विश्वस्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरसविरुद्धको खोप विकसित गर्न भइरहेका प्रयासमा निराशा व्यक्त गरेका छन्। खोप विकसित गर्न विश्वभरका वैज्ञानिक खोजमा रहे पनि ठोस सफलता हासिल हुन नसकेका बेला डा. रायनले भनेका छन्, ‘भाइरस सँगसँगै कसरी जिउने भनेर सिक्न जरुरी छ। भाइरसको महामारी...