कोरोनाका कारण क्षयरोगी संख्या बढ्ने, उन्मूलन लक्ष्य पाँच वर्ष धकेलिने

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस डिजिज (कोभिड–१९) को महामारीका कारण नेपालमा क्षयरोगीको संख्या बढ्ने अनुमान गरिएको छ। लकडाउनका कारण अहिले धेरै स्वास्थ्य संस्थाको सेवा अवरुद्ध रहेको छ।

नियमित रूपमा औषधी सेवन नगर्दा झ्न कडा खालको क्षयरोग (टिबी) र संक्रमित व्यक्तिमार्फत अन्य व्यक्तिलाई सर्ने जोखिम हुन्छ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अर्जुन भट्टचनले कोरोना महामारीको कारण नेपालमा क्षयरोगीको संख्या बढ्ने अनुमान गरिएको बताए। क्षयरोगीका बिरामी नियमित रूपमा स्वास्थ्य केन्द्र आएका छन् कि छैन भनेर अनुगमन गर्ने काम भइरहेको छ।

केन्द्र तथा प्रदेशमा भएका जनशक्ति परिचालन गरेर स्वास्थ्य केन्द्रको तथ्यांक केलाएर हेर्ने गरेका छौं,’ डा. भट्टचनले भने, ‘क्षयरोगीको अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेका छौं ।’

उन्मूलनको लक्ष्य ५ वर्ष पछि धकेलिने
सन् २०३५ सम्म नेपालबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ। तर, कोरोनाको महामारीको कारण उन्मूलन लक्ष्यको ५ वर्ष समयसीमा थपिनसक्ने विज्ञहरूले जनाएका छन्। यसले क्षयरोग उन्मूलनको सरकारी लक्ष्यमा चुनौती थपिदिएको छ।

विकट ठाउँमा रहेका क्षयरोगीका बिरामीहरू अहिले स्वास्थ्य संस्थासम्म आइपुग्ने अवस्था छैन। नियमित रूपमा औषधी सेवन नगर्दा क्षयरोगीको संख्या झन् विकराल हुने देखिन्छ।

अहिले जिन एक्सपर्ट मेसिनका अधिकांस सेवा अवरुद्ध अवस्थामा रहेको छ। जसले गर्दा सम्भावित संक्रमित व्यक्ति परिचाहन हुनमा थप समस्या थपिदिएको छ। ‘ जिन एक्सपर्टका सेवाहरू अवरुद्ध भएका छन्,’ डा. भट्टचनले भने, ‘क्षयरोग नियन्त्रणमा थप रणनीतिमार्फत काम हुँदै छ।’

समयमा नै क्षयरोगीको पहिचान हुन नसकेमा एक संक्रमित व्यक्तिबाट १ वर्षमा १० जनासम्म संक्रमण फैलिने जोखिम रहेको हुन्छ।

अहिले जिन एक्सपर्ट मेसिनका अधिकांस सेवा अवरुद्ध अवस्थामा रहेको छ। जसले गर्दा सम्भावित संक्रमित व्यक्ति परिचाहन हुनमा थप समस्या थपिदिएको छ। ‘ जिन एक्सपर्टका सेवाहरू अवरुद्ध भएका छन्,’ डा. भट्टचनले भने, ‘क्षयरोग नियन्त्रणमा थप रणनीतिमार्फत काम हुँदै छ।’

केही समयअघि गरिएको प्रि–ब्यालेन्स सर्वेले क्षयरोगीको संख्यामा ५० प्रतिशत बढ्ने अनुमान देखाएको थियो। २ वर्ष लगाएर देशभर ९० हजार मानिसमा गरिएको सर्वेले हालको क्षयरोगी संख्यामा ५० प्रतिशतसम्म वृद्धि हुने आँकलन गरिएको थियो।

यस्तो महामारीका बेला संक्रमितका लागि थप जनशक्ति परिचालन गर्ने नसकिए र क्षयरोगीका बिरामीलाई नियमित औषधी सेवनको दायरामा नल्याए विकराल अवस्था आउने डा. भट्टचनको आँकलन छ।

‘गाइडलाइनअनुसार एकपल्टमा एक महिनाका लागि औषधी दिने गरेका छौं। अहिलेसम्म राम्रो सँग सेवा सञ्चालन भइरहेको छ,’ डा. भट्टचनले भने, ‘महामारी बढ्दै गएको अवस्थामा थप समस्या हुने देखिन्छ।’

भारत तथा अन्य मुलुकबाट आउने औषधी ल्याउन नपाए थप समस्या हुन्छ। यद्यपि त्यसको व्यवस्थापन आफूहरू लागिरहेको उनले जानकारी गराए। सन् २०१९ को तथ्यांकअनुसार नेपालमा क्षयरोगीको संख्या ४५ हजार रहेको अनुमान छ।

केन्द्रको तथ्यांकअनुसार प्रत्येक दिन १८ देखि २२ जनाको क्षयरोगले ज्यान लिने गरेको छ। प्रत्येक वर्ष ७ देखि १२ हजार नेपालीले क्षयरोगका कारण मृत्युवरण गरिरहेको केन्द्रको तथ्यांक छ। साबिककै रूपमा कार्यक्रम चलाइराख्ने हो भने नेपालले २०३५ सम्ममा क्षयरोग उन्मूलनको अन्त्य हासिल गर्न नसकिने राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञको दाबी छ।

त्यसमध्ये ३३ हजारमा मात्र रोग पहिचान भएको छ। बाँकी १२ हजार उपचारको दायरामा आएका छैनन्। संक्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला छन्।

प्रत्येक दिन १८ देखि २२ नेपालीको क्षयरोगले लिन्छ ज्यान

केन्द्रको तथ्यांकअनुसार प्रत्येक दिन १८ देखि २२ जनाको क्षयरोगले ज्यान लिने गरेको छ। प्रत्येक वर्ष ७ देखि १२ हजार नेपालीले क्षयरोगका कारण मृत्युवरण गरिरहेको केन्द्रको तथ्यांक छ। साबिककै रूपमा कार्यक्रम चलाइराख्ने हो भने नेपालले २०३५ सम्ममा क्षयरोग उन्मूलनको अन्त्य हासिल गर्न नसकिने राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञको दाबी छ।

क्षयरोग उन्मूलनमा लक्ष्य पूरा गर्ने ठूलो चुनौती नै रहेको डा. भट्टचनको भनाइ छ। ‘अहिले महामारीले केही कुरा सिकाएको छ। स्वास्थ्यको संरचनादेखि प्रणाली सुधार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उन्मूलनको लक्ष्यका लागि यो महामारी अवसर पनि हुनसक्छ।’

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत ४ हजार ३ सय २३ उपचार केन्द्रहरूबाट डिओटिएस उपचार सेवा उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी ६ सय ४ प्रयोगशाला, ६७ वटा जिन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको निदान सेवा प्रदान गरिँदै आएको छ। सरकारले क्षयरोगको सम्पूर्ण उपचार सेवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

क्षयरोगी ५०% ले बढ्ने ‘प्रिब्यालेन्स सर्वे’को अनुमान, सरकारी उन्मूलन कार्यक्रमको नतिजा उल्टो दिशामा

सन् २०३५ सम्म नेपालबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ, तर नतिजा भने उल्टो दिशामा देखिँदै छ । यसले क्षयरोग उन्मूलनको सरकारी लक्ष्यमा चुनौती थपिदिएको छ ।  हालसालै गरिएको प्रिब्यालेन्स सर्वेले क्षयरोगीको संख्या ५० प्रतिशतले बढ्ने देखाएको छ । सन् २०१७ देखि ०१९ सम्म देशभरमा ९० हजार मानिसमा गरिएको सर्वेले हालको क्षयरोगीको संख्यामा ५० प्रतिशतले वृद्धि हुने देखाएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिए ।

सन् २०१८ को तथ्यांकअनुसार नेपालमा क्षयरोगीको संख्या ४५ हजार रहेको अनुमान छ । त्यसमध्ये ३३ हजारमा मात्र रोग पहिचान भएको छ । बाँकी १२ हजार उपचारको दायरामा आएका छैनन् । संक्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला छन् ।

नयाँ सर्वेको अनुमानअनुसार ५० प्रतिशतले क्षयरोगीको संख्या बढ्दा नेपालमा क्षयरोगीको संख्या ६७ हजारभन्दा बढी हुनेछ । २०१८ को तथ्यांकमा क्षयरोगका केस ४५ हजार अनुमान गरिएकोमा प्रिब्यालेन्स सर्वेको रिपोर्टले क्षयरोग उन्मूलनसम्बन्धी सरकारी कार्यक्रम प्रभावकारी बन्न नसकेको देखाएको छ ।  ‘पहाडका दुर्गम क्षेत्र तथा तराईका अविकसित क्षेत्रमा उपचार नपाएका मानिसलाई समेत नियाल्ने हो भने क्षयरोगीको संख्या दुईतिहाइले बढ्ने पाइएको छ,’ डा. राजभण्डारी भन्छन्, ‘पहिले–पहिले तराईमा बढी मात्रामा क्षयरोगी भेटिने गरेकोमा हाल हिमाली तथा पहाडी क्षेत्रमा धेरैमा रोग पहिचान हुने गरेको छ ।’

प्रत्येक दिन १८ देखि २२ नेपालीको क्षयरोगले लिन्छ ज्यान
केन्द्रको तथ्यांकअनुसार प्रत्येक दिन १८ देखि २२ जनाको क्षयरोगले ज्यान लिने गरेको छ । प्रत्येक वर्ष ७ देखि १२ हजार नेपालीले क्षयरोगका कारण मृत्युवरण गरिरहेको केन्द्रको तथ्यांक छ । साबिककै रूपमा कार्यक्रम चलाइराख्ने हो भने नेपालले २०३५ सम्ममा क्षयरोग उन्मूलनको अन्त्य हासिल गर्न नसक्ने निश्चित रहेको डा. राजभण्डारी बताउँछन् ।  ‘क्षयरोग उन्मूलनमा सरकारको ध्यान त्यति केन्द्रित हुने गरेको पाइएको छैन,’ निर्देशक डा. राजभण्डारी भन्छन्, ‘उन्मूलन लक्ष्य प्राप्तिका लागि कार्यक्रम नै परिवर्तन गरेर लैजानु जरुरी छ ।’

क्षयरोग उन्मूलन कार्यक्रममा वार्षिक ७० करोडभन्दा बढी खर्च, तर नतिजा निराशाजनक
नेपालमा क्षयरोगको उपचार, निवारण तथा उन्मूलन कार्यक्रमका लागि ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत ग्वोबल फन्डले खर्च गर्दै आएको छ । वार्षिक ७० करोड रूपैयाँ खर्चिंदा पनि मुत्युका प्रमुख कारणमध्ये सातौँ स्थानमा रहेको क्षयरोग घट्नुभन्दा बढ्दो दिशामा देखिएको छ ।

क्षयरोगको उपचारप्रक्रियामा नआएका बिरामी पत्ता लागाई उपचारमा ल्याउनु प्रमुख चुनौती रहेको डा. राजभण्डारी बताउँछन् । यतिसम्म कि, समयसीमा तोकेरै रोग उन्मूलनका कार्यक्रम चलाइरहेको सरकारले क्षयरोगीको यकिन तथ्यांसमेत जुटाउन सकेको अवस्था छैन । उपचारको दायरामा आएका भन्दा बढी रोगी लुकेर रहेको अनुमान गरिरहँदा यो प्राणघातक सरुवारोग थप खतरनाक बन्ने जोखिम कायमै छ ।
‘२० देखि ३० प्रतिशत क्षयरोगीले निजी अस्पतालबाट सेवा लिने गरेको पाइएको छ, त्यसैले गर्दा पनि क्षयरोगका बिरामीको सही तथ्यांक आउन सकेको छैन,’ राजभण्डारी भन्छन्, ‘सर्वप्रथम त क्षयरोगीको परिचाहन हुनु जरुरी छ ।’

१ संक्रमितबाट १ वर्षमा १० जनामा संक्रमण
क्षयरोग सरुवा रोग हो । ‘एक संक्रमितले १ वर्षमा अन्य १० जनामा संक्रमण गराउन सक्छ,’ डा. राजभण्डारी भन्छन्, ‘क्षयरोग निर्मूल गर्नतर्फ नलाग्ने हो भने यसले एकदिन भयावह रूप लिन्छ ।’ अन्य रोगलाई सरकारले प्राथमिताका साथ हेरेको भए पनि भयावह रूप लिने जोखिम भएको क्षयरोगलाई प्राथमिकतामा राख्न नसकिरहेको डा. राजभण्डारी बताउँछन् ।

क्षयरोग पहिचान हुनुपूर्व ४–५ लाख खर्च गर्छन् संक्रमित
देशका सबै भागमा जिन एक्स्पर्टको व्यवस्था भए क्षयरोगीको पहिचान गर्न सकिन्छ । ‘पहिला सरकारले दिने गरेको जिन एक्स्पर्ट मेसिनहरू सञ्चालन भए–भएनन् कुनै अनुगमन नगरेको पाएको छु,’ राजभण्डारी भन्छन्, ‘राज्यको सम्पत्ति दुरूपयोग नहोस् र सेवाग्रहीले सेवा पाऊन् भनेर अनुगमनमा खटिँदै आएको छु ।’

नेपालमा क्षयरोगका बिरामीको पहिचान नै ढिलो हुने गरेको छ । क्षयरोगको उपचारमा जानुअघि नै बिरामीले ४–५ लाख खर्च गरिसकेको हुने अध्ययनले देखाएको छ । नेपालले क्षयरोग निवारण गर्न नसक्नुमा व्यवस्थापन, नेतृत्व, दक्ष जनशक्तिको कमीलगायत चुनौती थपिँदै गएको विज्ञले बताउँदै आएका छन् ।

आर्थिक वर्ष ०७४ र ७५ मा १ लाख ९६ हजार ३ सय ६२ जना क्षयरोगको आशंका गरिएका व्यक्तिको विभिन्न विधिबाट परीक्षण गर्दा ३२ हजार ४ सय ७४ जना नयाँ बिरामीमा क्षयरोगको संक्रमण पाइएको थियो । यसबाहेक पनि उपचारको दायरामा नआएका क्षयरोगीको संख्या ठूलो रहेको आकलन छ । करिब १३ हजार क्षयरोगी उपचारको दायराभन्दा बाहिर रहेकाले उनीहरूलाई उपचारको दायरामा ल्याउनु निकै चुनौतीपूर्ण रहेको बताइन्छ ।

यस्तो छ क्षयरोगको उपचार अभ्यास
नेपालको करिब ३ करोड जनसंख्यामध्ये आधा अर्थात् १ करोड ५० लाखमा क्षयरोगको सामान्य जीवाणु रहेको विज्ञले बताउँदै आएका छन् । यद्यपि, जीवाणु भएका सबैमा क्षयरोगको संक्रमण भने हुँदैन ।  हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्यप्रणालीमार्फत ४ हजार ३ सय २३ उपचार केन्द्रहरूबाट डिओटिएस उपचारसेवा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, ६ सय ४ प्रयोगशाला, ६७ वटा जिन एक्स्पर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको निदानसेवा प्रदान गरिँदै आएको छ ।

क्षयरोगको सम्पूर्ण उपचारसेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । तोकिएका सरकारी स्वास्थ्यसंस्थाले प्रत्यक्ष निगरानीमा क्षयरोगीलाई औषधि खुवाउने गर्छन् । निःशुल्क औषधोपचारका अतिरिक्त सरकारले क्षयरोगीलाई यातायात तथा पोषणभत्ताबापत मासिक ३ हजार रूपैयाँसमेत उपलब्ध गराउँदै आएको छ । खकारमा कीटाणु देखिएर पुनः रोग बल्झिएका बिरामीलाई भने मासिक ५ सय रूपैयाँ दिइँदै आएको छ । तर, हाल क्षयरोगका बिरामीमध्ये करिब २० प्रतिशतले निजी स्वास्थ्यसंस्थामार्फत उपचार गराइरहेको अनुमान छ ।

नियमित औषधिसेवनले निको हुन्छ क्षयरोग
चिकित्सकका अनुसार नियमित औषधि सेवनले क्षयरोग सजिलै निको हुन्छ । पाँच वर्षमुनिका बालबालिका, मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति, सोरायोसिसका बिरामी, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्ति तथा एचआइभीपीडित व्यक्ति भने क्षयरोगको उच्च जोखिममा रहने विज्ञहरू बताउँछन् ।  विश्वमा एकतिहाइ जनसंख्यामा क्षयरोगको ब्याक्टेरिया सुसुप्त अवस्थामा हुन्छ । क्षयरोगको कीटाणु सुसुप्त अवस्थामा रहेमा यसलाई लेटेन्ट ट्युबरक्लोसिस (क्षयरोग) भनिन्छ । तौल कम हुने र खाना मन नलाग्ने, ज्वरो आउने, राति धेरै पसिना आउने, छाती दुख्नेजस्ता लक्षण देखिन्छन् ।

कसरी बच्ने ?
– दुई साताभन्दा बढी समय खोकी लागेमा तुरुन्त चिकित्सकसित सम्पर्क गर्ने,
– संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने,
– भिडभाडमा मास्क प्रयोग गर्ने,
– धेरै खोकी लागेमा वा खकारमा रगत देखिएमा तुरुन्तै खोकीको जाँच गराउने,
– पर्याप्त मात्रामा पोसिलो तथा झोलिलो पदार्थ सेवन गर्ने ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै