भरतपुर अस्पतालमा डेढ महिना नपुग्दै मेसु परिवर्तन

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट फेरी परिवर्तन भएका छन । स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेण्ट मेडिकल जनरलिष्ट (एघारौँ तह) डा. श्रीराम तिवारीलाई नयाँ मेडिकल सुपेरीटेन्डेन्ट नियुक्त गरेको हो ।

तत्कालिन मेसु डा. कृष्ण पौडेललाई हटाएर डा. विश्ववन्धु बगालेलाई मेसु बनाएको डेढ महिनामा नै मन्त्रालयले तिवारीलाई मेसु बनाएको हो ।
असार १३ गतेको मन्त्रीस्तरिय निर्णयबाट तिवारीलाइ भरतपुर अस्पताल चितवनको प्रमुख मेसुको जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भरतपुर अस्पतालमा डेढ महिना नहुँदै नयाँ मेसु नियुक्त गरेको हो । तिवारी भरतपुर अस्पतालको ४० औँ मेसुका रुपमा आउँदै छन् ।
यस अघि भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगालेलाई मन्त्रालयले मेसुको जिम्मेवारी दिएका थिए । डा. बगालेले मेसुको जिम्मेवारी जेठ २ गतेबाट सम्हालेका हुन् ।

यो पनि पढ्नुस्

भरतपुर अस्पतालमा एक वर्षमा फेरिए तीन मेसु, डाक्टरको काँधमा नेताका बन्दुक !

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

रतन्धो : कारण, लक्षण र उपचार

रातको समयमा आँखा नदेख्नुलाई रतन्धो भनिन्छ । अहिले रतन्धोरोग साझा समस्याका रूपमा देखिएको छ । यो वंशानुगत कारणले बढी लाग्ने गर्छ ।

वंशानुगत कारणले लाग्ने आँखारोगका ३ प्रकार हुन्छन्– १. अटोसमो डोमिनेन्ट
२. अटोसमो रिसेसिब
३. अटोसमो सेक्सलिन
रतन्धो भिटामिन एको कमीबाट पनि हुने गर्छ । भिटामिन एको कमीबाट हुने रतन्धोरोग भिटामिन एयुक्त खानेकुराहरूको सेवनपश्चात् हराउने गर्छ । तर, वंशानुगत कारणले हुने रतन्धो भने निको हुन सक्दैन । रतन्धो भएका बच्चा साँझको समयमा हिँडडुल गर्न मान्दैनन् ।
रातको समय बच्चा प्रायः यताउति जान नरुचाईकन घरमै बस्न खोजेमा आमाले बच्चालाई रतन्धो भएको थाहा पाउन सक्छिन् । तर, रतन्धोरोग लागेका बच्चालाई भने मैले आँखा देख्दिन भन्ने थाहा हुँदैन । १० वर्षभन्दा माथिका कतिपय बच्चालाई भने आफूलाई उक्त रोग लागेको महसुस हुने गर्छ ।
वंशानुगत कारणले लाग्ने सेक्सलिन नामक रतन्धो प्रायः १ वर्षदेखि नै सुरु हुने गर्छ । त्यसैगरी, ‘डोमिनेन्ट’ भने वयष्क हुँदै जाँदा लाग्ने गर्छ । सामान्यतया रतन्धोरोग वंशानुगत कारणले लाग्ने भए पनि त्यसबाहेक खाना तथा भिटामिन एको कमीका कारण पनि लाग्ने गर्छ । आँखाको दृष्टिपर्दामा लाग्ने अन्य रोगका कारण पनि रतन्धो हुने गर्छ ।

रतन्धोरोगका कारण–
– वंशानुगत ।
– भिटामिन एको कमी ।
– आँखाको दृष्टिपर्दामा लाग्ने रोग ।

नेपाल सरकारले वेला–वेलामा पोलियाउे तथा भिटामिन एको कमीका कारण हुने रतन्धो नियन्त्रण तथा हटाउनका लागि भिटामिन ए क्याप्सुल वितरण गरिरहेको हुन्छ । त्यसले भिटामिन एको कमीबाट हुने रतन्धोरोग निको पार्नमा सहयोग पु¥याउँछ । अस्पतालमा उपचारका क्रममा आउँदा भिटामिन एको कमीका कारण भएको रतन्धो निको हुन सक्छ ।
आँखाको दृष्टिपर्दामा आएको खराबीका कारण रतन्धो लागेको हो भने पनि रेटिनाको उपचार गरेपछि रोग निको हुन्छ । वंशानुगत कारणले रतन्धो भएको हो भने जति लामो समय भयो, त्यति नै आँखामा अन्य प्रकारका समस्या पनि देखापर्दै जान्छन् । जस्तै, आँखाको पर्दामा समस्या आउँछ, जसको उपचार हुन सक्दैन ।

लक्षण
उमेरअनुसार रतन्धोका लक्षण पनि फरक–फरक पाउन सकिन्छ । जस्तै, बच्चालाई रतन्धो लागेको छ भने–
– आँखाको सेतो भागमा साबुनको फिँजजस्तै देखिन्छ ।
– बच्चाले आँखा माडिरहन्छ ।
– साँझ परेपछि बच्चाको दौडधुप कम हुँदै जान्छ ।
वयष्कहरूमा पनि रातको समयमा हिँडडुल गर्न, मोटरसाइकल तथा गाडी चलाउन असहज महसुस हुन्छ ।

उपचार
– कुपोषण अर्थात् भिटामिन एको कमीका कारण रतन्धोरोग लागेको हो भने भिटामिन एयुक्त खानेकुराहरू खाएमा उक्त रोग निको हुन्छ ।
– यदि, वंशानुगत कारणले रतन्धोरोग लागेको हो भने त्यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन ।
– रतन्धोको शल्यक्रिया अभ्यासका लागि भएको भए पनि आमबिरामीमा भने अहिलेसम्म कुनै शल्यक्रिया भएको छैन ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै