संविधान दिवसको पदकमा स्वास्थ्यतर्फ प्रधानमन्त्री उपचार टोली र आइओएमका डाक्टरको बाहुल्य

चौथो संविधान दिवसमा सरकारले प्रदान गरेको विभिन्न मानपदवी, अलंकारबाट विभूषित हुने ३३ स्वास्थ्यकर्मीमध्ये चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा कार्यरत चिकित्सकको बाहुल्य देखिएको छ । सरकारले ३३ जना स्वास्थ्य क्षेत्रका व्यक्तित्वलाई यस्तो सम्मानद्वारा विभूषित गरेको छ, जसमा प्रधानमन्त्रीकी फिजिसियन डा. दिव्यासिंह शाहले सबैभन्दा प्रमुख मानिएको सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाएकी छन् ।

त्यसैगरी, प्रधानमन्त्रीको उपचारमा संलग्न सिंगापुरका चिकित्सक अनन्तरमण भाट्साला तथा प्रत्यारोपणमा संलग्न चिकित्सकले  पदक पाएका छन् । विभूषित हुने विदेशी संस्थाका चिकित्सकमध्ये धेरैजसो प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक हुन् ।

त्यसबाहेक आइओएमबाट डा. भगवान कोइराला, डा. उत्तमकुमार शर्मा, डा. प्रेम ज्ञवाली, प्रा.डा. रामकुमार घिमिरे, डा. शर्मा पौडेल, डा. रत्नमणि गजुरेल, डा. उत्तम श्रेष्ठ, डा. रमेशसिंह भण्डारी, डा. पलेस्वाँ जोशी लाखे, प्रा.डा. नगेन्द्रबहादुर केसी, लेखाअधिकृत उमा पाण्डेसमेत विभूषित भएका छन् । विभूषितमध्ये डा. शाहले नेपालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपणको नेतृत्व लिएकी थिइन् भने डा. भण्डारीले त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको सुरुवात गने नेतृत्व गरेका थिए । डा. डेबिन फ्र्यानसिसले नेपालमा शाहलाई प्रत्यारोपणको नेतृत्वमा सघाएका थिए ।

संविधान दिवसमा विभूषित हुनेको सूची हेर्दा विभूषण छनोटमा डा. शाहकै प्रभाव चलेको अनुमान धेरैको छ । शाह आफैँ त्रिवि शिक्षण अस्पतालकी विभागीय प्रमुख हुन् । त्यसैगरी, डा. कोइरालाले स्थापनाको सुरुका वर्षमा सहिद गंगालाल हृदय केन्द्रलाई कुशल व्यवस्थापन दिएर सफल बनाएका थिए । त्यसैगरी, डा. शर्मा गंगालालकै पूर्वनिर्देशक हुन् । डा. घिमिरे रेडियोलोजी विभागका प्रमुख र डा. लाखे जनरल सर्जरी विभाग प्रमुख हुन् ।

त्रिवि शिक्षण अस्पतालबाहेक नेपालको सबैभन्दा ठूलो र पुरानो अस्पताल वीरबाट एकजना डा. सुबोध अधिकारी मात्रै विभूषित भएका छन् ।

विभूषित हुनेहरु
सुप्रसिद्व प्रबल जनसेवाश्री (प्रथम श्रेणी)
– प्राडा दिव्यासिंह शाह, त्रिवि शिक्षण अस्पताल,
– डा अनन्तरमण भाट्साला, सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका चिकित्सक
– डा अनन्त कुमार, डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, भारतको म्याक्स ग्रुप अफ हस्पिटल
– डा राजीवकुमार शर्मा, नयाँदिल्लीस्थित डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, रोवोटिक्स् एन्ड रेनल ट्रासप्लान्ट, एमएक्स ग्रुप अफ हस्पिटल,
– डा हर्ष दुवे, इन्स्टिच्युट अफ एडल्ट रिकनट्रक्सन, स्र्पोट इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट दिल्ली, डिर्पाटमेन्ट अफ अंकोलोजी, इन्द्रप्रस्थ एपोलो हस्पिटल नयाँदिल्ली,

उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी)
– प्राडा भगवान कोइराला, वरिष्ठ मुटुरोग सर्जन

सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी)
– डा ज्योतिन्द्र शर्मा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
– प्राडा उत्तमकुमार शर्मा, त्रिवि चिकिस्साशास्त्र अध्ययन संस्थान
– डा चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अस्पताल
– डा भरत प्रधान, काठमाडौं
– डा योगेन्द्रप्रसाद यादव, विराटनगर
– डा डेविन फ्रयानसिस, मेलर्वन, अस्टेलिया
– डा प्रेम ज्ञवाली, शिक्षण अस्पताल, महाराजगञ्ज
– प्राडा रामकुमार घिमिरे, रेडियोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा शर्मा पौडेल, रेडियोलोजिस्ट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा रत्नमणि गजुरेल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा उत्तम श्रेष्ठ, रेडियोलोजिस्ट त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान
– डा रमेशसिंह भण्डारी, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा राजु अधिकारी, योग प्रशिक्षक
– डा उत्तम पच्या, गुल्मी जिल्ला अस्पताल
– डा पलेस्वाँ जोशी लाखे, शिक्षण अस्पताल, महाराजगञ्ज
– डा सुबोधकुमार अधिकारी, वीर अस्पताल
– प्राडा नगेन्द्रबहादुर केसी, चिकित्साशास्त्र महाविद्यालय
– डा दीपक श्रेष्ठ, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

प्रबल जनसेवाश्री (चर्तुथ श्रेणी)
– डा अशोकानन्द मिश्र, सप्तरी
– डा टीकाधर द्विवेदीः आयुर्वेद चिकित्सक, पर्सा
– डा विराजमान कर्माचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल
– डा राम कामेश्वर ठाकुर, प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ
– कमला लामा, नेपाल प्रहरी अस्पताल
– उमा पाण्डे, लेखा अधिकृत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
– गिरेन्द्रकुमार झा, अहेब, जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरी
– ज्ञानसिंह बुढा, जनस्वास्थ्य निरीक्षक, जिल्ला अस्पताल, मुगु

जनसेवाश्री (पञ्चम श्रेणी)
– सत्यराज शाक्य, लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल

 

 

गत वर्ष कस/कसले पाएका थिए जान्नका लागि यो हेर्नुस् ।

यस्ता छन् संविधान दिवसमा विभूषित डाक्टरका काम

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै