बढी समय स्क्रिनमा बिताउनु मुटुका लागि खतरा : अध्ययन

एजेन्सी– तपाईंका बच्चा अत्यधिक मोबाइल, कम्प्युटरमा समय बिताउँछन् । त्यसो हो भने बच्चालाई नियन्त्रण गर्नुपर्ने समय आएको छ । अत्यधिक समय स्क्रीनमा बिताउने बालबालिकालाई भविष्यमा मुटुको समस्या निम्तन सक्छ । अमेरिकन हर्ट एशोसियसनले आफ्नो पछिल्लो अध्ययनबाट यो सुझाव दिएको हो । अझ किशोर उमेरका बालबालिकाले त दिनमा बढीमा दुई घण्टाभन्दा बढी मोबाइल, कम्प्युटर हेर्न नहुने एशोसियसनको भनाइ छ ।

एक तथ्यांक अनुसार आजकाल ८ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरहरुले स्मार्टफोन, ट्याब्लेट तथा भिडियो गेममा दैनिक ७ घण्टासम्म बिताउछन् ।

एशोसियसनका प्रवक्ता एवं पेडियाट्रिक सर्जन डा. स्टीफन डानियल्स भन्छन, ‘स्क्रीनको बढीप्रयोग मोटोपनासँग सम्बन्धित छ, जसले उच्च रक्तचाप र उच्च कोलेस्टेरोल निम्त्याउन सक्छ ।’ सानो उमेरमा यस्ता समस्या भएका बालबालिकालाई पछि ठूलो भएपछि दोहोरिने सम्भावना अधिक हुने चिकित्सकहरु बताउछन् ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका लागि सन्चार तथा मिडिया काउन्सिलका अध्यक्ष डा. डेभिड हिल भन्छन्, ‘मुटुको स्वास्थ्य बच्चैदेखि सुरु हुने हो, त्यसैले मुटु रोगका हरेक मुद्दालाई अमेरिकन हर्ट एशोसियसनले निगरानी गर्नुपर्छ ।’
एशोसियनका विज्ञहरुले मुटु रोग, स्ट्रोक र स्क्रीनमा बालबालिका र किशोरहरुले बिताउने समयको सम्बन्धकाबारेमा २० वर्ष लगाएर अध्ययन गरे । त्यसक्रममा के निष्कर्ष निस्कियो भने जब टेलिभिजन हेर्ने क्रम कम हुन्छ, मोबाइलको स्क्रीनमा बिताउने समय कम हुन्छ, समग्र स्वास्थ्य समस्या पनि कम हुन्छ ।
एक तथ्यांक अनुसार आजकाल ८ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरहरुले स्मार्टफोन, ट्याब्लेट तथा भिडियो गेममा दैनिक ७ घण्टासम्म बिताउछन् ।

-सीएनएन

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

स्कुले बालबालिकामा मुटुको बाथरोगको प्रभाव

रोगको परिचय
मुटुको बाथरोग भन्नाले मुटुको भल्भ तथा मांसपेशीमा क्रप अ बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकसको संक्रमणपश्चात् देखिने असरलाई बुझ्ने गरिन्छ । सामान्यतया घाँटी तथा छालाको ब्याक्टेरियल (ग्यास) संक्रमणपश्चात् २–३ हप्तामा मुटुको बाथज्वरो देखापर्छ । यदि बाथज्वरोको सही पहिचान तथा उपचार नभएमा करिब ६०–७० प्रतिशत व्यक्तिमा मुटुको बाथरोग देखापर्छ ।

मुटुको बाथरोगको प्रभाव
मुटुको बाथरोगको प्रभाव एसियाका प्रायः देशका स–साना बच्चा (५ देखि १५ वर्ष) तथा यौवनावस्थामा देखिएको छ । धेरैजसो खोज तथा अनुसन्धानले यस रोगको चाप प्रतिहजार विद्यार्थीमा करिब शून्य दशमलव ६८ देखि ५ जनामा पाइएको छ । त्यस्तै, नेपालमा पनि प्रतिहजार करिब १ देखि २ बच्चामा यो रोग देखापरेको छ । विश्वभरिको आँकडा हेर्ने हो भने अन्दाजी १५ दशमलव ६ मिलियन व्यक्ति यस रोगबाट प्रभावित भएको देखिन्छ । प्रत्येक वर्ष २८ लाख नयाँ रोगी फेला परिरहेका छन् भने २ दशमलव ३३ लाख व्यक्ति यस रोगका कारण ज्यान गुमाउन बाध्य छन् । हामीले पनि यो रोगको भयावह स्थिति तथा यसका दूरगामी असरहरू दिनहुँजसो देख्ने भएकाले विद्यालयमा अध्ययनरत बाबुनानीमा यसको प्रभाव कस्तो छ भनी सन् २०१३ बाट अध्ययन प्रारम्भ गरेका छौँ ।

प्रायः बच्चामा यस रोगको कुनै पनि लक्षण नदेखिन सक्छ । केही बच्चामा दम फुल्ने, बारम्बार घाँटी तथा छातीको संक्रमण हुने, छाती दुख्ने, ढुकढुकी बढ्ने, तौल अनुमानित रूपमा वृद्धि नहुने, खुट्टा तथा पेट फुल्दै जाने र कतिपयमा छालामा रातो दाग, गाँठागुठी देखिने, जोर्नी दुख्ने, सुन्निने लक्षण देखिन्छन् ।

चितवन तथा नवलपरासीका विभिन्न ग्रामीण र सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीमा अत्याधुनिक प्रविधिबाट मुटुको भिडियो एक्स–रे (इको) प्रयोग गरी यस रोगको स्थितिबारे अध्ययन गर्न थाल्यौँ । करिब २५ हजार विद्यार्थीमा गरिएको यो अध्ययनले प्रतिहजार १ देखि २ जनामा यस रोगको प्रभाव फेला परेको छ । कतिपय बालबालिकामा रोग अत्यन्तै बढिसकेको भेटियो भने कतिपयमा रोगको सुरुवाती तथा सामान्य अवस्था देखापर्यो ।

यो रोगबारे अभिभावक, शिक्षक, शिक्षिका तथा बालबालिका अनभिज्ञ पाइयो । हामीले यस रोगसम्बन्धी जानकारी दिएपछि भने उनीहरूमा रोगबाट बच्ने र बचाउने अभियानमा ज्यादै सकारात्मक सोच पाइयो ।

लक्षण
प्रायः बच्चामा यस रोगको कुनै पनि लक्षण नदेखिन सक्छ । केही बच्चामा दम फुल्ने, बारम्बार घाँटी तथा छातीको संक्रमण हुने, छाती दुख्ने, ढुकढुकी बढ्ने, तौल अनुमानित रूपमा वृद्धि नहुने, खुट्टा तथा पेट फुल्दै जाने र कतिपयमा छालामा रातो दाग, गाँठागुठी देखिने, जोर्नी दुख्ने, सुन्निने लक्षण देखिन्छन् । समयमै यस्ता बालबालिकामा हुने रोगको पहिचान तथा उपचार नभएमा कालान्तरमा गम्भीर समस्या देखापर्न सक्छन् । यसका असरका रूपमा मुटु फेलर, ढड्कनसम्बन्धी रोग, दिमाग तथा शरीरका अन्य रक्तनलीमा रगत (क्लट) उछिट्टिएर जानु, प्यारालाइसिससमेत हुन सक्ने सम्भावना हुन्छ । उपचारका क्रममा औषधि (पेनिसिलिन सुई)को प्रयोग तथा रोग बढिसकेको अवस्थामा मुटुको भल्भ नै फेर्नुपर्ने, जीवनभर रगत पातलो गर्ने (वारफरिन) औषधिको प्रयोग आवश्यक पर्छ ।

रोग पहिचान तथा उपचार
मुटुको बाथरोगको पहिचानका लागि मुटुरोग विशेषज्ञबाट स–साना बालबालिकामा मुटुको परीक्षण गरिन्छ र शतप्रतिशत भए–नभएको हेर्न इको (मुटुको भिडियो एक्स–रे) प्रविधिमार्फत चेकजाँच गरिन्छ ।
रोगको पहिचान गर्नु नै रोगबाट बच्ने उपायको थालनी गर्नु हो । बारम्बार आफ्ना स–साना बालबालिकालाई घाँटी तथा छातीको संक्रमण भएमा थ्रोट–स्वाबको परीक्षण गरी ग्यास संक्रमणको उपचार गर्नुपर्छ । साथै, मुटुको भिडियो एक्स–रे गरेर भल्भहरूमा असर परे–नपरेको किटान गर्नुपर्छ ।
मुटुको बाथज्वरो देखिएमा मुटुरोग विशेषज्ञबाट परामर्श लिएर सो रोगको पूर्णतः उपचार गर्नुपर्छ ।

सावधानी
यस रोगले भविष्यका कर्णाधार कलिला बालबालिका तथा वयष्कहरूलाई असर पर्ने हुनाले नेपाल सरकार तथा स्वास्थ्यसम्बन्धी संघसंस्था, अस्पतालहरूले यस रोगविरुद्ध लड्नका लागि पूर्वाधार तयार पार्नु आवश्यक देखिन्छ ।
जस्तै,
क) जनचेतना अभिवृद्धि कार्यक्रम पत्रपत्रिका, टेलिभिजन तथा विद्यालयहरूमा स्वास्थ्यकर्मीको परामर्श लिइ लागू गर्नुपर्छ । साथै, पाठ्यक्रममा मुटुको बाथज्वरो तथा रोगसम्बन्धी सामग्री समावेश गरिनुपर्छ ।
ख) प्रत्येक वर्ष बालबालिकाको स्वास्थ्य परीक्षण गराउनुपर्छ र शंकास्पद देखिएमा इको गराउनुपर्छ । यसका लागि नेपालमा स्वास्थ्य बिमा नीति लागू गरिनुपर्छ ।
ग) स्वास्थ्यको पहुँच नभएको क्षेत्रमा सरकार तथा निजी क्षेत्रको पहलमा स्वास्थ्यकर्मीको सहयोगले मुटुसम्बन्धी परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
घ) रोग देखिएका बालबालिकालाई सरकारले निःशुल्क पेनिसिलिन सुई वा चक्कीको व्यवस्था गर्नुपर्छ । त्यस्तै, सो सुविधा दिन सक्ने स्वास्थ्य एकाइ गठन गर्नुपर्छ ।
ङ) अप्रेसन (भल्भ फुकाउन वा भल्भ फेर्न) आवश्यक भएमा सुविधासम्पन्न मुटु अस्पताल रेफर गरिनुपर्छ ।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै