लामखुट्टे ‘ओ’ ब्लड ग्रुप भएका र गर्भवतीप्रति धेरै आकर्षित हुन्छ

वर्षा आउनेबित्तिकै मौसम रमाइलो हुन्छ, तर यससँगै रोगको जोखिम पनि बढ्छ । यस रमाइलो मौसममा मानिसलाई रमाउन नदिने कारण बन्छ, लामखुट्टे । लामखुट्टे यस मौसममा रोगहरूको मुख्य कारण बन्छ । त्यसैले वर्षामा आफ्नो खुसीमा गडबडी आउन नदिन लामखुट्टे हटाउनु धेरै महत्त्वपूर्ण छ ।

मानिसहरू लामखुट्टे न्यूनीकरणका घरेलु उपचारहरूलाई बेवास्ता गर्छन् र नयाँ तरिकाहरू प्रयोग गर्छन् । तर, लामखुट्टेले किन मानिसलाई टोक्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । लामखुट्टेले मानिसलाई टोक्ने धेरै कारण छन् र यो खास रक्तसमूहका मानिसप्रति बढी आकर्षित हुन्छ ।

आखिर, लामखुट्टेले किन मानिसलाई टोक्छ ?
अनुसन्धान प्रतिवेदनहरूका अनुसार लामखुट्टेले विशेष रक्तसमूहका व्यक्तिलाई बढी टोक्छ । अनुसन्धानले पत्ता लागाएको छ कि, लामखुट्टे ‘ओ’ रक्तसमूहका व्यक्तिमा बढी आकर्षित हुन्छ ।

अनुसन्धानबाट प्राप्त नतिजाअनुसार यो विश्वास गरिन्छ कि, अधिक बियर पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्छ । यद्यपि, यसको पूर्ण पुष्टि भने कुनै पनि अनुसन्धानले गर्न सकेको अवस्था छैन ।

त्यस्तै, लामखुट्टेले बढी पसिना बगाउने व्यक्तिलाई बढी टोक्छ, किनभने पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड, अमोनियालगायत समावेश हुन्छन्, जसमा लामखुट्टे बढी आकर्षित हुन्छ ।

गर्भवती महिलाले अन्य महिलाको तुलनामा गहिरो श्वास लिन्छन् र यस समयमा उनीहरूको शरीरको तापक्रम पनि बढी हुन्छ । यसकारण लामखुट्टेले गर्भवती महिलालाई पनि बढी टोक्ने गर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

४ हजार २ सय गर्भवतीलाई निःशुल्क झुल

स्वास्थ्य कार्यालय चितवनले गर्भमा रहेको बच्चा र आमालाई मलेरियाबाट सुरक्षित राख्न झुल वितरण कार्यलाई निरन्तरता दिएको छ । सन् २०२५ सम्ममा मलेरिया उन्मूलन जिल्ला घोषणा गर्ने गरी नेपाल सरकारले झुल वितरण गरेको हो । गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालयले ४ हजार २ सय ७५ वटा झुल वितरण गरेको स्वास्थ्य कार्यालयका कीटनियन्त्रक राम केसीले जानकारी दिए ।

सरकारी स्वास्थ्यसंस्थामा परीक्षण गराएर गर्भको यकिन भएपछि गर्भवतीलाई स्वास्थ्य कार्यालयले झुल दिने गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाको सिफारिस र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाएपछि गर्भवती महिलाले झुल पाउने कीट नियन्त्रक केसीले जानकारी दिए । तर, भाडामा बस्नेको हकमा घरबेटीको सिफारिस पनि आवश्यक पर्ने उनले जानकारी दिए ।

सन् २०१२ देखि झुल विरतण गरिरहेको कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा ४ हजार ५ सय ९१ वटा झुल वितरण गरेको थियो । चितवनका ३४ वटा स्वास्थ्यसंस्थामार्फत झुल विरतण हुँदै आएको छ । ७ वटा नगर स्वास्थ्यकेन्द्र, एउटा सहरी स्वास्थ्यकेन्द्र, २५ वटा स्वास्थ्य प्रवर्धन केन्द्रले झुल वितरणको जिम्मा पाएका हुन् । यी संस्थामा गर्भपरीक्षण गर्न आएसँगै महिलाले झुल प्राप्त गर्ने केसीले जानकारी दिए ।

‘खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेका लार्भाहरू तुरुन्तै मर्दछन्,’ उनले भने, ‘गाउँको पोखरी, दह तथा नालाहरूमा लामखुट्टेका लार्भा खाने माछा पाल्ने हो भने औलो रोगबाट बच्न सकिन्छ ।’

नेपाल सरकारले सन् २०२५ सम्ममा मलेरिया उन्मूलन गर्ने लक्ष्य लिएको छ । जिल्लामा पछिल्ला वर्षमा मेलेरियाका बिरामी घट्दै गएका छन् । हाल चितवनमा १० जनामा मलेरिया रोग देखापरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ जनामा मलेरिया देखापरेको केसीले जानकारी दिए । रोजगारीका लागि विदेश गएका व्यक्तिमा मलेरिया रोग देखापरेको उनले बताए ।

एनोफिलिस जातको औलो परजीवीबाट संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले यसबाट बच्न कीटनाशक औषधियुक्त झुल, पूरा बाहुला भएको लुगा र शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्नुपर्ने उनले बताए । ‘खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टेका लार्भाहरू तुरुन्तै मर्दछन्,’ उनले भने, ‘गाउँको पोखरी, दह तथा नालाहरूमा लामखुट्टेका लार्भा खाने माछा पाल्ने हो भने औलो रोगबाट बच्न सकिन्छ ।’ घर–गोठमा कीटनाशक औषधि छर्कनुपर्ने र छर्केको कम्तीमा ३ महिनासम्म लिपपोत गर्न नहुने उनले जानकारी दिए ।

समयमा उपचार नपाएमा औलो रोगबाट मुत्युसमेत हुने गर्दछ । मस्तिष्कज्वोरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा असर पुगी टाउको दुख्ने, बान्ता आउने, बेहोस हुने समस्या आएमा औलो रोग लाग्न सक्ने केसीले बताए । ‘जाडोमा पसिना आउनु, ज्वरो केही समय बिराएर वा नियमित आउनु र रक्तअल्पता देखिनु पनि औलोका लक्षण हुन्’ उनले भने, ‘रोगले लामो समयसम्म ग्रस्त पारेमा फियो बढ्छ र उपचार नगरेमा फियोको आकार निकै वृद्धि हुन्छ ।’

ज्वरो आएमा रगत परीक्षणबाट औलो रोग लागेको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्ने उनले बताए । औलो रोगको उपचार सरकारले निःशुल्क गर्दै आएको छ । स्वास्थ्य कार्यालयले औलो रोग देखापरेमा एसएमएस प्रक्रियाबाट रिपोर्ट गर्ने गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

गर्मीसँगै लामखुट्टेको बिगबिगीमा कसरी बच्ने खतरनाक जापानिज इन्सेफलाइटिसबाट ?

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको सरुवारोग हो । यी लामखुट्टेले संक्रमित घोडा, सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोकेपछि तिनै लामखुट्टेले मानिसलाई टोकेमा जापानिज इन्सेफलाइटिस रोग सर्दछ । तर, पशुपक्षीलाई टोकेर आएको जीवाणुले लामखुट्टेलाई कुनै असर गर्दैन । यसरी मानिसलाई टोकेपछि जीवाणु (भाइरस)ले मस्तिष्कमा असर पु¥याउँछ, अनि धेरै ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षणहरू देखिन्छन् । यो रोग लागेपछि बिरामीलाई पक्षाघात हुने, अपांग हुने हुन्छ भने अन्तमा मृत्युसमेत हुन सक्दछ ।

रोगका कारण
जापानिज इन्सेफलाइटिस फ्लेभी भाइरसको संक्रमणबाट लाग्ने गर्दछ । संक्रमित लामखुट्टेको टोकाइ नै यो रोग लाग्नुको मुख्य कारण हो । संक्रमित सुँगुर, बंगुर, हाँसलगायतलाई टोकेर संक्रमित भएको क्युलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा यो रोग लाग्छ ।

लक्षणहरू
– बेस्सरी टाउको दुख्नु ।
– धेरै ज्वरो आउनु ।
– बान्ता हुनु ।
– बेहोस हुनु ।
– घाँटी अररो (कडा) हुनु ।
– कम्पन हुनु ।
– पक्षाघात हुनु ।
रोग ज्यादै कडा भएमा बिरामीको मृत्युसमेत हुन्छ ।

रोग लाग्नबाट बच्ने उपाय
लामखुट्टेको नियन्त्रण गर्नु तथा लामखुट्टेको टोकाइबाट बच्नु नै जापानिज इन्सेफलाइटिस रोगबाट बच्ने मुख्य उपाय हो ।
– लामखुट्टेको नियन्त्रणका लागि घरवरिपरि, सार्वजनिक स्थल वा पानी जम्ने खाल्डाखुल्डी पुरिदिनुपर्छ ।
– यो रोगबाट १५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने भएकाले उनीहरूलाई यो रोगविरुद्धको खोप दिनुपर्छ । सबै उमेरका मानिसले यो रोगविरुद्धको खोप दिनु राम्रो हुन्छ ।
– पानी जम्ने ठाउँमा घोडाजस्ता पशुपक्षीलाई व्यवस्थित ढंगले पाल्ने र सम्भव भएसम्म सुँगुर, बंगुरलाई यस रोगविरुद्धको खोप दिनुपर्छ ।
– पशुपक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्नुपर्छ ।
– सम्भव भएसम्म घर तथा सुँगुर, बंगुरको खोरको झ्याल–ढोकामा मसिनो जाली राख्नुपर्छ ।
– घरवरिपरि सधैँ सफा राख्नुपर्छ ।
– खेतबारीमा हिँड्दा पूरा बाहुला भएको कपडा लगाएर हिँड्नुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्ने उपाय
– सधैँ कीटनाशक औषधियुक्त झुल टाँगेर मात्र सुत्नुपर्छ, झ्याल–ढोकामा जाली ठोक्नुपर्छ ।
– लामखुट्टे भगाउने धूप तथा मल्हमको प्रयोग गर्नुपर्छ ।
– घरबाहिर सुत्नुहुँदैन ।
– साँझपख बाहिर निस्कँदा पूरा बाहुला भएका लुगा तथा सुरुवाल लगाउनुपर्छ ।
– ढल खुला राख्नुहुँदैन, किनकि, यसबाट लामखुट्टेको वृद्धि हुन्छ ।
– लामखुट्टे नियन्त्रणका उपाय अपनाउनुपर्छ ।
– साँझ र बिहानीपख खेतबारीमा सकेसम्म जानुहुँदैन, जानुपरेमा पूरै शरीर ढाक्ने कपडा लगाएर मात्र जानुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरू
यो रोगको कुनै पनि लक्षण देख्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्यकेन्द्रमा लगी उपचार गराउनुपर्छ । यसो गर्दा बिरामीलाई अपाङ्ग तथा मृत्यु हुनबाट बचाउन सकिन्छ । बिरामीको राम्रोसँग स्याहार–सुसार गर्नुपर्छ ।

रोगको उपचारका लागि सम्पर्क गर्ने स्थान
– क्षेत्रीय अस्पताल
– अञ्चल अस्पताल
– जिल्ला अस्पताल
– प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी
– अन्य ठूला तथा केन्द्रीयस्तरका अस्पतालहरू

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

मोरङमा भित्रियो लामखुट्टे नियन्त्रक उपकरण

दुई कोरियाली नागरिकले मोरङमा लामखुट्टे मार्ने उपकरण (फगिङ मेसिन) वितरण गरेका छन् । दक्षिण कोरियाका दुई व्यापारीले गत आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी ३० थान लामखुट्टे नियन्त्रक उपकरण हस्तान्तरण गरेका हुन् ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी दक्षिण कोरियाको भ्रमणमा गएका वेला उनीहरूले मोरङमा मानवीय सेवा गर्ने इच्छा देखाएका थिए । त्यही योजनाअनुरूप विपन्न र आदिवासी जनजातिको बाहुल्य रहेको ग्रामीण क्षेत्रमा उपकरण उपलब्ध गराएको हो ।

त्यसअनुसार विराटनगर महानगरपालिकाका १, २, ३, ८, १० र १९ नम्बर वडालाई उपकरणहरू प्रदान गरिएको छ । त्यस्तै, मोरङकै वेलबारी नगरपालिकका ५, ६ र ७ नम्बर वडा, ग्रामस्थान गाउँपालिकाका, बूढीगंगा गाउँपालिकाका १ देखि ४ नम्बर वडालाई २ थान, डंग्राहा, सिसवनीलाई २ थान उपकरण वितरण गरिएको छ । कार्यक्रममा सम्बन्धित वडाध्यक्षलाई उपकरण हस्तान्तरण गरिएको थियो । कोसी अञ्चल अस्पताल र मनमोहन पोलिटेक्निकलाई पनि एक–एकवटा उपकरण उपलब्ध गराइएको छ ।

पेट्रोलबाट चल्ने उक्त उपकरणमार्फत औषधि छरेर लामखुट्टे नियन्त्रण गरिन्छ । त्यसका लागि पहिले विषादीको मात्रा मिलाउनुपर्ने हुन्छ । २ लिटर डिजेलमा १ दशमलव २ मिलिलिटर औषधि मिसाएर हातले मेसिनको प्रयोग गर्न सकिन्छ । त्यस्तै, मोटरसाइलमा बसेर पनि विषादी प्रयोग गर्न सकिने कार्यक्रममा जानकारी गराइएको छ ।

पेट्रोलबाट चल्ने उक्त उपकरणमार्फत औषधि छरेर लामखुट्टे नियन्त्रण गरिन्छ । त्यसका लागि पहिले विषादीको मात्रा मिलाउनुपर्ने हुन्छ । २ लिटर डिजेलमा १ दशमलव २ मिलिलिटर औषधि मिसाएर हातले मेसिनको प्रयोग गर्न सकिन्छ । त्यस्तै, मोटरसाइलमा बसेर पनि विषादी प्रयोग गर्न सकिने कार्यक्रममा जानकारी गराइएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वडाध्यक्षहरूलाई उपकरण प्रदान गरे । सन् २०१७ देखि दक्षिण कोरियाबाट उपकरण, प्रविधि र सफ्टवेयरको व्यापार गर्न नेपाल आएका छौ योङ छल र ली साङ हुनले लामखुट्टे नियन्त्रक उपकरण उपलब्ध गराएका हुन् ।

मुख्यमन्त्री ‘राईले सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग गर्न अन्य देशका नागरिक पनि तयार रहेको पुष्टि भएको बताए । विकास र समृद्धि सबैको साझा एजेन्डा रहेका वेला दक्षिण कोरियाली नागरिकले गरेको सहयोगको प्रशंसा गर्दै उनले अब विश्व जगत् नै नेपालको समृद्धिको यात्रामा सहयोग गर्न अग्रसर भइसकेको बताए । नेपालको समृद्धिमा विश्वकै चासो बढ्दै गएकाले सबैसँग सहकार्य गरेर अघि बढ्न संघीय र प्रदेश सरकार तयार रहेको उनले बताए । मुख्यमन्त्री राईले लामखुट्टेको प्रकोप बढेसँगै विभिन्नप्रकारमा रोग लाग्ने खतरा रहने भएकाले प्रदेश सरकार नियन्त्रणको अभियानमा लाग्ने बताए ।

प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले जनताको सेवा गर्ने आफ्नो मूल लक्ष्य रहेकाले दक्षिण कोरियाका नागरिकको सहकार्यमा लामखुट्टे नियन्त्रक उपकरण भित्र्याइएको बताए । ग्रामीण भेगमा आदिवासी र विपन्न बस्तीमा लामखुट्टेको टोकाइले धेरै रोगको प्रकोप बढ्ने खतरा भएकाले लामखुट्टे नियन्त्रक उपकरण वितरण गरिएको उनको भनाइ थियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

डेंगु सार्ने लामखुट्टेको वासस्थान खोज्दै तिलोत्तमा नगरपालिका, ‘डेंगु खोज र नष्ट गर’ अभियान तीव्र


रुपन्देहीमा डेंगुबाट ५५ जना प्रभावित भएपछि डेंगु प्रभावित नगरपालिकाहरूले सचेतना अभियान सञ्चालन गरेका छन् । प्रभावितमध्ये सबैभन्दा बढी बुटवल र त्यसआसपासका नगरपालिकाका बासिन्दा देखिएपछि ती नगरमा अभियान सुरु गरिएको हो ।
बढी सहरीकरण भएका वडामा अभियान केन्द्रित गरी डेंगु सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट अभियान सुरु गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । अभियानको उद्घाटन नगरका मेयर वासुदेव घिमिरेले शंकरनगर चोकबाट गरेका छन् ।


अभियानमा जनप्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, कर्मचारी, सुरक्षकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारीलगायतको सहभागिता छ । अभियानअन्तर्गत २ दिनसम्म घर–घरमा पुगेर डेंगु रोगबारे सचेत गराइने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक काशीनाथ बन्जाडेले बताए । स्वास्थ्य शाखाले डेंगु ज्वरोबारे सचेतना अभिवृद्धिका लागि पर्चासमेत वितरण गरेको छ । यसअघि बुटवल उपमहानगरले पनि स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थालाई परिचालन गरी ‘डेंगु खोज र नष्ट गर’ अभियान चलाएको थियो ।

डेंगु लागिसकेपछि बिरामीको टाउको असाध्यै दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने उनले जानकारी दिए ।

कात्तिकदेखि मंसिरसम्म डेंगुरोगको जोखिम बढी रहने भएकाले यो समयमा बढी सावधानी अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले अनुरोध गरेको छ । केही वर्षअघि रूपन्देहीमा डेंगुले महामारीको रूप लिएको थियो ।


स्वास्थ्य शाखा संयोजक बन्जाडेले एडिस एजिप्टाई लामखुट्टे कालो रङको हुने र त्यसमा सेतो थोप्लो पनि देखिने बताए । डेंगु लागिसकेपछि बिरामीको टाउको असाध्यै दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने उनले जानकारी दिए ।

उनले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्नेमा जोड दिए । एडिस जातको लामखुट्टेको वृद्धि रोक्न पानी जम्न सक्ने भाँडा, गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, टायर आदिमा पानी जम्न दिन नहुने उनले बताए ।
यस्तै, पानीट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने तथा जम्मा भएको पानी सफा गर्ने, फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने गरेमा लामखुट्टेले फुलपार्न नसक्ने उनले जानकारी दिए ।
सहरी क्षेत्रमा बढी देखिने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुरोग भाइरल ज्वरोका रूपमा देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् । जनस्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले एडिस एजिप्टाई नामक लामखुट्टेको प्रजनन क्षमता फोहोर पानीमा भन्दा सफा पानीमा क्रियाशील हुने भएकाले यो रोगको जोखिम सहरी क्षेत्रमा बढी हुने गरेको बताए ।


तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि र स्वास्थ्यसंस्थाका प्रमुखहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै भेक्टर कन्ट्रोल निरीक्षक साहले वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीट्ंयाकी आदिमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले फुल पार्ने बताए ।

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै