस्पतालको नेफ्रोलोजी विभागले प्रदान गर्दै आएको हेमोडायलाइसिस सेवा २३ वर्षदेखि प्रयोग गर्दै आएका छन् । सम्भवतः उनी वीर अस्पतालमा सबैभन्दा लामो समय नियमित सेवा लिने बिरामी हुन् ।

२३ वर्षअघि एकदमै ज्वरो आउने तथा शरीरमा सन्चो नभएजस्तो अनुभव भएपछि स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुगेको हिजैजस्तो लाग्छ उनलाई । ‘स्वास्थ्य परीक्षणपश्चात् थाहा भयो, मेरा दुईवटै मिर्गौला फेल भएका रहेछन्,’ उनी सम्झन्छन् । त्यतिवेला नेपालमा मिर्गौला प्रत्यारोपण कल्पनाबाहिरको कुरा थियो । ‘ट्रन्सप्लान्ट गर्छु भनेर भारत पनि गएँ,’ उनी सम्झन्छन् ।

सरकारले पनि यो सेवा निःशुल्क बनाएको हो । यस दौरान उनले डायलाइसिसका लागि खेतबारी, घर तथा भएको सम्पूर्ण सम्पत्ति उपचारमा सके । ‘असनमा भएको एउटा घर पनि बेचेर डायलाइसिसका लागि खर्च जुटाएँ,’ उनी भन्छन् ।

त्यतिवेला उनका दिदीबहिनीले मिर्गौला दिने पनि भनेका थिए, तर पछि दिएनन् । अझै पनि उनलाई ट्रान्सप्लान्ट गराउने मन छ, तर अंग दिन चाहने र मिल्ने कुराको संयोग जुरेको छैन । मिर्गौला ट्रान्सप्लान्ट महँगो हुनाले पनि डायलाइसिस गरेर बस्नुपरेको उनको भनाइ छ ।सुरुमा वीर अस्पतालमै पनि डायलाइसिस सेवा महँगो थियो ।

वीरमा मासिक १५–२० हजारसम्म खर्च हुन्थ्यो भने अन्य निजी अस्पतालमा डायलाइसिस गर्नुपरेमा ५० हजार रूपैयाँ तिर्नुपथ्र्यो, जुन मध्यम वर्गीय परिवारका लागि पहुँचको विषय थिएन । डायलाइसिस हप्ताको दुईपटक गर्नुपर्ने हुन्छ ।
पछि मिर्गौलारोगी संगठित भएर डायलाइसिस निःशुल्क गर्न माग गर्न थाले । सरकारले पनि यो सेवा निःशुल्क बनाएको हो । यस दौरान उनले डायलाइसिसका लागि खेतबारी, घर तथा भएको सम्पूर्ण सम्पत्ति उपचारमा सके । ‘असनमा भएको एउटा घर पनि बेचेर डायलाइसिसका लागि खर्च जुटाएँ,’ उनी भन्छन् ।

तुलाधरका एउटा छोरा छन् । बिरामी हुनुपूर्व उनी आफैँले खोलेको गार्मेन्टमा काम गर्थे । दुवै मिर्गौला फेल भएको थाहा भएपछि उनले सम्पूर्ण व्यवसाय छाडे । व्यवसाय बेचेर आएको पैसासमेत डायलाइसिसमै खर्च भयो । ०५३ मा डायलाइसिस सुरु गरेपछि ०५८ सम्म त कुनै पनि काम गर्न सकेनन् उनले । ‘मानसिक रूपमा पनि तनाव मात्रै हुन्थ्यो,’ उनी सम्झन्छन् ।
यस्तो रोग लागेपछि आर्थिक संकटको स्थिति देखापर्ने भएकाले पनि होला, घरपरिवारबाट जति सहयोग पाउनुपथ्र्याे, त्यति नपाएको उनको गुनासो छ । ‘आर्थिक अभाव सिर्जना गर्ने भएकाले परिवारका सदस्यहरू पनि टाढा भएजस्तो अनुभव हुँदोरहेछ’ उनले भने । उपचारका लागि परिवार तथा नातेदारबाट कुनै पनि प्रकारको आर्थिक तथा अन्य सहयोग प्राप्त नभएको उनको दुखेसो छ । उनी भन्छन्, ‘सहयोगका लागि कसैसँग खासै अपेक्षा पनि गरिन ।’

अहिले उनका लागि अस्पताल नै घरजस्तै भइसकेको छ । नर्सहरूले गर्ने असल व्यवहारले पनि उनलाई अस्पताल नै घर लागेको हो । ‘अहिले त लाग्छ, म नर्सहरूको सद्भावका कारण नै बाँचिरहेको छु,’ उनी भन्छन्, ‘डाक्टरहरूले गर्ने व्यवहारबाट पनि म सन्तुष्ट छु ।’

सरकारले डायलाइसिस सेवा निःशुल्क नगराउँदासम्म उनीजस्ता धेरै बिरामीलाई एउटा डायलाइसिस पूरा भएपश्चात् अर्काे डायलाइसिस कसरी गर्ने भन्ने चिन्ताको विषय बन्ने गरेको थियो । तर, अहिले निःशुल्क भएपछि त्यो चिन्ता हटेको छ । तर, अझै पनि सरकारले मिर्गौलापीडितले खाने औषधि भने निःशुल्क गराएको छैन, जुन अहिले समस्या बनेको तुलाधरको भनाइ छ ।
३ वर्षदेखि उनले आफूजस्तै मिर्गौलारोगीको समस्यालाई मध्यनजर गरी पार्टनरसिपमा काठमाडौंको गोंगबुमा डायलाइसिस सेन्टरसमेत खोलेका छन् । सो सेन्टरमा सयभन्दा बढी बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । ‘मेरो रोग नै त्यही भएकाले र मेरो योजनामा साथ दिने साथी भेटिएकाले पनि मलाई उक्त सेन्टर खोल्नका लागि थप प्रेरणा प्राप्त भयो,’ उनी भन्छन् ।
विगतभन्दा अहिले मिर्गौला फेल भएका बिरामीको संख्या बढी भएको उनको अनुभव छ । कतिपय बिरामीको डायलाइसिस गर्ने ठाउँ नपाएर अकालमै मृत्यु हुने गरेकाले उनमा सेन्टर खोल्ने सोच आएको थियो ।सबै मिलेर बैंकबाट ऋण लिएर उक्त सेन्टरको स्थापना गरेको उनी बताउँछन् । डायलाइसिसमा रहनेमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले विभिन्न प्रकारका रोगले छिटै आक्रमण गर्छ । सधैँ बिरामी भइरहने मान्छे भनेर पनि परिवारले खासै सहयोग नगरेको अनुभव उनको छ ।
अहिले उनका लागि अस्पताल नै घरजस्तै भइसकेको छ । नर्सहरूले गर्ने असल व्यवहारले पनि उनलाई अस्पताल नै घर लागेको हो । ‘अहिले त लाग्छ, म नर्सहरूको सद्भावका कारण नै बाँचिरहेको छु,’ उनी भन्छन्, ‘डाक्टरहरूले गर्ने व्यवहारबाट पनि म सन्तुष्ट छु ।’

डायलाइसिस गराइरहेका बिरामीले सकेसम्म झोल भएको खानेकुरामा एकदमै सतर्क हुनुपर्ने उनी बताउँछन् । बढी झोल भएको खानेकुरा खाएमा मेसिनको सहायताले अतिरिक्त पानी निकाल्नुपर्ने हुनाले ठोस खानेकुरा बढी उपयुक्त हुन्छ ।
अहिले उनको उपचार र रेखदेख डाक्टर रजनी हाडाले गरिरहेकी छिन् । हाडाको व्यवहार र सहयोगप्रति पनि उनी अभारी छन् ।
आफू डायलाइसिसको भरमा बाँचे पनि उनी डायलाइसिस गराउन आउनेहरूलाई ट्रान्सप्लान्ट नै गराउनका लागि सल्लाह दिन्छन् ।‘डायलाइसिसले रोग निको हुने होइन,’ उनी भन्छन्, ‘कष्टकर जीवन जिउनुभन्दा यथासम्भव ट्रान्सप्लान्टकै बाटो रोज्न मेरो सल्लाह छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यी हुन् न्याम्स उपकुलपतिमा २२ प्रतिस्पर्धी

मुलुककै ठूलो विशेषज्ञ डाक्टर उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स (वीर अस्पताल)को रिक्त उपकुलपतिका लागि निवर्तमान उपकुलपति डा. गणेश गुरुङदेखि आठौँ तहकी ग्यास्ट्रोलोजिस्ट रमिला श्रेष्ठसमेत आकांक्षी देखिएका छन् ।

आकांक्षीमध्ये अधिकांश प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका विभिन्न स्थानमा कार्यरत चिकित्सकहरू हुन् । प्रतिष्ठान उपकुलपति सिफारिस गर्न गठित स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजकत्वको समितिले मागेको दरखास्त दिने अन्तिम मिति आइतबारसम्म २२ जनाले उम्मेदवारी हालेका छन् । उम्मेदवारी हालेर उपकुलपति नबन्ने भन्दै केही प्रतिष्ठित प्राध्यापकले भने दरखास्त नै हालेका छैनन् ।

दरखास्त हाल्नेमा निवर्तमान उपकुलपति डा. गणेश गुरुङ, निवर्तमान रेक्टर डा. यहुनचन्द्र सिवाकोटी, रजिस्ट्रार डा. किरण मानन्धरदेखि परीक्षातर्फका सहायक डिन डा. पियूष दाहालसम्म छन् । त्यसैगरी, पूर्वडिन डा. सीताराम चौधरी, पूर्वनिर्देशकहरू डा. स्वयंप्रकाश पण्डित, डा. बुलन्द थापा, पूर्वरेक्टर डा. श्रीकृष्ण गिरीसमेत छन् । न्याम्सबाहिरबाट कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. अजित रायमाझी र प्रसूतिगृहका वर्तमान निर्देशक डा. जागेश्वर गौतम, मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ पनि दौडमा छन् ।

उपकुलपतिमा वीरका नाक, कान, घाँटी विभाग प्रमुख एवं चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेल, मेडिसिन विभागका डा. अनिल मिश्रले समेत दरखास्त हालेका छन् । प्रतिष्ठानकै चिकित्सकहरू विधाननिधि पौडेल, रेवतीरमणजी मल्ल र आकस्मिक विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले समेत उपकुलपति हुने इच्छा देखाएका छन् ।

तीबाहेक प्रतिष्ठानबाहिरबाट डा. गेहनाथ बराल, रामपरीक्षण यादव, डा. विश्वनाथ यादव, डा. डिएन साह, वीरबाट अवकाश पाएका सर्जन विजयकुमार शर्माले उपकुलपतिमा दरखास्त हालेका छन् । यीमध्ये डा. चौधरी, डा. गुरुङ, डा. मिश्र, डा. गिरी, डा. बराल, डा. डिएन साह र डा. जागेश्वर गौतमबीच बढी प्रतिस्पर्धा हुने जानकारहरू बताउँछन् । मन्त्री संयोजक रहेको सिफारिस समितिमा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् । उम्मेदवारी फाइनल भएपछि अन्तर्वार्तालगायतबाट छानिएका उम्मेदवारमध्ये तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस हुनेछ ।

दरखास्त दिने उम्मेदवारको सूची

१) प्रा.डा. सीताराम चौधरी
२) प्रा.डा. गणेशबहादुर गुरुङ
३) प्रा.डा. स्वयंप्रकाश पण्डित
४) प्रा.डा. अनिलकुमार मिश्र
५) डा. पियूष दाहाल
६) प्रा.डा. श्रीकृष्ण गिरी
७) प्रा.डा. बुलन्द थापा
८) प्रा.डा. गेहनाथ बराल
९) डा. रामपरीक्षण यादव
१०) प्रा.डा. किरण मानन्धर
११) प्रा.डा. विधाननिधि पौडेल
१२) प्रा.डा. रमिला श्रेष्ठ
१३) प्रा.डा. विजयकुमार शर्मा
१४) प्रा.डा. यहुनचन्द्र सिवाकोटी
१५) डा. विश्वनाथ यादव
१६) डा. देवनारायण शाह
१७) प्रा.डा ढुण्डीराज पौडेल
१८ प्रा. डा. अजित रायमाझी
१९) प्रा.डा. जागेश्वर गौतम
२०) प्रा.डा. रेवतीरमणजी मल्ल
२१) डा. पुकारचन्द्र श्रेष्ठ
२२) डा. भोलाराम श्रेष्ठ

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

के छन् नियुक्ति प्रभावित पार्ने ‘फ्याक्टर’

मुलुककै ठूलो विशेषज्ञ डाक्टर उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स (वीर अस्पताल)को रिक्त उपकुलपतिका लागि २२ चिकित्सकले दरखास्त हालेका छन् ।  कुलपति (प्रधानमन्त्री)बाट गठित सहकुलपति (स्वास्थ्यमन्त्री) संयोजकत्वको समितिले १५ दिनअघि दरखास्त अह्वान गरेको थियो । सोक्रममा दरखास्तको अन्तिम मिति आइतबारसम्म २२ जनाको दरखास्त परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निवर्तमान उपकुलपति डा. गणेश गुरुङदेखि वरिष्ठ प्राध्यापक र पदाधिकारीहरूले दरखास्त हालेका छन् ।

जसमा पूर्वरेक्टर डा. श्रीकृष्ण गिरी, निवर्तमान रेक्टर यहुनचन्द्र सिवाकोटीदेखि प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले समेत दरखास्त हालेका छन् । त्यसैगरी, न्याम्सका पूर्वडिन डा. सीताराम चौधरी, वरिष्ठ चिकित्सकहरू अनिल मिश्र, डा. विधाननिधि पौडेल, वीर अस्पताल आकस्मिक विभाग प्रमुख डा. भोलाराम श्रेष्ठ, प्रसूतिगृहका विशेषज्ञ डा. गेहनाथ बराललगायतले दरखास्त दिएका छन् ।

२२ साउनमा निवर्तमान उपकुलपति डा. गणेश गुरुङको कार्यकाल सकिएपछि उपकुलपति सिफारिस गर्न उपप्रधान तथा स्वास्थ्य, जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य रहेको समिति बनेको थियो । सदस्य प्याकुरेलले २२ जनाको दरखास्त परेको भन्दै दरखास्तउपर छानबिन गरेर छिट्टै छनोट प्रक्रिया सुरु गर्ने बताए । ‘सरकार सक्षम, भिजन भएको र संस्थालाई नेतृत्व गर्न सक्ने व्यक्ति उपकुलपति बन्नुपर्छ भन्नेमा छ,’ डा. प्याकुरेलले भने, ‘त्यस्तै उम्मेदवार खोजीका लागि नै प्रक्रिया गरिएको हो ।’

यस्तो छ मापदण्ड
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन दफा १८ को उपदफा २ र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७३ अनुसार मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।
उपकुलपतिमा नेपाल सरकारको ११औँ तहको चिकित्सक वा सोभन्दा माथिल्लो तहमा बहालवाला वा अवकाशप्राप्त चिकित्सकले दरखास्त दिन सक्छन् । त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला वा अवकाशप्राप्त चिकित्सक, वा स्वास्थ्यसंस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारीमा रहेको र जिम्मेवारी वहन गरिसकेको चिकित्सकले दरखास्त दिन सक्छन् ।
दरखास्तसँगै प्रतिष्ठान सञ्चालनको व्यावसायिक कार्ययोजना र व्यक्तिगत विवरणका समेत आधारमा उम्मेदवार छनोट हुने २७ साउनमा प्रकाशित र २ दिनपछि संशोधित सूचनामा उल्लेख छ ।

न्याम्सको उपकुलपति नियुक्तिमा सबैभन्दा पहिलो प्रभाव फ्याक्टर हो – सत्ता गठबन्धन । दोस्रो – संस्थाभित्रको उम्मेदवार । तेस्रो– उम्मेदवारका योग्यता र दरखास्तसँगै पेस गरिएका भिजन ।

नियुक्तिमा प्रभाव पार्ने ‘फ्याक्टर’
कर्मचारी, सेवा क्षेत्र र पठनपाठनका आधारमा पनि न्याम्स, वीर अस्पताल नेपालकै सबैभन्दा ठूलो संस्थामध्ये पर्छ । यसको प्रमुख प्रशासनिक र प्राज्ञिक नेतृत्व गर्ने पद भएकाले उपकुलपतिको नेतृत्व कसले गर्छ भन्ने कुरामा प्रतिष्ठान, वीर अस्पताल, नर्सिङ क्याम्पससँगै थुप्रै ठूला निर्माण र गुरुयोजनाको समेत भविष्य जोडिएको छ ।
जानकारका अनुसार न्याम्सको उपकुलपति नियुक्तिमा सबैभन्दा पहिलो प्रभाव फ्याक्टर हो – सत्ता गठबन्धन । दोस्रो – संस्थाभित्रको उम्मेदवार । तेस्रो– उम्मेदवारका योग्यता र दरखास्तसँगै पेस गरिएका भिजन ।

जनकारहरूका अनुसार उपकुलपति नियुक्तिमा सबैभन्दा बढी प्रभाव कुलपतिको हिसाबले पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै रहन्छ । सहकुलपतिका रूपमा अन्य पदाधिकारी उपकुलपतिको सिफारिसका आधारमा स्वास्थ्यमन्त्रीले टुंग्याउन सके पनि उपकुलपतिको सन्दर्भमा उनले सिफारिस मात्र गर्न सक्छन् ।
यस आधारमा नेकपानिकट देखिएका डा. गौतम, डा. बराल, डा. गिरी, डा. सिवाकोटी, डा. गुरुङ र डा. पौडेलमध्ये एकजना नियुक्त हुन सक्ने अनुमान लगाउन सकिन्छ । त्यसमा पनि पार्टीका नेतासँगको सम्बन्ध र प्रभावका हिसाबले गौतमको बढी सम्भावना देख्नेहरू धेरै छन् ।

तर, गौतम धेरै विवादित छन् । उनी एक निजी मेडिकल कलेजको सेयर नामसारीमा किर्ते प्रमाणित भइसकेका व्यक्ति हुन् । त्यति मात्र होइन, सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री खगराज अधिकारीले उनलाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा गरेको नियुक्तिसमेत विवादमा परेको थियो । काउन्सिलको अध्यक्ष हुन काउन्सिलमा दर्ता भएको कम्तीमा २० वर्ष हुनुपर्ने नियम भए पनि २० वर्ष नपुग्दै ढाँटेर नियुक्ति आएको पुष्टि भएपछि अख्तियारबाट कारबाही चल्ने डरमा राजीनामा दिएका थिए । त्यसकारण प्रभावका आधारमा मात्रै उपकुलपति बन्न गौतमलाई सहज छैन ।

स्रोतका अनुसार डा. गुरुङलाई दोहोर्याउने पक्षमा नेकपा छैन । आफ्नो कार्यकालमा तुलनात्मक रूपमा राम्रै काम गरे पनि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई सहयोग गरेको भनेर पार्टीका नेताहरू उनीसँग सकारात्मक छैनन् । नेकपाभित्र पनि उनी माधवकुमार नेपालनजिक रहेकाले दोहोरिने सम्भावना कम देखिन्छ । पछिल्ला दिनमा कतिपयले डा. बरालको पार्टी समर्थन बलियो देखेका छन् । तर, वीरभित्रकै नहुनुले उनको सम्भावना कमजोर बनाउन सक्छ । पुरानो जनमोर्चा खेमाबाट वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पहुँच पुर्याउन सक्दा मात्रै डा. गिरीको सम्भावना बलियो बन्ला ।

तीबाहेक मन्त्रालयमा चिकित्सा सेवा महाशाखाको नेतृत्व गरिसकेका डा. श्रेष्ठ राजनीतिक फ्याक्टर प्रभाव परेन भने मात्रै उपकुलपति बन्न सक्छन् । किनकि, उनी कांग्रेसनिकट हुन् ।

मन्त्रालयको नेतृत्व गरेका आधारमा नियुक्तिमा प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीकै कुरा सदर गर्ने स्थिति बन्दा डा. शाह, डा. मिश्रा, डा. चौधरीमध्ये एकजना उपकुलपति बन्ने सम्भावना बलियो देखिन्छ । यीमध्ये पनि बलियो डा. शाह देखिए पनि वीरको नहुनु नै उनको सम्भावनामा तगारो बन्न सक्छ ।
तीबाहेक मन्त्रालयमा चिकित्सा सेवा महाशाखाको नेतृत्व गरिसकेका डा. श्रेष्ठ राजनीतिक फ्याक्टर प्रभाव परेन भने मात्रै उपकुलपति बन्न सक्छन् । किनकि, उनी कांग्रेसनिकट हुन् ।

दोस्रो पक्ष
दोस्रो र केही निर्णायक पक्ष भनेको वीरमा उपकुलपति बन्ने वीरभित्रकै मान्छे चाहिन्छ भन्ने भावना प्रबल हुनु हो । प्रतिष्ठानको इतिहासमा हालसम्मका उपकुलपति डा. दिनेशनाथ गंगोल, डा. सिपी मास्के, डा. विश्वराज दली, डा. दामोदर पोखरेल र डा. गणेश गुरुङमध्ये बाहिरबाट आएका मास्के र दलीले कार्यकाल पूरा गर्न पाएनन् । उनीहरूविरुद्ध आन्दोलन भयो ।

तेस्रो पक्ष
न्याम्सको उपकुलपति बन्नका लागि पछिल्लोपटक दरखास्त आह्वान गरिनु र धेरै उम्मेदवार प्रतिस्पर्धी देखिनुले संस्था हाँक्ने भिजन र मन्त्रीसँगको भौगोलिक निकटताले पनि केही अर्थ राख्न सक्छ । तर, विभिन्न समयमा स्वास्थ्य क्षेत्रमा नियुक्ति हुँदाजस्तो आर्थिक चलखेलको गुन्जायस कमै देखिएको जानकारहरू बताउँछन् । ‘अहिलेसम्मको कार्यशैली हेर्दा मन्त्रीले खासै पैसाको पछाडि लागेर दीर्घकालीन असर पर्ने निर्णय गर्न खोजेजस्तो देखिन्न,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसकारणले पनि राम्रो मान्छे आउने सम्भावना जीवितै छ ।’ तर, मन्त्रीनिकट केही व्यक्तिको साथ लिएर उपकुलपति नियुक्तिलाई आफूअनुकूलको व्यक्ति ल्याउन केही उपकरणका ठेकेदारहरू लागेको मन्त्रालय स्रोतको भनाइ छ ।

राजनीतिक पृष्ठभूमि तराई भएका कारण मन्त्री यादवलाई त्यो पक्षको पूर्णतः बेवास्ता गर्न भने कठिन देखिन्छ ।  डा. प्याकुरेल पनि यसपटक मन्त्रालयले संस्थागत हितबाहेक केही नहेरीकनै उपकुलपति सिफारिस गर्ने बताउँछन् । प्याकुरेलले भने, ‘बढीमा ७ पृष्टमा उम्मेदवारले पेस गरेका भिजनले पनि नियुक्तिमा प्रभाव पार्छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै