शुक्रबारदेखि सौराहामा ‘मेडिकल लिटरेचर मेला’, ‘चिकित्साको सेतो र साहित्यको निलो रङ जोडेर हरियो संवाद’

एमबिबिएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीको पहलमा यस वर्षको दुईदिने मेडिकल लिटरेचर मेला चितवनको सौराहामा शुक्रबार सुरु हुँदै छ । सौराहाको थारू कल्चर हाउसमा शनिबारसम्म मेला चल्नेछ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा एमबिबिएस अध्ययनरत साहित्यपे्रमी विद्यार्थीको पहलमा मेडिकल लिटरेचर मेलाको सुरुवात गरिएको आयोजकको भनाइ छ । गत वर्ष काठमाडौंबाट सुरु भएको मेला यसपटक मेडिकल हब भनेर चिनिने चितवनमा गर्न लागिएको कार्यक्रम संयोजक विशद दाहालले जानकारी दिए ।

 देशका विभिन्न दिग्गज साहित्यकारहरूका साथै साहित्यको क्षेत्रमा पनि उत्तिकै सक्रिय चिकित्सकहरूको उपस्थितिमा चिकित्साको सेतो रङमा साहित्यको निलो रङलाई जोडेर जीवन र जगत्सँग हरियो संवाद गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संयोजक दाहालले बताए ।

चिकित्साको सेतो रङमा साहित्यको निलो रङलाई जोडेर जीवन र जगत्सँग हरियो संवाद गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संयोजक दाहालले बताए । चिकित्साक्षेत्रमा लागेर पनि साहित्यमा रुचि भएका चिकित्सक तथा विद्यार्थीबीच मेलामा अन्तरक्रिया हुनेछ । साहित्यमा रुचि हुँदाहुँदै पनि बेफुर्सदिलो चिकित्सा पढाइ तथा अभ्यासका कारण साहित्यको रसास्वादन र सिर्जनाबाट वञ्चितहरूका लागि मेलाले सघाउ पुर्याउने बताइएको छ । विशेषगरी मेडिकल विद्यार्थीको उल्लेख्य उपस्थितिको आशा गरिएको मेलामा सहभागीलाई साहित्यको माध्यमबाट किताबभन्दा बाहिरको सामाजिक, सांस्कृतिक, काव्यिक पाटोबारे जानकारी दिन सकियो भने त्यसले सिकाइ प्रक्रियामा राम्रो प्रभाव पार्ने कार्यक्रमका सल्लाहकार डा. जीवन क्षेत्रीले बताए ।

‘चिकित्सा जीवनमा साहित्यको सार’ नारा दिइएको मेलाबारे जानकारी दिँदै क्षेत्रीले चिकित्साक्षेत्रमा लागिरहेकाको चौतर्फी विकासको दायरा फराकिलो बनाउन मेलाले सघाउ पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा देशका विभिन्न दिग्गज साहित्यकारहरूका साथै साहित्यको क्षेत्रमा पनि उत्तिकै सक्रिय चिकित्सकहरूको उपस्थितिमा अन्तरक्रिया हुने बताइएको छ । कार्यक्रम सेसनमा फरक–फरक वक्ता तथा प्रस्तोताद्वारा विभिन्न विषयमा अन्तरक्रिया चलाइने आयोजकले बताएको छ । कार्यक्रममा सांगीतिक प्रस्तुति पनि रहनेछ ।

कार्यक्रम
पहिलो दिन
मेलामा पहिलो दिन (शुक्रबार) कलाकार यमन श्रेष्ठ र अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा स्वस्थ हुनुको मूल्यबारेको अन्तरक्रिया सेसनमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, बनिता खनाल वक्ता रहनेछन् भने त्यस सेसनको सहजीकरण डा. रवीन्द्र समीरले गर्नेछन् ।

त्यस्तै, अर्को सेसनमा ‘स्वास्थ्य र शिक्षा कसको ?’, ‘चिकित्साबाहिरको स्वास्थ्य’, ‘डाक्टर हुनुको अर्थ’, एजेन्डामा डा. रामेश कोइराला, डा. सरोज धिताल र जीवन क्षेत्रीको बहस रहनेछ । ‘सत्याग्रह’ विषयमा हरि शर्माको वक्तृता रहने बताइएको छ ।
कार्यक्रममा आख्यानमा पात्रको छनोट विषय सेसनमा नयनराज पाण्डे, अमर न्यौपाने वक्ताका रूपमा छन् भने प्रस्तोतामा सुविन भट्टराई रहनेछन् ।

काव्यशाला विषय संवादमा लक्ष्मण गाम्नांगे, नीरज भट्टराई, सुवास प्याकुरेल, भूपिन खड्का, सुलोचना मानन्धर डा. कृष्ण पौडेल, सुरेन्द्र अस्तफल, एलबी क्षेत्री, सुमन घिमिरे, प्रकाश चापागाईं, डा. ढुण्डीराज पौडेल, डा. सुशील अधिकारी, डा. सन्तोष पोखरेल रहनेछन् ।

दोस्रो दिन
दोस्रो दिनको मेलामा ‘संघर्षका सिँढीहरू’ सेसनमा वक्ताका रूपमा डा सुधा शर्मा, विष्णु विष्टको प्रस्तुतिमा डा. सुमन आचार्यले सहजीकरण गर्नेछन् । त्यस्तै, ‘दुर्गमका डाक्टर’ विषयमा डा. सुमन कर्माचार्य, डा. समीर लामा वक्ताका रूपमा रहनेछन् भने सहजीकरणकर्ता डा. जीवन क्षेत्री रहनेछन् ।

त्यस्तै, अर्कोे सेसनमा ‘डाक्टरका पिता’ विषयमा खग्रेन्द्र संग्रौला, नारायण ढकाल वक्ताका रूपमा रहनेछन् भने डा. सुवास प्याकुरेलले सहजीकरण गर्नेछन् । कार्यक्रमको अन्तिम सेसनमा ‘डाक्टरले किन लेख्ने ?’ विषयमा डा. सरोज धिताल, डा. रामेश कोइराला, डा. रवीन्द्र समीर वक्ताका रूपमा रहनेछन् भने सहजीकरण लक्ष्मण गाम्नांगेले गर्नेछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?

गोरखपुरबाट दिल्ली हुँदै पहिलोपटक पटियाला पुग्दा बिहानको ३ बजिसकेको थियो । तर, रात जति नै छिप्पिसकेको भए तापनि हामीलाई भने पूरा निस्फिक्री थियो । पहिलो त पन्जाबका व्यस्त रात्रिकालीन सडकहरू र त्यहाँ चौबिसै घण्टा चल्ने सार्वजनिक यातायात छँदै थिए । दोस्रोचाहिँ हामी पन्जाबी साथीकै साथ लागेर उसको देश घुम्न गएका थियौँ । त्यसैले छिप्पिसकेको रातले मनमा कुनै त्रास पैदा गर्न सकेको थिएन ।

सामान्यतः तपाईंको घरमा बिहानको ३ बजे कोही पाहुना आइपुगे के गर्नुहुन्छ ? सुत्नका लागि ओढ्ने–ओछ्याउने व्यवस्था गरिदिने, अनि थप सत्कारका लागि बिहानीको प्रतीक्षा गर्ने ।

तर, पटियालाले भने हामीलाई बिहानको ३ बजे नै चौरासीव्यञ्जनले भव्य स्वागत गर्यो । यहाँ चौरासीव्यञ्जनलाई विम्बका रूपमा प्रयोग गरिएको होइन, झन्डै–झन्डै गनेरै ८४ थरीका परिकार हाम्रा लागि तयार पारिएका थिए । म त आफ्नो जीवनकालमा पहिलोपटक त्यति झिसमिसेमा पेट चर्कने गरी खाँदै थिएँ ।

बिहानीले दिनको संकेत गर्छ । हो, त्यस बिहानीले पनि हाम्रो पन्जाब बसाइ र त्यसदौरान हाम्रा खान्कीबारे स्पष्ट संकेत गर्दै थियो ।

२०औँ शताब्दीकी प्रसिद्ध लेखिका भर्जिनिया वुल्फ भन्छिन्– यदि तपाईंले राम्रोसँग खानुभएको छैन भने तपाईं राम्रोसँग सोच्न सक्नुहुन्न, राम्रोसँग सुत्न सक्नुहुन्न, न त राम्रोसँग प्रेम नै गर्न सक्नुहुनेछ । राजा अकबरले आफ्नो दरबारमा मिष्ठान्न भोजनका लागि मात्र ४ सयभन्दा बढी मानिस नियुक्त गरेका थिए रे । बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल सबेरै पेट चर्कने गरी नखाएसम्म केही काम गर्दैनथे ।

‘पाजी, आज हम घर नही जायंगे, ठीक हे ?’
‘पर क्यूँ भाई, घर क्यूँ नही जायंगे ?’
‘क्यूँ की, घर वाले ख्वा ख्वा कर मुजे मार डालेंगे,’ उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर भावनाचाहिँ पूरै टोलीकै त्यही थियो ।

पन्जाबीहरू पनि खानका अत्यन्त सौखिन, अरू कुरा जे होस्, खानेकुरामा कहिल्यै कम्प्रोमाइज नगर्ने । दिनको सुरुवात पन्जाबी लस्सी, ‘गोबीका पराठा’, परौठामा दल्नैपर्ने शुद्द देशी मख्खन, थरीथरीका अचार, अण्डाका परिकार, खुवा, पन्जिरी (जौको पिठोबाट बनेको पन्जाबी परिकार), चिया आदिले हुन्थ्यो । त्यो पनि एक–दईवटा परौठा र एक–दुई गिलास लस्सी खाएर उम्कन नपाइने, अनिवार्य थपीथपी खानैपर्ने ।

बेलुकी मख्खी (मकैको) रोटी, सर्सोका साग, चावल, दाल, चिकेन सुप, अनि सबै परिकारमा मिसाउनका लागि छुट्टै मख्खन । त्यति खाइसकेपछि उठ्नेवेला गुलाब–जामुन अनि फेरि चुठ्नेवेला पन्जाबी सुप ।

दिउँसो खालीमुख बसेको देख्नै नहुने, मानौँ मुख चल्न रोकियो भने संसार पनि चल्न रोकिनेछ । समोसा, पकौडा, चाप (एक प्रकारको भेज सेकुवा), आलुका परिकार, भुजिया आदिले दिनमा संसारलाई चलायमान राख्दथ्यो ।

दिउँसो प्रायः हामी पटियालाका सहर–बजार अनि पुरातात्विक ठाउँहरू घुम्न निस्किन्थ्यौँ । एकदिन त एकजना साथीले असह्य भएर प्रस्ताव राख्यो–
‘पाजी, आज हम घर नही जायंगे, ठीक हे ?’
‘पर क्यूँ भाई, घर क्यूँ नही जायंगे ?’
‘क्यूँ की, घर वाले ख्वा ख्वा कर मुजे मार डालेंगे,’ उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर भावनाचाहिँ पूरै टोलीकै त्यही थियो ।

टाउकोमा पगरी नलगाएका नौला मानिस, अनि त्यसमाथि विदेशी पाहुना भनेर हामीले त्यहाँ राम्रै सत्कार पाएका थियौँ । तर पनि बिहान–बेलुकी यसो घुम्न निस्कँदा हामी भने सकेसम्म पाजीको आफन्त वा साथीको घरमा छिर्न खोज्दैनथ्यौँ । जहाँ छिर्यो, पेट चर्कने गरी खानैपर्ने ।

केही दिनअघि मात्रै राजदीपको घरमा घाँटीसम्म आउने गरी समोसा, लालमोहन अनि गाँजरको हलुवा खानुपरेको हामी कसैले बिर्सिएका थिएनौँ । दोस्रोबाट तेस्रो लालमोहन प्लेटमा थपिँदा त सातैजनाको हात आत्मसमर्पण गर्ने शैलीमा ठडिएको थियो ।

हाम्रो बसाइकै दौरान नयाँ वर्ष आयो, जसको रौनकले सिंगो पन्जाब झुमेको थियो । चोक–चोकमा नाँच्ने–गाउनेहरूको ठूलो भिड जम्मा भएको थियो अनि बजारका सयौँ स्टलहरूमा हजारौँ परिकारका खानेकुरा उपलब्ध थिए । घरमा हाम्रा लागि भनेर झन् विशेष परिकार तयार भइरहेका थिए । जता गयो खाने र खुवाउने कुरा मात्रै ।


कति–कतिखेर त साथीले ‘क्या गाना हे ?’ भनेर गीतको तारिफ गर्दा पनि गानालाई खाना सुनेर ‘बस भाई, नही खाना हे’ भनेका उदाहरणहरू छन् । समग्रमा भन्नुपर्दा पन्जाबले हाम्रा लागि एककिसिमको खानाआतंक नै सिर्जना गरिदिएको थियो ।

झन् त्यसवेला हामी आश्चर्यचकित भयौँ, जतिखेर उहाँहरू भन्दै हुनुहुन्थ्यो– पाहुना आएका छन् भनेर हामीले विशेष केही पकाएका होइनौँ । धेरै परिकार बनाएर खाने हाम्रो संस्कार नै हो । नभन्दै सहर, बजार अनि गल्लीहरूमा भेटिने हरेक पन्जाबी खाएजस्तै अग्ला, हृष्टपुष्ट अनि फुर्तिला देखिन्थे ।

पन्जाबीहरूमा खाने संस्कृति विकास हुनुको मुख्य कारण उनीहरूको सबल कृषिकर्म नै हो । भारतमा १९६० को दशकमा हरित क्रान्ति अर्थात् ग्रिन रिभोलुसन सम्पन्न भयो, जसको नेतृत्व पन्जाबले नै गरेको थियो । प्रशस्त खेतीयोग्य जमिन र अधिकांश मानिस कृषि पेसामै संलग्न रहँदारहँदै पनि मनग्य उत्पादन भने हुन सकिरहेको थिएन । तर, पन्जाब सरकारले ६० को दशकमा एउटा निर्णयमार्फत कृषि क्षेत्रमा व्यापक लगानी बढायो । मेक्सिकोबाट आफ्नो माटोसुहाउँदो १८ हजार टन गहुँका दाना मगाएर कृषकलाई वितरण गर्यो । बिजुली, पानी र फर्टिलाइजरहरू लगभग निःशुल्क रूपमा खेतबारीमा उपलब्ध गरायो । फलस्वरूप पन्जाब आफूलाई मात्र होइन, सारा भारतलाई पुग्ने अन्न उत्पादन गर्न सक्षम बन्यो । आज पनि त्यहाँका खेतीयोग्य जमिन प्लटिङ गरेर बेच्न वा बसोवास गर्न निकै नै झन्झटिलो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । खेतबारीमा सरकारले निःशुल्क बिजुली र सिँचाइको व्यवस्था गरेको छ । हरेक मुख्य सहरवरिपरि ठूला–ठूला नहर देख्न सकिन्छ । कृषि औजार खरिद गर्न कृषकले मनग्य अनुदान पाएका छन् ।

त्यसैले त पन्जाब सिंगो राष्ट्रकै अन्नभण्डार बनेर उभिएको छ । तसर्थ, भण्डारकै डाडुपुन्यु भएकाको भान्सामा अनेकथरि परिकार पाक्नु नौलो कुरो पनि त भएन ।

अझ मानिसले खान नछाडोस् भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने, खाऊँ–खाऊँ लाग्ने, मीठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरूले त झन् खाने कर्मलाई महत्वपूर्ण नै बनाइदिएका छन् ।

शाह जाले औरंगजेबलाई बन्दी बनाउँदै गर्दा उनकै रोजाइको एउटा मात्र अन्न खान दिनू भनी आदेश दिएका थिए रे । कुटिल औरंगजेबले चना मागे र आफ्नो निर्वासित जीवन चना मात्र खाएर बिताए । त्यो बाँच्नका लागि खाइएको खाना थियो ।

संसारमा आधाभन्दा बढी जनसंख्या (सायद) आज पनि बाँच्नका लागि मात्र खान्छ । गिठ्ठा–भ्याकुर बटुलेर गुजारा गर्ने या अरूले फालेको जुठो खाना खाएर जीविका चलाउने सयौँ उदाहरण त हाम्रै वरिपरि प्रशस्तै छन् । कोही रोगव्याधिका कारण खानबाट वञ्चित हुन्छन् । फेरि कोहीचाहिँ आफ्नो सिद्धान्त, धर्म, तपस्या या पेसाका कारण ठिक्क शरीरसुहाउँदो अड्कलेर खाने हुन्छन् । न्यूनतम बाँच्नका लागि पनि खान नपाउनेहरूका निम्ति खानु ज्यादै नै महत्वपूर्ण कर्म हो, त्यसमा कुनै दुईमत नै रहेन । तर, जो ‘बाँचिरहेका’ छन् उनीहरूका लागि खानु कत्तिको महत्वपूर्ण छ त ?

सन् २००९ मा प्रकाशित जर्मन जर्नललाई आधार मान्ने हो भने मानिस विनाखाना र पानी ८ देखि २१ दिनसम्म बाँच्न सक्छ र पानी मात्र पिएर २ महिनासम्म । तर, त्यति लामो समय भोकै बस्दा विभिन्न अंगमा पर्ने असर भने भयावह छ । तसर्थ, मानिसले बाँच्नका लागि खानुपर्ने न्यूनतम खाना भनेको वयष्क पुरुषका लागि १ हजार २ सय क्यालोरी प्रतिदिन र वयष्क महिलाका लागि १ हजार ८ सय क्यालोरी प्रतिदिन हो । मानिसलाई बाँच्नका लागि न्यूनतम कति खाना चाहिन्छ भनेर विभिन्न साइन्टिफिक रिसर्च भएका छन्, तिनैलाई आधार बनाएर सूत्रहरू पनि बनेका छन् । उदाहारणका लागि ५ फिट ४ इन्च उचाइ र ६० केजी तौल भएकी ३० वर्षीया महिलालाई प्रतिदिन न्यूनतम १ हजार ४ सय १५ क्यालोरी शक्ति बाँच्नका लागि चाहिन्छ ।

सर्सर्ती हिसाब गर्दा ठिक्कको एक थाल पाकेको भातमा ३ सय क्यालोरी, एक कचौरा दालमा ३ सय ५० क्यालोरी, एउटा रोटीबराबर सय क्यालोरी, बन्दाको तरकारी १ सय २२ क्यालोरी, प्रतिगोटा आलु सय क्यालोरी र एउटा अण्डाबराबर १ सय ७३ क्यालोरी शक्ति हाम्रो शरीरले प्राप्त गर्दछ । अझ घिउ, मासु, दही, मोहीमा छुट्टै थप क्यालोरी पाइन्छ । यसरी हेर्दा हामीले खाने एक छाक सामान्य खाना मात्रै पनि बाँच्नका लागि पर्याप्त छ ।
तर, के हामी बाँच्नका लागि मात्र खान्छौँ त ?
प्रायः मानिसका लागि खानु, अझ मीठो खानु जीवनको महत्वपूर्ण कर्म हो । धेरैले तर्क गर्छन्– यो सब गरेको खानकै लागि त हो । हुन पनि हो, हाम्रो शरीरको बनावट नै त्यस्तै छ । यो मेसिनरूपी शरीर चलेकै हामीले खाने खानाबाटै हो । खाएको खानालाई घण्टौँ लगाएर पचायो, त्यसैबाट शक्ति सञ्चय गर्यो, रगतमार्फत त्यही खानाबाटै सञ्चित शक्तिलाई कोषिकाहरूसम्म पुर्यायो, अनि यो हड्डी र मांसपेशीहरूलाई जीवित तुल्यायो ।
अझ मानिसले खान नछाडोस् भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने, खाऊँ–खाऊँ लाग्ने, मीठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरूले त झन् खाने कर्मलाई महत्वपूर्ण नै बनाइदिएका छन् ।

एकचोटि यसरी सोचौँ न– यदि मानिसले खानेकर्मलाई आफ्नो सबैभन्दा न्यूनतम प्राथमिकतामा राखे के हुन्छ ? (यस आलेखमा दुई छाक खान धौ–धौ पर्ने समुदायको खानेकर्मबारे चर्चा गरिएको छैन ।) हामी मीठै खाऊँ भन्नका निम्ति असल वा खराब जस्तो कार्य पनि गर्छौं । खानैका लागि कतिपय ठाउँमा आफ्नो श्री, इतिश्री भुलिदिन्छौँ । दौडधूप, मारकाट, झैझगडा खानाकै लागि हुन्छन् । पापी पेटका अघि इमान र न्याय झुकेका सयौँ उदाहरण छन् ।

भनिन्छ, मानिसको सृष्टि गर्दा उसलाई भगवान्ले एउटा अर्ती दिनुभएको थियो रे, एकपटक खानू, अनि तीनपटक नुहाउनू । तर, मानिसले भने त्यसलाई ठिक उल्टो बुझ्यो, एकपटक नुहाउनू, अनि तीनपटक खानू । फलस्वरूप मानिसले आज खाना खानुलाई नै जीवन ज्युनुको पर्याय बनाएको छ ।

हो, खानुपर्छ, मीठो–मसिनो नै खानुपर्छ । पेट चर्कने गरी नै खानुपर्छ । बाँच्नका लागि मात्र होइन, स्वस्थ रहन अनि चुस्त–दुरुस्त रहन पनि खानैपर्छ । तर, हरेक दिन हरेक गाँस हाल्नुअघि एउटै प्रश्नको उत्तर खोज्न जरुरी छ–
के यो खाना मेरो इमान र परिश्रमको खाना हो ?

आखिर पन्जाबले हामीलाई सिकाएको कुरो पनि त्यही थियो– बडो इमानदारीका साथ कृषिकर्म गर्ने अनि आफ्नो परिश्रमको कमाइ उस्तै रइस पाराले खाने ।

तस्बिर : वीर अनमोल सिंह सन्धु, पटियाला ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आधुनिक चिकित्सा विज्ञानका नामुद ‘लापरबाही’

१. रिचार्ड स्मिथले पाएको गलत औषधि

यो सन् २०१० मा संयुक्त राज्य अमेरिकामा घटेको घटना हो । ७९ वर्षीय रिचार्ड स्मिथ किड्नीका बिरामी थिए । उनी केही वर्षदेखि लगातार अस्पताल आएर डायलासिस गराइरहेका थिए । अचानक एकदिन उनलाई सास फेर्न निकै अप्ठ्यारो भयो र चिकित्सकहरूले उनलाई आइसियुमा राखेर उपचारको थालनी गरे । आइसियुमा राखेको अर्को दिन उनलाई पेट दुख्यो । ग्यास्ट्राइटिसको शंका गरी चिकित्सकहरूले उनलाई ‘एन्टासिड’ प्रेस्क्राइब गरे । तर, भइदियो के भने– एकजना आइसियुमै कार्यरत नर्सले एन्टासिडजस्तै देखिने ‘प्यानक्युरोनियम’ नामको अर्कै औषधि स्मिथलाई दिइन् ।
‘प्यानक्युरोनियम’ मानिसलाई बेहोस बनाएर इन्ट्युबेट गर्न प्रयोग गरिने औषधि हो । सो औषधि पाउनासाथ, स्मिथ बेहोस भए र डाक्टरहरूको लाख कोसिसका बाबजुद पनि एक महिनापश्चात् उनको मृत्यु भयो ।

त्यसपछि जे भयो…
झट्ट हेर्दा उक्त घटनामा, उपचारमा संलग्न नर्सले लापरबाही गरेको प्रस्ट देखिन्छ । तर, स्मिथका परिवारले अस्पतालमा हुलहुज्जत गरेनन्, कानुनी बाटो रोजे ।

अस्पताल र उपचारमा संलग्न ती नर्सलाई विपक्षी बनाई मुद्दा दाएर भयो । तत्पश्चात् घटनाको विस्तृत अनुसन्धान गर्न विज्ञ सम्मिलित टोली बन्यो । अन्तमा सो टोलीले जुन प्रतिवेदन बुझायो, त्यसले अस्पताल, चिकित्सक र नर्सलाई मात्रै होइन, स्वयम् स्मिथका परिवारलाई समेत एकपटक सोच्न बाध्य तुल्यायो ।

सबैले अपेक्षा गरेभन्दा विपरीत उक्त अनुसन्धानले घटनाको सबै जिम्मेवारी ती नर्सको टाउकोमा मात्र थुपारेन । बरु घटना घट्नुको मिहिन कारणहरू समेत केलायो । भएछ के भने– त्यस घटना घट्नुअघि उक्त अस्पतालमा औषधिको राम्रोसँग लेबलिङ (नाम टाँस्ने काम) गरिँदोरहेनछ र झट्ट सिरिन्जमा हेर्दा एन्टासिड र प्यानक्युरोनियम उस्तै देखिँदारहेछन्, जसका कारण सो दिन नर्स झुक्किएकी थिइन् ।

हाम्रोमा पनि फाट्टफुट्ट रूपमा यस्ता घटना घटिरहेका हुन्छन्, दाहिने घुँडाको अप्रेसन गर्दा देब्रेको हुन गएको, घाँटीको गर्दा पाठेघरको भएको आदि । तर, चिकित्सकलाई मात्र दोषी ठहराई यस्ता घटना सेलाउने गरेका छन् । साँच्चै त्यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिने हो भने यस विषयमा विस्तृत अध्ययन र अनुसन्धान हुनुपर्दैन र ?

घटनापश्चात् प्रशासनले अस्पतालका सबै डिपार्टमेन्टहरूमा हेर्दा उस्तै–उस्तै देखिने औषधि सँगै नराख्न परिपत्र जारी गर्यो । साथै, ‘प्यानक्युरोनियम’ एनेसथेसियाले मात्रै चलाउन पाउने नियम बन्यो ।

सरसरती हेर्दा, नर्सलाई कारबाही गरी अस्पतालले बिरामीका आफन्तलाई क्षतिपूर्ति दिएको भए त्यो मुद्दा त्यहीँनेर सकिन्थ्यो । तर, विज्ञ सम्मिलित अनुसन्धान टोलीले जुन निष्कर्ष दियो, त्यसले भविष्यमा घट्न सक्ने उस्तै प्रकृतिका घटनालाई न्यूनीकरण गर्न पनि सहयोग पुर्यायो ।

२. रेजिना टर्नरको गलत सर्जरी :
यो सन् २०१३ अप्रिलको घटना हो । लगातार रूपमा स–साना पक्षघात भइरहेपश्चात्, अमेरिकन नागरिक रेजिना टर्नरले आवाज गुमाइन् ।

चिकित्सकहरूको सल्लाहबमोजिम उनको क्रानियोटोमी बाइपास (एककिसिमको मस्तिष्कको सर्जरी) गर्नुपर्ने भयो ।
अप्रेसनभन्दा अघि उनी ठमठम हिँड्न सक्थिन्, आफ्नो स्याहार आफैँले गर्न सक्थिन् । पेसाले वकिल रेजिना आफ्नै ल फर्ममा कार्यरत पनि थिइन् ।

तर, अप्रेसनपश्चात् भने उनी सम्पूर्ण रूपमा अपांग भइन् ।

अलिक पछाडि मात्र चिकित्सकहरूले पत्ता लगाए, टर्नरको देब्रे भागको बाइपास सर्जरी गर्नुपर्नेमा भूलवश दाहिने भागको सर्जरी भएको रहेछ । तर, जब कारण पत्ता लाग्यो, तबसम्म ढिलो भइसकेको थियो । उनको आवाज हरायो र अन्ततोगत्वा उनी २४ घण्टै स्याहार चाहिने अवस्थामा पुगिन् ।

उनको परिवारले अस्पताललाई विपक्षी बनाई मुद्दा दायर गर्यो ।
घटनापश्चात् अस्पतालले उच्चस्तरीय छानबिन समिति गठन गर्यो । उक्त समितिले पहिलोपटक सर्जन र नर्सलाई मात्र दोषी देखाएर अस्पताललाई उन्मुक्ति दिने सजिलो बाटो रोजेन । बरु त्यस अस्पतालमा दैनिक रूपमा हुने सर्जरीको संख्यादेखि स्वास्थ्यकर्मीलाई लगाइने ड्युटी हावर्समाथि पनि गम्भीर प्रश्न उठायो ।
त्यसैको प्रतिवेदनमा टेकी ‘रङ साइट सर्जरी’ अर्थात् गलत ठाउँमा गरिने अप्रेसनबारे संसारभर बहस चर्कियो । अमेरिकामा मात्र साना–ठूला गरी सातामा ४० वटाभन्दा बढी रङ साइट सर्जरी हुने सनसनीपूर्ण समाचार बाहिर आयो ।
हो, त्यसै घटनाको अनुसन्धान र प्रतिवेदनले जन्माएको बहसका कारण संसारभर सर्जरीपूर्व पूरा गर्नुपर्ने प्रोटोकललाई अझ परिष्कृत र सशक्त बनाइएको छ ।

हाम्रोमा पनि फाट्टफुट्ट रूपमा यस्ता घटना घटिरहेका हुन्छन्, दाहिने घुँडाको अप्रेसन गर्दा देब्रेको हुन गएको, घाँटीको गर्दा पाठेघरको भएको आदि । तर, चिकित्सकलाई मात्र दोषी ठहराई यस्ता घटना सेलाउने गरेका छन् । साँच्चै त्यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिने हो भने यस विषयमा विस्तृत अध्ययन र अनुसन्धान हुनुपर्दैन र ?

३. एन्डी वारहोलको रहस्यमय मृत्यु

यो सन् १९९० को घटना हो । प्रसिद्ध अमेरिकी कलाकार एन्डी वारहोल अस्पताल र स्वास्थ्यकर्मीहरूसँग भयंकर डराउँथे । यसकारण नै उनले आफ्नो पित्तथैलीको शल्यक्रिया पछि–पछि सारिरहेका थिए । तर, दिन प्रतिदिन अवस्था नाजुक बन्दै गएपश्चात् भने उनी शल्यक्रिया गराउन राजी भए ।
१९८७ फेब्रुअरीमा उनको शल्यक्रिया भयो । तर, दुर्भाग्यवश, शल्यक्रिया भएको अर्कोदिन रहस्यमय ढंगले उनको मृत्यु भयो ।
सफलतापूर्वक सम्पन्न भएको सर्जरीपश्चात् उनको अवस्था सामान्य भइसकेको थियो । तर, अर्को दिन घाम झुल्किँदानझुल्किँदै अचानक उनको मुटु बन्द भयो । यसरी एक प्रसिद्ध अमेरिकी कलाकारले संसारको सबैभन्दा सुविधासम्पन्न अस्पतालमा मृत्युवरण गर्नुपर्यो ।

अस्पतालको लापरबाहीले मृत्यु भएको भनी उनका आफन्तले मुद्दा दर्ता गराए । लामो अनुसन्धान भयो तर पनि यकिन कारण पत्ता लाग्न सकेन ।

पोस्टमार्टम गर्दा उनको फोक्सो र शरीरका अन्य भागमा समेत पानी भरिएको देखियो । यसैमा टेकेर वारहोलका वकिलले उनलाई दिइनुपर्ने फ्ल्युड (स्लाइन पानी) को मात्रा डबल पर्न गई यस्तो भएको भनी दलिल पेस गरे । तर, अदालतमा त्यो पुष्टि भएन ।

अस्पतालमै स्वास्थ्यलाभ गर्दै गर्दा अचानक उनी बेहोस भए । चिकित्सकले बचाउने लाख कोसिस गरे पनि अचेत अवस्थामा रहेका इंग्लिसले त्यसपछि कहिल्यै आँखा खोलेनन् ।

त्यत्रो जोखिमपूर्ण सर्जरीबाट जोगिएका वारहोलको मुटु कसरी अचानक बन्द भयो ?

चिकित्सा विज्ञान आफैँमा एक अनिश्चितताको खेल हो । अरू विज्ञानमा जस्तो २ मा २ जोडे ठ्याक्कै ४ हुने हिसाब यहाँ लागू हुँदैन । फेरि, आजसम्म जति मानव शरीरबारे पत्ता लागेको छ, भनिन्छ, त्यो सम्पूर्ण भागको एक प्रतिशत पनि होइन ।

४. सिबिएसले गरेको सनसनीपूर्ण खुलासा

३४ वर्षीय रोड्नी इंग्लिस जन्मजात स्पाइना बाइफिडा नामक समस्याबाट ग्रस्त थिए । नियमित उपचार गराइरहेका इंग्लिस यसपटक पनि सामान्य संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । केही दिन अस्पतालमै राखी उनको सामान्य उपचार भइरहेको थियो ।

अस्पतालमै स्वास्थ्यलाभ गर्दै गर्दा अचानक उनी बेहोस भए । चिकित्सकले बचाउने लाख कोसिस गरे पनि अचेत अवस्थामा रहेका इंग्लिसले त्यसपछि कहिल्यै आँखा खोलेनन् ।

अस्पतालले स्पष्ट रूपमा मृत्युको कारण बताउन सकेन, तर मर्ने वेलामा उनलाई एनेमिया भएको तथ्य बाहिर ल्यायो । यसै तथ्यमा टेकेर अमेरिकन सञ्चार सिबिएसले विभिन्न विज्ञहरूको सहयोगमा अनुसन्धान गर्यो ।

अन्तमा एउटा सनसनी मच्चाउने समाचार बाहिर आयो, जसमा भनिएको थियो– रोड्नी इंग्लिसलाई दिइएको गलत रगतका कारण उनको मृत्यु भएको हो । त्यस समाचारले रेडक्रसजस्तो संस्थालाई पनि शंकाको घेरामा तानेको थियो ।

आखिर रेडक्रस सोसाइटीले त्यत्रो होसियारीपूर्वक तयार गरेको ब्लड जो पुनः १०–१२ ठाउँमा राम्रोसँग परीक्षण गरिन्छ, कसरी गलत भयो त ? जुन आजसम्म पनि रहस्यपूर्ण नै छ ।

एउटा बिरामीको उपचारमा कसरी एउटा चिकित्सक वा नर्स मात्र नभई धेरैवटा सेवाप्रदायकहरू संलग्न हुन्छन् र कुनै एउटा ठाउँमा हुने सानो भूलको मूल्य कति भयावह हुन्छ भन्ने उदाहरण यस केसबाट लिन सकिन्छ ।

पुनश्च, प्रस्तुत दृष्टान्तहरू संसारभर लापरबाही हुन्छन्, तसर्थ यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले पनि लापरबाही गर्न पाउनुपर्छ भन्ने आशयका दिइएका पक्कै होइनन् । बरु संसारका विकसित भनिएका देशहरू र प्रतिष्ठित मानिएका अस्पताल र स्वास्थ्यकर्मीहरूबाट समेत त्रुटि हुन्छन् भन्ने भाव प्रस्तुत गर्न खोजिएको हो । आखिर डाक्टर पनि मानव हो र मानिसले जान–अन्जानमा अनेक गल्ती गरिरहेको हुन्छ ।

मानिसबाट कहीँकतै गल्ती त भइहाल्छ । यस्ता गल्ती पूरै निमिट्यान्न त बनाउन सकिँदैन, तर यिनलाई न्यूनीकरण गर्नेतर्फ सबैको ध्यान जानु वाञ्छनीय छ । भविष्यमा गल्ती दोहोरिन नदिन थप अध्ययन र अनुसन्धानको खाँचो छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै