वायु प्रदूषणले फोक्सोमा मात्र हानि होइन, डिप्रेसन र आत्महत्या पनि बढाउँछ : अध्ययन

यदि तपाईं वायु प्रदूषणका कारण शारीरिक स्वास्थ्य मात्र प्रभावित हुन्छ भन्ने सोचिरहनुभएको छ भने त्यो सत्य होइन । प्रदूषणले शारीरिक रूपमा नोक्सानी पुर्याउनुका साथै तपाईंलाई मानसिक रूपमा पनि बिरामी बनाइदिन्छ । हालसालै भएको एक अध्ययनमा विभिन्न १६ देशको तथ्यांकको समीक्षा गरिएको छ, जसमा निष्कर्ष निकालिएको छ कि प्रदूषित हावाको बीचमा रहिरहेका मानिसमा डिप्रेसन हुने र आत्महत्याको जोखिम बढी हुन्छ ।

प्रदूषणले वयस्कको मानसिक स्वास्थ्यमा नराम्रो असर
‘इन्भायरमेन्ट हेल्थ प्रस्पेक्टिभ्स’ नामक जर्नलमा प्रकाशित यो अध्ययनलाई अहिलेसम्मकै सिस्टमेटिक अध्ययनका रूपमा लिइएको छ, जसमा वायु प्रदूषण र मानसिक स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध जोडिएको तथ्य साबित गरिएको छ । युनाइटेड किङडम (युके) को युनिभर्सिटी कलेज लन्डन (युसिएल) का वैज्ञानिकहरूले ९ वटा अध्ययनबाट संकलित तथ्यांकको विश्लेषण गरेका थिए । यसमा पिएम (पर्टिकुलेट म्याटर) २.५ प्रदूषणको वयस्कको मानसिक स्वास्थ्यमा पर्ने असरबारे जानकारी दिइएको छ ।

प्रदूषणले तनावजनक हर्मोनमा वृद्धि
अनुसन्धानको निष्कर्षमा अनुसन्धाताले प्रदूषणको लेबल बढ्दै जाँदा आत्महत्या गर्नेको संख्या पनि बढ्दै गएको र डिप्रेसनको चपेटामा आउने मानिसको संख्या पनि बढ्दै गएको पाएका छन् । प्रदूषित हावामा विद्यमान खराब कण रक्तप्रवाह र नाक दुवैको माध्यमबाट दिमागसम्म पुग्न सक्छ र यसले दिमागमा सुन्निने क्रिया तथा नर्भ सेल्सलाई नोक्सान पुर्याउनुका साथै तनावसँग सम्बन्धित हर्मोनलाई बढाउन सक्छन् ।

श्वास फेर्ने हावा सफा र शुद्ध हुनु आवश्यक : प्रमुख अनुसन्धाता
अध्ययनका नेतृत्वकर्ता आइसोबेल ब्रेथवेट भन्छन्, ‘हामी पहिलेदेखि नै यो कुरा जान्दछौँ कि वायु प्रदूषण हाम्रा लागि कति नोक्सानदायक छ । यसका कारण मुटुदेखि लिएर फोक्सोसम्मका अनेकौँ रोग, स्ट्रोक (मस्तिष्काघात), डिप्रेसनलगायतको खतरा अधिक हुन्छ । तर, अब हामी यो कुरालाई पनि देखाइरहेका छौँ कि वायु प्रदूषणले हाम्रो मानसिक स्वास्थ्यलाई पनि निकै नोक्सान पुर्याउँछ । यसले हामी जुन हावामा श्वास लिइरहेका छौँ, त्यो सफा र शुद्ध हुनु जरुरी छ भन्ने पुष्टि गर्छ ।’

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

प्रदूषणको उच्च जोखिममा लुम्बिनीको द्वार भैरहवा

भैरहवाको प्रमुख सहर सिद्धार्थनगर प्रदूषणको चपेटामा पर्दै गएको छ । भैरहवा स्थलमार्ग हुँदै पर्यटक भित्रिने प्रमुख नाका हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा पछिल्लो समय बढ्दो सहरीकरणसँगै, धुलो, धुवाँले प्रदूषणको उच्च जोखिममा परेको छ ।

युनिभर्सिटी अफ न्यु मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थिति निमा–प्रतिमान स्मृति प्रतिष्ठानले गरेको खोज–अनुसन्धानको रिपोर्टले भैरहवा प्रदूषणको उच्च चपेटमा रहेको देखाएको छ । प्रतिष्ठानले सन् २०१७ को डिसेम्बरदेखि अनुसन्धान थालेको थियो । प्रतिष्ठानले इन्डोर (कोठाभित्र) र आउटडोर (कोठाबाहिर खुला आकाशमा) प्रदूषणका विषयमा खोज–अनुसन्धान गरिरहेको छ । यसमध्ये इन्डोर प्रदूषण खोजको रिपोर्ट आइसकेको छ भने आउटडोर प्रदूषणबारे खोज–अनुसन्धान जारी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सन् २०१७ मा भैरहवा बजार क्षेत्रका दुई स्थानमा प्रदूषण मापन केन्द्र जडान गरेर इन्डोर प्रदूषणको तथ्यांक संकलन गरेको थियो । तथ्यांकअनुसार भैरहवाको इन्डोर वायुप्रदूषणको सूचक ३ सय ५० देखि ४ सयसम्म पुगेको पाइएको छ । सामान्यतः १ देखि ५० सम्मको वायु सूचकलाई स्वच्छ र राम्रो मानिन्छ । वर्षायाममा वायु गुणवत्ता सूचकांक १ देखि ५० भित्रै थियो भने सुक्खायाममा उक्त सूचकांक २ सय ५० देखि २ सय ७५ पाइएको थियो । रिपोर्टअनुसार यस क्षेत्रमा कोठाभित्रको हावा पनि प्रदूषित देखिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

सन् २०१८ को डिसेम्बरदेखि आउटडोर प्रदूषण मापन गर्ने मेसिन पनि प्रतिष्ठानले जडान गरेको छ । प्रतिष्ठानले भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदूषण मापन यन्त्र जडान गरेको छ ।

भैरहवामा वायु प्रदूषणसँगै नदी प्रदूषण पनि बढेको छ । सिद्धार्थनगर नगरपालिका क्षेत्र हुँदै बग्ने डन्डाखोला पनि प्रदूषणको चपेटमा परेको छ । डन्डाखोला सहरको फोहोर विसर्जन गर्ने स्थल बनेको छ । भैरहवा क्षेत्रको प्रदूषण अध्ययन गरिरहेको प्रतिष्ठान पछिल्लो समय डन्डाबचाउ अभियानमा पनि लागेको छ । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाका अनुसार अहिले अमेरिकी वैज्ञानिकहरूको सहयोगमा डन्डा इकोलोजिकल मनिटरिङ कार्यक्रम पनि सुरु गरिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

डन्डाखोलालाई जोगाउन अहिले नगरपालिकाले पनि अभियान थालेको छ । नगरक्षेत्रभित्र १५ किलोमिटरमा नगरपालिकाले पर्यटकीय केन्द्र बनाउने योजना सार्वजनिक गरेको छ । नगरपालिले खोलालाई पार्कको रूपमा विकास गर्न खोजेको बताएको छ ।

भैरहवा क्षेत्रमा देखिएको यो प्रदूषणको जोखिमले यस क्षेत्रको पर्यटनमा समेत प्रभाव पार्ने देखिएको छ । औद्योगिक करिडोर, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सडक परियोजनाका कारण यस क्षेत्रमा प्रदूषण बढेको हुन सक्ने थापा बताउँछिन् । प्रदूषणलाई सामान्य रूपमा लिन नहुने बुझाइ थापाको छ । समयमै प्रदूषण नियन्त्रणमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने थापा बताउँछिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

वायु प्रदूषणले सोच्ने शक्ति घटाउँछ

वायु प्रदूषणका कारण मानिसको सोच्ने तथा सम्झने शक्तिमा असर पर्दै गएको छ । ल्यानसेट कमिसनको रिपोर्टअनुसार वायु प्रदूषणका कारण मानिसमा हिसाब गर्ने क्षमता घट्दै गएको पाइएको छ ।

स्मरण शक्तिमा ह्रास
वायु प्रदूषणले मानिसको मस्तिष्कमा कति प्रभाव पारेको छ भन्ने विषयमा पेकिङ विश्वविद्यालयमा एक अध्ययन भएको थियो । सो अध्ययनअनुसार वायु प्रदूषणले मानिसको स्मरण शक्ति तथा हिसाब गर्ने क्षमतामा असर पारिरहेको देखिएको छ । यसको असरका कारण अल्जाइमर र डिमन्सियाका बिरामी बढेको देखिएको छ ।

अनुसन्धान टोलीले सन् २०१० देखि २०१४ सम्ममा करिब ३२ हजार चिनियाँ नागरिकमा सर्भे गरको थियो । यस सर्भेअनुसार ती मानिसमा वायु प्रदूषणको दिमागी असर देखियो । प्रत्येक वर्षको अध्ययनमा वायु प्रदूषणसँग संलग्न मानिसमा बोलचाल क्षमता तथा हिसाब गर्ने क्षमतामा ह्रास आएको पाइयो ।

पुरुषलाई बढी असर
अध्ययनमा सामेल अमेरिकाको इन्टरनेसनल फुड पलिस रिसर्च इन्स्टिच्युटले विज्ञप्ति जारी गर्दै वायु प्रदूषणको असर महिलाको तुलनामा पुरुषमा अधिक रहेको जनाएको थियो । अध्ययनमा बढ्दै गरेका बालबालिकामा पनि वायु प्रदूषणको धेरै प्रभाव परेको देखाइएको छ । खासगरी बालबालिकामा लेखपढ गर्ने क्षमता कम हुने समस्या देखा परेको छ ।

के हो कारण ?

वायु प्रदूषण हुँदा वातावरणमा बाहिरी कण (पर्टिकुल म्याटर), नाइट्रोजनडाइअक्साइड वा सल्फरडाइअक्साइड हुन्छ, जसका कारण हृदयरोग, क्यान्सर आदिजस्ता रोग मानिसमा देखापर्छन् । हावामा मिसिएको कण नाक, फोक्सो हुँदै शरीरमा पुग्ने र रगतमा मिसिन गई त्यसले अनेक समस्या निम्त्याउने गर्छ ।

कसरी बच्ने ?
– जुन ठाँउमा धेरै मात्रामा प्रदूषण फैलिएको छ, त्यहाँ सकेसम्म नजानुस्, जान कम गर्नुहोस् ।
– घरबाहिर निस्किँदा माक्सको प्रयोग गर्नुहोस् ।
– बिहान मर्निङ वाकमा निस्किँदा धुलो, धुवाँ बढी हुने सडकमा नजानुहोस् ।
– घरवरिपरि रूखबिरुवा रोप्नुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै