पाकिस्तानको कराची सहरमा दूषित ग्यास फैलिँदा १४ जनाको मृत्यु

हावामा एकाएक दूषित ग्यास फैलिएपछि पाकिस्तानको कराची सहरमा १४ जनाको मृत्यु भएको छ। सयौं मानिस घाइते भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
अहिलेसम्म यो ग्यास कहाँबाट कसरी हावामा फैलियो भन्नेबारेमा केही पत्ता लागेको छैन।

कराची सहरको केमारी इलाकामा यो ग्यास फैलिइरहेको छ। गत आइतबारदेखि फैलिएको यो ग्यासका कारण अहिले सहरका मानिसलाई सास फेर्नै मुस्किल भइरहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ।
अधिकांश मानिसमा श्वासप्रश्वासमा समस्या देखिएको छ । आँखा, घाँटी तथा नाकमा जलन हुनेजस्ता समस्या देखिएका छन् । अस्पतालमा यस्ता बिरामी बढिरहेका छन्।

सिन्ध प्रान्तका नगरपालिकामन्त्री नासिर हुसेन साहले कुन ग्यास कहाँबाट कसरी लिक भएर हावामा मिसियो भन्नेबारे अनुसन्धान सुरु भएको बताएका छन्।
उनका अनुसार कराची विश्वविद्यालयको ल्याबमा नमुना परीक्षण भइरहेको छ। प्रारम्भिक चेकजाँचका क्रममा त्यहाँको हावामा नाइट्रेट अक्साइड तथा नाइट्रोजनडाइअक्साइडको मात्रा धेरै भेटिएको छ।

ल्याबमा बन्दरगाहको सहतमुनि तथा बाहिरबाट आएको पानी, धुलो र माटोको नमुना परीक्षण भइरहेको बताइएको छ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागका डाक्टर जफर मेहदीका अनुसार १४ जनाको सोही ग्यासका कारण मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

भरतपुर अस्पतालमा ‘सुसार’ कार्यक्रम सुरु, नवजात शिशु मृत्युदर ५०% घटाउने लक्ष्य

मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन चितवनमा ‘सुसार’ कार्यक्रम सञ्चालन गरिएको छ । गोल्डेन कम्युनिटी र भरतपुर अस्पतालको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

मातृ तथा नवजात शिशु स्याहारमा गुणस्तरीय सेवाबारे सर्वसाधारणसक्षम जानकारी पुर्याउन भरतपुर अस्पतालमा दुई वर्षसम्म सुसार कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक रेजिना गुरुङले जानकारी दिइन् ।

कार्यक्रमले गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालहरूमा विद्यमान मातृ तथा शिशु स्याहार सेवामा ज्ञान, सीप तथा प्रविधिको प्रयोगमार्फत गुणस्तर अभिवृद्धि गरी नवजात शिशु मृत्युदरमा कमी ल्याउने विश्वास गुरुङले व्यक्त गरिन् ।  ‘भरतपुर अस्पतालमा अहिले पनि नवजात शिशु मृत्युदर कमै छ । यसलाई थप प्रभावकारी बनाउन हामी सक्दो प्रायास गर्नेछौँ,’ उनले भनिन्, ‘दुई वर्षको अवधिमा नवजात शिशु मृत्युदर ५० प्रतिशत घटाउने लक्ष्य राखेका छौँ ।’

कार्यक्रमका लागि आवश्यक रकम गोल्डेन कम्युनिटीले बेहोर्नेछ छ । कार्यक्रमबाट तालिम र सुपरिवेक्षणद्वारा मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने उनले बताइन् । ‘स्वास्थ्यकर्मी र आमाले शिशुको स्याहारमा ध्यान नदिँदा संक्रमण बढ्ने गर्छ,’ उनले भनिन्, ‘त्यसलाई मध्यनजर गर्दै आवश्यक उपकरण र तालिम प्रदान गर्नेछौँ ।’ जवजात शिशुको मृत्युमध्ये १९ प्रतिशत संक्रमणका कारण हुने गर्छ ।

कार्यक्रममार्फत भ्रूणको मुटुको धडकन जाँचका लागि मोयो, नवजात शिशुको धडकन जाँचका लागि नियोबिट तथा जन्मँदा श्वास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वास–प्रश्वास गराउन अपराइट ब्याग–मास्कजस्ता आधुनिक उपकरणको सेवा बढाउने लक्ष्य राखिएको छ ।

गैरसरकारी संस्था गोल्डेन कम्युनिटीले चितवनसहित देशका आठवटा सरकारी अस्पतालमा यो कार्यक्रम सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेशअन्तर्गत भरतपुर अस्पतालमा मात्र यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कोसी अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालमा सुसार कार्यक्रम सञ्चालन गरिएको गोल्डेन कम्युनिटी सञ्चार विज्ञ सिर्जना शर्माले जानकारी दिइन् ।

उनका अनुसार सबैभन्दा धेरै सुत्केरी गराउने केन्द्रीय अस्पताल (केन्द्र सरकारमातहतको) बाट छनोट गरी भरतपुरमा कार्यक्रम सुरु गरिएको हो । भरतपुर अस्पतालमा कार्यक्रम सञ्चालन गर्न ४ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सरकारले हालको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य राखेको छ । सरकारको योजना सफल पार्न यस्ता कार्यक्रमले महŒवपूर्ण भूमिका खेल्ने शर्माले बताइन् ।

नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मने गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणको तथ्यांकले देखाएको छ । त्यसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मने र करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मृत्यु हुने गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणलाई उद्धृत गर्दै शर्माले बताइन् । महिना नपुगी जन्मनु, जन्मनासाथ श्वास फेर्न नसक्नु तथा संक्रमणका कारण नवजात शिशुको मृत्यु हुने गरेको छ । त्यसमध्ये महिना नपुगी जन्मका आधारमा मत्यु हुनेको संख्या ३१ प्रतिशत छ । विभिन्न कीटाणुको संक्रमणका कारण १९ प्रतिशतको मृत्यु हुने गरेको छ ।
नवजात शिशु मृत्युमा सबैभन्दा कमजोर अवस्था प्रदेश २ को छ । प्रदेश २ मा हजार जन्ममा ३१ जनाको मृत्यु हुने गरेको छ । सबैभन्दा कम वाग्मती प्रदेशमा १८ जना प्रतिहजार छ ।

कार्यक्रमपश्चात् नवजात शिशु तथा मृत जन्मने शिशुको संख्यामा कमी ल्याउने लक्ष्य लिइएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

‘सुरक्षित तरिकाले स्वस्थ बच्चा जन्माएर आमाले घर लैजाऊन् भनेरै यो कार्यक्रम सञ्चालन भएको छ,’ डा. तिवारीले भने, ‘यस कार्यक्रमले आवश्यक उपकरण पनि थप गर्ने हुँदा नवजात शिशुको मृत्युदर क्रमशः घट्ने विश्वास लिएको छु ।’  चेतनाको कमी प्रशासनिक कमजोरी र आर्थिक अभावका कारण नवजात शिशुको मृत्यु हुने गरेको उनले बताए ।

अहिले भरतपुर अस्पतालमा मातृ तथा नवजात शिशु मृत्युदर घट्दै गएको भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. युवानिधि बर्सौलाले जानकारी दिए । उनका अनुसार गत वर्ष १३ हजार ५ सय ४५ जनाले भरतपुर अस्पतालमा सुत्केरी गराएकोमा २ सय १८ शिशुको मृत्यु भएको थियो । त्यसमध्ये १ सय ४५ शिशु मृत जन्मिएका थिए भने ३३ को उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको ६ महिनामा १ सय ४ जना नवजात शिशुको मृत्यु भएको छ । त्यसमध्ये ९० मृत जन्मिएका थिए भने १४ को उपचारका क्रममा मृत्यु भएको थियो ।

नवजात शिशु मृत्युदर घटाउन भरतपुर अस्पतालले मायाको न्यानो अँगालो (कंगारु) सेवा र आइसियू कक्षको सुरुवात गरेको छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना कहर : चीन बाहिर पनि संक्रमितको मृत्यु

चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण चीन बाहिर संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो।

चीनको उहानबाट गत जनवरी २१मा हङकङ हुँदै फर्किएका थिए। ४४ वर्षीय ती पुरुष ३८ वर्षीया एकजना चिनियाँ महिलासँगै थिए।

ती दुबैजना फिलिपिन्सको अस्पतालमा चिकित्सकले उपचार गरिरहेका थिए।

यो सँगै कोरोना भाइरसको संक्रमणले ३ सय ५ जनाको मृत्यु भएको छ भने चीन सहित विश्वका कयौं देशमा १४ हजार ४ सय भन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

नेपाल र छिमेकी भारतमा पनि एक एक जना संक्रमित भेटिएको पुष्टि भएको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

कोरोना भाइरसको कहरः १ सय ६ जनाको मृत्यु, ४ हजार ५ सय संक्रमित

चीनको उहान सहरमा फैलिएको नेबेल कोरोना भाइरसबाट संक्रमित १०६ जनाको मृत्यु भएको छ।

दिनहुँ जसो नयाँ बिरामी र मृत्यु हुनेको संख्या बढिरहेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ६ जना पुगेको पुष्टि गरेको हो।

अहिलेसम्म चीनलगायत विभिन्न देशमा गरी ४ हजार ५ जनाभन्दा बढी मानिसमा यो भाइरसको संक्रमणको पुष्टि भइसकेको छ।

तीमध्ये नेपालमा एकजनालाई यो भाइरसको पुष्टि भएको छ।

अघिल्लो साता हुवेइ प्रान्तको उहान सहरबाट फर्किएका एक ५० वर्षीय चिनियाँको बेइजिङमा मृत्यु भएपछि यो भाइरसको पुष्टि भएको थियो।

चीनबाहेक अन्य देशमा भने यो भाइरसका कारण संक्रमितको मृत्यु पुष्टि भएको छैन।

चीनको उहान सहर पूरै सुनसान भएको छ। सरकारले त्यहाँबाट मानिसलाई बाहिर जान र सहर पस्नका लागि प्रतिवन्ध लगाएको छ।

उहान सहरमा सबै उडानहरु बन्द गरिएका छन्।

सडकमा गाडीहरु चलेका छैनन्।

मानिस पनि बाहिर निस्किएका छैनन्।

बेला बेलामा बज्ने एम्बुलेन्सका साइरनबाहेक सहर पूरै सुनसान छ।

उहान नजिकैको सामुद्रिक माछा बजार छ। त्यही बजारमा किनबेच गर्न राखिएका सामुद्रिक जीवबाट यो भाइरस मानिसमा सरेको हुनसक्ने आशंका गरिएको छ।

बेइजिङलगायत कयौं सहरमा सरकारले आगामी फेव्रुअरी १० सम्मका लागि मेडिकल क्षेत्रबाहेक अन्य सबैजसो कार्यालयहरु बन्द गर्न भनेको छ।

चीन सरकारले देशभरबाट करिब ६ हजार स्वास्थ्यकर्मीहरुलाई उहान सहरमा पठाएको छ।

त्यहाँ अहिले ४ हजार स्वास्थ्यकर्मी खटिइरहेका छन्। थप १ हजार ८ सय स्वास्थ्यकर्मी मंगलबार साँझसम्म पुगिसक्ने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।

सहरभरि दश हजार हस्पिटल बेड संक्रमितका लागि सुरक्षित गरिएको छ। भाइरस संक्रमितको उपचारका लागि सरकारले १ हजार र १८ सय बेडका अस्पताल एकसातामै बनाइसक्ने घोषणा गरिसकेको छ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

हिटर प्रयोगमा असावधानीले ८ भारतीय पर्यटकको गयो ज्यान, कोठा तताउँदा अपनाउनुहोस् यी सावधानी

नेपाल भ्रमणमा आएका ८ भारतीयको हिटर प्रयोगमा विवेक नपुर्याउँदा ज्यान गएको छ । सोमबार राति मकवानपुरको दामनस्थित एभरेस्ट पानोरोमा रिसोर्टको एक कोठामा हिटर बालेर सुतेका उनीहरू मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए ।  हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स हस्पिटल ल्याइएका आठैजनालाई अस्पतालले मंगलबार मध्याह्न १२ बजे मृत घोषणा गरेको छ । मृत्यु हुनेमा दुई बालक र दुई बालिकासमेत छन् । उनीहरू २ परिवारका सदस्य रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूसँगै घुम्न आएका अन्य ७ भारतीय भने अर्को कोठामा सुतेका कारण सुरक्षित छन् ।

छुट्टीको मौका पारेर भारतको केरलाबाट पोखरा हुँदै दामन घुम्न आएका उनीहरू सोमबार नै पानोरोमा रिसोर्ट पुगेका थिए । बा.३क ३६८८ नम्बरको बसमा आएको १५ जनाको भारतीय टोलीले पानोरोमामा ४ वटा कोठा बुक गरेको थियो । तीमध्ये एउटा कोठामा सुतेका ८ जनालाई बिहानसाढे ९ बजे बेहोस अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुने सबै भारत केरलाका हुन् । मृत्यु हुनेमा अन्दाजी ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय वैष्णव र ९ वर्षीया बन्द्राको मृत्यु भएको खुलेको छ ।

गेस्ट बस्ने कोठामा हिटर उपलब्ध छैन, कसरी भयो दुर्घटना ?
पानोरोमा रिसोर्टमा गेस्ट बस्ने कुनै पनि कोठामा हिटरको सुविधा नभएको रिसोर्टले जनाएको छ । रिसोर्टका अनुसार गए राति भारतीय बसेका केठामा पनि हिटर थिएनन् । उनीहरूले लिएका ४ वटामध्ये ८ जना बसेको एउटा कोठाका भारतीयले मध्यराति उठेर रिसोर्टसित हिटर मागेका थिए । कोठामा बालबालिका पनि सुतेको र जाडो अत्यधिक भएका कारण निकै गाह्रो भएको भन्दै उनीहरूले करिब १ बजे रिसोर्टका कर्मचारीलाई उठाएका थिए । कोठामा हिटर दिन नमिल्ने कर्मचारीले बताउँदाबताउँदै उनीहरूले बल गरेर ठूलो हिटर लिएर गएको रिसोर्टको भनाइ छ ।

बिहान रिसोर्टका कर्मचारी चियाका लागि बोलाउन जाँदा केठाबाट कुनै प्रतिक्रिया नआएपछि कोठा फोरेर हेरेको रिसोर्ट बताउँछ । करिब साढे ९ बजे कोठा खोलेर हेर्दा सबै ८ जना बोहोस र हिटर बलिरहेको अवस्थामा भेटिएपछि रिसोर्टले प्रहरीलाई खबर गरेको थियो । झ्यालढोका पूरै बन्द गरेर हिटर बालेर उनीहरू निदाएका थिए । प्रहरीको आगमनपछि बेहोस अवस्थामा रहेका आठैजनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइए पनि कसैको पनि ज्यान बच्न सकेन ।

हिटरलगायत कोठा तताउने सामग्री प्रयोगका जोखिम र सावधानी
जाडो मौसममा कोठा तताउनका लागि प्रयोग गरिने सामग्रीका कारण प्रतिवर्ष सयौँले ज्यान गुमाइरहेका छन् । हिटिङ उपकरण वा सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा नै यस्ता पीडादायी घटना घट्ने गरेका छन् । त्यसैले यस्ता सामग्रीको पूर्ण विवेक र सावधानीपूर्वक मात्र प्रयोग गर्नु आवश्यक छ ।

कोठा तातो पार्न झ्याल–ढोका बन्द गरेर ग्यास वा इलेक्ट्रिक हिटर, कोइला, ब्रिकेटलगायत सामग्री बालेर सुत्नु आत्महत्या गर्नुसरह हो । यस्ता सामग्री बाल्दा कोठाको अक्सिजन नष्ट हुन्छ र श्वासप्रश्वासमा समस्या हुन्छ । बन्द कोठामा लामो समय यस्ता सामग्री बालेर छोड्दा कोठाको सम्पूर्ण अक्जिसन नष्ट हुने र बाहिरबाट आउन नपाउने हुँदा कोठाभित्रको मानिस सुरुमा बेहोस हुने र पछि थाहै नपाई उसको मृत्यु हुने गर्छ ।

हिटरलगायत बल्ने सामग्री प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुने र कार्बनडाइअक्साइडको मात्रा बढ्ने डा. अनुरूप बास्तोला बताउँछन् । ‘लामो समयसम्म बन्द कोठामा आगो बाल्दा तथा तापक्रम बढ्दा अक्सिजन घट्नुका साथै कार्बन मोनोअक्साइडसमेत बन्छ ,’ डा. बास्तोला भन्छन्, ‘यसले रगतमा अक्सिजनको मात्रामा कमी आई मानिस बेहोस हुन्छ र उसको मृत्युसमेत हुन्छ ।’

राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यस्ता दुर्घटना निम्तिने गर्छन् । यसबाट निस्किने धुवाँमा कार्बन मोनोअक्साइड ग्यास हुन्छ । यसले अक्सिजनको मात्रा कमी आई मुटुको चालसमेत बन्द भएर मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । कार्बन मोनोअक्साइडले मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्नेजस्ता समस्या हुन्छन् र निस्सासिएर मानिस बेहोस हुन्छ ।

हिटर तथा कोठा तताउन प्रयोग गरिने अन्य सामग्री बालेर कहिले पनि निदाउन नहुने सुझाब डा. बास्तोलाको छ । ‘यस्ता साम्रगी बालेर सुत्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ,’ डा. बास्तोला भन्छन्, ‘छालाका लागि पनि हिटर राम्रो मानिँदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुक्खा हुने हुन्छ ।’

हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ । तर, लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकाशले हाम्रो आँखालाई असर पुर्याउँछ । यसले आँखाको ज्योति कमजोर बनाउनुका साथै आँखा सुक्खासमेत बनाउने चिकित्सक बताउँछन् । नजिकै बसेर हिटर ताप्नुहुँदैन । सकेसम्म १० सेन्टिमिटर टाटा राखेर हिटर ताप्ने गर्नुपर्छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष काठमाडौं उपत्यकामा मात्रै आगलागीका कारण पाँचजनाको मृत्यु भयो भने ७५ जना घाइते भए । घटनाबाट १ सय ९१ जना प्रभावित बने । यसका कारण १६ करोड ५७ लाख ३८ हजार नौ सय १५ रूपैयाँबराबरको सम्पत्ति नष्ट भएको तथ्यांक छ ।

हिटर तथा अन्य सामग्री बाल्दा अपनाउनुहोस् यस्ता सावधानी
१. आफूबाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । बन्द कोठामा हिटरबाट उत्पन्न हुने कार्बन मोनोअक्साइड ग्यास मानिसका लागि निकै हानिकारक हुन्छ ।
२. हिटरनजिकै बसेर ताप्दा आँखाको ज्योति कमजोर हुनुका साथै आँखा तथा छाला सुक्खा हुन्छ । त्यसैले नजिकै राखेर हिटर नताप्नुहोस् । कम्तीमा १० सेन्टिमिटर टाढा राख्नुहोस् ।
३. हिटरनजिक छिटो जल्नेखालका कुनै पनि सामग्री नराख्नुहोस् । कागज, ब्ल्यांकेट, कपडा, दाउरालगायत सामग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।
४. हिटरलाई एकोहोरो नबालेर समय–समयमा बन्द गर्नुहोस् । हिटर बालेका वेला ढोका र झ्याल खुला राख्नुहोस् ।
५. हिटर, कोइला, आगो, गुइँठालगायत कोठा तताउने कुनै पनि सामग्री बालेर ननिदाउनुहोस् । यसले तपाईंको ज्यानै लिने खतरा हुन्छ ।
६. सम्पूर्ण रूपमा बन्द कोठाभित्र कहिल्यै हिटर नबाल्नुहोस् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

उपचारका क्रममा मृत्युले सेती अस्पतालमा तनाव, सर्वपक्षीय छलफलपछि पीडित पक्ष शव उठाउन राजी

 

पेट दुखेर अस्पताल भर्ना भएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालको वातावरण तनावग्रस्त बन्यो । कैलालीको गौरीगंगा नगरपालिका–६ का ४० वर्षीय गगनसिंह कुँवरको उपचारका क्रममा मृत्यु भएपछि गए राति मृतकका आफन्तले विरोध जनाएका हुन् ।

बुधबार बिहान ११ बजे पेट दुखेपछि सेती अस्पतालमा भर्ना भएका कुँवरलाई बेलुकी ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसको केहीबेरमा २५–३० जनाको संख्यामा आएका मृतकका आफन्तले उपचारमा डाक्टरले लापरबाही गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

अस्पताल र मृतकका अफन्तबीच सहमति खोज्न बिहीबार बिहान ८ बजे सर्वपक्षीय बैठक बसेको छ । अस्पतालको पहलमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अधिकारीहरू, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा चिकित्सकहरू, प्रशासनका प्रतिनिधि तथा मृतकका आफन्तबीच छलफल भएको हो ।

पीडित पक्षले मृतकका छोराछोरीलाई पढाइ खर्च दिनुपर्ने र उपचार निःशुल्क हुनुपर्ने, उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्नेलगायत माग राखेको छ । छलफलमा पीडितको मागप्रति अस्पताल साकारात्मक देखिएपछि मृतकका आफन्त शव उठाउन राजी भएका छन् ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै