यौनसम्पर्क गर्न पुरुष र महिलाका लागि सर्वोत्तम समय कुन ?

जीवको वृद्धि–विकासका लागि यौनजीवन अनिवार्य सर्तजस्तै हो । यौन सन्तान उत्पादन वा वंशविस्तारको मात्र होइन, उन्नति, प्रगति र प्रेरणाको स्रोत पनि हो । यौन ऊर्जाको स्रोत हो भन्ने तथ्य अनुसन्धाताले प्रमाणित गरिसकेका छन् । यस्तै एक तथ्य यहाँ प्रस्तुत गरिएको छ । हालसालैको एक अध्ययनअनुसार पुरुष र महिलालाई यौनसम्पर्कका उत्तम समय अलग–अलग हुने देखिएको छ ।

यौनबारे अध्ययन गरिरहेका बेलायती चिकित्सकले आफ्नो प्रतिवेदनमा लेखेका छन्– यौनसम्पर्क गर्न पुरुषका लागि सबैभन्दा अनुकूल समय बिहान हो ।
पुरुषका लागि बिहान ७ बजेर ५४ मिनेटमा यौनसम्पर्क गर्नु सबैभन्दा उपयुक्त रहेको अध्ययनले देखाएको हो ।

तर, महिलाका लागि यौनसम्पर्कको उपयुक्त समय बिहान होइन । ‘महिलाका लागि यौनसम्पर्कको सर्वोपयुक्त समय रातको ११ बजेर २१ मिनेट हो,’ प्रतिवेदनमा भनिएको छ ।

धेरैजसो महिला साँझको समयमा यौनसम्पर्क गर्दा खुसी र सन्तुष्ट हुन्छन् । महिलाले रातमा पनि यौन आनन्द लिन रुचि राख्छन् ।
‘महिलाहरू साँझ वा रातको समयमा यौनसम्पर्क गरेपछि बिहान उल्लास लिएर उठ्छन्, यो प्राकृतिक नियम नै हो,’ अध्ययनले भनेको छ ।
तर, पुरुषको हकमा अध्ययनले अलि फरक तथ्य देखाएको छ । ‘यो एउटा नियमजस्तै हो कि पुरुषका लागि यौनसम्पर्कको सबैभन्दा सर्वोत्तम समय दिनभरका लागि काममा निस्किनुभन्दा पहिले बिहानको समय हो,’ अध्ययनले भनेको छ ।

महिलाहरू काम सकेर ओछ्यानमा पुगेपछि यौनका लागि तयार रहने अध्ययनकर्ता क्यारोलिना बताउँछिन् । ‘महिला ओछ्यानमा पुगेपछि नाइट बर्ड साबित हुन्छन्,’ उनले भनेकी छिन्, ‘पुरुषलाई बिहानको समयमा यौन चाहना बढी हुन्छ ।’

महिलालाई राति ११ बजेदेखि २ बजेसम्म यौन चाहना बढी हुन्छ भने पुरुषको यौन चाहना बिहान ५ देखि ९ बजेसम्म उत्कर्षमा हुन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

२० वर्षअघि किन गराइयो एमआरआई मेसिनमा यौनसम्पर्क ? यस्तो छ अध्ययनको निष्कर्ष

तपाईंलाई विश्वास नलाग्न सक्छ, तर यो सही हो कि वैज्ञानिकको एक टिमले मानिसलाई म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) स्क्यानरभित्र यौनसम्पर्क गर्नका लागि भनेका थिए । यसको उद्देश्य सहवासका क्रममा पुरुष र महिलाको प्रजनन अंगहरूको तस्बिर लिन सम्भव छ वा छैन पत्ता लगाउनु थियो । २० वर्षअघि वैज्ञानिकले एमआरआई मेसिनभित्र सहवास गराएका थिए । अहिले ‘सहवास र महिला यौन उत्तेजनाका क्रममा पुरुष र महिला प्रजनन अंगहरूको म्याग्नेटिक रेजोनेन्स इमेजिङ’ शीर्षकको लेख मेडिकल जर्नल बिएमजेको सबैभन्दा बढी डाउनलोड गरिएको लेखमध्ये एक बनेको छ ।

यो सामान्य रिसर्चको पेपर यति धेरै पपुलर बनेको छ मानौँ यो चन्द्रमामा पाइला टेक्नुजस्तै प्रयोग हो । यद्यपि, यसको लोकप्रियता र यसमा मानिसको आकर्षणको एक कारण स्क्रिनमा निःशुल्क सहवास देखिने सम्भावनाका कारण पनि हुन सक्छ, देख्नमा ब्ल्याक एन्ड ह्वाइटजस्तो प्रतीत नै किन नहोस् । डच वैज्ञानिकको टिमद्वारा गरिएको यस किसिमका प्रयोगमध्ये एकको उद्देश्य यो पत्ता लगाउनु थियो कि– सम्भोग र महिला यौन उत्तेजनाका क्रममा शरीरको रचनाबारे प्राचीन तथा वर्तमान विचार मान्यतामा आधारित छ वा तथ्यमा ।

अध्ययनको मुख्य निष्कर्ष १३ प्रयोगबाट निकालिएको थियो । यसमध्ये ८ दम्पति र ३ एकल महिलामा गराइएको ‘मेसिनरी पोजिसन’मा यौनसम्पर्कका क्रममा पत्ता लागेको छ– पुरुष यौनांग एक हँसियाजस्तो (बुमर्याङ आधारको) प्रतीत हुन्छ । अध्ययनमा यो पनि पाइएको छ कि, यौन उत्तेजनाको समयमा गर्भाशयको आकार बढ्दैन ।

१९९९ मा पहिलोपटक बिएमजेमा प्रकाशित भएको थियो अध्ययन
यो अध्ययन युनिभर्सिटी हस्पिटल ग्रोनिन्जेन एन्ड भियु एमस्टरड्याम युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मिलेर गरेका थिए । २० वर्षअघि क्रिसमसका अवसरमा सन् १९९९ मा गरिएको यो डच अध्ययनलाई पहिलोपटक मेडिकल जर्नल बिएमजेमा प्रकाशित गरिएको थियो । त्यतिवेला कसैले पनि सोचेको थिएन कि यो प्रकाशन क्लिनिकल्ली र वैज्ञानिक हिसाबले उपयोगी हुन सक्छ । तर, यो बिएमजेको सबैभन्दा बढी डाउनलोड गरिएको आर्टिकलमध्ये एक बन्यो र यसलाई १३० अन्य वैज्ञानिक पेपरमा प्रयोग गरियो । २०१९ को अक्टोबरमा यसलाई ५० पटक एक्सेस गरियो ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै