विराट मेडिकल कलेजले स्वास्थ्य स्वयंसेविकालाई दियो स्तनक्यान्सरविरुद्ध तालिम

प्रत्येक वर्ष अक्टोबर महिनालाई विश्वभर स्तनक्यान्सरविरुद्धको जनचेतना महिनाका रूपमा मनाइँदै आएको छ । यसै सन्दर्भमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले प्रदेश १ का मोरङ र सुनसरी जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकालाई एकदिने निःशुल्क स्तनक्यान्सर परीक्षण तथा सीपअभिवृद्धि तालिम दिएको छ ।

तालिममा स्वयम् स्तनपरीक्षण विधिबारे ज्ञान दिइएको अस्पतालले जनाएको छ । तलिमबाट स्वयंसेविकाको सीपअभिवृद्धिमा समेत महत्त्वपूर्ण सहयोग पुगेको अस्पतालको भनाइ छ । तालिममा ३ सय महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, नर्स, फ्याकल्टी, चिकित्साका विद्यार्थी तथा सञ्चारकर्मीको सहभागिता थियो ।

तालिममा विराट मेडिकल कलेज शिक्षण अस्पतालका कम्युनिटी फिजिसियन असिस्टेन्ट प्रा. डा. सूर्य पराजुलीले स्तनक्यान्सरको अहिलेको अवस्था, सम्भावित कारण, लक्षण तथा चिह्नहरू तथा सम्भावित जोखिमबारे सहजीकरण गरेका थिए । यसैगरी वरिष्ठ प्याथोलोजिस्ट असोसिएट प्रोफेसर डा. सन्तोष उपाध्याय काफ्लेले स्तनक्यान्सरको जाँच गर्ने विभिन्न विधिबारे प्रशिक्षण दिए । त्यस्तै, वरिष्ठ क्यान्सररोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डा. सुलभ सापकोटाले क्यान्सरको उपचार विधि, स्वयम् स्तनपरीक्षण विधिबारे तालिम दिएका थिए ।

स्तनक्यान्सर समयमै पहिचान गर्न सके यसबाट हुने मृत्युलाई अत्यन्त न्यूनीकरण गर्न सकिने विशेषज्ञ चिकित्सकको भनाइ छ । उपचारपद्धतिमा नवीनतम उपलब्धि र सेवाको उपलब्धता भए पनि स्वास्थ्यपरीक्षणका लागि उपचार केन्द्रसम्म नआउनु स्तनक्यान्सर रोकथाम तथा उपचारको प्रमुख चुनौती भएको उनीहरूको ठम्याइ छ ।

‘कैयौँ स्तनक्यान्सर भएका बिरामी विभिन्न कारणले अझै पनि समुदायमा लुकेर रहनुभएको छ,’ डा. पराजुली भन्छन्, ‘यही चुनौतीलाई केही हदसम्म भए पनि कम गर्न तालिमको आयोजना गरिएको हो ।’ महिला स्वास्थ्य स्वयंसेविकाले नेपालको स्वास्थ्य जनचेतना अभिवृद्धिमा पुर्याउँदै आएको योगदानमा यस्ता कार्यक्रमले थप बल पुर्याउने विश्वास अस्पतालले लिएको उनले बताए ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दम तथा खोकीका सामान्यदेखि घातक रूप

दम तथा खोकीको समस्यालाई साधारण स्वास्थ्य समस्याका रूपमा लिने गरिएको छ । तर, यो पछि गएर घातक बन्न सक्नेतर्फ भने कमैको मात्र ध्यान गएको पाइन्छ । यसमा दुईथरी रोग हुने गर्छ । समान्य एलर्जी, धुवाँधुलोका कारणले खोकी वा श्वासप्रवासमा समस्या हुने गर्छ भने यसलाई हामी एलर्जीको संज्ञा दिएर उपचार सुरु गर्छौं । दोस्रोचाहिँ दम तथा खोकीको संक्रमण लामो समयदेखि रहिरहेको हुन्छ । यसमा बिरामीको उमेर बढी हुने तथा लामो समयदेखि सुर्तीजन्य पदार्थको सेवनका कारण श्वास–प्रश्वासमा समस्या हुने, बाक्लो खकार आउने हुन्छ । यस्तो अवस्थाको संक्रमणलाई दम तथा खोकीको संज्ञा दिइन्छ ।

नेपालको सन्दर्भमा हेर्दा प्रदूषणको समस्या व्याप्त छ । विकास–निर्माणमा काम हुँदा वातावरणलाई प्रदूषित बनाई दम तथा खोकीका नयाँ बिरामी देखिने गरेका छन् । पछिल्लो समय लामो समयदेखि घ्यार–घ्यार हुने, खोकी लाग्ने, श्वास फर्न समस्या हुने लक्षण लिएर बिरामी अस्पताल आइरहेका छन् । यस्तो समस्या लिएर आएका बिरामीमा निमोनिया, इन्फेक्सन वा प्रदूषण के कारणले रोग लागेको हो भनेर छुट्याउनुपर्ने हुन्छ ।

आममानिसले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि किसिमको स्याँ–स्याँपन, घ्यार–घ्यार वा खोकी दुई हप्ताभन्दा बढी भएको अवस्थामा वेलैमा अस्पताल गएर चिकित्सकसँग परामर्श लिनुपर्छ । यसमा नराम्रो अवस्था भनेको क्यान्सर हो । यदि क्यान्सर नै भइसकेको छ भने पनि फोक्सोको श्वास–प्रश्वासको नलीसम्बन्धी क्यान्सर छ भने वेलैमा उपचार तथा परामर्श लिइएमा निको हुने सम्भवना बढी हुन्छ । दुई–तीन साताभन्दा लामो समयदेखि खोकी लागिरहेको छ र खकारमा रगत देखिएको छ भने त्यो क्षयरोग हुन सक्छ ।

समाजमा धूमपानको लत फैलिरहेको छ । यसको न्यूनीकरणका लागि सरकार तथा शिक्षणसंस्थाबाट विशेष कार्यक्रम आएको खण्डमा धेरै हदसम्म नियन्त्रणमा सफलता हासिल गर्न सकिन्छ । फोक्सो तथा श्वास–प्रश्वाससम्बन्धी रोगको नियन्त्रण गर्न वेलैमा आममानिसमा जनचेतना फैलाउनु जरुरी छ । स्कुल तथा कलेजमा गएर धूमपानले निम्त्याउने नकारात्मक असरबारे जनचेतना फैलाउन सकेको खण्डमा यसबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ ।

धूमपान तथा अत्यधिक प्रदूषणले वास्तविक उमेरभन्दा फोक्सो दोब्बर बूढो
प्रदूषण तथा धूमपानका कारण श्वास–प्रश्वाससम्बन्धी समस्या निम्तिएको छ भने श्वासनली र फोक्सोमा समस्या हुन्छ । श्वास फेर्न गाह्रो हुने, लामो समयसम्म खोकी निको नहुनेजस्ता लक्षण देखिन्छन् । यसले व्यक्तिको उमेरभन्दा उसको फोक्सोलाई दोब्बर उमेरको बनाइदिन्छ । उदाहरणका लागि २० वर्षको कलेज जाने विद्यार्थीले लामो समयदेखि धूमपान गर्दै गरेको छ भने उसको फोक्सो ४० वर्षको बराबर भइसकेको हुन्छ । यसले फोक्सोको कीटाणुलाई पर राख्ने क्षमता कमजोर हुँदै जान्छ । यसले गर्दा भोलिका दिनमा दम तथा खोकीका लक्षण देखापर्छन् । कालान्तरमा गएर सबैभन्दा घातक असरका रूपमा फोक्सोसम्बन्धी क्यान्सर हुन्छ । धूमपान तथा अत्यधिक प्रदूषणले क्यान्सरको जग बसाउन मद्दत गर्छ ।

उपचार तथा रोकथाम
फोक्सोसम्बन्धी उपचारमा पछिल्लो एक दशकदेखि स्थानीय अस्पतालदेखि केन्द्रस्तरका अस्पतालमा राम्रो सेवा उपलब्ध छ । समान्यतया फोक्सोसम्बन्धी रोगमा छातीको एक्स–रे, सिटी स्क्यान, श्वास–प्रश्वाससम्बन्धी नलीको जाँच गर्ने गरिन्छ । त्यसैगरी, दम, एलर्जी, प्रदूषण, धुवाँधुलो वा धूमजन्य पदार्थको सेवनमध्ये कुन कारणले रोग लागेको हो भनेर परीक्षण गर्ने गरिएको छ । परीक्षणको रिपोर्टका आधारमा त्यसैअनुसारको सरसल्लाह दिँदै आइएको छ ।

समाजमा धूमपानको लत फैलिरहेको छ । यसको न्यूनीकरणका लागि सरकार तथा शिक्षणसंस्थाबाट विशेष कार्यक्रम आएको खण्डमा धेरै हदसम्म नियन्त्रणमा सफलता हासिल गर्न सकिन्छ । फोक्सो तथा श्वास–प्रश्वाससम्बन्धी रोगको नियन्त्रण गर्न वेलैमा आममानिसमा जनचेतना फैलाउनु जरुरी छ । स्कुल तथा कलेजमा गएर धूमपानले निम्त्याउने नकारात्मक असरबारे जनचेतना फैलाउन सकेको खण्डमा यसबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ । यस्ता चेतनामूलक कार्यक्रमले धेरै हदसम्म रोगको असर कम गर्न सकिन्छ । श्वास–प्रश्वास, दम, खोकी, टिभी रोग रोकथाममा जनचेतना विस्तार नै उत्तम उपाय हो । सरकार र शिक्षणसंस्थाको नीति राम्रो भएमा आममानिसको सोच बदल्न सकिन्छ ।

पछिल्लो समय पूर्वाञ्चलमा पनि प्रदूषणसम्बन्धी समस्या मौलाउँदै गएको छ । अस्पताल आइपुगेका बिरामीमा यसका लक्षणहरू देखिँदै आएका छन् । प्रदूषणजन्य रोगमा श्वास–प्रश्वासमा समस्या हुने र घ्यार–घ्यार हुने हुन्छ । पहिला कुनै पनि रोग नभएका आममानिसलाई पनि अहिले यस्ता समस्या देखिन थालेका छन् । यो एक वातावरणीय समस्या हो । सरकारसँग सहकार्य गरेर कार्यक्रम चलाइएको खण्डमा यसलाई न्यूनीकरण गर्न सकिन्छ ।

हामीले फोक्सोसम्बन्धी रोगको उपचार लंक्रोस्कोपीको माध्यमबाट पनि सुरु गरेका छौँ । यो भनेको श्वास–प्रश्वासको नलीसम्बन्धी इन्डोस्कोपी हो । यस प्रविधिमा क्यामेरा लगाइएको स्कोर्प हुन्छ, जसलाई नाक तथा मुखबाट पाइप हालेर भित्रको अवस्थाबारे परीक्षण गर्ने गरिन्छ । लामो समयदेखिको खोकीमा क्यान्सरसम्बन्धी शंका लागेको अवस्थामा समेत त्यसको निर्क्योल गर्न यो प्रविधि उपयोगी हुन्छ ।

पछिल्लो समय पूर्वाञ्चलमा पनि प्रदूषणसम्बन्धी समस्या मौलाउँदै गएको छ । अस्पताल आइपुगेका बिरामीमा यसका लक्षणहरू देखिँदै आएका छन् । प्रदूषणजन्य रोगमा श्वास–प्रश्वासमा समस्या हुने र घ्यार–घ्यार हुने हुन्छ । पहिला कुनै पनि रोग नभएका आममानिसलाई पनि अहिले यस्ता समस्या देखिन थालेका छन् । यो एक वातावरणीय समस्या हो । सरकारसँग सहकार्य गरेर कार्यक्रम चलाइएको खण्डमा यसलाई न्यूनीकरण गर्न सकिन्छ । वातावरणीय समस्या हामी सबैले झेलिरहेका हुन्छौँ । यसको रोकथमका लागि माक्स लगाएर हिँड्नुपर्ने हुन्छ । माक्स पनि रोगअनुसार फरक हुन्छन् । उदाहरणका लागि डाक्टरले अप्रेसन गर्दा सर्जिकल माक्स लगाउने गर्छन् । वातावरणीय प्रदूषणबाट बच्न एन–नाइटिनाइन माक्स प्रयोग गर्नुपर्ने हुन्छ, जसले हाम्रो स्वास्थ्यमा फाइदा पुर्याउँछ ।

धूमपान छुटाउन काउन्सिलिङ तथा औषधिको प्रयोग
विराट मेडिकल कलेज शिक्षण अस्पतालमा ओपिडी सेवाका लागि आउने बिरामीलाई लामो समयदेखि खोकी लागिरहेको छ र बिरामीले धूमपान गरिरहेको अवस्था छ भने त्यस्ता बिरामीका लागि हामी छुट्टै क्लिनिक बनाएर न्यूनतम १० मिनेट धूमपान छोड्ने उपायबारे काउन्सिलिङ गर्ने गरेका छौँ ।  निकोटिनको कुलतमा फसेको मानिसमा औषधिको प्रयोग वा काउन्सिलिङबाट पनि धूमपान छुटाउन सकिन्छ । कुलतमा फसेका ९० प्रतिशत मानिसले सल्लाहबाट नै धूमपान छोड्न सक्छन् । यसरी नै कार्यक्रम अगाडि बढाउँदै लग्यौँ भने श्वास–प्रश्वाससम्बन्धी समस्यामाथि नियन्त्रण पाउन सकिन्छ ।

(हेल्थपपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै