रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव, ७ लाख माग, २ लाख मात्र खरिद

कुकुर, स्याललगायत जनावरको टोकाइबाट लाग्ने असाध्य रोग रेबिजको भ्याक्सिनको चरम अभाव हुने भएको छ । वार्षिक रुपमा ७ लाखको माग भए पनि इपिडिमिओलोजी तथा रोगनियन्त्रण महाशाखाले वार्षिक २ लाख मात्र खरिद गर्ने गरेको छ । आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा बाँकी ३० हजारको हाराहारीमा मात्र भ्याक्सिन स्टक भएका कारण रेबिजको भ्याक्सिनको चरम अभावको अवस्था सिर्जना भएको महाशाखाका निर्देशक डा. विवेक कर्ण लालले जानकारी दिए ।

समयमा भ्याक्सिन लगाउनेबाहेक रेबिज लागिसकेपछि मृत्यु टार्न सक्ने उपचारपद्धतिको विकास हालसम्म चिकित्साविज्ञानले गर्न सकेको छैन । यस्तो संवेदनशील र निर्विकल्प भ्याक्सिनको अभाव भएमा आकस्मिक रूपमा भवितव्यमा पर्ने जनावरको टोकाइका बिरामीको जीवनसँग खेलबाड हुने निश्चित छ ।

सरकारले देशभरका तोकिएका स्वास्थ्यसंस्थामा निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन बजेट अभावका कारण अपुग हुन थालेको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमिओलोजी तथा रोगनियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल धेरै बिरामीले निजीस्तरमा भ्याक्सिन किनेरसमेत प्रयोग गरिरहेका छन् ।

गत आर्थिक वर्षमा खरिद गरिएको रेबिजको भ्याक्सिनको मूल्य यस वर्ष ५० प्रतिशतले बढेर आएको तर बजेट भने साबिककै हिसाबले विनियोजन हुँदा समस्या आएको महाशाखाका निर्देशक डा. विवेक कुमार लाल बताउँछन् । अघिल्लो वर्ष सरकारले करिब १० करोड रुपैयाँबराबरको रेबिजविरुद्धको भ्याक्सिन खरिद गरेको थियो । तर, अबको बजेटमा बढेको मूल्यको अनुपातमा सरकारले भ्याक्सिनका लागि ७ करोड मात्र विनियोजन गरेको छ भने आगामी वर्ष भ्याक्सिन अभाव हुने देखिन्छ ।

मानिसलाई कुकुर, स्याललगायत जनावरले टोकेमा रोबिज र सर्पले टोकेमा सर्पदंशविरुद्धको भ्याक्सिन तुरुन्त लगाउनुपर्ने हुन्छ । यी अवस्थामा समयमै सम्बन्धित रोगविरुद्धका भ्याक्सिन लगाउन नसकिएमा बिरामीको मुत्यु अवश्यंभावी हुन्छ । तर, नेपालमा यी दुवै रोगविरुद्धका भ्याक्सिनको उत्पादन हुँदैन । नेपाल सरकारले भारतबाट वार्षिक करिब २ लाख रेबिजविरुद्धको भ्याक्सिनको खरिद गर्ने गरेको महाशाखाको तथ्यांक छ ।

सरकारले देशभरका तोकिएका स्वास्थ्यसंस्थामा निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन बजेट अभावका कारण अपुग हुन थालेको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमिओलोजी तथा रोगनियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल धेरै बिरामीले निजीस्तरमा भ्याक्सिन किनेरसमेत प्रयोग गरिरहेका छन् ।

गत आर्थिक वर्षमा खरिद गरिएको रेबिजको भ्याक्सिनको मूल्य यस वर्ष ५० प्रतिशतले बढेर आएको तर बजेट भने साबिककै हिसाबले भन्दा कम विनियोजन हुँदा समस्या आएको महाशाखाका उपस्वास्थ्य प्रशासक डा. समीर अधिकारी बताउँछन् । अघिल्लो वर्ष सरकारले करिब १० करोड रुपैयाँबराबरको रेबिजविरुद्धको भ्याक्सिन खरिद गरेको थियो । तर, अबको बजेटमा बढेको मूल्यको अनुपातमा सरकारले बजेट नबढाउने हो भने आगामी वर्ष भ्याक्सिन अभाव हुने अधिकारीको भनाइ छ । ‘सरकारले बजेट दिँदा अघिल्लो वर्षको खपतअनुसार दिइरहेको हुन्छ,’ डा. अधिकारीले भने, ‘तर, बजारमा औषधिको मूल्यमा भएको वृद्धि बजेटमा समावेश नगरिँदा भ्याक्सिन अभाव हुने देखिएको छ ।’

डा. अधिकारीका अनुसार रेबिजविरुद्धको एक भाइल भ्याक्सिनको मूल्य करिब २ सय ८० रुपैयाँ पर्ने गरेको छ । एक बिरामीले जनावरको एकपटकको टोकाइमा ४ वा ५ पटक भ्याक्सिन लगाउनुपर्ने हुन्छ । टोकाइको प्रकृतिअनुसार छालाको हकमा एक महिनाभित्रमा ४ पटक र मासुको हकमा ५ पटक रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । पछिल्लो समयको मागबमोजिम अभाव हुन नदिन थप ५ लाख भ्याक्सिन आवश्यक रहेको महाशाखाले जनाएको छ । निजीस्तरमा ६–७ सय तिरेर बिरामीले भ्याक्सिन लगाउनुपर्ने बाध्यता छ ।

गत वर्ष झन्डै ३६ हजारले लगाए रेबिजविरुद्धको भ्याक्सिन
गत आर्थिक वर्षमा रेबिजका कारण ३२ जनाको अस्पतालमा उपचारका क्रममा मुत्यु भएको पाइएको छ । उक्त वर्ष ३३ हजार २ सय ४ जना कुकुरले टोकेका कारण रेबिजविरुद्धको भ्याक्सिन लगाउन स्वास्थ्यसंस्था पुगेका थिए । त्यसैगरी, अन्य जनावरले टोकेर भ्याक्सिन लगाउनेको संख्या २ हजार ४ सय ७७ थियो । यसरी हेर्दा एक वर्षमा झन्डै ३६ हजारको हाराहारीमा रेबिजविरुद्धको भ्याक्सिनको माग भएको देखिन्छ ।

‘मानिस आफैँमा रेबिज हुँदैन, यो कुनै न कुनै जनावरको टोकाइबाट सर्ने हो,’ डा.अधिकारी भन्छन्, ‘हरेक टोकाइमा पनि रेबिज हुने हुँदैन । बहुला कुकुर तथा अन्य जनावरमा रेबिजका भाइरस भएका कारण उनीहरूको टोकाइले गर्दा मानिसमा सर्ने गर्छ ।’ उनका अनुसार सबै जनावरको टोकाइमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ । ९९ प्रतिशत कुकुरको टोकाइबाट रेबिज हुने गर्छ । कुकुरलाई सधैँ पशुचिकित्सकको सल्लाहअनुसार भ्याक्सिन लगाउनुपर्ने उनी बताउँछन् ।

त्यसैगरी, भुस्याहा कुकुरलाई व्यवस्थित गर्नुपर्ने डा. अधिकारीको तर्क छ । गाउँघरमा कुकुरलाई छाडा रूपमा छोड्दा अन्य जंगली जनावरको टोकाइले भाइरस सरेपछि कुकुर बौलाएर घरपालुवा जनावर तथा मानिसलाई टोकेर बढी समस्या देखिने गरेको उनी बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रेबिजविरुद्धको भ्याक्सिन अभावको संकेत, २ लाख अपुग

कुकुर, स्याललगायत जनावरको टोकाइबाट लाग्ने असाध्य रोग रेबिजको भ्याक्सिनको अभाव हुने देखिएको छ । समयमा भ्याक्सिन लगाउनेबाहेक रेबिज लागिसकेपछि मृत्यु टार्न सक्ने उपचारपद्धतिको विकास हालसम्म चिकित्साविज्ञानले गर्न सकेको छैन । यस्तो संवेदनशील र निर्विकल्प भ्याक्सिनको अभाव भएमा आकस्मिक रूपमा भवितव्यमा पर्ने जनावरको टोकाइका बिरामीको जीवनसँग खेलबाड हुने निश्चित छ ।

सरकारले देशभरका तोकिएका स्वास्थ्यसंस्थामा निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन बजेट अभावका कारण अपुग हुन थालेको स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमिओलोजी तथा रोगनियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कतिपय बिरामीले निजीस्तरमा भ्याक्सिन किनेरसमेत प्रयोग गरिरहेका छन् ।

गत आर्थिक वर्षमा खरिद गरिएको रेबिजको भ्याक्सिनको मूल्य यस वर्ष ५० प्रतिशतले बढेर आएको तर बजेट भने साबिकै हिसाबले विनियोजन हुँदा समस्या आएको महाशाखाका उपस्वास्थ्य प्रशासक डा. समीर अधिकारी बताउँछन् । अघिल्लो वर्ष सरकारले करिब १० करोड रूपैयाँबराबरको रेबिजविरुद्धको भ्याक्सिन खरिद गरेको थियो । तर, अबको बजेटमा बढेको मूल्यको अनुपातमा सरकारले बजेट नबढाउने हो भने आगामी वर्ष भ्याक्सिन अभाव हुने अधिकारीको भनाइ छ ।

मानिसलाई कुकुर, स्याललगायत जनावरले टोकेमा रोबिज र सर्पले टोकेमा सर्पदंशविरुद्धको भ्याक्सिन तुरुन्त लगाउनुपर्ने हुन्छ । यी अवस्थामा समयमै सम्बन्धित रोगविरुद्धका भ्याक्सिन लगाउन नसकिएमा बिरामीको मुत्यु अवश्यंभावी हुन्छ । तर, नेपालमा यी दुवै रोगविरुद्धका भ्याक्सिनको उत्पादन हुँदैन । नेपाल सरकारले भारतबाट वार्षिक करिब ३ लाख रेबिजविरुद्धको भ्याक्सिन र करिब ३५ हजार सर्पदंशविरुद्धको भ्याक्सिन खरिद गर्ने गरेको महाशाखाको तथ्यांक छ ।

गत आर्थिक वर्षमा खरिद गरिएको रेबिजको भ्याक्सिनको मूल्य यस वर्ष ५० प्रतिशतले बढेर आएको तर बजेट भने साबिकै हिसाबले विनियोजन हुँदा समस्या आएको महाशाखाका उपस्वास्थ्य प्रशासक डा. समीर अधिकारी बताउँछन् । अघिल्लो वर्ष सरकारले करिब १० करोड रूपैयाँबराबरको रेबिजविरुद्धको भ्याक्सिन खरिद गरेको थियो । तर, अबको बजेटमा बढेको मूल्यको अनुपातमा सरकारले बजेट नबढाउने हो भने आगामी वर्ष भ्याक्सिन अभाव हुने अधिकारीको भनाइ छ । ‘सरकारले बजेट दिँदा अघिल्लो वर्षको खपतअनुसार दिइरहेको हुन्छ,’ डा. अधिकारीले भने, ‘तर, बजारमा औषधिको मूल्यमा भएको वृद्धि बजेटमा समावेश नगरिँदा भ्याक्सिन अभाव हुने देखिएको छ ।’

डा. अधिकारीका अनुसार रेबिजविरुद्धको एक भाइल भ्याक्सिनको मूल्य करिब ३ सय ८० रूपैयाँ पर्ने गरेको छ । एक बिरामीले जनावरको एकपटकको टोकाइमा ४ वा ५ पटक भ्याक्सिन लगाउनुपर्ने हुन्छ । टोकाइको प्रकृतिअनुसार छालाको हकमा एक महिनाभित्रमा ४ पटक र मासुको हकमा ५ पटक रेबिजविरुद्धको भ्याक्सिन लगाउने गरिएको टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. सेरबहादुर पुन बताउँछन् । पछिल्लो समयको मागबमोजिम अभाव हुन नदिन थप २ लाख भ्याक्सिन आवश्यक रहेको डा. अधिकारीको भनाइ छ । सर्पदंशको भ्याक्सिन भने हालसम्म अभाव नभएको महाशाखाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले करिब २ करोडबराबरको सर्पदंशविरुद्धको भ्याक्सिन खरिद गरेको थियो । सर्पदंशविरुद्धको एक भ्याक्सिनको मूल्य करिब ७ सय पर्ने गरेको छ ।

गत वर्ष झन्डै ३६ हजारले लगाए रेबिजविरुद्धको भ्याक्सिन
गत आर्थिक वर्षमा रेबिजका कारण ३२ जनाको अस्पतालमा उपचारका क्रममा मुत्यु भएको पाइएको छ । उक्त वर्ष ३३ हजार २ सय ४ जना कुकुरले टोकेका कारण रेबिजविरुद्धको भ्याक्सिन लगाउन स्वास्थ्यसंस्था पुगेका थिए । त्यसैगरी, अन्य जनावरले टोकेर भ्याक्सिन लगाउनेको संख्या २ हजार ४ सय ७७ थियो । यसरी हेर्दा एक वर्षमा झन्डै ३६ हजारको हाराहारीमा रेबिजविरुद्धको भ्याक्सिनको माग भएको देखिन्छ ।

मानिस आफैँमा रेबिज हुँदैन

कुनै न कुनै जनावरको टोकाइबाट सर्ने हो,’ डा. अधिकारी भन्छन्, ‘हरेक टोकाइमा पनि रेबिज हुने हुँदैन । बहुला कुकुर तथा अन्य जनावरमा रेबिजका भाइरस भएका कारण उनीहरूको टोकाइले गर्दा मानिसमा सर्ने गर्छ ।’उनका अनुसार सबै जनावरको टोकाइमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ । ९९ प्रतिशत कुकुरको टोकाइबाट रेबिज हुने गर्छ । कुकुरलाई सघैँ पशुचिकित्सकको सल्लाहअनुसार भ्याक्सिन लगाउनुपर्ने उनी बताउँछन् ।

त्यसैगरी, भुस्याहा कुकुरलाई व्यवस्थित गर्नुपर्ने डा. अधिकारीको तर्क छ । गाउँघरमा कुकुरलाई छाडा रूपमा छोड्दा अन्य जंगली जनावरको टोकाइले भाइरस सरेपछि कुकुर बौलाएर घरपालुवा जनावर तथा मानिसलाई टोकेर बढी समस्या देखिने गरेको उनी बताउँछन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

चेतना अभावमा फक्रिन पाइनन् १९ वर्षीया फुर्लाकुमारी

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसन वार्डमा पल्टिरहेकी थिइन्, १९ वर्षीया किशोरी फुर्लाकुमारी चौधरी ।
उनलाई देख्नेबित्तिकै अन्य बिरामीभन्दा फरक एउटा दृश्य देखिन्थ्यो– उनी बोल्न सक्थिन्, हेर्न सक्थिन्, उनका दुवै हात बाँधिएका थिए ।
उनलाई प्राणघातक रोग रेबिज लागेको थियो । यस्ता बिरामीले देखाउने अस्वाभाविक व्यवहारका कारण अरूमा रोग नसरोस् भनेर बेडमा सुताउँदासमेत उनका हात बाँधिएका हुन् ।

यस संवाददातासामु उनले सोमबार एउटा प्रश्न तेस्र्याएकी थिइन्– म कहिले निको हुन्छु ? कहिले घर जान पाउँछु ?’ उनको यो प्रश्न मैले अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेसम्म पुर्याएँ । ‘उनलाई बचाउन सकिन्न, २४ घण्टा पनि बाँच्न मुस्किल छ,’ पाण्डेको यो लाचार जवाफले म स्तब्ध, निःशब्द भएँ ।

त्यसको केही घण्टामै अर्थात् सोमबार साँझै उनले आफ्ना सबै अनुत्तरित प्रश्नलाई विश्राम दिइन् र आँखा चिम्लिइन्, सदाका लागि ।
सोमबारै दोलखाका एक पुरुष यस्तै लक्षण लिएर अस्पतालमा आइपुगे । फुर्लाकुमारीलाई निकालेर सोही बेडमा दोलखाका ३५ वर्षे युवालाई राखिएको छ । उनको पनि प्रश्न उस्तै छ र उस्तै छ डाक्टरको जवाफ ।

पर्सा गढीमाईका विपन्न चौधरी परिवारका सदस्यमा कुकुरले टोक्दा खोप लगाउनुपर्छ भन्ने सामान्य चेतना नहुनु नै १९ वर्षे लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमै फुर्लाकुमारीले ज्यान गुमाउनुपर्ने कारण बन्यो । फगत चेतनाअभावले किशोरावस्थामै एउटा फूल फक्रिन नपाई निमोठियो ।

कुकुर वा स्यालजस्ता जनावरको टोकाइबाट सर्ने यो प्राणघातक रोगबारे जनचेतनाको अभावका कारण सहजै बच्ने विधि भएर पनि ठूलो संख्यामा ज्यान गुमाउनेक्रम रोकिएको छैन ।
……….

पर्सा गढीमाईका विपन्न चौधरी परिवारका सदस्यमा कुकुरले टोक्दा खोप लगाउनुपर्छ भन्ने सामान्य चेतना नहुनु नै १९ वर्षे लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमै फुर्लाकुमारीले ज्यान गुमाउनुपर्ने कारण बन्यो । फगत चेतनाअभावले किशोरावस्थामै एउटा फूल फक्रिन नपाई निमोठियो ।

रेबिज संक्रमित कुकुर, स्याललगायत जनावराको टोकाइबाट लाग्ने यो रोगबाट बच्ने एक मात्रै विकल्प भनेको टोक्नासाथ सकेसम्म छिटो रेबिजविरुद्धको खोप लगाउनु नै हो । यतिसम्म कि, चौधरीले परिवारले एन्टिरेबिन भ्याक्सिन त के, टिटानसको सुई पनि लगाउनुपर्छ भन्ने कुरा तेस्रो दिन मात्रै थाहा पायो ।
३ महिनाअघि खेतीबारीको काम गर्दै गर्दा उनलाई भुस्याहा कुकुरेले टोकेको थियो । परिवारले घाउ धोईपाखालीसम्म गरेनन् । घाउ ठूलो नभएकाले निको भइहाल्ला भन्ने भयो । घटनाको ३ दिनपछि छिमेकीले टिटानस खोप दिनुपर्छ भनेपछि उनीहरूले मेडिकलमा गएर टिटानसको खोप लगाएका थिए ।

३ महिनापछि (एक साताअघि) अचानक अनौठा लक्षण देखिन थाले । उनमा ढाड दुख्ने, पानीसँग डराउने, मानिसहरू बोलेको सुन्दा पनि डराउनेजस्ता लक्षणहरू देखिन थाले । छिमेकीले यस्तो लक्षण त रेबिजको हुन्छ भनेपछि नै परिवारले रोगबारेमा सुन्यो ।
टिटानस खोप लगाएपछि त्यसले नै निको हुन्छ भनी छिमेकीले भनेकै कारण उनले टिटानस खोप लगाएकी थिइन् ।

एक साताअघि पानीदेखि डराएर भाग्न थालेपछि छिमेकीले उनलाई रेबिज लागेको आशंका गरेकै आधारमा उनलाई परिवारले वीरगन्जस्थित स्वास्थ्यसंस्थामा पुर्याएको थियो । वीरगन्जबाट उनीहरू आइतबार राति १० बजे मात्र टेकू अस्पताल आइपुगेका थिए ।
एक साताअघि अस्वाभाविक लक्षण देखिएपछि परिवारले धामी–झाँक्री गरेको उनका दाजु बताउँछन् । खोप लगाए बाँचिन्छ भन्ने चेतना नभएकै कारण यो बाटो रोजेको परिवारका सदस्यहरूको भनाइ छ ।

विश्वमा हरेक वर्ष ५९ हजार व्यक्तिको मृत्यु रेबिजका कारण हुन्छ । विश्वभरमा कुल रेबिजरोगको ९५ प्रतिशत एसिया र अफ्रिका महादेशमा भेटिने गरेको छ । भारत रेबिजका कारण बढी मृत्यु हुनेमा अग्रस्थानमा पर्छ ।

चिकित्सकहरूका अनुसार रेबिजरोग तथा यसबारे पर्याप्त मात्रामा जनचेतना जगाउन नसक्दा धेरै नेपाली अकाल मृत्युवरण गर्न बाध्य छन् । कतिपयले भने जनचेतना भए पनि रोगलाई बेवास्ता गर्दा ज्यान गुमाउनुपरेको छ ।
विश्वमा हरेक वर्ष ५९ हजार व्यक्तिको मृत्यु रेबिजका कारण हुन्छ । विश्वभरमा कुल रेबिजरोगको ९५ प्रतिशत एसिया र अफ्रिका महादेशमा भेटिने गरेको छ । भारत रेबिजका कारण बढी मृत्यु हुनेमा अग्रस्थानमा पर्छ ।

नेपालमा रेबिजको अवस्था
विशेषगरी, नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको समस्या बढी देखिएको छ । पहाडको तुलनामा तराईमा स्याल तथा ब्वाँसोको टोकाइका कारण रेबिजको संक्रमण भई मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा छ । यस्तै, एकचौथाइ जनसंख्या मध्यम जोखिममा छ । महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्ष (०७४÷७५)मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो भने २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेको तथ्यांक विभागसित छ । त्यसमध्ये २८ हजार ५ सय १४ जनालाई रेबिजरोग लाग्न सक्ने आशंका गरिएको भए पनि २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कसरी हुन्छ रेबिज ?
रेबिजले लाइसा नामक स्नायुमा प्रभाव पार्ने गर्छ । यसको कारक हो– आरएनए भाइरस । उक्त भाइरस र्यालको माध्यमबाट मानिसको शरीरमा पुग्ने गर्छ । उक्त भाइरस शरीरबाट मस्तिष्कसम्म पुगेपछि ज्वरो आउने, बिरामी पानीदेखि डराउने, घाउ भएको ठाउँमा दुख्नेजस्ता समस्या देखापर्छन् ।

लक्षण
– रेबिज लागेको बिरामी हावा र पानीदेखि डराउने गर्छन् ।
– जनावरले टोकेको ठाउँमा चिलाएको अनुभव हुन्छ, झमझम गर्छ ।
– पानी पिउन असहज महसुस हुन्छ ।
– कोही–कोही उत्तेजित हुन्छन् ।

उपचार
रेबिज लागेपछि मुटु तथा कलेजोको रोगको जस्तो यसको उपचार सम्भव छैन । रोग लागिसकेपछि मर्नुबाहेक अन्य विकल्प छैन । विदेशतिर रेबिज लागेका ५–७ जना बिरामी बाँचेका समाचारहरू आए सुनिए पनि नेपालमा भने हालसम्म सफलता मिलेको छैन ।

रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्मका शून्य प्रतिशतमा ल्याउने विश्वव्यापी लक्ष्य रहेकोमा नेपाल सरकारले पनि त्यसमा प्रतिबद्धता जनाइसकेको छ ।

रोकथाम
रेबिजको उपचार हालसम्म पत्ता नलागेकाले रोग लागेपछि बिरामीको मृत्यु अवश्यंभावी छ । यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनावरबाट उक्त रोगको भाइस मानिससम्म आउन नदिनु नै हो । यसका लागि घरपालुवा जनावरलाई पशुचिकित्सकको सल्लाहअनुसार वेलावेलामा खोप लगाउनुपर्छ । रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्मका शून्य प्रतिशतमा ल्याउने विश्वव्यापी लक्ष्य रहेकोमा नेपाल सरकारले पनि त्यसमा प्रतिबद्धता जनाइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार कुनै पनि जनावरले टोकेपश्चात् रेबिजविरुद्धको सुई लगाउनुपर्छ भन्ने ज्ञान भए पनि घरपालुवा जनावरले टोकेका कारण रोग लाग्दैन भन्ने भ्रम जनमानसमा पाइन्छ । हेलचक्य्राइँका कारण रेबिजबाट ज्यान गुमाउनेको संख्या धेरै रहेको डा. पुन बताउँछन् । टेकु अस्पतालमा रेबिज लागेर आउने अधिकांश बिरामीले रेबिजबारे ज्ञान हुँदाहुँदै पनि बेवास्ता गरेका कारण ज्यान गुमाउने गरेको उनको अनुभव छ । उनका अनुसार रेबिजलाई सामान्य रूपमा लिएर बेवास्ता गर्नुहुँदैन । यदि रेबिजको सुई लगाएकै जनावरले टोकेमा पनि बेवास्ता नगरी नजिकको स्वास्थ्यसंस्थामा गई रेबिजको सुई लगाउन उनको सुझाब छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

बेवास्ता गरिएको खतरनाक रोग रेबिज

रेबिज एकप्रकारको भाइरस हो । नेपाललगायत दक्षिण एसियाली मुलुकमा यो व्यापक रूपमा रहेको छ । विश्वमा रेबिजका कारण मृत्यु हुनेमा भारत अग्रस्थानमा पर्छ । नेपालमा पनि यो लामो समयदेखि देखापरेको रोग हो । टेकु अस्पतालको तथ्यांकअनुसार वार्षिक औसत १५–१६ जनाको मृत्यु रेबिजका कारण हुने गरेको छ । रेबिज लागेको थाहै नभई मर्ने त कति छन् कति । मेरो बुझाइमा यो संख्या ठूलो छ । समग्रमा नेपालमा रेबिजका कारण करिब सयदेखि दुई सयजनासम्मको मृत्यु हुने गरेको अनुमान छ । रेबिज संसारमै हेलचक्य्राइँ गरिएको रोगमा पर्छ ।

टेकु अस्पतालमा दैनिक करिब १ सय ५० बिरामी कुकुरले टोकेर मात्र आउने गरेका छन् । तीमध्ये सबैलाई रेबिज हुन्छ भन्ने नभए पनि रेबिजका लागि त्यो जोखिम भने अवश्य हो । पछिल्लो समय बाटामा हिँड्ने कुकुरमा रेबिजको संख्या बढेको अनुमान गरिएको छ । बिरामी भएर उपचार गराउन लगिएका १५ कुकुरमध्ये करिब १० वटामा रेबिज लागेको अनुमान गरिएको छ । कतिपय अवस्थामा त शतप्रतिशतमै रेबिज लागेको पनि भेटिएको छ । पछिल्लो समय घरपालुवा कुकुरले टोकेका कारण रेबिजको सुई लगाउन आउनेको संख्या बढ्दै गएको छ ।

टेकु अस्पतालमा रेबिजको सुई लगाउन आउनेमध्ये करिब ६० प्रतिशत घरपालुवा कुकुरले टोकेका कारण अएको पाइएको छ । पछिल्लो समय घरपालुवा कुकुरले टोक्नेक्रम बढेकाले कुकुरले टोक्यो भनेर महानगरपालिकालाई नै गाली गर्नुपर्ने अवस्था भने छैन । घरमा कुकुर पाल्दा कुकुरबाट के–के रोग सर्न सक्छन् भन्ने जानकारी हुनु आवश्यक छ ।

रेबिजको उपचारमा पनि परिमार्जनको आवश्यकता छ । सडकका बेबारिसे कुकुरले टोकेमा मात्र रेबिजरोग लाग्छ भन्ने हाम्रो बुझाइमा पनि परिवर्तन आवश्यक छ । रेबिजरोग दिन प्रतिदिन बढ्दो छ । पहाडको तुलनामा तराईमा स्याल तथा ब्वाँसोको टोकाइका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो छ । गत वर्ष तराईका विभिन्न जिल्लामा ४०–५० जनामा स्याल तथा ब्वाँसोले टोकेका बिरामी अस्पताल आएका थिए । रेबिजविरुद्धको खोप नेपाल सरकारले निःशुल्क प्रदान गरे पनि त्यसप्रतिको बेवास्ताका कारण रेबिजले नेपालीको ज्यान लिइरहेको छ ।

कतिपयको टिटानस खोप लगाएपछि रेबिजको सुई लगाउनुपर्दैन भन्ने बुझाइसमेत छ । जनावरले टोकेको करिब १ देखि ३ महिनाभित्र रेबिजरोगको लक्षण देखापर्छ । तर, मेरो उपचार अनुभवमा जनावरले टोकेको करिब ६ महिनाभित्र रेबिजको लक्षण देखापर्ने गर्छ । मैले लामो उपचार अनुभवमा पाएको छु कि– पहिले–पहिले रेबिज लागेका बिरामी एकदमै उत्तेजित देखिन्थे भने अहिले तुलनात्मक रूपमा ‘कुल’ देखिन्छन् । मर्ने अवस्थामा समेत अहिले रेबिज लागेका बिरामीले शान्तिपूर्ण रूपमा आफ्ना भनाइ राखिरहेका हुन्छन् । केही महिनाअघि अस्पतालमा रेबिज लागेको एउटा मात्रै त्यस्तो बिरामी आएको थियो, जसलाई बाँधेरै राख्नुपरेको थियो । यस्तो अवस्था अहिले यदाकदा मात्र भेटिने गरेको छ ।

लक्षण
– हावा र पानीदेखि बिरामी डराउनु । यो रेबिजरोग लागेको सबैभन्दा पहिलो लक्षण हो ।
– जनावरले टोकेको ठाउँमा चिलाएको अनुभव हुनु ।
– झमझम गर्नु ।
– पानी पिउन असहज महसुस गर्नु ।
– उत्तेजित हुनु ।

उपचार विधि
रेबिजरोग लागेपछि मुटु तथा कलेजोरोगजस्तो यसको उपचार सम्भव छैन । रेबिज लागिसकेपछि मर्नुबाहेक विकल्प छैन । संसारमा रेबिजका ५–७ जना बिरामी बाँचेका समाचार आए पनि नेपालमा भने त्यस्तो भएको छैन । त्यसैले रेबिज धेरै खतरनाक रोग हो ।

रोकथाम
सबैभन्दा पहिलो त मानिसलाई रोगबारे चेतना हुनु आवश्यक छ । जनावरले टोकेको थाहा पाउनासाथ जतिसक्दो छिटो रेबिजको सुई लगाउनु आवश्यक छ । घरपालुवा कुकर तथा रेबिजको सुई लगाइएका कुकुरले टोकेमा पनि सुई लगाउन आवश्यक हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै