लिम्पयाधुरा

कहीं नहुने रमिता हाम्रै देशमा हुने रहेछ कि क्या हो! मान्नै पर्‍यो, रमिता मानव स्वभावको अभिन्न खजाना हो। प्राचीन ग्रिक–रोम कथ्यसाहित्यका ‘डायनिसियन मिस्ट्री’, हिन्दु धर्मग्रन्थका मायावी–कथालाई माथ खुवाउने रमिता शृंखला हामीकहाँ चलिरहेको छ। नेपालीहरूको दृष्टिभोगनिम्ति मन्चित यो रूपक अन्त सायदै पाइएला। यसका दुई विशिष्ट पाटा छन्। पहिलो, यसका आयोजक...