मेची अञ्चल अस्पताल

झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसियू कक्ष सिल गरिएको छ। शनिबार अस्पताल भर्ना भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि आइसियू कक्ष सिल गरिएको हो। आइसियू कक्ष सिल गरिएसँगै अस्पतालमा कार्यरत चिकित्सक सहित २५ जना क्वारेन्टाइनमा बसेका छन्। अस्पतालमा कार्यरत दुई जना फिजिशियन, तीन जना मेडिकल अधिकृत, आइसियूमा कार्यरत आठ...