वडाध्यक्ष

प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पर्साबाट दुईजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ। प्रहरीले पर्सा जिल्लाको पकाहमैनपुर–१ बस्ने अमेरिका सहनी, सोही ठाउँ बस्ने बलिष्टर सहनी र रामआदेश सहनीलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो। पक्राउ परेका अमेरिका नेकपा एमालेबाट पकाहमैनपुर गाउँपालिकाको वडाध्यक्ष र बलिष्टर वडासदस्यमा निर्वाचित भएका हुन्। वीरगंज महानगरपालिका–१९ बर्वामा दुईवटा छुट्टाछुट्टै...