प्रदूषणको उच्च जोखिममा लुम्बिनीको द्वार भैरहवा

भैरहवाको प्रमुख सहर सिद्धार्थनगर प्रदूषणको चपेटामा पर्दै गएको छ । भैरहवा स्थलमार्ग हुँदै पर्यटक भित्रिने प्रमुख नाका हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा पछिल्लो समय बढ्दो सहरीकरणसँगै, धुलो, धुवाँले प्रदूषणको उच्च जोखिममा परेको छ ।

युनिभर्सिटी अफ न्यु मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थिति निमा–प्रतिमान स्मृति प्रतिष्ठानले गरेको खोज–अनुसन्धानको रिपोर्टले भैरहवा प्रदूषणको उच्च चपेटमा रहेको देखाएको छ । प्रतिष्ठानले सन् २०१७ को डिसेम्बरदेखि अनुसन्धान थालेको थियो । प्रतिष्ठानले इन्डोर (कोठाभित्र) र आउटडोर (कोठाबाहिर खुला आकाशमा) प्रदूषणका विषयमा खोज–अनुसन्धान गरिरहेको छ । यसमध्ये इन्डोर प्रदूषण खोजको रिपोर्ट आइसकेको छ भने आउटडोर प्रदूषणबारे खोज–अनुसन्धान जारी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सन् २०१७ मा भैरहवा बजार क्षेत्रका दुई स्थानमा प्रदूषण मापन केन्द्र जडान गरेर इन्डोर प्रदूषणको तथ्यांक संकलन गरेको थियो । तथ्यांकअनुसार भैरहवाको इन्डोर वायुप्रदूषणको सूचक ३ सय ५० देखि ४ सयसम्म पुगेको पाइएको छ । सामान्यतः १ देखि ५० सम्मको वायु सूचकलाई स्वच्छ र राम्रो मानिन्छ । वर्षायाममा वायु गुणवत्ता सूचकांक १ देखि ५० भित्रै थियो भने सुक्खायाममा उक्त सूचकांक २ सय ५० देखि २ सय ७५ पाइएको थियो । रिपोर्टअनुसार यस क्षेत्रमा कोठाभित्रको हावा पनि प्रदूषित देखिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

सन् २०१८ को डिसेम्बरदेखि आउटडोर प्रदूषण मापन गर्ने मेसिन पनि प्रतिष्ठानले जडान गरेको छ । प्रतिष्ठानले भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदूषण मापन यन्त्र जडान गरेको छ ।

भैरहवामा वायु प्रदूषणसँगै नदी प्रदूषण पनि बढेको छ । सिद्धार्थनगर नगरपालिका क्षेत्र हुँदै बग्ने डन्डाखोला पनि प्रदूषणको चपेटमा परेको छ । डन्डाखोला सहरको फोहोर विसर्जन गर्ने स्थल बनेको छ । भैरहवा क्षेत्रको प्रदूषण अध्ययन गरिरहेको प्रतिष्ठान पछिल्लो समय डन्डाबचाउ अभियानमा पनि लागेको छ । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाका अनुसार अहिले अमेरिकी वैज्ञानिकहरूको सहयोगमा डन्डा इकोलोजिकल मनिटरिङ कार्यक्रम पनि सुरु गरिएको छ ।

पर्यावरणी दृष्टिले महत्वपूर्ण मानिने डन्डाखोलामा बढेको प्रदूषणले कृषि उत्पादनमा समेत प्रभाव परेको छ । सिँचाइका लागि समेत प्रयोग हुने यो खोलाको पानीमा अत्यधिक मात्रामा आर्सेनिक भेटिएको थापाले बताइन् । आर्सेनिकयुक्त पानीका कारण उत्पादनमा कमी आउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने थापा बताउँछिन् ।

डन्डाखोलालाई जोगाउन अहिले नगरपालिकाले पनि अभियान थालेको छ । नगरक्षेत्रभित्र १५ किलोमिटरमा नगरपालिकाले पर्यटकीय केन्द्र बनाउने योजना सार्वजनिक गरेको छ । नगरपालिले खोलालाई पार्कको रूपमा विकास गर्न खोजेको बताएको छ ।

भैरहवा क्षेत्रमा देखिएको यो प्रदूषणको जोखिमले यस क्षेत्रको पर्यटनमा समेत प्रभाव पार्ने देखिएको छ । औद्योगिक करिडोर, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सडक परियोजनाका कारण यस क्षेत्रमा प्रदूषण बढेको हुन सक्ने थापा बताउँछिन् । प्रदूषणलाई सामान्य रूपमा लिन नहुने बुझाइ थापाको छ । समयमै प्रदूषण नियन्त्रणमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने थापा बताउँछिन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चिसो मौसम, चरम प्रदूषण, दमबाट कसरी बच्ने ?

फोक्सो वा श्वासनलीमा आएको संकुचनका कारण श्वास–प्रश्वासमा आएको कठिनाइलाई दम भनिन्छ । यो एक दीर्घरोग हो । अक्सिजनको मात्रा रगतभित्र पस्नमा कठिनाइ हुँदा दमरोगले च्याप्ने गर्छ । दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यसले श्वास–प्रश्वाससम्बन्धी अंगहरूमा आक्रमण गर्छ । धुलो, धुवाँ, वातावरणीय प्रदूषणलगायत कारणले यो रोग लाग्ने गर्छ । जुनसुकै उमेर समूहका मानिसमा यो रोग लाग्न सक्छ ।

श्वास–प्रश्वासका कोषिकाहरूले उत्पादन गरेको एक इन्जाइमले श्वास–प्रश्वासका नलीहरूमा बाधा उत्पन्न गराउँछन्, जसकारण लामो समयसम्म खोकी लाग्ने, स्वाँ–स्वाँ हुने गर्दछ, त्यसैलाई नै दम भएको भनिन्छ । दमले फोक्सोको हावा भित्र–बाहिर गर्ने नलीलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ । यसले हावानलीमा रहेका मांसपेशीलाई संकुचित पार्ने काम गर्छ । जसले गर्दा श्वास–प्रश्वासमा समस्या आउँछ ।दमका रोगीका लागि चिसो मौसम जोखिमपूर्ण मानिन्छ । चिसोमा रगत बाक्लो हुने, नलीहरु खुम्चिने हुँदा रक्तसंचारदेखि श्वासप्रश्वाससमेत अप्ठेरो हुने भएकोले दमका रोगीका लागि जोखिम झन् बढी हुने चिकित्सकहरु बताउछन् ।

कारण
– वातावरणीय प्रदूषण
वातावरणीय प्रदूषणका कारण उत्पन्न धुलो–धुवाँले मानिसमा एलर्जीको समस्या उत्पन्न हुने गर्छ । लामो समयसम्म पनि एलर्जीको उपचार हुन नसकेमा श्वास–प्रश्वासमा समस्या आउँछ, जसलाई दम भनिन्छ । विशेषगरी वायु प्रदूषणका कारण पनि दमकारोगीको संख्या वर्तमान समयमा बढिरहेको छ ।

– कामको प्रकृति
बढी मात्रामा धुलो–धुवाँ उत्पादन हुने ठाउँमा काम गर्ने मानिसमा यस्तो समस्या देखापर्ने गर्छ । श्वास–प्रश्वासका क्रममा धुलो–धुवाँ भित्र गई दम हुने गर्छ । धुलो–धुवाँ उत्पादन गर्ने कारखानामा काम गर्ने मानिसमा दमको समस्या धेरै हुने गरेको पाइएको छ ।
– मुटुरोगका कारण
मुटुरोगीमा दमको समस्या देखापर्ने गर्छ । मुटुरोगले निम्त्याएको श्वास–प्रश्वास समस्याका कारण पनि दम हुने गर्छ ।
– वंशानुगत कारण
परिवारका अग्रज कुनै पनि व्यक्तिमा दम छ वा थियो भने उमेर ढल्किँदै जाँदा वंशानुगत कारणले पनि कतिपयमा दमको समस्या देखापर्न सक्छ । यस्तो प्रकारको समस्यालाई शतप्रतिशत हटाउन सकिँदैन ।

लक्षण
– निरन्तर खोकी लाग्नु ।
– नाक चिलाउनु ।
– श्वास–प्रश्वासमा समस्या आउनु ।
– छाती दुख्नु ।
– श्वास–प्रश्वास असहज हुनु ।
– खोकी प्रायः राति लाग्नु ।
– श्वास फेर्दा सिटी बजेजस्तो आवाज आउनु ।

उपचार विधि
सबैभन्दा पहिले के कारणले दम भएको हो, पत्ता लगाउनु आवश्यक हुन्छ । वंशानुगत कारणबाहेक अन्य कारणले दम भएमा निरन्तर औषधि सेवन गरेर दमको उपचार गर्न सकिन्छ । प्राकृतिक रूपमा गरिने कतिपय थेरापीले समेत दमलाई केही हदसम्म घटाउन सहयोग गर्छ । अत्यधिक मात्रामा तनावपूर्ण जीवनशैलीका कारण देखापरेको दमको समस्यालाई प्राकृतिक रूपमा गरिने कतिपय योगाभ्यासले समेत कम गर्न सकिन्छ ।

बच्ने उपाय
– वातावरण प्रदूषणबाट जोगिने ।
– बाहिर जानेवेला गुणस्तरीय मास्कको प्रयोग गर्ने ।
– चिसोबाट बच्ने ।
– फ्रिजमा राखिएका खानेकुरा नखाने ।
– एलर्जी भएमा तुरुन्त उपचारमा गराउने ।
– घरपालुवा जनावरलाई साताको एकपटक नुहाउने ।
– चुरोट, खैनीजस्ता पदार्थको सेवन नगर्ने ।
– एलर्जीको परीक्षण गराउने ।
– राति हल्का खानेकुरा मात्र खाने ।
– सुत्ने कोठामा हिटर राख्ने ।
– दमका रोगीले दूध, अण्डा, माछाजस्ता खानेकुरा कम खानु राम्रो मानिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै