रुघाखोकी

पछिल्ला केहीदिनयता काठमाडौं उपत्यकामा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित विभिन्न अस्पताल आउनेको संख्या बढेको छ। अहिले विभिन्न अस्पतालमा फ्लु वा रुघाखोकीको लक्षण लिएर कोरोनाको आंशकामा दैनिक बिरामीहरु आत्तिँदै आइरहेका हुन्छन्। सामान्यतया, मार्च र अप्रिल महिनामा मौसमी रुघाखोकी सधैँ देखिने गर्छ। यसर्थ, रुघाखोकी लाग्दैमा...