स्वाभाविक प्रसूतिका लागि गर्भवती अवस्थामा योग तथा व्यायाम, कसरी गर्ने ?

नियमित योगाभ्यास गर्नाले गर्भवती अवस्थामा देखिने समस्या समाधानका साथै बच्चा जन्माउँदा आउन सक्ने अप्ठ्याराहरुलाई कम गरी प्राकृतिक रुपमा बच्चा जन्माउन सहयोग पुग्छ । योग तथा प्राणायामले अक्सिजनको माग पूरा गर्छ । त्यस्तै, गर्भवती महिलाले तल्लो पेट र तिघ्राको भित्री भागलाई दह्रो बनाउन योग र व्यायाम गर्नुपर्छ ।

– सीधा उभिएर लामो श्वास लिँदै बायाँ हातलाई सीधा तिघ्रामा लपेटेर बिस्तारै बायाँतर्फ ढल्किई केहीबेर रोकिनुहोस् । त्यसपछि श्वास फ्याँक्दै बिस्तारै सुरुको अवस्थामा आउनुहोस् । दायाँतर्फ पनि यसरी नै ढल्किनुहोस् । पुनः सुरुकै अवस्थामा आउनुहोस् । यो क्रमलाई ६ देखि १० पटकसम्म जारी राख्नुहोस् ।

– सीधा उभिएर खुट्टालाई केही फट्याई बिस्तारै दायाँतर्फ मोडिनुहोस् । अब दाहिने घँुडालाई खुम्च्याएर श्वास लिँदै दुवै हात जोडेर टाउकोमाथि लैजानुहोस् । अनि श्वास फ्याँक्दै सुरुको अवस्थामा आउनुहोस् । अर्कोतर्फबाट पनि यसै गर्नुहोस् । दुवै खुट्टालाई एक हातको फरक पारेर उभिई हातलाई दुवै घुँडामा राखेर श्वास फ्याँक्दै आधा टुक्रुक्क बस्नुहोस् । केहीबेर रोकिएर श्वास लिँदै सुरुको अवस्थामा आउनुहोस् ।

– बसेर दुवै खुट्टा खुम्च्याई दुवै पाइतालालाई एक–आपसमा जोड्नुहोस् । अब दुवै हातले जोडिएका खुट्टाका औँलालाई समात्नुहोस् र घुँडालाई तल–माथि गर्नुहोस् ।

– खुट्टालाई केही फारेर टुक्रुक्क बसेजस्तो गर्नुहोस् । अब कुहिनाले दुवै घुँडालाई धकेल्ने र भित्र ल्याउने गर्नुहोस् ।

– खुट्टा फट्याएर बसी बिस्तारै श्वास फ्याँक्दै अगाडि झुक्नुहोस् र दुवै हातलाई सीधा भुइँतिर लपेटेर टाउकोलाई पनि भुइँमा दबाउनुहोस्, अनि श्वास लिँदै सुरुको अवस्थामा आउनुहोस् ।

उल्लेखित योग तथा व्यायाम हप्ताको कम्तीमा ३ देखि ५ दिनसम्म ५ देखि १० पटकसम्म दोहोर्याउनुपर्छ । अत्यधिक थाक्ने, कडाखालका व्यायाम नगरी हल्का व्यायाम तथा योगाभ्यास केवल उभिएर मात्र नियमित गर्नाले गर्भवती महिलाले सजिलैसँग प्राकृतिक रुपमै बच्चा जन्माउन सक्छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

दैनिक योगासनका ११ अद्भुत फाइदा, शरीर र मन दुवै रहनेछन् स्वस्थ

पहिले जान्नुहोस्, स्वास्थ्यका लागि किन आवश्यक छ योगासन, त्यसपछि व्यस्त दैनिकीबाट १५ मिनेट भए पनि योगका लागि निकाल्नुहुनेछ र पाउनुहुनेछ अद्भुत लाभ ।

योगासन किन र कसरी फाइदाजनक छ ?
योगासन शरीर र मन दुवैका लागि फाइदाजनक छ, यो कुरा सबैजसोलाई थाहा छ । त्यसैले प्रत्येक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिएको छ । पूर्वीय ज्ञान र सभ्यताको देनका रूपमा रहेको योग सुरुमा विशेषगरी नेपाल, भारतलगायत देशमा मात्र अभ्यास गरिँदै आएकोमा पछिल्लो समय सम्पूर्ण विश्वमा लोकप्रिय बनेको छ । यसको कारण योगमा रहेको त्यो अलौकिक शक्ति नै हो, जसले मानिसलाई शारीरिक तथा मानसिक रूपमा पूर्णतः स्वस्थ र तन्दुरुस्त राख्छ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी विश्व स्वास्थ्य र विज्ञानका लागि प्रमुख चुनौती बनिरहेका वेला यसबाट बच्ने एक मात्र उपाय योग र ध्यानलाई स्विकारिएको छ । योगले आधुनिक चिकित्साविज्ञानको पहुँचबाहिरका असाध्य रोगलाई निर्मूल पार्ने क्षमता राख्दछ । आधुनिकताको विकाससँगै मानिसमा खड्किएको शान्ति र आरोग्यको प्राप्ति केवल योगका माध्यमले मात्र हुन सक्नेमा आज पूरा विश्व सहमत भइसकेको छ । साथै, स्वास्थ्यका दृष्टिले मात्र नभई आध्यात्मिक दृष्टिले हेर्दा योग साधनामा अन्ततः आत्मालाई परमात्मामा लीन गराउने क्षमता रहेको विश्वास लिइँदै आएको छ । योगासनका माध्यमबाट मानिस स्वस्थ जिन्दगी बाँचिरहेका छन् भने कैयौँ प्रकारका रोगलाई निको पारिरहेका छन् ।

यदि तपाईंको पनि योगासन शरीरका अप्ठ्यारा पोजहरू हुन्, जसको अभ्यास गर्न निकै कठिन हुन्छ भन्ने बुझाइ छ भने सम्झिनुहोस्, योगासनबारे तपाईंले धेरै कुरा जान्नु अवश्यक छ । संसारका तमाम अनुसन्धान तथा अध्ययनले यो स्पष्ट गरिसकेका छन् कि, नियमित योगासन गर्नाले शरीर स्वस्थ रहन्छ र जीवनशैलीसित जोडिएका रोगहरू, जस्तै, उच्च रक्तचाप, मधुमेह, हृदयाघातलगायतको खतरा कम गर्न सकिन्छ । यसका अलावा योगासनले शरीर लामो समयसम्म बूढो हुँदैन । आउनुहोस्, योगासनका ११ अद्भुत फाइदाबारे जानौँ :

दुखाइबाट मुक्ति पाउन योग
योगले लगभग हरेकप्रकारका दुखाइ र पीडालाई निर्मूल पार्न मद्दत गर्छ । योगको श्वास र स्ट्रेचिङ प्रविधिद्वारा तपाईं शरीरमा रहेका कैयौँप्रकारका विषाक्त पदार्थहरूको सही सन्तुलन बनाउन सक्नुहुन्छ । यसमा रगत पनि पर्दछ, जसले सामान्यतया शरीरका लागि आवश्यक पोषकतत्त्व पुर्याउन तथा टक्सिनलाई हटाउने काम गर्दछ । एकपटक शरीरको रक्तसञ्चार प्रणालीमा सुधार आयो भने शरीरले पीडा तथा दुखाइको राम्ररी सामना गर्न सक्छ । यसको अर्थ हो कि, तपाईंलाई पीडा तथा दुखाइको महसुस कम हुन्छ र शरीर सुन्निन पनि पाउँदैन । शरीरको रक्तसञ्चार प्रणली सही हुनुको अर्थ यो पनि हो कि, तपाईंको शरीरका यावत् रोगहरू स्वतः ठिक हुने प्रक्रिया तीव्र गतिमा हुँदै छन् । तपाईंको शरीरको रक्तसञ्चार प्रणालीमा सुधार तथा स्वस्थता नियमित योगासन तथा प्राणायमले प्रदान गर्छ ।

शरीरमा लचिलोपन बढाउन योग
जोर्नी, हड्डी तथा मांसपेशीसम्बन्धी रोगसित जुधिरहेका बिरामीका लागि योग अत्यन्त उपयोगीसिद्ध हुन सक्छ । योगले शरीरमा लचिलोपन ल्याउँछ । योगमार्फत हामी बेहत्तर काम गर्न सक्छौँ र हाम्रो पकड मजबुत बनाउन सक्छौँ । हामी चिजवस्तुलाई बेहत्तर तरिकाले खैँचन वा धकेल्न सक्छौँ । अर्थात्, मांसपेशीसित जोडिएका काम गर्नु हाम्रा लागि अपेक्षाकृत आसन हुन जान्छ । यसबाट चोट लाग्ने खतरा पनि कम हुन्छ । योग हाम्रो शरीरका लागि बहुतै उपयोगी व्यायाम हो । यसबाट पूरै शरीरका मांसपेशीको कसरत हुन्छ । यसबाट हाम्रो शरीरले अधिक मजबुत भएर काम गर्छ ।

एकाग्रता बढाउन योग
यदि तपाईंको मस्तिष्क शान्त छ भने तपाईं कुनै पनि कुरामा राम्रोसँग एकाग्र हुन सक्नुहुन्छ । यसबाट तपाईंको स्मरणशक्ति बढ्छ । योग र ध्यानबाट तपाईंको प्रतिक्रियात्मक समय कम हुन्छ । यसबाट तपाईं कुनै पनि विषय वा चिजमा सही तरिकाले लामो समयसम्म ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । यसबाट तपाईंको कार्यक्षमतामा पनि वृद्धि हुन्छ । साथै, तपाईं दैनिक कार्ययोजनालाई राम्ररी क्रियान्वित गर्न सक्षम हुनुहुन्छ ।

मुटुस्वास्थ्यमा सुधार ल्याउन योग
आजकल कार्डियोभास्कुलर रोगहरू (मुटुसम्बन्धी रोगहरू) आम बनिसकेका छन् । ३० को उमेरमै यस्ता रोगले मानिसलाई घेर्न सुरु गर्छन् । हाम्रो जीवनशैली शिथिल भइसकेको छ । यसबाट मुटुसम्बन्धी रोग तथा स्ट्रोक हुने खतरा बढिरहेको छ । योग यस्तो व्यायाम हो, जसले मुटुस्वास्थ्यमा सुधार ल्याउन चामत्कारिक असर देखाउँछ । श्वसप्रश्वास प्रक्रियालाई नियन्त्रित गरेर योगले हाम्रो धडकनलाई नियमित तथा नियन्त्रित गर्नमा मद्दत पुर्याउँछ । नियमित योग गर्ने व्यक्तिमा अयधक मिहिनेत गरेको अवस्थामा पनि मुटुमा कम असर पर्छ । योगबाट राम्रो रगतमा अधिक मात्रामा अक्सिजन पुग्दछ, जसले मुटुलाई स्वस्थ बनाउँछ ।

असाध्य रोगबाट बच्ने निर्विकल्प उपाय योग
पछिल्लो समय चिकित्साविज्ञानले सरुवारोगको नियन्त्रणमा धेरै हदसम्म सफलता हात पार्न सफल भइरहँदा नसर्ने रोगहरू भने विश्व स्वाथ्यकै चुनौतीका रूपमा देखापरेका छन् । आधुनिकता र अस्वस्थकर जीवनशैलीको अनुसरणसँगै अस्वाभाविक रूपमा बढिरहेका क्यान्सरलगायत घातक रोगहरूको चुनौतीको चिकित्साविज्ञानले डटेर सामना गर्न सकिरहेको छैन । यस्तोमा यी रोगबाट बच्ने उपाय भएको नियमित योग, प्राणायाम, व्यायाम तथा योगनिर्दिष्ट स्वास्थकर जीवनशैलीको अवलम्बन नै भएको चिकित्सकहरू समेत स्वीकार गर्छन् । रोग लागिसकेमा पनि कतिपय अवस्थामा सही तरिकाको उपयोग गरी गरिने योगाभ्यासका माध्यमबाट असाध्य मानिएका यस्ता रोगलाई जितेका उदाहरणहरू प्रशस्त छन् । पछिल्लो स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने निर्विकल्प उपायका रूपमा योगलाई बुझेर नै आज पूरा विश्वले नै यसलाई अंगीकार गरेको हो । तसर्थ, नियमित योग र स्वस्थ जीवनशैलीको अनुसरणले तपाईं असाध्य रोगबाट बच्न सक्नुहुन्छ ।

वजन घटाउन योग
यो कुरालाई ध्यानमा राख्नुहोस् कि, योगले तपाईंको आहारमा नियन्त्रण राख्ने सल्लाह दिन्छ । यदि तपाईं योगको साथमा सही आहारको सेवन गर्नुहुन्छ भने तपाईंलाई अधिकतम फाइदा पुग्छ । योगले तपाईंको तौल नियन्त्रित राख्नमा मद्दत गर्छ । योगले तपाईंको पूरै शरीरका मांसपेशीमा सकारात्मक असर पुर्याउँछ । यसबाट पूरै शरीरमा पौष्टिकतत्वको सही अनुपातमा विस्तार हुन्छ । योगले तपाईंको मेटाबोलिक रेटलाई सुधार्छ । योगका क्रममा तपाईंले अधिक क्यालोरी खर्च गर्नुहुन्छ, जसबाट तपाईंको वजन कम हुन्छ र तपाईं पहिलेभन्दा निकै जवान देखिनुहुन्छ । योगले उमेर बढाउने तत्त्वहरूमा सकारात्मक असर पुर्याउँछ र तपाईंको छालामा निखार ल्याउँछ ।

मनलाई शान्त राख्न योग
योगमा श्वास लिने प्रक्रिया बहुत महत्त्वपूर्ण हुन्छ । योगले श्वासमा नियन्त्रण राख्ने कला सिकाउँछ । योगले मस्तिष्कका दुवै हिस्सामा सन्तुलन बनाउँछ र मनलाई शान्त बनाउँछ ।

तनाव कम गर्न योग
आफ्नो व्यस्त कार्यतालिकापश्चात् जब तपाईं योगाभ्यास गर्नुहुन्छ, बिस्तारै, बिस्तारै सारा तनाव सारा तनाव छुट्दै गएको महसुस गर्नुहुन्छ । यसको अर्थ यो होइन कि, योग मात्र तनाव कम गर्ने एक मात्र उपाय हो । कुनै पनि व्यायाम यदि तपाईं मन लगाएर गर्नुहुन्छ र श्वासक्रियालाई सही ढंगले दोहोर्याउनुहुन्छ भने तनावबाट राहत अवश्य मिल्छ । तर, तनाव कम गर्ने सर्वोपयुक्त उपायका रूपमा भने योग सिद्ध भइसकेको विषय हो ।

सन्तुलन बनाउन योग
तपाईंको गलत पोस्चरका कारण तपाईं बिस्तारै, बिस्तारै शरीरको सन्तुलन गुमाउँदै जानुहुन्छ र छिटपुट दुर्घटनाको सिकार बन्न सक्नुहुन्छ । अचानक कहीँ लड्नु, फ्याक्चर हुनु, मेरुदण्डमा दुखाइ हुनु, कतिपय अवस्थामा सन्तुलन कायम गर्न नसक्नुका कारणले पनि हुन्छन् । योगले तपाईंलाई सन्तुलन कायम राख्नमा ठूलो मद्दत गर्छ ।

रक्तसञ्चार प्रणालीमा सुधारका लागि योग
योगासन, प्राणायम तथा श्वास–प्रश्वासका उपयुक्त तरिकाको माध्यमबाट तपाईं शरीरमा रक्तसञ्चारलाई बेहत्तर बनाउन सक्नुहुन्छ । रक्तसञ्चार राम्रो भएमा शरीरका सबै अंगमा अक्सिजन पुग्नमा समस्या हुँदैन र तपाईंको छालामा सधैँ चमक रहिरहन्छ । यसले तपाईंका शरीरका सबै महत्त्वपूर्ण अंगलाई स्वस्थ राख्न मद्दत गर्छ ।

गर्भावस्थामा योग
गर्भवती भएको वस्थामा योग ज्यादै फाइदाजनक हुन्छ । गर्भवतीको अवधिमा चिकित्सकको सल्लाहमा सही तरिका अपनाएर गरिने योगासनले तपाईंलाई फिट राख्न मद्दत गर्छ । योगले थकान र तनावलाई दूर गर्नमा मद्दत गर्छ । यसले मांसपेशीहरूलाई शक्ति मिल्छ । योगले पाचनक्रियालाई संन्तुलित गर्नुका साथै नर्भस सिस्टमलाई पनि सन्तुलनमा राख्दछ । योगले गर्भवती भएको अवधिमा आउने अनेक समस्या, जस्तै, अनिद्रा, मेरुदण्डको दुखाइ, खुट्टाको दुखाइलगायत समस्यामा राहत दिन्छ ।
तर,
गर्भवती भएको अवस्थामा चिकित्सकको सल्लाहविना योग गर्नाले तपाईंको स्वास्थ्यमा नोक्सानी पनि पुग्न सक्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

योगासनबाट मोटोपन घटाउने विशेष अभ्यास

योगदर्शनमा मोटोपन घटाउने अनेक आसन र विधिको वर्णन पाइन्छ, जुन प्रयोगद्वारा सिद्ध छन् । हाम्रो प्राचीनतम विज्ञानले सिद्ध गरेका यस्ता विधिको प्रयोग र अभ्यासले विनाकुनै साइडइफेक्ट शरीरको वजनलाई सन्तुलनमा राख्न र अधिक वजनलाई आवश्यकस्तरमा ल्याउन सकिन्छ । यहाँ मोटोपन घटाउन उपयोगी दुई आसनबारे जानकारी दिइन्छ, जसको सही अभ्यासले सजिलै मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

द्विचक्रिकासन
उत्तानो परेर सुत्नुहोस् र हत्केलालाई भुइँमा दुई तिघ्राको नजिक राख्दै श्वासलाई रोकेर दायाँ खुट्टालाई पूरा माथि उठाएर बायाँ खुट्टाको घुँडालाई मोडी कुर्कुच्चालाई दायाँ खुट्टाको हिपको नजिक पार्दै साइकल चलाएझैँ गोलो गरी ८–१० पटकसम्म घुमाउनुहोस् । सके २५–३० पटकसम्म घुमाउनुहोस् । अर्को खुट्टालाई पनि भुइँमा नटेकाई यसरी नै घुमाउँदै अभ्यास गर्नुहोस् । थकान महसुुस भएमा हात–खुट्टालाई हल्का फैलाएर लम्पसार अवस्थामा केहीबेर विश्राम गर्नुुहोस् । त्यसपछि यो अभ्यासलाई पुनः विपरीत दिशाबाट दोहोर्याउनुहोस् । आराम गर्नुहोस् ।

अब दुवै खुट्टालाई एकसाथ साइकल चलाएझैँ चलाउनुहोस् । अब श्वास भित्र तानेर एउटा खुट्टालाई घँुडासम्म मोडेर छातीछेउ र अर्को खुट्टालाई भुइँमा फैलाउनुहोस् र पुनः छातीतर्फ ल्याउनुहोस् । यसरी नै पटक–पटक दुवै खुट्टालाई पालैपालो चलाउँदै ८–१० पटक वा सकेजति अभ्यास गर्नुहोस् ।

सावधानी : कम्मर तथा ढाडको दुखाइ, मुटुरोग तथा हर्नियारोगका समस्या भएका बिरामीले दुवै खुट्टाबाट यो आसनको अभ्यास नगर्नुहोस् ।
फाइदा : मोटोपन घटाउँछ । पेटलाई सुडौल र अन्द्राहरूलाई सक्रिय बनाउँछ । एक–एक खुट्टाले अभ्यास गर्नाले कम्मरको पीडा हराउँछ । कब्जियत, मन्दाग्नि, अम्लपित आदिलाई निर्मूल पार्दछ ।

पादवृत्तासन

उत्तानो परेर सीधा सुत्दै दायाँ–बायाँ खुट्टालाई पालै पालो उठाएर गोलाकार वृत्तमा ५–१० पटकसम्म घुमाउनुहोस् । थकाइ लाग्दा विश्राम गर्नुहोस् । पुनः दोहोर्याउँदै गर्दै जानुहोस् । एक–एक खुट्टाको अभ्यासपछि दुवै खुट्टालाई एकै साथ तल–माथि, दायाँ–बायाँ चारैतर्फ घुमाउँदै जानुहोस् ।

फाइदा : तिघ्रा, कम्मर तथा नितम्बमा बढेको बोसो घटाई पेटलाई हल्का, चुस्त र सुडौल पार्दछ । आन्द्रालाई सक्रिय तुल्याउँछ । कब्जियत, मन्दाग्नि, अम्लपित्त आदिलाई नाश गर्छ । यसैगरी हालसन, अर्धहलासन र उत्तानपादासनको अभ्यास गर्नाले पनि मोटोपन घटाउनमा सहयोग पुग्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

यसरी सम्भव छ ‘शान्ति र समृद्धिका लागि योग’

अच्युतशाली घिमिरे

संस्कृतको ‘युज्’ धातुबाट बनेको ‘योग’ शब्दको अर्थ हुन्छ– जोड्नु । आत्माको परमात्मासँगको मेल नै योग हो । महर्षि पतञ्जलिको योगदर्शनमा योगलाई यसरी परिभाषित गरिएको छ– योगश्चित्तवृत्तिनिरोधः । अर्थात्, चित्त(मन)का वृत्तिको निरोध नै योग हो ।

विश्व स्वास्थ्य संगठनको पूर्ण रूपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँछ । शान्तिका अग्रदूत गौतमबुद्धदेखि भगवान् शिव र हजारौँ ऋषिमुनिको साधनाभूमिका रूपमा रहेको नेपाल योगको उद्गमभूमिका रूपमा स्थापित छ । त्यसैले १ माघमा राष्ट्रिय योग दिवस मनाएर मात्र पुग्दैन, व्यक्ति, समाज र राष्ट्रको शान्ति र समृद्धिको यात्रामा योगको भूमिका के–के हुन सक्छन् भनी विचार–विमर्श हुनु जरुरी छ ।

शान्तिका लागि योग
शरीर, इन्द्रिय, मन र आत्माको संयोग नै आयु हो । आयुर्वेदअनुसार शरीरका सम्पूर्ण दोष, अग्नि, धातु, मल क्रियालाई ‘सम’ अवस्थामा राखेर आत्मा, इन्द्रिय र मनलाई प्रसन्न राख्नु नै स्वास्थ्य हो । विभिन्न मानसिक विकारहरूलाई नियन्त्रण गर्दै चेतनाको विस्तार गर्दै आत्मा र परमात्माको मेल गराउँदा योगमार्फत शान्ति प्राप्त हुन्छ । योगले विभिन्न आसन, प्राणायाम, ध्यान, समाधि, षट्क्रियामार्फत लोभ, मोह र क्रोधबाट मुक्त गराउन सक्छ । योगले अव्यावहारिक जीवनशैलीमा परिवर्तन गराउँदै खानपान, कुलत, तनावबाट मुक्त गराई मानिसमा असल जीवनयापनपद्धति विकास गर्छ । दीर्घकालीन एवम् नसर्ने रोगहरूको नियन्त्रण र उपचारमा उपयोगी योगले शरीरका विभिन्न दोषलाई निकालेर शुद्धीकरण प्रक्रियामा भूमिका निभाउँछ । यसरी सु–स्वास्थ्य एवम् साधनामार्फत योगले व्यक्ति, समाज र राष्ट्रमा शान्ति, सहिष्णुता, एकता, भ्रातृत्वको भावना जागृत गर्न मद्दत पुर्याउँछ ।

समृद्धिका लागि योग
प्राकृतिक सुन्दरता र मनोरम हिमशृंखलामा धनी देश नेपाल आदिकालदेखि ऋषिमुनि–तपस्वीहरूको साधनास्थलका रूपमा परिचित छ । आउँदै गरेको भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै विश्वभरि नै योगबारे महत्वपूर्ण प्रचार–प्रसार गरी योग पर्यटनमार्फत देशको समृद्धिको ढोका खोल्न सकिन्छ । काठमाडौं, पोखरा, चितवनजस्ता पर्यटकीयस्थलहरूमा योगाभ्यास गर्ने–गराउने योग तथा साधनाकेन्द्रहरू खोलेर सरकारले व्यवस्थित गर्नुपर्छ । साथै, योग र ट्रेकिङलाई जोडेर टुर प्याकेजहरू निर्माण गर्न सकेमा निजी व्यवसायीसमेत लाभान्वित हुन सक्छन् । योग प्रशिक्षकहरूको जीविकोपार्जन हुनुका साथै योग पर्यटनले विश्वमाझ नेपाललाई योगभूमिका रूपमा चिनाउनसमेत मद्दत पुर्याउँछ । योग चिकित्साअन्तर्गत रहेर नसर्ने रोगहरूमा उलेख्य प्रगति गर्न सके प्राकृतिक र सांस्कृतिक बनोटमा नेपालले प्रवाह गर्ने गुणस्तरीय स्वास्थ्यसेवाको सन्देशसमेत विश्वभर प्रवाह हुन सक्छ ।

योगासन र स्वस्थ जीवनशैलीतर्फ सबैको ध्यानाकर्षण गर्न सके स्वास्थ्योपचारमा राज्यको भारसमेत कम गराउन सकिन्छ । योग खेलकुदमार्फत विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भएर देशको नाम उच्च बनाउँदै खेलकुद पूर्वाधार विकासमा विदेशी लगानीसमेत भित्र्याउन सकिन्छ । योगशिक्षामार्फत विद्यालयतहदेखि नै योगलाई जोड्न सक्यौँ भने यसबाट मानिसको जीवनयापनमा परिवर्तन हुनुका साथै समुन्नत नेपालको कल्पना गर्न सकिन्छ । यसरी योगलाई पर्यटन, चिकित्सा, खेलकुद, शिक्षा, पूर्वाधार आदिसँग जोडेर हेर्दा राष्ट्रको समृद्धिको यात्रा सहज देख्न सकिन्छ । साथै, मानवविकास सूचकांकमा समेत अनुकरणीय प्रगति गर्दै यस यात्राले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यप्राप्तिसमेत टेवा पुर्याउन सक्छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान,
ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

राष्ट्रिय योग दिवस सप्ताहव्यापी, योगाभ्यास नसर्ने रोगबाट बच्ने सर्वोत्तम विधि

‘शान्ति र समद्धिका लागि योग’ भन्ने मूल नारासहित मंगलबार चौथो राष्ट्रिय योग दिवस–२०७५ मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रांगणसहित ७७ वटै जिल्ला तथा आयुर्वेदसम्बद्ध सबै संस्थाहरूमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको हो ।
स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ । पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विभिन्न योगाभ्यास गरे । कार्यक्रममा योगगुरु राजकुमार कार्कीले विभिन्न योगासन तथा प्राणायम गराएका थिए ।

कार्यक्रममा आयुर्वेद क्याम्पस कीर्तिपुरअन्तर्गत नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा आयोजित राष्ट्रिय योग दिवस २०७५ का अवसरमा योगसँग सम्बन्धित राष्ट्रिय नारा लेखन प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीलाई स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले पुुुरस्कार वितरण गरेका थिए । राज्यमन्त्री यादवले स्वस्थ रहनका लागि योग अत्यन्त उपयोगी भएको बताए । ‘योगाभ्यासले शरीरका सम्पूर्ण मांसपेशीमा निकै फाइदा पुर्याउँछ,’ उनले भने, ‘शरीरमा भएको ८० प्रतिशत ब्लकेजलाई योगाभ्यासले निकै फाइदा पुर्याउँछ भने नसर्ने रोगको रोकथामको एक मात्र उपाय योग गर्नु नै हो ।’

हाल विश्वभर कुल बिरामीको ६० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट ग्रस्त छन् । नसर्ने किसिमका रोगमध्ये पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट्छ । यस्ता समस्याबाट बच्न योग तथा अन्य शारीरिक व्यायाम अपरिहार्य छन् ।

कार्यक्रममा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वास्थ्यबारे जनचेतना तथा जागरण फैलाउन डेमो देखाउने उद्देश्यले योग दिवस मनाइएको बताए । अस्वस्थकर जीवनशैलीका कारण स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव हटाउन तथा नसर्ने रोगको निराकरणमा समेत योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयुर्वेद चिकित्सक डा. बाबुराज अमात्यले जानकारी दिए ।

चौथो राष्ट्रिय योग दिवस मनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका विभिन्न क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको थियो । माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी रूपमा कार्यक्रम गरी योग दिवस मनाइने भएको छ । वि.सं. २०३६ देखि नै सूर्यको उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गर्नेे संस्थाहरूको सहभागितामा योग दिवस मनाउन थालिएको थियो । यद्यपि, सरकारले भने ४ वर्षअघि मात्र राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको हो । ज्योतिषशास्त्रअनुसार १ माघदेखि उत्तरायण सुरु हुन्छ ।

योग र आयुर्वेदको उत्पत्ति मानिसको उत्पत्तिसँगै भएको मानिन्छ । योग मनोविज्ञानको उच्चतम प्राप्ति हो । आधुनिक मनोविज्ञान शरीर र मनसम्म मात्र सीमित छ भने वैज्ञानिक यौगिक मनोविज्ञानले मानिसको उच्चतम चेतनासम्मको अन्वेषण र खोज गरिरहेको हुन्छ । शरीर स्थिर राख्ने अभ्यासले मनको चञ्चलता हटेर जान्छ, स्थिर मन नै योगीमन हो, जहाँ आनन्दको अनुभूति गर्न सकिन्छ, जसका कारण सकारात्मक सोचको विकास हुनुका साथै मानसिक रूपमा तन्दुरुस्त बन्न सकिन्छ ।

एकाग्र मनलाई जुनसुकै सिर्जनशील कार्यमा लगाएर सफलता हासिल गर्न सकिन्छ । योग विभिन्न किसिमका रोगको उपचारमा सहयोगी विज्ञानको रूपमा पनि स्थापित छ । तर, योगको प्रयोग रोगोपचारभन्दा पनि स्वास्थ्यप्रवर्धनमा गर्नु उचित हुन्छ । आयुर्वेदका विभिन्न ग्रन्थमा योगको व्याख्या गरेको पाइए पनि योग आयुर्वेदको समानान्तर विज्ञानका रूपमा विकास भएको पाइन्छ ।

योग गर्न चाहनेले प्रारम्भिक अवस्थामा कुशल योग प्रशिक्षकको सहायतामा विभिन्न योगासन सिक्नु जरुरी हुन्छ । कहीँ–कतै योगको गलत प्रयोग भएको भए त्यसलाई यथाशक्य छिटो सुधार्नु आवश्यक छ । दीर्घरोगीले कुनै औषधि लिएको भए चिकित्सकको सल्लाहबमोजिम चल्नु आवश्यक हुन्छ । दैनिक नियमपूर्वक योग गरेमा स्वास्थ्य र तन्दुरुस्ती प्राप्त हुने कुरालाई परापूर्वकालदेखि नै सिद्ध मानिन्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कब्जियतका लागि योग


कब्जियतमा फाइदा पु-याउने प्रमुख आसनहरू : 
धनुरासन, भुजङ्गासन, पवनमुक्तासन, नौकासन, बालासन, उष्ट्रासन, शशकासन, नाभ्यासन आदि ।
चन्द्रासन र त्रिकोणासन पनि उत्तिकै लाभदायक छन् । यीमध्ये केही आसनबारे ग्यास्ट्रिक रोगको उपचारमा जानकारी दिइएको छ । बाँकी आसनहरूको अभ्यास विधिबारे जानौँ :

धनुरासन
घोप्टो सुती दुवै खुट्टालाई घुँडाबाट मोडेर कुर्कुच्चालाई नितम्बमाथि राख्नुहोस् । घुँडा र पैतालालाई मिलाएर राख्नुहोस् । अब दुवै हातले खुट्टाका गोलीगाँठोछेउमा समाती श्वास भित्र भरेर घुँडा तथा तिघ्रालाई क्रमशः उठाउँदै माथितिर तन्काउनुहोस् । हात सीधा राख्नुहोस् । यसो गर्दा नाभि तथा पेटको भाग भुइँमा र पेटमाथिको भाग छाती, घाँटी तथा टाउकोलाई माथि उठाउनुहोस् । यसो गर्दा नाभि तथा पेटछेउछाउका भाग भुइँमा र बाँकी भाग उठेको हुनुपर्दछ । यसो गर्दा शरीरको आकृति धनुषजस्तो हुनुपर्दछ । यो स्थितिमा १०–१५ मिनेटसम्म बस्नुहोस् । अब श्वासलाई छोड्दै क्रमशः सुरुको अवस्थामा आउनुहोस् । श्वास–प्रश्वास सामान्य भएपछि अर्काेपटक पनि अभ्यासलाई दोहो¥याउनुहोस् । यसरी ३–४ पटकसम्म अभ्यास गर्नुहोस् ।

पूर्ण धनुरासन
घोप्टो सुती दुवै खुट्टालाई मोडेर पछाडिबाट हातले दुवै खुट्टाका बूढीऔँला समाउनुहोस् र श्वास भित्र तान्दै हात, गर्दन तथा टाउकोको बलले खुट्टालाई भुँइबाट माथि उठाउनुहोस् । त्यसपछि केहीबेर स्थिर रही श्वास छोड्दै सुरुकै अवस्थामा आउनुहोस् । यो अभ्यासलाई ८–१० पटकसम्म दोहो-याउनुहोस् ।

अन्य फाइदा :
यो आसनले महिलाको महिनावारी गडबडी, कम्मरको दुखाइ तथा पेटसम्बन्धी रोगमा लाभ पु¥याउँछ । मर्गौलालाई पुष्ट बनाई मेरुदण्डलाई स्वस्थ तथा लचिलो बनाउँछ ।

उष्ट्रासन


वज्रासनको स्थितिमा बसेर कुर्कुच्चालाई माथि उठाउँदै त्यसमा दुवै हात राख्नुहोस् । अब घुँडाले भुँइमा टेकेर श्वास लिँदै टाउको एवं घाँटीलाई पछाडि मोडेर कम्मरलाई माथि उठाउनुहोस् । सकेजति पछाडितिर झुकेर श्वासलाई केहीबेर रोक्दै स्थिर रहनुहोस् । त्यसपछि श्वास छोड्दै कुर्कुच्चामा बस्नुहोस् । यो अभ्यासलाई ८–१० पटकसम्म जारी राख्नुहोस् ।

अर्धचन्द्रासन


उष्ट्रासनको स्थितिमा घुँडा टेकेर उभिई दुवै हातलाई बाँधेर छातीमा राख्नुहोस् । अब श्वास तान्दै गर्दन तथा टाउकोलाई पछाडितिर झुकाउँदै कम्मर तथा छातीमाथिको भागलाई माथितिर तन्काउनुहोस् । अब टाउकोलाई पछाडितिर झुकाएर कुर्कुच्चामा छुनुहोस् । यो पूर्ण चन्द्रासन हुन्छ ।

फाइदा :
यसले सर्वाइकल, सियाटिका आदि रोग भगाउँछ । फोक्सोको प्रकोष्ठलाई सक्रिय बनाउँछ । स्वरतन्त्र, मेरुदण्डको समस्त रोगमा, थायराइड गन्थिका लागि, दम तथा श्वास–प्रश्वास प्रणालीका लागि लाभदायक छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै