रामबहादुर चन्द

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोरोना भाइरस संक्रमणलाई हल्का रुपमा नलिन सबैमा आग्रह गरेका छन्। आफू पनि कोरोना संक्रमित भएर १४ दिन आइसोलेसन बसेर बिहीवार डिस्चार्ज भएका उनले भने, ‘कोरोनालाई सामान्य रुपमा नलिऔं, यो खतरनाक भाइरस हो। यसले स्वास्थ्यमा गम्भीर असर पार्ने रहेछ र लापरबाही गरे ज्यानसमेत...