क्यान्सरपीडितको पूरै शरीरमा रेडियोथेरापी दिने दुर्लभ ‘टिबिआई’ सेवा के हो ? कति आवश्यक छ ?

नेपालमा पूरै शरीरमा रेडियोथेरापी दिने सेवा सुरु भएको पनि २ वर्ष बितिसकेको छ । रक्तक्यान्सरका बिरामीलाई अति आवश्यक मानिने यो सेवा काठमाडौं क्यान्सर सेन्टरले भित्र्याएको हो र हालसम्म अरुले यो सफलता हात पार्न सकेको अवस्था छैन । प्राविधिक भाषामा टोटल बडी इरेडियसन (टिबिआई) भनिने यो विधि प्रयोग गरेर रक्तक्यान्सर भएका बिरामीलाई बोनम्यारो ट्रान्सप्लान्टका लागि तयार गरिन्छ ।

नेपालमा टिबिआई सेवा काठमाडौं क्यान्सर सेन्टरमा मात्र उपलब्ध छ । सेन्टरले ०७४ देखि यो सेवा दिँदै आएको छ । हालसम्म काठमाडौं क्यान्सर सेन्टरले १३ जनालाई सफलतापूर्वक टिबिआई सेवा दिइसकेको छ । सेन्टरले नेपालमा सेवा भित्र्याएको २ वर्ष बितिसकेको छ । हालसम्म अन्य स्वास्थ्यसंस्थाले सेवा सुरु गरेका छैनन् । टिबिआईका लागि लागि निजामती अस्पताललगायतबाट काठमाडौं क्यान्सर सेन्टरमा बिरामी आउने गरेका छन् ।

टिबिआई गर्नका लागि छुट्टै बक्स चाहिन्छ, जुन फाइबरको बनाइएको हुन्छ । हाम्रो शरीर इरेगुलर हुन्छ, यसलाई रेगुलर बनाउन बक्समा राइस हाल्ने गरिन्छ । त्यसपछि एकनाशले पूरै शरीरमा आउँछ । पूरै शरीरको रेडियोथेरापी एकैपटक गर्न थालेपछि बोनम्यारो ट्रान्सप्लान्ट गर्ने तयारीमा रहेका रक्तक्यान्सरका बिरामीलाई अत्यधिक मात्रामा क्यान्सरका औषधि प्रयोग जरुरी हुँदैन ।

काठमाडौं क्यान्सर सेन्टरले २ वर्षदेखि सफलतापूर्वक दिँदै आएको टिबिआई सेवा सञ्चालनमा ल्याउन हालसम्म अन्य कुनै पनि अस्पताल सफल भएका छैनन् । यो सेवा भारतमा पनि २–३ स्थानमा मात्र उपलब्ध छ, जुन नेपालको भन्दा कैयौँ गुणा महँगो छ । रक्तक्यान्सरका बिरामीलाई बोनम्यारो ट्रान्सप्लान्टका लागि तयार बनाउन यो प्रविधि अति आवश्यक र उपयोगी छ ।

क्यान्सर सेन्टरमा यो उपचार सेवा लिएबापत २५ हजार रुपैयाँ तिर्नुपर्छ । छिमेकी देश भारतमा यो सेवा एक–दुई ठाउँमा मात्र उपलब्ध छ । त्यहाँ यो सेवाबापत एक लाखभन्दा माथि नै तिर्नुपर्ने अवस्था छ । बोनम्यारो ट्रान्सप्लान्ट गरेका एम्बुलेन्समा अस्पताल आउने गर्छन् । त्यसरी आएका बिरामीलाई उपचार गर्दै गर्दा बिरामीको प्लेटलेट्स शून्य हुन्छ । यस्ता बिरामीको उपचारमा धेरै सजगता अपनाउनुपर्ने हुन्छ । त्यसैले राति पूरै मेसिन, रुम सबै तयारी अवस्थामा राखेर मात्र उपचार गर्न सुरु गर्छौं । त्यसपछि बिरामी नर्मल अवस्थामा घर फर्कन सक्छ । बोनम्यारो प्रत्यारोपणका लागि यो सेवा नभई नहुने कुरा हो ।

यो प्रविधि चलाउने काममा मैले भारतमा ३ ठाउँमा गरी १२ वर्ष अभ्यास गरेँ । टिबिआई प्राविधिक हिसाबले साह्रै जटिल प्रक्रिया मानिन्छ । यो सेवा भारतका पनि केही अस्पतालमा मात्र उपलब्ध छ । विशेषज्ञ चिकित्सक, भौतिक विज्ञ, प्राविधिकलगायत टोलीका सबै सदस्यको दक्षता कारण नै काठमाडौं क्यान्सर सेन्टर यो सेवा सञ्चालन गर्न सफल भएको हो ।

झा काठमाडौं क्यान्सर सेन्टरमा चिफ टेक्नोलोजिस्ट रुपमा कार्यरत छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै